मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

आत्मा र परमात्मा रहने विज्ञानबाट प्रमाणित !  

नारायण घिमिरे

प्रतेक जीवको जीवनको सुरुवात र अन्त एकै प्रकृतिको हुन्छ। महत्त्व पूर्ण चुरो कुरा चाही के भने, बिउबाट सुरुवात भएको प्राण बिउ बाटै आफ्ना सन्ततिमा समेत पुग्ने गर्छ।

 

पृथ्वीबाट आफ्नो  भौतिक शरीर निर्माणका लागि जीवहरूले जे जे जसबाट लिएका छन् देह त्याग गर्दा तिनैलाई फर्काउने गर्छन्। चेतना र आत्माको हकमा पनि त्यही लागु हुन्छ।

 

मरेको र जीवित कोशिकामा रहने फरक भनेको जीवित कोशिकामा ती साना साना इनर्जीका विन्दुहरूलाई एक अनौठो प्रक्रियाबाट निश्चित हार्मोनीमा सञ्चालन गर्ने इनर्जीको उपस्थिति रहन्छ ।

 

यसलाई आयुर्वेदमा जीवन्त शक्ति (वायु वा प्राण वा लाइट) भनिन्छ । क्वान्टम फिजिक्सले यसलाई इन्फरमेसन भन्ने गरेको छ । जीवन्त शक्ति गुमेपछि कोशिकाको जीवन अन्त हुन्छ।

 

शरीरका लगभग ९९% एटमहरू हाइड्रोजन, कर्बोंन, नाइट्रोजन र अक्सिजनका एटमले बनेका हुन्छन्। हामीले खाने खाना, पेय पदार्थ र श्वासमा समेत पोटासियम-४० र कार्बन-१४ जस्ता रेडियोनिउक्लाईडस हुन्छ।

 

जुन शरीरका मलिकुलसंग मिल्छ र बिखन्डनभई रेडिएसन निकाल्दछ। जस्तै पोटासियम-४० बिखन्डन हुँदा यसले इलेक्ट्रोनको एन्टीमेटर्स ‘पोजिट्रोंन’ बनाउँछ र एटमको इलेक्ट्रोनसँग जबरजस्त ठोक्किन गई गामा रे को फर्ममा रेडिएसन निकाल्दछ। यसरी हाम्रो शरीरले आन्तरिक रूपमा रेडिएसन निकाल्दछ।

 

क्वान्टम बडी मेकानिक्सका अनुसार प्राणीको शरीरको प्रत्येक कोशिका एउटा छुट्टै अस्तित्वको जीवन हो। साबुनका फोकाजस्ता लाग्ने यस्ता खर्बौं सूक्ष्म जीवनहरूको सग्लो रूप नै प्राणीको शरीर हो।

 

शरीरका प्रत्येक सेलको अर्को सेलसँग भौतिक रूपमा जोडिएर सूचना र मेमोरी आदानप्रदान हुने संयन्त्र एवं न्युरोनको नेटवर्क बनाएको हुन्छ। न्युरोनले शरीरभित्र आपसमा जोडिएर रहेका जीवित पदार्थहरूबिच सूचनाको आदानप्रदान गर्ने गर्छ ।

 

शरीरसँग कुनै पनि रूपमा नजोडिएको निर्जीव प्रकृतिको सोचाइ, विचार, इमोसन, डार्क म्याटर आदि लाई तत्त्व वा म्याटर्स मान्न सकिन्न । निर्जीव नन-म्याटर्स लाई सजीव वा निर्जीव म्याटर्स सँग जोडी प्राणीलाई जीवन्तता दिने काम इन्फरमेसन वेब (संयन्त्र) ले गर्छ। साधारण भन्दा साधारण जनावरमा समेत भेटिने स्नायु प्रणाली मध्ये सबैभन्दा उन्नत हालसम्म मात्र मानिसमा भेटिएको छ।

 

२०१८ को जुनमा अमेरिकन सरकारले आफ्नो अर्गोंने नेसनल ल्याबमा २७ हजार वटा ग्राफिक प्रोसेसर प्रयोग गरी लिन प्याक मापदण्डमा १४३.५ पेन्टाफ्लप्स क्षमताको “समिट” नामक संसारकै सबैभन्दा शक्तिशाली सुपर कम्प्युटरको स्थापित गराउन सफल भयो।

 

१३६ माइल लामो तार जडित समिट नामक सुपर कम्प्युटर लगभग २ वटा बास्केट बलको कोर्टको साइजको छ। एउटा सामान्य मानिसको दिमाग औसत कति क्षमता को हुन्छ भनी अनुमान गर्न निकै गारो हुँदाहुँदै कम्तीमा १००० पेन्टाफ्लप्स हुने यकिन भैसकेको छ। मानिसको दिमागको क्षमता संसारकै आज सम्मको ठुलो सुपर कम्प्युटर भन्दा पनि १० गुना बढी छ।

 

लगभग कम्तीमा १०० बिलियन निउरोनहरुबाट बनेको स्नायु प्रणालीमा ०.१५ मिलियन बिलियन स्थानमा निउरोनहरु जोडिएका र निउरो केमिकल नामक झोल वा निउरो-ट्रान्स-मिटर मार्फत खबरहरू आदान प्रदान गर्ने गर्छन्। स्नायु प्रणालीमा संलग्न केसीका बाट केसीकामा हुने सिगनलिंग वा सूचना सञ्चारको आफ्नै प्रक्रिया छ।

 

अन्दाजि १०० ट्रीलियन केसिकाहरु बिच सञ्चार सम्पादनको लागि केसीकाले विशेष केमिकल बनाएर सिगनल उत्पन्न गरी नजिकको केसीकालाई प्रभावमा लिन्छ। अर्को केसीकाले स्पेसल रिसेप्टर मार्फत प्राप्त गरेको उक्त सिगनल अर्कोलाई पुन उस्तै प्रक्रियाबाट अर्को केसीकामा पुराउने क्रम अन्तसम्म दोहरि रहन्छ। सम्पूर्ण शरीरभरि सूचना सञ्चार प्रक्रिया पुरा गर्न कम्तीमा ११ हजार सिगनलिङ्ग फेक्टर र तिनका स्पेसल रिसेप्टर रहने अनुमान छ।

 

तपाइको सम्पूर्ण शरीरको तौलको मात्र ३ प्रतिशत तौल हुने मस्तिष्क एक्लैले तपाइको शरीरले खर्च गर्ने कुल मध्येको २० प्रतिशत ऊर्जा खपत गर्दछ। जुन अरू कुनै पनि अङ्गले खर्च गर्ने ऊर्जाको तुलनामा अत्यधिक धेरै हो।

 

तपाइको दिमागमा यति विशाल ऊर्जाको माग हुनुको कारण तपाइको दिमागले तपाइको शरीरको श्वास प्रश्वास, रक्त सञ्चार, विचारहरू, भावनाहरू, सम्झनाहरू लगायतका सम्पूर्ण गतिविधि हरुमा नियन्त्रण कायम गर्ने हुनाले नै हो।

 

इन्द्रियहरूले हामीलाई हामी वरिपरिको परिस्थिति बारेको सुचना उपलब्ध गराउँछ। सुचनाको उपयोगबाट चेतनाले अनुभूति र अनुभवहरूको संश्लेषण गरी टिपोट राख्दछ। विभिन्न टिपोटहरूको निचोडको रूपमा हामीमा ज्ञान पैदा हुने गर्छ। जसलाई बुद्धि वा इन्टलेक्ट वा उइजडम भनिन्छ। समग्र ज्ञानको निचोडको रूपमा मानिसमा  आन्तरिक अनुभूति वा इन्टिउसन वा गट-फिलको विकास हुन्छ।

 

जब तपाईँ खाना खानुहुन्छ, पाचन र अबशोषण प्रक्रिया बाट रगतको प्रवाह सँगै उक्त पोषण तत्त्व र श्वासप्रश्वास बाट प्राप्त रगतको हेमोग्लोबिनमा घुलेको अक्सिजन कोशिकाहरूको माइकोकोन्ड्रियामा अक्सीकरण हुँदा ऊर्जा उत्पन्न हुन्छ।

 

अक्सीकरणका क्रममा उत्पन्न ऊर्जा मध्ये ३०% सक्रिय ऊर्जा र तातोपनको रूपमा शरीरको नियमित भौतिक र शारीरिक गतिविधि सञ्चालनमा खर्च हुने गर्छ। अन्य ऊर्जा चेतना, प्राण, आत्मा र परमात्माको संयोजन र कार्य सञ्चालनमा खर्च भइरहेका हुन्छ।

 

शरीर, इन्द्रिय, दिमाग र आत्माको संयोजनले हरेक क्षण जीवहरूले अद्वितीय अनुभवहरू गर्ने गर्छन्। जसलाई हामीले जीवनको नामकरण दिएका छौँ। शरीर निर्माण हुन शरीरको जगका रूपमा पंन्च तत्त्वहरू, इन्द्रियहरू, दिमाग र प्राण रहने गर्छ।

 

इन्द्रिय र दिमाग आफैमा एक सक्रिय पंन्च तत्त्व निर्मित भौतिक अङ्गहरू हुन। दुवैको आफ्नो विशेष क्षमता रहदा रहँदै आफ्नै चेतना भने हुँदैन। पंन्च तत्त्व, इन्द्रिय र दिमाग सबै निचोडमा क्वान्टम ऊर्जाबाट निर्मित क्वार्कस र ग्लुवोन्स लगायतका सब-एटमिक पार्टिकल निर्मित एटमबाट बनेका भौतिक संरचनाहरू हुन।

 

यिनै भौतिक संरचनाहरूको आधार र संसर्गमा रहेर शरीरमा आफ्नो छुटै अस्तित्वको पूर्ण अभौतिक प्रकृतिको चेतना वा कन्ससनेसको निर्माण भएको हुन्छ।

 

चेतना वा कन्ससनेस पनि आफैमा क्वान्टम ऊर्जा नै हो। जीवित बस्तुमा चेतनाको क्वान्टम ऊर्जा, सब-एटमिक पार्टिकलका क्वान्टम ऊर्जासँग हरेक पल स्मरणको बादल वा मेमोरी क्लाउडको स्थिर संयन्त्र बनाएर मिसिएर बसेको हुन्छ। उक्त मेमोरी क्लाउडको स्थिर संयन्त्र मार्फत दिमागको कार्यसँग सम्भंधित सम्पूर्ण भाग र कन्ससनेस बिच तुरुन्त सञ्चार कायम रहन सम्भव बन्छ।

 

मेमोरी क्लाउड वास्तवमा शरीरको सम्पूर्ण जीवित भागसँग जोडिएर शरीर भर फैलिएको एक विशाल सञ्जालको रूपमा अस्तित्वमा रहन्छ। जसलाई हामी प्राण वा जीवन्त शक्ति वा सौल मान्दछौ।

 

मानव शरीरको आफ्नै इलेक्ट्रो मेगनेटिक विकिरणहरू हुने गर्दछ। जसले गर्दा मानिसको प्राणमा रहेको ऊर्जा शरीरमा र शरीरमा रहेको ऊर्जा प्राणमा साटफेर हुन सक्छ।

 

प्राणमा रहेको ऊर्जा शरीरमा र शरीरमा रहेको ऊर्जा प्राणमा साटफेर गर्न सकिने प्रक्रियाको धेरै उपचारात्मक प्रयोगहरू हुन सकेका कारण आज मेडिटेसन र योगा दैनिक जीवन पद्धतिका अङ्ग बनेका हुन।

 

क्वान्टम लाइटले पदार्थहरूको अणु र परमाणुको स्तरमा धेरै परिवर्तनहरू ल्याउन सक्छ। उक्त क्वान्टम ऊर्जाको शरीरमा भौतिक र मानसिक अवस्थामा समेत परिवर्तन गर्ने क्षमता रहन्छ।

 

जस्तै आँखाको रेटिनामा सोसिएको प्रकाशको फोटोनले रेतिनोलको मलिकुलर ट्रान्जिसन गरी स्नायु प्रणालीमा इम्पल्स वा धुकधुकी पैदा गरी जुन बस्तु बाट त्यो फोटोंन आएको हो त्यसलाई आँखाले देख्न सक्ने बनाउँदछ।

 

शरीर जीवित रहन प्राण शक्तिको क्वान्टम ऊर्जा र शरीरको भौतिक पदार्थ बाट निस्कने क्वान्टम ऊर्जा बिचको सन्तुलन व्यवस्थापनको नितान्त जरुरी रहन्छ।

 

जब उक्त दुई प्रकारका क्वान्टम ऊर्जाको एकापसमा सन्तुलित प्रयोगमा ल्याउन सकिन्छ तब अभौतिक पदार्थ समेत भौतिक पदार्थमा परिवर्तन गर्न सम्भव बन्छ। शरीरले त्यसै गर्छ।

 

तपाइको जैविक अभिभावक बाट तपाइले प्राप्त गर्ने स्मरणहरू र जीवन्तता तपाइको प्राण हो। तपाइको जीवनकालका कर्म र अनुभवका आधारमा तपाईँमा रहेको स्मरणको हरेक पल अद्यावधिक हुने गर्छ। उक्त अद्यावधिक स्मरण र प्राणको संयुक्त रुपनै तपाईँको आत्मा हो।

 

संसारमा रहेका हरेक बस्तुले अर्को बस्तुलाई आफ्नो केन्द्रतिर तान्दछ। एकले अर्का लाइ आफूतर्फ तान्ने बल जहाँ बराबरी हुन पुग्छ त्यहाँ एकापस बिच सन्तुलन कायम हुन्छ। एकै प्रकारका अणुहरू कोहेसन शक्ति बाट र फरक फरक प्रकारका अणुहरू भने एड्हेसनको शक्ति बाट एक अर्को तर्फ तानिने गर्छन।

 

शरीर र ब्रह्माण्ड बिच एन्टेना जस्तै भूमिकामा आत्माले हरेक पल शरीर र ब्रह्माण्डको सजीव सम्पर्क स्थापित गर्ने आधार उपलब्ध गराउँछ। आत्मा बल वा आत्मा शक्तिले प्राणीमा निहित कन्ससनेस लाइ सदैव ब्रह्माण्ड तर्फ उन्मुख रहने बनाइ दिन्छ।

 

लेजरको किरणलाई एक निश्चित प्रकारको क्रिस्टलबाट छिर्न दिँदा लेजरको प्रत्येक किरण एक आपसमा भावनात्मक रूपमा एक आपसमा जोडिएका जोडी फोटोनमा विभाजित हुने गर्छ। उक्त जोडी फोटोनलाई जतिसुकै टाढाको दुरीमा छुट्टाएर राख्न सकिन्छ।

 

पछिल्लो समयमा विज्ञानले ती फोटोनहरु एक आपसमा भौतिक रूपमा जतिसुकै दुरीमा छुट्टिएर रहेको किन नहोस् सधैँ सम्पर्कमा रहेर एकापसमा जोडिएर रहने प्रमाणित गरिदिएको छ।

 

हालै भएका धेरै परीक्षण मध्ये एकमा इनट्याङ्लड जोडी फोटोन मध्ये एउटा लाई पृथ्वीमा र अर्कालाई  पृथ्वीलाई परिक्रमा गरिरहेको पृथ्वीबाट  ३१० माइल (५०० किलोमिटर) दुरीको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा राखी परीक्षण गरिएको थियो।

 

परीक्षणमा एउटा इनट्याङ्ल फोटोन अप-स्पिन हुँदा अर्को डाउन-स्पिनमा जान्थ्यो। डाउन-स्पिन लिँदा अर्कोले अप-स्पिनमा घुमिहाल्थ्यो । एकापस  बिचको दुरी र स्थानको कुनै प्रभाव बिना इनट्याङ्लड जोडी फोटोन जोडिएर गतिविधि निर्धक्क सञ्चालन गर्ने गुण प्रदर्शन गरेका थिए।

 

जसरी टाइप गर्दा तपाईँको दाहिने हात र देब्रे हात उस्तै देखिए पनि औलाहरू फरक दिशामा फर्केर काम गर्छ त्यस्तै दुई जोडी फोटोन एकापसमा भौतिक रूपमा जतिसुकै दुरीमाको भए पनि  एकले जे गर्‍यो अर्कोले त्यही गरिहाल्थ्यो।

 

घुम्ने दिशा मात्र एउटाको क्लकवाईज हुँदा अर्काको एन्टी क्लकवाईज हुन्थ्यो। उक्त प्रयोगमा एउटा फ़ोटोन अर्को फ़ोटोनसंग प्रकाशको गति भन्दा दस हजार गुणा चाँडो तत्काल सम्पर्क स्थापित गर्न र आफ्नो गुण देखाउन सकेको पाइएको थियो।

 

जोडी फोटोन जस्ता पदार्थहरूको आफू भौतिक रूपमा जतिसुकै दुरीमा रहेर छुट्टिएको भए पनि एकापसमा आफ्नै रूपमा जोडिएर सूचनाहरू आदान प्रदान गर्ने चरित्र र क्षमता वास्तवमा भावनात्मक रूपमा एक आपसमा जोडिएर रहने चरित्र हो । उक्त भावनात्मक रूपमा एक आपसमा जोडिएर रहने चरित्रलाई क्वान्टम विज्ञानले इनट्याङ्लमेन्ट चरित्र भनेको छ।

 

तपाइको शरीरमा रहेको आत्मा वास्तवमा ब्रमाण्डमा रहेको परमात्माको इनट्याङ्ल रूप हो। जसको माध्यम बाट तपाइको शरीरको  ब्रह्माण्ड सँगको नियमित संसर्ग सम्भव बन्छ।

 

हाल सम्म तपाइको आफू भित्र अन्तर निहित र ब्रमाण्डमा अवस्थित धेरै भन्दा धेरै सूचनाहरूको अनुभूति लिने चाहना मात्र तपाईँमा रहेको कन्ससनेसको संयन्त्रको अधिकतम उपयोगले सम्भव रहने उपाय हामीले थाहा पाउन सकेका छौ।

 

निचोडमा आज प्राणीमा शरीर बाहेक प्राण  र आत्मा रहने,  अनि परमात्मा आत्मा सँग नियमित संसर्गमा रहने वेदको निष्कर्षहरूलाई विज्ञानले एक पछि अर्को  परीक्षण बाटै प्रमाणित गरी नितान्त सही रहेको भेटिरहेको छ।

 

वेदको ब्रह्माण्डको उत्पत्ति प्रकृति बाट भएको धारणामा समेत विज्ञानको खासै विमति भेटिन्न।  प्रकृति आफैको  निर्माण चाही कसले कसरि गर्‍यो त? भन्ने प्रश्नमा वेदको ईश्वरले भन्नेमा विज्ञानको रिजर्भेसन भेटिन्छ। त्यसो भए उक्त ईश्वरको निर्माता को भन्ने मा वेदको समेत  रिजर्भेसन रहेको देखिन्छ।

 

(लेखक घिमिरे क्यानेडियन खाद्य तथा औषधि विज्ञ हुन)

20Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: