मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

आधुनिक जमानाको स्वस्थ खाना भनेर कस्तो खानालाइ जनाउँदछ ?

 नारायण घिमिरे

कोशिकाहरू बाट बनेको मानव शरीरका प्रत्येक कोशिका डिएनए आदिबाट बनेको हुन्छ। सूक्ष्म रूपमा हेर्दा डिएनए आदि खरबौ खरब एटमबाटै निर्मित हुन्छन्। प्रत्येक एटम क्वार्ज, ग्लुवोन लगायतका सूक्ष्म पार्टिकलहरू निर्मित इलेक्ट्रोन, प्रोटोन र न्युट्रोनबाट बनेका भेटिन्छन।

 

इलेक्ट्रोन, प्रोटोन र न्युट्रोन भित्रका क्वार्ज, ग्लुवोन लगायतका सूक्ष्म पार्टिकलहरू लाई फुटाउँदा केही पनि भेट्न सकिँदैन। किनकि तिनीहरू अल्ट्रा सूक्ष्म इनर्जीका विन्दु हुन । जसको संयोजनले हाम्रो शरीरभित्र इन्फरमेसनको जालोको संयन्त्र बनाएर प्रत्येक एटमको अस्तित्व कायम राख्ने गर्छ।

 

अल्ट्रा सूक्ष्म इनर्जीका बिन्दुलाई फुटाउँदा इन्फरमेसनको जालोको संयन्त्र टुट्दा त्यहाँ केहिपनि रहँदैन। यसरी हेर्दा हाम्रो स्थुल शरीर वास्तवमा कुनै पनि पदार्थ बाट बनेको हुँदैन। हुन्छ त मात्र असङ्ख्य अल्ट्रा सूक्ष्म इनर्जीका विन्दुहरूको झुन्ड बाट बनेको कोशिका। असङ्ख्य कोसीकाको झुन्डबाट बनेको स्थुल शरीर।

 

स्थुल शरीरको भौतिक संरचनाको भाग नरहेको तीन सूक्ष्म तत्व मन, बुद्धि र अहंकार, जसलाई न पदार्थ भन्न सकिन्छ, न त शक्ति नै, हाम्रो स्थुल शरीरमा रहेको न्युरोन संग विशेष प्रकृतिको इन्फर्मेसन वेब (संयन्त्र) को सहायता बाट जोडिएको हुन्छ।

 

इलेक्ट्रो–म्याग्नेटिक वेबको रुपमा रहने उक्त इन्फर्मेसन वेब (संयन्त्र) संगको संसर्ग बाट पदार्थको रुपमा रहेको न्युरोनले न पदार्थ, न शक्तिको रुपमा रहेको मन, बुद्धि र अहंकार बीच सूचना आदान प्रदान गर्न सफल बनिरहेको भेटिन्छ।

 

फलत: जिबन जीवन्त रहँदा सम्म मानिस ले आफ्नो अनुभूति हरू महसुस गर्न सम्भव हुने गर्छ। उक्त विशेष प्रकृतिको इन्फर्मेसन वेब (संयन्त्र) लाई बोलीचालीको भाषामा इन्टेलिजेन्स वा जैविक चेतना वा कन्सियसनेस भन्ने गरिन्छ।

 

 

हामीमा रहेको चेतनाको कारण नै हामीले हाम्रा वरिपरि रहेका पदार्थ र वातावरण देख्न वा महसुस गर्न सक्छौँ। साथै हामी हाम्रा अनुभवहरू सम्झन र कल्पना गर्न सक्ने बनेका छौ।

 

हाम्रो चेतना हामीलाई उपयोगी हुन हाम्रो जीवन जीवन्त रहन अनिवार्य हुन्छ। जसको लागि हामीमा ईश्वरीय तत्त्व (आत्मा) ले बास गरेको हुनुपर्छ। रूख बीउबाट बाहिर आउँछ र फेरि बीउमा नै पुगेर बीउले नयाँ जीवन सुरु गर्छ।

 

प्रतेक जीवको जीवनको सुरुवात र अन्त एकै प्रकृतिको हुन्छ। महत्त्व पूर्ण चुरो कुरा चाही के भने, बिउबाट सुरुवात भएको आत्मा बिउ बाटै नयाँ जीवनमा हस्तान्तरण हुने गर्छ। पृथ्वीबाट आफ्नो  भौतिक शरीर निर्माणका लागि जीवहरूले जे जे जसबाट लिएका छन् देह त्याग गर्दा तिनैलाई फर्काउने गर्छन्। चेतना र आत्माको हकमा पनि त्यही लागु हुन्छ।

 

हामीलाई थाहा छ कि यदि हामी जीवनको सुरु फेला पार्न सक्दछौँ भने अन्त पनि फेला पार्न सक्दछौँ। यदि हामीले अन्त फेला पार्‍यौँ भने सुरुवात कहाँ वाट भयो भन्न सक्दछौँ। चेतना जस्तै आत्मा पनि मानव शरीर सँग इन्फरमेसन वेब (संयन्त्र) मार्फत नै सम्पर्कमा रहेर सूचना आदान प्रदान गर्ने गरी हाम्रो सरिरमा बास बस्ने गर्दछ।

 

मानव शरीर अरबौँ कोषहरू मिलेर बनेको हुन्छ। जब एक मानिस ले अर्को मानिस लाई रगत वा अंग दान गर्छ, उसका शरीरका जीवित कोषहरू अर्को मानिसमा पुगी जीवन सञ्चालन गरिरहेको हुन्छ। त्यो अवस्थामा रगत वा अंग  बीज मार्फत नगएको हुँदा शक्ति र काम गर्ने जीवित कोषहरू नयाँ मानवमा जाँदै गर्दा चेतना र आत्मा भने गएको भेटिदैन।

 

संसारका हरेक प्राणी जीवन र पदार्थको संयोजन बिना अलग अस्तित्वमा रहन सक्दैनन्। पदार्थसँग ईश्वरीय तत्त्व (आत्मा) तथा चेतना (कन्सियसनेस) मिलेपछि प्राणी जीवित रहन्छ। मानिसको स्थूल शरीर मानिसको दिमागबाट सञ्चालित हुन्छ। प्राणीमा  आत्मा तथा चेतना स्थूल शरीर सञ्चालक दिमागको स्थायी सञ्चालक रहने गर्छ।

 

जब खानाको कुरा आउँछ, विगतमा हाम्रो स्थूल शरीरको सञ्चालक दिमाग समेतको हाम्रो मूर्त शरीरको समग्र स्वस्थ बारे ध्यान दिने गरिन्थ्यो। क्वान्टम बडी मेकानिक्सले गरेको नयाँ तथ्यहरूको पहिचान पछि दिमाग समेतको हाम्रो समग्र शारीरिक स्वस्थ र दिमागको स्थायी सञ्चालक आत्मा तथा चेतनाको हाम्रो शरीरभित्रको अनुकूलता अभिब्रिधि गर्ने सन्धर्ब जोडिन पुग्यो।

 

हाम्रो शरीरका प्रत्येक इनर्जीका विन्दुहरूको आफ्नै निर्धारित विद्युतीय सीमा हुने गर्छ। एक विन्दुको विद्युतीय क्षेत्रले अर्का विन्दुको विद्युतीय क्षेत्रमा हस्तक्षेप पुर्‍याउँदा सरिरमा सञ्चार हुने असामान्य इलेक्ट्रो–म्याग्नेटिक वेबको तरङ्गले सरिरमा गडबडी हुन पुगेको सूचना उत्पादन तथा सञ्चार गर्छ।

 

शरीर स्वस्थ रहँदा शरीरका  इनर्जीका सबै विन्दुहरू एक आपसमा निर्धारित आणविक बन्धन भित्र मिलेर बस्ने गर्छन्। निर्धारित विद्युतीय क्षेत्रभित्र कुनै कारणले अवरोध पुग्दा शरीरका विशेष खण्डहरूले विद्युतीय सिग्नलहरू उत्पन्न गर्दछ। र सम्पर्कमा रहेका सम्पूर्ण इकाईमा इलेक्ट्रिक सिग्नलहरूको सम्प्रेषण गरिदिन्छ।

 

कोषमा रहेका स्नायुहरूले उक्त सिग्नललाई प्रसोधन गरि शरीरको ऊक्त भागमा गडबडी रहेको सन्देश मस्तिष्कमा पठाउँछ। जसलाई दिमागले दुखाइको रूपमा महसुस गर्छ। उक्त समयमा संचारित हुने ऊर्जाको कम्पन अथवा फ्रिकोईन्सि सरिरमा नकारात्मक सोचहरू पैदा गरिदिने प्रकृतिका हुने गर्छ।

 

आत्मा, चेतना र भौतिक संरचना बिच इनर्जीका विन्दुहरूको संयोजनले बनेको जीवित प्राणीको शरीर चुरोमा ऊर्जाको संयन्त्र बाट बनेको छ। जीवको जरुरी पालनपोषण, मनोवैज्ञानिक सबलता र सुधारिँदो स्वास्थ्यको लागि उसले खाने खाना, फेर्ने सास र पिउने पानी मार्फत आपूर्ति हुने ऊर्जाको कम्पनले सरिरमा सकारात्मक सोचहरू पैदा गरिदिने वातावरण दिनु अनिवार्य रहन्छ।

 

परम्परागत मान्यतामा खानामा जति धेरै कम्पन उत्पादन गर्ने ऊर्जा  रहन्छ त्यो त्यति धेरै पौष्टिक र सकारात्मक सोच उत्पादन गर्ने कुशलता राख्छ। तपाईँ अत्यधिक पौष्टिक ऊर्जा युक्त खाद्य पदार्थ खाएर तपाइको शरीरलाई जरुरी पौष्टिक तत्त्वको आपूर्तिको साथै मनमा आउने अस्वस्थ विचारहरू र सम्बन्धहरू हटाउन सक्नु हुन्छ।

 

जुन बिन्दुमा तपाईँ आफ्नो मनमा आउने अस्वस्थ विचारहरू र सम्बन्धहरू हटाउन सक्नु हुन्छ त्यो बिन्दुमा शरीरको भौतिक संरचना सँग चेतनाको दरिलो सम्पर्क स्थापना कायम गराउन सक्नु हुन्छ। जसलाई तपाईँको शरीर उच्च चेतनामा पुगेको मानिन्छ।

 

तपाईँले खाने उच्च ऊर्जा युक्त खानाले तपाइलाई उच्च चेतनामा पुग्न मद्दत गर्ने गर्दछ। शरीर जीवित रहन अनिवार्य हुने तपाइले प्रकृति बाट प्राप्त गर्नु भएको अलौकिक ईश्वरिय तत्त्व जसलाई तपाई प्रकृति भन्नुस वा आत्मा सँग चेतनाको सबल सम्पर्क स्थापित गर्न उच्च चेतना अनिवार्य रहन्छ।

 

हामी एक कम्पन युक्त ब्रह्माण्डमा बाँचिरहेका छौँ। ब्रह्माण्डमा हरेक चिजहरू एक अर्कोमा इलेक्ट्रो–म्याग्नेटिक संयन्त्र मार्फत जोडिएका छन्। जसलाई इलेक्ट्रो–म्याग्नेटिक इकोसिस्टम भन्दा हुन्छ। तपाईँ जे गर्नुहुन्छ, भन्नुहुन्छ, सोच्नुहुन्छ, विश्वास गर्नु हुन्छ वा खानु हुन्छ ती सबैले तपाईँको समग्र जागरूकता, कल्याण र जीवनको सुचारुपन कायम गर्न महत्त्व पूर्ण भूमिका खेल्ने गर्छ।

 

तपाईँको समग्र जागरूकता, कल्याण र जीवनको सुचारुपनका लागि गरिएका सबै गतिविधिहरुले ब्रह्माण्डको समग्र इलेक्ट्रो–म्याग्नेटिक इकोसिस्टममा कुनै न कुनै हदमा प्रभावित पारेको हुन्छ। समग्र ब्रह्माण्डको इलेक्ट्रो–म्याग्नेटिक इकोसिस्टम सँग तपाईँको आत्मा तपाईँको आफ्नै उच्च चेतना मार्फत सबल सम्पर्क स्थापित गर्न सम्भव रहने हुँदा शरीर लाई पौष्टिक ऊर्जा युक्त खानाको साथमा स्वास्थ्य जीवन शैली दायक योग, मेडिटेसन, कसरत आदि समेत जरुरी मानिएको हो।

 

खानाको सन्दर्भमा विज्ञानको नयाँ खोजले उजागर गरेको तथ्य र वेदको चुरो ज्ञानको प्रष्टीकरण कारण मानिसको शरीरको वास्तविक जरुरत पौष्टिक आहार युक्त खाना रहेको भन्ने रुढी बादी धारणा अपूर्ण थियो। वास्तविक जरुरत त पौष्टिक ऊर्जा युक्त खाना (ऊर्जा युक्त खाने खाना, फेर्ने सास र पिउने पानी) मानिसको शरीरको वास्तविक जरुरत रहेछ भन्ने प्रष्टता बनेको छ।

 

यसै सन्धर्बमा मानिसको लागि उत्तम रहने भोजन पहिचानको लागि पौष्टिक ऊर्जा युक्त खानाको के हो र कुन खाना कति पौष्टिक ऊर्जा युक्त हुन्छ भन्ने यहाँ चर्चा हुनु सान्धर्बिक रहला।

 

आइन्स्टाइनका अनुसार संसारमा रहेका सबै चीज ऊर्जा हो जसको आफ्नै फ्रिक्वेन्सी हुन्छ। जीवित जीवको प्रत्येक सेलको जीवन्त वा कम्पनमय ऊर्जा हुन्छ।सेलको फ्रिक्वेन्सी मेगाहर्जमा नाप्ने गरिन्छ। मानव सरिरमा हुने स्वस्थ सेल लगभग ७० मेगाहर्ज कम्पन गरिरहेको हुन्छ। सामान्य सेलको कम्पन लगभग ४० देखि ५० मेगाहर्ज रहने गर्छ।

 

एक बिरामी वा क्यान्सरयुक्त सेलको कम्पन भने मात्र २० वा सो भन्दा कम मेगाहर्ज हुने गरेको भेटिन्छ। स्वस्थ सेल जस्तै मानव शरीरको स्वस्थ अङ्ग समेत आफ्नो पूर्ण क्षमतामा कार्य गर्न लगभग ७० मेगाहर्जको कम्पनमा रहनु जरुरी हुने गर्छ।

 

हामीले खाने खानाको कम्पन फ्रिक्वेन्सी समेत मेगाहर्जमा नापिने गरिन्छ। जसमा नपकाएको कॉचो हरियो सागपात युक्त खानाको कम्पन अधिकतम मेगाहर्ज रहेको भेटिन्छ। जस्तै कॉचो ताजा ब्रोकोलीको कम्पन ६० – ७० मेगाहर्ज हुने गर्छ भने पकाइएको मासुको  टुक्राको कम्पन मात्र ०-७ मेगाहर्ज रहेको भेटिन्छ।

 

ऊर्जा न त उत्पादन गर्न सकिन्छ न त विनाश नै। सकिन्छ त मात्र एक रूप बाट अर्को रूपमा रूपान्तरण। जब तपाईँ तपाईँ स्वस्थ कॉचो ताजा हरियो तरकारीहरू खानुहुन्छ तपाईँ धेरै क्यालोरी सेवन बिना नै धेरै उच्च ऊर्जा सरिरमा स्थानान्तरण गर्न सफल बन्नु हुन्छ।

 

सुपरफुड भनी चिनिने मोरिंगा (सित्तल चिनी), तुलसीको गेडा, बाबरीको गेडा, चाय सीड्स, समुन्द्री फाइटोप्लाङटन (सूक्ष्म क्लोरोफिल हुने लेऊ) आदिमा ग्रहमा रहेका बोटबिरुवा मध्ये सबै भन्दा उच्चतम लगभग १५० देखि २०० मेगाहर्ज मानवमा रूपान्तरण योग्य कम्पन अथवा ऊर्जा दिने शक्ति रहेको मानिन्छ।

 

समग्रमा तपाईँले खाने नियमित खाना शरीरका कोषहरूलाई आवश्यक हुने पौष्टिकता युक्त (पोषक तत्त्व रहेको) र पौष्टिक ऊर्जा युक्त (तपाईँलाई जीवन्त र स्वस्थ बन्न मद्दत गर्ने कम्पन ऊर्जा बढाउन सहयोग गर्ने) प्रकृतिको हुनु पर्छ।

मार्कस पेट्रिक्सको सुपरफूड पिरामिड वा चार्टले कुन खानामा कति इलेक्ट्रोमैग्नेटिक ऊर्जा अथवा कम्पन शक्ति बोकेको हुन्छ भन्ने सङ्केत गर्छ। पौष्टिक ऊर्जा युक्त  खाद्य पदार्थलाई मुलत: हिलिङ्ग खाद्य पदार्थको रूपमा गनिन्छ। यसले कुन खाद्य पदार्थ कति हिलिङ्ग प्रकृतिको हुन्छ यकिन गराउँछ।

 

कुन खाद्य पदार्थले हामीलाई निको पार्न सक्क्षम दिलाउने क्षारीय ऊर्जा कति दिन्छ भन्ने बुझ्न सुपरफूड पिरामिड वा चार्ट एउटा राम्रो सन्दर्भ सामग्री हुने छ। साथै कुन खाद्य पदार्थ हामीलाई स्वस्थ कर हुन खासै सहयोगी हुँदैन अथवा अम्लीय खानाको प्रकृतिको रहेर उल्टो हाम्रो शरीरको ऊर्जा हामी बाट खिची लिने सम्मको हुन सक्छ भन्ने चित्रण गर्दछ। उक्त चार्ट कुन खाद्य पदार्थ तुलनात्मक रूपमा हाम्रो शरीरको स्वास्थ्य लाभ दिलाउन सहयोगी हुन्छ भन्ने तुलना गर्ने सन्दर्भ सामग्री पनि बन्न सक्छ।

 

सूर्यको प्रकाश, पानी र कार्बन डाई अक्साइड मिलाएर जैविक रूपमा बनास्पतिले बनाएको कार्बोहाइड्रेट लाई बनास्पतिले प्रकाश बाटै प्राप्त शक्तिको उपयोग गरी प्रोटिन र अन्य जरुरी पोषण तत्त्वमा परिवर्तन गर्छ। उक्त प्रोटिन तथा अन्य पोषण तत्त्व बिरुवाले फल, तरकारी, फलफूल, नट, बीउ र अन्य भागमा सञ्चय गर्छ।

 

जनावरले बिरुवाको फल, तरकारी, फलफूल, नट, बीउ आदि खानको रूपमा खान्छ। शरीरमा पाचन र शोषण लगायतका प्रक्रिया बाट तिनीहरूलाई पुनः प्रशोधन गरी आफूलाई जरुरी पोषण तत्त्व बनाउछ। मांसाहारी वा सर्बहारि जनावरले प्रशोधित खाद्य पदार्थ लाई फेरी पाचन प्रक्रिया बाट पुनः प्रशोधन गरी आफूलाई जरुरी पोषण तत्त्व र शक्तिको जोहो गर्छ।

 

खानामा रहेको पोषण तत्त्व पाचन प्रक्रियामा प्रशोधन हुँदाका बखत होस वा तिनीहरूलाई पकाउँदा या अन्य भौतिक वा औद्योगिक प्रशोधन गर्ने क्रममा किन नहोस् प्रोटिनको आणविक संरचना परिवर्तन हुने गर्छ। प्रोटिनका अलावा का अन्य पोषण तत्त्वको समेत उक्त जैविक वा मानवीय प्रशोधनको क्रममा आणविक संरचनामा रहेको आयोनिक अवस्था खलल पुग्ने हुन्छ।

 

आयोनिक संरचनामा खलल पुगेको खाना सरिरमा रेडिकलाइज आयोन पैदा गर्ने, शरीरको इलेक्ट्रो–म्याग्नेटिक संयन्त्र माथि नै धावा बोली इनर्जीका विन्दुहरूमा अवरोध पुर्‍याइ क्यान्सर जस्ता विकृत निम्ताउन सहायक बन्न सक्छन।

 

अत्याधिक प्रशोधन गरिएको खानामा कतिपय अवस्थामा शरीरका कोषहरूलाई आवश्यक हुने पौष्टिक तत्त्व युक्त भएको देखिएता पनि  पौष्टिक ऊर्जा युक्त नरहने निश्चित रहन्छ। जसले स्वस्थ खानाको भूमिका खेल्न सक्दैन।

 
यस्तै कारणहरूबाट आज वनस्पतिमा आधारित प्रोटिन युक्त खाना खाने र अन्य खाना समेत मिले वा सम्भव भए सम्म कॉचो खाने वा सके सम्म कम प्रशोधित खाने लहर बिस्वोव्यापी हुँदै छ। स्वास्थ्य जीवन शैली दायक योग, मेडिटेसन आदि लाई त्यसको पूरकको रूपमा लिन थालिएको छ।

 

(संसारभर जटिबुटी र हर्बल क्षेत्रमा उन्नत अनुसन्धानमा संलग्न हुँदै उद्यमशीलताको विकासको लागि जरुरी हुने ज्ञान, सिप र प्रविधिको हस्तान्तरणको नेतृत्व गर्दै आएका लेखक घिमिरे क्यानडा निवासी खाद्य वैज्ञानिक हुन्।)

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: