मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

के छ कोरोना भाइरसबाट बच्ने आयुर्वेदिक उपाय ?

नारायण घिमिरे

हामी सबैलाई अवगत भएकै कुरा हो कि चीनको वुहान प्रान्तबाट फैलिएको नोबल कोरोना भाइरसको पूर्ण निदानको लागि त्यस्तो कुनै प्रभावकारी औषधि वा सुई निक्लिसकेको छैन। जब सम्म उपलब्ध कुनै पनि उपाय सोचे जस्तो प्रभावकारी हुँदैन, तब उपलब्ध सबै सम्भावित उपायहरु र घरेलु उपायहरुको समेत प्रभावकारिताको परिक्षण गर्ने गरिन्छ। जानेको सुनेको र हुन्छ की जस्तो लाग्ने सबै उपाय अपनाउनु नै अन्तिम विकल्प रहने गर्छ।

सामान्य रुवा, खोकी, ज्वरो र श्वास प्रश्वासमा देखिने अवरोध कोरोना भाइरसमा समेत देखियो। मानिसलाई चिसो वा खासी लाग्दा हुने जस्ता लक्षण तर अलि भयावह रूपमा कोरोना भाइरसको सङ्क्रमणमा रहने देखियो।

रोगको लागि प्रभावकारी ड्रगको पहिचान नभई रहेको अवस्थामा हाल चीनमा हर्बलमा आधारित परम्परागत चिनिया औषधि शुअनघुअनगिलियन (औषधिको फर्मुला तल दिइएको छ) केही बिसेक भेटिएको खबर चीनमा फैलिएकाले यसको बिक्री व्यापक हुँदा अलि बाबा जस्ता सप्लाएर सँग यसको स्टक सीमित हुन पुगेको छ।

चीनमा अर्को दुइटा अमूल्य चिया प्रविधि (फर्मुला तल दिइएको छ) बाट धेरै मानिसले राहत महसुस गरेको बताउँछन्। जुन हाम्रा परम्परागत औषधि विज्ञान अयुर्बेदले प्रयोग गर्ने तरिका जस्तै छन।

रोगको लागि प्रभावकारी ड्रगको पहिचान नभई रहेको अवस्थामा हर्बलमा आधारित परम्परागत चिनिया औषधि, पश्चिमा हर्बल औषधि, होमोपेथिक उपाय, भिटामिन-सी लगायतका उपायहरू वास्तवमै प्रभावकारी हुने वैज्ञानिक यकिन नहुँदाको अवस्थामा सबै तह र स्थानहरूमा कुनै न कुनै रूपमा प्रयोग गरी प्रभावकारिता हेरिने क्रम बढेको छ। तपाई जतिसुकै धनी राष्ट्रमा रहनुस वा नेपालको दुर्गम गाउँमा, कोरोनाको हाल सम्म गर्न सकिने उपचार भनेको बिरामी परेको मानिसमा उसको बिरामीको लक्षणहरू सामान्य औषधि दिनुको विकल्प हाल संसार सँग नै उपलब्ध छैन।

सिधा भन्दा ज्वरो आएमा सिटामोल / एस्प्रिन दिने, सास फेर्न गाह्रो हुँदा अक्सिजन (वा पफ), रुघाखोकी लागेमा भिटामिन-सी, कागती पानी लगायतका औषधि दिने । निमोनिया भए निमोनियाकै उपचार गर्ने,  जरुरी अनुसार आइसीयु वा भेन्टिलेटरमा  राख्ने । गाउँमा भए तुलसीको मठ र चौतारा नजिक भएको घरमा त्यहाँ बाट आउने खुला हावा बिरमिसंग पुग्ने गरी राख्ने।

 

कुनै पनि हर्बलबेस उपचार जुन विगतमा भाइरसको कारणबाट हुने रुघा, मर्की, फ्लु, ज्वरो र श्वास फेर्न गाह्रो हुने समस्यामा प्रभावकारी भएका थिए तिनै उपाय अन्य प्रभावकारी उपायहरू उपलब्ध नहुँदा सम्म चिकित्सकहरूबाट होसियारीका साथ प्रयोग गर्न सल्लाह दिइँदै आएको छ।

आफू सङ्क्रमित रहेको बेला आफूबाट अर्कोमा सर्न नदिन आफैलाई अरूबाट छुट्टाएर राख्ने, धेरै तरल पदार्थ खाने, चिकेन सुप जस्ता वा तातो पेय प्रशस्त पिउने, कागती पानी, गुड्ची हर्बल चिया, हट लेमन हनी, अन्य हर्बल तातो पेय पिउनु, आफूलाई न्यानो राख्ने आदि उपाय सुझाउने गरिएको छ।

सीडीसीको विज्ञप्ति र यडब्ल्युएचओको पुष्टि अनुसार कोरोना भाइरस चमेरोबाट मान्छेमा सरेको मानिएकाले जङ्गली सिकार गरिएका जन्तु वा जनावरको मासु नखानु उपयुक्त हुने छ।

 

यो सन्धर्बमा हाम्रो परम्परागत आयुर्वेदिक र युनानी उपाय हरुको संदर्बिकता र उपलब्धता र कोरोना भाइरस जस्ता अचानक देखिने भाइरल संक्रमणक रोगबाट बच्न प्रतिरोधात्मक उपाय हुन सक्ने उपाय बारे यहाँ चर्च गर्ने कोसिस गरिएको छ।

भारतको आयुष (AYUS) मन्त्रालयले आयुर्वेदको आधारमा कोरोना भाइरसबाट बच्न आफ्नो सरिरको प्रतिरक्षा प्रणाली बृध्दि गर्न हालै एक एडभाईजरी जारि गरेको छ।

दीईएको सल्लाह अनुसार १० ग्राम सदंग पानिया पाउडर लाइ १ लिटर पानीमा उमालेर आधा नहुन्जेल उमालेर पिउनु भनिएको छ।सदंग पानिया पाउडर र पेय बनाउने तरिका तल दीईएको छ।

दैनिक दुई पटक ५ ग्राम अगस्त्य हरित्तयाकी (बनाउने तरिका तल दीईएको छ) तातो पानीको साथ लिनु राम्रो भनिएको छ।

समशामनी वटि ५०० मिलीग्राम (बनाउने तरिका तल दीईएको छ) दिनको दुई चोटी लिन सल्लाह दिने गरिएको छ।

एक लिटर पानीमा ५ ग्राम त्रिकट्टु (पिप्पला, मारीच र अदुवाको शुठोको मिश्रण) पाउडर  र ३ देखि ५ वोटा तुलसीको हरियो पात हाली उमालेर आधा लिटर बनाउने र मनतातो हुने सम्म सेलाउन दिएर पिउने भनिएको छ।

रुघा बाट बच्नको लागि हरेक बिहान नाकमा दुई थोपा प्रतिमर्स नसया (बनाउने तरिका तल दीईएको छ) अनु तेल वा नाकको ड्रप लिन सुजाएको छ।

भारतमा हिन्दु महासभाका अध्यक्ष स्वामी चक्रपाणि महाराज गोमूत्र र लोकल गाईको  गोबर करोनाभाइरस रोगको उपचारका लागि प्रभावकारी हुने बताएका छन्। उनका अनुसार गो मूत्र तथा गोबर करोनाभाइरस मार्न समेत प्रभावकारी हुने र भाइरसको प्रभाव शून्य गर्ने क्षमता रहेको दाबीको वैज्ञानिक पुष्टि हुन सकेको छैन।

मानिसको शरीरमा उत्पन्न हुने फ्री र्‍याडिकल निर्मूल गर्ने गहुँतको क्षमताबारे प्रयोगशालामा मानव कोशिकामाथि गरिएको वैज्ञानिक परीक्षणमा एक लिटरमा ५.२५ एमएल ताजा गहुँतले र ७.३७ एमएल युरिन डिस्टिलेटले र्याडिकलाइज आयोनलाई तुरुन्तै नियन्त्रण गर्न सक्षम प्रमाणित गरेको छ।

गोमूत्रमा शरीरलाई चाहिने एन्टी–अक्सिडेन्ट त छँदै छ, क्षारीय गोमूत्र सेवनले मानव शरीरभित्रका ती तत्त्वहरूको आवश्यकता अनुरूप ब्यालेन्स गर्न समेत उल्लेखनीय भूमिका रहने देखिएकाले ‘गोमूत्र थेरापी’को माग संसारमै ह्वात्तै बढेकोले क्यान्सर लगायतका रोगीहरू लोकल गाईको गोमूत्र र गोबरको डिस्टिलेट अथवा अर्घ पिउने गर्छन।

 

कम्तीमा १७ थरी इन्जाइम तथा हर्मोन भेटिने गोमूत्रमा सिट्रिक, सक्सिनिक र क्याल्सियम साल्ट तथा कार्बोकसिलिक एसिड, ल्याक्टोज, फस्फेट र क्रिएटिन जस्ता तत्त्व भेटिनु र पछिल्लो समय आएर गोमूत्रमा औरम हाइड्रोअक्साइड, जुन सुनको क्षार हो, भेटिनुले लोकल गाईको गोमूत्र र गोबरको डिस्टिलेट अथवा अर्घको सङ्क्रमित रोगमा रहेको क्षमताको महत्त्वपूर्ण वैज्ञानिक पाटो उजागर भएको हो।

युनानी तरिकाका उपायहरूमा समेत (तल दिइएका) तरिकाहरुमा चिराइतो, कासनी, अफसन्तिन (हरियो अदुवा), ज्वानो, निमको बोक्रा, मोथे (नट ग्रास वा नगरमुस्तक), नेपाली स्याउ क्युईन्स लगायतका धेरै नेपालमा सजिलै उपलब्ध हुने जटिबुटी निर्मित ओखतीहरू प्रभावकारी हुने भनिन्छ।

अत्यन्त सङ्क्रमित प्रकृतिको रहेकाले कोरोना सङ्क्रमण हुँदा अस्पताल गएर यसका विज्ञहरूको निगरानीमा उपचार गर्नुको हाल सम्म विकल्प छैन। यहाँ उल्लेख गरिएको तरिकाहरू प्रतिरक्षाको उपायको सल्लाहको रुपमा लिन अनुरोध गरिन्छ।

कोरोना भाइरस जस्ता उच्च सङक्रमित रोगबाट बच्ने उपाय भनेको आफूलाई भिडभाडको जिन्दगी बाट गाउँले जीवन जस्तो आनन्दित परिवेशमा लाने, सुरक्षित र संयमपूर्ण जीवन पद्धतिमा जानु। भिड भाडमा जानु पर्दा ९५ प्रतिशत सम्म ०.३ माइक्रोन सम्म सानो हावाका कणहरू श्वासबाट शरीर भित्र जानबाट रोक्ने क्षमता भएको एन ९५ (N95) पार्टीकुलेट रेस्पीरेटर (Particulate Respirator} नामक एनआइवोएसएच (NIOSH) सर्टिफाइड मास्क प्रयोग गरी मात्र जाने।

योग ध्यान जस्ता दैनिकी र स्वच्छ आयुर्वेदिक परम्परागत प्रकृतिको आहार विहार कोरोना जस्ता सङ्क्रमण बाट बच्ने उत्तम उपाय रहेको देखिन्छ।

13Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: