मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

रुद्राछे र चन्दनको धुलो – सुन्दरीहरुको चोईश

रुद्राछे मात्र माला हैन यसको काठ निकै बलियो हुन्छ र महँगोमा कारोबार हुन्छ । यसको फलको आद्यात्मीक मुल्य त छदैछ, राम्रो बजार मूल्य नपाउने फल घोटी औसधि बनाउन सकिन्छ ।

धोटेको रुद्राछेको धुलो र अर्जुन (जसलाई काहू पनि भनिन्छ) को बोक्रा को धुलो संग बराबर मात्रमा मिशाएर २-३ चिया चम्चा महले लेदो पेस्ट बनाएर अनुहारमा लगाएर आधाघण्टा छोड्ने र मनतातो पनिले मुख धुदा अनुहारको डन्डिफोर, दाग निदानकालागि प्रोयोग हुने कस्मोटिकले दिने असर लिन सकिन्छ । तेस्तै धोटेको रुद्राछेको धुलो कागतीको रससंग मिलाएर बनेको पेस्ट अनुहारमा लगाएर आधाघण्टा छोड्ने र मनतातो पनिले मुख धुदा अनुहारको चमक फिर्ता लिई आउन सकिन्छ ।

अनुहारको चमकको अन्तरिक निदानकालागि रुद्राछेको धुलो, जेठी मधु, अमला पाउडर र मजीठो बराबर भाग मिसाएर खादा अनुहारको छालाको दाग हटाउन, कालो भाग अनि छेके छेके पन हटाउन उपयोगी हुने हुदा खाना पछि ५ ग्राम पाउडर खाने चलन पुरानो हो । संसार बिकसित हुदै गए पछि यो मिसावटबाट अब आइश क्रिम, लस्सी र स्मुथी जस्ता पदार्थ बनाएर सुन्दर सुन्दरीहरुको छनौटको डीटक्स पेय वा हेल्थ चोईश भनि ई पदार्थ हरुको कमर्सियल मुल्य लिन सकिने अबस्ता छ ।

 

रुद्राछेको धुलो रोज वाटर मा मिसाएर अनुहारमा लगाउने वा पुलाऊ वा आइश क्रिम, लस्सी र स्मुथीमा मिसाएर खादा पनि अनुहारको छालाको दाग हटाउन, कालो भाग अनि छेके छेके पन कम गराउन सहयोगी हुने हुदा यसको व्यापारिक मुल्य रहने नै भयो ।

 

रुद्राछेको धुलो चन्दनसंग मिसाएर आत जलेको बेला खाई आराम लिने चलन पुरानै हो । तेसैले आयुर्वेदिक महत्वोको पेयका लागि रेस्टुरेन्टहरुमा डीटक्स पेय स्वोरुप रुद्राछेको धुलो र चन्दन मिसिएको धुलो मिसाई सर्ब गर्ने गरिएको हो । अरस्वोगन्धा हाले जस्तै : रुद्राछेको धुलोमहसंग मिसाएर खादा कफ़ हुदा र छातीमा अपठेरो हुदा प्रयोग हुने गर्थ्यो । तेसैले यसलाई मनतातो चियामा हाली एन्टी कोल्ड पेयका रुपमा सर्ब गर्न सकिने भयो ।

 

आज हामी स्वाथबर्दक पेय भनि बिदेसी हामीलाई पूर्ण ज्ञान नभएको खाना र पेयमा हाम्रो पकेटमनी फाली रहेछौ । हाम्रा मणिहरु खोलामा मिल्कि रहेका छन् । तेस्तै हाम्रा टिन र भर्खरै बढ्दो उमेरका युवा युवतीहरुआफ्नो अनुहारको डन्डिफोर, दाग र चमकको निदानका लागि कस्मोटिक प्रोयोग गर्दा करोडौ रुपया बाहिर जान्छ । यसको निदान हुने सामान्य कस्मोटिक मात्र पनि नेपालमै सुरु गर्न सके हाम्रो आयातलाई केहि हदसम्म विस्तापित गर्न सकिन्छ ।

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: