मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

लकडाउन कहिले सम्म !

नारायण घिमिरे, खाध्य तथा औषधि बिज्ञ। क्यानाडा।

 

आज भन्दा मात्र तिन मैना अगाडी नोबेल कोरोना भाइरस बारे कसैले केही सुनेका थिएनन। आज हरेक मुलुकमा कोही न कोही यो रोग बाट सङ्क्रमित बनिसकेका छन्। जतिसुकै सबल र सकक्षम मानिएका मुलुकले समेत यो महामारीमा आफ्नो जनता लाई परेको बेला हिजो हामीले सामान्य ठान्ने गरेको एक सरो मुख छोप्ने मास्क समेत पुरयाँउन नसकेको टिभी र युट्युब मार्फत प्रसारित दृश्य टुलु-टुलु हेर्न पर्दा नाटक हेरे जस्तो लाग्ने गर्छ। आफ्ना नागरिकहरु लाई यो सङ्क्रमण बाट जोगाउन ज्यानको बाजी राखेर अघि बढेका डाक्टर, नर्स र स्वस्थ कर्मीहरु मात्र आफूलाई सुरक्षा गर्ने पिपीइ नपाएर आफ्नो पेसागत धर्म  निभाउँदै गर्दा आफै कोभिड-१९ को सङ्क्रमणमा परि कतिपयको ज्यान समेत गुमेको अवस्था भयावह भन्दा माथिल्लो ठानिनु पर्छ।

 

यो महामारी एक सक्षम विकसित  मुलुक बाट अर्को  सक्षम विकसित  मुलुक पुग्ने क्रम पहिला देखा पर्‍यो। तपाई हाम्रो सौभाग्य नै होला यो महामारीले अरू भन्दा पहिले हामीलाई सङ्क्रमण गर्न पाएन। अब क्रमशः हाम्रो मुलुक तिर सङ्क्रमणको लहर भित्रन खोजेको महसुस गराउँदछ।

 

नेपाल अल्प-विकसित र तुलनात्मक रूपमा अरूको भन्दा कम साधन श्रोत सम्पन्न रहेको भएता पनि अन्य देशमा महामारी फैलँदा के भयो, यो महामारीको असर उनीहरूले कसरि न्यूनीकरण गर्न सके भनी उनीहरूको अनुभव बाट सिकेर अघि बढ्न पाउने अवसर हामी सँग छ। असर न्यूनी करण गर्न सकिने तरिकाको ज्ञान साधन र श्रोतको उपलब्धता भन्दा ठुलो मूल्यको रहेकाले हामीले हामीलाई उपलब्ध उक्त अवसरको भरपुर सदुपयोग गरेर हामी अघि बढ्नु अत्यन्त बुद्धिमान कदम हुने छ।

 

बिश्वोको अनुभवले कोभिड-१९ को महामारीलाई कुनै पनि मुलुकले हल्का रूपमा लिन नहुने बताई रहेको छ। सम्पूर्ण राष्ट्रको लागिनै यो अत्यन्त भयावह चुनौतीको रूपमा खडा बनिदिएको छ। कोभिड-१९ नामक आँखाले देख्न नसकिने हाम्रो साझा शत्रु विरुद्धको लडाईको लागि हामी सँग अन्य मुलुकको तुलनामा राम्रो साधन र श्रोत पक्कै नहोला। तर प्रत्येक नेपालीमा विपत्तिको समयमा जागृत हुने डिएनएमा रहेको भाइ-चारा र सहयोगी मन हाम्रो सबैभन्दा उत्कृष्ट सम्पत्ति हो। तसर्थ यो समयमा  हामीले यो पक्ष, उ पक्ष, यो पार्टी, उ पार्टी, यो सरकार, यो जनता केही नभनी हाम्रो साझा शत्रु विरुद्ध जति छिटो एकजुट भएर लड्न तयार हुने छौ तेती चाँडो यो युद्ध हामीले जित्ने छौ।

 

कोरोना बाट गम्भीर रूपमा सङ्क्रमित भएका विभिन्न मुलुकहरुले आफ्नै पाराको जटिलता भोगेको भएता पनि उनीहरू सबैले भोगेको केही अनुभवहरू समान प्रकृतिका छन्। सङ्क्रमणको सुरु हुँदै गर्दा प्राय: सबै विकसित देशहरूमा कोभेड़ -१९ जस्तो फरक प्रकारको महामारी र त्यसले निम्त्याएको सामाजिक फरक प्रकारको व्यवस्थापनको चुनौती सँग भिडेर समाधान गरेको अनुभव थिएन।

 

जतिसुकै विकसित भए पनि कोभेड़ -१९ को चरित्र बारे उनीहरू पूर्ण जानकार थिएनन। कोभेड़ -१९ मा राम बाण बन्न सक्ने अचुक औषधि थिएन। नपत्याउँदो तरिकाले संक्रमले अस्पतालहरुमा थेग्नै नसक्ने गरी बिरामीहरू थुपारी रहेको थियो। यसो गरे होलाकी, उसो गरे होलाकी भन्दै जाने र सम्भव भए जति सबै उपायहरू प्रयोग गरिँदै गर्दा महामारी उग्र बनिदिएको थियो। फलतः उनीहरूको राज्य संयन्त्र तहस नहस मात्र बनेन हताश समेत बनेको देखिन्थ्यो।

 

समस्या सबैलाई थाहा थियो। समस्याको मूल कारण र त्यसको अचुक उपचार पहिचान भइसकेको थिएन। हाल सम्म पनि छैन। समस्याको जरो के भन्ने मेसो नपाइसकेको अवस्थामा रोगको निदानको लागि मुल कारकको उपचार गर्ने विकल्प उपलब्ध हुन सम्भब थिएन। भएन। रोगका कारण पैदा भएका लक्षणहरूको उपचारमा अस्पतालहरू लागेका थिए। आज पनि लागि रहेका छन।

 

विकसित देशका सुविधा सम्पन्न अस्पतालहरू समेत रोगको लक्षण नियन्त्रण गर्ने औषधिहरू चलाएर बिरामीको शरीरलाई सन्तुलित पार्दै शरीरको प्रतिरक्षा प्रणाली लाई रोग सँग जुध्न सक्षम बनाएर कोभेड़-१९  बिरुद्दको युद्ध लडीरहे। कतिपय लडी रहेका छन्। कतिपयले सङ्क्रमण केही नियन्त्रणमा लिन सफल बनिरहेका छन्।

 

संसारका हरेक राष्ट्रका सरकारको कोरोना युद्ध प्रभावकारी बनाउन आफ्ना मुलुक बासीले पूर्ण सहयोग गर्दै सामूहिक उत्तर दहित्वोको अनिबार्य निर्वाह नगर्दा सम्म सम्भव हुने स्थिति पैदा भएन। जब आम नागरिकले सरकारको अनुरोध अनुरूपको आफ्नो तर्फबाट निभाउन पर्ने नागरिक जिम्मेवारी र मानवीय कार्य सम्पन्न गरिदिए, उनीहरूको कोभिड-१९विरुद्धको युद्ध सुरुमा झन् जटिल बन्न बाट रोक्न र अन्ततः नियन्त्रणमा राख्न सम्भव बनेको देखियो।

 

सङ्क्रमण विरुद्ध विभिन्न देशले विभिन्न उपाय बाट आफ्नो युद्ध जारी राखे। युद्ध जसरिसुकै लडिएको किन नहोस, उनीहरूले अहङ्कार गरेका मद्धे मात्र मात्र सीमित उपायहरूको उच्च प्रभावकारिता देखियो। जस्तै: सङ्क्रमित हुने संभावना रहेका विदेशी नागरिकलाई मुलुकमा प्रवेश निषेध गरी भाइरसको आगमन रोक्ने। विदेशबाट स्वदेश आएका आफ्ना नागरिक लाई राम्रो हेरचाहका साथ आफै कम्तीमा १४ दिन आइसोलेसनमा राखी कोभेड़ -१९ मुक्त रहेको यकिन पछि मात्र परिवार र समाज सङ्ग घुलमिल हुन दिने। कोभेड़ -१९ लागेको शङ्का भएका तर यकिन नभएकाहरू लाई समेत तुरुन्त कोभेड़ -१९ लागेको नलागेको यकिन गर्न परीक्षण गर्ने। जरुरी हुँदा `कम्तीमा १४ दिन आइसोलेसनमा रहने व्यवस्था गर्ने। कोभेड़ -१९ लागेको अवस्थामा तुरुन्तै आइसोलेसनमा राखी उपचार सुरु गर्ने। कोभेड़-१९ को सङ्क्रमणको श्रोत पत्ता नलागेको सङ्क्रमितहरू भेटिए सम्म समुदायमा कोभेड़ -१९ भाइरसको  फैलिरहेको अवस्था आफ्नो दैनिकीमा एक आपसमा कम्तीमा २ मिटरको सामाजिक दुरी कायम गर्ने, नियमित साबुन पनिले हात धुने र जरुरत अनुरूप सेनिटाइजर र डिसइनफेकटेन्टको प्रयोग गर्ने।

 

नेपाल जस्तो महामारी विरुद्ध लड्न पूर्ण तयारी नभएको मुलुकको लागि महामारी व्यापक फैलने सम्भावना देखिएको हप्ता बाटै तत्काल सम्पूर्ण रूपमा आर्थिक, सांस्कृतिक र सामाजिक गतिविधिमा प्रतिबन्ध गरी लक डाउन अथवा बन्द गर्नुको अर्को विकल्प थिएन। त्यसै गरियो। किनकि उक्त अवस्थामा जनस्वास्थ्यको जरुरि भर्पाइ कुनै पनि आर्थिक गतिविधिमा हुने फाइदाले परिपूर्ति गर्न सक्ने अवस्था थिएन। अझै पनि छैन। त्यसैले अझै पनि लकडाउन जारी छ। कोरोना जस्तो भाइरसको सङ्क्रमणको बेला कति दिन सम्म मुलुक बन्द गरेर सङ्क्रमणको जोखिम बाट मुलुक लाई मुक्त दिलाउन सकिन्छ भन्ने निधो सजिलै नहुने परिस्थिति पैदा भइदिने गरेको छ।

 

मानिस सामाजिक प्राणी भएका कारण  सङ्क्रमित बाट अर्कोमा रोग सर्न नदिन र रोग लागेको लाई  उपचार गरी निश्चित समयमा भित्र अरूलाई रोग सार्ने अवस्थामुक्त बनाए पछि मात्र समाजमा हेलमेल हुने अनुमति दिन लक डाउनको सहारा लिइन्छ। लक डाउनको अवस्थामा पनि मानिसले आफ्नो दैनिक नित्य कर्म, खानपिन र औषध उपचार नियमित राख्न अनिबार्य हुन्छ। लामो समय सम्मको लकडाउनले मानिसको दैनिकीको आधारभूत आवश्यकताको पूर्ति गर्ने सामग्रीहरूको आपूर्तिलाई अनिश्चित गरिदिने हुँदा उक्त समयमा लक डाउनले दिने सर्वसाधारणको स्वस्थमा हुने फाइदा भन्दा सर्ब साधारण लाई बच्नकै लागि चाहिने सामग्रीले दिने अभाव भयावह बनिदिन्छ।

 

कुनै पनि मुलुक आफू लक डाउनमा उत्री सके पछि कति बेला लक डाउन फिर्ता लिने भन्ने निश्चय गर्न  लक डाउनका कारण जनस्वास्थ्यमा पुग्ने लाभ र त्यसले जन्माउने आर्थिक क्षतिको लेखाजोखा गरिनु पर्छ। लक डाउनको समय जति लम्बदै जान्छ त्यति धेरै समाजमा आर्थिक भार थुप्रँदै जान्छ। व्यवसायहरू धाराशाही हुने, मानिस बेरोजगार हुँदै जाने, आर्थिक अवस्था खस्कँदै जाने, बजारमा अत्यावश्यक बस्तुको मूल्य चरम सीमामा पुग्ने, अन्ततः पूर्ण अभाव हुने अवस्था सिर्जना गरिदिन्छ। सङ्क्रमणको जोखिम उच्च होस् वा न्यून, बजारको अस्तव्यस्तताले जन्माउने भयावह छल्न मुलुकले सुरुका व्यापक बनाएको बन्दको घोषणा लाई बिस्तारै खोल्दै जाने नीति अपनाउन अनिबार्य हुन पुग्छ।

 

यसको लागि मुलुकले सङ्क्रमण हुने सम्भावना भएका मानिसहरूमा सङ्क्रमण भए नभएको पुष्टि गर्न अनिबार्य चेक जाँचको व्यवस्था गर्ने गर्नु पर्छ। चेक जाँचमा सङ्क्रमित भएको देखिएमा उसलाई तुरुन्तै आइसोलेट गर्ने, सङ्क्रमण भएको श्रोत र उसले अरूलाई सङ्क्रमण पुर्‍याउन सक्ने जोखिम रहेका हरुको पहिचान गरी तिनी हरुलाई समेत परीक्षणको दायरामा ल्याउनु जरुरी हुन्छ।

 

आफू शङ्काको दायरामा पर्दा आफूले आफूलाई आइसोलेसनमा राख्ने, काम विशेषले घर बाहिर निस्कन पर्दा सोसल डिस्टेंन्सिंङ कायम गर्ने र सङ्क्रमित व्यक्तिको सामाजिक हेलमेल वाट अर्कालाई सङ्क्रमण भए – नभएको यकिन गर्न सरकार लाई सहयोग गर्न सबै नागरिकको सामाजिक उत्तरदायित्व हुने छ। जब सम्म सरकार आफै समुदायमा कोभेड़ -१९ भाइरसको  फैलिरहेको अवस्था नरहेको यकिन सम्म पुग्दैन तब सम्म मुलुक लकडाउन गर्नु पर्ने बाध्यता रहन्छ।

 

मुलुकमा जति जति सङ्क्रमणले दिने क्षति नियन्त्रण हुने अवस्था पैदा हुन्छ तेती तेती मुलुक भित्रै जरुरी हुने अत्यावश्यक सामग्रीहरू पूर्ति गर्ने व्यवसायहरू खुला गर्ने, अत्यन्त संवेदनशील बस्तुहरू मुलुक भित्रै तैयार गर्न औधोकिक संरचनाको विकास गर्ने र महामारीको फैलावट नियन्त्रण गर्दै सम्पूर्ण आर्थिक गतिविधि पुनः सञ्चालनमा फर्काउने तर्फ अघि बढ्नुको विकल्प रहँदैन। त्यसो गर्नको लागि खुला गरिएका गर्तिबिधिहरुले मानव स्वास्थ्यमा जोखिम थप्दै गर्दा आधारभूत आवश्यकता पूर्ति गरी नागरिकको जीवनलाई सहज बनाइदिन्छ।

 

यति बेला सरकारमा आफूले लगाएको लकडाउन विद्यमान महामारीको समाधानको उपाय हैन बरु महामारी फैलने सम्भावना न्यून कृत गर्दै स्थानीय स्तरको जटिलता सुहाउँदो महामारीको समाधानको उचित उपाय पहिल्याएर लागु गर्ने उच्च मूल्य तिरेर कृत्रिम रूपमा विकास गरिएको सन्नाटा रहेको गम्भीर महसुस रहनु जरुरी छ।

 

यो समयमा सरकारले कोरोना सङ्क्रमित भएका र नभएका शत प्रतिशत खुट्टाएर सङ्क्रमित भएकालाई आइसोलेसनमा लिएर बाँकी जनजीवन लाई सामान्य जनजीवनमा पुर्‍याउन जरुरी बनेको छ। अन्यथा यो भयावहले नेपालका दुई तिहाइ जन सङ्ख्या सम्म पुग्न बाट कसैले रोक्न सक्ने छैन। सरकारको यसमा गम्भीर ध्यान जान जरुरी छ। मुलुकका सत्ता पक्ष लगायत सबै दल र विप्लव माओवादी लगायतका भिन्न भिन्न झुन्डमा सङ्गठित समुदाय र आम समुदायले यो युद्ध लड्ने मोर्चामा सामूहिक एकबद्दता देखाउन र प्रत्यक्ष सक्रिय सहभागिता जनाउन जरुरी छ।

 

बिश्वोको कोभेड़ -१९ को महामारीको ट्रेन्ड लाई अर्को आँखाले हेर्नु हुन्छ भने जहाँ जहाँ राजनैतिक सत्ता पक्ष र प्रतिपक्ष ले यो महामारी लाई आफू सरकारमा जाने र शक्ति आर्जन गर्ने उपायको रूपमा लिन खोजे, जहाँ जहाँ कर्मचारी तन्त्र यो महामारी लाई आफूले  कमाउन सक्ने अवसरमा तल्लीन भएको भेटियो, जहाँ जहाँ पहिलो घेराको सिपाहीका रूपमा रहेको स्वस्थ कर्मीको सुरक्षा राज्यको पहिलो धर्म भन्ने सोच्न सकिएन ती मुलुकमा मात्र यसले  गम्भीर क्षति पुर्‍याएको देखिन्छ। उद्योग व्यवसायमा पैसा कमाउनु धर्म नै होला। तर त्यस्तो नहोस् की मुनाफाको लागि आफैले बेचेको गोली लाग्नु आफ्नो अकाल मृत्यु वरणको कारक बनोस। त्यसैले सरकार लक डाउन तर कहिले सम्म त्यसको यकिन गर्न सकिने गरी गरियोस।

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: