मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

अर्थ-मन्त्री, गैर-आवासीय नेपाली संघ र स्वरोजगारि ।

नारायण घिमिरे

सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७ – ७८ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा कोरोनाको महामारीले मुलुक आक्रान्त बन्दै गर्दा एकातर्फ स्वदेशमै रोजगारीको अभाव हुन गएको र अर्कोतर्फ विदेश गएका उल्लेख्य नेपाली फर्किने सम्भावना रहेको यथार्थता अघि सार्नु भएको छ। बेरोजगारलाई लक्षित गर्दै गुमेको रोजगारी पुनरुत्थान, नयाँ रोजगारी सिर्जना तथा स्वरोजगार बनाउनका लागि कृषि, बन, हर्बल आदिमा उद्यमशीलताको अवसरको अधिकतम उपयोग गरिने सरकारको नीति घोषणा गरिएको छ। विदेशमा रोजगारी गरेर फर्केका दक्ष युवा-युवतीहरुलाई नेपालमै उद्यमशील बनाउन सुरुवाती पुँजी उपलब्ध गराउने योजना अन्य योजना सँगै अघि सारिएको छ।

 

सरकारले हाल उच्च प्राथमिकतामा राखेको विदेशबाट फर्केका, नेपालमै बेरोजगार बनेका र निजी क्षेत्रको लगानी कृषि तथा बन उद्योगमा आकर्षित गर्न कृषि र बनबाट आउने उत्पादनलाइ स्थानीय स्तरमै खपत भइरहेको खाद्य, खाद्य सप्लिमेन्ट, प्राकृतिक सौदर्यका सामग्री, औषधि, जटिबुटी, आयुर्वेदिक र अन्य दैनिक जीविकाका पदार्थ उत्पादन गर्ने कच्चा पदार्थमा परिवर्तन गर्ने प्रविधि, सीप मूलक तालिम, प्रडक्टको फर्मुलेसन विकास गर्न र स्वरोजगार मुलक उधम्शिलतामा जानको लागि जरुरत हुने जरुरि हुने बडी अफ नलेज प्रयोगात्मक ज्ञान प्रदायक दक्ष संस्थाहरुको जरुरत पर्ने छ।

 

हाम्रा मुलुकका युवाहरू किन न हिजो, न आज अन्य मुलुकको तुलनामा नगण्य स्वरोजगार गई रहेका छन् ?  दातृ संस्थाहरूको  ऋण सहयोग समेत लिएर स्टार्ट अप कम्पनीहरू खोल्न र खोलेका लाई उत्प्रेरकको भूमिका दिने भनी खोलिएका निकै ठुलो लगानीका योजनाहरू योजनाकाल भरि अलि धेरै तलब आउने जागिर खाने अखडा र स्थानीय स्तरमा हस्तान्तरण पछि रिटायर कर्मचारीहरूलाई यसो अल्झिने र घाम ताप्ने बदाम खाने स्थानमा परिवर्तित बने?  लगानीको लगभग शून्य प्रतिफल मात्र दिन सके? यो प्रश्न नेपाल मा कहिल्यै कसैले उठाएन। उल्टो भनियो हामीले त प्रयास गरेकै हो। तर के गर्नु नेपालमा एक त वातावरण नै छैन । घुमाउरो पारामा यहाँका युवाहरूमा उधम्शिलाता तर्फ जाने न त योग्यता, न त कागजी डिग्री नै रहेको तर्फ इंकित गरिए।

 

संसारमा हाल सम्म अस्तित्वमा आएका धेरै व्यवसायहरू मध्ये सबै भन्दा उत्कृष्ट व्यवसाय दिन सफल बनेका व्यक्तिहरूको जीवनी र उनीहरू कसरि त्यो उत्कृष्ट व्यवसायको विकास गर्न सके भन्ने बारे पुनरावलोकन हेर्दा सफल व्यवसायीमा हुनुपर्ने अनिबार्य खुबी भनेको उनीहरू परिचित रहेको समाजमा विद्यमान रहेको कुनै एक वा धेरै समस्याहरू सँग उनीहरू परिचित रहनु पर्ने र त्यो समाधान गर्न उनीहरूको अन्तर मनमा हुटहुटी जागृत हुनुपर्ने भन्ने देखिन्छ।

 

उदाहरणको लागि संसारलाई ठुलो सङ्ख्यामा हिँड्ने मिसिन जसलाई हामी मोटर-कार भन्ने गर्छौ दिने हेनरी फ़ोर्डको औद्योगिक यात्राबारे पुनरावलोकन गरौँ। उनी एक सामान्य किसानको घरमा जन्मे। पढेर इन्जिनियर बने। उनलाई  एडिसन इलुमिनेटीङ्ग कम्पनीले काम दियो । जति बेला उनी कृषि फार्ममा काम गर्थे, सवारीमा यात्रा गर्ने भन्ने कुरो धनी सम्भ्रान्त वर्गको मात्र पहुँचको कुरो थियो। उनलाई आफ्नो पिता जस्तो गरिब घरानाले समेत किनेर चडन सक्ने सवारी बनाएर त्यसमा बसी फुर्सदको बेला घुम्न सक्ने सवारी सुविधा सबैलाई उपलब्ध गराउन तीव्र इच्छा थियो। आकर्षक इन्जिनियरको जागिरले उनलाई सन्तुष्टि दिएन। अन्ततः उनको भित्री मन देखि खड्गेको समस्याको समाधान गर्ने क्रममा फ़ोर्ड मोटर कम्पनीले जन्म लियो।

 

दक्षिण अमेरिकामा अफ्रिकाबाट ल्याइएकी एक दासको छोरी आफ्नो पालन पोषणको क्रममा बाल्यकालमा हुन गएको चरम कुपोषण तथा थोरै हुर्के पछिको आफ्नो दैनिकीको तनावको कारण कपाल छोटो र पातलो हुने समस्याले ग्रसित बनिन। पैसा कमाउन आकर्षक झुट बोली व्यापार गर्ने एक फिरन्ते व्यापारीले दिएको कपाल पलाउने औषधि भनी विश्वासमा परेर आफूलाई थाहा नभएको नक्कली औषधिले उनको कपाल झरी उनी नराम्ररी कुरूप बनिन। नचिनेको नजानेको फटाहा बेपारिको फन्दामा परेकी उनले आफैले सोधखोज र अनुसन्धान गरी कपालमा लगाउने टॉनिकको विकास गरिन। आफैले विकास गरेको कपालको टनिकले उनले आफ्नो कपालको सफलता पूर्वक उपचार गरिन। उनको नयाँ पलाएको कपाल देखे पछि उनको चिन जानमा रहेका र उनीहरूको साथीहरुले समेत उक्त औषधी माग्न थाले। उनको  घर घरमा  गएर औषधी बेच्ने क्रम पछि एक व्यवसायमा परिवर्तन भयो।

 

१९१९ मा जब उनको देहान्त भयो, त्यो बेला उनी अमेरिकाको पहिलो महिला मिलिनियर बनिसकेको थिइन। उनी यानेकी सी.जे. वालकर सबैभन्दा धनी अफ्रिकी अमेरिकन बेपारी बनिसकेकी थिइन। उनको समयमा एक त पुरुष द्वारा नियन्त्रित समाजको महिला, त्यो पनि पिछडिएको वर्ग, सबैको हेलत्वमा पर्ने दासकी छोरी, कुनै औपचारिक शिक्षा समेत प्राप्त नगरेकी, व्यापारको लागि कुनै साधन श्रोत नभएकी र विश्वविद्यालय हरुमा पड्ने पढाइने औद्योगिक मनोविज्ञान अनुरूप उद्यममा जाने कुनै पनि गुण नभएकी महिला उद्यमी थिइन। आफ्नो भित्री मनमा खड्गेको समस्याको समाधान गर्ने क्रममा उनको आफ्नै सफल कम्पनीले जन्म लियो। हुर्कियो। समाजमा रहेको तत्कालीन समस्याको समाधान दियो। मानिसको जीवन शैलीलाई सहज बनाउन योगदान पुर्‍यायो। प्रतिफलमा उनी पनि सफल बनिन।

 

नेपालको वास्तविकतालाई छातीमा हात राखेर भन्ने हो भने वर्तमान सरकारले स्वरोजगार गराउने भनी लक्षित गरेको स्वदेशमै रोजगारीको अभाव हुन गएका र विदेश गएका तर नेपाल फर्केर स्वरोजगारीमा फर्कने उल्लेख्य नेपालीमा उधमशिलातामा जान जुन गुण उद्योग सुरुगर्न भन्दा अगाडी हेनरी फ़ोर्ड सँग थियो, सी.जे. वालकर सँग थियो त्यो गुण पर्याप्त छ ।

 

नेपाल भित्र रोजगारी र स्वरोजगारीको चक्करमा रहेका हरेक नेपाली युवा युवती समेत यो गुण युक्त नै थिए । तर के भयो र हाम्रो तर्फ बाट कहाँ बदमासी भयो, कहाँ अन देखा गरीयो र कहाँ अलि ध्यान पुग्न सकेन अब मिहिन भएर केलाउने, उक्त कमजोरी हटाएर मुलुकलाई स्वरोजगार उन्मुख बनाउन समय परिपक्व बनेको छ ।

 

एउटा कुरो के चाही  सही हो भने  नेपाल सरकारको पहुँचमा रहेका हाल मुलुक भित्रका प्रमुख खेल परिवर्तक ठानिएका प्राविधिक, सीपमूलक र भोकेसनल तालिम प्रदायक संस्थाहरूको तालिम प्याकेजले चकलेट पुडिंग, कष्टार्ड पान केक, अङ्गुरको रक्सी बनाउने जस्ता तालिम दिएर तालिम प्राप्त जनशक्ति विदेश पठाउने तिर जरुरत भन्दा धेरै जोड बल पुर्‍याई रहेको देखिन्छ।

 

स्थानीय स्तरमा उत्पादन हुने अदुवा, सुन्तला र दालचिनी बाट कसरि कोक – पेप्सीको वैकल्पिक पेय बनाउने, गाउँमै हुने तिते पातीको रक्सीबाट कसरि ककटेलमा हाल्ने एङगुष्ट्रा बिटर तथा बिटर लेमन बनाउने, कसरी पाँचऔले जस्ता पदार्थ बाट रेडबूलको विकल्प दिने, कसरि गाउँकै गेरु माटो, कमेरो र कालीमाटीले आयातित कस्मेटिक प्रतिस्थापन गर्ने, कसरि गाउँमै अन्तर्राष्ट्रिय स्तरको गर्गल, तुथपेष्ट, खाद्य सप्लिमेन्ट, खाद्य-फ्लेभर, नेचुरल हेल्थ प्रडक्ट, आयुर्वेदिक उत्पादन, क्यान्सर प्रतिरोधी, आयातित एफ्रोडाइटीक तथा विलासीका उत्पादन  विस्थापन बनाउने जस्ता कार्यक्रम नै उपलब्ध छैन।

 

न त हामी आज सम्म जैविक मल, भर्मी कम्पोस्ट, जैविक विषादी, जैविक सेनिताईजर, गिनोल, जैविक खाध सुरक्षाको विकल्प आदिको स्थानीय बजार प्रतिस्थापन गराउने तालिम र स्वरोजगार प्याकेज दिने संस्थाको नै दरिलो उपस्थिति गराउने सफल बनिरहेका छौ।

 

आज संसारकै ५० प्रतिशत भन्दा धेरै सेन्थेटिक ओखती हर्बलवाट प्रतिस्थापन बनी ५-७ वर्ष भित्र कम्तीमा ८० प्रतिशत ओखती हर्बल बेस बन्दै गर्दा, संसार हाम्रै स्थानीयतामा सम्भब हुने वनस्पति र हर्बल जन्य एक्सट्रयाकको फर्मुलेसन वाट भेगन मासु र भेगन चिज बनाई प्लान्ट बेस खानाको रूपमा संसारको बजार आफ्नो पकडमा राख्दै गर्दा हाम्रा स्थानीयतामा आफ्नो क्षमताको पहिचान र उपयोग गर्न सकिरहेको अवस्था छैन।

 

हामी सँग भएका कुनै पनि तालिम र उधम प्रवर्धन गर्ने निकाय सँग मुलुकको रैथाने क्षमता उद्यमी सामु पुर्‍याएर त्यसको बजारीकरण गरि मुलुक लाई संम्बृदी तर्फ लान सक्ने ज्ञानको समेत अभाव छ। तालिम प्याकेज र स्वरोजगार उन्मुख उधम्शिलताको विकास त झन् परको कुरो रह्यो। सरकारले यो विकराल स्थिति अब जसरी पनि तोड्नु पर्छ । विदेशमा रहेका सक्षम गैर आवासीय नेपालीहरूले यो कहाली लाग्दो विकराल स्थिति तोड्न सरकारलाई सहयोग गर्न जरुरी छ।

 

सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको सङ्घीय संसद्को संयुक्त बैठक बाटै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा सरकारको तर्फबाट विदेशमा रहेका प्रतिभाशाली नेपाली तथा गैर आवासीय नेपालीहरूले आर्जन गरेको ज्ञान र सीपलाई राष्ट्रिय विकास अभियानमा उपयोग गरिने तथा गैर आवासीय नेपालीहरूको पुँजी र प्रविधि देश विकासमा उपयोग गर्न प्रेरित गरिने घोषणा गर्दै गैर आवासीय नेपालीहरु लाई आफ्नो मातृीभुमिको विकासमा सहभागी हुन अनुरोध र विगतमा नेपालको विकासमा पुर्‍याएको योगदान बापत धन्यवाद ज्ञापन समेत आएको छ । जुन राष्ट्रको सबै भन्दा उच्च स्तरबाट गैर आवासीय नेपालीहरू प्रति प्रकट गरिएको गरिएको सम्मान र विश्वास हो ।

 

मुलुकले नेपालको समग्र विकास र वर्तमान समस्याबाट मुक्ति प्राप्त गर्न गैर आवासीय नेपालीहरू सँग अपेक्षा गरेको आशा र भरोसाको पूर्ति गर्ने सबैभन्दा उत्तम विकल्प जतिसक्दो चाँडो नेपालको हरेक प्रदेशमा कम्तीमा एउटा स्वरोजगार मुखी तालिम उपलब्ध गराउने व्यवहारिक तालिम केन्द्रहरू खडा गर्न उत्तम हुने छ।

 

त्यस्तै स्वरोजगारमा गएकाहरुलाई आफ्नो उधम सफल पार्न जरुरी हुने प्रविधि हस्तान्तरण, प्रडक्टको फर्मुलेसन विकास र प्रयोगात्मक ज्ञानको उप्लाब्धता नरहेको खाडल पुर्न कृषि, बन तथा खनिजमा आधारित स्व-रोजगार मूलक नव- प्रवर्तन केन्द्र स्थापना गर्न सहयोग गर्न जरुरि बनेको छ। नेपाल सरकारले समेत सबै प्रदेशमा यस्ता निकायहरूको अनिबार्य व्यवस्था हुने गरी तत्काल बजेटको व्यवस्था तथा निकासी गर्न जरुरी देखिन्छ।

(खाद्य तथा औषधि विज्ञ, क्यानडा)

WRITE COMMENTS FOR THIS ARTICLE