मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

लकडाउन कसरी हटाउने ? सरकारमै अलमल ?

नारायण घिमिरे

नेपालमा कोभिड -१९ को महामारी हुँदै गर्दा सर्वसाधारणमा रहेका जिज्ञासाहरूको प्रभावकारी निवारण हुन सकेन। प्रश्नहरू सामान्य थिए।

जस्तै: कोभिड-१९ नियन्त्रण किन कहिल्यै नगरिएको लकडाउन नै गर्न पर्‍यो, लकडाउन  र नेपाल बन्द एकै हो कि फरक छ, लकडाउन कहिले कुन अवस्थामा खुल्छ, जब कोरोनाको औषधी नै बनेको छैन भने किन अस्पताल जाने, सोसल आइसोलेसन किन चाहियो, साबुन पानी वा तातो पनि वा खरानी पानीले किन हात धुने, सेनिताइजर हातमा दल्नाले कसरि कोभिड-१९ बाट बच्न सकिन्छ, कोभिड -१९ को ओखती नै छैन भने चेक गरेर कोभिड -१९ भए नभएको थाहा नै भए पनि के फाइदा भयो, विदेशबाट आउनेलाई रोके कोभिड-१९ नियन्त्रण हुन्छ भने आफ्नै सहर बासीलाई बन्द गरी, कर्फ्यु लगाएर किन दुख दिएको, घरमै आइसोलेसनमा बस्दा के फाइदा हुन्छ, कोरोना लाग्यो भने हुने मुख्य उपचार के हो , त्यो कसरि घरमै गर्न सकिन्छ, कुन अवस्थामा भने अस्पताल जान जरुरी छ   र किन  आदि।

 

जिज्ञासा मेटाउने जिम्मामा रहेका हाम्रा एकाध विज्ञहरु ती मुद्धाहरु बारेमा आफै प्रस्ट बनी नसकेको बेलामा समेत सोधिएका हरेक प्रश्नको उत्तर दिनै पर्ने अव्यवहारिक मनोविज्ञान बाट ग्रसित रहेको हो की जस्तो देखियो।

 

जब हामी आम जनस्तरमा उनीहरूले दैनिक जीविकामा अपनाउन पर्ने कुराहरू केके हुन् भनी विभिन्न श्रोतबाट फलाक्छौ मात्र, तर किन त्यसो गर्ने भनी चित्त बुझ्दो कारण दिन सक्दैनौ त्यो अवस्थामा विज्ञले हात धुनु भनेको छ, त्यहि भएर हात धुने;  विज्ञले घरबाट ननिस्कने भनेको छ; त्यहि भएर ननिस्कने भन्ने पाराले समाज बदल्न खोज्दा “उचालेको कुकुरले मृग मार्दैन” भन्ने नतिजा हात लाग्छ। सो लाग्यो।

 

समाजका केही सचेत नागरिकहरूले विज्ञहरुलाई हामीले यति ठुलो मूल्य चुकाएर यो बन्द जस्ता काम किन गर्न पर्‍यो,  हाम्रो सामाजिक परम्परा लाई हामीले किन थाती राख्न पर्‍यो,  अनि यो बन्द कहिले सम्म जारी रहन्छ जस्ता कुराको चुरोमा नपुगी जव विज्ञहरूबाट अन्टसन्ट उत्तरहरू दिइन्छ, उनीहरू बाट आउने उत्तर हरेक दिन बदलिन्छ।

 

एक झुट छोप्न अर्को झुट बोलिन्छ। अव सही नियत लेनै कम गरिरहेको किन नहोस, सर्ब साधारण मानिसहरुको उनीहरू प्रति विश्वास उठ्छ। जब भनिएका कुरामा विश्वास रहँदैन, समाजले पालना गर्दैन। कानुन भनेको बहुसङ्ख्यक जनताको मान्यताको प्रतिबिम्ब हो। जब भनिएका कुरा बहुसङ्ख्यक जनतामा विश्वास रहन्न, तब त्यो कानुन कागजमा मात्र सीमित हुन्छ। दिईएका आदेशहरूले नैतिक र कार्यगत हैसियत गुमाउँछ।

 

यस्ता गतिविधिहरूले सोसियल मिडियामा रोगको “र” समेत नबुझेकाले समेत सरकारलाई मनपरी गाली गर्ने, सबैको खिल्ली उडाउने लहर सुरु गराउँछ। जसलाई “ओरालो लागेको मृगलाई बाच्छाले समेत खेद्छ” भन्ने उक्तिले प्रतिनिधित्व गर्छ।

 

नेपालको संधर्बमा पनि त्यस्तै हुन पुगेको बुझिन्छ।

 

त्रुटि उच्च ओहोदामा रहेका विज्ञ मानिएका वर्गको सुझबुझमा देखियो। त्यसले खोट भने राज नेता र कुरुक्षेत्रमा भिडेका वास्तविक स्वस्थ कर्मीमाका काँधमा थमाई दियो।

 

जति बेला नेपाल सरकारको पटक पटकको दिक्कलाग्दो लकडाउनका कारण नेपाल कोभिड–१९ को सङ्क्रमण उच्च बन्ने मिति पर धकेल्न मात्र सफल बनिरहेको थियो त्यति नै बेला फागुन ३ देखि चैत २९ गतेसम्म झन्डै २ महिनासम्म सङ्क्रमितको सङ्ख्या दोहोरो अङ्कमा ननाघेको, मानवीय क्षति बेगर बन्दा बन्दीको पालना भएकाले नेपाल अति जोखिम बाट जोखिमको तहमा प्रवेश गरेको भन्ने विश्व स्वास्थ्य सङ्गठनको रिपोर्टले नेपाल लाई झुक्क्याई दियो।

 

नेताहरूको ध्यान कोभिड-१९ बाट सत्ताको छिना झपटि तिर केन्द्रित हुन गयो। यसैबिच कोभिड–१९ को सङ्क्रमण अति जोखिम बाट उच्च जोखिमको तहमा प्रवेश गरिरहेको छ। हालत यसरी नै बढ्दै जाने हो भने यसले महामारीको रूप लिने छ। सो को सामना गर्न अव राष्ट्रिय एकवद्धता चाहिन्छ।

 

नेपालमा मात्र हैन सम्पूर्ण विश्व नै यति वेला कोरोना भाइरसको कारण समस्यामा छ ।आर्थिक हिसाबले विश्वका सबैजसो देश ठप्पजस्तै बनेका छन् । सबै नै देशका आर्थिक गतिविधि ओरालो लागेको छ।

 

स्वस्थ क्षेत्र र खाद्य क्षेत्र बाहेक प्राय सबै व्यापार धन्दाहरू समस्यामा छन्। नेपाल पनि उक्त समस्या बाट मुक्त हुने अवस्था छैन। रहने पनि छैन।

 

मुलुक विगतमा लकडाउन मै गए पनि मुलुक बासीको खाद्यान्न, मेडिकलको आवश्यकता र उक्त आवश्यकता पूर्ति गर्न अत्यावश्यक उद्योग व्यापार र  गतिविधिहरू कुनै पनि हालतमा बन्द गरिनु हुन्थेन।

 

जसले व्यापार शून्य मात्र हैन सर्बसाधारणलाइ लकडाउनको अवज्ञा नगरी बच्न नै नसक्ने बिन्दुमा पुर्‍याई दिन्छ।बिना कुनै योजना र तयारी लकडाउन माथि  लकडाउन थप्सनु मस्याको समाधान होइन। थिएन। त्यस्तो कार्यले सबै समस्यालाई एउटा मितिमा उत्कर्षमा पुर्‍याएर विस्फोटको अवस्था निम्ताउने छ। हामि त्यहि मार्ग ऊन्मुख भईरहेका छौ।

 

संसारका धेरै देशहरूले यो अवस्थाको आकलन गरी नागरिकहरू लाई अनिबार्य भौतिक दुरी कायम राख्ने गरी  लकडाउन खुकुलो बनाएर कोरोना भाइरस विरुद्ध लडिरहेका छन्। त्यसो हुँदा हुँदै पनि उक्त मुलुकहरूमा परिस्थिति दिनदिनै जटिल बन्ने क्रम बढेकाले पूर्ण रूपमै लकडाउन खोल्ने तर्फ तैयारी भई रहेको छ।

 

किन हो नेपालको स्थिति यो सन्दर्भमा अन्य मुलुकको भन्दा निकै भिन्न देखिएको । जनतामाको स्तरमा लकडाउन के हो र किन गरिएको हो भन्ने राम्रो चेतना आजपनि पुगेको छैन।

 

नेपालमा पहिले पहिले हरेक दिन जसो नेपाल बन्दको घोषणा हुने गर्थ्यो। नेपालका जनता बन्द आयोजक लाई छली छली आफ्नो दैनिकी पुरा गर्थे। एउटै इरादा हुन्थ्यो। आफू जहाँ गईरहेको छ त्यहाँ जाँदा बन्द आव्हान गर्नेहरू नभेटिउन्। देखिए भने उनीहरू लाई केहि गरि छल्न वा मनाऊन सक्दा सबै ठिकठाक भई हाल्थ्यो।

 

धेरै जनताले यो लकडाऊन लाई अझैपनि सरकारले थोपरि दिएको नेपाल वन्दको हैसियतमा लिएको प्रष्ट ईन्डिकेटरहरू देखिन्छ। हुन पनि कोरोनाको बेला नेपालमा गरिएको लकडाउनको प्रकृति पहिले पहिले सरकारले लगाउने कर्फ्यु सँग मिल्दो जुल्दो थियो। र छ।

 

खाध्य, मेडिकल आवश्यकता तथा उक्त आवश्यकता पूर्ति गर्न अत्यावश्यक उद्योग व्यापार सबै रातारात बन्द गरिए।

 

वैकल्पिक चिकित्सा र आयुर्वेदका प्रभावकारि ऊपायहरु लाई राज्यको कर्मचारि तन्त्रले खेतला खोजेरै दवाऊने प्रयास गर्यो। युटुववाट आयुर्वेदको पक्षपोषण गरिएका भिडियोहरू हटाऊन समेत ऊनिहरू लागे।

 

लकडाउनको बेला गरिनु पर्ने  कोभिड–१९ लागे नलागेको चेक गर्ने सामग्रीको व्यवस्था, सुरक्षा र उपचारमा पहिलो घेरामा रहने स्वास्थ्य कर्मीका लागि पिपिइ व्यवस्था, उच्च मानव चाप घटाउन सहर बस्ने कामदार र डेरावाल लाई आफ्नो गाउँ सुरक्षित पुर्‍याउने व्यवस्था, सामाजिक दुरी कायम गर्दै अत्यावश्यक उद्योगधन्दाको वैज्ञानिक सञ्चालन गर्न गृहकार्य, विदेशबाट आउने नेपालीलाई सहज प्रवेश दिने तर सबैको स्वास्थ्य परीक्षण गरी कोरोना सङ्क्रमण नरहेको निश्चित नहुँदासम्म समाजमा हेलमेल हुन नदिने जस्ता कुनै पनि काम हरू प्रभावकारी रूपमा सम्पन्न हुन सकेनन्।

 

उल्टो सरकारको तर्फबाट गरिएको लकडाउनले सहरमा रहेकाहरू लाई सहरमै बन्दी बनाई दियो।

 

लकडाउनको बेवास्ता गर्ने लाई गरिएको व्यवहार र थुन छेकमा सोसल डिसटेंसिंग कायम गरिएन। सोसल डिसटेंसिंग कायम नगरिएका कुट, पिट, थुन छेक र कोरोनाको शङ्कामा परेकालाई राखिएको क्वारेनटाइनको दृश्य टिभी  भिडियो र सोसल मिडियामा घर बसी बसी हेरेका जनमानसमा लकडाउन भनेको सरकारले गरेको नेपाल बन्द जस्तै रहेछ भन्ने मानसिकता विकास भएको देखियो।

दिनभर लकडाउनमा बस्ने अनि बेलुकी केहिसमय खुल्दा खाद्य तथा औषधि पसलमा जरुरी कुरो किन्न  भिडभाड र धकेल धकेल गरेर किनमेलमा सहमागि भएर सर्ब-साधारणको जन जीविका बढ्दै गयो। परिणाम लकडाउन केटाकेटिको भातकुडि  पकाउने खेल जस्तो बन्न पुग्यो।

 

कोरोना तपाईँलाई हुन सक्छ र मलाई पनि हुन सक्छ। त्यसैले तपाईँ मसँग र म तपाईँसँग सतर्क रहने वानि वसालौ। तपाईको मेरो समग्र परिवारकै सुरक्षाको लागि। सामाजिक दुरी अनिवार्य कायम हुने गरी दैनिक व्यवहार पूरा गरौँ भन्ने भावना समाजको भित्री तहसम्म स्थापना गर्न सकिएन।

 

त्यो अवस्था अझै पनि कायम छ।

 

आज लक डाउन अति लामो र दिक्क लाग्दो वनिसक्यो, अर्को तिर कोभिड-१९  भर्खरै मात्र चरम सक्रमंको बिन्दुमा प्रवेश गर्दै छ।

 

कोरोनाको नियन्त्रण र रोकथाम पनि प्रभावकारी रूपमा गर्नुपर्ने र अर्कोतिर देशको अर्थतन्त्र जसरी पनि चलायमान गराउनुपर्ने, निसास्सिएका जनतालाई समेत स्वतन्त्र जीविकाको राहत दिनुपर्ने बाध्यता पैदा भएको छ।

सरकारलाई लकडाउन खुकुलो बनाउने र विदेश बाट फर्केका आफ्ना नागरिक लाई पनि स्वदेश आउँन दिनुपर्ने अनिबार्य बाध्यता आई लागेको छ।

 

नेपालले हाल भोगेको समस्या भोग्नु नपरोस भनेर संसारमा कुनै पनि मुलुकले आफ्नो देशमा कोरोनाका बिरामी भेटिन नछाडेसम्म लकडाउन जारी राख्ने भन्ने नीति लिएको छैन।

किनकि त्यस्तो नीतिले अर्थतन्त्रमा मात्र ठुलो धक्का लाग्ने हैन, कोरोनाको महामारीले फैलाएको आतङ्क बिच लकडाउन को कारण ले पैदा गरिदिने कृत्रिम भुकमरी;  गाँस, बास कपास र प्रेममा हुने पहुँचमा बन्देज; स्वस्थमा पैदा हुने विकृतिको समस्या र अस्पतालहरू कोरोनाको मात्र उपचारमा केन्द्रित हुँदा अन्य रोगको उपचार बाट जनता वञ्चित भएर मर्ने वा आफ्नो मानसिक सन्तुलन गुमाउने आदि कारण हुने क्षति सयौँ गुणा धेरै बनिदिन्छ।

 

तसर्थ कति बेला लकडाउन हटाउने भन्ने यकिन गर्न सबैभन्दा पहिले जब मुलुकभर दैनिक नयाँ कोरोना सङ्क्रमित भेटिने क्रम घट्न जान्छ र एउटा निश्चित रेखा मुनि पुग्ने गर्छ त्यो बिन्दु लाई तोक्ने गरिन्छ।जसको लागि मुलुक भर चेक जाँच चुस्त हुनु पर्छ।  त्यो हामी सँग छैन।

 

सो सम्भव नरहे लकडाउन हुँदा हुने फाइदा भन्दा लकडाउन हटाउँदा हुने धेरै फाइदाको बिन्दु खोजिन्छ । जनमानसमा देखिएको अटेरीपनको हद, कोरोना विरुद्ध लड्न स्तरको सहभागिता, जरुरी हुने चेतना आदि दृष्टि बाट मूल्याङ्कन गर्दा  दोस्रो तरिका समेत सहजै यकिन गर्न सकिने स्थिति ।

 

कुनै बिन्दु नै नहेरी लकडाउन खोल्ने निर्णय लिने विकल्पको लागि पनि गाबिस र वडा सम्म कोरोना चेक जाँच गर्ने सुबिधा, आफ्नै घरमा आफै आइसोलेसनमा बस्ने, स्थानीय समाजले नै आफ्नो समाजमा रोग फैलन नदिन आइसोलेसनमा बसेकाको निगरानी तथा पालन पोषणको व्यवस्थापन गर्ने तरिका पनि अवलम्बन गर्न सकिएको छैन।

 

कोही मानोस्, नमानोस् अबको सबैभन्दा उत्तम उपलब्ध विकल्प चाहिँ यही नै हो।

 

राजनीतिमा हाम्रो काम भोट हाली दिने हो, विकास सरकारको काम हो भन्ने हाम्रो मानसिकता कायम छ। अब महामारीमा समेत हाम्रो काम सरकारले लकडाउनमा भनेको समयमा घर बस बन्दा बसिदिने हो , हामी बसिदिएकै हो, अब कोरोना भगाउने काम सरकारको हो भन्ने पारा देखिन्छ।

 

कतिपय ले त लकडाउन लाई विकसित मुलुकमा हुने कामको बिचको हुने होलिडे जस्तो रूपमा लिएर फिसिंग र सोसल ग्यादरिंग गरेरै आनन्द लिने समेत गरेको देखिन्छ।

जुन परिस्थिति वुझेकै जनस्तर पनि नेपालमा कति अटेर वनिरहेछ भन्ने सामान्य ईन्डिकेटर हो।

 

तसर्थ हाल नेपाल सरकार सॅग  कहिले लकडाउन बन्द गर्ने भन्ने यकिन गर्न मात्र दोस्रो तरिका त्यो पनि अनुमानको भरमा नाफा घाटा यकिन गरी निर्णय लिनुको विकल्प देखिदैन।

 

अव गर्नु पर्ने त्यहि हो। वरू क्रिटिकल केयर चाहिए एयर लिफटिंग समेत गरी अस्पताल पुर्‍याउने बारे गृह कार्य गर्नु पनि समग्र लागतकै हिसावमा समेत किफायति सिद्द हुने छ।

 

अब सरकारको विकल्प भनेको मानिसको भिडभाडलाई नियन्त्रण गरेर उद्योग खोल्ने र आर्थिक गतिविधि जारी राख्ने नै हो।

 

लकडाउन खुकुलो हुँदै गर्दा नागरिकले अनावश्यक भिडभाड पैदा गर्ने स्थिति उनीहरूलाई नै परिचालन गरी कसरि पैदा गर्ने भन्ने बारे गृहकार्य गरी उपाय निकाल्नु हो।

 

मुलुक भित्र कोरोनाको कारण धेरै समस्या उत्पन्न भएका छन्। अर्को पाँच वर्ष मुलुक को सम्पूर्ण जनजीविका लाई नै यसले प्रवाहित पार्ने निश्चित छ।

 

यस्तो बेलामा सबै सँग मिलेर चुस्त काम गर्नु पर्ने अवस्था छ।  सरकार परिवर्तन, राजनीतिक भागबन्डा परिवर्तन, सरकार फेरबदल जे जे गर्न खोजिन्छ सबै प्रत्युत्पादक हुने छ।

स्थानीय समाज लाइनै उक्त क्षेत्रमा कोरोना नियन्त्रणमा जिम्बेबार बनाउँदै नाकामा मात्र हैन स्थानीय स्तर सम्म कोरोनाको विशेष जाँच गर्न सुविधा बिस्तार गर्न, हरेको को आफ्नै घर लाई कोरोनाको आइसोलेसन स्थल बनाउने ऊपाय हामि संग वाॅकि छ।

 

समाज लाई नै कोभिड-१९ नियन्त्रणमा सरकारको निगरानिमा पुर्ण जिम्वेवारी सुम्पेर  व्यवसाय  बिस्तारै खुला गर्दै जाने काम जति छिटो गर्न सकिन्छ त्यति छिटो नेपाल यो सङ्क्रमण बाट मुक्त हुने अवस्था देखिन्छ ।

(खाद्य तथा औषधि विज्ञ, क्यानडा)

WRITE COMMENTS FOR THIS ARTICLE