मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

लकडाउन खुल्दै ! सङ्क्रमण बाट कसरि बच्ने ?

नारायण घिमिरे

शरीरको प्रतिरक्षा प्रणालीबारे कुरा गर्दा हामी शरीरमा हुने कोशिकाहरू, रसायनहरू र जीवाणुहरू बिच सहकार्यको वातावरण पैदा गरी एक सामन्जस्यता पैदा गर्न सहयोग पुर्‍याउने कुरा गरिरहेका हुन्छौ।

 

चौबिस घण्टा सचेत र सक्रिय रहेर शरीरको रक्षा गर्ने जिम्मा बोकेको प्रतिरक्षा प्रणाली शरीरलाई सहयोगी हुने र नहुने पदार्थहरू भिन्नता छुट्टाउने, दैनिक शरीर सञ्चालनका क्रममा पैदा भएको र बाहिर बाट भित्रिएको हानिकारक चिज तथा  क्षतिग्रस्त, थकित र मरेका शरीरका कोशिकाहरू शरीर बाहिर हटाउने काम समेत गर्ने गर्छ।

 

 जब मानिसको प्रतिरक्षा प्रणाली सन्तुलित रूपमा कार्यरत हुन सक्छ, तब मानिस प्रतिरक्षा प्रणालीको पूर्ण क्षमताको हद सम्म ब्याक्टेरिया, भाइरस लगायतका कीटाणुहरू बाट सुरक्षित रहन्छ।

 

हाम्रा भान्साका मरमसला, घरेलु  खाना र उपचारका आयुर्वेदिक पद्धति र हिँडडुल गर्ने, भौतिक काम गर्ने, योगा र ध्यान गर्ने सक्रिय जीवन शैलीले हामीमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गराएको संदर्ब हाम्रो लागी सुखद खबर छ।

 

तर पनि कोभिड-१९ जस्ता रोगका भाइरसको महामारीले निम्ताउने सङ्क्रमणमा सानो सङ्ख्याका मानिसहरूको प्रतिरक्षा प्रणालीको क्षमताको हद उक्त भाइरस सँग भिड्न सक्ने भन्दा कमजोर परिदिँदा मृत्यु समेत हुने गर्छ।

 

अर्कोतर्फ विविध कारण बाट मुलुकमा लकडाउन खुल्दै छ। लकडाउन खुल्दै गर्दाको अबस्थामा कोरोना कहर “जोखिम” बाट “उच्च जोखिम” तर्फ समेत लम्कँदै छ।

मुलुकले टार्न नसकी रहेको यो अवस्थामा अब के गर्ने ? हामीलाई बजारमा आएका बाहेकका अन्य कस्ता कस्ता सावधानीको विकल्पहरू प्रयोगात्मक हुने छ?  आदि सन्दर्भमा तल केही कुराहरु उल्लेख गरिएको छ।

१) विषयगत यथार्थता र गम्भीरता स्विकारौँ:

यो स्वीकार गरौँ की कोभिड-१९ को भाइरसको सङ्क्रमणले हाम्रै वासस्थानमा समेत नराम्ररी हिर्काउनेछ। यसले नजिकैको हाम्रो जस्तै परिवेशको अर्को गाउमा प्रहार गर्‍यो भने हामीलाई पनि केही न केही अवश्य चोट पुर्‍याउने छ। मात्रात्मक रूपमा थप घट होला। यति बेला यहाँ गर्मी छ।

गर्मीले भाइरसलाई मार्नेछ भन्ने कुरा गलत साबित भईसके। हामी धेरै मसला जडीबुटीहरू उपभोग गर्छौँ। । सक्रिय जीवन शैली छ। त्यसले गर्दा केहिहदमा मृत्यु कम होला। त्यसै हुदापनि यो भाइरसले हामीलाई सजिलै छिमेकमा दिएको स्तर वा सो भन्दा बडी प्रहर दिन सक्षम छ। हामी जोखिम मुक्त छैनौ।

२) चिन्तित पक्कै बनौँ तर आत्तिनुको अर्थ छैन:

लकडाउनको कारण हाम्रो दैनिक सामान्य जीवनमा परिवर्तन आएको बारे चिन्तित हुन जरुरी छ।  किनकि यो कोरोना नियन्त्रण पछि पनि केही समय कायम रहने छ । अलि भिन्न प्रकृतिमा । अब लकडाउन होस् वा नहोस, मुलुकले बेहोर्ने मानव क्षति लगभग एकै हुने अवस्था पैदा भई सकेको छ।  समग्र मुलुकको कुरा र तपाइ र तपाईँको परिवारको कुराको सन्दर्भमा जिम्बेबारीको हिसाबमा तपाइको तपाइको परिवार प्रति अलि धेरै जिम्बेबारी रहन्छ। अनि सामाजिक जिम्बेबारी समेत हुने छ ।

आफू र आफ्नो प्रियजनहरू लाई सुरक्षित राख्न र बचाउन कोसिस गर्नुहोस्। बाँच्नको लागि जरुरी हुने खाद्य र अन्य आवश्यक पदार्थहरूको जोहो गर्नुस। तर जरुरत भन्दा धेरै नराख्नुस । आफ्नो परिवार बाहेक पिपिई लगाएका दैनिक बडीमा पाँच जना भन्दा धेरै मानिसको नजिक सोसियल डिस्टेन्स हुन नसक्ने गरी नजिक पुग्नु पर्ने  अवस्था छ भने, त्यो यात्रा पुरै रोक्नुस। तपाई जागिर गर्नु हुन्छ तर काम सम्म जान, आउन र दैनिक काम गर्ने स्थानमा जहाँसुकै होस सुरक्षित दुरी कायम गरि रहने अवस्था छैन भने त्यो काममा समेत नजानुस। जीवन रहे सबै रहन्छ। तपाई सँग “तपाई आफू असुरक्षित रहेको काम” गर्दिन भनी नकार्ने जन्म सिद्ध अधिकार छ। आफ्नो मानव अधिकारको उपयोग गर्नुस।

३) सतर्क रहनुस:

लकडाउन राज्यले विविध कारणबाट खोल्ने गर्छ। लकडाउन खोल्दैमा तपाइलाई कोभिड-१९ को सङ्क्रमण हुने जोखिम घटेको छैन। झन बढेको छ। तसर्थ लकडाउनका बेलाका नियमहरूको नियमित पालना गर्नुहोस्। पटक पटक साबुन पानीले हात धुनुस। सेनिटाइज गर्ने कार्य नियमित गर्नुहोस। घर र अफिसमा बाहिरबाट आउने सबै प्रकारका जोखिम रोक्नुहोस। घरमा पाहुना आउन नदिनुस। कसैकोमा पाहुना हुन पनि नजानुस। सके सम्म घर छोडेर बाहिर नजानुहोस्। यदि तपाईँ घरमै हुनुहुन्छ भने पनि पटक पटक हात धुनुहोस। काममा आफू सुरक्षित रहने वातावरण हट्न नदिनुस। सुरक्षित दुरी कायम गरी काम गर्न सक्ने स्थिति छैन र त्यो अवस्थामा पिपिई लगाएर भौतिक दुरी कायम गर्ने वातावरण समेत उपलब्ध हुने स्थिति छैन भने त्यो काम होस वा अन्य कार्य तुरुन्तै छाडी दिनुस । पहिला आफू सुरक्षित रहनुस ।

४) डिप्रेसन:

यो चरणमा तपाई दिन-दिनै सङ्क्रमितको सङ्ख्या अत्यधिक बढेको सुन्नु हुनेछ। सङ्क्रमितको सङ्ख्या मात्र नम्बर हो। त्यो रोक्ने त्यहाँ कुनै तरिका बाँकी छैन। ती नम्बरहरूले निश्चित दिनको अन्तरालमा पहिलेको रेकर्डहरू तोड्दै गरेको देखिने छ। चिन्ता नलिनुस। कहिले कहीँ त कुनै ठाउँका त एकै दिन सबै जना सङ्क्रमित बने रे भन्ने समाचार समेत सुनिन सक्ने छ।

रोग कति लाई लाग्यो भन्ने समाचार खासै भरपर्दो हुने छैन । एक त चेक हुनु पर्‍यो । अर्को चेक गर्ने तरिका सही हुनु पर्‍यो । चेक गरे पछि मानिसमा  मिनेटमै सङ्क्रमण भई सकेको पनि हुन सक्छ। रोग नै नभएकाको पनि पोजितिब नतिजा देखिन सक्छ । भएकाको नेगेटिब पनि आउन सक्छ । यदि मान्छे अर्को रोग बाट मरेको छ, तर चेक गर्दा कोभिड-१९ पोजिटिब देखियो भने, त्यो कोभिड-१९ बाट मरेकोमा गन्ने गरिन्छ ।

तर पनि  मान्छे मरेको खबर वा तथ्याङ्क नक्कली वा भ्रम पूर्ण हुने गुञ्जायस रहन्न। तसर्थ यो बेला कति  जनालाई कोभिड-१९ भयो भन्ने नम्बर भन्दा बस्ताबमा कति जना मारिरहेनछ भन्ने कुरो अर्थ पूर्ण हुने छ । कतिको ज्यान जोखिममा छ भन्ने मुख्य हो। जुन अति न्यून छ।

लकडाउन कहीँ पनि कहिल्यै पनि सङ्क्रमण रोक्ने उपाय थिएन। र होइन पनि। मात्र सबै एकैचोटी सङ्क्रमित हुँदा स्वस्थ व्यवस्था अस्त व्यस्त होला भनी बिस्तारै सङ्क्रमण हुँदै जान दिने तरिका मात्र हो।

जति ढिलो धेरै मानिस सङ्क्रमित बने, तेती धेरै अन्यको अनुभवको आधारमा, यो सङ्क्रमण विरुद्ध उपचार र स्व-उपचारका तरिका सिकिने हुँदा जीवन र उपचार पद्धति अलि सहज बनाउने चतुराइ हो। लकडाउनका कारण अब हामी सङ्क्रमित भएता पनि तुलनात्मक मृत्यु न्यून हुने परिस्थितिमा पुगी सकेकाले भित्रै देखि आत्तिनु पर्ने अवस्थामा रहेनौ।  आत्माबल दरो गरौँ। ताकी कोरोना बाट त के मरिएला र। बेकारको चिन्ता ले गर्दा जीवन भर डिप्रेसनको रोगी हुने जोखिम बाट बचौँ।

५) परिस्थितिको डटेर सामना गरौँ:

हामी यो कोरोना सँग भागेर वा लकडाउन गरी घर बसेर वा जङ्गलै छिरे पनि कतै न कतै बाट यो हाम्रो जीवनमा ढिलो चाँडो ठोकिन आइपुग्ने छ। यो सँग भागेर बस्नुको अब कुनै अर्थ छैन। केही सामान्य नियमहरू पालन गरी हामी आफ्नो व्यापार व्यवसाय र इलममा फिर्ता जाँदा यसबाट हामीलाई हुने सङ्क्रमणको जोखिम भागी हिँड्दा कै अवस्थामा पुर्‍याउन सम्भव छ। संसारमा त्यस्तो सम्भव भएको धेरै उदाहरणहरू देखिएका छन। अब वैज्ञानिक तरिका अपनाएर यो सँग भिड्ने समय आइ पुग्यो।

अब कोभिड -१९ सँग अभ्यस्त भएर जीवन सुचारु गर्न सिकौँ। लकडाउन पूर्ण रूपमै बिस्तारै खोलौँ। आउनुहोस सबै मिली छापामार शैलीमा लागेको कोभिड -१९ भाइरस विरुद्ध एक व्यवस्थित वैज्ञानिक तरिकाबाट जाइलागौँ। क्यान्सर जस्ता रोग जित्ने हामी कोरोना सँग अब भाग्ने होइन।  कोभिड -१९ का कारण भन्दा त क्यान्सरका कारण मृत्युहरू बढी भई रहेका छन। हाल घातक देखिएको यो एउटा फ्लु हो। यो फ्लु सँग अभ्यस्त भएर जन जीविका सुचारु गर्न सिक्दै जाँदा, एक दिन यो पनि सामान्य रुवा खोकी जस्तै हामी कहाँ औशी पूर्णे जस्तो कहिलेकाहीँ देखिने फ्लुको रूपमा परिवर्तन हुने छ।

 

यो जीवन हाम्रो हो। जुन मात्र एक पटक जिउन सक्ने गरी हामीलाई प्राप्त छ। खराब घटनाहरू लाई इतिहास बनाउने र अन्यको अनुभव बाट सिकेर आफ्नो जीवन लाई सहज र उन्नत बनाउने तरिकाबाट हामी बाँच्न सक्छौँ। जुन जुन समुदाय कोभिड -१९ सँग अभ्यस्त भएर आफ्नो जन जीविका सुचारु गर्न सक्ने अवस्थामा आफूलाई पुर्याउदैनन  उनीहरू कोरोना सङ्क्रमण बाट त बच्ने छैनन् छैनन् आफ्नो भएको सानो इकोनोमी समेत ध्वस्त बनाउने छन्। आफू मात्र हैन आफ्नो भावी सन्ततिको समेत भविष्य समस्यामा पारिदिने छ। अब सबै मुलुकबासी हातमा हात मिलाएर यो महामारी विरुद्ध भिड्ने बेला परिपक्व बनेको छ।

अब हामी वर्तमानमा जिउन अभ्यस्त बनौँ। विगत फर्कन सम्भव छैन। भविष्य बारे निराशाजनक बन्नुको कुनै अर्थ छैन। हाम्रो भविष्य हाम्रो हातमा छ, र त्यो  आज हामी के गर्छौँ र कसरि गर्छौँ भन्ने कुराले निर्धारण गर्ने छ। तर एउटा कुरा याद गर्नुस यस्ता महामारीमा गल्ती गर्ने सुविधा तपाई हामी लाई प्राप्त छैन।

(खाद्य तथा औषधि विज्ञ, क्यानडा)

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE