मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

कोभिड-१९ नियन्त्रणमा नेपाल उत्कृष्ट भेटियो !

नारायण घिमिरे

कोभिड -१९ को महामारी संसारका धेरै मुलुकहरुमा घट्दो क्रममा पुग्दै गर्दा नेपालमा भने भारतमा जस्तै भर्खर उच्च सङ्क्रमणको मुख्य चरण उन्मुख हुँदै छ। अन्य मुलुकको तुलनामा निकै चाडै लकडाउन गर्न सफल नेपाल लकडाउनको बेला शङ्का लागेका मानिसमा कोभिड-१९ लागे नलागेको चेक गर्ने सामग्रीको व्यवस्था हुनुपर्ने,  सुरक्षा र उपचारमा पहिलो घेरामा रहने स्वस्थ कर्मीको लागि पिपीइ व्यवस्था गर्ने,  सहरका उच्च मानव चाप त्यहाँका कामदार र डेरावालहरु लाई आफ्नो गाउँ सुरक्षित जान बाटो प्रशस्त गरि घटाउने,  सोसल डिसटेनसिङ्ग कायम गर्दै अत्यावश्यक उद्योग-धन्दाहरूको वैज्ञानिक सञ्चालन गर्न अन्तरिम गृह कार्य गर्ने, विदेशबाट आउने नेपालीलाई सहज प्रवेश दिने तर सबैको स्वस्थ परीक्षण गरी कोरोना सङ्क्रमण नरहेको निश्चित नहुँदा सम्म समाजमा हेलमेल हुन नदिने आदि जस्ता अनिबार्य हुनै पर्ने कार्यहरू प्रभावकारी रुपमा सम्पन्न हुन सकेन।

 

फलतः आज मुलुकले कोभिड -१९ को घट्दो क्रमको चरणमा प्रवेश गर्नुपर्ने अवस्थामा त्यसको ठिक विपरीत मुख्य उच्च सङ्क्रमणको चरणमा प्रवेश गर्दै गरेको छ। हामी यो अवस्थामा पुग्दै गर्दा एका तर्फ जनता लकडाउन बाट आजित हुने अवस्थाको सँघारमा आइपुगेका छन भने अर्को तर्फ मुलुकमा भुखमरी र कोरोनाका कारण पैदा भएको कृत्रिम परिस्थितिले कोरोना बाहेकको रोग र अन्य कारण वाट मर्नेहरूको सङ्ख्या कोरोना बाट मर्नेको भन्दा उच्च रहेको देखिन्छ।

 

पटक पटक मिति थपिने, दिक्क लाग्दो लकडाउनको उपयोगले हामीले नेपालमा कोभिड-१९ को चरम सङ्क्रमण हुने मिति मात्र पर धकेल्न सफल बन्यौ। चरम सङ्क्रमणको विन्दुलाई नै छल्न सक्ने मौका भने गुमायौ। जसको मुख्य कारक बन्यो समयमै भारत बाट नेपाल आउने हाम्रो आफ्नै जनताको व्यवस्थापन गर्ने सम्बन्धमा हामीले समय सापेक्ष परिस्थितिको आकलन गर्न सकेनौ। हामी ग्रहणशील तथा संवेदनशील  हुन सक्नु पर्थ्यो। तर प्रतिकारात्मक र निषेधकारी बनी दियौ।

 

एकातर्फ मुलुक भित्र अन्ततोगत्वा जसरी पनि भित्रनुको विकल्प नरहेका विदेश पुगेका नेपाली जनशक्ति लाई बोडरमै असुरक्षित छोडी दिएर सङ्क्रमितको सङ्ख्या ज्यमीतिय रूपमा बढाएर जायज नाजायज बाटो हुँदै आफ्नो मुलुक फर्कन बाध्य हुनुपर्ने कृत्रिम सङ्कट पैदा गरी दियौ। अर्को तर्फ त्यसरी भित्रिएको जनशक्तिले समाज भित्र आन्तरिक सङ्क्रमण फैलाउने वातावरण तैयार गरिदियो।

 

फलतः नेपाल र भारत बिचको आगमनमा हाल अस्तित्वमा रहेका क्वारेनटाइन र कोभिड -१९ को चेक जाँच गरिने कार्यको लगभग शून्य प्राविधिक अर्थ रहेको अवस्था पैदा गरिदियो। यो पड्दा धेरै लाई आश्चर्य लाग्न सक्छ, चित्त नबुझ्न सक्छ, रिस उठ्न सक्छ तर आजको वास्तविक धरातलको हाम्रो यथार्थता के हो भने हाम्रो नेपाली समाज भित्र कोरोना समाजको एक सदस्य बाट अर्को सदस्यमा सर्ने र द्रुत सङ्क्रमण हुने मुख्य उच्च सङ्क्रमणको चरणमा पुगिसकेको छ। अब सीमा बाहिर भारत तथा अन्य मुलुकमा रहेका नेपाल फर्कन चाहने नेपालीलाई नेपाल भित्रनबाट रोक्ने, भर्खरै विदेशबाट मुलुक भित्र छिरेकाहरुमा कोरोना भए नभएको चेक जाँच गर्ने पुरानो तरिकाको नियमितताले मात्र हाम्रो समाजमा कोभिड-१९ को महामारी फैलन रोक्न सक्ने र नियन्त्रण गर्न सक्ने चरणमा हामी छैनौ।

 

बिदेस वाट भारत हुदै नेपालमै पुगेर नेपालकै परिस्थिति अनुरूप उत्परिवर्तन भएका कोभिड-१९ का भाइरसका स्ट्रेनहरु बाट ठुलो सङ्ख्यामा नेपाल निवासी नेपाली नागरिकहरू सङ्क्रमित बनी सकेका छन। यो अवस्थामा हामीलाई उपलब्ध अबको एक मात्र विकल्प हो जन स्तर सम्म कसरि यो सङ्क्रमणलाइ समाजमा फैलन बाट रोक्न सकिन्छ भन्ने सचेतना अभियान सञ्चालन गर्ने। जन स्तर सम्म सचेतना पैदा नगर्दा सरकारी प्रयास एक्लैले अब यो महामारीको उच्च जोखिम बाट मुलुक वासीलाई मुक्ति दिलाउन सक्ने परिस्थिति छैन।

 

नेपालले अब आफ्नो कोभिड-१९ भाइरस विरुद्धको लडाई आफ्नै नेपाली कोभिड-१९ भाइरसको स्ट्रेन विरुद्ध केन्द्रित गर्नु जरुरी छ। बिदेसी अनुभव, मोडल र सफलता तथा असफलताका अनुभवहरू नेपाललाई निकै मुल्यवान हुनेछ। तर पनि विगतको आफ्नै अनुभव र स्थानीय स्तरमा विकसित भएको सामाजिक मनोविज्ञानको पहिचानको सहारामा नेपालले आफ्नो आफ्नै पाराको वास्तविक धरातल सँग मेल खाने उपचार पद्धतिको विकास गर्नुको विकल्प देखिँदैन। जसमा सङ्क्रमित व्यक्तिहरूको भौतिक तथा मानसिक उपचार र आत्मबल अभिवृद्धिका लागि मनोवैज्ञानिक उत्प्रेरणा जगाउने भूमिकाको संयोजन युक्त उपचार पद्धतिको अनिवार्यता जरुरी पर्नेछ। जसका लागि नेपाल सँग थुप्रै काविल चिकित्सकहरू तथा एक से एक दक्ष स्वस्थ कर्मीहरू छन। मात्र अन्यत्र मोडिएको राष्ट्रिय चासो र इच्छा शक्ति यो क्षेत्रमा फर्कन जरुरी देखिन्छ।

 

समग्रमा यसको मतलब हो नेपालले आफ्नो विदेशमा रहेको नेपालमा फर्कन चाहने सबै जनशक्ति लाई बिना अवरोध नेपाल भित्रने वातावरण बनाओस। उनीहरू लाई आफै आइसोलेसनमा बस्न र स्थानीय सँग सोसल डिस्टेन्सिङ कायम गर्न अनिबार्य गरोस। अनिबार्य सोसल डिस्टेन्सिङ कायम गर्नु पर्ने नियम सर्ब साधारणमा समेत अनिबार्य होस।

 

विदेशबाट आएकाहरूबाट उनीहरूको जोखिम समय भर हामी  जोगिएर बस्दा कोभिड-१९ को भाइरस सङ्क्रमण वाट बच्न सकिन्छ भन्ने हालको सामाजिक मान्यतालाई पूर्ण परिवर्तन गराउन जरुरी छ। तपाईलाई पनि कोरोना भएको हुन सक्छ, र मलाई पनि हुन सक्छ। त्यसैले तपाई म सँग सतर्क रहनुस, म तपाईँ सँग सतर्क रहन्छु। बिचमा अनिबार्य सोसल डिस्टेन्सिङ कायम हुने गरी दैनिक व्यवहार पुरा गरौँ भन्ने भावना समाजको भित्री तह सम्म स्थापना गर्न तर्फ ध्यान पुग्नु अनिबार्य छ।

 

जुन जुन कार्य, व्यापार, उद्योग र दैनिक गतिविधिमा अनिबार्य सोसल डिस्टेन्सिङ लागु गर्न सकिन्न तिनीहरू लाई अनिबार्य बन्द गर्ने राष्ट्रिय नीति सहितको प्रणालीको विकास गरिनु पर्छ। ताकि ती क्षेत्रहरू समेत आफ्नो कार्य क्षेत्रमा अनिबार्य सोसल डिस्टेन्सिङ जस्ता कुराहरु सम्भव हुन सक्ने गरी आफूले आफैलाई पुनः आविष्कार गरी परिवर्तित रूपमा सञ्चालनमा आउन सकुन। विकल्पमा जरुरत अनुरूपको पीपीईको व्यवस्था गरी आफ्नो कार्य क्षेत्रमा अनिबार्य सोसल डिस्टेन्सिङले दिने बराबरीको सङ्क्रमणको जोखिम न्यून गरिएको विकल्प सहित आफ्नो दैनिकी सञ्चालनको उपाय खुट्टाउन सक्ने छन। समाज अलिकति बदलिएको रूपमा पुनः पहिले जस्तै सामान्य दैनिकीको अवस्थामा बिस्तारै फर्कँदै जाने छ।

 

इतिहासमा प्रत्येक महामारीको दोस्रो लहर अनिबार्य हुने र कहिले कहीँ तेस्रो, चौथो लहर समेत देखिने गरेको यथार्थ तपाईँ हामी सामु छ। विद्यमान कोभिड -१९ कोरोना महामारीको पहिलो र दोस्रो लहर पुरा गर्न हाल सम्म गरिएका ओखती र भ्याक्सिन बनाउने कार्य सोचे अनुरूप सम्पन्न हुँदा वा नहुँदाको दुवै अवस्थामा कम्तीमा अरू डेढ दुई वर्ष समय लाग्ने निश्चित छ। त्यति लामो समय सम्म लकडाउनमा रहन सक्ने न त राष्ट्रिय, न त अन्तर्राष्ट्रिय परिस्थिति ले नै हामीलाई सहयोग पुर्‍याउने छ।

 

हाम्रा आफ्नै आन्तरिक सामाजिक तथा आर्थिक कारणहरूले समेत हामीले समयमै सर्ब-साधारणको जन जीविका सामान्य बनाउन पर्ने थियो। स्थितिको समयमै आकलन गरी सरकारको मुलुक खुल्ला गर्ने र संवेदनशील स्थल आवश्यकता अनुरूप बन्द गर्ने नीति निकै सराहनीय छ। हाम्रो मुलुक मात्र हैन बिश्वो संगनै कोभिड -१९ कोरोना महामारीको प्रभाव पूर्ण नियन्त्रण नहुँदै आफ्नो मुलुक भित्रका सम्पूर्ण उधम तथा व्यवसाय खुला नगरी रहन सक्ने विकल्प उपलब्ध छैन। विकल्प उपलब्ध छ त मात्र सके सम्म कम क्षति हुने गरी सामान्य जीवन शैलीमा स्थानीय जन जीविका लाई फर्काउने। जसको लागि सरकार आज बाटै गम्बिर भएर लागेन भने यसले अर्को ठुलो खती निम्ताउने छ।

 

अनुसन्धान बाट बुझिएको छ कि ८०% लगभग कोभिड सङ्क्रमित मा कि त हल्का लक्षणहरू देखिएका छन् कि केहिपनि लक्षण देखिएको छैन। सामान्यतया युवा र स्वस्थ जन सङ्ख्यामा यो स्थिति भेटिन्छ। इनक्युबेशन अवधिमा शरीरको बलियो प्रतिरक्षा प्रतिक्रियाका कारण कोभिड -१९ ले फोक्सो लाई सङ्क्रमण गर्न अघि शरीरबाट हाम्रो शरीर आफैले बाहिर हुत्ताई दिन्छ।  शरीरले अत्यधिक प्रतिरक्षा गर्न पर्दाको अवस्था वास्तवमा कोभिड-१९ मा शरीरको अङ्ग सुन्निने, अत्यधिक दर्द हुने आदि हुँदा यो प्राण घातक बन्ने हो। मृत्यु दर कम भएको समाजको प्रतिरक्षा क्षमता सामान्य भन्दा राम्रै हुने हुँदा यो अवस्था आउँदैन। त्यसैले ह्य्कुलाले च्यापेरै यसलाई धरै मानिसले तह लगाउन सक्छन्।

 

सिडिसी (CDC) का अनुसार कोभिड -१९ ले प्रदूषित परेको कनट्याक्ट सरफेस वा स्थान वाट कोभिड -१९ अर्को मानिसमा सर्ने कुराको कुनै प्रमाण भेटिएन। कपडा, खानाको प्याक आदि बाट पनि जीवाणु सरेको पाईएन। कोभिड -१९  खाना बाट सर्दैन भनेर पहिले नै  सिडिसी भनेको हो। मात्र मान्छे बाट मान्छे त्यो पनि सङ्क्रमितको थुक र्‍याल अर्कोमा पुग्दा र सरिरमा छिर्दा मात्र कोभिड -१९ एक मान्छे बाट अर्को मान्छेमा  सर्ने माथिका कुराको चुरो आशय रहयो। उक्त परिस्थितिमा मास्क लाउने, सामाजिक दुरी कायम गर्ने र हात मिलाउने हैन बरु जरुरी परे नमस्कार (हैन म त आधुनिक हु जस्तो लाग्ने हरुले हेलो-हाइ) गरे सङ्क्रमण न्यून गर्न सहयोगी बन्ने देखियो। भए साबुन पनि नभए खरानी पानी नभए तातो पानीले हात धुने क्रम नियमित गर्दा सङ्क्रमणको सम्भावना घटाउन सकिने बुझियो।

 

भिडभाड जम्मा नगरी सार्वजनिक सवारी नचल्ने नियति रहेको मुलुकमा छॊइ छाइ हुने तरिका कसरि बन्द गर्ने त्यो विषय निकै गम्बिर  छ। अन्यथा गाउँले खानपान, परम्परागत जीवन शैली र हत्त पत्त नाचिने नजानेको मानिस सँग घुलमिल भई नहाल्ने तरिका यो समयमा अत्यन्त लाभकारी साबित हुदैछ।

 

नेपालमा कोभिड -१९ वाट कति मरे भन्ने डाटा हेर्दा त्यो अन्यत्रको तुलनामा नगण्य नै देखिन्छ।  जति भनिएको छ त्यसको आधा भन्दा बढी मृत्यु कोभिड -१९ मुलकारण बाट नभएको सजिलै शङ्का गर्ने ठाउछ। जिउँदो हुँदा कोभिड -१९ लागेको भनिएका मरेपछि चेक गर्दा नेगेटिभ र जिउँदो हुँदा  नलागेको भनिएका मरेपछि पोजिटिब देखिएको भनिएका अवस्था हरू छन्।

 

यस्तो परिस्थितिमा  कोभिड -१९ कति लाई लग्यो त्यो चेक गरे पनि सही डाटा आउँदैन भनी मान्न सकिन्छ। तसर्थ कोभिड -१९ को सबैलाई चेक गरौँ भनी अनावश्यक दबाब पैदा गर्नुको खासै अर्थ देखिँदैन। अर्कोतर्फ वास्तविकता के छ भने यो दौरानमा मुलुक भित्र जुनसुकै कारणले किन नहोस् मान्छे मरेकै छ भने कसैले लुकाउन सक्दैन। त्यो अर्थमा आज मुलुक भित्र कति मानिस मरे र मरेकामा  कोभिड -१९ का कारण कति थिए त्यो डाटा नै भर पर्दो मापनको रूपमा लिन जरुरी छ।

 

आज नेपालमा कोभिड -१९ मर्ने को कुरा छोडौँ कोभिड-१९ का कारण कति भेन्टिलेटर पुगे भन्ने डाटा निकै चाखलाग्दो छ। उक्त तथ्यले  नेपाल विगतमा कहिल्यै डराई मर्दो अवस्थामा पुगेन बरु सामाजिक डरले भने पुरै मुलुक आक्रान्त बन्यो भन्ने बुझिन्छ। आजको नेपालको कोभिड -१९ को रोकथामको नतिजाले नेपालले लिएको नीति र कार्य विधि अति प्रभावकारी मात्र हैन मुलुकको माटो सुहाउँदो रहेछ भनी प्रमाणित गरिदिएको छ ।

 

कोभिड -१९ महामारीका कारण छिमेकी चिन र भारतमै  के भयो र नेपालमा के भयो भन्ने अवस्थाको वास्तविक चित्र नेपाली जनता सम्म खासै पुगेन। उल्टो नेपालका केही बुद्दिजिबि, सीमित सक्रिय कहलाएका सामाजिक कार्यकर्ता, सीमित पत्रकार र केही चर्चित राजनीतिज्ञ एवम् स्वस्थ कर्मी समेत सरकारले गरेको हर काममा उग्र-आलोचनामा उत्रेको, सरकारलाई आलोचना मात्र गरेको देख्न पाइयो। केही सीमित चर्चित ठुला राजनीतिज्ञ र युवा नेता भएकाहरूको भूमिका त यो समस्या सुरु हुँदा बाटै यसको नियन्त्रण र व्यवस्थापनमा भएका हरेक कदममा विरोध मात्र हैन अवरोध गर्न नै हात धोएर पछि परेको समेत देखियो।

 

सरकारको अवरोध गर्दा सोझा जनता मारमा पर्ने चेतना समेत जनस्तरमा पुगेको देखिएन। उल्टो अवरोधकहरूमा बिना सङ्कोच प्राप्त नतिजामा अति असन्तुष्ट र आलोचक भेटिए। जे प्राप्त भयो त्यसको तारिफ गर्ने सामान्य औपचारिकता समेत देखाउन सकेन। उनीहरूले जताततै भ्रष्ट्राचार देखे। प्राप्त उत्कृष्ट नतिजा लाई खराब नतिजा बुझे।

 

हिजो सरकारले बन्द गर्दा बन्द खोल भन्ने र खोल्दा छिटो खोल्यो भन्ने आरोप प्रत्यारोपको खेतीमै उनीहरूको दिन चर्या बितेको देखियो। आज पनि नियत त्यस्तै छ। राजनीति कर्मीमा प्रतिपक्ष दल त्यसमा पनि काँग्रेस पार्टीका सभापति शेर बहादुर देउवा, राम चन्द्र पौडेल र विश्व प्रकाश शर्मा, मिनेन्द्र रिजाल जस्ता नेता हरुले जनता लाई वास्तवमै अप्ठ्यारो परेको बेला सरकारको आलोचना गर्ने वा जनसरोकारको विषयमा काम गर्ने गतिविधिमा सरकार लाई भाँजो हालेको भेटिएन।

 

कोभिड -१९ को समयमा प्रतिपक्षका सीमित नेतामा जनताको दुख सुख के हो र त्यसमा राज नेताको के रोल हुनुपर्छ  भन्ने राम्रो सुझ बुझ भएको देखियो। यसले उक्त पार्टीको नेतृत्व नयाँ पुस्तामा जाँदैमा मुलुकले सुख पाउँदैन। अझै पुरानै पुस्ताको हातमा नेतृत्व रहनु मुलुकको हितको लागि जरुरी छ भन्ने वास्तविकता उजागर गरिदियो। केही मुलुकको भरोसा गर्न लायक ठानिएका नयाँ पुस्ताका नेता भनिएकाहरू मुलुक प्रति संवेदनशील कसरि हुने भन्ने बारे सिक्न अझै लामो राजनीतिक प्रशिक्षणमा रहनु पर्ने यथार्थता बाहिर ल्याई दियो। सोचिए जस्तो पार्टीको र मुलुकको नेतृत्व लिन ती काविल छैनन् उल्टो आधारभूत क्षमता र खुबी विकासका लागि उनीहरूलाई लामो समयको जरुरी रहेको अनुमान गर्न सकिन्छ।

 

समग्रमा आज सम्मको नेपालको कोभिड-१९ को व्यवस्थापन उत्तम गर्न सक्नुमा ओली सरकार, तिनका उपप्रधान मन्त्री इश्वोर पोख्रेल र स्वस्थ मन्त्री एवम् सम्पूर्ण स्वस्थ कर्मीहरू नेपालको हालको उपलब्धिमा बधाईका पात्र बनेका छन्। उनीहरू  लगायत हालका प्रतिपक्षका सीमित तर प्रभाव शाली नेताहरू समेत मुलुकलाई दुखको घडीमा सक्दो सहयोग पुर्‍याउने भूमिकाका खातिर सम्मान प्राप्त गर्न योग्य भेटिए।

 

औषधि तितो हुन्छ। त्यस्तै सत्य पनि। नेपालको कोभिड-१९ को खुड्को अझै कायम छ। त्यसको विरुद्ध सरकार तथा प्रतिपक्ष पहिले जस्तै सुझबुझ पूर्ण काम गर्दै जावोस। आशा गरौँ काग कराउँदै गर्दा पिन पनि सुक्दै जाने छ। अबको मुलुकको जरुरत  मुलुक भित्र लकडाउन होइन सचेतना र स्व-नियन्त्रण हो।  साथै भारतको बोड़र्र मा पूर्ण नियन्त्रण गरी भारतसँग दरो फिजिकल आइसोलेसन व्यवस्थापन प्रभावकारी रूपमा लागु गर्ने हुनेछ। नेपाल सरकारले समयमै यो कुरा बुझोस्।

 

(खाद्य तथा औषधि विज्ञ, क्यानडा)

WRITE COMMENTS FOR THIS ARTICLE