मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

कोभिड -१९ गैर औषधीय चरणमा प्रवेश !

नारायण घिमिरे

 

नेपालमा कोभिड -१९ सामान्य नियन्त्रणमा पुग्न लाग्ने अनुमान गरिएको अरू थप ५-७ महिनाको समयमा कोभिड-१९ सङ्क्रमित हुनेको सङ्ख्या कुनै हालतमा १ लाख नाघ्न नदिने र मर्नेको सङ्ख्या ५०० कट्न नदिन हालको आन्तरिक अव्यवस्था निकै चुनौती पूर्ण बनिरहेको सूचकहरू एक पछि अर्को गर्दै बाहिरिन थालेका छन्।

 

भर्खरै बजारमा सुनिएको रसिया र चीनमा कोभिड-१९ उन्मुलनको भ्याक्सिन बनेको हल्ला सही होइन वा सही हुदापनि नेपालले उक्त भ्याक्सिन प्राप्त गर्न सक्ने अवस्था नरहँदा, हामीसँग  कोभिड -१९ को कुनै औषधीय नियन्त्रणको विकल्प अझै कम्तीमा दुई वर्ष नहुने देखिन्छ।

 

यो अवस्थामा मुलुक सँग रहेको कोभिड-१९ को विरुद्ध आफू सुरक्षित हुन मुलुकले लगाउन पर्ने अधिक जोड भनेको   गैर औषधीय उपाय “सोसल डिसटेंसिंग” र स्व-आइसोलेसन को प्रभावकारी उपयोग नै हो।

 

नेपालका उच्च अधिकारीहरूले इन्कार गरेता पनि हाल नेपालमै उत्परिवार्तन भएर विकास भएको कोभिड-१९ को नेपाली भाइरसको स्ट्रेनले नेपाली समाज ग्रसित बनिसकेको छ। पछिल्लो समयमा सुपर स्प्रेडरको सङ्ख्या बढेको कारण एक व्यक्ति बाट अर्कोमा सर्ने उच्च सङ्क्रमणको चरणमा मुलुक गुज्रिरहेको महिना दिन नाघी सक्यो।

 

नेपालले चाहे पनि नचाहे पनि अबको चुनौतीको समाधान गर्ने उपाय भनेको नेपालमा सबै भन्दा धेरै सङ्क्रमण भित्रिएको भारत सँग सिमाना मार्फत हुने जोखिम न्यून बनाउने, भएका उपचारात्मक तथा रोग प्रतिरोधी  उपायहरू सुचारु गर्दै रोग लागेको शङ्कास्पद लाई क्वारेनटाइनमा राख्ने र भाइरस लागेका हरुलाई आफ्नै सुविधाको आफैले व्यवस्था गरेको स्थानमा “सोसल डिसटेंसिंग” र “स्व-आइसोलेसनमा” जान उत्प्रेरित गर्ने नै हो।

 

कोभिड १९ को तेस्रो चरणमा आइपुग्दा सरकारको तर्फको धेरै सकारात्मक उपलब्धि बिचको केही तितो सत्यको वास्तविक चित्र के रहयो भने, गाऊ सम्झेर परदेश बाट स्वस्थ फर्केकाहरू क्वारेनटाइनमा कोरोना सङ्क्रमित बनी  बिते, क्वारेनटाइन जन कल्याण केन्द्र हैन बन्दी गृह बन्यो, बन्दी गृह  मानव निर्मित मानव कत्तल शाला बने।

 

कत्तल शालाको व्यवस्थाको उकुसमुकुस भन्दा कतिपयको लागि आत्महत्या सहज विकल्प बनी दियो। असहाय युवतीहरू सरकारी क्वारेनटाइनमा बलात्कृत समेत बने। आफ्नो जीवन नै जोखिममा राखेर किन नहोस्  क्वारेनटाइन बाट भाग्नु त्यहाँ रहनु भन्दा राम्रो जीवन रक्षाको विकल्प रहेको जनताले महसुस गरे।

 

सरकार र नेता तथा उनका आसेपासे “क” वर्गको, जहाज चढेर आएका जनता “ख” वर्ग र भारत बाट आएका जनता लाई “ग” वर्गको जनताको व्यवहार देखाएको सरकार बाट आजित जनता आफ्नो चरम पीडाको समयमा सत्ता पक्ष पार्टीका नेताहरूको बेवास्ता, कठोरता त्यो माथि आफ्नै पद र प्रतिष्ठाको चिन्ता बाट आजित बने। जनताले सरकार लाई मान्य छोडे। बन्दका लागि जन अनुमोदन गुमाएको सरकारले लाचार भएर बन्द खोल्यो।

 

सबैभन्दा ठुलो दुर्भाग्य, चरम सङ्कटको समयमा संसारमा कहीँ नदेखिने र नेपालमा समेत कहिल्यै नदेखिएको सङ्कट निवारणको कामको प्रभावकारिताको मूल्याङ्कन गर्न र दुरुपयोग रोकी कोरोना नियन्त्रण कार्यक्रमलाई सकेसम्म प्रभावकारी बनाउन पर्ने सरकारको ध्यान आफ्नै पार्टीका उच्च नेताहरू बाट बल जफती  पटक पटक अन्यत्र मोडियो।

 

सरकारको काममा नै बाधा पुग्ने गरी कहिले सत्ता पक्ष पार्टीको पोलिट ब्युरो, कहिले स्थायी समिति र अब केन्द्रीय समितिको बैठक बोलाउने,  आफू पनि जनताको मर्कामा चासो नगर्ने र सरकारलाई पनि चाहिँदो नचाहिँदो बखेडा निकाली काम गर्न नदिने प्रवृत्ति निर्लज्ज रूपमै प्रदर्शित गरियो।

 

सत्ता र पार्टीका सङ्घीय तथा स्थानीय सरकारमा रहेका कतिपय नेताहरूमा जनता जोगाउन होइन कि आफ्नो पद र श्री प्राप्तिका भागबन्डा प्राप्तिमा तल्लीन बने।

 

जनताको नाममा पुग्ने कोरोना नियन्त्रण बजेट जुन निकायमा निकासा भयो प्राय त्यतै चुहिएर मुलुकका कुना कन्दरामा समेत ड्वाङ्ग डवाङ्गती गनाएको अवस्थामा भेटिए।

 

कोरोना व्यवस्थापन र नियन्त्रणका नाममा भएका निकै ठुला खर्चहरू न जनताको मुखमा पुग्ने, न राजस्व मै रहने अवस्था सिर्जना बन्यो। बजेट जसको हातमा पर्‍यो त्यसको ठुलो हिस्सा त्यतै बिलायो।

 

केन्द्रमा आफ्नै विरुद्ध थपिएको पासोबाट मुक्त हुन र आफ्नो सरकारी शासकको   हैसियत जोगाउन लाचार बनेको सरकार अन्तर्गत सक्रिय राज्य संयन्त्र त्यसमा फट्के किनाराको साथी बसिदियो।

 

मुलुकको कोरोना नियन्त्रण संयन्त्रको पूर्वाधारमा स्थानीय जनताको विकर्षणको मूल कारक उपलब्ध सार्वजनिक स्वास्थ्य प्रणालीमा गहिरो अविश्वास देखिनु रहेको छ। अर्को दुर्भाग्य पूर्ण कारक सरकारले व्यवस्था गरेको क्वारेनटाइनमा बस्दा आफू सुरक्षित रहन भन्दा अन्य कोरोना सङ्क्रमित बाट आफूलाई कोरोना सर्ने उच्च जोखिम रहेको जनस्तरको शङ्का रहनु देखिन्छ।

 

जनताको सरकारी संयन्त्र माथि विश्वास जगाउन हालको सार्वजनिक स्वास्थ्य प्रणालीमा जरुरत अनुसार स्थानीय जनताको सहभागिता जुट्ने गरी खर्च गरेरै जन-विश्वास निर्माण गर्नुको कुनै विकल्प बाकि रहेको देखिँदैन। कोभिड -१९ को भाइरस मानिस बाट मानिसमा मुख्य श्वासप्रश्वास बाट सजिलै सर्ने साथै जसलाई पहिलै श्वासप्रश्वासको समस्या छ र उमेर समेत धेरै पुगेको छ वहाँहरूलाई विशेष गरी जोखिमपूर्ण हुने गर्छ।

 

जता ततै भिडभाड रहने, ठुलो परिवार वा सागुरो स्थानमा धेरै मानिसहरू बसोबास गर्ने इलाकामा धेरै व्यक्तिहरू छिटो छिटो सङ्क्रमित हुने स्थिति छ। त्यसमा पनि सामान्य वा गरिब परिवारका आफ्नै घरका अरू परिवार र छिमेकी सँग आइसोलेसनमा रही बस्ने उचित सुविधा उपलब्ध नभएका,  भारतमा रोजगारी गर्ने गएका र हाल आफ्नो मुलुक फर्कँदै गरेका कोभिड-१९ प्रभावित व्यक्तिहरू मुलुक भित्र तीव्र गतिमा कोभिड-१९ को सङ्क्रमण बिस्तारको विशेष  क्यारियर बनिरहेको देखिन्छ।

 

जबसम्म मुलुकले गरिबीको रेखा मुनि रहेका उच्च सङ्क्रमणको जोखिममा रहेका मानव वस्तिहरूमा आफ्नो ध्यान केन्द्रित गरी सामाजिक सहयोग समेत जुटाएर अल्पकालीन गाँस-बासको व्यवस्था गर्न सक्दैन नेपालले आफ्नो निकट भविष्यमा धेरै मान्छेहरू सम्म कोरोनाको सङ्क्रमण पुग्ने जोखिम न्यून गर्न सक्ने छैन।

 

“कोभिड -१९ अब गैर औषधीय चरणमा प्रवेश गरिसक्यो। नियन्त्रणका लागि मौकैमा हिराफोर सरकार।”

 

यो अर्थमा नेपालको कोभिड-१९ विरुद्धको अब मुलुकलाई उपलब्ध प्रभावकारी रणनीति भनेकै भारत वाट मुलुक फर्केका आफ्ना नागरिक लाई उपलब्ध छ आफ्नै घरमा छैन सामाजिक स्थानीय स्थलमा स्थानीयको संरक्षणमा राख्ने, भिड भाड हुने सबै अवस्थाको अनिबार्य विकल्प खोज्ने गैर औषधीय विधि नै हो।

जसको लागि मुलुकले आफ्नो जिडिपीको उल्लेखनीय  प्रतिशत रकम गरिब र अत्यधिक जोखिममा रहेका मानिस हरुको खानपान र दैनिक वासस्थान व्यवस्थामा लगाउने नीति लिन जरुरी बनिसकेको छ। अब मुलुकले संसद् विकास कोष देखिकै सबै रकम लगायत जिडिपीको उल्लेखनीय  प्रतिशत रकम जन उद्धार मा लगाउने समय आएको प्रतीत गर्छ। सरकारले मौकामा हिरा फोरोस्। जनधनको समयमै सुरक्षा गर्न सकोस।

(खाध्य तथा औषधि विज्ञ)

WRITE COMMENTS FOR THIS ARTICLE