मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

कोभिड १९ – किन रैथाने खाना खाने ?

लेखक नोट: आदरणीय पाठकहरू,  ४ हप्ता अगाडी तैयार भएको  यो लेखमा आफै नेपाल र अमेरिका /क्यानडाका विज्ञहरू बिच योजना गरिएको ज्ञान साटासाट गर्ने नियतले योजना गरिएको ज्ञान भेलामा सक्रिय सहभागी हुन परेकाले समयमै प्रकाशित गर्न सकिन।  प्राय: खोक्रो राजनीति, कागती ज्ञान र निश्चित भेष्टेड़  उद्देश्यबाट प्रेरित हुने मुद्दाले धेरै महत्त्व पाउने हालको हाम्रो समाजको बेहाल अवस्थामा यो र यस्ता विज्ञान र वेदका चूराकुरा युक्त खबरहरूले खासै महत्त्व नपाउने कुरा तपाई हामी सबैलाई थाहा छ।

तै पनि सीमित पाठकहरू र आयुर्वेदिक क्षेत्रका केही अभियन्ताहरूको यो भर्खरै बुझ्न सकिएको वैज्ञानिक यथार्थता बाहिर आओस  र समाजले हाम्रो रैथाने प्रविधि, परम्परा, ज्ञान र सिपको मूल्य थाहा पावोस भन्ने अनुरोध लाई स्विकारी ढिलै भए पनि यहाँ प्रकाशित गरेको छु। स्वस्थ सम्बन्धी सानो सानो कुरा नलेखी यो वैज्ञानिक खोजको निष्कर्ष बुझ्न नसकिने हुँदा लेख लामो भएको छ। समय दिएर यसलाई मनन गर्नु भयो भने आयुर्वेदिक चिकित्साको नयाँ पाटो बारे बुझ्ने अवसर यसबाट प्राप्त हुनेछ।

साथै हालको महामारी भनी चिनिएको कोभिड-१९ को सङ्क्रमण विरुद सफल खोप नै बनेको अवस्थामा समेत हाम्रो नयाँ पुस्ता त्यो खोप हैन बरु हाम्रो रैथाने आयुर्वेद चिकित्सा नै किन रोज्ने छ भन्ने उत्तरको सेन्स यसबाट तपाइले पाउनु हुनेछ भन्ने आशा गरेको छु।
 

नारायण घिमिरे, खाद्य तथा औषधि विज्ञ, क्यानडा।

(ब्यवहारिक अनुशन्धान मुलक लेखको पाण्डुलिपि)

 

 

रोग बारे विज्ञान र आयुर्वेदको सम-दृष्टि

आगामी ४ महिना नेपालको इतिहासमै कहिल्यै नदेखिएको महामारीको प्रभाव तपाई हामीले प्रत्यक्ष अनुभव गर्ने छौ। मानव इतिहासमै हामीले अनुभव गर्न र भोग्न गैईरहेको  यस्ता महामारी हाम्रो इतिहासमा पटक पटक आइलागेको थियो। पहिलेको भन्दा अलिक फरक प्रकृतिको अहिलेको महामारीले पनि हामीलाई पहिलेको जस्तै नितान्त व्यवहारिक सन्देशहरू पुन दिएर जाने निश्चित छ। मानिसले आशा गरेको मौजुदा भाइरस विरुद्ध खोपको उपायमा  सफलता हासिल भएछ भने पनि त्यो फगत यो भाइरस बाट मुक्त हुन केही हद सम्म सहयोगी होला। महामारीको विगतको ट्रेन्ड अनुसार भविष्यमा हुने अर्को प्रकारको महामारीको लागि विकसित खोपले मानव रक्षा कवचको काम गर्ने छैन। कोरोना पछिको महामारी पनि पर्यावरणमा मानबका कारण पुर्याईएका गम्भीर क्षतिका कारण पैदा हुने बिक्रिति नै हुने छ।

 

आज पृथ्वीकै सन्तुलन बिग्रने गरी हुने वातावरण परिवर्तनको असरको कारक मानिसको आफ्नै कृत्रिम जीवन पद्दति बनिरहेको छ। आफूले आफूलाई प्रकृतिको नियमित संसर्ग बाट जति पर धकेल्ने काम मानिस गरिरहेछ, जति धेरै प्राकृतिक नियमको सिधान्त विपरीत मानवका भौतिक, शारीरिक, मनोबैज्ञानिक र अध्यात्मिक चिन्तन र गतिबिधिहरु अघि बढाइएको छ, त्यति नै यस्ता महाप्रलय र महामारी मानिस माथिनै आइलागेको देखिन्छ।

 

मानिसका आफ्नै अप्राकृतिक खान पान, जीवन शैली र गतिबिधिहरु महाप्रलय र महामारी जस्ता समस्याको चुरो कारण बनिदिने छ। प्राकृतिक नियमको उल्लङ्घनका कारण उब्जेका महामारी विगतमा सामाजिक प्रयास र उपचारको क्षमताको बुताले समयमै नियन्त्रण गर्न नभ्याउने बनिदियो। आज पनि त्यस्तै अनुभव हामीले गरिरहेछौ। संभवत भोलि पनि त्यो पक्कै दोहरिने छ।

 

पृथ्वीमा मानव सभ्यताको विकास र त्यसमा आइपरेका महामारी बारे आजसम्म थाहालागेको सूचना अनुसार अत्यधिक मानव क्षति बेहोर्नु परेको प्राय: सबै स्वस्थ सँग सम्बन्धित महामारी समस्याको मुख्य कारण मानिसको आफ्नै रोग विरुद्ध लड्ने शक्तिमा स्खलन हुनु भेटिएको छ। आजको भाइरसको महामारीको चुनौती वाट जसो त्यसो उम्कन होस् वा भोलि अनुमान गरिएको अन्य प्रकृतिको महामारीको विरुद्ध  आफूलाई तैयार राख्न आफ्नो शरीरको इम्युन शक्तिको सञ्चय नै  सबैभन्दा उत्तम विकल्प रहेको देखिएको छ। शरीरको इम्युन शक्तिको सञ्चय कसरि गर्ने भन्ने बुझ्न, त्यो कसरि पैदा हुन्छ र त्यसले कसरि काम गर्छ भन्ने बुझ्नु जरुरी हुने छ।

 

सय ट्रिलियन भन्दा धेरै कोशीका मिलेर बनेको हाम्रो शरीरको कोशिकाहरू हरेक हप्तामा २४ सै घण्टा सातै दिन नियमित रूपमा सञ्चालनमा रहेर हामीलाई जीवित राख्दछन। सूक्ष्म रूपमा हेर्दा ती सेलहरूले एक तर्फ शरीरको लागि उपयोगी खानको सार तत्त्व लिने र उक्त सार तत्त्वहरूको ढुवानी तथा उपयोगका क्रममा पैदा भएका विषाक्त पदार्थहरू शरीर बाहिर फाल्ने काम गर्दछन।

 

हाम्रो शरीरले हामीले खाएको खानाबाट पोषण तत्त्व लगायतका सम्पूर्ण सार तत्त्व निकालेर उपयोग गर्ने प्रक्रिया लाई हामी खानाको पाचन प्रक्रिया भन्ने गर्छौ। मुख बाट गुदद्वार सम्मको यात्रामा हामीले खाएको खाना शरीरले सोस्न सक्ने अवस्थामा परिवर्तन हुने गर्छ। शरीरले सोसेको खानावाट निक्लेको सारतत्त्व मद्धे पोषण तत्त्वबाट कोशीकाले शरीरलाई चाहिने ऊर्जाको संस्लेष्ण गर्छ।

 

हाम्रो शरीर भित्र हुने हरेक तहको खानाको पाचन क्रियामा केही न केही फोहोर पदार्थ पैदा हुने गर्छ। त्यसरी पैदा हुने प्राय: सबै फोहर पदार्थहरू अम्लीय प्रकृतिको  हुन्छ। यस्ता अम्लीय प्रकृतिका फोहर पदार्थहरू लाइ शरीरको नियमित गतिविधि तथा व्यायाम  वा योग, शरीरमा उपलब्ध क्षारीय खाना, निर्मलीकृत वा क्षारीय पानी आदिको सहायता बाट शरीर लाइ हानि गर्न नदिने पारिन्छ। जुन लिम्फ़ नोड़, कलेजो, ठुलो आन्द्रा, मृगौला, फोक्सो वा छाला मार्फत कोशीकाले शरीर बाहिर फ्याँकी दिन्छ। जसका कारण हामी सामान्य तय: स्वस्थ रहने गर्छौ।

 

खानाको पाचन क्रियामा उत्पन्न हुने फोहरको अलावा खाना वा अन्य तरिका बाट शरीर भित्र कोशीकाहरुको लागि हानिकारक हुने विषाक्त पदार्थ  समेत प्रवेश गर्न सक्छ। पाचन प्रक्रियामा उत्पन्न भएको वा अन्यत्र बाट कोशीका सम्म पुगेको विषाक्त पदार्थको समयमै शरीर बाहिर फाल्न वा व्यवस्थापन गर्न नसक्दा कोशिकाहरूको नियमित सञ्चालनमा बाधा पुग्न जान्छ। जसको परिणाम  कोशिकाहरू  बिमारी हुने र असामान्य बन्न पुग्छ। असामान्य सेलहरू आफ्नो नियमित काम गर्न असक्षम बन्छ। कुनै मर्छन् त कुनै ले भने असामान्य गतिविधि समेत देखाउने हुन सक्छ।

 

छाला, खाना वा श्वास आदि मार्फत कहिले कहीँ हाम्रो शरीर भित्र हानिकारक ब्याक्टेरिया वा भाइरस जस्ता जीवाणुको आक्रमण हुन सक्छ। शरीर भित्र हानिकारक ब्याक्टेरिया वा भाइरसको प्रवेश हुँदा ब्याक्टेरिया वा भाइरसका कारणले कम तर तिनीहरूको नित्य कार्यको क्रममा निस्कने अम्लीय पदार्थहरु  विषाक्त हुनुका कारण मानिस प्राय: बिमारी पर्ने गर्छ।

 

हाम्रो नियमितको सास फेर्ने, खाने, पिउने गतिविधि र अम्लीय पानी वा फोहर पानीमा नुहाउने कामले समेत शरीरमा विषाक्त अम्लीय पदार्थहरू जम्मा गरिदिन्छ। शरीरमा चोट पटक लाग्दा, हावा बाट बिखालु जीवाणु शरीरमा प्रवेश गर्दा, प्रदूषित वातावरण, विकिरण, विभिन्न रसायन र केमिकल औषधि आदिले समेत कोशिकामा अम्लीयपन थपिदिन्छ।

 

शरीर भित्रकै नियमित गतिविधि सञ्चालनमा निक्लने अम्लीय उत्पादन र बाहिर बाट समेत थपिने अम्लीयपनले शरीरमा विषाक्त फोहरको डुङ्गुर जम्मा गरिदिन्छ। यसरी जम्मा हुन पुगेको अम्लीय फोहरको डुङ्गुरले शरीर लाई भित्री आँत बाटै बिमारी पारिदिन्छ।

 

हाम्रो शरीरमा नियमित काम गर्नको लागि सघाउने प्राकृतिक रुपमै अनगिन्ती लाभदायक ब्याक्टेरियाहरू हुने गर्दछ। शरीरमा अम्लीय फोहरको डुङ्गुर बढी दिँदा लाभदायक ब्याक्टेरियाहरू समेत मुर्छित बन्ने र अजीवको गतिविधिहरु देखाउने गरेको भेटिन्छ।

 

उक्त अवस्थामा एसिड़ोफिलस र बिफिडस जस्ता प्रोबायोटिक वा लाभदायक गट माइक्रोबयोमहरु समेत अक्सिजनको कमी,  अधिक अम्लीयपन,  घटेको रक्त सञ्चारको दर आदिका कारण आफ्नो नियमित कार्य गर्न सक्दैनन। उल्टो मुर्छित बनेर शरीरलाई हानिकारक हुने जीवाणु लाई नै सघाउन  पुग्दछन। फलतः सेल झन् प्रदूषित र अम्लीय बनिदिन्छ।

 

जन्मेको समयमा अत्यधिक क्षारीय लवणहरूको घनत्व रहने हाम्रो शरीरको कोशीका र तन्तुहरूमा विविध कारण बाट जम्मा हुने विषाक्त फोहरको थुप्रोले शरीरमा रक्त तथा लिम्फ़ सञ्चार धिमा पारिदिने, कोशिकाको दैनिक गतिविधि घटाइदिने, कोशीका सम्म पोषण तत्त्व पुग्न नै रोकिदिने गर्छ। फलत: सेलहरू कमजोर हुने, हाम्रो लिम्फ्याटिक प्रणालीले शरीरलाई सफा राख्न नसक्ने र शरीर सुन्निने, शरीरभित्र मरेका जीवाणु र कोशीका हरू पिप बन्ने र शरीर दीर्घ रोगी बन्ने गर्छ।

 

शरीरको नियमित वृद्धि हुने प्रक्रियाको दौडमा लामो समय सम्म टिकेका कोशिकाहरू निश्चित बिन्दुमा प्राकृतिक रुपमै जीर्ण बनी मृत्युवरण गर्छन। तर जब अन्य कारणहरू वाट  शरीरको कोशिकाहरू नियमित भन्दा अधिक  मर्न थाल्दछन्,  हामी समय भन्दा पहिले अलि बुडो देखिन्छौ। यदि ति सेलहरू असामान्य बनी उत्परिवार्तन भएको खण्डमा हामी क्यान्सर जस्ता घातक  रोगको समेत सिकार बन्न सक्छौ। उल्लेखित दुवै अवस्थालाई हामी आफ्नो शरीरको इम्युन शक्तिको सञ्चय गर्न र शरीरलाई तन्दुरुस्त राख्न नसकेको अवस्थाको रूपमा बुझ्ने गर्छौ।

 

शरीर भित्र जम्मा हुने विषाक्त फोहोरको थुप्रोलाई औषधि विज्ञानले टक्सिक स्लज भन्ने गर्छ। मानिसमा हुने क्यान्सर, मुटुको रोग, उच्च रक्त चाप, मधुमेह, बाथ रोग, गाँठिया, मिर्गौलाको रोग, दम, एलर्जी, डन्डीफोर, दाद लगायतका छालाको रोग, अपच, पखला, वाकवाकी, मोटोपन, दाँत र गिजाको रोग, हड्डी कमजोर हुने र आँखाको रोग आदि सबै नै विभिन्न अङ्गमा जम्मा हुने टक्सिक स्लजको कारणवाट पैदा हुने गर्दछ।

विज्ञानको आँखामा आयुर्वेदिक खाना

शरीरमा टक्सिक स्लज पैदा भएको नभएको कुरा रगतको पिएच बाट थाहा लग्छ। रगतको पिएच ७.३५ बाट ७.४५  रहदा शरीर स्वस्थ र तन्दुरुस्त रहेको ठानिन्छ। जुन समयमा शरीरको रोग सँग लड्ने क्षमता उच्च रहेको हुन्छ। यो अवस्थामा शरीरले सामान्यतया आफ्नो तापक्रम ३७ डिग्री सेल्सियसको वरपर व्यवस्थापन गरेको भेटिन्छ। जब शरीरको रगतको पिएच ७.३५ भन्दा कम देखिन्छ तब शरीरको इम्युन शक्ति घटेको र शरीर रोगी बन्दै गएको बुझ्नु पर्छ। जसलाई औषधि विज्ञानले एसिड़ोसिस भन्ने गर्छ।

 

एसिड़ोसिस हुँदा जम्मा भएका टक्सिक स्लज कोशीका भित्र जबरजस्त घुस्न प्रयास गर्छ। जसले गर्दा सेलको गतिविधिमा कमी आउने र अन्ततः सेल भत्किने र गतिविधि हिन बन्छ। त्यो घटना जोर्नी हरुमा भयो भने बाथ रोग तथा गाँठिया हुने, फोक्सोमा भयो भने दीर्घकालीन रूपमा फोक्सो बिग्रने, अग्न्याशयको बिटा सेलमा भए मधुमेह हुने, कमसल जोर्नी हरुमा भए त्यहाँ पानी जम्ने आदि हुन्छ।

 

रगत जब एसिडोसिस हुने दिशामा अघि बढ्छ तब हाम्रो शरीरले एसिडोसिस बाट जन्मने क्यान्सर र अन्य प्राण घातक रोगबाट बच्न शरीरका विभिन्न भागमा सञ्चित मिनिरल्स तथा लवणहरू परिचालन गरी शरीर भित्र जम्मा भएका एसिडिक टक्सिक स्लजहरु लाई निर्मलीकरण वा डिटक्सिफिकेसन गर्ने र एसिडलाई छाला हुँदै समेत शरीर बाहिर फाल्न कोसिस गर्छ। शरीरमा अधिक एसिडिक पदार्थ जम्मा हुँदा धेरै फोहरहरू छाला मार्फत फाल्नु पर्दाको अवस्थामा एक्जिमा, छालाको रोग, डन्डीफोर, छालामा पिड़काहरु आउने लगायतका छालाका विकृतिहरू पैदा गरिदिन्छ।

 

हामी स्वस्थ रहन कोशिकाहरू नेगेटीब इलेक्ट्रो म्याग्नेटिक चार्ज युक्त हुन जरुरी हुन्छ। नेगेटीब चार्ज भएको कोशिकाहरूले आफूमा रहेको इलेकट्रोनको सम्प्रेषण मार्फत सूचनाहरू नजिकैको सेलहरूमा पठाई संयुक्त रूपमा सहकार्य गर्दै दैनिक गतिबिधिहरु नियन्त्रित रूपमा सञ्चालित गर्ने गर्छ।

 

एसिड़ोसिस हुँदाको अवस्थामा कोशिकाहरू पोजिटिब चार्ज युक्त बनी दिँदा कोशिका कोशिका  बिचको सञ्चारमा  नै अवरोध पैदा हुन पुग्छ।  अम्लीयपन अचाक्ली धेरै भयो भने  पाचन प्रक्रिया नै अबरुद्द हुने, रगतमा अक्सिजन घुल्न नसकी अक्सिजनको कमी हुने स्थिति पैदा हुन्छ। जब रगतमा अक्सिजनको मात्र घट्न थाल्छ तब त्यो उच्च संक्रमक प्रकृतिको रोगजनक ब्याक्टेरिया, भाइरस आदिको लागि उच्च अनुकूल वातावरण बन्दछ। परिणाममा क्यान्सर जस्ता रोगको विकास हुने,  इन्फ्लुएञ्जा, कोरोना जस्ता जीवाणुको सङ्क्रमण प्राणघातक बनिदिने अवस्था आइलाग्छ।

 

खाद्य विज्ञानको आँखा बाट हेर्दा स्वस्थ रहन मानिसको प्लाज्मा समेत त्यही अत्यन्त सागुरो क्षारीय पिएचको बिन्दु ७.४ वरपर  (७.३५ बाट ७.४५)  सन्तुलित रहन अनिबार्य छ। हामीले खाने खाना लाई हाम्रो पाचन प्रक्रियाबाट नितान्त कढाइका साथ प्रशोधन गरी रगतको, प्लाज्माको र कोशिकाको पिएच नियन्त्रण गर्ने गर्छ। जब हामी खाना खान्छौ, पाचन प्रक्रियाको भिन्दा भिन्दै तहमा यो भिन्दाभिन्दै पिएचको बिन्दु बाट गुज्रने र शरीरको लागि खानाको सार तत्त्व उपलब्ध हुने अवस्थामा पुर्याउछ।

विज्ञानले हालै  पहिल्याएको हाम्रा रैथाने आयुर्वेदिक खानपानको शक्ति र त्यसको मूल आधार : 

हामीले खाने हरेक खाना शरीरमा नियमित हुने पाचन प्रक्रियावाट गुज्रे पश्चात्  रगत, प्लाज्मा र कोशिकामा आफ्नै स्वभाव अनुरूप फरक पिएच पैदा गर्ने प्रकृतिको हुने गर्छ। जसलाई हामी खानाको मेटाबोलिक पिएच भन्ने गर्छौ।  जुन खानाले पैदा गर्ने मेटाबोलिक पिएच शरीरको रगत, प्लाज्मा र कोशिकामा जरुरतको बिन्दुमा पिएच व्यवस्थापन गर्न सहयोगी हुन सक्छ भने ती खाना हरुलाई औषधीय गुण रहेको अथवा आयुर्वेदिक खाना ठान्ने गरिन्छ।

 

जब तपाइ खानलाई डढाउनु हुन्छ तब त्यो खाना खरानी बन्छ। कुनै खाना डढेर बनेको खरानी अम्लीय हुन्छ भने कुनै क्षारीय। अम्लीय खरानी दिने खाना लाई अम्लीय आहार र क्षारीय खरानी दिने खाना लाई क्षारीय आहार भन्ने गरिन्छ। आयुर्वेदमा पाचन प्रक्रिया लाई शरीरको अग्नि भस्म क्रिया मानिन्छ। जब खाना अग्नि भस्म प्रक्रिया बाट गुज्रन्छ तब जुन जुन खानाले क्षारीय गुण दिने गर्छ ती खाना मानिसको स्वस्थको लागि औषधीय हुने हुँदा उत्तम आहारमा गनिन्छ।

 

हाम्रो शरीरको हरेक गतिविधिमा अम्लीयपन बढ्ने र उक्त अम्लीय पन नियन्त्रण नहुँदा हामी रोगको सिकार हुने हुँदा क्षारीय एसिड-बनाउने खाद्य पदार्थलाई क्षारीय खाद्यहरूको साथ प्रतिस्थापन गर्नाले हाम्रो स्वास्थ्यमा सुधार गर्न र सबै प्रकारका रोगहरूसँग लड्न सहयोगी बन्दछ। वास्तविकता के हो भने हामीले खाने खानाको हाम्रो शरीरको तरल पदार्थको पिएच मानलाई परिवर्तन गर्ने क्षमता राख्छ। शरीरको पिएच मानलाई शरीर अनुकूल हुने गरी आफूले खाने आहार बाट नियन्त्रण गरी हामी स्वस्थ रहन सक्ने हुँदा खाना लाई रोग लाग्नै नदिने ओखातिको रूपमा उपयोग गरौँ भन्ने आयुर्वेदिक मान्यता स्थापित भएको देखिन्छ।

 

मेटाबोलिज्म अथवा पाचन प्रक्रियामा खाना ऊर्जामा रूपान्तरण हुन्छ। जसलाई अयुर्बेदमा आगो सँग तुलना गरिएको हो। आगोले जलाउने प्रक्रिया होस् वा पाचन प्रक्रिया जहाँ रासायनिक प्रतिक्रिया समावेश छ। ठोस र द्रव्यमान  तोडिन्छ। चीजहरू जल्दछ। आगोले जल्दा खरानी रुपी अवशेष पछाडि छोडिन्छ। पचेको खानाले आन्द्रामा “दिशाको” अवशेष छोड्छ। तन्तुमा मेटाबोलिक फोहोर पैदा गराउँछ। मेटाबोलिक फोहोर क्षारीय भए क्षारीय, तटस्थ भए  तटस्थ र अम्लीय भए  अम्लीय गुण नै हाम्रो शरीरलाई दिन्छ।

 

हामीले खाने खाना कुनै अम्लीय, कुनै क्षारीय र कुनै तटस्थ रहने मानिन्छ। जसमा मासु, कुखुरा, माछा, डेरी, अण्डा, अन्न, रक्सी आदि एसिडिक हुने, सबै प्राकृतिक चिल्लो पदार्थ, स्टार्च, प्राकृतिक न्यून प्रसोधित गुलियो पदार्थ र पानी प्राय तटस्थ रहने र फलहरू, नटहरू, फलहरू, र गेडागुडीहरू प्राय: क्षारीय हुने मान्यता छ।

कोभिड -१९ जस्ता सङ्क्रमण विरुद्धको उपयोगी खानपान र त्यसको चुरो वैज्ञानिक आधार:

९० प्रतिशत कोभिड-१९ सङ्क्रमितहरूको लागि  कोरोना रोग सामान्य रुघा लाग्ने र ज्वरो आउने रोग हो। उनीहरूलाई शरीरका अङ्ग दुख्ने, घाँटी दुख्ने र टाउको दुख्ने समस्या हुन पनि सक्छन् नहुन पनि सक्छ। मानिसको शरीरमा ज्वरो आउनु वा असहजता महसुस हुनु उसमा प्रतिरक्षा प्रणाली सक्रिय हुनुको लक्षण हो जति बेला शरीरको प्रतिरक्षा प्रणालीले साइटोकाइन नामक प्रोटिन परिचालन गर्दै सङ्क्रमणसँग सङ्घर्ष गरिरहेको हुन्छ। कोभिड-१९ को भाइरस पनि शरीर बाहिरको तत्त्व भएकाले त्यो विरुद्ध प्रतिरक्षा प्रणाली सङ्क्रमण बिरुद्धने गर्छ।

 

जब प्रतिरक्षा प्रणाली पुरै सक्रिय हुन थाल्छ। तब शरीरमा अधिक पीडा हुने र तापक्रम बढ्ने अर्थात् ज्वरो आउने गर्छ। सङ्क्रमण सुक्खा खोकी लाग्ने हदमा पुग्दा भाइरसहरू शरीरको कोषहरूमा विस्तारित बनिसकेका हुन्छन्। कसै कसैमा खकार आउने पनि हुन थाल्छ। यस्ता लक्षणहरूमा बिरामीलाई ओछ्यानमा आराम गर्न लगाइ पर्याप्त झोल कुराहरू र प्यारा सिटामोल खान दिइन्छ। यो अस्पताल गएर उपचार गराउन आवश्यक पर्ने अबस्था हैन। प्रतिरक्षा प्रणाली सक्रिय भएका कारण अधिकांश बिरामीहरूमा लगभग एक हप्ता सम्म यस्तै लक्षणहरू देखिने र शरीरले आफ्नो उपचार आफै गर्छ र उनीहरु निको हुन पुग्छन।

 

शरीरको प्रतिरक्षा प्रणाली कमजोर रहेका केही सीमित बिरामीको हकमा भने कोभिड-१९ भाइरसको सङ्क्रमणले अली गम्भीर प्रकृतिको समस्या उत्पन्न गराईदिन सक्छ।

 

कोभिड-१९ भाइरसको सङ्क्रमणले दिने प्रभाव धेरै गम्भीर हुँदै गयो भने भाइरसविरुद्ध प्रतिरक्षा प्रणालीको अधिक सक्रियताका कारण शरीर भर फैलिन जाने रसायनका कारण शरीरमा झन् धेरै जलन हुन सक्छ। जसको सावधानीपूर्वक सन्तुलन मिलाउन नसक्दा जलन झन अधिक धेरै हुन पुग्दा  शरीरका अन्य भागमा समेत गम्भीर क्षति पुग्न सक्छ। शरीरमा धेरै जलन हुँदै गर्दा शरीर भित्र के भइरहेको छ भन्ने सम्म थाहा नहुने गरेको, कतिपय मानिसले खानको स्वाद नै थाहा नपाउने बनेको समेत भेटिएको छ।

 

फोक्सोमा हुने जलनमा जलन कम गर्ने क्रममा एलभीओलाइ अथवा रगतसँग अक्सिजन मिसिने र रगतमा भएको कार्बनडाईअक्साईड बाहिर जाने सा-साना नसा-युक्त कोठाहरू पानीले भरिन थाल्छन। श्वास – प्रश्वास अवरुद्ध हुने र सास फेर्न कठिन हुने अवस्था निम्तने गर्छ।  सम्पूर्ण अवस्थाको बिरामीहरूमा देखिने साझा समस्यामा सङ्क्रमणका बेला रगतमा स्वतः बढ्न जाने अम्लीयपनका कारण रगतमा अक्सिजन घुल्ने क्षमता घट्नुका कारण शरीरको प्रतिरक्षा प्रणाली कमजोर बनिदिने स्थिति पैदा हुनु रहेको छ।

 

कोभिड-१९ जस्तो भाइरसका लागि रोगसँग लड्ने क्षमतालाई सन्तुलन गर्ने जरुरी हुन्छ। त्यो भनेको आफ्नो खानपान बाट शरीर लाई क्षारीय बनाउने र रगतमा अक्सिजन घुल्ने वातावरण पैदा गरी एक तर्फ शरीरको प्रतिरक्षा प्रणाली सक्रिय पार्ने र अर्को तर्फ  प्रतिरक्षा प्रणाली सक्रिय रहेको बेला उत्पन्न हुने जलनको न्यूनीकरण गर्न सहयोग गर्ने बस्तुहरूको आपूर्ति गरी शरीर भित्र नियमित रूपमा लाई आफ्नो रोग आफैले निको पार्ने पद्दति लाई सहजीकरण गरिदिनु नै हो। वैज्ञानिक रूपमा हेर्दा त्यो गुण हाम्रा भान्छामै पाइने बेसार, अदुवा, अश्वगन्धा, तुलसी, टिम्मुर, मरीच, पिप्पली, दालचिनी, अमला, कागती, जिरा, लसुन, मह, अलैची, सुकमेल, ल्वांग, खुर्सानी आदि वाट प्राप्त गर्न सकिन्छ। हाम्रा रैथाने आयुर्वेदिक ओखती हरूमा त्यो क्षमता रहेको भेटिएको छ। उचित खाना, आयुर्वेदिक सप्लिमेन्ट र योग पद्दति मार्फत मानसिक तनाव हटाउने प्रक्रियाबाट कोरोना सङ्क्रमित लाई कोरोना मुक्त गराउन हाम्रा आयुर्वेदिक चिकित्सकहरू सफल बनेका छन्।

 

सामान्यतया  ८० प्रतिशत केसमा सबै प्रकारका भाइरसको सङ्क्रमण हाम्रो शरीरले आफै निको बनाउँदछ। आयुर्वेदको उपचार पद्दति शरीरमा भाइरसको सङ्क्रमण हुदा समेत स्व-हिलिङ्ग पद्दति सहजीकरणमा उत्कृष्ट भेटिएको छ। सामान्य बिमारी देखि गर्भवती  महिला, डायलाईसिस गरेका, प्रेसर, सुगरसँगै कोरोना सङ्क्रमण भएका हरुको कोभिड-१९ जस्तो भाइरसको  उपचारमा समेत यो पद्दति अन्य भन्दा अब्बल भएको अनुभव सङ्क्रमित हरुको छ।

 

गुर्जो,  बोझो,  असुरो,  सुठो लगायतका प्राकृतिक रूपमा आउने आयुर्वेदिक जडीबुटीको सेवन, अश्वगन्धा, गुडुची यष्ठीमधु र त्रिकुटु (सुठो, मरिच, पिप्ला), पाति, चिराइतो, करेलो आदिको चिया  कम्युनिटी पावर सन्तुलन गर्न उपयुक्त भेटिएको छ। त्यसैले त  विश्वभर अलोपेथिक उपाय अपनाउने हरुले रोग निको गराउन कम्तीमा १२ दिन लगाउने गरेको रेकर्डहरू आयुर्वेद चिकित्सामा सात दिनमा सीमित गर्न सकेको अनुभव आयुर्वेद कर्मीहरूको छ।

 

रोग लाग्न बाट बच्न भेट हुँदा अँगालो मार्नुको सट्टा नमस्कार गर्ने, मुखमा मास्क लाएर नजिकै बसी कुरा-कानी गर्नु भन्दा अर्को व्यक्तिको चार हात बित्ता टाढै रहेर जरुरी कुरा कानी सम्पन्न गर्ने हाम्रो परम्पराले इंकित गरेको उपाय कोभिड-१९ को सङ्क्रमण हुनवाट बच्न अति उत्तम उपाय रहेको प्रमाणित भएको छ।

वैज्ञानिक रूपमा हाम्रै भान्सामा नियमित उपलब्ध हुने मर-मसला, फलफूल र सिदनहरुको कस्तो मेटाबोलिक क्षारीय पिएच अथवा स्व-हिलिङ्ग क्षमता दिन सक्ने खुबी राख्छ भन्न कुराले तिनीहरूको औषधीय मूल्य प्रस्ट पार्छ। हाम्रा यी  रैथाने खाना कसरि फगत खाना मात्र नरहेर औषधीय मूल्यका जडीबुटी हुन् भन्ने प्रश्नको उत्तर समेत चित्रमा उल्लेख गरिएका डाटाले दिन्छ। यही डाटा किन हाम्रो आयुर्वेदिक चिकित्सा पद्दति हिजो पनि उत्कृष्ट थियो र अबको नयाँ पुस्ताको समेत सबैभन्दा रोजिएको विषय बन्ने छ भन्ने अवस्था इङ्गित गर्न पर्याप्त छ।

 

आयुर्वेदिक पद्धतिको प्रभावमा विकास भएको हाम्रो परम्परागत खानामा किन जङ्गली वा मार्सी चामल पहिलो, बासमती चामल र ढिकीमा कुटेको ब्राउन राइस दोस्रो, खीर तेस्रो र चामल चौथो र गहुँ तथा पास्ता अन्तिम छनौटमा परे त्यसको उत्तर पनि यहाँ भेटिन्छ।

दूध, माछा र अण्डा निकै उत्कृष्ट र मानिने राम्रो खानको आधार बारे यसले प्रस्ट उत्तर हामीलाई दिन्छ। त्यस्तै हाम्रो परम्परागत  छनौटमा किन पहिले खसीको मासु अनि कुखुरा खाने चलन बस्यो त्यो पनि यहाँ बाट केही उत्तर मिल्छ।  मासु आफै अम्लीय रहेको अवस्थामा किन पश्चिमा हरुको जस्तो बोईल वा रोस्ट होइन मसलेदार तन्दुरी वा खसी वा कुखुराको मासु रोजियो त्यसको जबाफ यहाँ छ।  मासु, सुप आदि त्यसको तागत, भिटामिन र मिनिरल यानेकि पोषणको लागि खानै पर्दा मसलेदार गरी दिँदा स्वाद आउने मात्र नभई यसलाई क्षारीय वातावरण दिन सक्ने औषधीय रूपमा ढाल्ने हाम्रो रैथाने प्रविधिको वैज्ञानिक आधार यहाँ आएर स्पष्ट हुन्छ।

मासुमा च्याङ्ग्रा वा खसी वा मृग वा बनेल हाम्रो प्राथमिकता पर्नुको मुख्य कारण मेटाबोलिक पिएचका अतिरिक्त मनोबैज्ञानिक स्वस्थ सँग सरोकार राख्ने फाइटोकेमिकलको आधार समेत रहेको बुझिन्छ। जस्तै: जुन जुन हर्बलहरू च्याङ्ग्रा वा बाख्राले खाने गर्छ ती प्राय उच्च औषधीय गुणको रहने र तिनीहरूको मासु समेत उच्च औषधीय गुण युक्त फ़्लेभोनोइड़ युक्त रहनु स्वोभाबिक रहेकोले यिनीहरू हाम्रो परम्परागत छनौटमा पहिलोमा चुनिएको बुझिन्छ। परम्परागत रूपमै किन सेतो हैन न्यून प्रशोधन गरिएको गुण खानु उत्तम भनियो त्यसको समेत यहाँ प्रष्टता झल्कन्छ।

 

समग्रमा भन्दा हाम्रा खाना जे छन् कोभिड-१९ को सङ्क्रमणको संदर्बमा तिनै मद्धे जे रुच्छ त्यही खान उपयुक्त छन्। मात्र आयुर्वेदिक चिकित्सकहरू ले बताएको उपाय अपनाउने र आफूलाई खुसी र धन्य राख्ने गर्दा यो महामारी भनिएको रोगको विरुद्ध हामी सजिलै भिड्न सक्छौ । यहाँ न त आत्तिनु न त मात्तिनु पर्ने कुनै कुरा देखिन्छ। आफ्नो रैथाने ओखती र चिकित्सा पद्दति लाई समय मै चिनौँ। हाम्रो नयाँ पुस्ताको भविष्यमाथि खेलबाड गरिरहेको आयातित कु-ज्ञानको संसर्ग बाट बचौँ, समाज लाई बचाउ।

 

WRITE COMMENTS FOR THIS ARTICLE