मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

के थियो पहिलो ज्ञान भेलाका उद्देश्य र उपलब्धि ?

नारायण घिमिरे, खाद्य तथा औषधि विज्ञ।

विभिन्न आरोह अवरोह बिच अमेरिकी क्षेत्रको आइसिसी रिजनल ज्ञान भेला भर्खरै सम्पन्न भए लगतै विज्ञ भेला डिक्लारेसनमा केहिबिचारहरु राख्न एनआरएनए क्यानडाले मलाई औपचारिक अनुरोध गर्‍यो।  धेरै मानिसहरूले हेर्ने उक्त भेलामा अरू बेला जस्तो तत्काल मनमा जे आयो त्यही बोल्नु स्वयम सम्पूर्ण नेपाली डायस्पोराको मान मर्दन हुन्थ्यो। अमेरिकाको सनफ्रान्ससिस्को वाट गौरी जोशीजी हरुको आयोजना र रुद्र अर्याल तथा टिमको सक्रियता बाट सुरु भएको यो भेला क्यानडाको दोस्रो विज्ञ भेला सम्म आउँदा प्राविधिक रूपमा के के प्रगति हाता लागे भन्ने समीक्षा बिना बोल्नु  मेरा लागि गम्भीर नैतिक सङ्कटको अवस्था थियो। उपलब्ध डाटा र यथार्थ उपलब्धिका बारे पुनरावलोकन  गर्ने क्रममा मैले जे कुराहरू देखे जस्ताको तस्तै यहाँ राखिदिने जमर्को गरेको छु। यसको मुल्यांङ्गकन गर्ने जिम्मा तपाई पाठकहरू मै छोडी दिन्छु।

प्राय स्कुल र कलेजका पाठ्य पुस्तकहरूमा पढ्न नपाइने र संलग्न नगरिने विषय “हरेक मुलुकको आफ्नो अवस्था अनुरूप कस्ता गतिबिधिहरु उक्त मुलुकको विकासको लागि रामबाण बन्छ” भन्ने विषयमा  इनोभेसनको आफ्नै सिद्धान्त छ। मुलुक अल्प विकसित छ भने जोड रोजगारी पैदा गर्ने विषयमा लगाउनु पर्छ। मुलुक कम आयको सिकार बनेको छ भने मुलुकको आय आर्जन हुने विषयमा विविधता खोजिनु पर्छ। मध्य आय रहेको मुलुकको लागि परिष्कृत उद्योग र कुशल रोजगार योजना प्रगतिको सहयोगी बन्छ। उपल्लो स्तरको  मध्य आय रहेको मुलुकको लागि भने उच्च प्रविधिमा आधारित गहन उद्योग आफ्नो नियमित उन्नतिका भरेङ्ग बन्ने गर्छन।

संसारको आधुनिक उत्पादनहरू को समेत सदुपयोग गरी उन्नत प्रविधिको स्वाद चाखिसकेको तर आफू भने अल्प विकसित बाट कम आय रहेको मूलक बनिरहेको नेपालको लागि एनआरएनए जस्तो संस्थाले नेपालमा लगानी भित्राउने क्रम सँगै प्रवासी नेपालीको पहुँचमा रहेको ज्ञान, सीप र प्रविधि नेपालका विकास साझेदारहरू सम्म पुर्‍याउनु उत्पादन मूलक र प्रभावकारी हुने निचोडमा पुग्दै थियो। जति बेला जर्मनीमा जिबा लामिछाने, कुमार पन्त, बद्री केसी र हेमराज शर्माहरू यो विषयमा गम्भीर छलफलमा थिए त्यो भन्दा पहिले यो विषयमा प्रवासमा रहेका नेपाली हरुको एक भेलाले यो विषयमा गोष्ठी गरी अजीवको निष्कर्ष निकालेर सबैको पहुँचको लागि वेब साइडमा राखी दिएको थियो।

स्किल नलेज र इनोभेसन ट्रान्सफर वा स्कीको नाममा १९ जुलाई २०१४ मा अस्ट्रेलियामा सम्पन्न भएको प्राय: प्राज्ञहरूको नियन्त्रणमा वा प्रभुत्वमा सम्पन्न भएको एनआरएनए अस्ट्रेलिया एनसीसीले कार्यक्रम प्रत्यक्ष अप्रत्क्षरुपमा गैर आवासीय नेपालीहरूमा संसारमा विकास हुँदै गएको आधुनिक सीप, ज्ञान र प्रविधिमा खासै पहुँच नरहेकोले हस्तान्तरण योग्य स्किल नलेज र इनोभेसन ट्रान्सफरको क्षमता वा हैसियत राख्दैनन् र यो नेपालको लागि उत्पादन मूलक हुँदैन भन्ने निचोड लिखित र आधिकारिक रूपमै सर्ब सम्मत  घोषणा भएको थियो। त्यो सन्दर्भमा अध्ययन र कार्य दक्षतामा विज्ञ भएका नै किन नहुन गैर आवासीय व्यापारीको बिल्ला भिराइने गरेका यसका अग्रज हरुमा सायद कुनै असहजता थियो थिएन हाम्रो स्तरमा थाहा हुने कुरा भएन।

जब कुमार पन्त, डा. बद्री केसी, डा. हेमराज शर्माहरूले  जुलाई २०१४ को अस्ट्रेलियाको स्कीको निचोड भन्दा नितान्त फरक नेपाली डाएसपोराहरुको ज्ञान सीप र प्रविधिमा रहेको पहुँच लाई नेपालको विकास सँग जोड्न सकिन्छ भन्ने दृढ विश्वास बोकेको कार्यक्रम नै घोषणा गरे संसार भरका  नेपाली डाएसपोरामा नयाँ तरङ्ग पैदा गरिदियो। फलतः  अमेरिकाको सन फ्रान्ससिस्को वाट गौरी जोशीजी हरुको आयोजना र डा. रुद्र अर्याल तथा टिमको सक्रियतामा भव्य कार्यक्रम सम्पन्न भयो।

सनफ्रान्ससिस्को भेला कोशे ढुंगा साबित भयो। हाई-हाइ नर्थ अमेरिकी क्षेत्र। विभिन्न रिजनहरुमा उत्साह वर्धक रूपमा त्यस्तै कार्यक्रम सम्पन्न भए। कुमार पन्त र हेमराज शर्माहरूले नेतृत्व लिएको सबै कार्यक्रम हरुमा भवन भट्टको सबै ठाउँमा सेलीब्रिटि स्टाइलमा स्वागत पाए। अन्ततः ग्लोबल सम्मेलन भयो। नेपालका प्रधान मन्त्रीले उद्घाटन गर।  ग्लोबल ज्ञान भेलामा १९ जुलाई २०१४ मा अस्ट्रेलियामा सम्पन्न भेलामा गैर आवासीय नेपाली हरुमा विश्वमा विकास भएको आधुनिक सीप, ज्ञान र प्रविधिमा खासै पहुँच नरहेकोले हस्तान्तरण योग्य स्किल नलेज र इनोभेसन ट्रान्सफरको क्षमता वा हैसियत राख्दैनन्  भनी  लिखित निचोड आधिकारिक रुपमै सगर्व छाप्ने हाम्रा अग्रजहरुनै सक्रिय सहभागी बनिदिनु भयो।  स्कीको अध्यक्षता गर्ने अग्रजले सायद आफ्नो पुरानो मान्यता “इरर इन जजमेन्ट” हो भन्ने निचोडमा पुग्नु भयो होला , धेरै एनआरएनए काविल विज्ञ साथिहरुले आफ्नो कुरा राख्ने अवसर समेत नपाएको विज्ञ भेलामा सर्वाधिक लामो समय खर्चिने गरी २-२ वटा कार्यक्रम वा सिम्पोसियम सञ्चालन गर्नु भयो।

ग्लोबल ज्ञान सम्मेलन अत्यन्त उत्साह वर्धक बन्यो। हतारमा अलि धेरै उत्साह बोकेको त्यो सम्मेलनमा हरेक क्षेत्रमा प्रस्तुत ज्ञान भेलाका निचोडहरूले प्रस्तुतिको कुनै अवसर र स्थान पाएन। क्षेत्रीय भेलाका सम्मेलनहरू अन्तर्राष्ट्रिय रूपमा नयाँ तरङ्ग दिन सफल बन्यो। तर क्षेत्रीय भेलाका रिपोर्ट र आउटकमहरु सबै बालुवामा पानी हाले जस्तै बनिदिए। त्यो परिस्थिति बारे बुझेका अमेरिकी क्षेत्रका विज्ञ साथीहरूले आफ्नो रिपोर्ट प्रधानमन्त्री लाई आफै प्रत्यक्ष बुझाए। यो गम्भीर त्रुटिको समस्या  क्षेत्रीय ज्ञान भेला हुँदै गर्दा केन्द्रीय ग्लोबल ज्ञान भेला समेत समानान्तर सञ्चालन गरिनु र मात्र केन्द्रीय भेला सक्ने जमर्कोमा क्षेत्रीय भेलाहरूको महत्त्व र मूल्यको सही समयमा आकलन हुन नसक्नु थियो।  त्यो यथार्थता जति बेला एनआरएनए ग्लोबलमा महसुस भयो त्यो बेला निकै समय गुज्री सकेको थियो। अब दोस्रो ग्लोबल ज्ञान सम्मेलनले त्यो प्राविधिक त्रुटि सच्चाउने छ भने आशा गरौँ।

जति बेला क्यानडामा उत्साह वर्धक रूपमा दोस्रो विज्ञ भेला सम्पन्न भयो र समापनको अवसरमा पहिलेका भेलामा के के निचोड निक्लेको थियो र त्यसको कार्यान्वयन पक्ष के रहयो समीक्षा हुनु जरुरी थियो। समीक्षाको क्रममा देखिएको सबैभन्दा पहिलो उपलब्धिमा पहिलो पुस्ताका एनआरएनए ग्लोबलका नेताहरुले संसार भर रहेका डाएसपोरा प्राज्ञ / विज्ञ भनेर चिन्ने र  एनआरएनए ग्लोबललाई दरिलो प्रभावमा लिने हैसियत बनाउनु भएका हाम्रा अग्रजहरूलाई  संसार भर छरिएर रहेका नेपाली प्राज्ञ तथा विज्ञहरू आजको विश्वको अत्याधुनिक ज्ञान सीप र प्रविधिमा प्रत्यक्ष पहुँचमा समेत छन् र उनीहरूको पहुँचमा रहेका मध्ये हाल नेपालको आवश्यकतामा रहेको विभिन्न ज्ञान, सीप र प्रविधि नेपालका विकासका  साझेदारहरू सम्म पुर्‍याउन हाम्रा प्राज्ञ तथा विज्ञहरू साझेदारी माध्यम बन्न सक्छन् भन्ने विश्वास दिलाउन सक्नु हो। जुन लगभग ७५% कार्यको सम्पन्नता मान्नु पर्छ।

हाम्रा अग्रजहरूको पुरानो सम्मेलनले निकालेको निचोड हाल कायम नरहेको मात्र तत्कालीन सत्यतामा सीमित विषय हो कि हैन भन्ने नियतमा एनआरएनए ग्लोबलले वास्तवमा संसार भर कति नेपाली विज्ञहरू छन् पहिचान गर्ने र उनीहरूको ज्ञान, सीप र प्रविधिको पहुँच कुन माध्यमबाट सजिलै नेपालका विकास साझेदारको पहुँच सम्म पुर्‍याउन सकिनछ भन्ने उत्तम उपायको पहिचान गर्ने चुरो उद्देश्य बोकेको सम्मेलन आफ्नो उद्देश्य प्राप्तिमा पूर्ण सफल बनेको देखिन्थ्यो। किनकि डाएसपोरा रिटर्न, भर्चुअल  रिटर्न र ज्ञान  र प्रविधिको  साझेदारी केन्द्रका मोडलहरू पहिचान मात्र हैन प्रयोगमै आएका थिए। सरकार बाट आधिकारिक रूपमै ब्रेन गेन कार्यक्रम, नास्ट जस्ता संस्थाले ब्रेन सर्कुलेसन थ्रो एनआरएनस, प्रदेश हरुमा ज्ञान इन्कुबेटर, आइडिया इन्कुबेटर, नगरपालिका हरुमा इनोभेसन केन्द्र आदि स्थापना हुनुले यसको प्रभावको पुष्टि गरिदिन्थ्यो। त्यो बाहेक अन्य के के भए त भन्ने पनि गहिरिएर जान्नु जरुरी थियो।

गहिरिएर हेर्ने हो भने झलक्क हेर्दा देखिने र बजारमा भनिने जस्तो पहिलो ग्लोबल नलेज कन्फरेन्स मात्र कन्फरेन्सको लागि कन्फरेन्सको हैसियतमा सीमित भएर सम्पन्न भएको थिएन। विज्ञ भेलामा उठेका धेरै गहन विषयहरू  सरकार सम्म पुग्यो। यो सानो लेखमा भेटेका सबै संलग्न गर्न सम्भव छैन। तर मुख्य मुख्य र निकै ठुलो रड नैतिक मूल्य रहेका विषयहरू  मैले तल उल्लेख गरेको छु।

हामी सबैलाई थाहा भएको यथार्थता के हो भने एनआरएनएको अभियानमा सहभागी हुन चाहने नेपाली डायस्पोराका ज्ञान, सीप र प्रविधिमा रहेको पहुँच मद्धे  नेपालको तत्कालीन विकास साझेदारहरूको जरुरत बनेको ज्ञान, सीप र प्रविधिमा एनआरएनएको ध्यान पुग्न जरुरी थियो।  हामीवाट आस गरिएको ट्याक्टरमा फिट हुने मेसिनको माग न त रकेटको इन्जिन दिएर न ठेल्गाड़ाको चक्का उपलब्ध गराएर पूर्ति गर्न सकिन्थ्यो। यति सामान्य कुरा पनि हाम्रा डायस्पोरा साथीहरू बिच हामीले प्रस्ट पार्न नसक्दा हामीले प्राविधिक असहजता भोगिरहेका थियौ। सँगै आफ्नो मातृ भूमिको झन्डा देख्दा होस् वा सेवा हुने अवसर मिल्दा जस्तोसुकै अवरोध र विषम परिस्थिति बिर्सेर सेवा गर्ने अवसर ग्रहण गरिहाल्ने डिएनए बाट निर्मित नेपाली  डायस्पोराहरूको सहयोग यस्ता कार्यक्रमहरूले सोचे भन्दा धेरै उत्कृष्ट नतिजा दिन सफल भएको देखिन्थ्यो।

तत्कालीन नेपालको तितो यथार्थता के थियो भने मुलुक ९३% आयात गर्ने र मात्र ७% निर्यात गर्ने गर्थ्यो। जुन मुलुकले ९३% आयात गर्छ त्यसको मतलब हुन्थ्यो, त्यो मुलुकमा औधोगिकीकरणको सामान्य फुट प्रिन्ट पनि बसिसकेको छैन। जुन मुलुकमा औधोगिकीकरणको सामान्य भन्दा सामान्य फुट प्रिन्ट पनि बसेको छैन त्यहाँ अधिक एडभान्स कुनै स्पसलाइश स्किल होइन सामान्य भन्दा सामान्य सीप,ज्ञान र प्रविधिको धेरै टट्कारो जरुरत छ।

जसको लागी मुलुकले स्थानीय कच्चा पदार्थ र श्रममा आधारित उद्यमशीलतामार्फत हाताहाती प्रतिफल दिलाउन सक्ने धेरै ‘इनोभेटिभ कम्पनी’ र संस्थाहरूको स्थापना खोजेको छ । त्यस्ता ‘इनोभेटिभ’ कम्पनी र संस्था स्थापनाको अनिवार्य पूर्वाधार पुरा गर्न एकातर्फ प्राविधिक शिक्षालय, विश्वविद्यालय र अन्य अनुसन्धान संस्था मार्फत ‘इनोभेटिभ कम्पनी’ र संस्थाका लागि जरुरी हुने पर्याप्त दक्ष तथा अर्धदक्ष जनशक्ति उत्पादनको जरुरत छ।

यो संदर्बमा प्रवासमा रहेर प्रवासी नेपालीले आफूले सिकेको सेफ, कुक, वधशाला, प्लम्बिङ्ग, कृषि उत्पादन, पशुपालन, प्रशोधन, नर्सिङ, टेक्निसियन, एप बनाउने लगायतका आइटीका क्षेत्र, रैथाने वनस्पति, जडीबुटी र जीवाणु आदिमा आधारित स्वरोजगार मूलक सीप ज्ञान र प्रविधिको उपलब्ध गर्न सक्दा यस्ता भेलाहरू उपलब्धि पूर्ण हुन्छ भन्ने कुरा कार्यक्रमको चुरो डिजाइनमा जुरेका डा. रुद्र अर्याल, डा. आमोद पोख्रेल, डा. हेमराज शर्मा,  डा. बद्री केसी लगायतका धेरै विज्ञहरू अपरिचित थिएनन।

उनीहरू सकेसम्म व्यवहारिक विषय बस्तु समेट्ने नीति हुँदाहुँदै पहिलो कार्यक्रममा धेरै प्राज्ञहरूले दिने प्रकारका  कार्यपत्रहरू प्राप्त भए। लागे पुगे र मिले सम्म विज्ञहरूले प्रस्तुत गर्ने प्रकारका कार्यपत्रहरू समेत समावेश गर्न जोड दिइयो। कार्यपत्रहरू प्राज्ञ होस् वा विज्ञ बाट आएको होस दुवैले सम्मेलनले लिएको विज्ञ हरू पहिचान गर्ने र प्रवासमा रहेका विज्ञहरूमा नेपालको तत्कालीन आवश्यकता पूर्ति गर्ने प्रकृतिको के के विषयका कस्तो कस्तो क्षमता रहेछ भन्ने निर्क्योल गर्न सहयोग पुग्थ्यो।  आफ्नो उद्देश्य बुझेको डा. रुद्र अर्यालको टिमले सबैलाई सहभागी गराउँदै आफ्नो निचोड निकाल्न सक्यो। सनफ्रानसिस्कोको अनुभव अन्य क्षेत्र र केन्द्र लाई समेत सहयोगी बन्यो।

२०१८ मा ज्ञानमा आधारित अर्थतन्त्र बनाउन सहजीकरण गर्ने उदेश्य रहेको भन्दै ग्लोबल ज्ञान भेलामा ४ प्लेनरी, १५ सिम्पोसियम र २७ सेसन चलेका थिए। जसमा १६६ विज्ञ र ७८  प्रतिष्ठित प्यानल सदस्य हरुले आफ्नो प्रस्तुति दिएका थिए। २१ देश बाट ५०० हाराहारीमा सहभागिता भएको थियो। यसरी सबै क्षेत्रमा भएका क्षेत्रीय सम्मेलन पश्चात् बसेको ग्लोबल ज्ञान भेलाले औपचारिक रूपमा २३ बूँदे सिफारिस तैयार गर्‍यो। प्राविधिक रूपमा हरेक क्षेत्रका आफ्नै विज्ञता अनुरूपको  सिफारिसका सेतो कागजहरू सरकार समक्ष पुगेको थियो। सिफारिसमा परेका र सरकार सम्म पुगेका तल बुँदागत रूपमा उल्लेख गरिएका कुराहरू त्यसपछि आएको सङ्घीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारका नीति, योजना तथा कार्यक्रमहरूमा आएको देखियो।  ती कार्यक्रमहरू नेपालकै सरकार र विज्ञहरूको सहमतिमा र सक्रियतामा आएका थिए।

नेपाल सरकारको कार्यक्रमहरू एनआरएनएको सरकारलाई दिएको रिपोर्टमा पनि हुनु संयोगले परेको काग ताली थियो वा ज्ञान भेलाहरुको समेत सल्लाहको उपज थियो त्यो सरकार र स्थानीय निकायले महसुस गर्ने कुरा हो। जहाँ सम्म एनआरएनएका औपचारिक भेलाहरूमा नेपालका परराष्ट्र मन्त्री माननीय प्रदीप ज्ञवालीको स्वीकारोक्ति र विचार हरुमा सरकारले एनआरएनएका साथीहरूले दिनुभएको हरेक मुल्यवान सुझाव लागु गर्न कहिल्यै नचुकेको अभिव्यक्तिले भने उल्लेखित कुराहरू नेपालमा लागु हुनुमा विगतको ज्ञान भेलाको समेत भूमिका रहेको नकार्न सकिने अवस्था रहेन।

  1. डायस्पोरा र नेपाल सरकार र सरकार लाई सहयोगी विकासका साझेदारहरू बिच सहकार्य गर्ने सुझाव अन्तर्गत नेपाल सरकार आफैले यसको परिपूरक हुने गरी ब्रेन गेन सेन्टर कार्यक्रम ल्याएको छ। नास्टले ब्रेन सर्कुलेसन थ्रो एनआरएन कार्यक्रम घोषणा गरेको छ। जसलाई प्रदेस सम्म पुर्याउने योजना गरिएको छ। महावीर पुनको इनोभेसन केन्द्रले डायस्पोराको सहयोगमा धेरै काम हरू सम्पन्न गरेको छ। जसमा भेन्टिलेटर, पिपिई बनाउने देखि नेपाली उत्पादनमा आधारित नेपाली जिन जर कोला ड्रिङ्क आदिको विकास गरेको छ। पहिलो पटक नास्टले प्रविधि विकास र अनुसन्धानमा साना उद्यमीलाई इनोभेसनमा ग्रान्ट सहयोग उपलब्ध गराएको छ।
  2. एनआरएनए आफैलाई आफ्नै संरचनामा सुधार गरी आफ्ना कार्यक्रम लाई उपलब्धि मूलक प्रभावकारी बनाउन  दिइएको सुझाव अनुरूप संस्थागत संरचनामा सुधार गरिएको छ। संस्थाको निकायको रूपमा विभिन्न नामका स-साना समूह वा प्रतिष्ठान खोल्ने तर संस्थाकै जानकारी बिना छुट्टै प्यारलल गतिविधि चलाउने, आफ्नो निजी व्यवसायको हितको लागि एनआरएनएका सदस्यहरुको मान्यता विपरीत सरकारी सुविधा माग्न जाने, निजी जागिर वा कामको लागि संस्था दुरुपयोग गर्न खोज्ने, आफू र आफ्नो आफन्त बस्ने अनि आफैले आफैलाई एनआरएनएको थिङ्क ट्याङ्क घोषणा गर्ने, नेपाल सरकारका योजना आयोग लगायतमा अनधिकृत राय बुझाउन तम्सने आदि विकृतिहरू रोक्ने काम भएको देखिन्छ। एनआरएनएका विभिन्न समिति र कार्यक्रम हरुमा दशकौँ देखि उही अनुहार फरक फरक नाम धारी विज्ञको रूपमा देखिने, जसका कारण नयाँ र प्रतिभाशाली मुलुकको लागि उल्लेखनीय काम गर्न सक्ने पुस्ताको पहुँच बाहिर पुगेको संरचना र अवसर क्रमशः सुध्रँदै गएको छ। नेपालमा प्रधान मन्त्रि स्तरबाट अर्थविद चैतन्य मिश्रको अध्यक्षतामा गठित नीति विकास नियोगको आबस्यकताको पहिचानमा समेत विज्ञ प्रबासी नेपालीको भूमिका देखिन्छ।
  3. सरकारको हालै बनेको विज्ञान तथा प्रविधि नीति बनाउने क्रममा एनआरएनएको प्रत्यक्ष सल्लाह सुझाव मागिएको थियो। जुन ज्ञान भेलाको मुख्य सिफारिस अन्तर्गत परेको थियो।
  4. केन्द्र, प्रदेश र नगर तथा गाउँ स्तर सम्म स्थानीय उत्पादनमा आधारित आयात प्रतिस्थापन गर्ने सीपमूलक तालिमका असङ्ख्य तालिम कार्यक्रम ल्याएको छ।
  5. ज्ञान भेलाको सिफारिसमा परे अनुरूप सीप युक्त मानव संसाधन विकास गर्न हरेक गाविसमा कम्तीमा एक प्राविधिक शिक्षालय, युगको माग अनुरूप शैक्षिक जनशक्ति तैयार गरिने, प्राविधिक र ब्यवशाहीक शिक्षाको बिस्तार गरिने, हरेक प्रदेशमा एक विश्व विद्यालय बनाउने, छिन् सँग हर्बल र चाइनिज ट्रेडिसनल मेडिसिन र आयुर्वेदिक महत्त्वको हर्ब्सहरुको उधोकिकरणमा सहयोग सम्झौता हुने, आयुर्वेद र युनानी तालिम तथा अनुसन्धान केन्द्र आदि बनाउने काम भएको छ। प्रदेश ५ सरकारले आवश्यक प्राविधिक मानव पुजी निर्माण गर्न विज्ञान, प्रविधि, गणित र इन्जिनियरिङ (स्टिम) विषयलाई संस्थागत गरी विद्यालय शिक्षालाई रूपान्तरण गर्न ५ करोड विनियोजन गरी काम सुरु गरेको छ। युवा हरुको सीप स्तरोन्नति लागि प्राविधिक शिक्षालयहरू सँग सीपमूलक तालिमको लागि केन्द्र, प्रदेश र स्थानीय सबै निकायमा के हि न केही बजेट र रकम राखिएको छ। नेपाल फर्केका युवा हरुको लागि तालिम र व्यवसाय गर्न सहुलियत ऋण समेतको घोषणा गरेको छ।
  6. नेपालको प्रत्यक्ष हितमा पुग्ने गरी प्रवासमा प्रवासी नेपालीले गरेको अनुसन्धान तथा इनोभेसनको नेपालको लागि समेत विकासको अवसरको रूपमा सदुपयोग गर्न ४५ स्थानमा औद्योगिक ग्राम स्थापना गर्ने, सार्वजनिक जग्गा हरुको संरक्षण गरी आय मूलक काममा प्रयोग गर्ने, कम्पनी दर्ता र खारेजी प्रक्रिया सहज गर्ने, निर्यात मूलक उद्योग लाई प्रोत्साहन र संरक्षण दिने, सबै प्रदेशमा जडीबुटी प्रशोधनको व्यवस्था गर्ने, बन उत्पादन लाई उधम्शील गर्ने,  इनोभेसन कार्यक्रम लागु गर्ने, स्टार्ट आप फन्ड, च्यालेन्ज फन्ड, टेक्नोलोजीको प्राथमिकता तोक्ने, विज्ञान सिकाई केन्द्र खोल्ने र उधम्सिलाता विकासका कार्यक्रमहरू ल्याइएको छ। जस अन्तर्गत राष्ट्रपतिको स्तरबाट गैर आवासीय नेपालीको ज्ञान, सीप, पुजी र प्रविधिलाई राष्ट्रिय विकासमा उपयोग गरिने भनी संसद्मा घोषणा (क्लज २८३, सरकारको नीति तथा कार्यक्रम २०२०) आएको छ। साथै विदेशमा जोखिममा रहेका नेपालीको संरक्षण र उद्धार मा  गैर आवासीय नेपालीको सहायो लिइने समेत घोषणा आएको छ।
  7. पूर्वाधार विकास कार्यक्रमहरू सुरु मात्र गरिएका छैनन् इतिहासमै कतिपय ठुला पूर्वाधारविकास कार्यहरू समय पहिले सम्पन्न भएर सरकारलाई हस्तान्तरण भएका देखिन्छन। पुराना क्रोनिक र अदालती हस्तक्षेपका कारण अलमलिएका लाखौँ पूर्वाधार विकासका योजनाहरूको ढिला सुस्तीको जरो पहिल्याउँदै समस्या निदान तर्फ भरोसा योग्य प्रगतिका लक्षण देखिएको छ।
  8. सुधारिएका, आधुनिक र अत्याधुनिक योजनाहरू लागु हुने क्रम बढ्दो देखिन्छ।
  9. सोलर, हावा, हाइड्रो, बायो ग्यास जस्ता वातावरण मैत्री दिगो ऊर्जाका व्यवस्थापन, लामो र छोटो समयको योजना र वैज्ञानिक सदुपयोगका नीति हरू आएका छन्। फोहोर लाई ऊर्जामा परिवर्तन गर्ने, ऊर्जा खपत काम गर्ने प्रविधि र उपाय बारे गहिरो अध्ययन र नीति निर्माण कार्य अघि बढेको देखिन्छ।
  10. मुलुक र माटो सुहाउँदो स्मार्ट इञ्जिनियरिङ्ग र प्रभावकारी ऊर्जा उत्पादन सञ्चय र उपयोगमा उल्लेखनीय काम भएका छन्।
  11. जरुरत पूर्ति हुने गरी खाद्य उपलब्धता, स्वस्थ वर्धक सुरक्षित खाना आदिको व्यवस्थापनको लागि नयाँ ऐन, कानुन र निर्देशिका हरू आएका छन्। नयाँ फुड एन्ड ड्रग एड मिनिस्ट्रेसनको गठन गर्ने क्रम जारी छ।
  12. एग्रो फुड सुपर क्लस्टर बनाउने प्रस्तावको पूर्वाधार स्वोरुप प्रत्येक प्रदेश स्तरमा जडी बुटी प्रशोधन केन्द्र पुर्‍याउने, प्रदेशको योजना आयोग मार्फत समेत निजी क्षेत्रको नव प्रवर्तन, सक्षमता, श्रोत साधन तथा उधम शीलताको पूर्ण उपयोग गर्न सरकार र निजी क्षेत्र बिच आदर्श साझेदारीको मध्यम बाट राष्ट्रिय पुजी निर्माणमा गति दिन गतिविधि सञ्चालन गर्ने, ४५ वटा स्थानीय तहमा स्थापना गरिने उधोय्ग ग्रामहरू लाई नास्टको आइडिया इन्कुबेसन सेन्टर र इनोभेसन केन्द्र, उधम्धिलाता विकास केन्द्र हरू सँग जोड्ने, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा प्रविधि कोरल्ने केन्द्र (इन्कुबेसन केन्द्र) बनाउने आदि कार्यहरू सुरु भएको छ।  विदेशमा सिकेको ज्ञान र सीप हस्तान्तरणमा नेपालमा उक्त विषयको अध्यापन वा तालिम दिन जरुरत पर्ने तालिम प्याकेज नै नभएको विषय परेको सन्दर्भमा हालको सिटिईभीटि लहयात्को निकाय बाट पाठ्यक्रम स्वीकृत गर्ने विषय अत्यन्त अव्यवहारिक रहेको र त्यसको विकल्प मागिएको सन्दर्भमा गण्डकी प्रदेशमा नयाँ आविष्कार, विज्ञान र प्रविधिको अध्ययन अनुसन्धान गर्न प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान स्थापना गरी सञ्चालन गर्ने र त्यसले उक्त प्रकृतिको तालिम कार्यक्रमको गुणस्तर पहिचान गरी सिधै तालिम सञ्चालन गर्न अनुमति दिने व्यवस्था गरिएको छ।  प्रदेश स्तर सम्मै सुपर क्लस्टर विकासका लागि सरोकार वाला हरू सँग समन्वय गर्ने निकाय प्रादेशिक  योजना आयोगहरूले गर्ने, स्थानीय तह सम्म ब्रोड ब्यान्ड इन्टरनेट पुर्‍याउन पूर्वाधार बनाउने, महा विश्व विद्यालय र नव प्रवर्तन केन्द्र स्थापना र सञ्चालन गर्ने र प्राय सबै औद्योगिक सम्भावना बोकेका स्थानमा औधिगिक ग्राम निर्माण गर्न पूर्वाधार तैयार हुने काम भइरहेको छ।
  13. स्वस्थ सम्बन्धी गरिएका सिफारिसहरूमा मुलुकको जरुरतका विषयहरू लागु गरिएका छन्। निरोगी नेपाल निर्माण अभियान अन्तर्गत स्वस्थ सेवामा प्रतिरोधात्मक र उपचारात्मक विधि अवलम्बन गर्ने नीति सारिएको छ। क्षेत्रीय भेलाका मदन भण्डारी प्रौद्योगिक विश्वविद्यालय र योगमाया आयुर्वेद विश्वविद्यालय बनाउन गरिएको अनुरोध समावेश छ। आयुर्वेद, युनानी, होमियोप्याथी एबंम प्राकृतिक चिकित्सा प्रणाली प्राथमिकतामा परेको छ।  स्वस्थ सम्बन्धको ब्रिसतित जरुरत निवारणका लागि राष्ट्रिय स्वस्थ प्रत्ययन प्राधिकरण स्थापना गरिएको छ। राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत महिला स्वस्थ र उधम्शिलाताका योजना अघि सारिएको छ। न्यूनतम सेवा मापदण्ड, राष्ट्रिय चिकित्सा मापदण्ड, मीड वाइफ़रि, बायो मेडिकल उपकरण आदिबारे धेरै कार्यक्रमहरू आएको छ।
  14. बुँदा १४, १५, १६, १७ र १८ अन्तर्गतका उच्च शिक्षा सम्बन्धमा गरिएका सिफारिसहरू र गुणस्तरीय शिक्षाका सबै कुराहरू समेटिएका छन्। बुँदा १६ को सेन्टर फर एक्सलेन्स विकास गर्ने, वातावरण परिवर्तन गर्ने, एकेडेमी हरू बनाउने कुराहरू सिफारिस गरिएको समय भन्दा १० वर्ष अघि देखिनै कार्यरत रहेकाले खासै पुन सम्बोधनको जरुरत पर्ने किसिमका थिएनन।
  15. सिफारिस गरिएका बुँदा १९, २०, २१, २२ र २३ का कुराहरू त्यो भन्दा उन्नत र परिष्कृत उपायहरू कार्यान्वयनमा रहेकाले खासै सान्दर्भिक नरहेकाले सम्बोधन गरिरहन जरुरतका विषय थिएनन। गरिएन।

नलेज कन्फरेन्समा समाविष्ट गरिएका कतिपय कार्यपत्र मुलुकको हित भन्दा आफ्नो लागि जागिर वा काम तैयारी होस् भन्ने नियतका, आफूले लेखेका किताब वा बस्तु बेची मुनाफा कमाउने नियत घुसेका, प्रवासी नेपालीको नाममा नेपालमा स्पेसल सुविधा मागी बजार प्रतिस्पर्धामा आफ्नो सहजता खोजिने विषय समेत आएकाले सिफारिसमा परेका त्यस्ता कुराहरू कार्यान्वयनका क्रममा छाटीएका बाहेक अन्य संदर्बिक प्राय सबै सुझाव सरकारी संयन्त्रमा ग्रहण गरिएको देखिन्छ।

Download (PDF, Unknown)

कतिपय अवस्थामा विज्ञगत विषयको कुराहरू प्राज्ञिक सोच हाबी भएको विचारधारा बाट ईडिट गरिदा संदर्ब विहीन बनेका भएता पनि सरकारी स्तरबाट उक्त बुँदाहरू अनौपचारिक रूपमा व्याख्या मागी सच्चाएर सरकारका नीति तथा कार्यक्रममा पुगेको समेत भेटिएको थियो। यसरी समग्रमा हेर्दा पहिलो ज्ञान सम्मेलन आफ्नो लक्षित उद्देश्य भन्दा निकै पर कार्यान्वयनको चरणको सफलता चुम्न सफल बहेको थियो। त्यो सन्दर्भमा यो नलेज भेला सुरु गर्ने र यसलाई एउटा कार्यगत बिन्दुसम्म धकेल्न सफल कुमार पन्त, डा.  बद्री केसी, डा. हेमराज शर्मा, गौरी जोशी, डा. रुद्र अर्याल लगायतका ठुलो टिम सबै हार्दिक बधाई का पत्र बनेका थिए।

पहिलो ज्ञान भेलाको उपलब्धि लाई नयाँ प्रस्थान बिन्दु बनाएर नयाँ उँचाइका साथ दोस्रो ज्ञान भेला सञ्चालन गर्दै अब दोस्रो ग्लोबल ज्ञान भेला गर्न जरुरी छ।  प्राय पहिलेकै टिमको बाक्लो उपस्थिति रहेको दोस्रो ग्लोबल ज्ञान भेलामा आयोजकहरू मुलुकको बदलिँदो जरुरत अनुरूप प्राज्ञ हैन विज्ञ प्रकृतिका सिप मूलक र जरुरतको प्रविधि सझेधारी गर्ने हैसियतको ज्ञान र प्रविधिको संयोजन कसरि होला भन्नेमा सबैको चासो रहेको छ। यस पटक पनि सबै क्षेत्रका विज्ञ भेलाका उपलब्धिहरू पहिले जस्तै मिक्याईनेहो वा जिम्बेबारी बोधका साथ संलग्न गरी पहिलेको महाभूल सच्चिने हो त्यो प्रश्न पनि हाल टड्कारो रूपमा बाहिर आएको छ।  आशा गरौँ यस पटक पहिलेका कमी कमजोरी सच्चाएर दोस्रो ज्ञान भेलाले नेपालको उच्च जरुरतका विषय बस्तुको माग पुरा गर्न लागि पर्ने छ। नेपालको वास्तविकताले नमागेको कार्य पत्रहरू मात्र कसैको कार्य पत्रको नाममा कार्य पत्र प्रस्तुत गर्ने सनकमा समावेश हुने छैन। अन्तमा दोस्रो ज्ञान भेलाको हार्दिक सफलताको कामना गरौँ।

WRITE COMMENTS FOR THIS ARTICLE