मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

एनआरएनए २०२० को चार क्षेत्रीय ज्ञानभेलाहरूलाइ फर्केर हेर्दा।

नारायण घिमिरे

भर्खरै एनआरएनएको २०२०को क्षेत्रीय ज्ञान भेलाहरू सम्पन्न भएर ग्लोबल सम्मेलन सुरु भई सकेको छ।  यो अर्थमा जम्मा चार क्षेत्रमा भएका एनआरएनका  क्षेत्रीय ज्ञान भेलाहरू कस्तो रहयो र त्यहाँका विज्ञ हरूबाट कस्ता कस्ता सिफारिस हरू गरी ए भन्ने सबैको चासो रहनु स्वोबभाबिकै हो।  यो अर्थमा क्षेत्रीय विज्ञ भेलाहरू लाई एक पटक फर्केर हेरौँ। क्षेत्रीय ज्ञान भेला २०२० अमेरिका, एसिया, ओसियना र  युरोप क्षेत्रमा सम्पन्न भएका थिए।  २०२० मा हरेक क्षेत्रमा फरक फरक नाम बाट शीर्षकहरू राखी बिज्ञा भेलाको आयोजना गरिएको भएता पनि मुख्य सारमा १४ वटा सेसनहरू सञ्चालन गरियो।

त्यो बाहेक अमेरिकी क्षेत्रमा १६, एसिया क्षेत्रमा ६ र ओसियाना र युरोपमा ३ – ३ अन्य सत्र गरी जम्मा २८ ओटा अन्य सेसनहरू वा कार्यक्रम हरू सञ्चालनमा आएको देखियो। कुल चार वटा क्षेत्रीय विज्ञ भेलामा २४५ विज्ञ र १५० प्रतिष्ठित प्यानल सदस्यहरूले आफ्नो प्रस्तुति दिएका थिए। भेलाका जुरेका कुल ३९५ प्रत्यक्ष सहभागी विज्ञहरू मध्धेवाट कुल १७५ औपचारिक  सिफारिसहरू प्राप्त भएको थियो।

 

कतिपय सिफारिसका शाखा सिफारिसहरू समेत थिए। ती सबै औपचारिक रूपमा लिखित रूपमै  प्राप्त सिफारिसहरूको   पुनरावलोकन गरी प्रवासी नेपालीमा रहेको सीप, ज्ञान र प्रविधि नेपालको विकास साझेदारहरूको पहुँचमा पुर्‍याउन एनआरएनए मार्फत लागु गर्न सान्दर्भिक हुने तलका १६ औपचारिक सिफारिस हरुले उक्त सबै १७५ औपचारिक  सिफारिसहरूको मूल मर्मलाई समेट्दछ।

१) नेपालमा कृषिमा मात्र नभएर ठुला तथा मध्यम आकारका उद्योगहरू मजदुरहरू बाहिरबाट ल्याउन पर्ने जरुरी छ।  सरकार र उद्योगीहरूसँग मिलेर नेपालमा पाइने कामदारहरू सीप, प्राविधिक ज्ञान, इनोभेटिब मनोवृत्तिमा विकास गर्दै उद्योगमा जरुरतको क्षमताको श्रमिक नेपालमै विकास गर्न कामको लागि जरुरी सीप उपलब्ध हुने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न भूमिका खेल्ने। जसमा घर फिर्ती हुँदै गरेका आप्रवासी कामदारहरू लाई नेपालमा आफ्नो सीप र कमाई लगानी गरी स्वरोजगारीमा जान जरुरी देखिएको ब्यवसाहिक सामाजिक कौशलता अभिवृद्धि  प्रशिक्षणको समेत व्यवस्था गर्ने।

२) कुशल श्रमिकको ज्याला जीवनयापन लागतको आधारभूत जरुरत पूर्तिका लागि पर्याप्त देखिँदैन। निजी क्षेत्रहरू समेत महँगो ज्याला खर्चेर बजार सँग प्रतिस्पर्धी उत्पादन दिने स्थितिमा देखिन्नन्। यो समीकरण ​​ओईसीडी मोड्युलको नव-प्रवर्तनमा जाने उद्योगहरूको नव-प्रवर्तनमा लाग्ने खर्च राज्यलाई तिर्ने कर सँग मिलान गर्ने आधुनिक अनुसन्धान सहयोग प्रणाली विकास मार्फत समाधान गर्न सकिन्छ। निजी क्षेत्र, सरकार सँग यो पद्दति विकासको लागि एनआरएनए पहल को समय सान्दर्भिक हुने छ।

३) नेपालका विकास एजेन्सीहरू सँगको साझेदारी र गैर आवासीय नेपाली संघलाइ आर्थिक भार नहुने निश्चित गरी दाताहरूको आर्थिक सहयोगमा हुने फेस बुक, यू-टूव जुम जस्ता   प्रयोगकर्ता मैत्री ब्यवसाहिक टेलि-पोडकास्ट मार्फत प्रभावकारी ज्ञान र प्रविधिको आदान प्रदान हुने कार्यक्रमहरू सुरुवात गर्न एनआरएनए लाई पहल गर्न सिफारिस गरिएको छ।

४) कृषि तथा बन जन्य उत्पादन नै आधारभूत कच्चा पदार्थ हुने निश्चित गर्ने स्वस्थ वर्धक खाना, हर्बल ओखती, खाद्य पदार्थ, आयुर्वेदिक औषधि र अन्य आधारभूत उपभोग्य वस्तुहरूको निर्माणमा स्थानीय रूपमै उपलब्ध श्रमको उपयोग गरी आयात प्रतिस्थापन गर्न सकिने प्रकृतिको  टिभीईटी प्रशिक्षण प्याकेज र पाठ्यक्रम विकास गरी एनआरएनए नमुना प्रशिक्षण तथा नव-प्रवर्तन केन्द्रको स्थापनाको लागि नेपालका स्थानीय विकास नियोग र सरकारी एजेन्सीहरू सँग साझेदारी गरी काम सुरुगर्न सकिने पूर्वाधार निर्माण गर्न पहल गर्न सिफारिस गरिन्छ।

५) नेपालको तत्कालको जरुरत अनुरूप एनआरएनए ड़ायसपोराहरुको आफ्नो कौशलता अनुरूपको विभिन्न क्षेत्रको  ज्ञान, सीप र प्रविधिको नेपाललाई बारम्बार उपयोगमा आउने देखिएको छ। यो जरुरतको नियमित पूर्तिको लागि विदेशमा रहेका नेपाली ड़ायसपोराहरु संलग्न प्रोफेसनल एसोसिएसनहरू जस्तै नेपाली डाक्टरहरूको एसोसिएसनहरू, नर्स एसोसिएसनहरू, सेफ एसोसिएसनहरू,  ईन्जिनियरिग तथा र टेक्निशियन सङ्घहरू, खाद्य बैज्ञानिसंघहरू आदि लाई एनआरएनए सँग एफ़िलेसन गराउने र नेपाल सरकारको यस्तै प्रकृतिका सरकारी मान्यता प्राप्त सङ्घ संस्था हरू सँग जोड्न एनआरएनए र नेपाल सरकारले उपयुक्त तर आधिकारिक संयन्त्र बनाउन सिफारिस गरिएको छ। यो कार्यले नेपाल सरकारको जरुरतको क्षेत्रमा चाहिएको समयमा जरुरत अनुरूपको ड़ायसपोरा विज्ञहरू सँग तत्काल जोड्ने सेतुको भूमिकामा विकास हुने र वैज्ञानिक र उच्च प्राविधिक क्षेत्रहरू बिच समेत भर्चुअल लिंकेज विकास हुँदै जाने परम्परा बस्ने छ।

६) स्वस्थ र नर्सिंङ्ग लगायतका अत्यन्त संवेदनशील क्षेत्रमा एक विशिष्ट प्रकृतिको छुट्टै प्रवासी विज्ञ र नेपाली स्वास्थ्य कर्मीहरूको नियमित संसर्ग रहने प्रकृतिको कन्टिनिऊ एजुकेसन अथवा निरन्तर पेशागत सीप अभिवृद्धि  शिक्षा, अन्य  पाठ्यक्रम र शिक्षण-शिक्षा सामग्री विकास आदि लगायतको क्षेत्रमा काम गर्न  सम्बन्धित सरोकारहरू बिच सहकार्य हुने वातावरण बनाउन महत्त्वपूर्ण भूमिका खेल्न सिफारिस गर्ने।

 

७) प्रवासी नेपाली, नेपाल सरकार र निजी क्षेत्र लगायत अन्य विकास सरोकारवालाहरू बिच व्यावसायिक सम्भाव्यता पहिचान भई सकेका उच्च मूल्यको बोट बिरुवा र जीवहरूको बाट फाइदा लिन र आन्तरिक आय तथा स्वरोजगारी निर्माणको अवसरको उपयोग गर्न आधिकारी साझेदारी पत्रहरू विकास गरी  व्यावसायिकीकरण गर्न सरकार र एनआरएनए बिच औपचारिक संयन्त्र बनाउन  सिफारिस गरिन्छ। भूमिको हुन नसकेको उपभोग वा अर्ध-क्षमताको  उपभोगमा ध्यान केन्द्रित गर्दै पूर्ण क्षमतामा उपयोग गर्न उपयुक्त बन तथा कृषि नीति बनाउन र औद्योगिकीकरणमा    सहजीकरणको लागि नास्ट,  जडीबुटी प्रशोधन उद्योग, निजी क्षेत्र आदि सम्म दक्ष डायस्पोराहरूको पहुँच बिस्तार गर्न सेतुको भूमिका खेल्न एनआरएनए लाई सिफारिस गर्ने।

 

८) स्थानीय सीप र परम्परागत ज्ञानलाई नवीन प्रविधिको साथ एकीकृत गर्दै इन्टरनेट आफ थिङ्ग (आइओटी) र   कृत्रिम बुद्धिमत्ता (एआई) आदि जस्ता उत्पादनलाई किफायती र भरपर्दो वनाइ उत्पादकत्व वृद्धि गर्न प्रविधि नेपालमै बनाउन योग्य जनशक्ति र परीक्षण प्रयोगशालाहरू नेपालमा स्थापना गर्ने नास्ट जस्ता संस्थामा प्रवासी नेपालीको सम्पर्क स्थापना गराउन भूमिका खेल्न अनुरोध गर्ने। हालको नेपाली सामाजिक-आर्थिक परिप्रेक्ष्यमा  साइबर सुरक्षाको समेत जोखिम उच्च देखिएकाले नेपालको आफ्नै प्रकृतिको जटिलता सँग जुध्न सक्ने साइबर सुरक्षा प्रणाली विकासमा समेत अनुभवी प्रवासी नेपालीको भूमिका समेत नेपालले प्राप्त गर्ने अवसर रहेको जानकारी गराउने।

 

९) रासायनिक मल तथा कीटनाशक पदार्थ आदि प्रतिस्थापन गर्न हाल सरकारले गरेका प्रयासहरूलाई डायस्पोराहरूले आर्जन गरेका ज्ञान, सीप र टेक्नोलोजी सँग उनीहरूको पहुचबात सहजीकरण गर्न सकिने निकै ठुलो अवसर देखिएको छ। नेपाली विज्ञहरूको वातावरणमैत्री जैविक प्रविधिमा रहेको अत्याधुनिक ज्ञान, जैविक र अर्गानिक  खेती, माइक्रोबियल इनोकुलेन्ट्स, क्यटालाइसीस, वैकल्पिक कृषि प्रणाली आदि कोरिया, क्यानडा र अस्ट्रेलिया र न्यु जिल्यान्ड जस्ता मुलुकमा रहेर उच्च मूल्यका कृषि तथा वनका उत्पादनमा आधारित जैविक औद्योगिक उत्पादनमा संलग्नहरूको अनुभव र प्रविधिमा रहेको अवसरहरूको उपयोग गर्न अनुरोध गर्ने।

१०)  स्थानीय र विदेशी शिक्षाविद्, शैक्षिक अनुसन्धान संस्था र निश्चित व्यवहारिक नियत नराखिने प्रकृतिको अनुसन्धानमा संलग्न विकासका अड्डा जस्ता निकाय सँग गरिने प्राज्ञिक प्रकृतिको गतिविधि र मुलुक आर्थिक र औद्योगिक विकास तथा संवृद्धि अभिवृद्धिका लागि गरिने इनोभेटिव गतिविधिमा जरुरत हुने विज्ञ आदिको जरुरत हुने साझेदारी कार्यक्रमहरूलाई भिन्दा भिन्दै क्षेत्रमा राखी दुवै क्षेत्रका प्रवासी नेपालीको ज्ञान सीप र प्रविधि साझेदारी हुने सरकार र एनआरएनए बिच तिनीहरूको जरुरत अनुरूप फरक फरक प्रकृतिका संयन्त्रको विकास गर्न सिफारिस गर्ने।

११) डायस्पोरा वैज्ञानिक र टेक्नोलोजिस्टहरू लाई सरकारका विकास एजेन्सीका कार्यक्रमहरू जस्तै नास्टको ब्रेन पुलिङ्ग प्रोग्राम, साइन्स डिप्लोमेसी प्रोग्राम आदि सँग संलग्न गराउन एनआरएनको भूमिका उल्लेखनीय छ। तर पनि  नेपाल सरकारको विकास एजेन्सीहरूको तत्कालको कार्यक्रमहरू सँग प्रवासी विज्ञ वा प्राज्ञहरूको ज्ञान, सीप र प्रविधिमा रहेको पहुँच पुर्‍याउन लिखित सम्झौता मार्फत औपचारिकता दिने र यस्ता कार्यहरूलाई संस्थागत स्वरूप प्रधान गर्ने अवसरहरू गुमिरहेको देखिएकाले सो अवसरको सदुपयोग गर्न एनआरएनएको ध्यानाकर्षण गराउने।

१२. रोबोटिक्स र कम्प्युटर विज्ञानमा आधारित प्रारम्भिक स्टिम (विज्ञान, प्रविधि, ईञ्जिनियरिङ्ग  र गणित) शिक्षाले नेपालको अर्थतन्त्रलाई ज्ञान आधारित अर्थतन्त्रमा परिवर्तन गर्न सक्दछ। कार्नेगी मेलन विश्वविद्यालय – कार्नेगी मेलन रोबोटिक्स एकेडेमीको रोबोटिक्स एसटीईएम कार्यक्रम नेपालको जरुरत अनुरूपको किफायती रोबोटिक्स कम्प्युटर विज्ञान सिकाइ रहेको हाम्रो प्रारम्भिक अनुमान छ। यो कार्यक्रम किफायती मात्र हैन नेपालका विभिन्न भागमा कार्यान्वयन योग्य समेत भन्ने विज्ञहरूको राय आएकोले कार्नेगी मेलन रोबोटिक्स कार्यक्रम के – १२ को समीक्षा गर्न नेपाल सरकारलाई पुनरावलोकनको लागि सिफारिस गर्न एनआरएनए लाइ अनुरोध गर्ने।

 

 

१३) नेपालका प्रमुख सहरहरूमा वायु प्रदूषणको अनुगमन र नियन्त्रण गर्न कडा नियामक नीतिहरू कार्यान्वयन गर्नु जरुरी छ। सहर वा समुदायहरूमा वायु प्रदूषण न्यूनीकरण गर्न सरकारले प्रदूषण शोषक यन्त्रहरू / धुवा मापन गर्ने टावर / वायु प्रदूषण  नियन्त्रणको साथ प्रयोग गर्न सुरु गर्नु जरुरी देखिन्छ। प्रदेश सरकारले सबै आफ्नो प्रदेशमा  क्षेत्रमा यस्ता मापन यन्त्र तथा प्रदूषण नियन्त्रण प्रयोगशाला आदि स्थापना गर्न आवश्यक छ। त्यस्ता प्रयोगशालाहरूले क्षेत्रको वायु प्रदूषणका स्रोतहरू समेत पहिचान गर्न मद्दत गर्दछ।

१४)  हाल स्थानीय रूपमा प्रयोग हुँदै आएको टेक्नोलोजी रूपान्तरण,  फोहोर पानी व्यवस्थापनको किफायती तरिका, बायो ग्यास र फोहर बात बायो ग्यास उत्पादनका आदि प्रविधि बारे युरोपको हालका प्रभावकारी प्रविधिहरूको समेत पुनरावलोकन गर्न एनआरएनए मार्फत नेपाल सरकार लाई सिफारिस गर्ने।

१५) नेपालका पाठ्यक्रम, शिक्षण विधि, शिक्षक प्रेरणा र शिक्षण वातावरणको समयानुकूल विज्ञानले प्राप्त गरेको नयाँ ज्ञान हरूसमेत समीक्षा गरी संशोधन गर्ने परिपाटी विकास गर्नु जरुरी देखिन्छ।  नयाँ र व्यावहारिक दृष्टिकोण, सिकाउने विषय बस्तु र सिकाई का विधिहरू बजार माग अनुकूल गराउन सक्दा मात्र औपचारिक शिक्षा लाई परिणाम मुखी र योग्यता लाई बजार मुखी बनाउन सकिन्छ। विद्यालयहरू विद्यार्थीहरूको लागि प्रिय र सकारात्मक स्थान बनाउन शिक्षालय लाई सजाय मुक्त वातावरणमा लैजान जरुरी छ। उच्च शिक्षा लाई उद्यमशील बनाउन सिकाई मूल्याङ्कन फ्रेम वर्क मा उद्यमशीलता विकासको बिषयबस्तुहरु अनिबार्य संलग्न हुन आवश्यक छ। एक स्टप – शप, व्यवसाय परामर्श , उद्यमशील विद्यार्थीका लागि इनक्युबेशन केन्द्र, स्टार्ट दि स्टार्ट अप टाइपका कार्यक्रमहरूले समाजमा नवीनतम संस्कृतिको विकास गर्न योगदान पुर्‍याउँछ। स्वदेशी र स्थानीय स्तरमा स्थानीय ज्ञान, सीप र प्रविधि प्रयोग गरी विकसित गरिएको स्थानीय संस्कृतिको पहिचान दिने प्रकृतिका सामग्रीलाई पाठ्यक्रममा अनिबार्य समावेश गर्नाले स्थानीय श्रम बजारका लागि उपयुक्त तालिम प्राप्त मानव संसाधनको उत्पादनलाई बढवा मिल्ने छ।

१६) स्मार्ट र डिजिटल नेपालको लागि नेपाल सरकारलाई इनोभेसन, व्यवहारिक रिसर्च र उपलब्ध नवीनतम  प्रविधि मार्फत जोड्न सकिने सबै अवसरहरू पहिचान गर्ने काममा नेपाल सरकारलाई सहजीकरण गर्न सकिने औपचारिक संयन्त्र विकास गर्न एनआरएनए लाई सिफारिस गर्ने।

समग्रमा  एनआरएनएको २०२०को  चार क्षेत्रीय ज्ञान भेलाहरू बाट नेपालको संबृदीमा प्रवासी नेपालीहरूको पहुँचमा रहेको ज्ञान, सीप र प्रविधिलाई नेपाल सरकारको विकासको साझेदारहरूसँग जोड्न तत्काल आधारभूत संरचना विकास एनआरएनए सक्रिय जरुरत रहेको निचोड  प्रकट भएको देखिन्छ।

Download (PDF, Unknown)

 

प्राप्त सुझावहरूको प्रकृति हेर्दा संसार भर रहेका दक्ष प्रवासी नेपाली प्राज्ञ तथा विज्ञहरूमा नेपाल सँग जति सक्यो छिटो दिगो तथा प्रभावकारी संयन्त्र मार्फत जोडिन चाहेको हुटहुटी प्रस्ट पहिचान हुन्छ।  नेपाल सरकार र एनआरएनए लाई अत्यन्त सफलताका साथ सम्पन्न चार वटै क्षेत्रीय विज्ञ भेलाका विज्ञ तर्फका निचोडहरू दिगो संरचनाको विकास गरी सदुपयोग गर्न नसक्दा उनीहरूमा निराशा बढ्ने र भविष्यमा फेरी यस्तो अवसर प्राप्त नहुन सक्ने जोखिमको सङ्केतको रूपमा समेत बुझ्नु व्यवहारिक हुनेछ।

 

WRITE COMMENTS FOR THIS ARTICLE