मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

मृत्यु पछाडिको यात्रा !

नारायण घिमिरे

सबै संस्कृतिका आफ्नै विश्वास र परम्परा हुन्छ। हाम्रो पनि छ। ओमकारमा विश्वास गर्ने सनातन धर्ममा आस्था राख्ने  हिन्दुहरूको मान्यतामा मृत्यु वास्तवमै एक चाखलाग्दो प्रक्रिया हो। कुनै पनि मानिसको मृत्यु हुनुभन्दा झन्डै चार देखि पाँच घण्टा अघि उसको शरीर मुनि रहने पृथ्वीको सम्पूर्ण चक्रहरू मानिसको शरीर सँग विच्छेद हुने गर्छ।  जुन मानिसको जीवन्त शक्ति र पृथ्वीको बिचको आधिकारिक सम्बन्ध विच्छेद ठानिन्छ। मर्नु भन्दा केही घण्टा अघि वाट मानिसका खुट्टाहरू चिसो हुन थाल्छ। प्रस्थान गर्ने निर्धारित समय पुग्दा यम नामका  मृत्युका देवता देखा पर्छन्। आत्मालाई आत्माले तय गरेको दिसामा उसको स्मृति सहित लैजान मद्दत गर्छन।

 

शरीर भन्दा बाहिरको अनुभव लाई राम्ररी बुझन चेतना र प्राण वा आत्माको अस्तित्व बारे बुझ्न जरुरी हुन्छ। शरीर जीवित रहन अनिबार्य हुने चेतना र प्राण वा आत्मा लाई हामी “सूक्ष्म शरीर” मान्दछौ। सूक्ष्म शरीर भौतिक शरीर भन्दा भिन्न रहन्छ। जब सूक्ष्म शरीरले भौतिक शरीर वाट अलग हुने सौभाग्य प्राप्त गर्छ तब त्यो ब्रह्माण्डको यात्रामा निस्कन सक्षम बन्छ। सूक्ष्म शरीर भौतिक शरीर वाट निस्किएर शरीर बाहिर ब्रह्माण्डको यात्रामा निस्कने प्रक्रियाको सुरुवातको निर्णायक बिन्दु लाई हामी मृत्यु भन्दछौ।

 

यदि आत्मा कुनै भावनात्मक कारण (चेतनाको जालो) वाट शारीरिक जीवन सँग जोडिएको कारणले चुडिन नसकिरहेको अबस्थामा आत्मा शरीर सजिलै छुट्टिन सक्दैन। शरीरको चक्र र पृथ्वीको चक्र बिचको सम्बन्ध विच्छेद बनिसकेको अबस्थामा शरीरको वृति विकास रोकिएकाले भत्कने र जिर्णहुने अन्तिम बिन्दु समेत पार गरिसकेकोले आत्मा त्यहा रहन सक्ने सबै अबसरको ढोकाहरु बन्द भई सकेको हुन्छ। शरीर संग जोल्टीएर रहेको  चेतना वा कन्ससनेस आत्मासंग समेत जोल्टीएर रहेकाले जब आत्मा शरीर छाडेर बाहिर निस्कने खोज्दछ  चेतना द्वारा बिकसित शरीर र आत्मा बीचको एट्याचमेन्टको पातलो डोरीले शरीर संग बाधिएका  कारण आत्मा शरीर वाट  चुडिएर बाहिर जान सकिरहेको हुदैन।

चेतन शक्तिको एकातर्फको आजीवन मरिसकेको शरीरमा आत्मालाई राख्न चाहने क्रिया र आत्मा शरीर बहिरा निस्कन खोज्ने अर्कोतर्फको प्रतिक्रिया बिचको द्वन्द्व विकसित हुन्छ। यो द्वन्द्व तब सम्म चलिरहन्छ जब सम्म आत्मा र शरीरको बिचको एट्याचमेन्टको सूक्ष्म डोरी छिन्दैन। मानिसको भर्खरै मृत्यु भएको बखत एट्याचमेन्टको कारण शरीर सँग छुट्टिन नसकेको तर पृथ्वीको चक्र सँगको सम्बन्ध विच्छेदका कारण शरीर बाहिर तानिने क्रमको नियति भोगेको  आत्माको तनाव युक्त गतिशीलताका कारण मृत्युको बिन्दु पछाडिको समयमा समेत मृतकको अनुहार, हात, खुट्टा सूक्ष्म वा हल्का चालको रूपमा चलिरहेको देख्न सकिन्छ।

 

यस अवस्थामा कन्ससनेस र आत्मा दुवै अस्तित्वमा रहेकाले त्यहाँ भएका र बोलिएका सबै आवाजहरू र सबै व्यक्तिका विचारहरू समेत आत्माले सुने रहेको हुन्छ। आत्मा आफू एट्याच रहेका आफ्ना सबै प्रियजनहरू सँग कुरा गरिरहेको हुन्छ। उसले भनिरहेको हुन्छ, हेर कम्तीमा तिमि त भ्रममा नपर,  म मरेको छैन। आत्माका ती भनाइहरू त्यहाँ रहेका उसका आफन्तहरू ले बुझ्ने लबजमा परिवर्तन गरिदिने उसको शरीरका इन्द्रियहरू काम नगर्ने इन्जिनमा परिवर्तन भइसकेकोले  प्रशोधन गरी उनीहरूले बुझ्ने भाषामा परिवर्तन हुने प्रक्रिया नै पुरा हुन सक्दैन। जसले गर्दा जीवित रहेका आत्माका आफन्तले मात्र हैन कसैले पनि आत्माका  ती अनुभूतिहरू सुन्न र महसुस गर्न सक्ने अवस्था रहँदैन।

 

आफूले अनुभूति गरेका कुराहरू आफूले विश्वास गरेका आफन्तले समेत नसुनी रहेको, नबुझी रहेको तर आफ्नो मृत्यु भएकोमा अत्यन्त चिन्तित देखिने क्रम जब दोहरिन थाल्छ,  आफ्ना कुरा पटक पटक पुनः  एक पछि अर्को कसैले सुनिरहेको हुँदैनन्,  उसका भनाइमा ध्यान दिएको देखिँदैन त्यसपछि बिस्तारै उसलाई आफू वास्तवमै मरिसकेको रहेछु भन्ने आत्मा बोध हुन थाल्छ। जब आत्मालाई आफू मरेको आत्म बोध हुन्छ,  आफू  पुनः आफ्नो त्यही शरीरमा पुन फर्कन सम्भव छैन भन्ने निश्चय हुन्छ तब आत्मा शरीरमा टाँसिन छोड्छ। आफ्नो शरीर, आफ्नो प्रिय बस्तु र आफन्त सँगको एट्याचमेन्टको कारण उक्त शरीर वाट लगभग १२ फिट वा छतको उचाइमा तैरिएर  बस्दछ। आफ्नो शरीरको केही दुरी माथि तैरिएर शरीर वरिपरि भइरहेको सबै कुराहरूको अनुभूति आत्माले निरन्तर लिइरहेको हुन्छ।

 

आफूले आफ्नो मुड शरीर त्यागिसकेको पूर्ण अनुभूति लिई सके पश्चात् शरीर वरिपरि तैरिरहने आत्मा जब सम्म शरीरको दाहसंस्कार हुँदैन तबसम्म त्यहाँ रहेको भिडभाड र गतिविधि नियाल्दै गरेको हुन्छ। शव यात्रा देखि दाहसंस्कार सम्मका सबै गतिबिधिहरुको समेत साक्षीको रूपमा रहने र सबै कुराहरुकप प्रत्यक्ष अनुभूति लिइरहेको हुन्छ। जब शरीरको दाहसंस्कार गरिन्छ तब आत्मालाई धेरै वर्ष देखि पृथ्वीमा आफूलाई आफ्नो पहिचान दिने र सार अस्तित्वको मूल  पहिचान दिलाउने शरीर विलीन भएर पन्च तत्त्वमा मिलन बनिसकेको एहसास दिलाउँछ। आफ्नो लामो लगाव रहेको आफ्नै शरीर आफै अगाडी बिलाएर ब्रमाण्डमा मिलेको अनुभूति गरेको आत्माले दाहसंस्कारको सम्पन्नतामा पूर्ण स्वतन्त्रताको अनुभूति गर्द। शरीरसँगको लगावमा रहदा र  हुँदाको सबै सीमाहरू तोडी सकेको र आफू जहाँ चाहायो त्यही यात्रा गर्न सफल बनेको फरक अनुभूति आत्माले प्राप्त गर्दछ।

 

आफ्नो स्वतन्त्रताको अनुभूति पाएको आत्माले पहिलो सात दिनसम्म आफूलाई मन पर्ने ठाउँहरू जस्तै आफू दैनिक साथीभाइ भेट्न जाने चिया पसल,  आफूले माया गर्ने ठाउँ, बस्तु, व्यक्ति सँग समय बिताउने, आफ्नो धन सम्पत्ति राखेको दराज,  छोरा नातिहरू खेल्ने हाँस्ने ठाउँ, आफ्नो प्रेमी/का वा आफूले भ्रमण गर्दा मान-सम्मान पाउने आफन्तहरूको वरिपरि रहेर उनीहरूको सुख दुखमा सहभागी बनिरहेको हुन्छ। उनीहरू सँगै रमाई रहेको वा भुलिरहेको हुन्छ। सातौँ दिनको अन्त्यमा पुग्दा भने यो मायावी जालो वाट मुक्त हुँदै आत्माले आफ्नो परिवार, नजिकका र आफन्तहरू, आफ्ना प्रिय बस्तु, स्थान सबैलाई अलबिदा भन्दै पृथ्वीबाट ब्रह्माण्डको यात्रामा  निस्कने तैयारीमा जुट्न थाल्छ।

 

शरीर जिउँदो रहदा र मरिसके पछि आत्माको  अनुभूतिमा आएको अनुभवहरू आत्मा आफै  भित्र रहने गर्दैन। हामीले देख्न नसकिने प्रकृतिको सूचनाको चिप्स जस्तो पातलो स्मृतिमा आत्माको  अनुभूतिमा आएको सम्पूर्ण अनुभवहरू सङ्कलन भएर रहेको हुन्छ। जसलाई गरुड (एक प्रकारको चरा) पुराणमा चित्र गुप्तको नाम दिइएको छ।  उक्त पातलो स्मृतिको चिप्स  आत्मा शरीरमा रहदा देखिनै जोल्टिएर वा एट्याचमेन्ट रहेर गरेको हुन्छ। जुन वास्तवमा चेतना वा कन्ससनेस नै हो।

 

चित्र गुप्त नाम दिइएको स्मृतिको चिप्सलाई आत्मा सँग जोल्टाएर एट्याचमेन्टको रूपमा आत्मा जता गयो उतै लैजान सहयोग गर्ने शक्ति लाई भने यमदूतको नाम दिइएको छ। जीवित शरीरमा  रहदा देखि  मृत्यु पश्चात्को तत्कालीन समय सम्मका अनुभूतिमा आएका सन्दर्भहरू स्मृतिमा रूपमा उक्त पातलो स्मृतिको चिप्समा सुरक्षित रहन्छन। यो अर्थमा आत्मा लाई बायो आत्मा भन्ने गरिन्छ। मानिसको मृत्युको  ११ औँ दिन वा मृत्यु पछि १३ औँ दिन सम्म आत्मा र  पातलो स्मृतिको चिप्स  एक आपसमा जोल्टिएर वा एट्याचमेन्टमा रहेर अस्तित्वमा रहने गर्दछ।

 

मृत्यु भएको पितृको हिसाबमा उसका लागि पहिलो १२-१३ दिनको प्रार्थना र रीतिरिवाजहरू अत्यन्त  संवेदनशील ठानिएकोले उसका सन्तति र आफन्तहरू लाई कम्तीमा यो समयमा नियमित प्रार्थनामा लाग्न जोड दिने गरिन्छ। मृत आत्माको लागि यो समय स्मृतिका चिप्सका सूचनाहरू पुनरावलोकन गर्ने अहम समय मानिन्छ। जीवन जिउने क्रममा भएका धेरै भुलचुक भएका गल्ती र असावधानीका कारण बायो आत्माको धेरै प्रति गुनासा, असन्तुष्टि, आग्रह र आशा हुन सक्छन्। त्यसमा पनि आफन्त र आफ्ना निकै नजिकका सँगकाको  गुनासा, असन्तुष्टिले आत्मा अतृप्त बनाउने गर्छ। उक्त समयमा आफन्तले पूजा आज्ञा गरी आफ्नो अन्तर आत्मा बाटै आफ्नो गतिविधिका कारण पुग्न गएको दुख वा अपमान प्रति क्षमा माग्ने कार्यले जीवनका विभिन्न चरणमा  पैदा भएका र स्मरणमा बसेका व्यक्त, अव्यक्त नकारात्मक भावना,  दुःख, घृणा, क्रोध, आदि आग्रहले पैदा गर्ने अनुग्रहको मध्यम वाट  क्षमा दान हुने हुँदा स्मृतिको चिप्स वाट हट्ने गर्छ।

 

बायो आत्मामा समर्पित रहेर गरिने सबै अनुष्ठानहरू, प्रार्थना र सकारात्मक ऊर्जाहरू आत्माले आफ्नो यस पछिको लागि तय गर्ने यात्राको लागि जरुरत हुने शक्ति उपलब्ध गराउन सहयोगी बन्छ। आत्मा अतृप्त राख्दै भड्काउने गुनासा, असन्तुष्टि, दुःख, घृणा, क्रोध, आग्रह जस्ता कुराहरू वाट आत्मा जति छिटो मुक्त हुन सक्छ त्यति छिटो यात्रा गर्नु पर्ने सुरुङ मार्ग र त्यसको अर्को तर्फको  प्रकाशको उज्यालो  अनुभूति गर्न सक्छ। जब त्यता तर्फ ध्यान केन्द्रित बन्छ तब मात्र बायो आत्माको ब्रमाण्डको यात्रा सुरु हुन सम्भव बन्छ।

 

आत्मा लाई भड्काउने प्रकृतिका आफ्नो शारीरिक,  भौतिक र मनोबैज्ञानिक लगाव मुक्त बनेको आत्माको ब्रमाण्डको यात्राको सुरुवात स्मृतिको चिप्समा सुरक्षित आफ्नै विगतका कर्म हरुको पुनरावलोकन वाट सुरु हुन्छ। स्मृतिको चिप्सको कर्मिक बोर्डमा सुरक्षित सूचना हरुको सहायतामा पृथ्वीमा भर्खरै पूरा भएको जीवनका हरेक गतिविधि भित्र आफूले गरेका कर्महरूको गहन स्व-समीक्षा गर्न सम्भव बन्छ। कुनै आग्रह, पुर्बग्रह, अहङ्कार र कलुषित निर्णयको भाव मुक्त बनेको आत्मा अब प्रकाशको विशुद्ध ज्योति मार्फत प्राप्त शक्तिको उपयोगले निष्पक्षमा रूपमा जीवनमा गरिएका र भएका विगतका सम्पूर्ण कर्महरूको स्व-मूल्याङ्कन गर्न सक्षम बन्छ।

 

जीवनको आत्म  समीक्षाको संज्ञा दिइने उक्त समयमा कुनै न्यायाधीश वा ईश्वर हुने गर्दैन। त्यो आत्माले आफैँले आफ्नो अनुभूति र कर्मको पुनरावलोकन गरी न्याय दिने प्रक्रिया हो। यो यस्तो समय हो जुन समयमा आफ्नो जीवनकालमा आफू लाई अन्याय गरी व्याकुल पार्ने व्यक्तिहरू  उनीहरूले गरेको कर्मको लागि उपयुक्त पाठ सिकाउन यो यो दण्ड भोग्न जरुरी रहेको भन्ने अनुभूति गर्ने गर्दछ। आफ्नो सन्धर्ब मा आफूले गरेका हरेक गल्तीहरूको समेत महसुस गर्दछ। आफूले गरेका सबै गल्तीहरूमा आफैलाई दोषी समेत करार गर्ने गर्दछ। आफ्ना तर्फ वाट भएका दोष र गल्तीहरू वाट पाठ सिक्नको लागि आत्म-सजायको  माग समेत गर्दछ। यो समयमा शरीर र अहङ्कार दुवै आत्मा सँग नजोडिएको हुँदा  वास्तविक यथार्थको तथ्यगत मूल्याङ्कन पश्चात् गरिने महसुस  निष्पक्ष र यथार्थ परक  रहने ठानिन्छ। निष्पक्ष र यथार्थ परक  रहने निश्चित ठानिने उक्त आत्मा अनुभूति लाई नै आत्माको अर्को जीवन काल हुने वा नहुने भन्ने तय गर्न निर्णायक बन्छ। आत्माको अर्को जीवन हुने तय भएमा कस्तो हुने भन्ने निश्चय गर्न समेत तय गर्न तिनै आत्मा अनुभूतिहरू मुख्य आधार बन्ने गर्दछ।

 

आफ्नो आत्मा समीक्षा पुरा गरेपछि आत्माको उक्त जीवन चक्र समापन भएको मानिन्छ। सम्पन्न आत्मा समीक्षाको आधारमा भर्खरै पार गरेको जीवन चक्र पश्चात् दर्द र माया युक्त मायावी जीवन वाट नै मुक्त हुने वा अर्को जीवन जीवन चक्रमा पुनः फर्कने भन्ने आधारभूत संरचनाको खाका समेत आत्माको आफ्नै अनुभूतिहरूका आधारमा तय हुने गर्दछ। आत्मा समीक्षाको निर्क्योलले आत्माको अर्को जीवन जरुरी रहेको देखाएमा अर्को जीवनमा कस्ता कस्ता मूल घटनाहरू, कस्ता कस्ता चुनौतीहरू  सामना गर्नुपर्ने र कस्ता कस्ता घटनाहरू बेहोर्नु पर्ने भन्ने पूर्ण सम्झौता सहितको ब्लु -प्रिन्टको समेत आधारशिला तय हुन्छ।

 

आत्माको आफ्नै सम्झौताको ब्लु प्रिन्टका आधारमा तत्कालीन समयको जरुरत अनुरूप आत्माको पुनर्जन्मको तय हुने गर्छ।जसमा आत्मा आफैले आफ्नो नयाँ आमा बुवा छान्ने र आमाको गर्भमा प्रवेश गर्ने गर्दछ। यो कहिले भर्खरै अण्डाको गर्बाधारणको समयमा हुने गर्छ भने कहिले गर्बाधारणको ४-५ महिनाको समयमा पनि हुन सक्दछ। आवश्यकता अनुरूप कहिले कहीँ त जन्मनु भन्दा केही समय पहिलेको क्षणमा पहिले समेत प्रवेश गर्ने समय मिलाइएको हुन्छ ।

 

अति सुन्दर ढङ्गले पूर्णता सहित इन्जीनियरिंग भएको यो ब्रह्माण्डका विभिन्न ग्रह र तारा आदिको स्थान र जन्मको समय र जन्मको ठाउँ ले आत्माको नयाँ जीवन कस्तो हुनेछ भन्ने व्यवस्थित  ब्लु प्रिन्ट वा कुण्डली बनाएर बुझ्न सकिने गरी सङ्केत गरेको हुन्छ। जब आत्माले मानिसकै रूपमा पुनर्जन्म पाउँछ त्यो परिस्थितिमा जन्मको पहिलो ४० दिनसम्म बच्चाले आफ्नो विगतको जीवनलाई सम्झेको हुन्छ। कसैलाई कुनै करकाप उत्पन्न नहुने गरी विगतको जीवनको अनुभूतिको विभिन्न क्षणको स्मृति अनुरूप बच्चा आफै हाँस्ने, शान्त  रहने, रुने, चिच्याउने आदि गतिविधिहरू देखाउँछ। त्यसपछि उसमा आफ्नो विगतका जीवनका स्मृतिहरू एका-एक हराउने गर्छ। यो समयमा आत्माको पहिलो जन्मको स्मरणको डोरी सम्पूर्ण रूपमा चुँडिएको हुन्छ। फलतः आफ्नो पहिले पनि एउटा जीवन थियो भनी अनुभव नै पुर्णरुपमा बिर्सिएर सामान्य बालकको रूपमा नयाँ कुरा सिक्दै आफ्नो जीवन सुचारु गर्न सुरु गर्दछ।

 

गरुड पुराणका अनुसार एउटा जन्म देखि अर्को जन्म सम्म स्मृतिको चिप्स मार्फत जानकारी पुग्ने स्थिति मानिसमा मात्र हुन्छ। मानिसले मानिसकै रूपमा पुनर्जन्म प्राप्त गर्दा मात्र एक जन्म वाट अर्को जन्म सम्म स्मृतिहरू पुग्न सक्छ। चराहरू, अन्य जनावरहरू र बोट बिरुवा आदिमा स्मरणको चिप्स नहुने हुँदा यो सम्भव रहँदैन। जब आत्मा स्मृतिको चिप्स सँग जोडिन्छ यसलाई बायो-आत्मा भनिन्छ। भर्खरै पार गरेको जीवन चक्रको आत्म समीक्षाको दौरानमा स्मृतिको चिप्स सँग पुर्णरुपमा विच्छेद हुन सक्ने बायो-आत्मा  त्यही बेला नै आत्मामा परिवर्तन हुन्छ । नसक्नेले पुनः नयाँ जीवनको सुरुवात गर्ने चक्र वाट गुज्रनु पर्छ।  बायो-आत्मा बाट पछिल्ला जीवनका स्मरणहरू पूर्ण रूपमा हट्न सक्दा सांसारिक माया, भोक, पीडा, अहङ्कार सबै वाट आत्मा  मुक्त हुन सक्छ। त्यो भनेको मोक्ष प्राप्तिको अवस्था हो। मोक्ष भनेको पुनः जन्म र मृत्युको चक्रमा गई रहन पर्ने सांसारिक दुख र मोहको अवस्था वाट सदाको लागि मुक्ति प्राप्ति गर्नु हो।

 

हरेकको जीवन उसको को आत्माले विगतमा भोगेको परिस्थिति अनुरूप आत्माले नै मागे अनुरूप तय भएको व्यवस्थित ब्लु प्रिन्ट वा कुण्डली अनुरूप उसलाई प्राप्त भएको हुन्छ। आफ्नो जीवनकालमा उसले भेट्ने हरेक साथीहरू, आफन्तहरू, मित्र हरू, अमित्रहरू, शत्रुहरू, अभिभावकहरू, जीवनसाथी देखि नजिकका आफ्ना र पराइहरू समेत उसको आत्मा आफैले निश्चय गरी सम्झौतामा पुगेको कुण्डलीको खाकाका आधारमा निश्चित कारणहरूका लागि उसको जीवन सँग विभिन्न रूपमा जोडिन पुगेका हुन्। उनी सँग जोडिएका हरेक पात्रहरूले आफ्नो भागमा परेको आफ्नो भूमिकाहरू लाए अराहें अनुरूप पुरा गरिरहेका छन् । एउटा कुशल फिल्म वा नाटकका अभिनेता र कलाकारहरू ले आफ्नो भूमिका खेले जस्तै। एक कुशल रचनाकारबाट रचना गरिएको निर्माणाधीन चलचित्रमा निर्देशकले निर्देशित गरे अनुरूप नाटकमा भाग लिए जस्तै।

 

तपाई जसले आफ्नो नजिकको प्रियजन गुमाउनु भएको छ तपाईँको लागि आफ्नो प्रियजनको अभाव निश्चय नै अपूरणीय क्षतिको अनुभूति दिने प्रकृतिको रहन्छ्नै। तर यो पनि ख्याल गरौँ कि यो तपाईँ  दुःखित, चिन्तित नै हुनुपर्ने, आफ्नै जीवनलाई हानी गर्ने स्थितिमा पुग्नुपर्ने विषय होइन। जीवात्मा कहिल्यै मर्दैन। हामी आफ्नो निर्धारित जीवनको निर्धारित समय अवधि सम्म मात्र बाँच्ने गर्छौ। मृत्युले हाम्रो निर्धारित जीवनको निर्धारित समयमा मात्र अन्त्य गरेको हुन्छ। तपाईँको  प्रियजनको आत्माको होइन।

 

मृत्युले तपाईँको प्रियजनको आत्मालाई केही समय थोरै विश्राम गर्ने अवसर दिएर, धेरै कुराहरू अनुभूति गर्ने सौभाग्य उपलब्ध गराएर सांसारिक दुख र मोहको अवस्था वाट सदाको लागि मुक्ति लिने अवसर उपलब्ध गराउन सक्छ। वहाँ को भोगभाग वाकिनै रहेछ भने र वहाँको इच्छा रहेमा वहाँ लाई  आफ्ना आफन्तहरू सँग अर्को जुनीमा पुनः झन् प्रिय रूपमा भेट गर्ने र तृप्त भएर जिउने अवसर उपलब्ध गराएको हुन्छ। प्रेम भनेको आफ्नो माथिको आफ्नो निस्स्वार्थ माया हो। हाम्रो आफ्नै आफन्त जसलाई हामी निस्स्वार्थ माया गर्छौ वहाँ लाई मृत्युले आफ्नो जीवन झन् सुवर्ण बनाउने उत्तम अवसर उपलब्ध गराउँदछ। जहाँ चरम मर्माहत तर चरम आनन्दित  नतिजा दिने दुई विपरीत समयहरू एकै बिन्दुमा मिलेका हुन्छन्। कत्ति पनि विचलित नभई त्यो क्षणलाई स्विकारेर साक्षात्कार गरी अघि बढ्ने जीवनको नाम नै जिन्दगी हो।

(खाद्य तथा औषधि विज्ञ, क्यानडा।)

WRITE COMMENTS FOR THIS ARTICLE