मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

आयुर्वेदको परिचयगत वैज्ञानिक पुष्टि

आयुर्विज्ञानको परिचय: विज्ञान र आयुर्वेद (भाग-१)

नारायण घिमिरे

खाद्य विज्ञानका बिज्ञा हुन वा औषधि विज्ञानका अथवा क्वान्टम विज्ञ मानिसहरुको जीवन सहज बनाउने कार्यमा जुटेका जो कोहीलाई अब विज्ञान र आयुर्वेदको मर्मलाई जोड्ने र बुझ्ने गर्न नसक्दा आफ्नो यात्रा कठिन मोडमा पुग्ने स्थिति बनिदिएको छ।

 

संसारमा उपलब्ध रहेका थुप्रै बहुउपयोगी सूचनाहरू वाट वञ्चित रहदा बजार प्रतिस्पर्धामा पुछारमा पुग्ने हबिगत जहातही रहन्छ। बदलिँदो परिस्थितिले पैदा गरेको खाद्य तथा औषधि बजार बजार माग पुरा गर्न, समय अनुसार आफूलाई प्रतिस्पर्धी राख्न अब विज्ञान र आयुर्वेदको मर्मको संयोजन नगरिएका नयाँ उत्पादन र जीविकोपार्जनका सहयोगी जीवन पद्दति बजार विमुख बन्ने दिनहरू नजिकिँदै छन्।

 

समयले आज व्यवसाय लाई उपभोक्ता मुखी बनाइ दिएको छ। आयुर्वेदिक सिद्धान्तहरू पछ्याएर निर्मित बस्तुहरूको  आजका उपभोक्ताहरू दाबा गरिएको क्षमताको वैज्ञानिक पुष्टि माग्ने गर्छन। हाल सम्म उपभोक्ताको उक्त प्रकृतिको जिज्ञासाहरूको चित्त बुझ्दो उत्तर दिन नसक्दा अब्बल आयुर्वेदिक उत्पादनले ठुलो उपभोक्ता हिस्सामा पुग्ने अनुमति पाउन सकिरहेको छैन।

 

अब्बल आयुर्वेदिक उत्पादनको कमजोर वैज्ञानिक मूल्याङ्कनले विज्ञान र आयुर्वेद बिच समेत हिजो निकै ठुलो खाडल समेत पैदा गरिदिएको थियो।उक्त  परिणामको क्षति वैज्ञानिक भन्दा आयुर्वेदिक क्षेत्रले धेरै बेहोर्नु परिरहेको छ।

 

मानव कल्याणको लागि आयुर्वेदका सिद्धान्तहरूको हरेक पक्षहरूको समकक्षी आधारभूत वैज्ञानिक आधारहरू मिहिन रूपमा केलाएर अयुर्बेद्का अवधारणाहरूको उपभोक्ताले बुझ्ने भाषामा बाहिर नल्याउँदा सम्म यो खाडल पूर्ण सकिने छैन। हरेक आयुर्वेदिक विषय, अवधारणा र पद्धतिको बलियो वैज्ञानिक आधार र प्रमाणहरू जुटाउने काम गर्न सक्दा भने समग्रमा विज्ञान र आयुर्वेद दुवै क्षेत्रको प्रभावकारी विकासमा योगदान पुग्ने निश्चित छ।

 

पृथ्वीमा जीवनको उत्पत्ति

 

पृथ्वीमा जीवनको उत्पत्ति हुने क्रममा निर्जीव चीजहरू बाट नै जीवित जीवहरूको विकसित भएको विश्वास विज्ञान र आयुर्वेद दुवैको छ। हरेक जीवित बस्तु पहिले नै अस्तित्वमा रहेको जीवित बस्तु बाट नै उत्पन्न हुने कुरामा पनि दुवै  सहमत भेटिन्छन।

 

आयुर्वेदको मौलिक ज्ञानहरू श्लोकका रूपमा एक पुस्ता वाट अर्को पुस्तामा हस्तान्तरण हुँदै आएकोले यो बारेमा आयुर्वेदको अवधारणा बुझ्न विषय बस्तु सान्दर्भिक श्लोकहरूको मर्मलाई अर्थ्याउनु पर्ने हुन्छ। हिजोको पुस्ताले आफ्नो ज्ञानको भरमा उक्त श्लोकहरूलाई जुन अर्थमा बुझे आजको मितिमा त्यसरी गरिएका व्याख्याहरू असान्धर्बिक रहन सक्छन्। मतलब आधुनिक प्रसङ्ग र सन्दर्भमा श्लोकहरूलाई प्रस्टाउन सक्दा मात्र आयुर्वेद लाई विज्ञानको समान रूपको समकक्षी व्याख्या सँग जोड्न सकिने हुन्छ।

 

आयुर्वेदको अनुसार अस्तित्वमा नरहेको बस्तुले अस्तित्व युक्त बस्तुको जन्म दिन सक्दैन। यसको अर्थ हरेक जीवित चीज एक पूर्व अवस्थित जीवित चीजबाट नै आउँछ भन्ने हो।

 

ब्रह्माण्डमा जताततै जीवनको सुरुवात गर्नको लागि जरुरी हुने आधारभूत तत्त्वहरूको उपस्थिति थियो। जरुरत अनुरूपको परिस्थितिको उचित संयोजनको अभावमा निर्जीव बस्तु वाट सजीव बस्तुको संश्लेषण हुन लामो समय लिएको बताउँछ आयुर्वेद।

 

जीवन उत्पत्तिको प्रक्रियामा बिचका धेरै परिवर्तनका चरणहरू पारगरी अव्यक्त अथवा अदृश्य बस्तुवाट व्यक्त अथवा देखिने बस्तुमा परिवर्तन भएर  लामो समयको अन्तरालमा मात्र जीवनको उत्पत्ति सम्भव भएको बताउँछ आयुर्वेद। अनन्त कालदेखि जीवन सुरु गर्न चाहिने आधारभूत सामग्रीहरू भए पनि केही अरब वर्ष पहिले मात्र जीवन सुरुवातको प्रक्रिया सुरु भएको अयुर्बेद्को मान्यतामा   विज्ञान सँग मिलेको छ।

 

सजीव र निर्जीव पदार्थहरूको निर्माण

 

उत्पत्तिको समयमा पृथ्वीको आफ्नै तिन भौतिक गुणहरू थिए। सत्त्व, रज र तम। जसलाई आदि कालको पृथ्वीको त्रिगुण भन्ने गरिन्छ।

 

सत्त्व गुणले सृष्टिको लागि आवश्यक पर्ने ऊर्जा लाई जनाउँदछ। रज भनेको कणहरूको गतिशीलता लाई जनाउँदछ। तम भने एक जड (इनर्ड) पदार्थ हो। जुन आफै निष्क्रिय रहेता पनि सत्त्व र रज गुणको निरन्तर प्रभावमा कारण एक रुप वाट अर्को रुपमा निरन्तर रूपान्तरण हुन सक्ने क्षमता राख्दछ।

 

सत्त्व गुणलाई अयुर्बेदले एक शुद्ध गुण ठान्दछ जसले कुनै पनि प्रक्रियाको सुरु गर्न एक प्रेरकको भूमिका निभाउँछ। सत्त्व गुण जब सक्रिय हुन्छ तब कुनै पनि निर्माण कुन दिशामा लैजाने भन्ने अवधारणा निर्माण हुन्छ। आधारभूत विज्ञानको हिसाबमा त्यो स्तरको गुण मोनोक्रोमेटिक लाइट वा प्रकाशको किरणको चरित्र सँग मिल्दछ।

 

रज गुणलाई अयुर्बेदमा एक गतिशील चरित्र भनि व्याख्या गरिएको छ। उत्पत्तिको संदर्बमा सुरुवातमा ब्रह्माण्डमा रहेका पदार्थहरू बन्नका लागि सुरु गर्न चाहिने आधारभूत सामग्रीहरू (जसलाई विज्ञानमा अणु तथा परमाणुहरू भनिन्छ) रेनडम वा अनियन्त्रित प्रवाहमा रहदा उत्पत्ति सम्भव बनेको थिएन भनिन्छ।

 

जब प्रवाह नियन्त्रित र निर्देशित हुदै गयो कणहरू रचनात्मक संरचनाको रूपमा विकास हुन सक्यो । निश्चित स्वोरुप बन्न सम्भव बन्यो भनिन्छ। पदार्थहरुको गतिशीलता जसका कारण नयाँ सृजना र ध्वंस दुवै सम्भव हुन्छ त्यसलाई लाई अयुर्बेदिक मान्यतामा रज गुण भनिएको हो। वैज्ञानिक अवधारणामा यसलाई इनर्सिया वा मोसन वा चाल को नामले बुझ्न सकिन्छ ।

 

आयुर्वेद भन्छ तम गुण भने आफैमा जड मतलब निष्क्रिय चरित्रको पदार्थको गुण हो। सत्त्व र रज गुणको निरन्तर प्रभावमा कारण भने यो एक स्वरूप वाट अर्को स्वरूपमा बदलिदिन्छ। जस्तै बालुवाको कण आफैमा निष्क्रिय तम गुणी कण हो। हावाको गतिले (रज गुणी) तम गुणी बालुवा एकै ठाउँमा जम्मा गरी थुप्रो बनाएर बालुवाको पहाड बनाइ दिन सक्छ।

 

उक्त बालुवाको पहाड भित्र चुन जस्ता जोडिदिने तत्त्व मिल्न जाँदा (प्रकाशको उपस्थिति वा अनुपस्थितिमा सम्भव हुने सत्त्व गुणी रियाक्सनले) ठुलो तर निष्क्रिय पहरा बन्न सक्छ। यसरी भीमकाय संरचनाको विकास सम्भव छ। जड तत्त्व बालुवा जड तत्त्व पहरो बन्न सक्छ।

 

 

निरन्तर रूपान्तरण हुन सक्ने क्षमता बोकेको तम गुण विज्ञानको हिसाबमा संरचनाहरू बन्ने आधारभूत कच्चा पदार्थहरू हुन्। जैविक र अजैविक सबै पदार्थहरूका आधारभूत संरचनाका सबै कच्चा पदार्थहरू तम गुण युक्त कणहरू निर्मित हुन्छन्। सबैभन्दा सानो रूपमा यिनै जड तत्त्व निर्मित छ संसारका हरेक चिज।

 

विज्ञानमा माइक्रो वा न्यानो पार्टिकल भनिने फिक्स सूक्ष्म संरचनाको पदार्थको सन्तुलित चरित्रलाई नै आयुर्वेदले तम गुण भनेको छ। जुन हरेक निर्माणको आधारभूत जग हो।

 

आयुर्वेदको अनुसार जीवको उत्पत्तिको क्रममा अत्यन्त सुश्म अदृश्य पदार्थहरू बिचमा  जोडिएर साना साना तर पहिले भन्दा अन्ततः नतिजामा ठुला संरचना निर्माण गर्ने अत्यन्त धेरै चरणहरू बाट गुज्रिएर महसुस गर्न सक्ने स्वोरुपमा भौतिक पदार्थहरुको विकास हुने गर्छ। यसरी कुनै न कुनै रूपमा महसुस गर्न सकिने गरी बन्न सम्भव भएको भौतिक पदार्थलाई तनमात्र भनिएको छ।

 

तनमात्र कुनै पनि भौतिक पदार्थको सबै चरित्र बोकेको  सम्भव भए सम्म सानो इकाई हो। उस्तै गुणहरू बोकेका अदृश्य संरचनात्मक इकाईहरू वा तनमात्र मिलेर महाभूत बन्दछ। आयुर्वेदमा पाँच प्रकारका तनमात्र बारे मात्र वर्णन छ। जस बाट पाँच महाभूतको निर्माण भएको व्याख्या भेटिन्छ।

 

माथिका कुराहरूलाई जब तपाई आधुनिक विज्ञानको आँखाले हेर्नु हुन्छ भने शून्यको बादल बाट बन्ने कवार्क, ग्लुयोंन, इलेकट्रोन, प्रोटोन, न्युट्रोन जस्ता पाँच-तत्त्वहरू तनमात्र हुन। तिनै तनमात्र वाट एटम, इलिमेंट र कम्पाउन्ड बनेका छन्। तिनै तत्त्व हरू वाट भौतिक र अभौतिक पदार्थहरूको निर्माण भएको भेटिन्छ।

 

महाभूत भौतिक रूपमा हाम्रो शरीरलाई यसको उपस्थिति वा अनुपस्थितिको महसुस गराउन सक्ने भौतिक पदार्थहरू हुन। जुन बिचमा शक्तिको रूपमा परिवर्तन भएर मात्र एक रूप बाट अर्को रूपमा परिवर्तन हुने गर्छ। तिनै पाँच महाभूतहरू मिलेर हाम्रो शरीर बनेको हुन्छ जसलाई पन्चमहाभूत वा पन्च-तत्त्व भन्ने गरिन्छ। अनुभूति हुने क्रममा पाँच महाभूतहरू पाँच इन्द्रियहरू सँग आपसी संसर्गमा आउन जरुरी हुन्छ।

 

पन्च महाभूतमा रहेका पाँच तत्त्वमा शून्य वा खालि रहने आकाश जसलाई शब्द वाट अनुभूति गर्न सकिन्छ। शब्दलाई सुन्नुको अर्थमा समेत बुझिन्छ। आकाश तत्त्वको अनुभूति गर्ने मुख्य इन्द्रिय कान हो। दोस्रो ग्यासको रूपमा रहेको बायु हो। बायु तत्त्वलाई स्पर्शको माध्यम वाट छालले महसुस गर्छ। तेस्रो अग्नि तत्त्व हो जुन ऊर्जाको रूपमा रहन्छ।

 

अग्नि तत्त्वको महसुस गर्ने इन्द्रिय आँखा हो। चौथो तत्त्व जल वा पानी हो। तरल रूपमा हुने पानीले रस तत्त्व बुझाउँछ। रस तत्त्व भनेको स्वाद दिने तत्त्व भनेको हो। जसलाई जिब्रोले अनुभूति गर्दछ। पाँचौँ तत्त्वलाई पृथ्वीको नाम दिइएको छ। यो ठोस रूपमा रहने र गन्ध अथवा वासना पैदा गर्ने तत्त्व हो। जसको नाकले अनुभूति लिने गर्छ।

 

जुन पदार्थहरू वाट शरीरको अङ्ग प्रत्यङ्गहरू बनेको छ ती पदार्थहरू सन्तुलित रहेर आफ्नो गतिविधि सञ्चालन गर्न सक्दा मात्र महाभूतको संरचना दरिलो बन्छ। जब पाँच वटै महाभूतहरू एक आपसमा सन्तुलित र संयोजित बनिदिन्छ शरीर स्वस्थ रहन्छ।

 

पन्च-तत्त्वहरू बाट निर्मित हुने पदार्थहरू बाट बनेका शरीरका अङ्ग प्रत्यङ्गहरू तिनै पन्च तत्त्वहरूले कुनै कारण बस सन्तुलन र संयोजन गुमाउँदा साना साना समस्याहरू पैदा हुन सुरु गर्छ।

 

ती साना साना समस्याहरू बिस्तारै बढ्दै गई महसुस गर्न सकिने स्तरमा देखा पर्छ। जसलाई दोष भन्ने गरिन्छ। दोषहरू प्राय तिन प्रकारका हुन्छन्। वात, पित्त र कफ जसलाई समुच्चमा त्रिदोष पनि भनिन्छ।

 

महाभूतको संरचनाको आफ्नै मौलिकता रहने भएकाले यसको संरचनागत आवश्यकता र जटिलताले मानव स्वास्थ्यमा असरहरू पुर्‍याउने गर्दछ। उक्त संरचनागत आवश्यकता लाई बुझ्न सकिने गरी मानव स्वास्थ्यको व्यवस्थापन र सुधारमा प्रयोग गर्न सकियोस् भनी आयुर्वेदमा त्रिदोषको अवधारणाको विकास भएको देखिन्छ।

 

त्रिदोषको सन्तुलन गुमेको अबस्थामा पन्च तत्त्वहरूले सन्तुलन र संयोजन गुमाउने गरिदिन्छन। पन्च-तत्त्वहरूले सन्तुलन र संयोजन गुमाउँदा महाभूतको संरचना सन्तुलित र संयोजित बन्न सक्दैन।

 

महाभूतको संरचना सन्तुलित र संयोजित नबन्दा पन्चमहाभुतहरुको असन्तुलन पैदा हुन्छ। पन्चमहाभुतहरुको असन्तुलनबाट रोगहरू पैदा हुन्छन। यसरी आयुर्वेदिक पद्दतिको मान्यतामा त्रिदोषहरू सन्तुलित गरेर मात्र शरीरको संरचनाहरु सन्तुलित गर्दै शरीर लाइ स्वस्थ राख्न सकिन्छ।

 

अङ्गहरूमा कुनै पनि समस्या नदेखिएको अवस्थालाई त्रिदोषहरू सन्तुलनमा भएको अवस्था मान्छ आयुर्वेद। त्रिदोषहरूहरु बिच सन्तुलन भङ्ग भएर जब समस्याहरू पैदा हुन्छन् तब त्रिदोषको सन्तुलन गुमेको ठानिन्छ।

 

 

तसर्थ आयुर्वेदिक चिकित्सा प्रणालीमा व्यक्तिको वात, पित्त र कफ दोषहरूलाई मुख्य आधार बनाएर सम्भाव्य उपचारको लागि औषध मुलोको अनुसन्धान र प्रयोगहरू गर्ने गरिन्छ।

 

 

सजीव पदार्थको जस्तै निर्जीव पदार्थहरूको निर्माणमा समेत पन्च महाभूतकै संयोजन रहने गर्छ। तनमात्र वा अणु तथा परमाणुको स्तरमा तत्त्वहरु दुवै निर्जीव पदार्थ र सजीव पदार्थ निर्माणमा प्रयोग हुने गरेको देखिन्छ।

 

 

तिनै सुश्म तत्त्वहरुको आपसी चरित्र नै अन्ततोगत्वा दोषहरुको सृजनाका कारक रहने देखिएकाले उक्त दोषका समाधानका उपायमा पनि तिनै तत्त्वहरु उपयोगमा आउनसक्ने देखिन्छ। तसर्थ अयुर्बेदले पृथ्वीमा भएका हरेक बस्तुको औषधीय गुण दिने सम्भावना हुन्छ भन्ने गर्छ।

 

 

जीव विज्ञान पृथ्वीमा जीवको उत्पत्ति हुने क्रममा गैर-जीवित बस्तु जीवित बस्तुमा तीन सङ्क्रमणकालीन परिवर्तनका चरणहरू पारगरी बनेको दरिलो प्रमाण आफूसँग रहेको दाबी गर्छ। जस अनुसार सबै भन्दा पहिले बायोलोजिकल जैविक मोनोमर्सहरु बने। जैविक मनोमरसहरु मिली जैविक पोलिमरसहरु बने। तिनै जैविक पोलिमरसहरु बाट जीवनको उत्पत्ति सम्भव बन्यो।

 

 

जैविक विज्ञानको यो मान्यता आयुर्वेदिक मान्यता विपरीत देखिँदैन। दुवै मान्यताले स्वीकारेको जीवनको संरचना बारेको साझा मान्यता लाई अयुर्बेदले भने आयुर्वेदिक चिकित्सा र जीवन पद्धतिको व्याख्या गर्न र त्यसैको उपयोग वाट समस्याको समाधानार्थ अन्य अबधारण हरू विकास गरी यसलाई व्यवहारिकता मा उपयोगमा ल्याएको देखिन्छ।

 

रोग कसरि पैदा हुन्छ ?

आयुर्वेदिक अवधारणामा आकाश, हावा, आगो, पानी, र पृथ्वी गुनका पाँच तत्त्वहरू मिलेर सबै पदार्थहरूको अद्वितीय संयोजन मार्फत  वात, पित्त र कफ दोषहरूको निर्माण गर्छ।

 

आयुर्वेदका मान्यता के हो भने त्रिदोषहरू नै शरीरका तन्तुहरूको सिर्जना गर्न, मर्मत सम्भार गर्न, टुटफुट गरी जीर्ण काम नलाग्ने बनेको कोशिकाहरू तत्न्तुहरुबाट टुक्राउन (ब्रेक डाउन) र जीर्ण पदार्थ वा शरीर सञ्चालनका क्रममा पैदा भएका सबै प्रकारका फोहोरहरू शरीर वाट बाहिर फाल्न संलग्न हुन्छन्।

 

त्यसका साथै मानिसको मनोबैज्ञानिक गतिविधि जस्तै भावनात्मकता, अनुभूति, प्रेम, घृणा जस्ता पक्षहरूको समेत सञ्चालन र नियन्त्रण गर्दछ।

 

दोषहरू सन्तुलित रहदा शरीरका प्रणालीहरू सामान्य रूपमा सञ्चालन हुने गर्छ। शरीरलाई उपलब्ध गराइएको आहार, जीवनशैली, आनीबानी र वातावरण वा परिस्थितिका कारण कुनै एक दोष बढ्नगई असन्तुलन सिर्जना हुन्छ। असन्तुलनले शरीरमा समस्याहरू अथवा रोगहरुको पैदा हुने गर्छ। आयुर्वेदिक पद्दति शरीरमा गुम्न पुगेको दोषहरूको सन्तुलनलाई पुनः बहाली गरी पुन: सन्तुलन कायम गरि स्वस्थ हुन सकिन्छ।

 

रोग र अशक्तताको नरहेको अवस्थाको अलावा शारीरिक, मानसिक र सामाजिक सबलता तथा सन्तुलन युक्त मानिसलाई निरोगी मान्ने जैविक विज्ञानको मान्यता समेत आयुर्वेदिक मान्यतालाई गलत ठान्ने अवस्थामा देखिँदैन। जैविक विज्ञानका आफै प्रकृतिका व्याख्याहरू भेटिन्छन। चुरो रूपमा हेर्दा ती दुई बिच खासै भिन्नता नभेटिने दुवै क्षेत्रको मान्यता देखिन्छ।

 

(खाद्य तथा औषधि विज्ञ, क्यानडा।)

WRITE COMMENTS FOR THIS ARTICLE