मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

क्वान्टम आयुर्वेद।

नारायण घिमिरे

पदार्थको संरचनालाई वर्णन गर्न एक काल्पनिक संज्ञा फेमटोटेक्नोलोजीको विकास भएको छ। मापन गर्ने यन्त्र फेमिटोमिटरकोले १० को पावर माइनस १५ मिटर सम्मको पदार्थको संरचनाको आकारको नापलिने गर्छ। आजको १० को पावर माइनस ९ मिटर सम्मको संरचनाको मापन गर्न विकास गरिएको  न्यानो-टेक्नोलोजी  र १० को पावर माइनस १२ मिटर सम्मको संरचनाको मापन गर्न विकास गरिएको  पिकोटेक्नोलजीको क्षमता भन्दा सानो स्तरको मापनको इकाई जरुरत रहेकाले काल्पनिक फेमटोटेक्नोलोजी नामक  मापन इकाईको विकास भएको छ। अयुर्बेदको पन्चमहाभुतहरु भविष्यमा फेमिटोमिटर मार्फत मापन गर्न सकिने आशा गरिएको छ ।

 

आधुनिक विज्ञानको बिग बैंग सिद्धान्तको विपरीत प्राचीन वेदको मान्यतामा उत्पत्ति र विकासको मोडेल अनुसार संसारको सुरुवात विशाल खाली ठाउँबाट भएको हो। इम्टी स्पेस भनिने नितान्त खाली स्थानलाई परम्परागत रूपमा ‘शिव’ वा ‘ब्राह्मण वाट भएको हो। जसलाई आज भोलि शिव (वा ब्राह्मण) शब्दले  प्रतिनिधित्व गर्दछ।  शिव (वा ब्राह्मण) शब्दले निरपेक्ष अन्तरिक्ष लाई जनाउँदछ। हालको हाम्रो मापन र पहिचान वा अनुभूतिको क्षमता भन्दा पातलो हरेक पदार्थ निर्माण हुने कण वा धुलो निर्मित उक्त विशाल खाली ठाउँका उक्त कण कुनै पनि दिसामा जान सक्ने चलायमान प्रकृतिको हुने हुँदा त्यहाँबाट एक प्रकारको कम्पन पैदा हुने गर्छ। जसलाई शब्द भनिन्छ।

 

क्वान्टम फिजिक्सले हाल आएर प्रमाणित गरे अनुरुप स्पेस र समय फरक फरक कुरा नभई एकल हो। जब स्पेस-टाइम एकापसमा नियमितरूपमा अस्तित्वमा आउँछ त्यसको नाच वाट क्वान्टा वा ऊर्जाको सबै भन्दा सानो रूपको विकास हुन्छ। बेदका अनुसार समय, चेतना र आत्मा जस्ता कणहरूबाट पुर्णरुपमा भरिएको उक्त खाली ठाउँ एक आपसमा सङ्कुचन भएर इनर्जीको पोको जस्तो चलायमान कणका बादलहरू बनाउने गर्छन।

 

जहाँ स्पेस-टाइमको एकापसको संयोजन वाट हुने नृत्य वाट ध्वनि पैदा हुने र क्वान्टा निर्मित हुने गर्छ। स्पेस-टाइमलाई वेदले शिव अथवा शिव-पार्वती भन्ने गर्छ। स्पेस-टाइमको नृत्यलाई नटराजको (पवित्र गाँजा सेवन गरी नाचिरहेको मुद्रामा रहेका शिव) रूपमा समेत चित्रित गर्ने गरिन्छ। स्पेस-टाइम वाट पैदा हुने शब्द लाई  “ॐ” शब्द वाट पुकारिन्छ। उक्त “ॐ” शब्दहरू सङ्कुचित भएर बनेको क्वान्टाहरु मिलेर बनेको इनर्जी वा शक्तिलाई शिव-पार्वती मार्फत प्राप्त शक्ति ठानी शिव शक्ति भन्ने गरिन्छ।

 

पन्च तत्त्वमा आकाश तत्त्व भनेर चिनिने तत्त्व त्यही क्वान्टा निर्मित गर्ने खालि स्थान हो। उक्त खालि स्थानको आफ्नै अन्तर्निहित कम्पन (ध्वनि) रहने र सङ्कुचन हुन सक्ने गुण रहन्छ। आकाश तत्त्वमा शक्ति E = ॐ x V  हुने गर्दछ। जहाँ V ले ध्वनिका तरङ्गहरूको फ्रिक्वेन्सी लाई जनाउँदछ । संस्कृतमा ध्वनिलाई ओ३म् (ॐ) शब्दले इंकित गरिन्छ। आधुनिक विज्ञानको हिसाबमा ॐ ले युनिभर्सल कन्टेन्टलाई जनाउँदछ।

 

स्पेस-समयको एकापसमा हुने सङ्कुचन प्रवृत्तिका कारण शक्ति जहिले पनि आफू मिलेर बनेको पदार्थको भित्र तर्फ तानिने गुणले युक्त रहने गर्छ। हरेक ससाना कणको उक्त गुणबाट बनेको समग्र सबै पदार्थ आफूतर्फ तानिने शक्तिलाई भौतिक विज्ञानले ग्रयाभिटी वा गुरुत्वाकर्षण भन्ने गर्छ। वेदले विशाल शक्ति।

 

पदार्थका स-साना कणहरू चलायमान रहने क्रममा जुन दरमा एक रूप वाट अर्को रूपमा परिवर्तन हुन्छ त्यही दरमा तिनमा निहित शक्तिमा परिवर्तन हुने गर्छ। जसका कारण त्यहाँ विद्युतीय प्रवाह हुने गर्छ। जीवित प्राणीमा हुने यस्तो विद्युतीय प्रवाहलाइ वैदिक बायो-इलेक्ट्रिक भनिन्छ। भौतिक विज्ञानमा यसलाई बायो-इलेक्ट्रिसिटि भन्ने गरिन्छ।

 

स-साना कणमा हुने विद्युतीय प्रवाहका कारण ती कणहरू तेज गतिमा स्पिनका रूपमा वा फ़नकिएर घुम्न पुग्छ। जसको कारण त्यहाँ वेब वा कम्पन र परा कम्पन विकास हुने र शब्दको निर्माण हुने गर्दछ। जसलाई वेदले योगन भन्दछ। योगनहरुको संयोजन वाट बनेको कम्पन लाई वेदले योगीकी म्याग्नेटिजमको रूपमा बुझ्ने गर्छ। जसलाई विभिन्न चक्रको रूपमा बयान गरिएको छ। भौतिक विज्ञानले भने फेरो-म्याग्नेटिजम, प्यारा-म्याग्नेटिजम आदिको रूपमा बुझ्ने गर्छ।

 

योगीकी म्याग्नेटिजमको चरित्र ग्रयाभिटी वा गुरुत्वाकर्षण विपरीत शक्ति पैदा गर्ने हुँदा यसलाई एन्टी-ग्रयाभिटी शक्ति भन्ने गरिन्छ। यसरी एकतर्फ भित्र तानिने र अर्को तर्फ बाहिर धकेलिने शक्तिको निरन्तरता वाट ठुलो म्याग्नेटको रूपको इलेक्ट्रिक र म्याग्नेटिक फिल्ड युक्त पदार्थ बन्ने कुरामा विज्ञान र वेदको कुनै फरक मत देखिँदैन।

 

क्वान्टम फिजिक्सको कोणबाट हेर्दा समेत मानव शरीरका प्रत्येक कोशिकाका हरेक भाग जस्तै डिएनए आदिबाट बिलियन्स एटम निर्मित छन्। हरेक एटम इलेकट्रोन, प्रोटोन र न्युट्रोनबाट बनेका छन्। प्रोटोन र न्युट्रोन तुक्राउदा  क्वार्ज, ग्लुवोन लगायतका सूक्ष्म पार्टिकल भेटिन्छ।

 

इलेकट्रोन र क्वार्ज, ग्लुवोन लगायतका सूक्ष्म पार्टिकल निकै सानो सानो इनर्जीका संयोजनले बनेका विन्दु हुन्छन्। जसलाई झन् सानो गर्दा खालि स्थान अथवा आकाश भेटिन्छ। यस्तै इनर्जीका संयोजनका विन्दुहरू जसले हाम्रो शरीरभित्र इन्फरमेसनको जालोको संयन्त्र आदि बनाएको भेटिन्छ। क्वान्टम फिजिक्सले यसलाई इन्फरमेसन भन्ने गरेको छ। क्वान्टम फिजिक्सले नै हाम्रो जीवन अन्ततः खाली चिजवाट बनेको प्रमाणित गर्छ। उक्त खाली चिजलाई नै संस्कृतमा आकाश भनिएको हो।

 

भर्खरै क्वान्टम युगमा प्रवेश गरेको विज्ञानले खाली स्थानमा भेटिने चेतना र आत्मा जस्ता कणहरू सम्म आफ्नो पहुँच पुर्‍याई सकेको छैन। तर वैदिक हिसाबमा कन्ससनेस र आत्मा सम्मको यात्रा तार्किक रूपमा पुरा गर्न सकिन्छ।

 

बिरुवाले वातावरणबाट कार्बनडाई अक्साइड र जमिनबाट पानी लिएर क्लोरोफिलमा प्रकाशको किरणबाट पर्याप्त शक्ति पाएर बनाउने ग्लुकोजबाट मानिसको शरीरले इम्ब्रियो सेल बनाउने क्षमता प्राप्त गर्छ। वायुमण्डलीय कार्बन डाइअक्साइडका अलावा जमिनबाट प्राप्त पानी, मल र अन्य पदार्थ समेतको उपयोगमा फोटोसेन्थेसीस प्रक्रियामा ३ टन कार्बनडाई अक्साइडबाट २.१ टन ताजा अक्सिजन वातावरणलाई फिर्ता गर्ने गर्छ ।

 

सूर्यको सेतो प्रकाश हामीले देखिने ७ रङ्गहरू मिलेर बनेको हुन्छ। बिरुवाको पातमा रहने क्लोरोफिलको मलिकुलले सात रङ्गमध्ये निलो र रातो लाइट सोसी इनर्जीका लागि चाहिने खाना बनाउने गर्छ। फोटो सिन्थेटिक प्रक्रियाका लागि औसत ८ वटा (निलो र रातो) फोटोंन लाइटको जरुरी हुने मानिन्छ । ८ फोटोंन प्रकाशको किरण भनेको लगभग ३८१ किलो क्यालोरी हुन आउँछ। एउटा कार्बन डाइअक्साइडलाई ग्लुकोजमा परिवर्तन गर्न मात्र ११४ किलो क्यालोरी जरुरी पर्छ। सूर्यबाट क्लोरोफिलले प्राप्त गर्ने इनर्जीबाट वनस्पतिको शक्तिको जरुरत पर्छ । तिनै वनस्पतिबाट प्राप्त हुने खानाबाट क्लोरोफिलबाट शक्ति सञ्चय गर्न नसक्ने जीवहरूका लागि जरुरी शक्तिको पूर्ति हुने गर्छ।

 

विज्ञानका अनुसार सैद्धान्तिक रूपमा मात्र ३० प्रतिशत इनर्जी बिरुवा र जीवका लागि प्रयोग हुने शक्तिवर्धक खानामा परिवर्तन भएको देखिन्छ । जुन प्रयोगशालामा उच्चतम मात्र २५ प्रतिशत मात्र सदुपयोग भएको पाइएको छ । यसरी प्राप्त शक्ति पनि बिरुवाको श्वास-प्रश्वास र दैनिक गतिविधि सञ्चालनमा जरुरी हुने हुँदा सूर्यबाट प्राप्त प्रकाशको शक्तिको औसत १५ मात्र बायोमास अथवा शरीरको भाग बन्न प्रयोग हुने गरेको पाइन्छ ।

 

सूर्यको किरणबाट लिएको मध्ये मात्र ३० प्रतिशत इनर्जी कहाँ जान्छ भन्ने यकिन भएको दाबी गर्ने विज्ञानले बाँकी लगभग ७० प्रतिशत इनर्जी कहाँ खपत भइरहेको छ भनी तथ्यगत व्याख्या गर्न सकिरहेको भेटिन्न।

 

वैज्ञानिक परीक्षणबाट प्राप्त नतिजा अनुसार एक जीवित सेल मर्ने क्रममा वैज्ञानिक सिद्धान्तले बताउने भन्दा अत्यधिक शक्ति निस्किरहेको भेटिन्छ। जस्तै एक ग्राम जीवित इष्ट सेल वाट एक ग्राम मरेको इष्ट सेलले दिनुपर्ने जति क्यालोरी निस्कनु पर्नेमा दुई ग्राम मरेको इष्ट सेलले दिने भन्दा केही बढी क्यालोरी निस्कने गर्छ। एउटा जीवित सेल वाट मरेको सेल वाट भन्दा दुई गुणा धेरै शक्ति कसरि प्राप्त हुन्छ भन्ने उत्तर समेत विज्ञानले भेट्टाइरहेको छैन।

 

रगतको हेमोग्लोबिनको आणविक तौल कतिमा १६,७०० हुन्छ। एउटा अस्थिर जीवित प्रोटिन मर्ने क्रममा भत्कँदा ४० किलो क्यालोरी शक्ति निस्किएको भेटिन्छ। जबकि हाल सम्मकै अत्यन्त अस्थिर र विस्फोटक मानिने एक आणविक तौलको नाइट्रोजन क्लोराइड विस्फोट हुँदा मात्र ३८ किलो क्यालोरी शक्ति निस्कन्छ। एक जीवित अस्थिर प्रोटिन मर्दा आउने यति ठुलो शक्तिको स्रोत के हो भन्ने उत्तर विज्ञानले भेट्टाइरहेको छैन। तिनै अवस्थामा देखिएको ऊर्जाको फरक पनमा वैदिक हिसाबको कन्ससनेस र आत्माको संयोजन, बिखन्डन वा उन्मुक्ति तर्फको ऊर्जा कारक रहेको अनुमान गर्न सकिन्छ।

 

आकाश तत्त्व बाट आउने ध्वनि, त्यो बाट आउने ताप र प्रकाश रुपी इनर्जी आदि बाट सांसारिक पदार्थहरू निर्माण हुने प्रक्रिया पुरा हुने नियमित प्रक्रिया हाल आएर विज्ञान सम्मत रूपमा समेत स्पष्ट भएको छ। आकाश, वायु, अग्नि, जल, पृथ्वी लगायतका पन्चतत्व निर्मित जीवित शरीरमा हरेक तत्त्वको आफ्नै घनत्वका कारण पैदा गर्ने पाँच प्रकारका दबाबहरू जस्तै  ध्वनि, स्पर्श  (प्रेसर/घर्षण), प्रकाश/ताप, स्वाद र गन्धका कारण शरीर भित्र परिवर्तनकारी तरङ्ग पैदा गरी ऊर्जाको दोस्रो चरणको वेब वा तरङ्गहरूको विकास गरिदिन्छ।

 

दोस्रो चरणको तरङ्गहरू सोचाई आदिको विकास गर्न सक्षम बनिदिन्छ। सोचाई आफै आफ्नो बानी ब्यहोरा र चरित्र निर्माण गर्न निर्णायक हुने हुँदा त्यसैका कारण मानिसमा  अनिबार्य रहने तिन गुण सत गुण वा ऊर्जा, रज गुण वा गतिशीलता  र तम गुण वा स्थिर जडता सन्तुलित रूपमा विकास हुने गर्छ। सोचाई मानिसको दिमाग वाट तरङ्गित हुने एक प्रकारको तरङ्ग हो।

 

हरेक क्रिया वा कारकको अनिबार्य  प्रतिक्रिया वा प्रभाव रहने ब्रमाण्डमा दिमाग वाट तरङ्गित हुने सोचहरूको प्रभाव रहने गर्छ। जुन चेतना वा स्मृतिको रूपमा रहन्छ। ब्रमाण्डको स्तरमा भने सोचहरूको प्रभावबाट स्थापित हुने कन्ससनेस वा चेतनाहरूको संयोजनवाट अहिंसा उन्मुख मानव चेतना विकास गर्ने मान्यता राख्दछ वेद।

 

धेरै सूक्ष्म रूपमा हेर्दा प्रजननको क्रममा वीर्य र डिम्ब संयोजन हुँदै गर्दा सूर्यको किरण मार्फत अभौतिक पदार्थ (आत्मा / जैविक शक्ति) समेत प्राप्त वीर्यको कारण गर्बाधरण गरेको डिम्बमा जीवन  उपलब्ध हुन्छ। जीवको भौतिक पदार्थ निर्मित स्थूल शरीर नमर्दा सम्मको बिन्दु सम्म जीवन लाई जीवन्त राख्ने आत्मा शक्ति र कन्सियसनेस भौतिक सरिरमा जोड़ीई रहन्छ। मृत्युको बिन्दुमा आत्मा शक्ति र कन्सियसनेस आकाश तत्त्व सँग मिल्दछ। ब्रमाण्डमा नै फर्कने गर्छ। भौतिक सरिरमा समग्रमा जुन जुन तत्त्व जुन जुन पन्च तत्त्व वाट आएको हो अन्ततः उतै मिलान हुन्छ।

(खाद्य तथा औषधि विज्ञ)

WRITE COMMENTS FOR THIS ARTICLE