मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

पन्ध्र-पुस कति वैज्ञानिक ?

नारायण घिमिरे

पन्ध्र-पुस पुस महिनाको १५ गतेका दिन मनाइने चाड हो। पुस १५ गतेदेखि रात लामो हुने क्रमको अन्त्य हुन्छ र दिन लामो हुन सुरु हुन्छ। लन्डनको ग्रिनविचलाई शून्य डिग्री समय मानेर विश्वको समयको निर्धारण गर्ने गरिएको छ।

 

नेपालको स्ट्यान्डर्ड समय गौरीशंकर हिमालको समय हो। ग्रिनविच र गौरीशंकरको समयमा ५ घण्टा ४५ मिनेटका अन्तर छ। नेपालमा गौरीशंकर हिमालमा घाम झुल्किएपछि ल्होछार नयाँ वर्ष पुस १५ सुरु हुन्छ। नेपालका विभिन्न ठाउँहरूमा यो चाड मनाउने गरिन्छ।

 

पन्ध्र-पुसको रात नसुतेर गाउँ खाने कथा र दन्ते कथा सुनेर अथवा सुनाएर बिताउने परम्परा थियो। यो चाड आफ्नो आफ्नो घरमा नै मनाइन्छ। विशेष गरेर पुस पन्ध्रमा चामलको पिठोको मोटो रोटी (भुच्चाने रोटी) बनाएर आगोको भुबरामा पकाएर खाने चलन छ। त्यसैले पश्चिम नेपालमा कसैले मोटो रोटी बनाएमा पुष “पन्ध्रको जस्तो रोटी बनायो” भन्ने वख्यान पनि सुन्न पाइन्छ।

 

पुस १५ तमुहरुको नयाँ वर्ष हो। अन्यको लागि रात छोटो, दिन लामो हुन सुरुगर्ने दिन। नेपालमा पन्द्र पुसमा समेत कति घरमा कालो मासको फुलौरा पनि पाक्ने गर्छ। नत्र फुलौरा प्राय: माघे सक्रन्तिमा अनिबार्य पाक्ने नेपाली चलन हो।

 

मगरहरुले पुस १५ मा खुवा खाने गर्छन्। चेलीबेटीले आ–आफ्नो घरबाट चामल र रक्सी उठाउने र माइतीहरूले घिउ, कुखुरा वा बोका ल्याएर रोटी, रक्सी र मासु भात खाई सह-भोज गर्ने चलनलाई नेपालीमा खुवा खाने भनिन्छ। सह-भोजको यो वनभोज चाडमा खुवा खादै अविवाहित, एकले अर्कालाइ मनपराउने मगर युवायुवतीहरु जीवनसाथीमा बाधिने प्रण गर्ने समयको रुपमा लिने गरिन्थ्यो। उनीहरु बीच धेरैको यही दिन वाट घरजम बस्ने र वैवाहिक जीवन सुरुहुने गर्थ्यो।

 

अयुर्बेदको अष्टाङ्ग हृदयमको अनुरुप मानिसमा मौसम अनुरूप यौन क्षमताको विकास हुने गर्छ। जाडोको पुस, माघ र फागुन महिनामा स्वस्थ मानिसको शरीर हरेक दिन यौन कार्यमा संलग्न हुन सक्ने गरी आन्तरिक तैयारीमा बस्ने गर्छ। उचित यौन इच्छा जागृत गर्ने तागत दिने पदार्थ खानामा संलग्न गरी खाएर जाडोको यो तिन महिना यौन कार्यमा लिप्त हुन चाहने जोडीहरु लाइ पूर्ण सन्तुष्ट रहने गरी यौन तिर्खा तिमित्याण्ड गर्न जाडोको महिना छान्न सल्लाह दिइन्छ।

 

चैत्र देखि बैशख तथा असोज देखि मङ्सिरको समयमा हरेक तिन दिनको अन्तरमा यौन सम्पर्कको लागि शरीरले आफ्नो तैयारी गरेको हुन्छ। जेठ, असार र सावन जस्ता गर्मी र ओसिलो महिनामा भने हरेक दुई हप्तामा एक पटक यौन कार्य गर्न उपयुक्त हुने गरी शरीर आन्तरिक तैयारीमा रहेको देखिन्छ।

 

भर्खरै विवाह बन्धनमा बाँधिने युवा युवतीहरूमा यौन तिर्खाको अधिक आवेग रहने गर्छ। शास्त्रका अनुसार पुरुषमा महिलामा भन्दा धेरै र तुरुन्त काम इच्छा जाग्ने गर्छ। प्राचीन ग्रीक पौराणिक जयूस र हेराको कथा अनुसार एक महिलाले पुरुषले भन्दा सहवासको आनन्द नौ गुणा धेरै प्राप्त गर्छिन। आइरिस पौराणिक कथा र सनातन हिन्दु शस्त्रका प्राचीन भंगश्वनाको कथा दुवैको मान्यतामा समेत आफूले इच्छाएको सहवासको क्रममा एक महिलाले पुरुषले भन्दा धेरै आनन्दको अनुभूति गर्छिन।

 

जैविक दृष्टिबाट मानिसमा यौन इच्छा जाग्नुमा टेस्टोस्टेरोनको ठुलो भूमिका हुन्छ। जुन पुरुषको प्रणालीमा महिलाहरू भन्दा २० गुणा बढी हुन्छन्। जसका कारण पुरुषहरूमा महिलामा भन्दा धेरै छिटो यौन इच्छा जाग्नु प्राकृतिक नै हो।

 

महिलालाई सम्भोगका बेला फरक फरक चार प्रकारको चरम सन्तुष्टिको अनुभूति दिलाउने क्लिटोरिक्स, योनिको आकार दिने गरी जी-स्पट बनाएर बसेको भित्री आन्तरिक भाग, सेर्भिक्स र निप्पल गरी सन्तुष्टिदायक यौनाङ्गहरु अशिर्बादको रूपमा उपलब्ध छ। ब्राभो-डेल्टा नामकरण गरिएको महिला र पुरुष बिचको सबैभन्दा गहिरो भौतिक मिलनको बिन्दुमा यिनै चार यौन सन्तुष्टि दिने अङ्गहरूका कारण महिलामा पुरुषहरूमा भन्दा अत्यन्त गहिरो, चरम र विविध अनुभव प्राप्त गर्न सम्भव बनेको हो (कोन्कोर्डिया युनिभर्सिटीको वैज्ञानिक अनुसन्धान)।

 

अन्वेषणहरूले पत्ता लगाए अनुरूप पुरुषको लिङ्ग र महिलाको यौन अङ्ग क्लिटोरिक्स दुबैमा छ हजार देखि आठ हजार सम्म समान संवेदनशीलता युक्त स्नायुहरू रहने गर्छन। त्यो कारणवाट समागमका बखत हुने एकापसको धर्षण तथा संसर्गको अनुभूतिहरू स्नायुहरू मार्फत दिमागले बराबर नै प्राप्त गर्ने हुँदा दुवैतर्फ चरम सुखको महसुस लगभग समान हुने गर्छ। यौन अङ्गको आन्तरिक संरचना बाहेक पुरुष र महिला दुबैमा समान प्रकृतिका इन्द्रियहरू रहने हुँदा इन्द्रियहरू मार्फत प्राप्त सूचनाको आधारमा दिमागले महसुस गर्ने चरम सुख पनि उस्तै हुने देखिन्छन।

 

महिलामा क्लिटोरिक्स बाहेक अन्य तिन यौनअंगहरुले सहवासको समयमा स्नायु मार्फत छुटै सहवासको अनुभूतिहरू दिमागमा नियमित पठाउने हुँदा तिनवटा अतिरिक्त अङ्गहरूले पठाउने फरक फरक सूचनाकोको संयुक्त असर ज्यामितीय रूपमा दिमागले प्राप्त गर्दा महिलाहरूले पुरुषले भन्दा सहवासको समयमा नौ गुणा अधिक चरम सुख महसुस गर्ने कुराको वैज्ञानिक पुष्टि भेटिन्छ।

 

यौन कार्यको दौरानमा पुरुष भन्दा महिलाको अलि ढिलो स्खलन हुने हुँदा महिलाले अलि ढिलो चरम आनन्द प्राप्त गर्छिन। तर उक्त आनन्द पुरुषको भन्दा अधिक उत्कर्षको र लामो समयको हुने गर्छ। त्यसैले अयुर्बेदको रति-रहस्यले महिला प्रेम र यौन सुखमा पुरुष भन्दा महिला धेरै बढी कुशल रहने निष्कर्ष निकालेको छ।

 

महिला पुरुषको यौन कार्य व्यवस्थापनमा रहेको आधारभूत फरक पनका कारण नव विवाहित जोडी दुवैको सुरुवातको यौन तिर्खा निमिट्यान्न गर्न एक भन्दा बढी पटकको यौन क्रिया जरुरत रहने देखिन्छ। विवाहित जोडीको एकको अर्को प्रतिको लगाव र सन्तुष्टि विकासमा विवाहको सुरुवातको क्रमको यौन प्यास तृप्तिको गहिरो मनोवैज्ञानिक असर रहने गर्छ। यो अर्थमा शरीरको दैनिक सहवास गर्न सक्ने क्षमता विकास हुने गरी भएको आन्तरिक तैयारी, जाडोको निष्क्रिय समय आदिको हिसाबमा पन्ध्र पुस विवाहको लागि वैज्ञानिक रूपमै सबैभन्दा उपयुक्त समय देखिन आउँछ।

 

सहवासले चरम आनन्द बिच मानिसले आफ्नो शक्ति क्षयको अनुभूति गरिरहेको हुन्छ। वैज्ञानिक अनुसन्धान वाट सहवासको कारण महिलामा प्रति मिनेट मात्र ३.१ किलो क्यालोरी र पुरुषमा मात्र ४.२ किलो क्यालोरी खर्च हुने गरेको देखाउँछ। जुन सामान्य हिँडडुल गर्दा लाग्ने शक्तिको हाराहारी छ। सहवासको क्रममा प्राप्त हुने मनोबैज्ञानिक सन्तुष्टि मुलत शरीरको अङ्ग प्रत्यङ्गमा हुने रगतको सञ्चार, सूचना प्रवाह प्रणालीको तन्दुरुस्ती र पुनर्ताजकी पन आदि सँग जोडिएको हुन्छ।

 

चरम आनन्दको अनुभूति पछिको अनुभव र शक्ति क्षयीकरण हुँदाको अनुभव बिच  फरक खुट्टाउन नसक्दा मानिस सहवास पश्चात शक्ति क्षयको अनुभूति गर्दछ।

 

सहवासको क्रममा चरम आनन्द लिँदै गर्दा शरीरमा शक्ति प्रवाह हुने बिन्दुहरू तरङ्गित हुने, शरीरको रोग प्रतिरोधात्मक क्षमता  पुनर्ताजकी हुने, दिमाग स्थिर हुने, चेतना स्पष्ट बन्ने र तनावको लचिलोपनमा अभिवृद्धि आउने आदि हुने गर्दछ।

 

यो कारणले गर्दा उत्कृष्ट यौन क्रियाको लागि तैयारी रहेर यौन गतिविधिमा संलग्न बन्ने समयमा शरीर र दिमाग दुवैको लागि जीवन्त शक्ति दिने तागतिलो तथा ऒजस्वि खानपानको जरुरत पर्दछ।

 

ओजस एक संस्कृत शब्द हो जसको अर्थ हुन्छ उत्साह। जब शरीरले जरुरत अनुरूपको पौष्टिक तागत पाउँछ, मनोवैज्ञानिक सहजता महसुस गर्छ। सहजतामा दिमागले आनन्दित महसुस गरिदिँदा उत्साह पैदा हुन्छ। उत्साही रहदा शरीरका तन्तुहरू बलिष्ठ तथा सहनशील बनेको अनुभूति मिल्दछ।

 

उक्त गतिविधिहरू वाट कोषहरूले स्वास्थ्य पन र जीवन शक्ति प्राप्त गरेको अनुभूति गर्न पाउछ। फलतः  शारीरिक कार्यहरू र मनोबैज्ञानिक सक्रियता बढ्नगई मननै फुरुङ्ग बनिदिन्छ।

 

पाकेको भातमा लगभग ७०% पानी भेटिन्छ। पानी कटाएर हेर्दा भातमा झन्डै ८०% कार्बोहाइड्रेट हुन्छ। कार्बोहाइड्रेट आफै शरीरलाई राम्रो गर्ने चिनीको श्रोत हो। भातमा प्रोटिन मात्र ६.५% र चिल्लो ०.५% को हाराहारीमा। त्यो बाहेक १३ प्रतिशत ओजस्वी प्रयोजनका आउने शुस्म तत्त्वहरू जस्तै मिनिरल, भिटामिन, फाइबर र फ्लेभोनोइड, एन्टीअक्सिडेन्ट आदि हुने गर्छ।

 

पन्ध्र पुसमा सबैले खाने लट्टे बनाउन अनदीको चामल प्रयोग हुन्छ। अनदी एक प्रकारको मोटो स्टिकी चामल हो। नेपालमा रातो अनदी र सेतो अनदीको चामल प्रयोग हुन्छ। गुलियो भात चाम्रे अथवा लट्टे, दूधमा बनाएको खिर, भुटेको खट्टे, पिठो बाफ बनाएर बनाउने चिचड र सेल रोटी बनाउन अनदीको चामलको प्रयोग हुने गर्छ।

 

बासमती चामलको भात मीठो स्वादको हुनुको साथै हल्का र सजिलै पचाउन सकिने, पचेपछि अरू अन्नले जस्तो रगतमा धेरै सुगर नबढाउने, शरीर सितल राख्ने, तागतिलो हुन्छ।

 

ग्लाईसीमिक इन्डेक्स सर्वोत्तम भएका कारण भात खान अति उपयुक्त मानिने बासमती चामलमा धेरै एमाईलोज हुने हुँदा यो चामलको भात फर्र पर्ने नटाँसिने हुन्छ।

 

अनदी चामलमा भने थोरै एमाईलोज धेरै एमाइलो-पेक्टिन भएका कारण यसको भात टाँसिने वा च्याप च्याप लाग्ने हुन्छ। पहेँलो वा सेतो भनिने अनदी चामल झुसिलो मिठो र शरीर जोसिलो बनाउने प्रकृतिको हुन्छ। अनदी चामलको मुख्य गुण यसले शरीरको आन्तरिक अङ्गहरूले तन्दुरुस्त राख्न चाहिने चिप्लो पदार्थहरू, यौन कार्यका लागि चाहिने चिप्ला तरलिय पदार्थ आदिको निर्माण गर्न सहयोगी बन्छ।

 

जाडो समयमा अनुहारको औरा वा चमक आकर्षक बनाउने, यौनांगमा जरुरी हुने चिप्लोपन निर्माण गर्ने, छालामा जरुरी हुने चिल्लो बनाउने, र्‍याल र हर्मोनका ग्रन्थिहरूलाई सक्रिय पार्न वर्षमा कम्तीमा दुई पटक अनदी चामलको लट्टे खानु उपयुक्त देखिन्छ।

 

 

अनदीको चामलको भात आफैले भने आन्द्रामा कब्जियत पैदा गर्ने हुँदा सो रोक्न घिउ र खुदो हाली लट्टे बनाएर यसको सेवन गर्ने अनिबार्य छ। जसलाई चाम्रे वा लट्टे भनिन्छ।

 

रातो अनदीको चामलको भात खस्किएको उत्साह र औरा वा चमक लाई पुनर्स्थापना गरी नियन्त्रणमा राख्ने सबैभन्दा प्रभावकारी औषधीय खाना हो। रातो अनदीको चामलको भातले पिसाब खुलाउने, पुरुषमा वीर्य तथा वीर्य तैरने झोल, महिलामा अण्ड तथा योनि रसको वृद्धि गर्ने, भद्रपन बढाउन, मुड शान्त बनाउन, आखाहरु चम्किलो र आकर्षक बनाउन, अनुहारमा चमक थप्न, तागतिलो र रसिक बनाउन उत्प्रेरकको काम गर्दछ। यसको ओजस्वी तथा पोषण तत्त्वहरू ज्वरो तथा अल्सरको औषधि हुने र शरीरवाट विषाक्त पदार्थ बाहिर निकाल्न धेरै उपयोगी हुने भेटिएको छ।

 

हाम्रो विवाहको अवसरमा त्यसैले त गाइको घिऊमा रातो अनदीको चामलको पिठो र सिमलीको जराको गुदीबाट बनेको रोटी, त्यही पिठोमा खुदो हाली बनाएको अनरसा, भुटेको रातो अनदीको पिठोमा सख्खर वा खुदो हाली त्यसमा अश्वगन्धा समेत हाली बाटेको कसार खाने पहिले देखिको रैथाने चलन चलेको हो।

 

मङ्सिर, पुस, माघ र फागुन महिनाहरू विवाह कार्यको लागि उत्तम लगन ठानिनुको पछाडि अत्यन्त ठुलो आयुर्वेदिक अर्थ भेटिन्छ।  त्यसमा पनि पुस १५ लाई घरजमको दिनको रूपमा रोजिनुको अत्यन्त वैज्ञानिक छ।

 

पन्ध्र पुसको घिउ – सक्खर- अन्न, अन्नमा प्राय चामल वा जौ वा उवा वा फापरको पिठो आदिका परिकारहरू खाइनुमा मौसम अनुरूपको स्थानीय उत्पादनको उपयोग गरिनु पनि हो। पुवा, मालपुवा, अर्सा, अनरसा, लट्टे वा चाम्रे, सातु, कसार आदि मौसम अनुरूपको स्थानीय सब्जीहरू को साथमा खानु अर्को विशेषता हो।

 

जसमा  आलसको तेलमा पाकेको लौका, घिउ र जिम्बुले झानेको गहतको दाल, मस्याङ, लौकाको पकौडा, सिलटिमुर, उसिनेका र पोलेका कन्दमूल आदि  खाने चलन उदाहरणीय छन।

(खाद्य तथा औषधि विज्ञ, क्यानडा।)

WRITE COMMENTS FOR THIS ARTICLE