मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

त्रिदोषका आधारमा रोगहरू कसरि पैदा हुन्छ ?

आयुर्विज्ञान: क्वान्टम आयुर्वेद

नारायण घिमिरे

 

आजको मिति सम्म आइपुग्दा वैज्ञानिकहरूले आफ्नो अवलोकन, प्रयोगशालामा गरिएको प्रयोग र गणितीय तर्कको माध्यमबाट पत्ता लगाएका कुराहरू वैदिक दार्शनिकहरूको आफ्नो अवलोकन, अनुभवात्मक प्रयोग र तार्किक निष्कर्ष बाट आएका श्रुतिका मान्यताहरू भन्दा फरक भेटिएको देखिँदैन। क्वान्टम मेकेनिक्सका आर्किटेक्ट हेसनबर्गले पत्ता लगाएका क्वान्टम फिजिक्सका अहम कडीहरू र त्यसको आधारमा प्रतिपादन भएका आधुनिक विज्ञानले वेदको ज्ञानहरूको सत्यता साबित गर्न, अयुर्बेदको महत्त्व स्थापित गर्न, एवम् आधुनिक विज्ञान र पूर्वीय वैदिक ज्ञानको बिचको निर्विवाद अन्तर सम्बन्धको पुष्टि गर्न सम्भव बनाएको छ।

 

आयुर्वेदको भित्री रहस्य जान्न पहिला पन्चमहाभुत भनिने आकाश (खाली स्थान जसबाट आवाज निस्कन्छ), वायु (जसको गतिशीलता हुन्छ र स्पर्शको अनुभूति दिलाउँछ), अग्नि (जसले पदार्थ लाई एकरूप वाट अर्को रूपमा परिवर्तन गर्छ र दृष्टि सम्भव गराउँदछ), जल (तरल पदार्थ जसको कुनै गति र आकार हुँदैन, तेलीय समेत बन्न सक्ने हुँदा लुब्रिकेशनको काम गर्छ, स्वादको अनुभूति दिन्छ) तथा पृथ्वी (जसले आधारभूत संरचना बनाउँदछ, गन्ध/ वासनाको अनुभूति दिलाउँछ) गुण बारे गहिरिएर बुझ्न जरुरी छ।

 

पन्चतत्वहरुको १० जोडी एकापसमा नितान्त विपरीत २० गुणहरूको सन्तुलन बाट हाम्रो शरीरको सम्पूर्ण गुणहरूको निर्माण भएको हुन्छ। जसमा गह्रुङ्गो/हलुङ्गो, ढिलो/छिटो, चिसो/तातो, चिल्लो/सुक्खा, मिहिन/खस्रो, तरल(बहने)/जमेको(नबग्ने), नरम/कडा, सूक्ष्म/विशाल, स्थिर/चलायमान, पारदर्शी/धमिलो पन्चतत्वहरुको दसजोडी एकापसका नितान्त २० विपरीत  गुणहरू हुन।

 

आकाश तत्त्व मिहिन, पारदर्शी, हल्का र  स्थिर प्रकृतिको छ। वायु तत्त्व हल्का,पारदर्शी, सुक्खा र चिसो प्रवृत्तिको भेटिन्छ। अग्नि तत्त्व तातो, प्रकाश युक्त, हल्का, पारदर्शी र सुक्खा रहन्छ। जल तत्त्व चिसो, तेलीय, नरम र तरल हुन्छ। पृथ्वी तत्त्व आफै गह्रुङ्गो, कडा र स्थिर रहन्छ।

 

आयुर्वेदिक मान्यताको विशाल मानव प्रणालीलाइ चरक संहिता र अष्टाङ्ग समग्रमा आधारित रहेर वात, पित्त र  कफ गरी तीन आधारभूत मनोबैज्ञानिक तथा भौतिक (मोनो-भौतिक) कार्य पद्धतिमा विभक्त गर्न सकिन्छ। यिनै त्रिदोषहरूका आधारमा मानिसमा कसरि रोगहरू पैदा हुन्छ भन्ने जान्न सक्दा आयुर्वेदिक उपचार पद्धतिमा रोग तथा विकृतिहरूको निदानको लागि अपनाइने उपचार पद्धतिको सार पहिल्याउन सजिलो पर्दछ।

 

सुश्रुत संहिताका अनुसार बाहिरी संसारको प्रमुख तिन शक्ति जुन अयुर्बेदा लाई प्रभावमा लिन्छ त्यो हावा (अनिल) जुन गतिशील हुन्छ, वात प्रकृतिको श्रोत हो। सूर्य जुन पदार्थको एकरूप वाट अर्को रूपमा परिवर्तन गरी राप, ताप र प्रकाश दिन्छ, त्यो पित्त प्रकृतिको श्रोत हो। चन्द्रमा (सोम) जुन स्थिर रहेर परावर्तित प्रकाश दिन्छ त्यो कफ शक्तिको श्रोत हो।

 

मानिसको शरीरको सन्दर्भमा श्वास प्रश्वास, स्पर्श र अनुभूति, प्राकृतिक रूपमा पैदा हुने विचार र चाहत, शरीरबाट काम नलाग्ने फोहर बाहिर फाल्ने प्रक्रिया आदि गतिशीलता सँग सम्बन्धित वात सम्बन्धित विषय हुन। जहाँ विज्ञानको इन्पुट बराबर आउट पुटको सिद्धान्त लागु हुन्छ।

सूर्यको कारणबाट फलफूल तथा तरकारी वाली पाक्ने र खानालाई पाचन प्रक्रिया मार्फत पोषण तत्त्व र शक्तिमा परिवर्तन गर्ने प्रक्रिया पित्त सम्बन्धितको गतिविधि हो। जहाँ विज्ञानको इन्पुट बराबर आउट पुट हुने क्रममा पैदा हुने असली सार तत्व / पदार्थ वा थ्रो पुटको सिद्धान्त लागु हुन्छ।

 

शरीरको निर्माण हुने, विभिन्न भागहरूमा लुब्रीकेन्ट वा लचिलोपन विकास गर्ने, शरीर लाई सन्तुलित पार्ने आदि कार्य कफ गतिविधि हो। जहाँ विज्ञानको इन्पुट बराबर आउट पुट हुने क्रममा पैदा हुने असली सार तत्व वा थ्रो पुटको स्टोरेज वा मौजाद निर्माण गदै उक्त गतिविधिहरू सम्भव हुने गर्दछ।

 

त्रिदोषहरु एकापसमा ई इक्वोल टू एमसी स्क्वाएर फर्मुलाकै आधारमा संयोजन भएर शरीरको निर्माण भएको हुन्छ। तिनीहरूको एक आपसको तुलनात्मक सन्तुलन बाट नै शरीरका सम्पूर्ण गतिबिधिहरु सञ्चालन हुने र शरीर स्वस्थ राख्न भूमिका खेलिने गर्छ। त्रोदोषहरु बिच रहेको एकापसको तुलनात्मक सन्तुलनमा आउने खटपट बाट शरीरमा शारीरिक/भौतिक र मनोबैज्ञानिक असहजता, बेचैनी र विकृतिहरूको पैदा हुने र तिनीहरूको संयुक्त रूपमा कार्य गर्ने कार्यदक्षतामा ह्रास आउने परिस्थिति उत्पन्न हुन्छ। जसलाई रोग, व्याधि आदि भन्ने गरिन्छ।

 

संस्कृतको शब्द दुष अपभ्रंश बनेर दोष शब्द चलन चल्तीमा आएको देखिन्छ। जहाँ दुष शब्दको अर्थ कार्यदक्षतामा ह्रास आउने, कमजोर बन्दै गैर अन्ततः बिग्रने भन्ने हुन्छ। जब दोषहरूले आफ्नो सन्तुलन गुमाउँदछ, तब शरीरको तन्तुहरू (धातु) हरुको नियमित गतिविधिमा अवरोध आउँछ। तन्तुहरूले भोग्नु परेको उत्पन्न अवरोधका कारण विभिन्न विकृति र रोगहरूको उत्पन्न हुन्छ। धातुहरू मूलतः सात प्रकारका हुने गर्दछ।

 

आधुनिक विज्ञानको फर्मुलामा भौतिक कार्यगत रूपमा प्रयोजनमा आउने शक्ति (फोर्स) इक्वोल मास (तौल) इन्टू एसिलेरेसन (गतिमा हुने वृद्धि) हुने गर्छ। जहाँ बस्तुको तौल कन्सटेन्ट अथवा स्थिर रहन्छ। तसर्थ जब बस्तुको तौलमा कुनै परिवर्तन हुँदैन तब तपाइले उक्त बस्तुमा जुन अनुपातमा शक्तिको वृद्धि गर्नु हुन्छ उसको गतिको (त्यसमा लाग्ने फ्रिक्सन वा अवरोध समेत स्थिर रहदा)  वृद्धि त्यही अनुपातमा बढ्ने वा घट्ने गर्छ।

 

रिलेटीभिटिको सिद्धान्त ई इक्वोल टू एमसी स्क्वाएर फर्मुला एटमिक लेबलमा लागु हुन्छ। जहाँ भेलोसिटी अफ लाइटको भ्यालु स्थिर रहन्छ। कुनै पनि बस्तुमा हुने तागत वा इनर्जी त्यसको पिण्ड वा मास सँग प्रत्यक्ष सम्बन्ध राख्दछ।

 

दैनिक कार्यगत रूपमा लागु हुने फोर्स इक्वोल मास इन्टू एसिलेरेसनको सिद्धान्त तब सम्म नियमित सुचारु हुन्छ जब बस्तुको मास / पिण्ड कन्सटेन्ट रहन्छ।

 

यदि बस्तुको पिण्ड परिवर्तन भएमा पहिलेकै रूपमा कार्य तय गरेको शक्ति र एसिलेरेसनको प्रणालीले एकै नतिजा दिन सक्दैन। उक्त प्रणालीमा असहजता पैदा हुन्छ। लामो समयको असहजताले प्रणालीमा गम्भीर क्षति पुर्‍याउन सक्छ।

 

कफ, पित्त, वातको संरचनामा हुने परिवर्तनले पिण्डमा हुने परिवर्तनमा असर गर्दछ। जसले गर्दा नियमित कार्यगत स्तरमा रहेको तन्तुहरूमा (धातु) दिने असर नै शरीरको नियमित सञ्चालनमा पुग्ने असहजतामा जिम्बेबार बनिदिन्छ। जुन दुवै भौतिक र मनोबैज्ञानिक तहमा फरक फरक किसिम वाट लागु हुने गर्दछ।

 

यो अर्थमा अयुर्बेदले कसरि मानिसको संरचनागत बनौटको पन्च तत्त्व वाट निर्मित त्रिदोष वाट सम्पूर्ण शरीरको सञ्चालन भएको छ भन्ने प्रस्ट सिधान्त आधुनिक विज्ञानलाई समेत उपलब्ध गराइदिएको छ।

(खाद्य तथा औषधि विज्ञ)

WRITE COMMENTS FOR THIS ARTICLE