मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

Food Innovation

पन्ध्र-पुस कति वैज्ञानिक ?

नारायण घिमिरे पन्ध्र-पुस पुस महिनाको १५ गतेका दिन मनाइने चाड हो। पुस १५ गतेदेखि रात लामो हुने क्रमको अन्त्य हुन्छ र दिन लामो हुन सुरु हुन्छ। लन्डनको ग्रिनविचलाई शून्य डिग्री समय मानेर विश्वको समयको निर्धारण गर्ने गरिएको छ।   नेपालको स्ट्यान्डर्ड समय गौरीशंकर हिमालको समय हो। ग्रिनविच र गौरीशंकरको समयमा ५ घण्टा ४५ मिनेटका अन्तर […]

भाँगको अचारको तागत

नारायण घिमिरे हेम्प लाई भाँग होला भन्ने सामान्य अनुमान गरिएता पनि संस्कृतमा गाजा लाई दिइएको झन्डै ५० नाममा भाँग पनि एक हो। गाजा र भाँगको कुरा गर्दा सामान्यतया गाजा मा मानिस लाई लाग्ने लट्ठ्याउने वा हेलोसिनेसन गर्ने सार तत्त्व टिएचसीको मात्र धेरै हुन्छ। भाँगका बीउहरू अथवा गेडाहरू त्यसमा विशेष गरी हेम्पको गेडाहरू संसारमा मध्यम स्तरमा […]

दसै-तिहार कति बैज्ञानिक !

नारायण घिमिरे   मध्य कार्तिक बाट मध्य पुसको महिना हेमन्त ऋतुको समय हो। यो समयमा चिसो हावा चल्ने हुँदा वातावरण स्वच्छ रहने, बिहानीमा कुइरो लाग्ने, शीत पर्ने, शरीरले बिस्तारै चिसो पनको महसुस गर्ने गर्दछ। चिसो हावाको प्रभाव महसुस गर्दै गर्दा शरीरले आउँदै गरेको चिसो मौसम  सँग अभ्यस्त हुन बिस्तारै आफ्नो शारीरिक अनुकूलता विकास गर्न सुरु […]

वैज्ञानिक र शास्त्रीय मान्यतामा औषधि हो दशैंमा खाइने खसीको मासु ।

खसी खानाले त नेपाली लाई खासै भियाग्रा र तागतको दबाइ चाहिन्न। नारायण घिमिरे महान् चाड दशैं नजिकै आइरहँदा प्राय मानिसमा खसीको मासुको विभिन्न परिकारहरू घरमै बनाएर खाने, आफन्त नजिकका प्रिय र प्रियजानहरु सँग भलाकुसारीमा समय बिताउने, आशिष् लिने-दिने र नयाँ एक जोर कपडा हाल्ने समय रहेर होला अर्ध चेतन रूपमै मन फुरुङ्ग बनिदिन्छ।  घरको सदस्य […]

प्रस्तुत गाँजा विधेयकले नेपाली किसान र उद्यमीलाई नै चिन्दैन।

नेपालको संसद्ममा हालै प्रस्तुत गाँजा विधेयक नेपाली जनताको पक्षमा नरहेको यकिन बनेपछि कस्तो कस्तो सुधारको जरुरत छ भनी एक वोबिनर आयोजना गरियो। उक्त ओबिनारको भिडियो यहाँ प्रस्तुत गरिएको छ। संसद्ममा हालै प्रस्तुत उक्त गाजा विधेयकले नेपाली किसान र उद्यमीलाई नै मुनाफा लिन बात वञ्चित पार्ने किसिमको आएपछि उक्त बहस सुरु भएको हो।

खाना मार्फत कोभिड –१९ संक्रमण !

नारायण घिमिरे कोभिड – १९ एक भाइरस हो जुन खानामा हुर्कने र बढ्ने गर्दैन। जब यो खानामा पुग्दछ, केही घण्टा सम्म सतहमा जीवित रहेको देखिन्छ। भाइरस बढनको लागि मानव वा जनावरको जीवित कोशिकाको जरुरत हुने हुँदा यो खानामा पुगेको केही समयमा मर्ने गर्छ। मानौँ तपाइले भर्खरै ल्याएको खाना कोभिड-१९ बाट दूषित भएको रहेछ र तपाइले […]

आधुनिक जमानाको स्वस्थ खाना भनेर कस्तो खानालाइ जनाउँदछ ?

 नारायण घिमिरे कोशिकाहरू बाट बनेको मानव शरीरका प्रत्येक कोशिका डिएनए आदिबाट बनेको हुन्छ। सूक्ष्म रूपमा हेर्दा डिएनए आदि खरबौ खरब एटमबाटै निर्मित हुन्छन्। प्रत्येक एटम क्वार्ज, ग्लुवोन लगायतका सूक्ष्म पार्टिकलहरू निर्मित इलेक्ट्रोन, प्रोटोन र न्युट्रोनबाट बनेका भेटिन्छन।   इलेक्ट्रोन, प्रोटोन र न्युट्रोन भित्रका क्वार्ज, ग्लुवोन लगायतका सूक्ष्म पार्टिकलहरू लाई फुटाउँदा केही पनि भेट्न सकिँदैन। किनकि […]

चाउचाउ नैतिकता – अर्थ शास्त्री कि पोषण विज्ञ

नारायण घिमिरे नेपाल मात्र हैन एसिया मै इन्स्ट्यान्ट नूडल्स अथवा भुलुक्क उमालेर खान सकिने चाउचाउको खपत आकासिँदो छ। भेजिटेबल तेल, अजिनामोटो र गन्धहरूलाई गहुँको पिठोमा मुछेर बनाइएको चाउचाउमा अब केही भिटामिन र खनिजहरू हाली बनाउँदा चाउचाउ पोषण युक्त बन्ने भ्रम गत हप्ता नेपालको योजना आयोगको भूतपूर्व उपाध्यक्ष तथा जाने मानेका अर्थ शास्त्री (अर्थ शास्त्री कि […]

खाध्य सुरक्षा र नेपालको चुनौती बारे संबाद

बिश्वो खाध्य दिवस २०१९ को उपलक्ष्यमा रेडियो नेपालको अन्तर सम्बादमा कार्यक्रममा खाध्य बिज्ञ र औसधि बिज्ञ नारायण घिमिरे संगको अन्तरबार्ता।

अर्गानिक खेति प्रणाली

नारायण घिमिरे कुनै पनि राष्ट्रले कुनै अमुक प्रणाली अपनाउनुका पछाडि आधारभूत उद्देश्यहरू रहने गर्छन्। मोटामोटी रूपमा अर्गानिक खेती प्रणाली अपनाउनुका पछाडि पनि आधारभूत उद्देश्यहरू छन्। जस्तै दीर्घकाल सम्म माटोको उत्पादकत्व कायम राख्न। कृषि प्रविधिका कारण हुन सक्ने सबै प्रकारका प्रदूषणहरू रोक्न। पर्याप्त मात्रामा उच्च पोषण र गुणस्तर युक्त  खाद्य पदार्थहरू उत्पादन गर्न। कृषि अभ्यासमा कोइला, […]