मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

Inner Engineering

मृगौला फेलमा समेत आयुर्वेदिक पद्दति नै विश्वासिलो !!

नारायण घिमिरे भूमिका दादा म पनि घिमिरे हो। हजुरकै गोत्र। हजुरको लेख पढ्छु। आफ्नै नजिकको दाजु भाइ जस्तो लाग्छ। मेरो मनको एउटा दुख नराखी बस्न सकिन। अन्यथा नमान्नु होला। मेरो आमाको दुवै किड्नी फेलर छ। चिने जानेको र आफन्त कसैको किड्नी मिलेन। मेरो एउटा दिएर राम्रो हुन्छ भने दिन्छु भनेको। मेरो पनि मिलेन। मत आमाकै […]

महामारी र आयुर्वेद

नारायण घिमिरे   कोभिड -१९ को महामारीको भुक्त भोगी  संसारका २४ देशहरूका १२,००० मानिसहरूमा उनीहरूको स्वास्थ्य र पोषण प्रतिको चासोको सन्दर्भमा परिवर्तित अवस्थाले विकास गरेको दृष्टिकोण बारे हालै एक विश्वव्यापी सर्वेक्षण गरियो। सर्वेक्षणका अनुसार ६५ प्रतिशत व्यक्तिहरूको आफ्नो स्वास्थ्य र पोषण सम्बन्धका धेरै चिन्ताहरू मद्ये शीर्ष तीन स्थानमा रहेको चिन्तामा आफ्नो शरीरको प्रतिरक्षा क्षमता बनेको […]

आयुर्वेदको परिचयगत वैज्ञानिक पुष्टि

आयुर्विज्ञानको परिचय: विज्ञान र आयुर्वेद (भाग-१) नारायण घिमिरे खाद्य विज्ञानका बिज्ञा हुन वा औषधि विज्ञानका अथवा क्वान्टम विज्ञ मानिसहरुको जीवन सहज बनाउने कार्यमा जुटेका जो कोहीलाई अब विज्ञान र आयुर्वेदको मर्मलाई जोड्ने र बुझ्ने गर्न नसक्दा आफ्नो यात्रा कठिन मोडमा पुग्ने स्थिति बनिदिएको छ।   संसारमा उपलब्ध रहेका थुप्रै बहुउपयोगी सूचनाहरू वाट वञ्चित रहदा बजार […]

माल पाएर चाल नपाएको नेपाली खजाना

नारायण घिमिरे ईसापूर्वक ६०० मा भारतवर्षमा सक्रिय देखिएका महर्षि सुश्रुत शल्य चिकित्साका पिता हुन्। संसारमै सबै भन्दा पहिले शल्यक्रिया सुरु गर्ने महर्षि  हुन् महर्षि सुश्रुत। संसारमै सबै भन्दा पहिले शल्यक्रिया आयुर्वेदिक चिकित्सा पद्धतिले अवलम्बन गरेको थियो। बिरलै देखिने र भेटिने संसारमा पहिलो शल्यक्रिया पद्दति सुरुवात गर्ने चिकित्सा पद्धतिका रूपमा आफ्नो गौरव पूर्ण इतिहास दर्ज गर्न […]

भाइटिकामा सयपत्री र मखमली माला

नारायण घिमिरे घर–घरमा सयपत्रीको वासना चल्न थाल्दा, सयपत्री सँगै मखमली र गोदावरी नारिएर  गाउनै फूलले ढकमक्क हुँदा मानिसलाई तिहारले छोपेको झल्को आइहाल्छ। आफ्ना दिदी बैनीहरूको सम्झना र उनीहरू सँग हासेको, खेलेको र सानो सानो निहुँमा झगडा गरी कति दिन नबोलेको आफ्ना निजी कथाहरू मानसपटलमा घुमी हाल्छ।   प्रियजन र आफन्तहरू बिना बितेको समय लाई उमेरमा […]

मृत्यु पछाडिको यात्रा !

नारायण घिमिरे सबै संस्कृतिका आफ्नै विश्वास र परम्परा हुन्छ। हाम्रो पनि छ। ओमकारमा विश्वास गर्ने सनातन धर्ममा आस्था राख्ने  हिन्दुहरूको मान्यतामा मृत्यु वास्तवमै एक चाखलाग्दो प्रक्रिया हो। कुनै पनि मानिसको मृत्यु हुनुभन्दा झन्डै चार देखि पाँच घण्टा अघि उसको शरीर मुनि रहने पृथ्वीको सम्पूर्ण चक्रहरू मानिसको शरीर सँग विच्छेद हुने गर्छ।  जुन मानिसको जीवन्त शक्ति […]

एक उत्कृष्ट, प्राचीन, रैथाने तर वैज्ञानिक परम्परा तिज !!

नारायण घिमिरे तिज नेपालको एक प्राचीन रैथाने परम्परा हो। तिजको बर्तलाई हरितालिकाको नामकरण दिएको छ। उक्त व्रतलाई नेपाली सधवा नारीहरूको सौभाग्यको स्थिरताका लागि गरिने व्रतको रूपमा समेत चित्रित गरिन्छ।   तीजको कथा अनुसार पार्वती पर्वतराज हिमालयको छोरी थिइन। विवाह पूर्व पार्वतीले गङ्गाको किनारमा घरीघरी सुख्खा पत्ताहरू चपाउने तथा श्वास फेरेको भरमा बिना अन्न-पानी घोप्टे परेर […]

कोरोनाले चिनायो हाम्रै उत्कृष्ट परम्परा ! 

नारायण घिमिरे मानिसले आफ्नो जीवनमा धेरै तरिका बाट नयाँ कुराहरू सिक्ने गर्दछ। जस्तै  देखेर, पढेर, भोगेर, अर्काको अनुभव सुनेर, महसुस गरेर। जसमा कतै सैद्धान्तिक पक्ष रहन्छन, कतै व्यवहारिक। जब सैद्धान्तिक र व्यवहारिक पक्ष मिल्दछ तब सिकाई को प्रभाव र प्रभावकारिता दिगो रहन्छ। हाम्रो हालको कागजी शिक्षा ले न नयाँ कुरा समेटी रहेको छ। न त […]

अत्यन्त गहिराईमा पुगेर हेर्दा नेपाली खाना !

नेपाली खानाको र यसले शरीरको प्रतिरक्षात्मक क्षमता बढाउने क्षमता बारे क्यानेडियन खाद्य वैज्ञानिक र औषधि विज्ञ नारायण घिमिरे सँग हालै नेपालको नागरिक फाउन्डेसनको अध्यक्ष यमनाथ उपाध्याय सँग बृस्तित कुराकानी भएको छ। खाना बारे अत्यन्त गहिराई मा पुगेर गरिएको यो अन्तरवार्ता हाम्रा पाठकहरूको लागि अत्यन्त लाभदायक हुने देखेकाले यहाँ राखेका छौ। धन्यवाद।

के रहेछ पुनर्जन्म ?

नारायण घिमिरे तपाइको नियमित जीवन शैलीको अभिन्न भागको रूपमा परिवारको सदस्य सँगै तपाइको बच्चा हुर्किरहेको हुन्छ। बच्चालाई तपाइले  दैनिक देखिरहँदा एक दिन बाट अर्को दिनमा उसमा तपाई खासै कुनै परिवर्तन भई रहेको देख्ने गर्नु हुन्न।   मानिसलाई अवलोकन गर्दा उसबारे भौतिक आकार र गतिविधिहरूमा खासै परिवर्तन नदेखिएता पनि शुष्मरुपमा हेर्दा हरेक पल मानिसको शरीर आफै, […]