मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

आयुर्विज्ञान: पित्त दोष

आयुर्विज्ञान: क्वान्टम आयुर्वेद

मोनो-भौतिक पित्त दोष

नारायण घिमिरे

 

अग्नि र जल तत्त्वले आफ्नो अधिक प्रभाव जमाएको पन्चतत्वको मिश्रणवाट पित्त दोष निर्माण हुने गर्छ। जसरी ध्वनिले बाहिरी संसारको परिवर्तित शक्तिलाई प्रतिनिधित्व गर्छ। चन्द्र, सूर्य र हावाको नियमित कार्यबाट पृथ्वीको नियमित गतिबिधिहरु सञ्चालनमा आउँछन। त्यसरी नै कफ, पित्त र वातले (वायु) शरीरको सञ्चालनमा मुख्य भूमिका खेलेको हुन्छ।

 

पित्तले शक्ति एक रूप वाट अर्को रूपमा परिवर्तन गर्नमा मुख्य भूमिका खेल्दछ। सन्तुलित रहदा पित्तले प्रभावकारी पाचन क्रिया सञ्चालन गर्ने, छालाको चमक बढाउने, छाला नरम राख्ने, अङ्गहरूलाई स्वस्थ बनाएर राख्ने आदि कामहरु गर्दछ।

 

पित्त दोषमा रहेको अग्नि तत्त्वले भोक र तिर्खा जगाउँदछ। शरीर न्यानो राख्ने काम गर्दछ। मस्तिष्कमा बुद्धिमत्ताको झिल्को पैदा गरी चतुरताको विकास गर्दछ। पित्त दोषले स्पष्ट दृष्टि र प्रस्ट दृष्टिकोण समेत उपलब्ध गराउदछ।

 

हुन त पित्त शरीरको सबै भागमा पाइन्छ। तर पनि शरीरको पाँच स्थान हरुमा पित्त अत्यन्त प्रभावकारी भूमिकामा उपस्थित हुने गर्छ। जसलाई सजिलोको लागि पाँच सह -पित्त दोषहरूमा विभक्त गर्न सकिन्छ। शरीरको रङ्ग बनाउने देखि खानाको पाचन गर्ने, आँखामा दृष्टि उपलब्ध गर्ने, शरीरभर तागत दिने, नयाँ सोच विकास गर्ने, तातोपन निर्माण गर्ने र शरीरलाई न्यानो राख्ने जस्ता कार्यहरूमा शरीर अग्निको (पाचन ग्रन्थि / पदार्थ / इन्जाईमेटिक रियाक्सन) ठुलो भूमिकामा रहन्छ।

 

पाचक पित्तमा आमाशय (अग्राशय) र सानो आन्द्रा (ग्रहणी) पर्दछ। आमाशय र सानो आन्द्रामा मुख्य रूपमा रहने  अग्नि तत्त्वको पाचन रस तथा मेटाबोलिक इन्जाइमहरूले खाना लाई सानो सानो टुक्रामा टुक्राउने र खाना वाट उपयोगी पोषण तत्त्व (रस तत्त्व/सार तत्त्व) निकाल्ने काम गर्दछ। सानो आन्द्रामा पोषण तत्त्वलाई शरीरले सोसेर लिने, र पोषण तत्त्व छुट्टाएर उपयोग गर्दछ। शरीरलाई काम नलाग्ने फोहर पदार्थ दिसा (माला) र पिसाब आदि समेत छुट्टाउन भूमिका खेल्दछ। पित्त आफैमा अधिक अग्निको गुण बोकेको हुन्छ। जसलाई अन्तर अग्नि भनिन्छ। अन्तर अग्निको कारण खानाको पाचन र अवशोषण आदि हुने गर्छ।

 

शरीरमा जब उपयुक्त मात्रामा अन्तर अग्नि उपलब्ध हुँदैन त्यो बेला अग्नि बढाउने गुण युक्त पदार्थ वाट उपचार खोजिन्छ। अन्तर अग्नि अधिक हुने क्रममा भने कोल्ड थेरापी दिने चलन छ। पाचक पित्तको सन्तुलन गुम्न जाँदा अधिक अमिलचुकी (हाइपर-एसिडिटी) हुने, रगतमा चिनी कम हुने (हाइपोग्लाइसीमिया) र अधिक गुलियो खाने मन लाग्ने (सुगर क्रेभिङ्ग) हुने आदि हुन्छ।

 

त्यस्तै अधिक पाद (ग्यास्ट्रिक) आउने, आन्द्रामा घाऊ हुने / अल्सर हुने (पेपटिक अल्सर), पाचन नहुने, भोग नलाग्ने (एनोरेक्सिया), र माथिल्लो पेट दुख्ने (डिस्पेप्सिया) आदि हुन सक्छ।

 

रंजक पित्त मुलत कलेजोमा रहने गर्छ। यसले मुख्यतय रङ्गहरू बनाउने काम गर्छ। जस्तै यसले रातो रङ्ग बनाउँदछ जुन अन्ततः रातो रक्तकोमा परिवर्तन हुने गर्दछ।छाला र आँखाको रङ्ग, शरीरको बदलिएको रङ्ग आदिमा, दिसा, पिसाबमा रङ्ग दिन रंजक पित्तको भूमिका रहन्छ। रंजक पित्तको कलेजो (यकृत) र पित्त थैली (प्लिह वा स्प्लिन) र रक्त धातु (आरबिसी) बिच गहिरो सम्बन्ध भेटिन्छ। कलेजो र  पित्त थैली रंजक पित्त वाट धेरै प्रवाहित हुने गरेको भेटिन्छ।

 

हड्डी भित्र हुने मासीमा बनेको रगतको रक्तकोष प्लाज्मामा पुगेपछि रगत तैयार हुन्छ। रातो रक्त कोशीका अत्यन्त सक्रिय रहने हुँदा यो मात्र १२० दिन सम्म सुरक्षित रहन्छ। त्यसपछि यो काम गर्न नसक्ने अवस्थामा पुग्छ जुन लगभग १०% रक्त सञ्चार प्रणालीमै नष्ट हुन्छ। वाकी ९०% पित्त थैलीमा रिसाइकलको लागि पुग्दछ।

 

पित्त थैलीले रगत लाई छान्दछ। टुटे फुटेका काम गर्न नसक्ने रक्त कोशिकाहरू एमिनो एसिड, आइरन र हेमीमा छुट्टिने गर्छ। एमिनो एसिड (ग्लोबुलिन) र आइरन रगत बनाउन बोन म्यारोमा पठाइन्छ। आइरनका कारण रगतले रातो रङ्ग पाउँछ। हेमीलाइ पित्तले इन्जाइमको सहयोगले बिलिभिरडिन र बिलिरुविनमा परिवर्तन गरी कलेजोमा पठाउँदछ। कलेजोले बिलिरुविन बाइल (बाइल सल्ट) सँग मिसाउँदछ। बाइल सल्ट सानो आन्द्राको सुरुको भाग डियोडेनममा डिस्चार्ज हुन्छ। जसले चिल्लो पदार्थलाई टुक्राउन सहयोग गर्छ। धेरै भएको बिलिरुविन मिर्गौलामा पठाएर शरीर बाहिर निष्कासन हुन्छ।

 

बिलीरुबिन पहेँलो रङ्गको हुने गर्छ। पित्तवाट कलेजोमा पुगेको बिलीरुबिन कलेजोले बनाएको पाचन रस सँग मिलेर सानो आन्द्रा हुँदै पाचन प्रक्रियामा पुग्छ ताकि यसलाई शरीरबाट हटाउन सकियोस्। बिलीरुबिन धेरै जसो दिसावाट फालिने हुँदा दिसा पहेँलो रङ्गको हुने गर्छ। थोरै मात्रामा पिसाब वाट समेत फालिने हुँदा पिसाब समेत पहेँलो हुन्छ।

 

यदि कुनै कारणबाट बिलीरुबिन कलेजो बाट सजिलै अन्यत्र जान सक्दैन तब अधिक रूपमा जम्न गएको बिलीरुबिन रगतमा नै थुप्रन पुग्छ। अन्तिम उपायको रूपमा रगतले बिलीरुबिन छाला वाट बाहिर फाल्दछ। जसको परिणाम शरीर पहेँलो हुने जन्डिस रोगको लक्षण देखा पर्दछ।

 

कलेजो र पित्ताशय बिचको कार्यमा अवरोध हुने स्थिति सिर्जना हुँदा (जस्तै पित्त थैलीको पत्थरीवाट हुने जन्डिसमा) उत्पन्न हुने परिस्थितिले  हुने कलरमा परिवर्तन छाला, आँखा, दिसा पिसाब, पैताला सबै प्रवाहित बनिदिन्छ।

 

यसरी समग्रमा रंजक पित्तले गर्ने रङ्गको उत्पादन कुनै एक स्थानमा हुने क्रिया नभई समुच्च आमाशय, कलेजो र पित्त थैलीको कार्यहरू संलग्न हुने गर्छ। यसरी रंजक पित्तको कलेजो, पित्त थैली र रातो रक्त कोष आदि सँग सम्बन्धित रहने गर्दछ।

 

रंजक पित्तले दिने दोषहरूमा जन्डिस, हेपाटाइटिस, रगतमा अक्सिजनको कामिहुने  एनीमिया, लामो थकान महसुस हुने, मोनोन्यूक्लिओसिस आदि हुन्छ। कफले रंजक पित्तलाई अवरोध पुर्याउदा पित्त थैलीमा पत्थरी हुने गर्छ। कफको लामो अवरोधले रंजक पित्तले उच्च कोलेस्ट्रोल, फ्याटी लिभर र फाटी-डाएरिया आदि हुने गर्छ।

 

साधक पित्तले ज्ञान प्राप्त गर्ने, चतुरता निर्माण गर्ने र चेतना अभिवृद्धि गर्ने जस्ता मस्तिष्कले (साधका) गर्ने कार्यहरू सञ्चालन गर्दछ। यसलाई मुलत मुटु र अनुभूतिको भाग सँग जोडेर हेरिन्छ। शुसुर्तले मुटुलाई साधका अग्निको मुख्य भाग भनी उल्लेख गरेका छन्।उनका अनुसार मुटुमा साधका अग्नि रहन्छ। जसलाई सफलता प्राप्त गर्न मानिसमा जरुरी हुने अठोटको रूपमा बुझिन्छ।

 

मानिसको मस्तिष्क मुलत मुटु सँग अत्यन्त नजिकको सम्बन्धमा रहन्छ। मानिसमा लगाव र उच्च बुद्धिमत्ता पैदा गर्न सहयोग गर्ने मस्तिष्कको सेरेब्रल भागको उक्त कार्यमा मुटुको अप्रत्यक्ष तर अहम भूमिका रहने अयुर्बेद्को विश्वास देखिन्छ। सचेत रूपमा अनुभूति प्राप्त गर्ने (कन्ससनेस), त्यसलाई सोच विचार मार्फत प्रशोधन गर्ने, आफ्नो दिमागमा रहेको स्मरण सँग मिलाउने र कुनै पनि विषय बस्तुबारे निचोडमा पुग्न सक्रिय भूमिका निभाउने मस्तिष्कको सेरेब्रल भाग हर समय मुटु सँग समन्वयमा रहन्छ।

 

आधुनिक विज्ञानको  अनुसन्धानहरूले देखाए अनुरूप मुटु र मस्तिष्क बिच चार प्रमुख तरिका वाट सञ्चार स्थापित हुने गर्दछ। न्यूरोलॉजिकल्ली स्नायुको धड्कन वा आवेग पठाएर, जैविक-रासायनिक विधि अन्तर्गत हार्मोन र न्यूरोट्रान्समिटरहरू मार्फत, बायो-फिजिकल्ली दबाबका तरङ्गहरू सञ्चार गरेर र ऊर्जाको विधिअन्तर्गत विद्युतीय र चुम्बकीय क्षेत्रको उपयोग वाट।

कम्तीमा उल्लेखित चार प्रमुख तरिकाहरूको सञ्चार विधिले मस्तिष्कको गतिविधिलाई प्रभावकारी असर पुर्‍याउन सम्भव बन्छ। मुटुले यी मध्यमहरू बाट पठाउने गरेको सन्देशहरूले मस्तिष्कले गर्ने विभिन्न कार्यहरूको प्रभावकारितामा समेत असर पार्न सक्दछ।

 

अयुर्बेद्का अनुसार आकाश तत्त्व प्रधान हुने मस्तिष्कको खैरो पदार्थ र मुटुको संयुक्त कार्यबाट काम सम्पन्न बन्छ। व्यवहारिक रूपमा हेर्दा पित्त प्रकृतिका मानिसहरू साधका अग्नि युक्त (दृढ अठोट लिने) मात्र हैन उच्च बुद्धिमत्ता, काम गर्ने जोस बोकेका, काममा आफ्नो उच्च लगाव राख्ने र आफ्नो उद्देश्य प्राप्त गर्न दृढ इच्छा आकाङ्क्षा बोकेका हुने भएका कारण जीवनमा ठुला ठुला उपलब्धिहरू हासिल गर्न सफल बनेको भेटिन्छ। जसलाई साधक पित्तको कार्यको रूपमा बुझिन्छ।

 

आलोचक पित्त दृष्टि सँग सम्भंधित छ।यसले सबै बस्तुहरू देख्न वा चित्रको रूपमा अनुभूति गर्न मद्दत पुर्याउदछ। आँखाको तन्तु कोरोइड अक्सिजन र पोषणयुक्त रक्त नलीहरूले बनेको हुन्छ। भित्री तह रेटिना भने रङ्ग पहिचान गर्न नसक्ने १२० मिलियन रड र रङ्ग पहिचान गर्न सक्ने ७ मिलियन कोन नामक फोटोरिसेप्टर सेलहरूवाट निर्मित हुन्छ।

 

आँखाले आफ्नो खुम्चिने र फैलने प्रक्रियाको उपयोग गर्दै जब हेर्न चाहेको बस्तुले परावर्तित गरेको प्रकाश रेटिनामा पुर्याउछ। कोरोइडमा हुने अक्सिजन र पोषणयुक्त पदार्थ वाट प्राप्त शक्तिको उपयोग गरी रेटिनाको रडमा हुने केमिकल रोडोप्सिन र कोनमा हुने कलर पिगमेन्ट केमिकलहरूले हेर्न चाहेको बस्तु वाट आएको प्रकाश लाई सोसेर केमिकल रियाक्सन मार्फत विद्युतीय झोक्कामा रूपान्तरण गरिदिन्छ। रूपान्तरित विद्युतीय झोक्काहरू अपटिक नर्बस हुँदै (प्राण वायुको सहयोगमा) मस्तिष्कमा पुग्दछ।

 

मस्तिष्कले तिनै विद्युतीय इम्पल्सहरुको इन्टरप्रिटेसन वाट बस्तुको स्वरूप अनुभूति गर्छ। आँखामा रहने पित्त लाई सामान्यतया अलोकाग्नी अथवा दृष्टि-अग्नि भन्ने गरिन्छ। आलोचक पित्तमा मुलत आँखामा (ड्रिग) बस्ने गर्दछ। वायु तत्त्व प्रधान हुने आलोचक पित्तले प्रकाशलाई आँखाको रेटिनामा हुने केमिकल रियाक्सन तथा अन्य गतिबिधिहरु पुरागरी बस्तुलाई देखेको अनुभूति दिलाउन सम्भव बनाउँदछ।

आलोचक पित्तमा हुने दोषहरूले आँखाको संरचनामा परिवर्तन गरी नजिक वा टाढा नदेख्ने आदि हुने गर्छ। समस्या बढ्दै जाँदा आँखा दुख्ने, रातो हुने, सुन्निने, आँखा पोल्ने, आँखाको नानी दुख्ने, उज्यालो हेर्न नसक्ने (फोटोफोबिया) आदि हुने गर्छ। मानिस अन्धो समेत बन्न सक्छ।

 

आलोचक पित्त दोष पैदा हुनुको मूल कारणमा आशुलाई लुकाउनु, दैनिक हेर्ने क्रममा वास्तविक बस्तुलाई त्यो जस्तो छ त्यही रूपमा नहेर्नु, वास्तविकता लाई नस्विकार्नु आदि मानिन्छ। जब कुनै अग्रिम धारणा बनाएर कुनै बस्तुलाई हेरिन्न तब आँखाले सत्य देख्छ। कुनै पूर्व अवधारणा नबनाई सत्य हेर्ने बानीले मानिसमा हरेक बस्तु प्रति माया, करुणा, प्रष्टता र सुद्ध सचेतता विकास हुन्छ। जसले दृष्टि दोष घटाउन सहयोग गर्छ।

 

भ्राजका पित्त छालामा रहने विश्वास गरिन्छ। भ्राजका शब्दमा “भा” अक्षरले जटिलता भन्ने जनाउँदछ। भ्राजका पित्त छालाको जटिल कार्य सम्पन्न गर्न जिम्मेवार ठानिन्छ। जसमा छाला, आँखा, नङ र रौँ का विभिन्न रङ्ग एवम् गुणहरू सिर्जना गर्ने कार्यहरू पर्दछ।

पृथ्वी तत्त्व प्रधान हुने पित्त छालाको संरचना यकिन गर्ने, शरीरको तापक्रमको  व्यवस्थापन गर्ने, मनोवैज्ञानिक अनुभूति वा स्पर्शको महसुस गर्न सघाउने आदि कार्य समेत पर्दछ। छालाको रङ्ग छालाको बाहिरी भाग इपिडरमिसमा रहेका पिगमेन्टहरुको प्रकृतिमा भर पर्दछ। छालाका मुख्य पिगमेन्टहरु मेलानिन, हेमोग्लोबिन र क्यारोटिन हुन। छालामा हुने मेलानिन को मात्राको कारण वाट छाला हल्का पहेँलो, रातो-खैरो, कालो आदि हुने गर्छ।

 

छाला र आँखामा हुने मेलानिन बनाउने सेल मेलानोसाइटमा टाईरोसिन नामक एमिनो एसिडलाई टाईरोसिनेज इन्जाइमको सहयोगमा मेलानिन बनाउने गर्छ। छालामा बढ्दो अल्ट्रा-भोइलेट प्रकाशकाले  टाईरोसिनेज इन्जाइम लाई धेरै सक्रिय बनाइदिने हुँदा छालामा मेलानिन को उत्पादन बढ्छ।

 

मेलानिनले अल्ट्रा-भोइलेट किरणलाई आफैले शोषण गरी डिएनए लाई हानी हुन, फ्री रेडिकल पैदा गर्न र छालाको क्यान्सर हुन वाट जोगाउन कोसिस गर्दछ। धेरै अल्ट्रा-भोइलेट प्रकाश लिएको मेलानिन धमिलो र कालो रङ्गको टेनिंगमा परिवर्तन हुन्छ। टेनिंगले शरीरलाई अल्ट्रा-भोइलेट प्रकाशको विकिरणको हानि वाट जोगाउँदछ। यसैबिच मस्तिष्कको पिट्यूटरी ग्रन्थिले उत्पादन गर्ने मिलानोसाइट लाई उत्तेजित पारिदिने हार्मोनको गतिविधिले छालामा अधिक पिगमेन्टटेसन बढाइदिने गर्दछ। जसले गर्दा छाला अधिक कालो बनिदिन्छ। लामो समयको अल्ट्रा-भोइलेट किरणले छाला बाक्लो खस्रो समेत हुन सक्दछ। त्यसो हुँदा त्यहाँ छालाका प्वालहरू बन्द हुनगई पसिना निस्कने, बढी भएको तातो बाहिर फाल्ने कार्यमा अवरोध आउन सक्दछ।

 

दुब्लो पातलो मानिसको छाला पनि पातलो हुने हुँदा छालाको बाहिरी भागमा मेलानिन कम हुन्छ। हल्का पारदर्शिता हुने हुँदा धमनी हरुमा पुग्ने हेमोग्लोबिनका सेडका कारण रगतमा हुने अक्सिजनको मात्रा अनुसार बैजनी वा रातो वर्णको देखिन्छ। रगतमा हेमोग्लोबिन कम भएको अवस्थामा फिक्का, छाला नजिक रहेको धमनी फुलेको वा आन्तरिक हेमोरेज रहेमा बैजनी र हेमोग्लोबिन कम भएको रगत हुँदा निलो वर्णको देखिन्छ।

 

छालामा हुने क्यारोटिन जसले भिटामिन ए बनाउँछ (प्रिकर्सर) त्यसको रङ्ग सुन्तला पहेँलो रङ्गको जुन आँखाको पिगमेन्टहरुको लागि जरुरत हुन्छ। छालाको बोसो रहने क्षेत्रमा रहने हुँदा खानामा धेरै क्यारोटिन संलग्न हुँदा छाला चिल्लो र चम्किलो बन्दछ।

 

छालाको अर्को महत्त्व पूर्ण काम भनेको तातो लिने, उत्पादन गर्ने र जरुरत हुँदा शरीर बाहिर फाल्ने समेत हुन्छ। मेटाबोलिक गतिविधि, मांसपेशीको गतिविधि, हर्मोनको गतिविधि, वातावरण वाट प्राप्त रेडिएसन, थरथर काँप्ने गतिविधि र शरीरको खैरो बोसो आदि  शरीरले तापक्रम पैदा गर्ने उपायहरू हुन। यसरी पैदा भएको तातो पन सबैभन्दा धेरै छाला मार्फत खर्च हुने गर्छ। थोरै तापक्रम श्वास-प्रश्वास, मृगौला र आन्द्रा आदिले खर्च गर्छ। बाहिरी वातावरण जति चिसो हुन्छ छालाले त्यति धेरै तातो खर्च गर्ने गर्छ।

 

शरीर वाट बाहिर खर्च हुने तापक्रममा कन्डक्सनबाट ३%, कन्भेक्सन वाट ६०%, रेडिएसन वाट १५% र इभापोरेसन वाट २२% खर्च भएको देखिन्छ।श्वास-प्रश्वासमा समेत नगण्य तापक्रम खर्च भइरहेको भेटिन्छ।

 

मस्तिष्कको हाइपोथेलामस शरीरको तापक्रम व्यवस्थापन गर्न जिम्मेवार रहन्छ। जसले सामान्यतय ३७ डिग्री सेल्सियसको आसपासमा सामान्य शरीरको तापक्रम बनाइ राख्दछ। हाइपोथेलामसको तातो पन घटाउने केन्द्रले तातोपान घटाउन पर्दा आफ्नो थर्मोरिसेप्टर प्रिओपटिक नर्बस मार्फत छालाको धमनीहरू फुकाएर त्यहाँका प्वालहरू ठुलो पार्ने र तातो पार्ने गर्दछ। जसले गर्दा पसिना बाहिर निस्कँदा शरीरको तापक्रम समेत घट्न जान्छ।

 

शरीरमा तापक्रमको जोगाड गर्न जरुरी हुँदा  सोही हाइपोथेलामसको तातोपन बढाउने केन्द्रले आफ्नो पोस्टेरिएर हाइपोथेलामिक निउक्लिएस लाई सक्रिय पारि शरीरलाई कमाउने, छालाको धमनीहरू सुकाएर त्यहाँका प्वालहरू बन्द गर्ने गर्दछ।

 

समग्रमा शरीरको तापक्रम व्यवस्थापनमा छालाको ठुलो भूमिका रहन्छ। शरीर धेरै तातेको बेला छाला वाट रेडिएसन, कन्डक्सनबाट, कन्भेक्सन र इभापोरेसन विधि वाट तातो पन शरीर बाहिर वातावरणमा फालिन्छ। छालामा हुने पसिनाको ग्रन्थिले तातो बाहिर फाल्न प्रमुख भूमिका खेल्छ। जबकि जाडोको बेला, शरीर लाई तातो जरुरी परिरहेको बेला रौँको फेदमा हुने प्वाल भित्र रहने चिल्लो पदार्थ सेवमले तातो शरीर बाहिर जान वाट रोक्छ।

 

छालाले मसाज मार्फत घसिएका, पानी वा नुहाएर, क्रिमको रूपमा दलिएका आदि औषधीय गुणका पदार्थहरूको सोसेर लिन्छ। छालाको चमकको समेत निर्माण गर्छ। भ्राजक पित्त दोषले छालाको रोग, एक्जिमा, डन्डिफोर, छाला लाटो हुने, छालाले छोएको, घोचेको थाहा नपाउने जस्ता विकृति पैदा गर्छ। छालाले तातो, पोलेको  र चिटचिट पन महसुस गर्न सक्छ।

 

 

 

समग्रमा अग्नि र जल तत्त्वको धेरै प्रभावकारिता हुनगई विकास हुने पित्त दोषको गुणमा तातो, धारिलो, हल्का, प्रकाश युक्त, तरल, तेलीय, गतिशील आदि पर्दछ। मानिसको दिमाग सँग सम्बन्धित हुने पित्तको चरित्रमा चम्किलो, प्रकाश युक्त, तातो र धारिलो आदि गुणहरु पर्दछ। पित्त दोषले मानिसलाइ तीक्ष्ण दिमाग युक्त चतुर क्षमताको बनाउँदछ। जुन मस्तिष्कमा रहने साधक पित्त वाट आउँछ।

 

कार्यगत रूपमा साधक पित्त मस्तिष्क र मुटुको हेरचाह गर्ने जिम्मेवारीमा रहन्छ। यसले मानिसको सचेतता, सोच, ज्ञान, समझ, प्रशंसा, भावनाहरूको नियन्त्रण गर्दछ। दैनिक अनुभूति हरुलाई संवेदना र भावनाहरूमा रूपान्तरण गर्ने यो पित्तले शरीरभर न्यूरोट्रान्समिटर हरूको नियन्त्रण गर्दछ।

 

साधक पित्तले मानिसमा उत्पन्न हुने अहङ्कारको समेत नियन्त्रण गर्दछ। जीवनमा अधिक प्रगति गर्न सक्ने मानिसहरूको साधक पित्त गुण प्राय: नियन्त्रित रहेको भेटिन्छ। सूर्यको गुण हुने हुँदा यो प्रकारको मानिसहरू आफू केन्द्रमा रहेरअरुलाई  परिचालन गर्न सक्ने नेतृत्व दाइ भूमिकामा रहन सक्छन्।

 

जब पित्त दोषले आफ्नो सन्तुलन गुमाउँदछ गतिशील क्षमतावान मानिस अत्यन्त खतरनाक यन्त्रमा परिवर्तन हुन सक्छ। मानिस चाहिने भन्दा धेरै विश्लेषक बन्ने, अत्यन्त आलोचनात्मक र आफ्नो अग्रिम अवधारणामा आधारित रहेर निर्णय लिने वा जजमेन्टल बनिदिन्छ। यसले गर्दा चतुर क्षमता वान मानिस तुरुन्तै रिसाउने र तिखो प्रहार गर्ने छुच्चो मानिसमा परिवर्तन हुन्छ।

 

पित्त दोषको अग्नि तत्त्वको नकारात्मक पक्षलाई मङ्गल ग्रहको गुणले सङ्केत गरिन्छ। सूर्यको तातो, सुख्खा र उच्च पाचन शक्ति कायम गर्ने सहयोग गर्ने गुण लाई  मङ्गल ग्रहको तातोलाई ओसिलोपन सँग जोड्ने गुणका कारण पाचन शक्तिमा ह्रास आउने र शरीरमा सङ्क्रामक रोगको खतरामा पैदा हुने स्थितिमा पुर्याउछ। पाचन प्रणालीमा अधिक पित्त रस र एसिड उत्पन्न हुने समस्याको सृजना गरिदिन्छ।

 

आयुर्वेदिक पक्षबाट रिसाउने र तिखो प्रहार गर्ने छुच्चो प्रवृत्तिको सम्भावित उपचारमा पित्त दोषको संरचनाको अग्निको गुणलाई जलको गुणको मात्रा बढाएर सन्तुलित गराउन कोसिस गरिन्छ। जसको लागि उचित खानपान, जीवन शैली, जडीबुटी र एस्ट्रोलोजी सँग सम्बन्धित उपायहरू आदिको सहयोग लिइन्छ।

 

(खाद्य तथा औषधि विज्ञ)

WRITE COMMENTS FOR THIS ARTICLE