मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

मृगौला फेलमा समेत आयुर्वेदिक पद्दति नै विश्वासिलो !!

नारायण घिमिरे

भूमिका

दादा म पनि घिमिरे हो। हजुरकै गोत्र। हजुरको लेख पढ्छु। आफ्नै नजिकको दाजु भाइ जस्तो लाग्छ। मेरो मनको एउटा दुख नराखी बस्न सकिन। अन्यथा नमान्नु होला। मेरो आमाको दुवै किड्नी फेलर छ। चिने जानेको र आफन्त कसैको किड्नी मिलेन। मेरो एउटा दिएर राम्रो हुन्छ भने दिन्छु भनेको। मेरो पनि मिलेन। मत आमाकै शरीरको टुक्रा हो नि। तर मिलेन दाइ। मैले आमाको लागि केही गर्न सकिन। कुनै आयुर्वेदिक तरिका छ ? जसले कम्तीमा मैले आमाको जीवनमा केही सहजता थप्न सक्छु।

 

मेरोलागि यो प्रश्न कुनै अपरिचितले हैन पूर्ण परिचित आफ्नैले सोध्यो जस्तो लाग्यो। आफ्नै आमालाई सम्झे। रुन मन त लाग्यो तर एकान्तमा नरहेकाले रुने अवसर पनि प्राप्त भएन। त्यो हार्ट ब्रेकिङ्ग प्रश्नको कसरि उत्तर गरूँ। एक त म मेडिकल डाक्टर होइन। भएकै भए पनि सम्बन्धित क्षेत्रको हुनुपर्‍यो। सीमित खाद्य र औषधि विज्ञको हैसियतमा मैले उक्त प्रश्नको उत्तर दिन सक्ने हैसियत राखिन। उत्तर दिइन। मेरो श्रीमती सँगको लामो सङ्गतले म मा नेपाली समाजमा महिलाहरू अत्यन्त जरुरत नपरे सम्म अनजान मानिस सँग आफ्नो समस्या प्राय: राखी हाल्दैनन्। समस्या राख्न पनि उनीहरूमा एक स्तरको विश्वास विकास भएपछि मात्र राख्ने गर्छन भन्ने मेरो निजी धारणा बनेको छ। आफ्नो दुःख म समक्ष राख्ने घिमिरे बैनीको लागि अन्य दाजुभाइ जस्तै सायद म पनि दुख पर्दा भाग्ने सुख पर्दा आफ्नै बन्ने अपरिचितको रूपमा हराए।

 

आज फेरी अर्को कार्की भाइको म्यासेज आयो। दाइ हजुरको पीएसपी र अटिजमको औषधि विज्ञान तर्फको क्रिटिकल आलेख पढे। मेरो आमाको किड्नी फेलर छ। उमेरले ७१। आयुर्वेदिक तरिकाको त्यस्तै क्रिटिकल आलेख पढ्न सक्छु वा पाउँछु? यो प्रश्नले मलाई पहिले म वाट मन चुँडिएको अनुभूति लिइन होला भन्ठानेको घिमिरे बैनीलाई सम्झायो। फेरी दुःख मान्ने बाहेक अर्को विकल्प म सँग थिएन। यस पटक भने मैले आफ्नो लागि बनाएको प्राविधिक टिपोट जसलाई डाक्टरी सल्लाह हैन कि मात्र सन्दर्भ सामग्रीको रूपमा हेरियोस् भन्ने अनुरोधका साथ सार्वजनिक गर्ने निश्चयमा पुगे। सम्पूर्ण पाठकहरूलाई यो प्राविधिक टिपोटलाई सूचनाको रूपमा मात्रा ग्रहण गर्न र रोग बारे कुनै पनि उपचार वा सल्लाह जरुरत भए आफ्नो स्थानीय क्षेत्रमा उपलब्ध सम्बन्धित क्षेत्रको विषय विज्ञहरूको अनिबार्य सहयोग लिन अनुरोध गर्दछु।

 

आयुर्वेद चिकित्साको मर्म

अन्य रोगमा जस्तै आयुर्वेदले सबै प्रकारको मृगौला सम्बन्धको समस्याहरूको सबै चरणको उपचार प्रदान गर्दछ। मिर्गौलाको समस्याहरूको उपचारमा आयुर्वेद सफल तरिका हुनुको मूल कारण आयुर्वेदिक उपचार बिरामीको यथार्थ स्वस्थ अवस्थाको पहिचान गरी उसको शरीरको मूल प्रकृतिको पहिचानको आधारमा गरिने पद्दति हो। यो पद्धतिमा हरेक बिरामीको शरीरको प्रकृति, गुणहरू, दोषहरू आदिको आधारमा पहिले शरीरको संरचना (Constitution) यकिन गरिन्छ। त्यो अवस्थामा हुनुपर्ने निरोगीपन कस्तो हो (Facts based Target) भनी पहिचान गरिन्छ। जहाँ बिरामीको वास्तविक अवस्था (Existing Conditions) र हुनुपर्ने अवस्थाको बिचको फरकलाई (Gap Analysis) विकृतिको (Intended Accompolishments) रूपमा पहिचान हुन्छ। जब विकृति पहिचान हुन्छ, उक्त विकृतिको मूल कारक (Root cause) तत्त्वहरूको पहिचान गरिन्छ। जब मूल कारक पहिचान हुन्छ, तब त्यसको अद्वितीय उपचार पद्धति (Pathway or protocol to eliminate the root cause) तालिका बन्छ। जब तालिका बन्छ, तब उपयुक्त उपचार (Solution or remedies) थालिन्छ। औषधि जरुरत हुँदा मात्र दिइन्छ।

 

यहाँ महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको दुई वटा भनाइहरू उद्धरण गर्न जरुरी छ। समस्या समाधानमा  आइन्स्टाइन भन्छन् ‘यदि मसँग समस्या समाधान गर्न एक घण्टा भयो भने म ५५ मिनेट समस्याको मुलकारण पहिचानमा सोच्दछु र पाँच मिनेट समाधानको बारेमा सोच्दछु’। अयुर्बेदको उपचार पद्धति तालिकाले त्यही ५५ मिनेटको जरुरत पुरा गर्छ। जीवन जिउनु  बारे आइन्स्टाइन बताउँछन् ‘जीवन जिउनु साइकल चलाउनु जस्तै हो। जहाँ तपाईँ आफ्नो सन्तुलन राख्नको लागि अघि बढिरहनु पर्दछ।‘ दैनिक जीविकालाई नियमित सञ्चालन गर्दै शरीरको संरचनालाई पूर्ण सन्तुलनमा फर्काएर रोग हैन रोगको कारकको उपचार गर्ने पद्धति हो आयुर्वेदिक चिकित्सा पद्दति।

 

जसरी हाल हरेक कुरामा मानिसको सुरक्षा पहिलो प्राथमिकता पर्छ, त्यस्तै आयुर्वेदिक उपचार पद्धतिमा अहिंसा (Non-violence) पहिलो अनिबार्य सर्त वा पेशागत धर्म ठानिन्छ। नेपालको देवघाट क्षेत्रमा जन्मिएर संसारको पहिलो सर्जन बन्नुभएका अयुर्बेद्का पथ प्रदर्शक महिर्षी सुसुरतको अनुसार जब कुनै चिकित्सकले औषधि दिन्छ भने त्यो औषधि कम्तीमा उसको हालको अवस्था बिग्रन जिम्बेबार बन्नु हुँदैन। मतलब साइड ईफेक्ट शून्य (tolerancess to side effect) रहनु पर्छ। यहाँ शून्यको अर्थ जिरो (Zero) होइन। त्यसको अर्थ हो अर्को रोग वा जटिल समस्या निम्ताउने बन्नु हुँदैन। हालको अवस्था र औषधि खाए पछिको अवस्थामा अनिबार्य सुधार उन्मुख हुनुपर्‍यो। कम्तीमा औषधिले थप कष्ट (Suffering) निम्ताउन हुँदैन। अर्थात औषधिको कारण थप कष्ट (Incremental Suffering) शून्य हुने अवस्था अनिबार्य रहनु पर्‍यो। चाइनिज ट्रेडिसनल मेडिसिनले समेत ध्यान नपुर्‍याएको “अहिंसा” आयुर्वेदिक उपचार पद्धतिको पहिलो अनिबार्य अबस्यकता मानिएकाले मृगौला असफल बनिरहेको अवस्थामा आयुर्वेदिक उपचार जानाकरहरुको छनौटको विषय बसिरहनुको औचित्य प्रस्ट हुन्छ।

 

के हो किडनि फेलको अवस्था ?

सामान्य मान्छेमा ५ लिटर जति रगत हुन्छ। जसमा प्रतिमिनेट १.१ लिटर रगत मृगौला हुँदै यात्रा गर्ने गर्छ। हरेक ५ मिनेटमा शरीरको रगत एक पटक मृगौला हुँदै पुन रक्त सञ्चार माध्यममा फर्कन्छ। मृगौलाले सम्पूर्ण रगतको २२% सम्म रगत एकैचोटी आफूसँग राख्न सक्छ। शरीरको रंक्संचार प्रणालीलाई सन्तुलित बनाउन रगतको अम्लीयपन वा पिएच अनिबार्य रूपमा सन्तुलित गर्न अनिबार्य हुन्छ। मुख्य रूपमा शरीरले दैनिक कार्य गर्ने क्रममा निकाल्ने फोहरका कारण तथा बाहिरी सङ्क्रमण, रोग वा विकृति आदिका कारण पैदा भएको शरीर लाई हानि गर्ने फोहर रगतको पिएचमा गडबडी गर्न जिम्मेवार रहन्छ।

 

रगत सफा गर्ने क्रममा मृगौलामा रहेको नेफ्रोनले रगत जम्मा गरी त्यसमा रहेको शरीरलाई काम नलाग्ने फोहरमा परिवर्तन भएका आयोन, एमिनो एसिड, ग्लुकोज आदि छानेर पिसाब बाट बाहिर फल्दछ। मृगौलामा हुने प्रत्येक नेफ्रोनको अत्यन्त सानो माइक्रोस्कोपिक फिल्टर हुने गर्छ। जसलाई ग्लोमेरुलस भनिन्छ।  उक्त ग्लोमेरुलसनै मृगौलामा रगतलाई फिल्टर गरी सफा गर्ने काम गर्दछ। रगतमा रहेको हाईट्रोजन आयनले गर्दा रगतको पिएच घटने, नुनको मात्रा धेरै हुँदा ब्लड-प्रेसर बढने, रगतमा घुलेका लवणहरूका कारण रगत जरुरी भन्दा धेरै बाक्लो हुने, रगतमा रहेका हानिकारक फोहर पदार्थ जस्तै युरिया आदिले अन्य गम्भीर समस्या निम्ताउने जस्ता जोखिम वाट बच्न रगतको बारम्बार सफा गरिनुपर्ने आवश्यकता हुने गर्छ। तिनै फोहरहरूलाई मृगौलामा पठाएर छानेर रगतबाट छिटो छिटो हटाउन जरुरत पर्ने भएकाले रगत यति धेरै पटक रगत सफा गर्न मृगौलामा पुगेर फर्किने गर्छ।

 

मृगौलाले रगत सफा गर्ने काम हुँदै गर्दा मूलतः तिन प्रमुख कार्यहरू गर्दछ। पहिलो शरीर लाई काम नलाग्ने रगतका नाइट्रोजन युक्त फोहोर पदार्थ रगत बाट हटाउनु। दोस्रो जरुरी भन्दा धेरै तरल पदार्थहरू बाहिर फाल्नु। तेस्रो रगतमा रहेका जरुरत भन्दा ज्यादा शरीरको विद्युतीय सञ्चारमा काम गर्ने इलेक्ट्रोलाइटहरु रगत वाट छानेर बाहिर फाल्नु। कुनै कारण वाट मिर्गौलाको तिन नियमित काम अवरोध आउँदा रगत सफा हुन पाउँदैन। फोहर रगतका कारण रगतमा नाइट्रोजन युक्त पदार्थको वा इलेक्ट्रोलाइटहरुको वा तरल पदार्थको सन्तुलन गुम्न पुग्दछ।फोहर रगतले शरीरमा विकृति जन्माउने दोषको रूपमा भूमिका खेल्छ।

 

शरीरको दैनिक गतिविधि सञ्चालन हुने क्रममा जीर्ण तन्तुहरू टुक्रने भत्कने भएर क्रिएटिनिन  नामक नाइट्रोजनयुक्त एमिनोएसिडका यौगिक पदार्थहरू रगतमा तैरिन पुग्दछ। क्रिएटिनिन लाई मृगौलाले पिसाब सँग शरीर बाहिर फ्याँक्छ। रगतमा नाइट्रोजन युक्त पदार्थ सफा हुन नसक्दा रगतमा एमोनिया, युरिया, युरिक एसिड र क्रिएटिनिनको मात्रा बढ्दछ। इलेक्ट्रोलाइटहरुको सन्तुलन बिग्रँदा रगतमा सोडियम र क्याल्सियमको मात्रा घट्दछ। पोटासियम र फस्फोरस मात्रा बढ्दछ। रगतमा बढेको एसिडका कारण रगतको पिएच लेबल घटिदिन्छ। तरल पदार्थको असन्तुलन हुने क्रममा मृगौलाले धेरै तरल पदार्थ बाहिर फाल्न नसक्दा शरीरमा पानीको मात्र बढ्न सक्ने र शरीर सुन्निन सक्दछ। रगतमा घुलेका लवणहरूका कारण रगत जरुरी भन्दा धेरै बाक्लो हुने स्थितिमा मिर्गौलाले उपयुक्त अवस्था रहँदैन। जुन बेला शरीरमा पानीको मात्रा उल्लेखनीय रूपमै घट्न समेत सक्दछ।

 

क्रिएटिनिन क्रिएटिन (एमिनोएसिडका यौगिक पदार्थहरू) मेटाबोलिजम हुँदा उत्पन्न हुने फोहोर हो।मांसपेशीमा क्रिएटिनवाट ऊर्जा उत्पादन गर्न मेटाबोलिज हुँदा क्रिएटिनिनको उत्पादन हुन्छ। क्रिएटिनिन बाट शरीरको लागि उपयोगी हुने अर्को पदार्थ उत्पादन हुने नभएकाले शरीरले यसलाई पुनः अव शोषित गरी लिने गर्दैन। जति उत्पन्न हुन्छ सबै मिर्गौलामा रगत छान्दा छानिएर बाहिर फालिन्छ वा उत्सर्जन हुने गर्छ। कुनै कारणबाट मिर्गौलाको कार्यमा अवरोध आयो भने रक्त प्रवाहमा सबैभन्दा पहिले क्रिएटिनिनको उत्सर्जन दरमा असर गर्दछ। क्रिएटिनिनको उत्सर्जन दर  मिर्गौलाको रगत सफा गर्ने क्षमता सँग प्रत्यक्ष सम्बन्धित रहन्छ। त्यसैले रगतमा क्रिएटिनिनको मात्रा नापेर मिर्गौलाको स्वस्थ यकिन गरिन्छ। डाक्टरहरूले बिरामीको उमेर, जातीयता, लिङ्ग, उचाइ र तौल जस्ता विषय सँग संभंधित अनुभव र तथ्यहरू संयोजन गरी रगतमा देखिएको क्रिएटिनिनको मात्रा हेरेर निजको मिर्गौलाको रगत छान्न सक्ने प्रभावकारिता पता लगाउँछन्। जसलाई ग्लोमेरुलर फिल्ट्रेसन रेट (जीएफआर) भन्ने गरिन्छ।

 

मानिसमा ग्लोमेरुलर फिल्ट्रेसन रेट सामान्यतया शून्य वाट १२० सम्म देखिने गर्छ। जहाँ ६०-१२० सम्मको स्थिति सामान्य वा स्वस्थ मृगौला, १५-६० को अवस्था रोगी मृगौला र ०-१५ को अवस्थालाई मृगौला बिग्रिएको वा किडनि फेलको अवस्था मानिन्छ। प्रयोगशालामा १०० एमएल एक लिटरको दस भाग भएकाले यसलाई डेसिलिटर भनिन्छ। रगत जाँच गर्दा सेरम  क्रिएटिनिनको मात्रा ०.८-१.३ मिलिग्राम/डेसिलिटर भएमा वा प्रतिघण्टा १-३ एमएल प्रति केजी शरीरको तौल पिसाब भएमा मृगौलाले सामान्य रूपमा काम गरेको ठानिन्छ। जस्तै तपाईँको तौल ५० किलो छ भने २४ घण्टामा ५०x२४x१ वाट ५०x२४x३ भनेको १.२ लिटर देखि ३.६ लिटर पिसाब आउँछ भने यसलाई सामान्य मानिन्छ।

 

मेडिकल परिभाषाको रूपमा हेर्दा रगतमा सेरम क्रिएटिनिनको मात्रा ४८ घण्टामा ३ मिलिग्राम/डेसिलिटर भन्दा धेरै बढेको भेटियो वा ७ दिनमा  सेरम क्रिएटिनिनको मात्रा सामान्य भन्दा १.५ गुणा बढेको भेटियो भने यसलाई एक्युट रिनल फेलर मानिन्छ। पिसाब दर प्रतिघण्टा ०.५ एमएल प्रति केजी शरीरको तौल भन्दा कम भयो भने पनि त्यसलाई एक्युट रिनल फेलरको स्थिति आएको भन्ने सोचिन्छ।

 

जोखिमको हिसाब वाट हेर्दा सेरम क्रिएटिनिनको मात्रा सामान्य भन्दा १.५ गुणा धेरै हुनु वा ६ घण्टा सम्म लगातार प्रतिघण्टा ०.५ एमएल प्रति केजी शरीरको तौल भन्दा कम पिसाब हुने अवस्था उच्च जोखिमको अवस्था हो। सेरम क्रिएटिनिनको मात्रा सामान्य भन्दा २  गुणा धेरै हुनु वा १२ घण्टा सम्म लगातार प्रतिघण्टा ०.५ एमएल प्रति केजी शरीरको तौल भन्दा कम पिसाब हुने अवस्था सङ्क्रमणको अवस्था हो। सेरम क्रिएटिनिनको मात्रा सामान्य भन्दा ३ गुणा धेरै हुनु वा २४ घण्टा सम्म लगातार प्रतिघण्टा ०.३ एमएल प्रति केजी शरीरको तौल भन्दा कम पिसाब हुने अवस्था फेलरको अवस्था हो। चार हप्ता भन्दा धेरै एक्युट रिनल फेलर भएमा वा उक्त स्थितिमा सुधार हुने अवस्था नदेखिँदा मृगौला लाई पुरै बिग्रेको वा किड्नी लसको अवस्था भनिन्छ। सो अवस्था ३ महिना नागेमा त्यसलाई अन्तिम अवस्थाको रेनल डिजिज भनिन्छ। अन्तिम अवस्था भनेको रिनल रिप्लेसमेन्ट थेरापी जस्तै डायलाइसीस गर्नु पर्ने वा मृगौला फेर्नुपर्ने अवस्था हो। रगतमा भएको विषाक्त पदार्थ मृगौलाले सफा गर्न नसक्दा रगतमानै रहने गर्दछन्। डायलाइसीस प्रक्रिया भनेको रगतमा रहेका उक्त विषाक्त पदार्थहरू मेसिनको मद्दत वाट हटाउने तथा रगतमा इलेक्ट्रोलाइटहरुको मात्रा समेत सन्तुलित गराउनु हो।

 

जब एक पटक मृगौला फेल हुने स्थितिमा पुग्छ तब त्यो मृगौला पहिलेको अवस्थामा आउन नसक्ने (Irreversible Damage) बनी बिग्रिएको (Dead) ठानिन्छ। उक्त अवस्थामा शरीरलाई पूर्ण रूपमा सुरक्षित राख्न दैनिक चार घण्टा हप्ताको ३ दिन मेसिनले रगत सफा गर्नु उपयुक्त भनिन्छ। जुन खर्चिलो मात्रा हैन पिडा दायक पनि छ। तसर्थ मृगौला फेल बनिरहेको अवस्थामा आज सम्मको औषधि विज्ञानको निचोड सके सम्म एक स्वस्थ मानिसले आफ्नो नजिकको प्रियजन लाई आफ्नो एउटा मृगौला दान दिएर बिरामीलाई पहिले जस्तै स्वस्थ जीवन दान गर्नु ठानिन्छ। स्वस्थ मानिसमा दुई वटा मृगौला हुने गर्छ। एउटा मात्र मृगौला वाट सामान्य रूपमा उसले आफ्नो पुरा आयु जिउन सक्छ। सामान्यतः मृगौला दान गर्ने मानिसको मृगौला स्वस्थ हुनुपर्ने र मृगौला लिने बिरामीको रगत ग्रुपहरू मिल्न जरुरी ठानिन्छ। तर आजभोलि भारतको फरिदबादको एम्स जस्ता प्रतिष्ठित अस्पतालहरूले रगतको ग्रुप नमिल्दा समेत स्वस्थ मानिसको मृगौला अर्को बिरामीमा सफलता पूर्वक प्रत्यारोपण गरिरहेका छन्। मात्र ७-१० दिन बिरामी अस्पतालमा भर्ना गरी काम पुरा गरी रगत ग्रुपहरू मिलेको मृगौला  प्रत्यारोपण गरिएका बिरामी जस्तै रगत ग्रुपहरू नमिलेको मृगौला प्रत्यारोपण गरिएका बिरामीहरू सामान्य रूपमै डिस्चार्ज गर्ने उनीहरू सफल बनिरहेका छन्।

 

मृगौला प्रत्यारोपण गरिएका बिरामीहरूले केही सिफारिस गरिएको औषधिहरू आफ्नो जीवन भर खानु पर्ने हुन्छ। किनकि शरीरको प्रतिरक्षा प्रणालीले केही समयमा उक्त मृगौला आफ्नो शरीरको अङ्ग नभएको महसुस गर्छ । शरीर वाट बाहिर पठाउन (Rejection) प्रयास गर्दछ। त्यो रोक्नको लागि ती ड्रगहरू खानु पर्ने भएको हो। तर पनि हाल सम्मको उपलब्ध विकल्पमा डायलिसिस भन्दा मिर्गौलाको प्रत्यारोपण गर्नु धेरै राम्रो ठानिन्छ। एक त मृगौला प्रत्यारोपण गरिएका मानिसहरू दैनिक केही ओखतीहरू खाए पछि सामान्य मान्छे जस्तो तिन महिना भित्र नै आफ्नो सामान्य दिन चर्यामा फर्केको भेटिन्छ। १०० जना डायलिसिस गरिएका बिरामी मद्धे १० वर्षमा मात्र १५-२०% बाचेको भेटिन्छ। तिनै बिमारी मिर्गौलाको प्रत्यारोपण पछि १० वर्षमा ७५-८०% बाचेको भेटिएको छ। खर्चको हिसाबमा समेत सबै खर्च हिसाब गर्दा प्रत्यारोपण  र नियमित सञ्चालन खर्च नियमित डायलिसिसको वार्षिक खर्चको भन्दा ३०-५०% सस्तो समेत पाइएको छ।

 

किडनि फेल हुने अवस्था सम्मको यात्रा?

सुरुमा दैनिक खान पानमा थोरै तरल पदार्थको सेवन गरिने, पखाला, बान्ता, शरीरबाट अधिक रगत बाहिर जानु आदि कारण बाट शरीरमा पानीको मात्र घटना पुग्ने आदि कारणबाट मानिसमा ब्लड प्रेसर घट्ने, मुटुको धड्कन १०० बिट प्रति मिनेट भन्दा धेरै हुने, पल्स अनुभव हुन नसक्ने, घाटीको जुगुलर भनेको प्रेसर घट्ने, छालालाई औलाले दबाउँदा केही समय खाल्डो रहने, आँखा गडिने, र्‍याल सुक्खा हुने, ३ मिनेट जति उभिँदा डिहाईड्रेसनका कारण हुने ब्लड प्रेसर घट्ने लक्षण र थोरै मात्र पिसाब लाग्ने आदि हुने गर्छ।

 

घाटीमा स्ट्रेपटोकोकल इन्फेक्सन भई घाटी च्याप्प समात्ने, दुख्ने बिमारी भएकाहरूमा शरीरमा बढ्न गएको पानीको कमीका कारण पिसाबमा रगत देखिने, रगतको ब्लड प्रेसर बढ्ने, हात गोडा सुन्निने आदि हुन सक्छ। मांसपेशीका तन्तुहरू अधिक टुक्रनाको कारण पिसाब चिया रङ्गको आउने, मांसपेशी दुख्ने, रिँगटा लाग्ने, बेहोस हुने आदि हुने गर्छ। धेरै पेनकिलर खाने बानी भएकोमा नेफ्रोनमा हुने एलर्जीले ज्वरो आउने, छालामा दुख्ने पिड्का, धब्बाहरू देखिने, हाडको जोर्नी दुख्ने, अप्ठ्यारो महसुस हुने आदि हुन्छ। मृगौलाले रगत सफा गरी निकालेको पिसाब पिसाब थैलीमा जम्मा हुन्छ। प्रोस्टेट फुल्न गएर वा मृगौलामा पत्थरी भएर पिसाब रोकिन गयो भने त्यहाँ फरक किसिमको तत्काल पिसाबको निकास दिने समाधान युक्त मेडिकल इमर्जेन्सीको जरुरत पर्दछ।

 

कसरि यकिन गरिन्छ मिर्गौलाको अवस्था?

किडनि फेलको अवस्था पहिचान गर्न ल्याबका परीक्षण हरू गर्ने गरिन्छ। जस अन्तर्गत रगतका इलेक्ट्रो लाइटहरूको परीक्षणमा रगतमा बढेको सेरम युरिया, सेरम क्रिएटिनिन, बढेको पोटासियम र फस्फेटको मात्रा र घटेको क्याल्सियम हेर्ने गरिन्छ। पिसाब परीक्षण अन्तरगत दैनिक कति पिसाब हुने गरेको छ त्यसको मात्रा, रिनल युरिया र  क्रिएटिनिनको बढेको मात्रा, पिसाबको बढेको अस्मोलारिटि आदि मापन गरिन्छ। साथै  पिसाबमा मृगौला वाट अत्यन्त सानो मात्रामा चुहिएको रगत वा रेड सेल कास्ट समेत गरिन्छ।  पेटको एक्सरे, अल्ट्रासोनोग्राफी आदि रेनल इमेजिङ्ग तरिका वाट मृगौलामा पत्थरी भएको नभएको यकिन गरिन्छ। कतिपय अवस्थामा मृगौला वाट मिर्गौलाको सानो मासुको टुक्रा वा तन्तु निकालेर प्याथोलोजिकल निदानको रेनल बायोस्पी तरिका समेत उपयोग गरिन्छ।

 

औषधि विज्ञानको उपचार  

औषधि विज्ञानमा किड्नी फेलरको उपचारको लागि बिरामीले भोगेको तत्कालीन समस्या वाट उसलाई मुक्त गर्न र त्यसले उत्पादन गरेको रोगहरूको लक्षणलाई दबाइ बिरामीलाई तत्कालको लागि रोग वाट बचाउने विधि वा बिरामीको आयु लम्ब्याउने तरिका अपनाइन्छ। जस्तै रगतमा उक्त समयमा हुन गएको तरल पदार्थ र इलेक्ट्रोलाइटहरुको असन्तुलन लाई सन्तुलनमा फर्काउनु। जस अन्तर्गत निश्चित नुन र पानीको मात्रा तय गर्नु, शरीर वाट निश्चित मात्रामा नुन र पानी हटाउन सहयोग गर्ने डियारेटिकहरु (वाटर पिल्स – लुप एक्टिंग, पोटासियम स्पेरिङ्ग, थियाजाइड) दिने। इलेक्ट्रोलाइटको असन्तुलन देखिएमा धरै मात्रामा पोटासियम भेटिए पोटासियम बाइन्डर रेजिन जस्ता लुप-डियारेटिक दिने र खानामा समेत पोटासियम घटाउने। फस्फेट धरै मात्रामा भेटिए फस्फेट बाइन्डर एलिमुनम हाइड्रोअक्साइड दिने जसले आन्द्रामा फस्फेट सोसिन दिँदैन र रगतमा फस्फेटको मात्रा घटाउँछ। रगतको पिएच घट्ने एसिडोसिस देखिए मुख वाट वा रगतमा स्लाइन वाट सोडियमबाइकर्बोनेट दिने गरिन्छ। उक्त समयमा ल्याब टेष्ट गरी पटक पटक रगतमा तरल पदार्थको मात्रा र इलेक्ट्रोलाइटसको मात्रा कति छ भनी हेरिन्छ।

 

मृगौलामा रगत नै कम पुगिरहेको अवस्थाले जन्माएको समस्यामा मृगौलामा जे कारण वाट रगत जाने प्रक्रिया रोकिएको हो त्यसैको  उपचार रोजिन्छ। जसमा रगतमा जुन तरल पदार्थको कमीले समस्या जन्मिएको हो त्यसैको मात्रा बढाइने गरिन्छ। रगतकै कमीमा ब्लड ग्रुप मिल्ने रगत दिइन्छ। क्रिस्टोलोईडको जरुरत हुँदा  सोडियम स्लाइन आदि। पोलेको र प्याङ्गक्रियाजमा उच्च-दर्द हुँदा आल्बुमिन जस्ता कोलोइडसहरु दिइन्छ। हार्टफेलर जस्ता कारणले मृगौलामा रगत नपुगेको अवस्थामा डोपामिन जस्ता मुटुको हार्ट बिट बढाउने इन्टोट्रोपिसहरू दिने गरिन्छ।

 

मिर्गौलाको फेलरको अवस्थामा मृगौला प्रत्यारोपण गर्न अर्काको अङ्गको तन्तु फेर्दा उक्त अङ्ग आफ्नो नरहेकोले शरीरले त्यसलाई नस्विकार्ने अवस्थालाई घटाउन शरीरको रोग प्रतिरोधी क्षमता घटाउने इम्युनोसप्रेसिव ड्रगहरू दिइन्छ। साथमा विभिन्न मेटावोलिक कार्य तथा शरीरको दर्द नाशक विभिन्न स्टेरोइड मतलब कर्टिकोसेरोइडहरु समेत जरुरत पर्दछ। तन्तुहरू टुक्रिएर नष्ट हुने प्रक्रिया रोक्न रगतको नुन, चिनी, पानीको मात्रा सन्तुलित गर्न दैनिक १० लिटर स्लाइन पानी दिने गरिन्छ। पिसाब थैलीमा जमेको पिसाब बाहिर निक्लन समस्या भएको अवस्थामा अप्रेसन बाट प्रोस्टेटले समस्या दिएको भए प्रोस्टेट हटाई दिने र पत्थरीले समस्या गरेको भए पत्थर निकालेर फाल्ने तरिका अपनाइन्छ। समय रहँदै रोगको पहिचान हुँदा भने अप्रेसन बिना सम्भव हुने उपचार पद्धति समेत अँगाल्न सकिन्छ।

 

आयुर्वेदिक उपचारको प्रभावकारिता

 

आयुर्वेदिक पक्ष वाट मिर्गौलाको (वृक्का) फेल हुँदा रोगको समस्या पहिचान र निदानमा चरक सहिताको सुत्रस्थानाको कियांता शिराशीय अन्तर्गत वर्णन गरिएको मूत्र रोगको अवधारणालाई मूल आधार मानिन्छ। आयुर्वेदिक उपचारमा आउने बिरामीहरू प्राय: ८०-९० % मृगौला क्षतिग्रस्त भएपछि डाक्टरकोमा पुग्ने गरेको अनुभव देखिन्छ। कारण मृगौला  ५०% मात्र काम गर्दाको अवस्थामा समेत यसले आफ्नो कामहरू सामान्य सम्पन्न गरिरहेको हुन्छ। मानिसले मृगौला ५०% बिग्री सक्दा सम्म आफ्नो मृगौलामा समस्या रहेको अनुभव गर्दैन। बिरामीको हिसाबमा रगतमा क्रिएटिनिनको मात्रा घटाउन सक्दा उसलाई आराम मिल्ने विश्वास रहन्छ। रगतमा क्रिएटिनिनको मात्रा घटाउन सक्दा रोगको निदान हुने भए मेसिनको मद्दत वाट रगतको विषाक्त पदार्थहरू हटाउने र बिग्रिएको इलेक्ट्रोलाइटहरुको सन्तुलन ठिक गराउने डायलाइसीस प्रक्रियाले रोग निको हुनु पर्थ्यो। तर हुँदैन।

 

किनकि मिर्गौलाको सफल उपचारको लागि यसको मुलकारक मिर्गौलाको नेफ्रोनमा हुने माइक्रोस्कोपिक फिल्टर ग्लोमेरुलसको रगत सफा गर्ने क्षमता लाई पुनर्बहाली गर्न जरुरी हुन्छ। आधुनिक विज्ञानले मिर्गौलाको फेल हुँदा नेफ्रोनको ग्लोमेरुलस पुनः जीवित गर्न नसकिने गरी (Irreversible Damage) मृत: बनेको मान्यता राख्दछ। तसर्थ त्यहाँ डायलाइसीस र नयाँ मृगौला प्रत्यारोपण मात्र सम्भाव्य  उपचारको उपाय ठानिन्छ। अयुर्बेदले भने मिर्गौलाको फेल हुँदा नेफ्रोनको ग्लोमेरुलस मृत हैन मुर्छित रहेको मान्दछ। लामो समयको जडीबुटी युक्त उपचारले बिस्तारै १०%, फेरी १०% गर्दै ५०% वा सो भन्दा बढी मुर्छित नेफ्रोनको ग्लोमेरुलस लाई पुनर्जीवित गर्न सकिन्छ भन्ने दृढ विश्वास लिन्छ आयुर्वेद। जसको अनुसार ५०% सम्म  नेफ्रोनको ग्लोमेरुलस जीवित बनेको बिरामीको मृगौला अन्य उपचार बिना कुनै समस्या नदिने गरी काम गर्ने बन्दछ।बिरामी ठिक भएर निरोगी बन्दछ।

 

किड्नी फेलको सन्दर्भमा आयुर्वेदिक उपचार के सच्चैको प्रभावकारी रहन्छ त भन्ने बुज्न सन्  २००८ देखि २००९ सम्मका पीढी पटेल आयुर्वेद हस्पिटल नदिअद, गुजरातको ओपिडी र आइपिडि भर्ना भएका १०० जना बिमारी हरुमा गरिएको १ महिना लामो उपचारको एउटा अध्ययन वा अनुसन्धानको नतिजा बारे गहिरिएर हेर्नु उपयोगी हुने छ। सन् २०११ मा आयुर्वेदिक रिसर्चको जर्नल एवाईयुमा प्रकाशित उक्त अनुसन्धानको नतिजाले बताए अनुसार  ३० एमएल प्रति मिनेट ग्लोमेरुलर फिल्ट्रेसन रेट (जीएफआर) रहेका एक्युट रिनल फेलर (डाईबेटिक नेफ्रोप्याथी भएका बाहेकका) भएका पीढी पटेल आयुर्वेद हस्पिटल नदिअद, गुजरातको ओपिडी र आइपिडि भर्ना भएका १०० बिरामीहरूमा एक अनुसन्धान गरियो। जसमा उच्च रक्तचाप हाइपर-टेन्सनका ८६, क्रोनिक नेफ्रीटिसका ०७, पोली-सिस्टिक किड्नी डिजिजका ०५ र अब्सट्रकट्रिब नेफ्रोप्याथीका ०२ जना बिरामी थिए। सबैलाई सामान्य स्वस्थ खाना खान दिइयो। बिरामीहरूको लगातार एन्टिहाइपरपरेटिभ औषधिहरूको खुराकमा कुनै हस्तक्षेप गरिएको थिएन।

 

उनीहरूलाई एक महिना सम्म तिन आयुर्वेदिक ओखतीहरू सेवन र एक गुदद्वारमा दिइने पञ्चकर्म थेरापी गराएर उपचार गरियो। १) गोक्शुरा + गुग्गुलु + त्रिफला + त्रिकटु + मुस्ता मिलाएर बनेको गोक्सुरादी  गुग्गुलु १ ग्राम दिनको ३ पटक २) गोक्शुरा + अमलाकी + गुदुची सबै बराबर मिसाएर बनेको रसायन  चुर्ण ३ ग्राम दैनिक २ पटक ३) वरुण ट्वाक + बिल्वा  मूला + अपामार्ग + चित्रक  मूला + अरनि + शिग्रु + ब्रुहती + किरात्तिकता + करान्जा + शतावरी मिलाएर बनेको वरुनादी क्वाथ १० ग्राम हरेक दिन २ पटक ४) पुनर्नावादी क्वाथा (आयुर्वेदिक ट्याब्लेट)  को  निरुहा बस्ती (गुदद्वारमा दिइने पञ्चकर्म थेरापी) दैनिक। उनीहरूको उपचार पहिले र पछि स्वस्थ परीक्षण गरिएको थियो। बिरामीको लक्षण, अल्बूमिनुरिया, सेरमक्रिएटिनिन, ब्लड युरिया, हेमोग्लोबिन सबै नपिएको थियो। नतिजाहरू  स्टाटस्टिकल्ली सिग्नीफिकेन्ट रहेको प्रमाणित गरिएको थियो।

 

परीक्षण वाट सेरम क्रिएटिनिन, रगत युरिया र एल्बमिनुरिया क्रमशः २०.७१, ३२.१५% र ३६.७०% घटेको भेटियो। हेमोग्लोबिनको मात्रा र मूत्र उत्सर्जन ब्रिद्दि क्रमशः ४.३८% ५६.५४% भेटियो। प्राप्त नतिजा स्टाटस्टिकल्ली सिग्नीफिकेन्ट भएकाले अत्यन्त महत्त्वपूर्ण थिए। सबै बिरामीहरूको अस्पताल भर्ना हुँदा देखिएको बिरामीको लक्षण र ल्याब टेष्ट नतिजामा ५० %  भन्दा बढीले सकारात्मक उपलब्धि भएको देखाएको थियो। दक्ष आयुर्वेदिक विज्ञ डाक्टरहरूले गरेको वैज्ञानिक परीक्षणको यो नतिजाले मुर्छित नेफ्रोनको ग्लोमेरुलस लाई आयुर्वेदिक तरिका वाट पुनर्जीवित गर्न सकिन्छ भन्ने आयुर्वेदको दृढ विश्वासलाई अनुसन्धान बाट  प्रमाणित गरिदिएको छ।

आयुर्वेदिक उपचार: विशेष मामला अध्ययन

आयुर्वेदमा मूत्रलाई (पिसाब) क्लेदको (चिसो, ओसिलो र हिलो) उत्पादन मानिन्छ। आचार्य सुश्रुतका अनुसार अपना वायु मूत्र प्रणालीको सञ्चालनमा जिम्मेवार रहन्छ। अपना वायुमा आउने विकृति नै विभिन्न मूत्र रोग हरुको कारण हो। शरीर भित्र वाट कुनै पनि पदार्थको तल र बाहिर तर्फको बहाव वा प्रवाह लाई अपना वायु भनिन्छ। संस्कृतमा अप शब्द अधः शब्द वाट आएको हो। जसको अर्थ तल्लो भन्ने लाग्दछ। अपना वायुले पिसाब शरीर वाट छुट्टाएर बाहिर फाल्न मद्दत पुर्याउदछ। मिर्गौलाको ग्लोमेरुलले रगत वाट पिसाब लाई छुट्टाउन सहयोग गर्छ भने अपना वायुको अन्य गतिविधिले पिसाब लाई बाहिर सम्म लैजान सहयोग गर्छ।

 

क्रोनिक किड्नी डिजिज लाई अयुर्बेदमा मूत्र-घात भनिन्छ। मूत्र-घातको मुलकारणमा पिसाब लाई शरीर बाहिर निकाल्ने मुख्य मार्गको सञ्जालमा (मूत्र वाह श्रोत) विषालु पदार्थको (अम) कारण हुन पुगेको क्षति मान्दछ। विषालु पदार्थले पुर्‍याउने क्षतिका कारण मिर्गौलाको ग्लोमेरुलस मुर्छित बन्छ।  ५०% भन्दा धेरै ग्लोमेरुलस मुर्छित बन्दा मिर्गौलाको कारण सरिरमा समस्या देखिन थाल्छ। त्यो क्रम बढ्दै जाँदा मृगौलाले प्रभावकारी काम गर्न छोड्छ। एउटा बिन्दुमा मृगौला फेल हुन्छ। फलतः मिर्गौलाको विषाक्त पदार्थ शरीर बाहिर फाल्ने काममै अवरोध हुन पुग्दा सम्पूर्ण रगत नै विषाक्त पदार्थ युक्त बनिदिन्छ। अयुर्बेद्को यही अवधारणाको आधारमा विषाक्तताको कारण मुर्छित बनेको मिर्गौलाको ग्लोमेरुलस वाट विषाक्तता हटाउन सक्दा मुर्छित अवस्था वाट जागृत गर्न सकिन्छ। जुन अन्ततः पुन आफ्नो नियमित कार्यमा फर्कन सक्छ। अधिक सङ्ख्यामा मुर्छित बनेको मिर्गौलाको ग्लोमेरुलस लाई जागृत गरी स्वस्थ गर्न लगभग एक डेढ वर्षको समय लिने गर्छ।

 

व्रमाण्डको सम्पूर्ण तत्त्वहरू पन्च तत्त्व निर्मित हुन्छन्। तसर्थ तिनीहरूको प्राकृतिक संरचना, गुण र दोषहरू बिच गहिरो अन्तर सम्बन्ध रहन्छ भन्ने अवधारणामा आयुर्वेदिक उपचार काम गर्दछ। आयुर्वेदिक उपचारमा शरीरको संरचना (प्रकृति) र जीवन शक्ति (दोष) लाई प्राथमिक आधार बनाएर उपचार योजना बनाइन्छ। जहाँ उपचार आन्तरिक शुद्धीकरण प्रक्रियाबाट सुरु हुन्छ। त्यसपछि विशेष आहार, जडीबुटी जन्य उपचार, मसाज थेरापी, योग, ध्यान,  अन्य थेरापी आदि संलग्न गरिन्छ। अशुद्धताहरू हटाएर बिमारीको लक्षणहरू लाई घटाउने,  रोग  प्रतिरोध गर्ने क्षमता बढाउने, चिन्ता कम गराउने, विश्वास जागृत गर्ने, सद्भाव बढाउने र जीवन तुलनात्मक रूपमा सन्तुलित पार्दै जाने काम गरिन्छ। विभिन्न तेलहरू, मर-मसला सहितका जडीबुटी र अन्य हर्बस र बेशेष ओखतीहरू व्यापक प्रयोगमा ल्याइन्छ।

 

गुजरात राज कोटको आर के युनिभर्सिटी आयुर्वेद कलेज एन्ड हस्पिटलले अगस्ट २०२० मा ओलर्ड जर्नल अफ फर्मासिऊटिकल रिसर्चमा प्रकाशित केश स्टडी अनुसार सुन्निएको खुट्टा, फुलेको अनुहार, सुन्निएको आँखा, श्वास फेर्न गाह्रो अवस्था, पिसाब फेर्दा गाज आउने, भोक नलाग्ने, कब्जियत भएको लक्षण बोकेर एक ५५ वर्षीय पुरुष बिरामी अस्पतालको इमर्जेन्सीमा आई पुगे। ४ वर्ष देखि सामान्य लक्षण बोकेका उनको जोर्नीहरूमा कार्टिलेज चोइटिने ओस्टियोआर्थराइटिस रहेछ। २ वर्ष देखि दर्द नाशक ओखती पेनकिलर खादै आएका उनीमा समस्याले चापेपछि अस्पताल आइपुगेका रहेछन्।

 

वात – पित्त नाडी, शब्द प्रकृति, तातो स्पर्श रहेका मध्यम आकृतिका उनको सम्पूर्ण ल्याब परीक्षणहरू गरिए। मधुमेह नभएको, रक्सी चुरोट नपिउने, विवाहित, पल्स ९०/मिनेट, बिपी १५०/९० एमएम /एचजी लगायत अन्य परीक्षण भए। ब्लड युरिया २०५.९ मिलिग्राम प्रति डेसिलिटर, सेरम क्रिएटिनिन ९.२४ मिलिग्राम प्रति डेसिलिटर,  सोडियम १३१ मिलिईक्युभ्यालेन्ट प्रति लिटर, पोटासियम ३.५६ मिलिईक्युभ्यालेन्ट प्रति लिटर, हेमोग्लोबिन ७.८ ग्राम प्रति डेसिलिटर भेटियो। युरिन स्पेसिफिक ग्राभिटीका अनुसार दुवै मृगौला सानो, पातलो ईरिभर्सिबल ड्यामेज भएको, रिनल मेडुला र कर्टेक्स गुमेको अवस्था भेटियो। किड्नी फेलको सुरुको अवस्थामा रहेका उनलाई होमोडायोलाइसीस गर्न सिफारिस गरियो। तर बिरामी तयार भएनन्। उनले आयुर्वेदिक उपचार मागे। माग अनुरूप आयुर्वेदिक उपचार सुरु गरियो।

 

दक्ष आयुर्वेदिक चिकित्सकले सबै प्रक्रिया पुरा गरी उपचार पद्धति तालिका बनाए। जसमा २ ट्याब्लेट खाना पछि दैनिक २ चोटि मनतातो पानी सँग खाने गरी  पुनर्नावा  मन्दुर, ४ ग्राम खाना पछि दैनिक २ चोटि मनतातो पानी सँग खाने गरी  वैशवनर चुर्ण,  १५ एमएल  खाना अघि दैनिक २ चोटि मनतातो पानी सँग खाने गरी गुदुच्यादी कशय र १५ एमएल खाना पछि दैनिक २ चोटि मनतातो पानी सँग खाने गरी नीरी केएफटि दिइयो। २०१८ को मे महिनाको अन्तिम वाट सुरु गरिएको उपचार २०१८ को जुलाई मध्य सम्मको ५० दिनको उपचारमा जम्मा ४ पटक बिरामीको ल्याब परीक्षण र अन्य परीक्षण गरियो। जसमा  हेमोग्लोबिन ७.८ वाट ९.३ ग्राम प्रति डेसिलिटर, ब्लड युरिया २०५.९ वाट ८०  मिलिग्राम प्रति डेसिलिटर घटेको, सेरम क्रिएटिनिन ९.२४ वाट ५.३ मिलिग्राम प्रति डेसिलिटर घटेको, सोडियम १३१ वाट १३५ मिलिईक्युभ्यालेन्ट प्रति लिटर देखिएको, पोटासियम ३.५६ वाट ५.०४ मिलिईक्युभ्यालेन्ट प्रति लिटर पुगेको, अल्बुमिन तिन लेबल वाट ट्रेश मतलब नगण्यमा झरेको देखिएको थियो।

 

सुन्निएको खुट्टा / फुलेको अनुहार / सुन्निएको आँखा तिन लेबल वाट दुई, श्वास फेर्न गाह्रो अवस्था तिन लेबल वाट एक, पिसाब फेर्दा गाज आउने तिन लेबल वाट एक, भोक नलाग्ने तिन लेबल वाट शून्य, कब्जियत भएको लक्षण तिन लेबल वाट शून्यमा झरेको भेटिएको थियो। समग्रमा छोटो समयमै आयुर्वेदिक उपचारले बिरामीको स्वस्थ स्थितिमा उल्लेखनीय सुधार देखिएकोले आयुर्वेदिक उपचारले आफ्नो प्रभावकारिताको पुष्टि गरेको भेटिएको थियो। जसमा आधुनिक मापनका तरिकाहरुनै अपनाएर आयुर्वेदिक उपचार पद्धतिको प्रभाव कारिताको पुष्टि गरिएको थियो।

 

पुनरनभा, निसोध, अदुवा, मरीच, पिपला, भ्याभिदङ्ग, दारको बोक्रा, चितु, कुथ, बेसार, चुत्रो, हर्रो, बर्रो, अमला,  अजय फल (दन्ती), लामो पिपला, मधेसी खिर्रो, पिपलाको जरा, लामो पिपलाको जरा, मोथे, मधुर भस्म र गोमूत्र गरी २२ पदार्थ मिसाएर बनेको पुनर्नवा मधुर फलामको कमीको कारण रातो रक्त कोष हेमोग्लोबिन बन्न नसकेको स्थितिको सुधार गर्ने, पिसाब लगाउने र माम्श्पेसीको तन्तु र कोसीकाको पुनः उत्पन्न गर्न सहयोग गर्दछ। गुर्जो, धनियाँ, नीम, रक्त चन्दन, पैंयु गरी पाँच चिज मिलाएर बनाइने गुदुच्यादी कशय रगत बनाउने र शरीर लाई कायाकल्प गर्न पुनर्ताजकी गर्ने तागत राख्दछ।

 

हिमाली नुन, ज्वानो, सुप, अदुवा, हर्रो मिलाएर बनाइएको वैशवनर चूर्णको अग्नि वर्धक गुण तथा ग्यास घटाउने गुण हुन्छ। यसले आन्द्राको पाचन शक्ति बढाउने, तन्तुहरूमा घटेको मेटाबोलिजमको दर बढाउने गर्दछ। पुनरनभा, गोखुर, त्रिनपन्चमूल (पाँचवोटा झारको जरा – कुश, सिरु, काँस, उखु र मुंज वा सार नामक फुल्ने काँस जस्तो  झार), सिप्लिकान, बालका झार (उशीर वा खसखस), रक्त चन्दन, काँक्रोको गेडा, धनियाँ, पलाशको फुल मिसाएर बनाएको नीरी केएफटि नेफ्रोंनको सुरक्षा गर्ने, पिसाब लगाउने, इलेक्ट्रोलाइट तथा एसिड-बेस ब्यालेन्स मिलाएर रगतको प्रेसर व्यवस्थापन गर्न सघाउने किड्नी रेगुलेटरको काम गर्दछ।

निष्कर्ष

किड्नी फेल जस्तो समस्यामा दुवै पश्चिमा विज्ञानको आधुनिक सुविधा र अयुर्बेद्को परम्परागत उत्कृष्ट उपचार पद्धतिका सबल पक्ष अङ्गालेर उपचार गरिनु बुद्धिमानी देखिन्छ। किड्नी डायलाइसिस्स होस् वा बिग्रिएको मृगौला नयाँ दानमा पाएको मृगौलाले फेर्ने विकल्प रहदा मृगौला फेर्ने कामको लागि आधुनिक विज्ञानमा भर पर्नु उत्कृष्ट रहनु स्वोभाबिकै छ। किनकि आयुर्वेदिक क्षेत्रले आधुनिक औषधि विज्ञानको हाराहारीमा आफ्नो क्षमता विकास गर्न कानुनी बन्देज लगाइएकाले आयुर्वेदिक पद्धति सर्जरीमा आधुनिक औषधि विज्ञानको हाराहारीमा पुग्न सकेको छैन। समय क्रममा आधुनिक औषधि विज्ञानले समेत सम्भव भए सम्म प्राकृतिक, हर्बल र मानवमै लामो समय प्रयोग भएर अब्बल गनिएका स्वस्थको पुनर्स्थापना, पुनर्ताजकिकरण र रेख देखको विकल्पहरू लाई पहिलो प्राथमिकतामा राख्न सुरु गरेको छ। जुन नाम नलिएर अवलम्बन गरिएका आयुर्वेदिक उपचार पद्धतिको अवधारणा नै हो।

 

अयुर्बेद्को अहिंसा नीतिका कारण होस् वा अन्य विभिन्न कारणहरू वाट मृगौला फेल जस्ता सङ्कट ग्रस्त अत्यन्त जटिल परिस्थितिको मुकाबिला गरिरहेका बिरामीहरू आयुर्वेदिक पद्दति तर्फ आकर्षित भएको देखिन्छ। आयुर्वेदिक उपचार पद्धतिले निकै लामो समय देखि मृगौला फेल जस्ता समस्या कुशलता पूर्वक समाधान गरिरहेकै थियो। पर्याप्त प्रमाणित वैज्ञानिक आधारहरू प्रस्तुत नगरिँदा यसको विश्वसनीयतामा प्रश्न उठ्ने गरेको देखिन्थ्यो। हाल आएर आयुर्वेदिक पद्धतिको मृगौला फेल जस्ता सङ्कट ग्रस्त अत्यन्त जटिल परिस्थिति उपचार योग्य रहेको र मुर्छित मिर्गौलालाई उचित उपचार मार्फत पुनः सक्रिय गरिएको तथ्य आधुनिक विज्ञानकै मापनको तरिका अपनाएर वैज्ञानिक रूपमै प्रमाणित गर्न आयुर्वेद सफल बनेको छ। यसले आयुर्वेदिक उपचार पद्दति माथिको विश्वास झन् बढ्न गएको छ।

(खाद्य तथा औषधि विज्ञ)

WRITE COMMENTS FOR THIS ARTICLE