मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

वेदमा गाँजा

वेदमा गाँजा लाई भाँग वा विजय जस्ता नाममा लेखिएको छ। सुश्रुत संहिता वेदमा आधारित चिकित्सा तथा शल्य चिकित्साको एक प्राचीन संस्कृत पाठ हो। सुश्रुत संहिता तनहुँको देवघाटमा जन्मिएर दक्षिण भारतमा लामो समय आयुर्वेदिक मेडिकल प्राक्टिस गरेका मेडिकल क्षेत्रको पहिलो प्लास्टिक सर्जन आचार्य सुश्रुत सङ्कलित र सम्पादित ग्रन्थ हो।

 

सुश्रुत संहितामा मूलतः नेपालमा दशकौँ देखि आज सम्म नियमित गाँजा खेती हुदै आएको धादिङ, मकवानपुर, गोर्खा र सल्यान आदि स्थानमा भेटिने गाँजाको सारतत्वको मैत्री फर्मुलेसन देखिन्छ। गाँजाको फरक फरक जातको (वैज्ञानिक बोटनिकल नाम एकै हुने समेतको) औषधीय वनस्पतिहरू सुश्रुतको फर्मुलेसनमा अटाएको छ।

 

१६ औँ शताब्दी देखि अस्तित्वमा रहेको प्रमाणित भएको वेदमा आधारित मनोवैज्ञानिक चिकित्सा क्षत्रको अग्रणी ग्रन्थ भाव प्रकाश: आयुर्वेदको अति महत्त्वपूर्ण ग्रन्थ हो जसमा गाँजालाई सदुपयोग गर्न सक्दा यो “विजय” इन्द्रिय विजयमा सहयोगी हुन सक्ने शिव गुणी तत्त्वको भावमा यसका औषधीय खाद्य तथा ओखतिय गुणहरू बारेमा विस्तृतमा वर्णन भएको छ।

 

राजा वलभ: वेदमा आधारित अर्को पुरातन ग्रन्थ हो जसमा गाँजा लाई मूल औषधीय जडीबुटीहरूको विस्तृत सूचीमा संलग्न गर्दै विभिन्न रोगहरूको उपचारमा यसको प्रयोग कसरि गर्ने भन्ने बिधि वारेको वर्णन उल्लेख छ।

गाँजाको औषधीय गुणको सन्दर्भमा अथर्ववेद, सुश्रुत संहिता, भव प्रकाशः, राजा वलभ: जस्ता निकै धेरै ग्रन्थ हरूमा चर्चा भएको भेटिन्छ। तिनीहरू मध्ये केहीको यहाँ चर्चा गरौँ।

 

 

अथर्ववेद:

भङ्गाश्वमेदिकायै नमः

॥ अथर्ववेद, पुस्तक ११, भजन ६, श्लोक १५॥

Bhangaashvamedikayai namah

 

आनन्द प्रदान गर्ने भाँगको सद्गुण लाई हार्दिक नमस्कार।

Salutations to Bhanga, the provider of joy.

 

अथर्ववेद:

यः सोमो राजसो विमोऽसूर्यो नम्यो नमः।

भङ्गाश्वमेदिकायै नमः

॥ अथर्ववेद, पुस्तक ११, भजन ६, श्लोक १५॥

Ya somo rājaso vimo’sūryo namyo nama

Bhagāśvamedikāyai nama

 

ज्ञान मार्फत सांसारिक दुख वाट जीवितै मुक्ति गर्न सक्ने राज मुक्ति दाता सोम तथा आनन्द (सत + चित + आनन्द)  प्रदान गर्ने तागत राख्ने गाँजाको सद्गुण लाई हार्दिक नमस्कार।

 

Salutations to Soma, the kingly liberator, and to Bhanga (cannabis), the provider of joy.

 

गाँजाको सन्दर्भमा सुश्रुत संहिता लेख्दछ :

सुश्रुत संहिता

विजया च सुपर्णिका

॥ सूत्र स्थान, अध्याय ३८, श्लोक ६० ॥

Vijaya cha suparnika

 

 

विजया (गाँजा) सुपर्णीका (अर्को औषधीय बोट) भन्दा पनि गुणवान् छ। विजय लाई सुपर्णीका को स्थानमा प्रस्थापन गरेर औषधीय फर्मुलामा प्रयोग गर्न सकिन्छ।

Vijaya (cannabis) is better than Suparnika (another medicinal plant).

 

नोट: सुपर्णीका ( Dregea volubilis or Sneeze Wort) उच्च औषधीय मूल्यको आयुर्वेदिक हर्ब हो। सुपर्णीकाको पातको अर्कमा एन्टिअक्सिडेन्ट र जीवाणुरोधी गुण युक्त हुन्छ। दीर्घ रोगमा सुरक्षित प्रयोग हुने एन्टिअक्सिडेन्टको श्रोत रहेको सुपर्णीका  बाथ रोग, हेमोरोजिक सक, मधुमेह, कलेजोको चोटको उपचारमा, बुढ्यौलीमा देखिने  न्युरोडिजेनेरेटिव रोग र कार्सिनोजेनेसिस आदिको उपचारको लागि समेत उपयोगी हुने गर्दछ। रगत शुद्ध गर्ने तथा कपाल झर्ने, स्मरण शक्ति घट्ने जस्ता समस्याको उपचारको लागि बनाइने हिलिङ्ग खाद्य आयुर्वेदिक मुरब्बामा प्रयोग गरिने सुपर्णीका परम्परागत रूपमा विभिन्न अवस्थाका दुखाइ, सर्दी, जिऊ पोल्ने, सुन्निनेको उपचारमा उपयोग हुन्छ। सुपर्णीकाको फलफूलहरू घाँटी दुखाइ, छालाको इन्फेक्सन, एक्जिमा, दम, वाकवाक, खोकी, ज्वरो, आँखा रोगको उपचार र विषादी सेवनको उपचारमा उपयोग हुन्छ।

 

गाँजाको सन्दर्भमा भव प्रकाश: लेख्दछ:

भव प्रकाशः

विजया तिक्तशीतोष्णा कटुका कटुरोमणा।

मदान्धा दीपनं हर्षा दैन्यदु:खविनाशिनी॥

॥ भव प्रकाश: श्लोक १७७॥

 

Vijayā tiktaśītoṣā kaukā kauromanā

Madāndhā dīpana harṣā dainyadukhavināśinī

 

गाँजा तीतो,  गर्मी र सर्दी (राप-ताप तथा  शीतल) गुणी तीक्ष्ण सुगन्धित हुन्छ। यसले नशा उत्पन्न गर्छ। भोक बढाउँछ। सुख ल्याउँछ र दुःख अनि पीडालाई नष्ट समेत गर्छ।

 

Vijaya (cannabis) is bitter, heating and cooling, sharp and aromatic. It induces intoxication, increases appetite, brings happiness, and destroys sorrow and suffering.

 

गाँजाको सन्दर्भमा राजा वलभःलेख्दछ:

 

राजा वलभः

शूलघ्नी विजया प्रोक्ता विशेषाच्चापि मारुतम्।

॥ राजा वलभः  श्लोक ९७॥

Śūlaghnī vijayā proktā viśeṣāccāpi mārutam

 

दर्द, पिडा र दुखाइ कम गर्ने विजया (गाँजा) विशेष गरी वात विकारहरू सच्याएर स्वस्थ सन्तुलित गर्न प्रमुख भूमिका खेल्ने गुणको हुन्छ।

Vijaya (cannabis) is said to alleviate pain, especially from Vata disorders.

 

परम्परागत रूपमा हाम्रो संस्कृतिमा गाँजा लाई “शिव बुटी” भन्ने शब्द शब्द प्रयोग हुने गरेको छ। यद्यपि गाँजा लाई “शिव बुटी” भन्ने शब्द वेदमा होइन वेदमा आधारित वैदिक ग्रन्थहरू र लोक परम्पराको जिब्रोमा बसेको शब्दको रूपमा स्थापित भएको देखिन्छ। सनातन हिन्दु देवता शिवको गुण सँग नजिकको सम्बन्ध देखाउने क्रममा शिवसँग हिन्दु पौराणिक कथा र आध्यात्मिकतामा गाँजाको प्रसङ्ग जोड्ने गरिएको भेटिन्छ।

 

सनातन परम्परामा तपस्वी वा योगीको रूपलाई प्रायः शिवको भक्तको रूपमा चित्रण गरिने गरिन्छ। तपस्वी र योगीहरूले परम्परागत रूपमा आफ्नो ध्यान र आध्यात्मिक अभ्यासहरू गर्ने क्रममा आफ्नो ध्यान बाहिरी संसार वाट हटाउन र आफ्नै अन्तर्मनमा केन्द्रित गर्ने मनोवैज्ञानिक सहयोगीको रूपमा गाँजाको प्रयोग गर्ने चलन चलाएको देखिन्छ।

 

तपस्वी र योगीहरूको त्यस प्रकारको जीवन शैलीलाई शिवको तपस्वी जीवन शैली ठानिन्छ। महाशिवरात्रि जस्ता केही हिन्दु चाडपर्वहरूमा शिवका भक्तहरूले भक्तको रूपमा आफूहरूलाई उच्च आध्यात्मिक अवस्था प्राप्त गर्न मद्दत गर्ने विश्वासमा शिवको पवित्र उपहार मानी विशेष गरी गाँजा सेवन गर्ने परम्परागत चलन रहेको छ। तपस्वीहरू, योगीहरू र शिवका भक्तहरू बिच  यिनै कारण वाट गाँजा लाई शिव बुटी भन्ने परम्परा चलेको देखिन्छ।

 

गाँजाको सन्दर्भमा अथर्ववेद लेख्दछ:

अथर्ववेद:

पञ्च राज्यानि वीरुधां सोमश्रेष्ठानि ब्रूमः।

दर्भो भङ्गो यवः सह ते नो मुञ्चन्त्व् अंहसः॥

॥ अथर्ववेद, पुस्तक ११, भजन ६, श्लोक १५॥

 

सबैभन्दा शक्तिशाली जडीबुटीहरूमा उत्कृष्ट सोमको जरा, डाँठ, पात, फूल र फल सबै पाँच भागहरू विशेष  उपयोगी छ। त्यस्तै गरी कुश, गाँजा, जौ,  अपराजिता र सोम पाँच अति मूल्यवान् शक्तिशाली औषधीय जडीबुटी (five sacred plants) हुन्। जसको उचित सेवनले  नैतिक मूल्यहरू बाट विचलित हुने पाप कर्म रुपी पथ भ्रष्टता, दुःख र रोग बाट जोगाउन सहयोगी हुने छ। त्यसको सदुपयोग गर्ने विधि र तरिकाको ज्ञान लिनु।

 

We honour five essential parts of potent herbs, especially soma: their roots, stalks, leaves, flowers, and fruits. We also honour darbha grass (Kusha – Poa cynosuroides दर्भो), cannabis (bhang – Cannabis sativa भङ्गो),  barley (Jaau – Hordeum vulgare यवः)  and Saha  (Aparajita  – Clitoria ternatea सह – Butterfly Pea or Shankhapushpi). We pray they protect us from sin (distraction from ethical and moral values), suffering, and disease.

Note: here, ‘भङ्ग’ (bhang) refers to the cannabis plant.

 

गाँजाको सन्दर्भमा स्कन्द पुराण लेख्दछ:

स्कन्द पुराण श्रीशिव उवाच:

पञ्चद्रव्यानि भागेन यः पिबेच्छिवसन्निधौ।

तस्य नश्यन्ति पापानि दुर्लभं तस्य केवलम्॥

तत्क्षणात् क्रियते मुक्तिः पानं भङ्गायुतं यदा।

॥ स्कन्द पुराण, भाग १७, खण्ड २ ॥

 

Śrīśiva uvāca:

Pañcadravyāni bhāgena ya pibecchivasannidhau

Tasya naśyanti pāpāni durlabha tasya kevalam

Tatkṣaāt kriyate mukti pāna bhagāyuta yadā

 

भगवान् शिव भन्नु हुन्छ:

मेरो ध्यान वा आराधनाको क्रममा पाँच पदार्थ (गाँजा समेत समावेश रहेको) पेय पिएर व्यक्तिले आफ्नो मन ध्यान वा आराधनामा केन्द्रित गरी पाप कर्म रुपी ध्यान भङ्गता मुक्त रहेर मोक्षको अनुभूति गर्न सक्दछ।गाँजाको  सेवनले गर्दा तत्काल मनलाई एकाग्र गरी इन्द्रिय अनुभूतिको प्रभाव वाट मुक्ति गर्न सहज हुन्छ।

 

Lord Shiva said:

He who drinks the five substances (including bhang) in my presence, His sins are destroyed, and liberation is attained. Immediately, liberation is achieved when bhang is consumed.

 

पौराणिक कथा हरूमा समुद्र मन्थनको समयमा पृथ्वीमा खसेको अमृत बाट गाँजा उम्रिएको मानिने हुँदा यसलाई  पवित्र ईश्वरीय जडीबुटी मानिन्छ।शिव पुराणको कथा बचनमा शिवको गाँजा सहित विभिन्न जडीबुटीहरू सेवनको सन्दर्भ वाचन गर्ने गरिन्छ। पौराणिक कथा वचनको क्रममा शिवले हिमालयमा गाँजाको बोट व्यवस्था गरी गाँजाको सेवन गरी आराम र ध्यान गर्न प्रयोग गर्ने गरेको कुरा गरिन्छ।

 

शिवलाई भूतनाथ वा वैद्यनाथको नाम वाट समेत जानिन्छ। भूतनाथ वा वैद्यनाथको अर्थ “जडीबुटीहरूको भगवान्” भन्ने लाग्दछ। पुरातन ग्रन्थहरूमा पवित्र बिरुवाहरू उल्लेख गरिएको डोमेन मध्ये एक समेत रहेको र गाँजा मानवमा मानवीयता जस्ता ईश्वरीय गुणहरू निर्माणमा सहयोगी हुने अनुभूति मार्फत विकास भएको मान्यताले गाँजा लाई हाम्रो परम्परागत मान्यताले शिव बुटीको रूपमा ग्रहण गर्ने गरेको देखिन्छ।

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: