मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

गाँजा महात्म्य : मानव मानवीयता

मानवको मानवीयता जगेर्ना गर्ने घुलित तत्व हुन्छ गाँजामा..

 

गाँजामा प्रचुर मात्रामा हुने तिन समूह शिव तत्त्व, पार्वती तत्त्व र विष्णु तत्त्व तत्त्वहरूको समग्र भूमिकामा तपाइको शरीरमा मानवीयता गुण निर्माण गर्न ब्रह्म तत्त्वको संयोजन हुने कार्य सम्पन्न हुन्छ। उग्रता रुपी शिव तत्त्व, शालीनता रुपी पार्वती तत्त्व, उग्रता र शालीनताको बिचमा संयोजन गर्न सहयोग गर्ने विष्णु तत्त्वलाई आपसमा जोडेर संयम र सन्तुलित गर्ने इन्डोक्यानाबिनोइड नामक सन्तुलन मार्फत मानवमा मानवीयताको गुणको निर्माण हुने गर्दछ।

 

मानवमा भएको मानवीयताको गुणलाई ब्रह्मत्वको अंश मानिन्छ। ब्रह्म तत्त्वलाई नै मानवमा पराक्रमी महामानव चिरञ्जीवी गुण निर्माण गर्ने तत्त्व भनेर शास्त्रहरूमा वर्णन हुने गरेको छ। त्यसको लागि त्यसको सहज अभिव्यक्ति गर्ने रामायण, गीता, अन्य पुराणहरू समेत समाजको लागि उपलब्ध छ।  वैदिक ग्रन्थमा आधारित रामायण, गीता, र अन्य पुराणहरू मार्फत श्री राम, श्री कृष्ण आदि जस्ता युग पुरुष पात्रको परिकल्पना गरी एक आदर्श मानवमा हुनु पर्ने चरित्र र त्यसको लागि हरेक व्यक्तिमा रहेको क्षमता बारे समाज लाई सुसूचित गर्ने प्रशस्त प्रयास समेत भएको छ।

 

मानव शरीरमा सर्वत्र हुने इन्डोक्यानाबिनोइड सिस्टमको रूपमा चिनिने मानव आनन्दको अनुभूति निर्माण गर्ने (आनन्दमाइड)  प्रणालीको प्रमुख तत्त्व ठानिने  क्यानाबिनोइडहरुको सन्दर्भमा ती तत्त्वहरू शरीर बाहिर गाँजामा प्रचुर मात्रामा भेटिएकाले क्यानाबिनोइड हुने बिरुवा भनेर क्यनाभिस वा गाँजा नामकरण गरिएको देखिन्छ। त्यही रूपमा गाँजालाई ब्रह्मा, विष्णु र महेश्वरको समग्र भूमिका ग्रहण गरेको अर्थ दिन परम्परागत वैदिक समाजले आफ्नो चलन चल्तीको भाषामा भोले शिव गुणी शिव बुटी भन्ने गरेको छ। जुन यथार्थमा उग्रता दिने वरुण तत्त्व, आनन्द दायक सोम तत्त्व र त्यसको संयोजन गर्न जरुरी हुने र समग्र संयम दिने कायाकल्प तत्त्व गुण निर्मित छ।

 

उदाहरणको लागि कृषक जनक कृषि कर्ममा लिन रहेर हलो जोत्दै गर्दा सितालाई प्राप्त गरे।  सिता कृषि सम्पदामा पालन पोषण भएकी जनक पुत्री रहिन। सीतालाई पुत्रीको रूपमा स्वीकार  गरे पछि कृषक जनक ज्ञानी मात्र बनेनन् ।  राजा जनक हुने सौभाग्यको उनलाई प्राप्ति भयो। राम ऋषिहरूको सङ्गत र संरक्षणमा हुर्के बढेका ऋषि सम्पदाका मानव थिए। सीताको प्राप्ति पछि वनवास मिलेका राजकुमार राम वनवास  वाट आफ्नो राज्यमा फर्कँदा मर्यादा पुरुषोत्तम भएर फर्किए।

 

सूर्य वंशी अर्थात् सूर्यको किरण भर्गो ज्योति को शक्ति वा ज्ञानको प्रतिनिधित्व गर्ने ऋषि कुलका शक्तिको रूप हुन् राम।  प्रकृतिको उर्वरताको शक्ति रुपी धर्ती पुत्री हुन् कृषि सम्पदाकी सीता। सीताको राम सँगको मिलनले उर्वर ऋषि-कृषि  संरचनाको प्राकृतिक शक्तिको निर्माण गर्‍यो।

 

प्रकृतिको नियति अनुरुप उर्वर ऋषि-कृषि सीता-राम प्रकृति शक्ति संरचना समेत वायु शक्ति विना प्रभावकारी व्यवहारिक उत्पादकत्व दिन सक्षम थिएन। ऋषि कृषिको पूर्वाधार वाट व्यवहारिक उत्पादन लिन ऋषि कृषि मैत्री शक्ति आकाशमा भर्गो ज्योति निर्मित सूर्य वंशी भनिने हावा अर्थात् वायु गुणको जरुरत बन्यो। त्यसको भूमिकाले पवन पुत्र हनुमानको जरुरत निम्त्यायो। हनुमानजीले त्यसको पूर्ति गर्नु भयो।

 

हाम्रो परम्पराले गाँजा लाई शिव बुटी किन भन्यो भन्ने बुझ्न रामायणको फरक फरक पात्रको औचित्यको  प्रसङ्ग बुझ्न जरुरी छ। उग्रता रुपी शिव तत्त्व, शालीनता रुपी पार्वती तत्त्व, उग्रता र शालीनताको बिचमा संयोजन गर्न सहयोग गर्ने विष्णु तत्त्व – माता सीताको भूमिका जोडिएका राम अर्थात् सिताराम तत्त्व उर्बर भूमिको प्रतिक हो। जसलाई त्यसमाथि सदैब हनुमान तत्वको अंशको जरुरत हुन्छ।

 

मानबमा हनुमान तत्वको अंशले मानबियताको निर्माण गर्दछ। त्यसको मर्म बुझेर प्रकृतिको  उर्वरता लाइ व्यवहारिक बनाउन प्राणीमा सबै भन्दा उत्कृष्ट चेतना  दिएर पृथ्वीमा मानवको सृष्टि गरिएको हो।

 

मानव जीवनको उद्देश्य आफ्नो मानवता पहिचान गरी  प्रकृतिको ऋषि-कृषि मैत्री सिताराम उर्वरतालाई हनुमान शक्तिको भूमिका थपेर प्रभावकारी व्यवहारिक उत्पादकत्व दिएर संसारलाई सम्पूर्ण चराचरहरू सह-अस्तित्वमा जिउन योग्य बनाउनु भनी तोकिएको हो।

 

मानिसमा मानवता तत्त्व निर्माण गर्न मानिसले पहिले आफूमा अहिंसा संस्कृतिको विकास गर्नु पर्दछ।  त्यस माथि असल मानव आचरण विकासको लागि उसले नियमित मानवता मैत्री आहार-विहार र कर्मको अभ्यास गर्नु पर्दछ। त्यसले विकास गर्ने अन्तर्मनको सकारात्मकता  मानवमा मानवीयता शक्ति निर्माण गर्ने तागतको पूर्वाधार निर्माण गर्न सहयोगी बन्दछ। त्यसको लागि मानिसलाई आफ्नो भौतिक शरीरको एक उत्कृष्ट प्रणालीको रूपमा रहेको  इन्डोक्यानाबिनोइड प्रणालीको जरुरत पर्दछ।

 

इन्डोक्यानाबिनोइड प्रणाली मानिसको शरीर भर फैलिएर रहेको सम्पूर्ण दिमागलाई सन्तुलित गर्ने  भूमिका लिएर स्थापित रहेको प्रणाली हो।  मानव दिमाग (भौतिक पक्ष, त्यसमा रहेको स्मरण र बुद्धि) र  इन्डोक्यानाबिनोइड प्रणाली मिलेर मानव मस्तिष्क निर्मित छ। मस्तिष्कमा निर्मित हुने नियत गत सकारात्मकता र नियत गत नकारात्मकता बिचमा इन्डोक्यानाबिनोइड प्रणालीले  शिवको तेस्रो नेत्र भनिने पिनियल ग्ल्याण्ड प्रभाव क्षेत्र केन्द्रित मस्तिष्क सन्तुलन  निर्माण गर्ने भूमिका खेल्दछ।

 

मस्तिष्क लाई सन्तुलित मस्तिष्क बनाउने हदको सन्तुलन निर्माण गर्न इन्डोक्यानाबिनोइड प्रणाली तपाइलाई सञ्चालन गर्ने दिमागलाई सञ्चालन गर्ने मानव चेतनाको अन्तिम भौतिक कडी हो।

 

यसलाई प्रष्टता दिने गरी भन्दा तपाइको अनुभूतिमा नकारात्मकता पछि आउने शून्य र सकारात्मक तिर वाट आउने शून्यको बिचमा अवस्थित रहने एक बिन्दु जहाँ चित्तले  सदैव सत्यता र आनन्दको अनुभूति गर्छ त्यो बिन्दुमा तपाइलाई लैजाने र मानवको मानवताको गुण बारे अनुभूति गराउने काम  इन्डोक्यानाबिनोइड प्रणालीको  हो।

 

विज्ञानले आनन्दमाईड भन्ने त्यो अवस्था भनेको वैदिक ज्ञानले दिने आकाश तत्त्व  निर्मित सच्चिदानन्द रुपी  बिन्दु केन्द्रित अनुभूति नै हो। त्यसको विकासको लागि मानिसलाई योग, पूजा, आराधना र एकाग्रताको शक्ति निर्माण गर्ने ध्यान वा मेडिटेसनको जरुरत पर्दछ। जुन हाम्रो लागि हाम्रो शरीरले आफै निर्माण गर्दछ। त्यसमा कुनै कमी भएमा त्यसलाई गाँजा निर्मित खाद्य र ओखती मार्फत पूर्ति गर्न सम्भव हुन्छ।

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE

%d bloggers like this: