मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

दसै-तिहार कति बैज्ञानिक !

नारायण घिमिरे

 

मध्य कार्तिक बाट मध्य पुसको महिना हेमन्त ऋतुको समय हो। यो समयमा चिसो हावा चल्ने हुँदा वातावरण स्वच्छ रहने, बिहानीमा कुइरो लाग्ने, शीत पर्ने, शरीरले बिस्तारै चिसो पनको महसुस गर्ने गर्दछ। चिसो हावाको प्रभाव महसुस गर्दै गर्दा शरीरले आउँदै गरेको चिसो मौसम  सँग अभ्यस्त हुन बिस्तारै आफ्नो शारीरिक अनुकूलता विकास गर्न सुरु गर्छ।

 

मध्य वैशाख देखि मध्य-असारको गृष्म ऋतुको गर्मी, प्रचण्ड उष्णता एवम मध्य असार देखि मध्य भदौको वर्षा ऋतुको झरी, वर्षा, ओसिलोपन काटेको शरीरले मध्य पुस देखि मध्य फागुनको शिशिर ऋतुमा भोग्नु पर्ने अत्यधिक चिसोको सामना गर्न सक्षम हुने गरी हेमन्त ऋतुमा आफूले आफूलाई बिस्तारै परिवर्तन गर्न सुरु गर्छ।

 

हाम्रो शरीर स्वस्थ रहन शरीरको सम्पूर्ण प्रणालीहरू सुचारु हुन अनुकूल हुने निश्चित तापक्रममा रहन जरुरी हुन्छ। ३६.१° बाट ३७.२° सेल्सियसको तापक्रम लाई हाम्रो शरीरको औसत अनुकूल तापक्रम मानिन्छ। जब तपाइको शरीरको तापक्रम ३८° सेल्सियस नाघ्दछ  तब तपाइलाई ज्वरो आएको भनिन्छ।

 

हाम्रो शरीरले ताप मुख्य तय दुई श्रोत वाट प्राप्त गर्दछ। पहिलो वातावरण बाट अथवा बाह्य श्रोतको तातो।  दोस्रो पाचन प्रक्रिया वाट उपलब्ध हुने शरीरको आन्तरिक तातो। वर्षा ऋतुको गर्मीमा वातावरणले थोपरिदिने औसत अवस्था भन्दा धेरै तातोको कारण  शरीरको आफ्नो तापक्रम आफैले नियमन गर्न सक्दैन।

 

हामी जीवित रहँदै गर्दा शरीर आफैले उपयोग गर्ने ऊर्जा बाहेक केही ऊर्जा हाम्रो वरिपरिको बाताबरणमा समेत क्षय हुने गर्छ। सामान्य रूपमा शरीर वाट क्षय भई खर्च हुने ऊर्जामा ६०% शरीरले निकाल्ने तापको विकिरणको रूपमा, २२% पसिनाको रूपमा, १५% सम्पर्कमा आउने हावाले लैजाने र ३% शरीरको सम्पर्कमा आउने अन्य बस्तुहरूमा सरि खर्च हुने गर्छ। तातो सुक्खा मौसम जति बेला वाष्पीकरणको चिसो र पसिना मार्फत शरीरको ताप अधिक खर्च हुने अवस्थामा बाहेक मुलत रेडिएसनको रूपमा शरीरको धेरै इनर्जी खर्च भइरहेको हुन्छ।

 

जब शरीरको तापक्रम ४० डिग्री सेल्सियस वाट उकालो लाग्छ तब पसिना निकालेर आफूले आफूलाई चिसो पर्ने शरीरको गतिविधि नै रोकिन पुग्छ। फलतः शरीर अधिक तातो हुनको कारण बाट हुने थकान, ४१ डिग्री सेल्सियस पुग्दा हुने हिट-स्ट्रोक र हाइपर-थर्मिया जस्ता बिरामी हुने खतरा बढ्दछ।

 

मानिस कति डिग्रीमा तापक्रम सम्म जीवित रहन सक्छ भन्ने कुरा उसको शरीर कति डिग्री तापक्रम सम्म आफूलाई जिउँदै रहन अभ्यस्त छ भन्ने कुराले निर्धारण गर्छ।शरीरको आन्तरिक अभ्यस्तता अनुरूप मानिसको शरीर सु-सुप्त प्रकारको हाइबरनेसनमा पुगेर बाचेको भेटिन्छ। सामान्य रुपमा  जब तपाइको शरीरको आन्तरिक तापक्रम ३४.४ डिग्री सेल्सियस पुग्छ तब चिसोको कारण तपाइ हाइपो-थर्मियाको सिकार बन्नु हुन्छ ।

 

शरीरको आन्तरिक तापक्रम २९.४ डिग्री सेल्सियस भन्दा तल ओर्लँदा शरीरको तापमान नियन्त्रण गर्ने दिमागको हाइपोथैलेमस प्राय: काम गर्न नसक्ने बनी दिनाले चिसोको कारण मानिसको मृत्यु हुने गर्छ। शरीरको आन्तरिक तापमान २१ डिग्री सेल्सियस पुग्दा अक्सर मानिसको इहलीला नै समाप्त हुने गर्छ।

 

तस्तै मानिस बाँच्न सक्ने अधिकतम शरीरको भित्री तापक्रम ४२.३ डिग्री सेल्सियस हो। यो त्यही तापक्रम हो जुन ताप क्रममा हाम्रो शरीरका कोशीका हरुका प्रोटिनहरू तातोले जम्छ र हाम्रो दिमाग पुन सक्रिय तुल्याउन नसक्ने गरी क्षतिग्रस्त र निष्क्रिय बनिदिन्छ।

 

शिशिर ऋतुमा भोग्नु पर्ने अत्यधिक चिसोको समयमा हाम्रो शरीर आफूले आफ्नो आन्तरिक ताप ३६.१° भन्दा तल जान नदिन र गृष्म ऋतुको गर्मीमा ३७.२° सेल्सियसको तापक्रम भन्दा माथि जान नदिन आफ्नो आन्तरिक प्रणालीहरू सक्रिय राख्दछ। वर्षा, शरद,   हेमन्त र वसन्त ऋतुमा भने शरीर एउटा चरम तापक्रम वाट अर्को चरम तापक्रममा पुग्दै गर्दा बदलिँदो परिस्थिति सँग आफूलाई अभ्यस्त गर्न आफ्नो अनुकूलताको लागि आन्तरिक परिवर्तनको नियमन गर्न लागि पर्ने गरेको भेटिन्छ।

 

जस अन्तर्गत  शरीरको विभिन्न आन्तरिक परिवर्तनहरुको जरुरत हुने गर्दछ। उक्त जरुरतहरू हाम्रो परम्परागत खानपान, जीवन शैली र चाडबाड आदि तथा व्यायाम र पूजा आजा, पाठ, नित्य कर्म आदि मार्फत हुने मेडिटेसनले पूर्ति गर्दै आएको देखिन्छ। जुन पछिल्लो समयमा आएर वैज्ञानिक रूपमै क्रमशः पुष्टि हुँदै गएको छ।

 

जब वातावरण धेरै चिसो हुन्छ तब शरीरले एकातर्फ आन्तरिक ताप बढाउँछ भने अर्को तर्फ शरीरको शरीर ताप खेर जान वाट जोगऊँने उपायको जोहो गर्छ।  त्यो समयमा एकातर्फ कक्रक्क परेर बस्दा वातावरण सँग सम्पर्कमा आउने शरीरको  सतहको भाग घटाएर तातो खेर हुन वाट जोगाउने गर्छ भने अर्को तर्फ नशा लाई शरीरले खुम्चाउने र फुलाउने गरी शरीरको अङ्ग हल्लाएर छिटो छिटो शक्ति पैदा गर्न प्रेरित गर्छ। तेतिबेला हामी भने शरीर कामेको महसुस गर्छौ।

 

शिशिर ऋतुमा भोग्नु पर्ने अत्यधिक चिसोवाट बच्न भने शरीरले हेमन्त ऋतु देखिनै  तैयारी सुरु गर्छ। जस अन्तर्गत पहिलो काम शरीरको शक्ति उत्पादन हुने दर वृद्धि गर्ने अथवा बेसिक मेटाबोलिक रेटमा वृद्धिको लागि तैयारी गर्छ। दोस्रोमा शरीरको महत्त्व पूर्ण अङ्गहरू लाई धेरै शक्ति उत्पादन गर्दा चाहिने तीव्र पाचन प्रक्रियामा पैदा हुने कचरा वाट हानी हुन नदिन र बाहिरको चिसोले उक्त अङ्गहरू प्रभावित हुन नदिन बोसोले घेरेर इन्सुलेशन गर्ने कामको पूर्वाधार विकास गर्छ। तेस्रो शरीरमा रगत प्रवाहको दीर्घकालीन  प्रकृतिको आवश्यकता अनुरूप अस्थायी परिवर्तनको जोहो गर्छ।

 

मानिसको हकमा उसको शरीर बाट आउने पसिना केवल शरीर लाई गर्मीबाट छुटकारा दिलाउन मात्र सीमित छैन। अनुसन्धानले प्रमाणित गरे अनुरूप तातोको सहन शक्ति पुरुष र महिलामा बराबर हुँदैन। प्राय: बराबर परिश्रम गरेका पुरुषहरूमा महिलाको भन्दा बढी पसीना आउने गर्छ। पसिनाले शरीर भित्र वाट विभिन्न पदार्थहरू बाहिर ल्याउँछ।

 

त्यसमा हाम्रो चासोको ठुलो महत्त्वको पदार्थ हो आफूसँग भौतिक रूपमा नजिक रहेको मानिसमा शक्तिशाली प्रभाव पार्न सक्ने फेरोमोनले हार्मोन। मानिसको उक्त फेरोमोनले हार्मोनले विपरीत लिङ्गी लाई यौनिक आकर्षण गराउने गर्छ।

 

पुरुषहरूको पसीनामा हुने फेरोमोनले महिलाको दिमागको फेदमा रहने पिट्युटरी ग्रन्थिबाट निकाल्ने ल्युटेनिजिंग हार्मोनको मात्रामा वृद्धि गरिदिन्छ। जसले गर्दा छिटै अण्डाशय बनाउन प्रेरित गर्छ। त्यसैले आज भोलि मानव पुरुषका फेरोमोनहरू महिलाहरूको लागि  प्रजननमा गर्बाधरण गराउने  शक्ति भएको भावी औषधिको रूपमा लिन थलिएको छ।

 

महिलाहरूको हकमा भने उनीहरूले उत्पादन गर्ने फिरोमोनहरूले सँगै बस्ने दिदी बहिनीहरू वा अन्य महिलाहरूको मासिक चक्रको समीकरण मिलाउन सहयोग गर्छ। यस्तो सम्भावना पनि देखिएको छ कि महिला फेरोमोनहरू लाई पुरुष फेरोमोनहरू एक आपसमा अनजानमै सूचना आदान प्रदान गरी दुवैको यौन इच्छाको समय व्यवस्थित गर्ने र प्रजनन प्रणालीलाई प्रभावकारी बनाउन सहयोग गर्ने गर्छन।

 

मध्य असोज वाट मध्य कार्तिक सम्म चल्ने शरद ऋतुमा पर्ने दसैँको चाडमा खाइने घिउमा पाकेको खसीको मासु र अन्य परिकारले एकातर्फ पोषण र तागतको लागि जरुरी हुने खुराकहरू शरीर लाई उपलब्ध गराएको हुन्छ। विभिन्न शक्ति केन्द्रमा धाएर आफूलाई छुटै ऊर्जा पाएको भित्री महसुस हुने, आफन्त वाट लिइने र नजिकका तथा आफ्ना लाई दिइने आसिक बाट मानिसलाई मनोबैज्ञानिक सबलता प्राप्त हुन्छ।

 

उता ससुराली अथवा माइती, मावली लगायतका मेजमानी र सम्मान प्राप्त हुने स्थानको मानव व्यवहारले मनै प्रसन्न पारि दिन्छ। प्रसन्नता, आत्मा विश्वास, आत्मा सम्मान र जरुरी अनुरूपको खुराक एकातर्फ शरीरलाई बदलिएको वातावरण अनुरूप परिवर्तन गर्न अत्यन्त उपयुक्त वातावरण हुने गर्छ भने रति-राग एवम् सन्तान वृद्धिका गतिविधिमा लाग्न, ध्यान पुर्‍याएर नयाँ व्यवसाय गर्न वा भएकोको वृद्धि तर्फ तैयारी गर्न पनि यो उपयुक्त समय बनिदिन्छ।

 

यसरी हेर्दा दसै चाड हाम्रो शरीर लाई जाडो मौसमको लागि जरुरी हुने शरीरको शक्ति उत्पादन हुने दर अथवा बेसिक मेटाबोलिक रेट अभिवृद्धि गर्ने जरुरी हुने पूर्वाधार बनाउने  कोशे ढुङ्गाको रूपमा स्थापित गरिएको छ। साथै  मानिसका आधारभूत यौन आवश्यकता तथा सन्तान बृद्दिको पूर्वाधार निर्माण गर्ने आधारशिलाको रूपमा समेत उभिएको भेटिन्छ। जुन साङ्केतिक रूपमा रावण वा राक्षस मतलब मृत्युको कारक माथिको विजय प्राप्त गर्न अवसर अनि आफ्नो यौन साथी अथवा धर्म पत्नीको प्राप्ति आदिको सन्दर्भ सँग भने मेल खाने देखिन्छ।

 

शरद ऋतुमा पूर्वाधार र जीवनको आधारशिला विकास गर्ने हाम्रो शरीरले हेमन्त ऋतु भने आफूले आफूलाई बिस्तारै परिवर्तन गर्न सुरु गर्छ। जसमा मुख्य तय शरीरको महत्त्व पूर्ण अङ्गहरू लाई बोसोले घेरेर सुरक्षित गर्ने र शरीरमा जरुरी अनुरूप घटबढ गर्न सकिने गरी सुरक्षित अस्थायी रक्त प्रवाहको जोहो गर्ने मुख्य हुने गर्छ।

 

तिहारमा खाइने विभिन्न मिठाई, गाई वा भैँसीको शुद्ध घिऊमा तैयार गरिएको सेल रोटी, पुरी तरकारी, विभिन्न सुकेका फलहरू, फलफूलहरू, भाइ टिकाका ओखर, नरिवल समेत रहने मसला आदि बाट प्राप्त हुने पोषण र औषधीय सार तत्त्वहरू शरीरको परिवर्तन गर्न जरुरी पर्ने कच्चा पदार्थमा पर्दछन।

 

पिङ खेल्न पाउँदा,  देउसी भैलो, झिलिमिली बत्ती, सप्तरङ्गी टिका, काग, कुकुर, लक्ष्मी पूजा, भाइटिका जस्ता चलनले प्रसन्नता, आत्मा विश्वास, आत्मा सम्मान जगाउने गर्दछन्। यस्तो आनन्दित चाड सँग भाइटिका जोडी दिँदा रति रागको भावना लाइ मनमा उत्पन्न हुने माया, दया करुणा र क्षमा भावले दान गर्ने मन विकास हुनु शरीरको संवेदनशील अङ्गहरू स्वोभाबिक परिचालनमा लैजान समेत योगदान दिने गरेको देखिन्छ। सायद यसै कारण कार्तिक महिनामा शुभ-विवाहहरू र विशेष पूजाहरू गरिन्नन्।

 

तुलसीको पात ,फूल ,फल ,मूल ,हाँगा ,बोक्रा ,जरा सबै नै औषधीय मूल्य को छ। शरीरमा अक्सिजन दिने हुँदा रगत शुद्धि कालागि प्रयोग हुने, हानिकारक जीवाणु प्रतिरोधी हुनाले वातावरण शुद्ध बनाउने गुणको हुन्छ। आराधना गरि पाएसम्म बाँस, नपाएमा पलाँस, खयर, पीपल आदिको लिङ्गो आकाशतर्फ ठड्याएर घरै पिच्छे बालिएका बत्तिहरुका लस्करले समग्र गाँउनै आकाशेबत्तिको प्रकाशमा रंगीदा मन दङ्ग बन्दछ।

 

मध्यरातमा पूर्णिमा भएका दिन कोजाग्रत बस्ने, सूर्योदय एवं सायंकालमा पूर्णिमा भएका दिन पूर्णिमा व्रत बस्ने कार्यहरू  वाट मनोवैज्ञानिक स्वस्थ लाभ मिल्ने, शरीरको सर्केडीयन साइकलमा हेरफेर गर्न सघाउने, कोशीका वाट भारी बिखालु पानीको थोपा हटाउन सहयोगी हुने वैज्ञानिक प्रमाणहरु उपलब्ध छ।

 

 

खानामा हुने प्रोटिन लाई कार्बोहाइड्रेटमा परिवर्तन नगरी शरीरले प्रोटिनको पाचन गर्न सम्भव हुँदैन। प्रोटिन कार्बोहाइड्रेटमा परिवर्तन हुने क्रममा शरीरमा आन्तरिक कचरा पैदा हुने गर्छ। घाममा तेल मालिस गरी गरिने कार्तिक स्नान मुख्यतय शरीरको तन्तुहरूमा रहेको विषाक्त पदार्थ निकाली शरीर सुद्ध बनाउने नियत बोकेकोले खानामा चिल्लो र कार्बोहाइड्रेटमा संलग्न गरी उक्त कार्य सहज बनाउन सकिन्छ। मास, मुगी, मुसुरो, चना, भटमास आदि नखाई कार्तिक स्नान गर्ने शास्त्रीय मान्यता शरीरको प्रभावकारी शुद्धीकरणको नियतले अँगालिएको देखिन्छ।

 

(खाद्य तथा औषधि विज्ञ , क्यानडा)

Share this:

WRITE COMMENTS FOR THIS ARTICLE