Canadian Reporters

प्रथम क्रियोल नेपाली भाषी अँनलाइन पत्रिका

Echo

Weekly Updates

Let's join our newsletter!

Do not worry we don't spam!

क्रियोल नेपाली भाषाको “नेपालमा गाँजा” ई-बुक प्रकाशित ।
Updated at:- 2024-09-24

क्रियोल नेपाली भाषाको “नेपालमा गाँजा” ई-बुक प्रकाशित ।

लेखक नारायण घिमिरेले आफ्नो क्रियोल नेपाली भाषामा लेखिएको “नेपालमा गाँजा: नामक ई-बुक प्रकाशित गरेका छन्। विजया दशमीको उपलक्षमा एक दिन सबैलाई निःशुल्क डाउनलोडको सुविधा सहित उपलब्ध गराइएको उक्त किताब एकै दिनमा ९७६८ कपि डाउनलोड भएको थियो।  जुन नेपाली समय मध्य रात वाट हटाइएको छ। उक्त कृति इ-बुकको नाममा सुल्क तिरेर निकट भविष्यमा पड्न पाइने छ।  उक्त बुक प्राय सबै नेपाली हरुले बुझ्ने सरल भाषामा लेखिएको छ।

अन्दाजी पन्ध्र वर्षयता क्यानडामा खाद्य तथा औषधिविज्ञका रूपमा कार्यरत नारायण घिमिरे आयुर्वेदिक औषधिको साइड इफेक्टरहित गुण र एलोपेथिक ओखतीको तत्काल उपचार गर्ने क्षमता पुनर्संयोजन गरी चुस्त हर्बल ओखती विकास विषयका शोधकर्ता समेत हुन्।

उनले हर्बल ओखती र औषधीय गुणको हिलिङ फुड निर्माणको क्षेत्रमा वैज्ञानिक र प्रयोगात्मक विकासको अनुसन्धानमा विज्ञता प्राप्त गरेका छन्। खाद्य वैज्ञानिक तथा औषधि विज्ञ घिमिरेको नेपालमा गाँजा बारे विभिन्न समयका लेखिएका लेखहरूको सँगालो जस्ताको तस्तै उतारिएको छ।

फरक फरक लेखमा कुनै कुरा पुष्टि गर्ने क्रममा एकै प्रकारका कुराहरू र डाटाहरू पटक पटक दोहरिएको देखिन्छ। घिमिरेले आफ्नो अनुसन्धानमा आधारित रहेर लेखेको लेखहरू अनुसन्धान गहिराइमा पुग्दै जाँदा तथ्यहरू थपिएकाले फरक फरक समयमा फरक फरक तथ्य उल्लेख गरिएको देखिन्छ।

जस्तै सुरुवातमा मात्र गाँजा बारे दस हजार वैज्ञानिक अनुसन्धान भएकामा यो खेस्रा पुरा गर्दा बिस हजार प्लस अनुसन्धान भइसकेको देखिन्छ। त्यसैले कुनै लेखमा दस हजार भन्दा धेरै अनुसन्धान लेखिएको छ भने कुनैमा बिस  हजार भन्दा बढी भनिएको छ। गाँजाको कति थरीको ओखती हुने भन्ने तथ्यहरू पनि समय अनुरूप क्रमशः थपिँदै गएको देखिन्छ।

यस्ता समय क्रम अनुरूप थपिँदै गएका ज्ञानका कारण थपिएका वैज्ञानिक तथ्यहरू बारे पाठक आफै सजग हुन र मनन गर्न जरुरी छ।

वेद र विज्ञानमा विशेष चासो राख्ने घिमिरे यो कृति ज्ञान बिस्तारमा धेरै महत्त्व दिएर लेखिएको र आफ्नो भाषामा दक्खल नरहेकाले आफूलाई जे आउँछ, जस्तो आउँछ त्यस्तै क्रियोल नेपाली भाषामा पाठक सामु प्रस्तुत गरेको बताउँछन्।

घिमिरेले यो सँगालो लेखिएको मुख्य भाषा नेपाली नरहेर क्रियोल नेपाली भाषामा लेखि प्रस्तुत गरिएको तथ्य उक्त ई-बुकमा पाठकहरूमा अनुरोध समेत गरेका छन्।