Canadian Reporters

प्रथम क्रियोल नेपाली भाषी अँनलाइन पत्रिका

Echo

Weekly Updates

Let's join our newsletter!

Do not worry we don't spam!

गरुड़ पुराण रहस्य !!
Updated at:- 2024-09-19

गरुड़ पुराण रहस्य !!

हरेक व्यक्तिले आफ्नो देह त्याग गरी ब्रह्म लिन लिने क्रममा उसको भौतिक शरीर र सूक्ष्म शरीर निर्माण भएका हरेक पदार्थ वातावरणको  जुन-जुन संरचना निर्मित हो त्यही संरचनामा मिलन हुनको लागि आतुर हुन्छ।

 भौतिक शरीर (Tāmasik /Solid – Ignorance & Inertia, and Rājasik /Liquid – Action & Passion) र सूक्ष्म शरीर (Sāttvik / Vyu & Akash) निर्माणका अवयवहरू जहाँ जहाँ वाट आएर उक्त संरचना निर्माण भएको हो त्यही फर्कने क्रम मृत्यु पश्चात् सुरु हुन्छ।

 सनातन संस्कृति मान्ने बहुसङ्ख्यक समुदायमा भौतिक शरीरका विभिन्न संरचनाहरू सडे गलेर अत्यन्त ढिलो  ब्रह्माण्डमा फर्काउने प्रक्रियाको विपरीत आगोको सहाराले बालेर छिटै ब्रह्माण्डमा फर्काउने प्रक्रिया अवलम्बन गरिन्छ।

क्तिको स्मरण (Sāttvik – Purity and Knowledge) भने सामूहिक स्मरणमा मिलन हुने हुँदा त्यसको पूर्ण मिलनको लागि शुभचिन्तकहरूले उक्त व्यक्तिको ब्रह्म लीन होस् भनी कामना गर्ने गरिन्छ। 

सामान्य जान पहिचान भएकाले स्वर्ग बास वा वैकुण्ठ बासको कामना गर्न सक्दछन्।स्वर्ग बास (वा वैकुण्ठ बास) को कामना व्यक्तिको पुनर्जन्म सँग सम्बन्धित रहन्छ।

सनातन संस्कृतिमा व्यक्तिको निधनमा आफन्त जनहरूलाई महापुराणहरू मध्येको एक ठानिने गरुड पुराण (स्मृति) सुनाइने गरिन्छ। 

गरुड पुराणमा वायु (Sāttvik – Knowledge/Memory) जस्तै अक्सिजन जस्ता चलायमान तत्त्वको प्रतिनिधित्व गर्ने भनिने आकाशमा (Akash – Purity) राज गर्ने पक्षीहरूका राजा अर्थात् गरुडको जिज्ञासा सकारात्मक र नकारात्मक पक्ष बिच सन्तुलनको पुनर्स्थापना गर्दै शरीरको पालन पोषण र सुरक्षा गर्ने शक्तिको रूपमा लिइने भगवान् विष्णुको (Tāmasik and Rājasik) उत्तर समेटिएको संवाद कुराकानीको रूपमा प्रस्तुत भएको छ।

गरुड पुराणले समाजमा दिन खोजेको जटिल प्रश्नहरुको उत्तर रुपी सन्देश   बुझ्न पहिला भगवान् विष्णुसँग गरुडको सम्बन्धलाई बुझ्न जरुरी छ।

गरुड पुराणको कथामा गरुड लाइ भगवान् विष्णुको वाहन वा यात्रा गर्ने साधनको रूपमा लिइएको छ। जसरी हाम्रो खान पान पचाएर शक्ति निर्माणमा अक्सिजनले खानको सारतत्व लाई बोक्दछ र त्यस वाट ऊर्जा निकाल्न सम्भव हुन्छ त्यस्तै गरुडले विष्णुको गतिविधि सहज गरिदिने गर्दछ।

शास्त्रको अनुरूप कश्यप ऋषि लाई दानव (विपरीत वा नकारात्मक शक्ति) र देवताको (सकारात्मक शक्ति) संयोजन मार्फत पानीमा, जमिनमा, पानी-जमिन दुवैमा र आकाशमा जीवन जिउन सक्ने प्राणीहरूको जीवनको इनर इञ्जिनियरिङ्ग गर्ने स्मृति बोकेका ज्ञानको प्रतिमूर्ति मानिन्छ।

शास्त्रमा सर्प वा नागले मुख्यतया पुनर्जीवन लिने क्रममा ध्वंस हुनु अघिको संरचना र पुनर्जीवनको दरको प्रतिनिधित्व गर्दछ।

सर्पले काँचुली फेर्दा यसको पुनर्जीवन (पुनर्जन्म होइन) भएको मानिन्छ। मानिसको शरीरमा निश्चित आयु हुने रगतको परिवर्तन मानिसको शरीरको सम्पूर्ण पुरानो भाग नयाँ भागले परिवर्तन गर्न सँग सम्बन्धित रहन्छ।

मानिसमा नियमित रूपमा शरीरको सम्पूर्ण पुरानो भाग नयाँ भागले परिवर्तन हुने क्रमलाई पनि मानिसले  पुनर्जीवन लिएको मानिन्छ।

पुनर्जीवनको क्रममा पुरानो संरचना (सर्प) ध्वंस (नष्ट) हुने र नयाँ संरचना (नाग) बन्ने गर्दछ।

नष्ट भएको पुरानो संरचनाको भागलाई विनता भनेर चिनिन्छ। गरुड पुराणको कथाको गरुडलाई ऋषि कश्यप र देवी विनताको पुत्र मानिन्छ।

निर्माण र ध्वंस शक्ति बिचको बिन्दु लाइ आकाश मानिन्छ। जहाँ शून्यता रहन्छ।

निर्माणको सुरुवातको लागि आकाशमा ध्वनि र वायुको भूमिका जरुरि पर्दछ। गरुड यथार्थमा त्यही शक्तिको प्रतिरूप हो। जसले पुरानो संरचनाको नाश गरी नयाँ संरचना निर्माणको लागि अवसर उपलब्ध गराउने गर्दछ।

नयाँ संरचना निर्माणको लागि पोषण तत्त्वको प्रबन्ध गर्ने,  सुरक्षा र प्रतिरक्षाको व्यवस्था गर्ने शक्ति लाई विष्णु शक्ति भनिएको छ।

गरुडको शरीर भौतिक रूपमा चील र मानव शरीरको मिश्रणबाट बनेको जस्तो देखिने गरी प्रस्तुत गरिन्छ। शास्त्रले मानवको शरीर लाई देह भन्दछ। दे को अर्थ रक्षा गर्नु र अहम् को अर्थ स्वयम् हो। दे+ अहम्  बाट बनेको देहम् लाई देह भनिएको हो।

जसले  आत्माको रक्षा गर्दछ त्यसलाई देह वा शरीर भनिएको छ। यस अर्थमा वैदिक मान्यतामा मानव शरीर लाई भौतिक ब्रह्माण्डको प्रतिनिधि मानिन्छ।

मानव शरीर लाई स्वयम् ब्रह्माण्डको सूक्ष्म रूप ठानिने वैदिक मान्यतामा मानव शरीरले सम्पूर्ण सृष्टिको समेत प्रतिनिधित्व गर्ने विश्वास राखिन्छ।

 वैदिक ग्रन्थले चिललाई सर्वज्ञताको प्रतीकको रूपमा लिने  गर्दछ।

 चीलको आँखा लाई आकाश वाट ३६० डिग्रीमा  सबै कुरा प्रस्ट देख्ने आँखाको रूपमा लिने गरिन्छ। त्यसैले जति सुकै उचाइमा उडेको भएता पनि चिलले जमिनमा हिँडेको मुसालाई जमिनमा भेट्टाउन सक्छ भन्ने मान्यता राखिन्छ।

 चिलको सबै देख्ने क्षमता लाई सर्व-देखी र सर्व ज्ञानको रूपमा बुझिन्छ जसको सहारामा विष्णुले सम्पूर्ण प्राणीहरिको रक्षकको आफ्नो भूमिका निभाउन सम्भव भएको मान्यता छ।

 उल्लेखित विविध अर्थमा पुरानो संरचनाको ध्वंस र नयाँ संरचनाको निर्माणको वैदिक मान्यताको ईनर इञ्जिनियरिङ्ग के रहेछ भनी तत्कालीन समयको समाजलाई ऊनीहरूकै चेतनाको स्तरमा प्रस्ट गरी सहज रूपमा बुझाउन संवादको रूपमा गरुड पुराणको कथा रचिएको प्रस्ट सँग बुझ्न सकिन्छ।

 वास्तविक गरुड पुराणमा करिब १९ हजार श्लोकहरू थिए। ती मध्ये  आठ हजार  श्लोकहरू मात्र हालको आधुनिक गरुड पुराणमा भेटिन्छ।

 जम्मा दुई भागमा विभाजित गरुड पुराणको पूर्व खण्डमा २२९ अति सामान्य अध्यायहरू छन्। जसमा आध्यात्मिक मान्यता, विश्वास, असल कर्म, नैतिक कार्य, परोपकार, इत्यादि बारे उल्लेख भएको छ।

 नयाँ संरचनाको निर्माण भएर मानव चोलाको प्राप्ति भए पछि त्यसलाई कसरी जिम्मेवारी पूर्वक बहन गर्ने भन्ने चर्चा गर्न पूर्व खण्ड केन्द्रित छ। पूर्व खण्ड मानिसले आफ्नो जीवन जिउने क्रममा पालन गर्नुपर्ने विषयहरूको बारे प्रस्ट पार्न केन्द्रित छ।

 उत्तरा खण्ड लाई प्रेत खण्ड पनि भनिन्छ। प्रेत खण्डमा ३४ देखि ४९ अध्याय भेटिन्छ।

 उत्तरा खण्डमा मृत्यु पछि के हुन्छ भन्ने कुराको चर्चा भएको छ। विशेष खण्ड मानिने भयानक रसमा लेखिएको उत्तरा खण्डमा पुरानो संरचनाको ध्वंस पश्चात् नयाँ संरचना कसरी बन्दछ भन्ने बारे अन्य पुराणहरू भन्दा धेरै अद्वितीय र रोचक साङ्केतिक चर्चाहरू, व्याख्याहरू छन्।

 संस्कृतमा प्रेतको अर्थ एक मृत व्यक्तिको शरीर वाट सामूहिक चेतनामा मिलन हुनको लागि बिदाइ लिएर प्रस्थान भएको तर सामूहिक चेतनामा मिली नसकेको चेतना लाई जनाउने गर्दछ।

 सामूहिक चेतनामा मिलन भएको चेतना लाई मुक्त बनेको चेतना भनिन्छ। जुन पुनः जन्मने र मर्ने चक्रमा जानु पर्दैन। त्यसले सांसारिक दुःख वाट मुक्त पाउँछ। त्यसलाई ब्रह्म लीन भएको भन्ने गरिन्छ।

 सामूहिक चेतनामा मिलन हुन नसकेको चेतना पुनर्जन्ममा जाने, संसारको जन्म मृत्युको चक्रमा  पुनः घुम्नु पर्ने वैदिक मान्यता रहेको छ।

 सामूहिक चेतनामा मिलन हुन नसकेको चेतनाले सांसारिक दुःख वाट मुक्त पाउँदैन। पुनर्जन्म हुनु पर्दछ भन्ने ठानिन्छ।

 मानव जीवन चोलामा रहँदा उल्लेख गर्न लायक अहिंसा पूर्ण कर्म (व्यवहार) (अर्थात् धर्म) गरेको रहेछ भने उसलाई सु:ख पूर्ण जीवन अर्थात् स्वर्ग मिल्दछ।

 उल्लेख गर्न लायक अहिंसा पूर्ण व्यवहार गरेको रहेनछ भने उसको पाप (मानसिक, भौतिक र कार्मिक हिंसा पूर्ण व्यवहार) कर्मको हद अनुरूप उसलाई यातना पूर्ण जीवन मिल्ने गरी पुनर्जन्म मिल्दछ।

 यातना पूर्ण जीवन भोग्ने क्रममा हुने हिसाब किताब अनुरूप जब पाप र पुण्य कर्म दुवै शून्य बराबर हुन पुग्दछ त्यसलाई स्वर्ग लोकको प्राप्ति भनिन्छ। स्वर्ग लोकको प्राप्ति नै वैकुण्ठ वास प्राप्ति हो।

हरेक वैकुण्ठ वासीले मुक्ति प्राप्ति हुने वा नहुने यकिन गर्नको लागि परीक्षणको रूपमा पुनः मानव चोला प्राप्त गर्दछ।

बढीमा ८४ लाख जुनी पश्चातको प्राप्त उक्त मानव चोलामा गरिएको धर्म वा पाप कर्मको आधारमा मुक्त बन्ने वा पुनः वैकुण्ठ वास भई मानिस भएर जन्मने वा फेरी यातना पूर्ण जीवन मिल्ने गरी बढीमा ८४ लाख जुनीको पुनः पुनर्जन्मको  चक्रमा  घुम्ने त्यसको निश्चय हुन्छ।

– नारायण नारायण नारायण

Recent News