Canadian Reporters

प्रथम क्रियोल नेपाली भाषी अँनलाइन पत्रिका

Echo

Weekly Updates

Let's join our newsletter!

Do not worry we don't spam!

गरुड पुराण : प्रेत् कल्पको व्याख्या
Updated at:- 2024-09-27

गरुड पुराण : प्रेत् कल्पको व्याख्या

वैदिक अवधारणा अनुरूप एक व्यक्तिको चेतना हालको शरीरबाट नयाँ जीवनमा लगभग स्मृति जस्तै मेमोरी चिप्समार्फत कसरी जान्छ, र त्यो डिएनएको आदि मार्फत सूचना हबको रूपमा र प्राणको रूपमा भौतिक शरीरमा संयोजन हुन पुग्छ भन्ने मेटाफिजिकल प्रक्रियाको विस्तृत पक्ष गरुड पुराणको प्रेत कल्पको भागमा उल्लेख भएको देखिन्छ। 
प्रेत कल्पमा उल्लेख भएको मृत्यु, परलोक, र आत्माको अर्को अस्तित्व जस्ता शब्दहरू मेटाफिजिकल तहमा कुन अर्थ, सन्दर्भ, र उद्देश्य (नियत) जनाउँछन् भन्ने डिकोड गर्न सक्दा, त्यहाँ उल्लेख भएको विभिन्न चरणहरूको यात्रा र ति यात्रामा भएका "के भयो भने कसो हुने" देखिन्छ भन्ने प्रकारका गहिरा वर्णनहरू, मृत्यु पछिको आत्माको यात्राको बारेमा रहेको वैदिक अवधारणाको अत्यन्त सूक्ष्म मिहिनता बुझ्न सहज हुने देखिन्छ।


प्रेत् कल्पको पारम्परिक व्याख्याहरूमा, चेतनाको स्थानान्तरणलाई कर्मको क्रमले अनुभव गरेको सूचनाको संग्रह, जन्म पूर्वको प्राप्त संस्कारजन्य चेतना तथा अविद्या र विद्याको अनुभूति मार्फत ग्रहण गरिएको चेतनाको संयोजनको समग्र स्वरूप मृत्यु पश्चात हुने मुक्ति वा पुनर्जन्मको द्विविधागत क्रमिकताको अस्तित्व रूपान्तरणको वर्णन भएको देखिन्छ। 
पापले दुःख दिन्छ, पुण्यले सहजता दिन्छ, अपराधले सजायको भागी बनाउँछ। सत्कर्म र करुणा भावले मुक्ति मार्गमा लैजाने परिप्रेक्ष्यमा चर्चा भएको प्रेत कल्पको गहिरो निष्कर्षमा आत्मा (मुक्ति) र आसक्तिको अन्त्यमा केन्द्रित आध्यात्मिक दृष्टिकोणको व्याख्या गरिएको देखिन्छ। 
आत्माको शान्तिपूर्ण र परिवर्तनकारी यात्राको वर्णनको रूपमा हेर्न सकिने प्रेत कल्पका सन्देशहरू हालसम्म जे भएको हो त्यही रूपमा हाम्रो समाजमा नपुगेको तथा समाजमा पुगेका सन्देशहरू हास्यास्पद र सामाजिक मजाकको रूपमा रहेको स्पष्ट देखिन्छ।


व्यक्ति पापी होस् वा धर्मात्मा, अज्ञानी होस् वा ज्ञानी, अपराधी होस् वा करुणाको खानी, व्यक्तिले आफ्नो कर्मको फल जीवित रहँदाकै अवस्थामा भोग्ने कुरा प्रष्ट रहेको प्रेत कल्पमा हरेक व्यक्तिको मृत्युको क्षण अत्यन्त "शान्तिपूर्ण" चेतना स्थानान्तरणको प्रक्रिया अनुरूप हुने प्रेत कल्पको संस्कृत ऋचाहरूको डिकोड गर्दा आउने सन्देशले प्रष्ट गर्दछ। 
व्यक्तिको मृत्युको क्षण पूर्व व्यक्तिले भोगेको वा उपभोग गरेको जीवनको गुणस्तरबारे प्रेत कल्पका केही पक्ष वा तत्त्वगुणहरू प्रेत कल्पमा देखिँदैनन्। त्यहाँ मात्र पाप-पुण्यको कसौटीमा सत्कर्म र दुष्कर्मले विकास गरेको व्यक्तिगत चेतनाको सम्पूर्ण रूपको समग्रताबारे चर्चा भएको छ।


प्रेत कल्पले केन्द्रित गर्ने मुख्य विषय भनेको व्यक्तिको चेतनाको शान्तिपूर्ण स्थानान्तरणको प्रक्रिया हो, जसलाई शान्तिपूर्ण संक्रमणसँग मेल खाने गरी यस अनुरूप विभाजित गरी प्रस्तुत गरिएको छ:
१. प्राण ऊर्जा भौतिक शरीरको आत्मबलबाट अलग हुनु (शरीरबाट प्रस्थान) तैयारी: आत्मा वा आत्मन् को शान्तिपूर्ण चेतनाको स्थानान्तरण यात्रा शरीरबाट अलग भएर सुरु गर्छ। भौतिक शरीरका लागि यो सामान्यतया भौतिक शरीरले अनुभव गर्ने सहज, राम्रा वा कठिन अनुभवसँग छुटिने क्रमको इन्द्रियहरूले अनुभव गर्ने डरयुक्त अनुभवको रूपमा व्याख्या गरिएको देखिन्छ। मृत्यु इन्द्रियहरूको अनुभवको विषय नरहेपछि इन्द्रियगत डरभाव आत्मा ज्ञानको अभावमा हुनु स्वाभाविक नै रहन्छ। उक्त समयमा पुगेको चेतनामा इन्द्रियगत अनुभवको वर्णन देखिन्छ। आत्मा ज्ञानमार्फत त्यस अवस्थामा पहिले नै सचेत नभएको र आफैंलाई मृत्युका लागि तयारी नगरी सकेको व्यक्तिको शरीरको अस्थायी प्रकृतिको बोधमा हुने आसक्तिले चेतनामा केही असहजता दिन सक्छ, तर त्यसले आत्माको सजिलै हुने यात्राको क्रमलाई तात्त्विक फरक पार्ने छैन भन्ने प्रष्ट गरिएको छ।


२. जीवनको संस्कार र कर्म अनुभूति (पाप पुण्य) पुनरावलोकन: शरीरसँग छुट्टिएको चेतनाले आफ्नो कर्महरूको स्मृतिहरूको झलक पुनरावलोकन गर्ने प्रक्रियाले मन, बुद्धि, चित्त, विवेक आदिमा वर्गीकृत चेतनाको समग्र सुद्ध संयोजनमा हुने चैतन्य परा उर्जाको केन्द्रित हुने प्रक्रिया बारे चर्चा गरेको छ। जहाँ उच्च चेतना मैत्री व्यक्तिको चेतना र उच्च चेतना अमैत्री चेतनाको ध्रुवीकरणको दृष्टिकोणबाट चेतनाको स्थानान्तरण यात्राको चरण शान्तिपूर्ण भए पनि कति सहज वा असहज रहने दिशामा आत्मा स्पष्टताको लागि आसक्ति आदि बाट अलग गराउने विधिको चर्चा रहेको छ। जसरी घैटोको धमिलो पानी घैटोमा शान्तसँग रहँदा थिग्रिएर सफा माथि र धुलो तल हुन्छ, त्यस्तै त्यहाँ मेटाफिजिकल तहको सुद्धीकरण प्रक्रियाको व्याख्या छ।


३. दिव्य प्राण उर्जाहरूको मार्गदर्शन अर्थात् चेतन ऊर्जा सुद्ध चेतन उर्जामा हुने सुद्धीकरण प्रक्रिया: थप व्याख्याहरूमा, आत्मामा रहेको ब्रह्माण्ड चेतना (दिव्य ऊर्जा) र संस्कारजन्य चेतना (पूर्वजहरूबाट प्राप्त चेतना) र आफ्नै कर्मअनुसार विकसित चेतना (पुण्य कार्य अनुभूति) को मिश्रणको तरिका बारे त्यहाँ उल्लेख छ। आत्मालाई परलोकमा सजिलै यात्रा गर्न मद्दत गर्ने शीर्षक अन्तर्गत शान्तिपूर्ण चेतनाको स्थानान्तरण यात्राको प्रक्रियाको चर्चा छ। ती प्रक्रियाहरू मूलतः आत्मालाई पीडकको रूपमा नरहेर यात्रा सहजताका लागि सहयोगी भूमिकाको ऊर्जा रूपी व्यक्त भएको छ।


४. वैतरणी नदी (सुद्ध चेतन उर्जाको आत्मबलसँगको बिछोड यात्रा अर्थात् परा मनोभौतिक चेतन ऊर्जा बाट सुद्ध चेतन उर्जाको वेवफङ्गसन रूपी परा उर्जामा हुने रूपान्तरण यात्रा पूरा हुने प्रक्रिया) पार गर्ने: परम्परागत रूपमा मनोभौतिक चेतन उर्जाको मिश्रण सुद्ध चेतन उर्जाको वेवफङ्गसन रूपी परा उर्जामा हुने रूपान्तरण यात्रा चुनौतीपूर्ण रहेको भनी व्याख्या गरिएको छ। तर नदीको फोहोरको रूपमा चेतनालाई असुद्ध राख्ने आसक्तिको भावनात्मक उथलपुथललाई लिएकोले, त्यसले कर्मगत आसक्तिको नै प्रतिनिधित्व गर्ने गरेको देखिन्छ। आसक्ति बाट मुक्ति पाएको आत्मा मात्र ब्रह्माण्ड आत्मामा घुलनशील वा मिलनशील हुने अवधारणाअन्तर्गत, यहाँ कसरी व्यक्तिमा अन्तर्निहित आत्मा सजिलै र शान्तिपूर्ण रूपमा मुक्तिको पदमा बग्न सक्छ भन्ने चक्र र प्रक्रिया बारे चर्चा भएको छ।


५.यमको दरबारमा प्रवेश (न्यायोचित व्यवस्थापन): यमको दरबारलाई सामान्य यात्राको क्रममा हुने गुणदोष छिमलेर अभिलेखित गरी संस्कारगत र कर्मगत चेतनाको सुद्धताको हद अनुसार व्यवस्थापन हुने प्रक्रिया लाइ न्याय दिइने स्थानको रूपमा व्याख्या गरिएको छ। यो बिन्दु आत्माले कर्मको अन्तिम बोध गर्ने चरणको रूपमा प्रस्तुत भएको छ। जहाँ आत्माले गहिरो चिन्तन र बोध पाउँछ। त्यसको अर्थ यो हो कि आत्माको ब्रह्माण्ड आत्मामा घुलनशीलताको परीक्षण हुन्छ। घुलनशीलता रहँदा अन्तर घुलनको मुक्ति मिल्छ। नहुँदा, त्यसको सुद्धता अनुसार प्रारब्ध चेतना घुलित ब्रह्माण्ड चेतनाको त्यस अघिको व्यवस्थापन प्रक्रिया सुरु हुन्छ।


६. प्रारब्ध चेतना घुलित ब्रह्माण्ड चेतनाको अघुलनशील चैतन्यको व्यवस्थापनलाई पुनर्जन्म वा मुक्तिको चयन अन्तर्गत व्याख्या: जब आत्माले आफ्नो कर्म चक्र बुझ्छ, तब उसले कर्मगत यथार्थ अनुसार पुनर्जन्म (अधुरो कर्म पूरा गर्न) वा मुक्ति (मोक्ष) को मार्ग प्राकृतिक नियमको सिद्धान्त अनुसार अनुसरण वा छनौट गर्दछ। यो प्रक्रिया शान्तिपूर्ण निर्णय लिने रूपान्तरणको क्षणको रूपमा व्याख्या गरिएको छ, जहाँ आत्मा कार्मिक गुणदोषको आधारमा आगामी व्यवस्थापन प्रक्रिया पथमा पूर्ण ज्ञानको साथ स्थानान्तरित बन्ने प्रक्रिया बारे व्याख्या गरिएको छ।


यसरी समग्रमा गरुड पुराणको पारम्परिक टिप्पणीहरू डिकोड गरी अध्ययन गर्दा, आधुनिक वैदिक ज्ञानको आधारमा ब्रह्माण्ड चेतनामा अघुलनशील चैतन्यको जीवात्माको रूपमा हुने रूपान्तरण, त्यससँग संलग्न आत्माको बीजको (पुरुष) रूपमा रूपान्तरण, बीजको प्रकृति (अण्ड) प्राप्तिको प्रक्रिया र स्वर्ग द्वारको यात्रा, जीवन वा सिंहासन प्राप्ति वा भ्रूणको रूपमा रूपान्तरण, लामो तपस्या वा ध्यान वा पेट वा अण्डाभित्रको जीवन र अर्को जीवनको रूपमा प्राप्त हुने प्रक्रिया, भाग्य र जीवन चक्रको नियति आदि मार्फत मृत्यु पछि हुने पुनर्जन्म प्रक्रियाको रूपमा व्याख्या भएको छ। 
चेतनाको मुक्ति वा शान्तिपूर्ण संक्रमण र पुनर्जन्मको गरुड पुराणको प्रेत् कल्पको दृष्टिकोण हाल समाजमा गरिएको व्याख्या भन्दा नितान्त फरक छ।

Recent News