प्रथम क्रियोल नेपाली भाषी अँनलाइन पत्रिका
विज्ञानको सामान्य व्यवहार अनुरूपको
दसैँको नव दुर्गा भवानीको कथा
दसैँको नव दुर्गा भवानी बृस्तृत कथा एक चोटि हेरौँ। असुरहरूका राजा रंभ एक पटक जल र जमिन दुवैमा रहने खुबी हुने भैँसीसँग प्रेममा परे। रंभको गर्व वाट महिषाले (भैँसी) महिषासुरलाई जन्म दिइन। महिषासुर आफ्नो इच्छा अनुसार भैँसी र असुर दुवैको रूप धारण गर्न सक्दथे। यथार्थमा उनीमा आफूले चाहेको अवतारमा आफूलाई तुरुन्तै बदल्न सक्ने जन्मजात खुबी लिएर जन्मे।
यस्ता विशिष्ट क्षमताका महिषासुर सृष्टिकर्ता ब्रह्माका महान् भक्त भएर निस्किए। महिषासुरको आफू प्रतिको भक्ति वाट प्रवाहित भएका ब्रह्माजीले न त देवता न त दानवले नै उनीमाथि विजय प्राप्त गर्न नसक्ने वरदान दिए। आफूले प्राप्त गरेको वरदानको मूल्य बुझ्न नसकेका महिषासुरमा समय क्रममा बिस्तारै मैमत्तताको अहङ्कारले भरिन थाले।
महिषासुरमा बिस्तारै स्वर्ग लोकमा समेत आफैले कब्जा जमाउने नियत विकसित भयो। सोही नियतवश देवताहरूलाई दुःख दिन थालेका उनले पृथ्वीमा र स्वर्ग लोकमा नियमित विध्वंस मच्चाउन थाले।
यसैबिच एक पटक महिषासुरले स्वर्गमा अचानक आक्रमण गरेर इन्द्रलाई परास्त गरे र स्वर्गमा आफ्नो अधिकार जमाए। राजा इन्द्रलाई युद्धमा जितेर दैत्य सम्राट्ले देवताहरूका स्वर्गमा राज्य गरे। पृथ्वीमा प्राकृतिक नियम अमैत्री गतिविधि हरू गर्दै आफ्नो क्षणिक सुखको लागि प्रकृतिको दोहन सुरु गरे।
त्यसले देवताहरू माथि तथा प्राकृतिक माथि आतङ्कपूर्ण ढङ्गको शासन र कुकर्मको सुरुवात गरायो। दैत्य सम्राटको सहन गर्न नसकिने आतङ्क र प्रकृति विनाशका कारण देवताहरू ब्रह्माको शरणमा पुगे। ब्रह्माको सल्लाह अनुसार उनीहरू भगवान् विष्णु सहित भगवान् महादेवको शरणमा पुगे। सबै देवताहरू बिच वृहत् छलफल चल्यो । वृहत् छलफल पछि देवताहरूले त्रिमूर्तिहरू वाट सहयोग मिल्ने बचन पाए।
समस्त देवताहरूलाई त्यसपछि स्वर्ग लोक वाट निष्कासन गरियो। निष्कासित इन्द्र लगायतका देवगण दुःखी भएर त्रिमूर्ति ब्रह्मा, विष्णु र महेश्वरको सरणमा पुगी पुन: सहायताको याचना गरे। सल्लाह अनुरूप देवताहरू युद्धमा फर्के। त्यस पछि पनि देवताहरूले पटक-पटक युद्ध गरे। तर हरेक पटक महिषासुर लाई नै जित हाता लाग्यो। जब देवता हरू एक रूपको महिषासुरको वध गर्दथे पुरानो भेष बदलेर नयाँ भेषमा जन्मन्थ्यो। देवताहरू आजित बने। देवताहरू माथि महिषासुरको अत्याचारले सीमा नाघ्यो।
त्यसपछि महिषासुर लाई पराजय गर्न देवी भगवतीको जरुरत रहेको महसुस गरियो। त्यहाँ समस्त देवताहरूको तेज पुञ्जबाट देवी भगवती शक्तिको संयोजन गरियो। महिषासुर मर्दिनीको अवतारमा आएकी देवीलाई महिषासुरको ठेगान लगाउने जिम्मेवारी दिइयो।
हरेक जिम्मेवारी पुरा गर्न त्यहाँ शक्तिको जरुरत पर्दछ। सबै देवताहरूले आफ्नो आफ्नो शक्ति पुञ्ज निकाले । त्यसरी प्रकट गरिएको देवीलाई भगवान् शिवले त्रिशूल दिए । विष्णुले चक्र प्रदान गरे । सबै देवी देवताहरूले अनेक प्रकारका शस्त्र अस्त्र देवीको हातमा थमाइयो। त्यसमा इन्द्रले आफ्नो ऐरावत हात्तीबाट एउटा घण्टा निकालेर आफ्नो बज्र सहित देवीलाई युद्ध हतियारको रूपमा दिए। सूर्यले आफ्नो किरणहरूको तेजले भरिएको ढाल, तलवार र दिव्य सिंह अर्थात् सिंहको सवारी देवीको लागि उपलब्ध गराए। विश्वकर्माले आफूले निर्मित गरेको विभिन्न अभेद्य कवच, अस्त्र आदि दिएर महिषासुर मर्दिनिलाई सबै प्रकारको अस्त्रहरूले पूर्ण गरिदिए। अव देवी युद्धको लागि सम्पूर्ण रूपमा सुसज्जित बनिन।
धेरै हातहरू भएकी, शस्त्र–अस्त्रले सज्जित, विशाल रूपवान् स्त्री रुपी महिषासुर मर्दिनि देवी सिंहमा बसेर युद्धको सामना गर्न युद्ध मैदानमा पुगिन। जब देवीलाई महिषासुरले देख्यो तब उसले युद्धको लागि आफ्नो सेनापति लाई अगाडि बढायो। महिषासुरका सेनापति देवीसँग युद्ध गर्न थाल्यो। राक्षसहरूको सेना सहितका सेनापति गण भगवतीको शस्त्र–अस्त्रको प्रयोग मार्फत तहसनहस बन्यो।
सेनापति, उनका गणका राक्षसहरूको हार पश्चात् महिषासुर आफै देवी संग भिड्न थाले। लडाई निकै चर्को भयो। देवी जब महिषासुरको वध गर्दथिन, तब महिषासुर नयाँ भेषमा जन्मेर पुन लड्न आउँथ्यो। त्यसैबिच देवीले महिषासुरलाई एक भेष वाट अर्को भेषमा बदलिने बिन्दुमा नै पक्रेर महिषासुरको वध गरी निमित्याण्ड गरिदिइन।
जसले गर्दा महिषासुरको अन्त भयो। देवगणले आफ्नो स्वर्ग पुन प्राप्त गर्न सफल भए। उक्त सफलता पछि उनले आफूले जो जो वाट जे जे शस्त्र–अस्त्र पाएको हो त्यो तिनैलाई फिर्ता दिएर अन्तर ध्यान बनिन।
कथा अनुरूप सबै देवताहरूले शक्ति पुञ्जलाई एकीकृत गरी सामूहिक रूपमा निर्माण भएको एकत्रित शक्ति पुञ्जलाई शक्तिस्वरुपा नवदुर्गा भगवतीको नाम दिइयो। शक्तिस्वरुपा नवदुर्गा अस्तित्वमा आए पछि आफूमा विविध युद्ध कुशलता विकास गरिन। त्यस पछि नवदुर्गा भगवतीले दैत्य सम्राट् हरूलाई युद्धमा आउन आह्वान गरिन्। नवदुर्गा भगवतीले नवौँ दिनसम्म फरक फरक दिन फरक फरक युद्ध कुशलता विधि अनुरूप युद्ध लडिन।
हरेक दिनको कुशलता विधि फरक फरक रहेकाले हरेक लाई उनको फरक फरक देवीको रूप मानी फरक फरक नौ नाम दिइयो। त्यो नौ प्रकारका देवीहरूलाई नव दुर्गा भनिन्छ। फरक फरक युद्ध कला बिच दसौँ दिनमा नवदुर्गा भगवतीले शुम्भ, निशुम्भ, चण्ड, मुण्ड र रक्तबीज सहित महिषासुरको वध गर्न सफल भइन। नवदुर्गा भगवतीले महिषासुरको वध गरेको दसौँ दिनमा देवताहरूले धूमधामसँग विजय उत्सव मनाए।
देवताहरूले विजय उत्सव मनाए त्यो दिन दशमी परेको थियो । यसै दिनको सम्झना स्वरूप विजया दशमी विजया पर्व मनाइँदै आएको मानिन्छ।
उल्लेखित कथाको सामाजिक अर्थ के हो भने देवी भनेर यहाँ प्रकृति देवीको कुरा भएको छ। असुरको अर्थ आफ्नो भोग र सुख सयलको लागि प्राकृतिक नियमको सिद्धान्त तोड्ने र प्रकृतिको दोहन गर्ने चरित्र भन्ने अर्थ दिन्छ। भगवान् भनेर सदैव प्रकृतिको नियमको हु-बहु पालन गर्ने प्रकृति मैत्री शक्तिको सङ्केत गर्दछ।
कथा अनुसार पहिले प्रकृति देवी वा दैविक शक्ति आफ्नो तमोगुणी महाकालीको रूपमा देखिन्छिन्। उनले महिषासुरको वध गर्छिन्। तमोगुणी महाकाली र महिषासुरको युद्ध ५००० वर्ष सम्म अर्थात् अनन्त चल्दछ भनिन्छ। यहाँ देवताको नेतृत्व इन्द्रले गरेका छन् भने असुरहरूको नेतृत्व महिषासुरले गरेको छ।
सबैले आ-आफ्नो स्थानमा रहेर आकाशको नियम मानेका थिए। प्रकृति देवीको रूपमा रहेको सूर्य देव प्रकृतिको नियम अनुरूप हरेक दिन प्रकाशको ज्योतिको नियन्त्रण गर्दथे। वायुको आफ्नो नियम थियो। वनस्पतिको आफ्नै खाद्य तथा ओखतिय नियम, श्वास-प्रश्वाशको नियम र पर्यावरण सन्तुलनको नियम थियो। वरुण जसले जलको सञ्चालन गर्दथे। अग्निको आफ्नो नियम मुताबिक नियमित सक्रिय थियो। रुद्रको विनाशको नियम थियो। कसैलाई प्रकृतिको दोहन हुन अनुमति दिने गरिएको थिएन। प्रकृति र पर्यावरणमा कुनै जोखिम थिएन।
जब महिषासुरले यी सबै नियमको हुबहु पालन गर्ने देवहरूलाई हरायो, स्वर्ग आफ्नो कब्जामा लियो; तब उसले मनपरी तन्त्र चलाउन थाल्यो। भोगको लागि सम्पूर्ण नियम उल्ट्याउन थाल्यो। प्रकृतिको दोहन गर्न थाल्यो। त्यसले देवताहरू अब संयुक्त रूपमा एक भएर लड्न जरुरी भयो। कथाको शुम्भ र निशुम्भ शब्दले प्रकृतिको पर्यावरणीय सन्तुलनलाई खलबल्याउने जलवायु परिवर्तन गर्ने शक्तिलाई जनाउने गर्दछ।
देवताहरूले महिषासुरको सबल पक्ष पहिल्याएर त्यसको कमजोरीको पहिचान गरी त्यही कमजोरीमा प्रहार गरी महिषासुरको वध गरी प्राकृतिक नियमको सिद्धान्तलाई पुनः स्थापित गरी सुचारु गर्न जरुरी भयो। त्यो कार्य सफल भएको दिनलाई असत्य माथि सत्यको विजय भन्ने गरियो।
संयुक्त रूपमा एक भएर लड्ने देवताहरूको युद्ध योजना तर्जुमाको निर्माणको अवतार लाई दुर्गा भनियो। युद्ध नीति अनुरूप हरेक दिन फरक फरक युद्ध कला प्रयोग गर्ने र महिषासुरको बलियो पक्ष (शैलपुत्री) पहिचान गर्ने, कमजोर पक्ष पत्ता लगाउने (ब्रह्मचारिणी) र त्यस अनुरूप आफ्नो युद्ध कला विकास गर्ने (चन्द्रघण्टा) रूपलाई तिन काली रूप अर्थात् महाकाली भनियो। त्यस पछिको तिन दिन युद्धको सामाग्री जम्मा गरियो (कुष्माण्डा) र त्यसको उपयोग गर्ने विधि तय गरियो (स्कन्दमाता) र तिनीहरूको कुशलता पूर्वक उपयोग गरियो (कात्यायनी)। उक्त तीन विधि लाई तिन लक्ष्मी अर्थात् रज गुणी महालक्ष्मी भनियो। यसरी गरिएको युद्धको समयमा युद्ध वाट नियमित रूपमा नयाँ नयाँ ज्ञान प्राप्त गरी नयाँ युद्ध कला सिक्ने व्यवहारिक अवसर प्राप्त भयो। ज्ञानको प्राप्ति अनुरूप नयाँ युद्ध नीति अवलम्बन गर्दै आफ्नो युद्ध क्षमता विकास गरी अन्ततः सफलता प्राप्त गर्न सकियो। व्यवहारिक ज्ञानको अनुभूतिलाई कालरात्रि, परिष्कृत युद्ध नीतिको अवलम्बन लाई महागौरी र त्यस अनुरूप प्राप्त सिद्धि लाई सिद्धि दात्री भन्दै तिनीहरूलाई तिन सरस्वती अर्थात् सत् गुणी महासरस्वती भनियो। यसरी नवदेवीको नौ अवतारले कसरी महान् कार्य संयुक्त प्रयासमा सम्पन्न गर्न सहज बन्यो भन्ने देखाउँदै सफलता प्राप्तिको क्षणलाई सबै नकारात्मकताको अन्तको विन्दु मानियो।
व्यवहारिक रूपमा यो विषय लाई कोरोनाको समयको आतङ्कको निवारणको प्रक्रिया लाई समेत लिन सकिन्छ। विज्ञानको उच्चतम विकासको क्रममा अचानक कोभिडको भाइरस रुपी महिषासुरको जन्म दियो।
कोरोनाको आनुवंशिकीको (जेनेटिक्स) एमआरएनएले शरीरको रोग प्रतिरोधी प्रणाली मैत्री भएर (ब्रह्माका महान् भक्त) सहजै मानव कोशिका सम्म पुगेर मानव डिएनएलाई नै क्याप्चर गरी आफ्नो सङ्ख्या बढाएर सम्पूर्ण स्नायु तथा रोग प्रतिरोधी प्रणालीलाई (देवताहरू) लाई नियन्त्रण लिँदै मस्तिष्क (इन्द्र देव) समेतलाई नियन्त्रणमा लिएर आफ्नो अनुकूल स्वर्ग (मस्तिष्क) र सम्पूर्ण शरीर चलाउन थाल्यो। प्राकृतिक नियमको सिद्धान्त अनुरूप (शारीरिक प्रणाली) विपरीत शरीर माथि (स्वर्ग र पृथ्वीमा) आफ्नो मनपरी चलाउन थाल्यो।
त्यसको समाधान गर्न तपाइको सोच र चाहना तपाइको आफ्नो बुद्धिमत्ता (ब्रह्म) र चित्तको (महेश्वर) सहारामा पुग्नु भयो। त्यसले तपाइको चेतनाको (विष्णु) सहयोग माग्यो।
तपाइको चेतना संसारका अन्य व्यक्तिको चेतना समेतको सहकार्यमा समाधानको उपायमा जुट्यो। त्यसै अन्तर्गत सामूहिक विचारले भ्याक्सिनको निर्माण गर्ने जोहो (दुर्गा) गरियो। त्यस अन्तर्गत पहिला भाइरसको सबल पक्ष (शैलपुत्री) पहिचान गरियो। त्यसको बोसीय तत्त्वमा घुल्ने र त्यो निष्क्रिय हुने कमजोरी समेत (ब्रह्मचारिणी) पहिचान गरियो। त्यस वाट उक्त भाइरसले जसरी शरीर लाई शरीरको रोग प्रतिरोधी प्रक्रियालाई छलेर जसरी आक्रमण गर्दछ त्यस्तै प्रकृतिको त्यही भाइरसको झुस लिएर कोभिड भ्याक्सिन (चन्द्रघण्टा) निर्माण गरियो।
जसले शरीरको रोग प्रतिरोधी प्रक्रियालाई उक्त भाइरसले झुक्क्याउन नसक्ने गरी तालिम दिन सक्नु पर्दथ्यो। त्यसीले उक्त उद्देश्य प्राप्तिको लागि भ्याक्सिन विकासको काम सुरु (कुष्माण्डा) गरियो। भ्याक्सिनको प्रोटोटाइप बनाउने र सुईको विधिको विकास (स्कन्दमाता) गरियो। भ्याक्सिनको टेस्ट परीक्षण कुशलता पूर्वक उपयोग गरियो (कात्यायनी)। टेस्ट परीक्षण सम्पन्न भए पछि उपयोगको लागि भ्याक्सिन बनाउने (कालरात्रि), वितरण गरी बिरामीलाई खोप लगाउने (महागौरी) र त्यसले दिएको निको हुने अवसर (सिद्धि दात्री) प्राप्ति सम्भव बन्यो। खोप मार्फत कोभिड महामारीको नियन्त्रण भएको अवसरलाई विजय दिवसको रूपमा मनाइयो।