प्रथम क्रियोल नेपाली भाषी अँनलाइन पत्रिका
डेढ दशकदेखि क्यानडामा खाद्य तथा औषधि विज्ञका रूपमा कार्यरत नारायण घिमिरेद्वारा लिखित ‘नेपाली रैथाने जडीबुटी’ पुस्तक काठमाडौँमा एक विशेष समारोह बिच सार्वजनिक भएको छ । कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापा, पुस्तकको प्रकाशक शिखा बुक्सका पुष्पराज पौडेल, विश्लेषक आमोद पोख्रेल, समीक्षक राजकुमार बानिया र शङ्कर तिवारीले संयुक्त रूपमा उक्त पुस्तकको विमोचन गरेका थिए ।
पुस्तकमा तीतेपाती, धुर्सेली, खिर्रो, रुद्राक्ष, कुश, टिमुर, दूबो, मोरिङ्गा, सिमललगायत औषधीय गुणले भरिपूर्ण जडीबुटीले मानव स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावका बारेमा उल्लेख गरिएको छ । पुस्तकको विमोचन गर्दै पूर्वमन्त्री थापाले प्रचुर सम्भावना भएको जडीबुटीको निर्यात गरेर व्यापार घाटा न्यूनीकरण गर्न सकिने बताए ।
https://youtu.be/O4YE3r2hY0E
जनस्वास्थ्य अनुसन्धानकर्ता आमोद पोखरेलले पुस्तकले रैथाने जडीबुटीका बारेमा खँदिलो जानकारी दिएको बताए । नेपालमा प्राप्त औषधीजन्य जडीबुटीको ‘क्लिनिकल ट्रायल’ गर्न सके नेपालले ठुलो आर्थिक लाभ लिन सक्ने उनको भनाइ थियो ।
https://youtu.be/nPSlXwc9dUE
पुस्तकका लेखक घिमिरेले नेपालको जडीबुटीलाई नेपालमै अनुसन्धान गरेर यही खपत गर्ने नीति लिनुपर्ने र नेपाललाई खाद्य अनुसन्धानको केन्द्र बनाउनुपर्ने राय प्रकट गरे ।
तनहुँको बन्दिपुर गाउँपालिका वडा नं. ५ स्थित याम्पा फाँटमा जन्मिएका घिमिरे आयुर्वेदिक औषधिको साइड इफेक्टरहित गुण र एलोपेथिक ओखतीको तत्काल उपचार गर्ने क्षमता पुनः संयोजन गरी चुस्त हर्बल ओखती विकास विषयको शोधकर्तासमेत हुन् ।
https://youtu.be/3zh-Xkz3K-g
वैज्ञानिक र प्रयोगात्मक विकासको अनुसन्धानमार्फत हर्बलको खाद्य र औषधीय गुणको संयोजन गरी हिलिङ फुड निर्माणमा उनले विज्ञता प्राप्त गरेका छन् ।
घिमिरेको गाँजा, हर्बल र ‘हिलिङ फुड’को प्रभावसम्बन्धी विभिन्न अनुसन्धानात्मक शोध प्रकाशित छन् ।
माननीय गगन थापाले बिमोचन गर्नुभएको नारायण घिमिरेको नेपाली रैथाने जडिबुटी पुस्तक लोकार्पण कार्यक्रमको भिडियोको पूर्ण भाग।
https://youtu.be/UnMLnQc0RiQ