प्रथम क्रियोल नेपाली भाषी अँनलाइन पत्रिका
नेपालमा हाल नाटकीय ढङ्गले खुफिया एजेन्सीहरूबाट फन्डेड कलर रिभोलुसनको घटना घटेको छ, जसले राष्ट्रको स्थिरता र सार्वभौमिकतालाई गम्भीर चुनौती दिएको छ। यसमा एञ्जियोहरूको माध्यमबाट युवाहरूमा “तिमीहरू मुलुकको कर्णधार हौ” र “तिमीहरू आन्दोलित बन” भन्ने मनोविज्ञानलाई गहिरो रूपमा रोपियो, जसले उनीहरूलाई राष्ट्रिय जिम्मेवारीबाट विचलित गर्दै विदेशी एजेन्डामा फसाउने प्रयास गरियो।
यस सन्दर्भमा वेदको कठोपनिषद् (१.३.१४) मा भनिएको छ – “उत्तिष्ठत जाग्रत प्राप्य वरान्निबोधत”, जसको नेपाली अर्थ हो: “उठ, जाग, र सत्कर्मका लागि अघि बढ; आफ्नो कर्तव्य बुझे र कार्य गर।”
यो मन्त्रले युवाहरूमा सच्चा राष्ट्र प्रेम र कर्तव्य बोध जगाउने प्रेरणा दिन्छ, जसरी प्राचीन कालमा राजा जनकको राज्यमा भएको युवा विद्रोह लाई उनले राज्यका राज्यमा युवा विद्वानहरूलाई जागृत गर्दै राज्यको उन्नतिमा योगदान गराएका थिए।
नेपालको यस पटकको कथा भने अलि फरक छ। त्यहाँ एक शक्तिले अदालत संग साँठ गाँठ गर्यो। अदालतको आदेश मार्फत सोसल साइटहरू बन्द गरी युवाहरूमा अत्यन्त छोटो समयमा विस्फोटक सामूहिक वितृष्णा पैदा गरियो। अर्कोले सरकार संग साँठ गाँठ गर्यो। सरकारलाई यो सामान्य कुरा हो भनी बन्दुकको गोली दिएर अव आइन्दा त्यस्तो विद्रोह गर्ने सोच्न समेत नसक्ने गराउने मौकाको रूपमा त्यसलाई उपयोग गर्न प्रेरित गर्यो। तेस्रो शक्तिले मन्त्री रहेकाहरूलाई हाकाहाकी मुलुक लुट्न, कमिसन जम्मा गर्न र दिउसै भएको व्यक्ति हत्या समेत सामान्य कुरो रहेको भन्न उकास्यो। नतिजा भयावह र कारुणिक बन्यो।
सुनियोजित रूपमा विकसित अन्न धुन्न गोली चलाउने घटनामा धेरै स्कुले बच्चाहरूको मृत्युबाट उत्पन्न शोकलाई विद्रोही शक्तिमा परिवर्तन गर्दै, त्यस सेन्टिमेन्टको फाइदा उठाएर उर्लिएको जनआक्रोशबिच पूर्व माओवादी छापामार, भूपू आर्मी लडाकु र भिजलान्ते वर्गको सक्रियतामा स्थानीय जनताकै इमोसनमा खेलेर छानी छानी भ्रष्ट र पतित नेताहरूको घर जलाउने तथा उनीहरूमाथि केही भौतिक कारबाही गर्ने कार्य भयो ।
हिजो आफ्नै बल बुताले नेपाली नेताका रूपमा स्थापित गरिएका तर हालका लुटेरा र आफ्नै देशको नागरिक लाई भुटानी बनाएर लुट्ने जस्ता कामले आफूलाई पतित नेता बनाएका नेताहरूको पूर्ण सफाया नगरीकनै खुफिया एजेन्सीहरूबाट फन्डेड कलर रिभोलुसनले मुलुकको न्याय गरेको पुष्टि गरियो। यसरी प्राप्त सकारात्मक नतिजालाई हिजो आफ्नै सेवक रहेका तर समय क्रममा पतित बनेका र आफ्नो स्वार्थ पुरा नहुँदा आफूलाई नै टोक्ने हदमा पुगेका तत्कालका पतित भ्रष्टहरूलाई हटाएर नयाँ सेवकहरू नियुक्ति गर्ने अवसरमा त्यसको उपयोग गरियो। विगतमा भएको घटना र लुट बारे निकै छोटो सामाजिक स्मरण शक्ति राख्ने नेपाली समुदायमा यस्ता घटनाले समेत आफ्नो हित गर्ने र मुलुक बन्ने अवसर दिने नयाँ आशा र भरोसा पाउन सफल बन्यो।
यो सन्धर्व मा मनुस्मृति (७.३२) को मन्त्र सम्झनु उचित हुन्छ। “स्वराष्ट्रे न्यायवृत्तः स्याद् भृशदण्डश्च शत्रुषु । सुहृत्स्वजिह्मः स्निग्धेषु ब्राह्मणेषु क्षमान्वितः”, जसको अर्थ हो “शासकले आफ्नो राज्यमा न्यायपूर्वक व्यवहार गरोस्, शत्रुविरुद्ध कठोर दण्ड दिनुहोस्; मित्रहरूप्रति जिम्मेवार बोध गरोस्। ज्ञानी र राष्ट्रको शुभ चिन्तक / भक्तहरूप्रति क्षमाशील रहोस्।”
यो मन्त्रले हरेक शासक वा सरकारलाई नागरिकप्रति न्याय र सत्यको व्यवहारबाट मात्र व्यवस्था सहज हुने सङ्केत गर्दछ, जसरी प्राचीन रोम साम्राज्यमा सम्राट् मार्कस ओरेलियसले न्यायपूर्ण शासनबाट राज्यलाई स्थिर राखेका थिए। कठै! नेपालको हालको अवस्था यस्तो थिएन। मात्र त्यसो भएको भ्रम जनतामा पुगेको थियो।
नेपालमा पछिल्लो समयमा नेताहरूको पालैपालो सत्ता लिने र मुलुक लुट्ने रीति जेन जी पछि आएको मुर्कुट्टा सरकारको मनोविज्ञान वाट हट्ने अवस्था देखिएन। भलै त्यसका अर्थ मन्त्री र शिक्षा मन्त्रीहरू फरक रसायनले बनेको मुलुकको लागि केही गर्ने नियतका देखिन्छन्। तर उनीहरू समेत आफ्नै मुर्कुट्टा सरकारको टाउको देखि सकेको जस्तो प्रतीत हुँदैन। त्यसमा बेखवर रहेर उनीहरू एकोहोरो कार्यरत भएको देखिन्छ। जसले जनतामा हालको सरकार प्रति झन् धेरै आशा बढाइँ दिएको अवस्था छ।
हिजो जसको संरक्षणमा कपुतहरूले न्यायलाई हराएर अत्याचार बढाए, पार्टी तानासाहीलाई प्रोत्साहन दियो र खुलेआम लुटलाई संस्थागत गर्यो, आजको सरकार पनि तिनै वाट सञ्चालित रहेको धमिलो चित्र बिस्तारै देखिन थालेको छ।
निकै तीव्र रूपमा विकसित घटना क्रममा जसले जेन-जीको आन्दोलन ह्याक गर्यो त्यस वाट समेत त्यसको जस भारतीय खुफिया एजेन्सीले राता रात ह्याक गर्न सफल बन्यो। नतिजामा भारतको बिहारको चुनाव नसकिने दिन सम्मको लागि भारत कै मित्र शक्तिको अध्यक्षतामा हालको मुर्कुट्टा सरकारको दुई चार महिने सरकार बन्यो।
सुशीला सरकारको रूपमा अचानक बनेको त्यो सरकार लाई विगतको सरकारको सिकारीको रूपमा उदाएको जेन-जी कै नेताहरूको सिकार गरी बस्ने काम आइलाग्यो। यसै बिच केही जेन-जी नेता गाँजा सेवनको नाममा नियन्त्रणमा लिने कार्य भयो। अन्य सार्वजनिक सम्पत्ति तोडफोडको नाममा निकट भविष्यमा समातिने र नियन्त्रणमा लिइने छन्। हाल सफ्ट डेमोक्रयाटिक आर्मी कु-भएको तत्कालको नेपालको अवस्था लाई म्यानमार मोडलको कु-विना मुलुक शान्त नै रहन नसक्ने परिस्थिति तर्फ धकेलिने परिस्थिति नेपालमा आज निर्माण हुँदै छ।
यसबारे ऋग्वेद (६.१६) मा राष्ट्र हितका लागि जरुरी हुने सुधार वारेको गहिरो सन्देश भेटिन्छ। “त्वेषसो अग्ने मवन्तो अचाधयो मासो न प्रिये सुषमा नृणां सिञ्चाध्वरेषु शुल्का अस्माकं सुगे यमश्वं रथं न धृष्णुं दह||” जसको अर्थ हो “हे अग्निदेव, तिमी आफ्नो प्रखर ज्वालासँग हाम्रो राष्ट्रका शत्रुहरूलाई जलेका काठ जस्तै नष्ट गर। जसरी समयका महिनाहरू क्रमशः व्यतीत हुन्छन् र पुराना कुराहरू समाप्त हुन्छन्, त्यसरी नै अनाचार र अन्यायको अन्त्य गर। हाम्रो समाज, संस्कृति, र सत्यका लागि अपशक्ति र अव्यवस्थालाई समाप्त गर।”
यो मन्त्रले भ्रष्टाचार, अत्याचार र अनुपयुक्त प्रवृत्तिहरू हटाउन राष्ट्रका सबै घटकहरू एकजुट भएर अगाडि बढ्नुपर्ने शिक्षा दिन्छ। यसैको लागि भएको जस्तो देखिने गरी नेपालमा जेन– जी आन्दोलन त भयो, तर नतिजालाई भारत र चीन जस्ता छिमेकीहरूलाई चिढाउने गरी म्यानिपुलेट गर्ने प्रयास गरियो, जसले नेपाललाई भूराजनीतिक जालमा फसाउने खतरा बढायो।
आजको दिनमा नेपालमा एक राजनीतिक समूह भारतको खुफिया एजेन्सीद्वारा सञ्चालित छ। अर्को चिनियाँ लगानीमा सक्रिय छ। र सबैभन्दा बलियो अमेरिकी लगानीको समूह छ।
यस स्थितिमा ऋग्वेद (१०.१९१.३) को ऋचा अनुरूप राष्ट्र एकताको अनिवार्यता देखिन्छ। “समानो मन्त्रः समितिः समानी, समानं मनः सहचित्तमेषाम् । समानं मन्त्रमभि मन्त्रये वः, समानेन वः हविषा जुहोमि”, जसको अर्थ हो: “तपाईँहरू सबैको विचार, मन्त्र, चित्त र लक्ष्य एउटै होस्; सबै सँगै उत्प्रेरित र एकताको मन्त्रमा बाँधिनुहोस्।”
यसमा वेदले स्पष्ट सङ्केत गर्दछ कि राष्ट्रले छिमेकीहरूसँग मित्रताको सम्बन्ध राख्दै, आत्मरक्षा र साझा हितका लागि एकतामा अडिग रहनुपर्छ, जसरी प्राचीन मगध साम्राज्यले छिमेकी राज्यहरूसँग सन्तुलित कूटनीतिबाट आफ्नो विस्तार गरेको थियो।
यो संधर्वमा नेपालको भौगोलिक विडम्बना के छ भने भारत र चीनमा स्थापित राजनैतिक संरचनाको मनोविज्ञान अनुरूप नेपालको राष्ट्रियता नै भारत र चीन दुबैका कारण कुनै पनि बेला गुम्ने डर सदैव विद्यमान छ। किनकि उनीहरू दुवै हाल नेपालमा आफ्नो पक्षका राजनीतिक संसद् र उच्च अधिकारीहरूलाई प्लान्ट गर्नको लागि आपसी प्रतिस्पर्धा गरिरहेका छन्। उनीहरुकोमा इतिहासको खुफिया एजेन्सीहरू सक्रिय गरी सिक्किम भारतमा विलय भएको वा तिब्बत चीनमा समाहित घटना हाम्रोमा नदोहरिने मनोविज्ञान हाल सम्म पनि विकसित भएको देखिँदैन। दुवै मुलुकको उक्त केसहरू केही फरक भएता पनि तात्त्विक रूपमा कानुनी रूपमा नेपाल जस्ता स्वतन्त्र मुलुकको रूपमा रहेको भूगोललाई आफ्नो मुलुकमा गाभिएको थियो। जुन कहिल्यै फिर्ता भएन र त्यो विषय अव प्रसङ्ग विहीन बनेको छ।
यस चुनौती बिच कसरी काम गर्ने भन्ने कुरा ऋग्वेद (१.९.१) मा भनिएको छ। “इन्द्रं वर्धन्तु नो गिरः” । जसको अर्थ हो: “हाम्रो राष्ट्रवाद, एकता, बल र उज्ज्वल सोचलाई चिरस्थायी बनाउने, इन्द्र (सशक्त नेतृत्व) लाई बढवा दिने।” यहाँ राष्ट्रको नेतृत्व र एकता योग्य व्यक्तिमा केन्द्रित हुनु अत्यावश्यक छ भन्ने वेदले व्याख्या गर्छ। जसरी नेल्सन मण्डेलाले दक्षिण अफ्रिकामा एकतापूर्ण नेतृत्वबाट रङ्गभेदलाई समाप्त गरेका थिए।
एकातर्फ नेपालले भारत र चीन दुवैसँग मित्रवत् हुन सक्नुपर्छ। ताकि नेपाल कहिले पनि अमेरिकी वा युरोपियन उक्साहटमा लागेर आफैलाई कहिल्यै पनि इजरायल जस्तो निरन्तर सङ्घर्षमा फस्ने पात्रमा विकसित नहोस्। न त यो युक्रेन जस्तो अर्को मुलुकको नियत सिद्धिको लागि सदैव दुरुपयोगको सिकार बन्न पुगोस्।
उल्लेखित भौगोलिक विचित्रता बिच नेपाल मुलुकको राष्ट्रियताको जोखिम वाट जसरी पनि बच्नु पर्ने पक्ष सबै भन्दा पहिलो प्राथमिकताको पक्ष भएकोले नेपालमा अमेरिकी प्रभाव र चासो सदैव अनिवार्य हुनुपर्ने भौगोलिक बाध्यता नेपाल संग छ। नेपालको परराष्ट्र नीतिमा यो कुरा दिगो रूपमा नै उल्लेख हुन् जरुरी छ। तर नेपाललाई उनीहरूले इजरायल वा युक्रेन जस्तो दुरुपयोग गर्न नसकुन्, भारत वा चीन विरुद्ध नेपालको भूमि र शासक दुरुपयोग हुन नसकुन् भन्नको लागि फेरी नेपाल लाई कम्तीमा भारतमा नरेन्द्र मोदी र चीनमा सी जिङ्ग पिङ्ग जस्ता आदर्श नेताहरू सत्तामा रहँदै नेपाल र चीन तथा नेपाल र भारत बिचको परराष्ट्र नीति मै अमेरिकी उपस्थिति समेतको महत्त्व झल्काएर डिप्लोम्याटिक नोट आदान - प्रदान गर्न जरुरी छ।हाल सम्म नेपालको नेताका व्यक्तिगत स्वार्थ अनुरूप परराष्ट्र नीति समेत बदल्ने लुटतन्त्र वाट बाहिर निस्केर नेपालले मात्र आफ्नो स्वार्थमा लाग्ने नियत लिएर आफ्नो कहिल्यै परिवर्तन नहुने यो प्रकारको लिखित परराष्ट्र नीति अँगाल्न सक्दा यी कुराहरू सहज हुने छ।
वेदमा भनिएको छ “एकोऽहम् बहुधा सम्भवानि” (ऋग्वेद १.१६४.४६), जसको अर्थ हो “सत्य एउटै छ, तर विवेक र एकता विविध हुन्छ; साझा उद्देश्य साझा हितका लागि– देश सधैँ एकतामा अगाडि बढोस्।”
एकता, विवेक, शक्ति र राष्ट्रियता सुरक्षित बनाउन सरकार, व्यवस्था र नीति स्पष्ट, दृढ तथा देश हितमै केन्द्रित हुनुपर्छ, जसरी सिंगापुरका ली क्वान युले दृढ नेतृत्वबाट राष्ट्रलाई आर्थिक महाशक्ति बनाएका थिए।
यी तिनै जोखिमबाट नेपाललाई मुक्त गर्न नेपालमा आफ्नै विकासमा केन्द्रित हुने सरकारको जरुरत छ, पार्टीको जरुरत छ, व्यवस्थाको जरुरत छ, ताकि नेपाल अमेरिकीहरूसँग राम्रो सम्बन्धमा रहोस्, तर चीन र भारतलाई आफ्नो असल मित्रको सम्बन्धमा सदैव रहोस्, र आफ्नो भूमि ती दुवै विरुद्ध कहिल्यै प्रयोग हुनबाट रोक्न सकियोस्।
नेपाल नेपालीका लागि होस्, नेपाल नेपालीको सुखका लागि होस्, नेपालमा फेरिफेरी व्यवस्था परिवर्तनको क्रान्ति हुने सम्भावना नहोस्, मात्र यहाँ आर्थिक र इनोभेसनको क्रान्ति होस्, नेपाल आफ्नो खुट्टामा उभिएको स्वावलम्बी नेपाल बनोस्, यो नै नेपालको हालको कूटनीतिक जरुरत हो।
महोपनिषद् (६.७१) मा रहेको राष्ट्रनिर्माण सम्बन्धी सन्देश मा भनिएको छ “अयं निजः परो वेति गणना लघुचेतसाम् । उदारचारितानां तु वसुधैव कुटुम्बकम्”, जसको अर्थ हो: “यो मेरो हो, त्यो तिनको हो भन्ने सानो मनको गणना हो; उदार विचार भएका लागि त सारा पृथ्वी नै परिवार हो।” यसले नेपालले आफ्नो मुलुकको हितलाई केन्द्रमा राखेर जब नीति, उदारता, विकास र सार्वभौम नीति विकास गर्दछ त्यो अन्य सबै छिमेकी र विश्वको समेत हितमा हुने प्रस्ट गर्दछ।
यसलाई चाणक्यले प्राचीन कालमा लेखेका कौटिल्य अर्थशास्त्रको विश्वव्यापी उदारताबाट राज्यको समृद्धि को सूत्रमा समावेश गरेका थिए। जसलाई नेपालको आधुनिक शासकीय अभ्यासको नेपालको याम सिद्धान्त कूटनीतिमा समावेश गरिएका छन्। जसमा छिमेकी शक्ति बिच सन्तुलित हुनु, असल मित्रता रहनु, आर्थिक नीति, कर प्रशासन, आन्तरिक सुरक्षा, अनुशासन युक्त प्रशासनमा समेतका अर्थशास्त्रका विचारहरू समावेश छन्।
नेपालको एकीकरणका लागि पृथ्वीनारायण शाहले लिएको साम, दाम, दण्ड, भेद नीति चाणक्यद्वारा वर्णित नीति–कौशल थियो। ‘दिव्य उपदेश’ मार्फत समेत उनले सन्तुलित कूटनीति, छिमेकी शक्ति सँग सन्तुलन, आन्तरिक एकता, सङ्घीय प्रशासनको संरचना र भूमि तथा उद्योगको व्यवस्थापन सिद्धान्तहरू चाणक्यद्वारा वर्णित नीति–कौशलमा आधारित थियो।