मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

कफीकाबारे आयुर्बेदको मूल मर्म के छ ? By Krishna Kc

DWQA Ask QuestionCategory: Questionsकफीकाबारे आयुर्बेदको मूल मर्म के छ ? By Krishna Kc
1 Answers

आयुर्बेदभन्छ संसारमा कुनै तेस्तो जरा छैन जुन कम्तिमा कुनै एक रोगको औसधि नहोस ! मर्तलोक यानेकि पृथ्बीमा तेस्तो कुनै मान्छे जन्मनै सक्दैन, जसबाट कम्तिमा एउटा नयाकुरा सिक्न नसकियोस ! कतिपय बैद्यजी हरुले र हाम्रो समाजका बुज्रुकहरुले भन्नेगरे अनुसार मान्छेले यो खान पर्छ वा यो खान हुदैन भन्ने कुरा आयुर्वेदिक मन्येता अनुसार गलत मानिन्छ ! आयुर्बेदले मान्छेलाई समग्रमा यो खाऊ वा यो नखाऊ भन्नु लाई त्रुटिपूर्ण मान्दछ ! किनकि आयुर्बेदको मन्येतामा मान्छेको उसले जन्मदै पाएको सरिरको प्रकृति (जसलाई दोष भनिन्छ) ले उसलाई के ठिक र के बेठिक हुन्छ भन्ने कुरा निर्धारण गर्छ! मान्छे ले ‘के खाने के नखाने भन्ने जान्न’ खाएको खानाका संदर्वमा उसको सरिरले कस्तो प्रतिकृय दिएको छ बुज्न जरुरि छ र तेसैको आधारमा ‘के खाने के नखाने’ भन्ने अबधारणा बनाउने तरिका नै मनिषको लागि उपलब्ध सबै भन्दा उत्तम बिकल्प हो !
अति सिम्प्लीफाइड सरल भाषामा भन्दा आयुर्वेदिक मान्नेता अनुसार मानिस जन्मदैमा मोटामोटी ३ मध्धे १ प्रकारको सरिर (दोष) लिएर जन्मेको हुन्छ ! दुप्लो (बाशको भाटा जस्तो पातलो अग्लो) जसलाई भाटा भनिन्छ ! जस्तै सनम कपुर र दिपिका पदुकोंन को जस्तो सरिर ! मध्धेम (सर्लक्क परेको) पित्त थैली जस्तो जसलाई पिटा भनिन्छ ! जस्तै ज्याक्लिन फर्नाडिस को जस्तो सरिर ! मोटो वा बाक्लो कदको जसलाई कफ़ भनिन्छ (जस्तै बाक्लो खकार लाई कफ़ जम्यो भनिन्छ)! जस्तै गीता कपुर र कमेडियन भारतीको जस्तो सरिर!
जसको सरिर भाटा प्रकृतीको छ उनीहरु अलि चंचल स्वोभाबको, अलि बढी सोच्ने, छिटै सानै कुराले उत्तेजित हुने अनि तिनीहरु लाई तुलनात्मक अलिबढी जाडो लाग्ने दोष हुन्छ! एस्तो सरिर हुने धेरै जसोको हावा भरिएको ग्येष्ट्रिक ले तत्कालै असरगर्ने पाचन प्रणाली हुने हुदा यिनी हरुमा कफीले काम वा पढाईमा ध्यान केंरित गर्न गारो बनाउने, सुत्न निन्द्रा नदिने र चिन्तित गराउने गर्ने हुदा दिनमा तै पनि बिहानमा बस १ कप सम्म कफी पिउने कि भन्ने इंकित गर्छ !
पिटा सरिर हुनेहरु प्राकृतिक रुपमै कुनै पनि कुरा छिटै सोचिहाल्ने र प्रतिक्रिया पनि दिईहाल्ने प्रकृतिका हुन्छन ! कफी एसिडीक र तापक्रम बढाउने प्रकृतिको पेय भएकाले पिटा प्रकारका दोस भएका हरुलाई कफीले चाहिने भन्दा अलि धेरै उत्तेजित पार्न सक्ने मानिन्छ ! र भनिन्छ ब्रेकफास्ट पछि १-२ कप कफी मात्र पिउनु ! त्यो भन्दा बडी हुदा आन्द्रामा एसिड बढाउने गर्छ! उक्त एसिड निउट्रलाइज गर्न ग्येष्ट्रिक रीफ्लक्स हुने हुदा सरिर ले धैरता गुमाउने र टेम्पर (ऋष उठ्ने, डर लाग्ने जस्तॊ) बानी विकास गराउन सक्छ !
कफ़ सरिर हुनेको लागि भने कफीको उचित सेबन राम्रै मानिन्छ! किनकी उनीहरु दिनभरी स्लो महसुस गर्छन ! कफी उनीहरुको आफुलाई एनार्जेटिक राखन सहयोगी हुन्छ ! तेसले पाचन प्रक्रिया पनि प्रमोट गर्छ! उनीहरुको हेवी र चिसो प्रकृतिको सरिर लाई कफीले घटाउन मद्दत गर्ने मानिन्छ !
आयुर्बेदको धेरै गहिरो फिलोसोपी केहो भने, मानिसले खाने सबै खान जन्मदै प्राप्त सरिरको दोष लाई ध्यानमा राखी एस्तो सन्तुलित बनाऊकि हाम्रो खान केवल खाना मात्र हैन औसधि समेत होस् ! ताकी हाम्रो औसधि भनेकै हामीले सधै खाने खाना होस् !
हाम्रो दुर्भाग्य ! अरु छेत्रमा जस्तै, यो छेत्रमा पनि बाठा टाठाले उचित खान पान कोलागी बनाईएको आयुर्वेदलाई जडीबुडी र औसधि उपचार गर्ने माध्धम मात्र हो भन्ने जन विश्वास मात्र पैदा गरेनन, खाद्य बिज्ञानमा पढाउनपर्ने बिषय औसधि बिज्ञानमा लगेर जोडी पढाए ! फलत यो छेत्र मूल मर्म बाट बिचलित मात्र भएँन, हाम्रो समाज नै एसबाट फाईदा लिनबाट आज सम्म बन्चित भईरहेछ ! अझ अरु कति समय हुने हो ! पशुपति नाथ भरोसा !!