प्रथम क्रियोल नेपाली भाषी अँनलाइन पत्रिका

Canadian Reporters

अथर्ववेदमा अथर्ववेदाचार्य गरेका नारायण घिमिरे २० वर्षदेखि क्यानडामा खाद्य तथा औषधि विज्ञका रूपमा कार्यरत छन्। 'वेदमा विज्ञान' ग्रन्थका लेखक घिमिरे आयुर्वेदिक औषधिको साइड-इफेक्ट रहित गुण र एलोपेथिक औषधिको तत्काल उपचार गर्ने क्षमताको पुनःसंयोजन गरी कायाकल्प गर्न सकिने वैदिक खाना र आयुर्वेदिक हर्बल औषधि विकास विषयका शोधकर्ता हुन्। वैदिक दर्शन, वैज्ञानिक र प्रयोगात्मक विकास तथा आधुनिक औषधि र सुगन्ध सम्बन्धी गहिरो अनुसन्धानमार्फत हर्बलका खाद्य र औषधीय गुण संयोजन गरी हिलिङ फुड निर्माणमा उनले विशिष्ट विज्ञता हासिल गरेका छन्।

घिमिरेले नेपालमा आध्यात्मिक पर्यटन, रोबोटिक गुरुकुल तथा हर्बल र हिलिङ फुडमा आधारित द्रुत विकासको सम्भावना उजागर गर्न विभिन्न वैदिक र वैज्ञानिक ग्रन्थहरू लेखेका छन्। यसै क्रममा नेपालमा वैदिक विमर्श र विज्ञानप्रति विशेष अभिरुचि राख्ने पाठकहरूको रुचिलाई ध्यान दिएर घिमिरेका समय समयमा प्रकाशित कृति, लेख आदिमा प्रस्तुत भएका विभिन्न  सन्देशहरू नेपाली भाषी पाठकहरू सम्म पुर्‍याउने मूल उद्देश्यले यो गैर नाफा मूलक वेब पोर्टल समर्पित छ।

about