प्रथम क्रियोल नेपाली भाषी अँनलाइन पत्रिका

Updated at:- 2024-10-28

वेदमा विज्ञान वैज्ञानिक समालोचना भाग १ प्रकाशित।

क्यानेडियन वैदिक हेरिटेजले वेदमा विज्ञान वैज्ञानिक समालोचना भाग १ यही सोमबार प्रकाशित गरेको छ।  क्यानेडियन वैदिक हेरिटेको अनुसार वेदमा विज्ञान भाग १ कपि राइट © २०२४ का लेखक अथर्ववेदाचार्य नारायण घिमिरे हुन्। तनहुँ बन्दीपुरमा जन्मेका घिमिरे दुई दशकदेखि प्रवासी नेपालीको रूपमा क्यानडामा वरिष्ठ खाद्य तथा औषधि वैज्ञानिकको रूपमा कार्यरत छन्। ब्रह्माण्डीय चेतनाबाट उत्पन्न मानव चेतना र भौतिक देह ब्रह्माण्ड चेतनामा नै फर्कने वैदिक दर्शनभित्र रहेका जीवन निर्माण, जीवनयापन र जीवनको समाधिसँग सम्बन्धित हरेक तहका गतिविधिहरूको सूक्ष्म वैदिक र वैज्ञानिक विश्लेषणमा उनी लागिपरेका छन्। वेदमा विज्ञानको वैज्ञानिक समालोचना भाग १ कृति क्रियोल नेपाली भाषामा प्रकाशित गरी पाठकसम्म पुर्‍याउन पाउँदा क्यानेडियन वैदिक हेरिटेजले सन्तोषको अनुभव गरेको बताएको छ। साथै, लेखकलाई धन्यवाद दिँदै, क्यानेडियन वैदिक हेरिटेजले पाठकहरू सँग संस्थाको तर्फबाट  वेदमा विज्ञान वैज्ञानिक समालोचना भाग १  को अध्ययनमा देखाएको चासोको लागि   संस्थाको तर्फबाट कृतज्ञता समेत व्यक्त गरेको छ।

 वरिष्ठ खाद्य तथा औषधि वैज्ञानिक अथर्ववेदाचार्य नारायण घिमिरेको वेदमा विज्ञान वैज्ञानिक समालोचना भाग १ सातौँ प्रकाशित कृति हो।  यसको प्रिमियम गोल्ड कपि सितैमा जो कोहीले निम्न लिङ्क बाट डाउनलोड गरी निशुल्क प्राप्त गर्न सक्दछ।

वरिष्ठ खाद्य तथा औषधि वैज्ञानिक अथर्ववेदाचार्य नारायण घिमिरेको

वेदमा विज्ञान वैज्ञानिक समालोचना भाग १

निशुल्क डाउनलोड लिङ्क   

https://drive.google.com/file/d/14LEPnuqguftIsk2ThLgg_UNTWHXIplDn/view