प्रथम क्रियोल नेपाली भाषी अँनलाइन पत्रिका
ऋषि वात्स्यायन मल्लनागद्वारा तेस्रो शताब्दी इस्वीमा लेखिएको कामसूत्र, मानव इतिहासमा सबैभन्दा प्रसिद्ध प्राचीन ग्रन्थहरूमध्ये एक हो। यसलाई नेपाली समाजमा यौन स्थिति (sexual positions) बताउने यौन आसनको बारेको सचित्र म्यानुअल भएको सीमित गलत बुझाइ भेटिन्छ। कामसूत्र वास्तविकतामा आनन्दको खोजीको एक व्यापक ग्रन्थ हो, जसले काम (Kama) वासना, यौन व्यवहार, रोमान्टिक सम्बन्ध, भावनात्मक निकटता र पूर्ण स्वस्थ जीवनका व्यापक पक्षहरूलाई समेटेर समाजमा अत्यन्त जरुरी उच्च आध्यात्मिक ज्ञान सम्प्रेषण गर्ने दायित्व पूरा गरेको छ।
कामसूत्रले कामलाई मानव जीवनका लक्ष्यहरू अर्थात् चार पुरुषार्थ (Purusharthas) मध्ये एकका रूपमा लिने गर्दछ। जसमा धर्म (Dharma कर्तव्य), अर्थ (Artha समृद्धि), र मोक्ष (Moksha मुक्ति) जस्ता सबै पक्ष सन्तुलित रूपमा समावेश छन्। यो सन्तुलनले एक समग्र विश्व दृष्टिकोण दिन्छ जसले प्रस्ट गर्दछ कि आनन्द अलग्गै छैन। आनन्द प्राप्ति काम (Kama) समेतलाई जीवनका नैतिक, सामाजिक र आध्यात्मिक आयामहरूसँग जोडेर मात्र सम्भव हुन्छ।
कामसूत्रको मानव यौनिकता, सम्बन्धहरू र जीवनका शिक्षाहरूलाई सबैभन्दा गहिरो रूपमा वेदका ज्ञानहरूले (Vedas) प्रभावित गरेको देखिन्छ। चार मुख्य वेदका ग्रन्थहरू ऋग्वेद (Rigveda), सामवेद (Samaveda), यजुर्वेद (Yajurveda) र अथर्ववेद (Atharvaveda) मध्ये अथर्ववेदबाट कामसूत्रमा सबैभन्दा बढी प्रभावित भेटिन्छ। विशेष गरी अथर्ववेदको विज्ञान, व्यावहारिक र सांसारिक विषयहरू, स्वास्थ्य, इच्छा र मानव सम्बन्धहरूबारेका "जादुई सूत्रहरूको वेद (Veda of magical formulas)" कामसूत्रको मुख्य आधार रहेको छ।
अथर्ववेद जस्ता वैदिक ग्रन्थहरू कामसूत्र, यौन विचार, यौन इच्छा जस्ता विषय जीवन सन्तुलित राख्ने प्राकृतिक ऊर्जा हो भन्दछ। हरेक निर्माणमा पहिलो जरुरत अव्यक्त इच्छा व्यक्त इच्छा अर्थात् चाहनामा परिवर्तन हुन जरुरी हुन्छ। व्यक्तिको कामेच्छा (libido) ले प्रजनन रस, रोग प्रतिरोधात्मक शक्ति, सृजनशील जीवन्त शक्ति आदि निर्माण गर्ने ओजस् (Ojas) शक्ति निर्माणको प्रक्रियालाई तीव्र गर्ने हुँदा उमेर पुगेको हरेक व्यक्तिमा प्राकृतिक रूपमै यौन सोच आउन अनिवार्य छ। प्रमाणित नवीनतम वैज्ञानिक अध्ययनहरू अनुसार उमेर पुगेका हरेक पुरुषहरूले औसत १९ पटक र नारीले १० पटक यौन बारे दैनिक सोच्ने गर्दछन्।
हरेक व्यक्तिको पल-पल विचरण गर्ने विषयलाई व्यावहारिक रूपमा उसको जीवनशैलीमैत्री बनाएर दैनिक जीवनको प्रेम, काम इच्छा, प्रेमालाप, उर्वरता, मनोविज्ञान, औषधि र सन्तुष्टि जस्ता जीवनका गहिरा पक्षहरूलाई मस्तिष्कले सम्बोधन गर्दछ। वात्स्यायनको कामसूत्रमा प्रकृतिमैत्री, जीवनशैलीको जरुरत पूर्ति मैत्री इच्छाका लागि चाहिने व्यवस्थापनका तत्वहरू समावेश भएका कर्मकाण्ड, चाडपर्व, मेला, जात्रा, उत्सव, मन्दिर, पूजा, अनुष्ठानहरूको सामाजिक इन्जिनियरिङ गर्ने उपायहरू गहन रसको रूपमा समावेश र इन्ट्रीगेट गरिएको छ। त्यसको लागि वात्स्यायानले कामसूत्रको मर्म मैत्री अवसरहरूलाई समय अनुकूल सदुपयोग गर्ने मार्ग दर्शन शालीन रूपमा एकीकृत गरिएको छ।समावेश गरेका छन्। जसमा मन्दिर र धार्मिक स्थलहरूका टुडालहरुमा भेटिने सचित्र यौन क्रियाकलापका विभिन्न असन आदि समेत पर्दछ।
वात्स्यायनको कामसूत्र (Kama Sutra) कुनै नयाँ वा बेग्लै ज्ञान नभएर वैदिक ज्ञानको (Vedic knowledge) सरल व्यवहारिक व्याख्या मात्र हो। वेदहरूमा रहेको यौनिकता (sexuality) र इच्छा (desire) लाई सरल रूपमा समाजमा लैजान नसक्दा मानव जीवन आफ्नो जीवनको महत्त्वपूर्ण अंशको मूल्य लाई पहिचान गर्न नसकेको देखिएपछि वैदिक अवधारणा विशाल र समृद्ध परम्पराभित्र सीमित गरेर वात्स्यायानले कामसूत्र लेखे। त्यसको लागि पहिलेदेखि नै समाजमा स्थापित रहेका उत्कृष्ट परम्पराहरू (traditions) को चुरो ज्ञानको पक्ष समावेश भएको वैदिक ऋषि श्वेतकेतु उद्दालक (Svetaketu Uddalaka) को आनन्दको विज्ञान को उत्पत्तिको नामको भाव दिने काम शास्त्र (Kamasastra) लाई आफ्नो कामसूत्र (Kama Sutra) को ज्ञानको प्रमुख आधार बनाए। वेदमा यजुर्वेद (Yajurveda) को बृहदारण्यक उपनिषद (Brihadaranyaka Upanishad) भाग तथा सामवेद (Samaveda) को छान्दोग्य उपनिषद (Chandogya Upanishad) को भागमा श्वेतकेतु उद्दालकको नाम उल्लेख भएको भेटिन्छ।
वैदिक उपनिषादहरूका अनुसार यौनिकता (sexuality) एक गहिरो र उत्कृष्ट आन्तरिक पूजा (inner worship) हो। यसलाई यज्ञ (yajna) वा अनुष्ठान जस्तै पवित्र कर्मको रूपमा स्विकार्नु पर्दछ। यसले ब्रह्माण्डका सम्पूर्ण शक्तिहरू (cosmic powers) एकसाथ मिलेर रहने र त्यो बेला सम्पूर्ण अहङ्कार आदि विलीन रहेर मात्र आनन्दको चेतनाको अस्तित्व बाँकी रहने कुरालाई व्यवहारिक रूपमै अनुभूति अवसर दिने गर्दछ।
जसरी तपाईँले घरमा पूजा गर्नु हुँदा बाहिर देखिने फूल, धूप र मन्त्र पूजाको बाहिरी भाग हुने तर त्यसले तपाइमा भित्रैदेखि विकास गर्ने समर्पण भाव त्यसको चुरो रस तत्व हुने गर्दछ त्यसै गरी, यौन सम्बन्धको बाहिरी पक्ष केही बेरको मैत्री पूर्ण शरीर स्पर्श, यौनिक क्रियाशीलता र स्खलनले दिने भौतिक सुखमा सीमित भएता पनि त्यसको भित्री पक्ष दुई आत्माको ब्रह्माण्डसँगको गहिरो सुखद सम्बन्ध र त्यस समयमा प्राप्त हुने सुखको क्षणिक नमुनाको अनुभूति प्राप्त गर्नु हो। एक प्रकारको अनुष्ठान (ritual) जहाँ दुई आत्मा र शरीर एकाकार हुन्छ। जसले जीवको अस्तित्व नियमित राख्ने प्रमुख भूमिकाको धर्म समेत निभाउने अवसर उपलब्ध गराउने गर्दछ। उक्त कार्यमा पटक पटक सहभागी हुन उत्साहित गर्ने प्राकृतिक प्रेरणाको रूपमा त्यसमा सहभागी पक्षले चरम आनन्दको अनुभूतिको पुरुषकार समेत प्राप्त गर्दछ।
वैदिक ग्रन्थहरूले चुरो रूपमा एकै सार सन्देश दिए पनि तिनीहरू फरक-फरक विषयमा केन्द्रित भएको देखिन्छ। ऋग्वेद ले देवताहरूको स्तुतिगान गर्छ, सामवेद धुन र सङ्गीतमा आधारित छ भने यजुर्वेद मा बलि र अनुष्ठानका नियमहरू अधिक भेटिन्छन्। अथर्ववेद भने मानव व्यवहार (Human Behavior) र व्यावहारिक जीवनका पक्षहरूतर्फ अधिक केन्द्रित छ। यही कारणले गर्दा, अथर्ववेदको अवधारणा अनुरूप कामसूत्र (Kama Sutra) को व्यावहारिक दृष्टिकोण (Practical Approach) कसरी वेदको अवधारणासँग प्रत्यक्ष साइनो राख्दछ भनी बुझ्न सकिन्छ।
यसलाई सहज रूपमा उल्लेख गर्दा, यदि तपाईंले एउटा घर बनाउँदै हुनुहुन्छ भने, ऋग्वेदले त्यो घरको सुन्दरता र त्यसमा अन्तर्निहित आध्यात्मिक महत्वमा अधिक चर्चा गर्दछ। सामवेदले घरमा गाउने भजन, कीर्तन आदि बारे सिकाउने गर्दछ। यजुर्वेदले घरको जग कसरी खन्ने, कसरी त्यो घरमा निवास गर्नेको जीविका मैत्री गर्ने भन्ने बारे सूचना भएको अनुष्ठानको कुरा गर्छ। अथर्ववेद भने घरभित्र कसरी खुसीसाथ रहने, त्यसको लागि परिवारका सदस्यबीच कस्तो संस्कृति विकास गर्ने, वा रोग लाग्दा के गर्ने, परिवारको सन्ततिको अस्तित्व भविष्यमा कसरी नियमित गर्ने आदि जस्ता व्यावहारिक कुराहरूबारे ज्ञान दिने गर्दछ। व्यक्तिको जीवनको अभिन्न पक्ष व्यवस्थित र सुखमय यौनिक जीवनसँग साइनो राख्ने कामसूत्र तसर्थ अथर्ववेदको सोच र मान्यतामैत्री हुने गरी तयार भएको छ।
अथर्ववेद (Atharvaveda) मुख्यतया पृथ्वीका व्यावहारिक चिन्ताहरूसँग सम्बन्धित छ। यसले मानिसको दैनिक जीवनमा आइपर्ने स्वास्थ्य, दीर्घायु, समृद्धि र इच्छाहरू (काम Kama) को पूर्तिका सबै विषयहरूलाई समेट्छ। अथर्ववेदमा आफ्नो यौन साथीलाई कसरी यौनलापको लागि आकर्षित गर्ने, सन्तान उत्पादनको क्षमता (उर्वरता) बढाउने, पति-पत्नीबिचको असमझदारी, झगडा, वैवाहिक कलह समाधान गर्ने जस्ता विषयहरू केन्द्रित विभिन्न मन्त्रहरू र त्यसको लागु गर्ने अनुष्ठान विधिहरू समेत समावेश छन्। कामसूत्र (Kama Sutra) मा समावेश भएका प्रेमालाप, यौन अनुकूलता (Sexual Compatibility), चमत्कारिक यौन आसन, आपसी सम्बन्ध मधुर कायम राख्ने (Relationship Maintenance) उपायहरू अथर्ववेदमा रहेका अवधारणा मैत्री छन्।
उदाहरणका लागि अथर्ववेदका केही भजनहरूले इच्छाका देवता कामदेव (Kamadeva) लाई मानिसमा जोस वा कामुकता जगाउन आह्वान गर्छन्। त्यही कुरा वात्स्यायानले कामसूत्रमा भजनहरूले इच्छाका देवता कामदेवको जोस वा कामुकता जगाउनु भनेको सम्भोगरत पक्षबिच भावनात्मक सम्बन्धहरू (Emotional Bonds) बनाउनका लागि कसरी संवेदी उत्तेजनाहरू (Sensory Stimulations) प्रयोग गर्ने भनी सल्लाह दिएका छन्। जुन अथर्ववेदमा भएको सिद्धान्तलाई सम्भोगरत पक्षको व्यावहारिक प्रयोगशालामा रुपी एकान्तको ओछ्यानमा वास्तविक समयमा प्रयोग गरी ग्रन्थले सुझाए अनुरूप यौन इच्छा पूर्ति गर्दै प्रेम सम्बन्ध सुदृढ गर्ने प्रयोगात्मक परीक्षणको उपाय दिने निर्देशिका हो। उक्त पवित्र यज्ञको तत्कालको फल आनन्द अनुभूति, सुरक्षा र विश्वासको विकास हुने गर्दछ भने मूल सह-उत्पादनको रूपमा सन्तान प्राप्ति आदि हुने गर्दछ।
वैदिक ग्रन्थ अथर्ववेदमा कामसूत्रको अवधारणा जस्तै काम (Kama) लाई पापको रूपमा हेर्दैन। बरु, यो त सामाजिक सद्भाव (Social Harmony) र सन्तुलनका लागि महत्त्वपूर्ण शक्ति रहेकोले नैतिक कर्तव्य र आचरण जोडिएको अहिंसा युक्त आपसी सहकार्य रुपी सहभागितामूलक धर्मको (Dharma) रूपमा यसको सदुपयोग गर्न भन्दछ। यही अवधारणालाई अपनाउँदै वात्स्यायानले अनियन्त्रित इच्छाको विरुद्धमा चेतावनी दिएका छन्। उनी भन्छन् कि अत्यधिक वा अनियन्त्रित इच्छाले सामाजिक व्यवस्थालाई बिगार्न सक्छ। अथर्ववेदमा समेत अत्यधिक भोगले असन्तुलन निम्त्याउँछ भनी चेतावनीहरू दिइएका छन्। साथै वैवाहिक सम्बन्धका कारण समाजमा हुने गरेको सामाजिक स्वीकार्यताको एक पक्षको इच्छा, चाहना, आकाङ्क्षा र यौन तृप्तिको अधिकार लाई दुत्कारेर विवाहित जोडी बिच हुने स्वाभाविक सम्भोगको नाम दिने गरिएको वैवाहिक बलात्कारलाई समेत अनियन्त्रित, अनैतिक, दुराचार रुपी अत्याचारको रूपमा दुवै ग्रन्थले प्रस्तुत गरेको छ।
यौन-लापरत दुवै पक्षको समान सम्मान र समान अधिकार युक्त सहमतिको यौन सम्बन्ध नै स्वस्थ यौन सम्बन्ध हुने वेदको दृष्टिकोणलाई कामसूत्रले समेत अघि सारेको छ। यसरी अथर्ववेदमा जीवनका व्यावहारिक र लौकिक पक्षहरूमा जुन जुन पक्षलाई महत्त्व दिइएको छ, त्यसैको परिष्कृत रूपको व्यावहारिक विस्तार कामसूत्रमा पाइन्छ। अथर्ववेद र कामसूत्र दुवैले काम (Kama) लाई जीवनको एक स्वाभाविक र महत्त्वपूर्ण हिस्सा मान्छन्। यसलाई धर्म (Dharma) र नैतिकताको सीमाभित्र रहेर वारवारिको सम्बन्ध बिच अहिंसा मैत्री रहेर प्रयोग गर्नुपर्ने अनिवार्यतामा जोड दिन्छन् ताकि व्यक्ति र समाजमा सन्तुलन र सद्भाव कायम रहोस्। समाज आदर्श समाजमा रूपान्तरित हुन सकोस्।
कामसूत्रको (Kama Sutra) अलावा अथर्ववेद (Atharvaveda) को प्रभाव मानव शरीर विज्ञान (Human Physiology) र मनोविज्ञान (Psychology) मा पनि अत्याधिक छ। यसलाई प्रोटो-वैज्ञानिक (proto-scientific) दृष्टिकोण भन्न सकिन्छ, किनभने यसले आधुनिक विज्ञानको हालको क्षमता भन्दा बाहिरको शरीर र मनका बारेमा सूक्ष्म अवलोकनहरू प्रस्तुत गर्दछ। अथर्ववेदमा शरीरका ऊर्जा (Bodily Energies) र मानसिक स्वास्थ्यमा (Mental well-being) इच्छाको (Desire) मुख्य भूमिका हुने सैदान्तिक व्याख्या छ। जसले कामसूत्रलाइ शरीरका प्रकारहरूको वर्गीकरण गरि सरल प्रस्तुतीकरण गर्न सहज बनाइदिएको छ।
कामसूत्रले पुरुषहरूलाई उनीहरूको शारीरिक बनावट र यौन क्षमताका आधारमा खरायो (rabbit), साँढे (bull), घोडा (horse) जस्ता वर्गमा विभाजन गरेको छ। त्यसैगरी, महिलाहरूलाई हरिणी (doe), घोडी (mare), हात्ती (elephant) जस्ता वर्गमा वर्गीकरण गरिएको छ। यो वर्गीकरण केवल शारीरिक भिन्नताका लागि मात्र नभई उनीहरूको यौन अनुकूलता (Sexual Compatibility) सुनिश्चित गर्नका लागि गरिएको हो।
मोटा जोडीबीच सम्भोगको समयमा पेट (भुँडी) अवरोधको रूपमा देखिने समस्या दुब्ला पातला जोडीले भोग्नु पर्दैन। त्यसैले कामसूत्रले सम्भोगरत जोडीको शारीरिक संरचना, उपलब्ध शक्ति (तागत) र स्थान विशेषमैत्री हुने गरी फरक-फरक वैज्ञानिक आसनका बारेमा समेत प्रस्तुति दिएको छ। यसको मूल उद्देश्य आफ्नो क्षमता बाहिरको प्रतिकूलताको बाबजुद उनीहरूले सम्भोग सुखमा कमी अनुभव गर्न नपरोस्, परिस्थिति मैत्री हुने आयुर्वेदिक सम्भोगको स्वाद लिने अवसरबाट वञ्चित हुन नपरोस् भन्ने नै हो।
यस्तो अवस्थामा हरेक व्यक्ति फरक-फरक मुद्रामा रहँदा उसमा फरक-फरक प्राकृतिक ऊर्जा सक्रिय हुने र तिनीहरूले दिने रोमान्चकताले केही फरक मसलेदार स्वादको अनुभूति दिलाउने पक्ष समेतलाई प्रष्ट गर्न कामसूत्रले एकै महिला वा पुरुषलाई सम्भोगका लागि फरक-फरक रूपको शब्द चित्रले ज्ञान प्रस्तुत गर्ने गरेको देखिन्छ। मन्दिरका टुँडाल र कामशास्त्रका चित्रहरूमा सम्भोगको व्याख्या गर्ने एकै आकृतिमा कहिले एकै व्यक्तिको फरक-फरक मुद्रामा हुने ऊर्जाको रूप जनाउन फरक-फरक जनावर तथा फरक-फरक आसनमा सम्भोगरत गर्ने सल्लाह दिन एकभन्दा अधिक पुरुष वा नारी आकृति रहेको प्रस्तुतिको सहयोग लिइने गरेको देखिन्छ।
यस्तो प्रकृतिको वर्गीकरणले व्यक्तिमा आनन्ददायक यौन सम्बन्ध सुनिश्चित गर्न मद्दत गर्छ। यसले वैदिक सामाजिक सत्यहरूलाई प्रतिबिम्बित गर्नसमेत सहयोग गर्दछ। दैनिक जीवनयापनमा देखिने असंगति, साझेदारीविहीन असमानताको यौनसम्बन्ध (Incompatible Partnerships) आदि विषयले झगडा (Strife), सन्तान नहुने समस्या (Infertility), कमजोर वंश (Weak progeny) जन्मने, वंशको निरन्तरता रोकिने, रोगी सन्तान हुने जस्ता समस्याहरू निम्त्याउन सक्छ। हाम्रा पुर्खाहरूले पारिवारिक स्थिरता र अस्तित्वको निरन्तरताको विषयमा केन्द्रित चिन्ताको समाधानमा अथर्ववेदको आधारमा बनेको कामसूत्रको ज्ञानबाट आफ्नो शारीरिक र मानसिक सबलता दुरुस्त राख्न सकेको र सामाजिक तथा धार्मिक सम्बन्धसमेत सन्तुलनमा ल्याउन सकेको देखिन्छ।
आयुर्वेद (Ayurveda) लाई पाँचौँ वेद (fifth Veda) पनि भनिन्छ। यसको जरा अथर्ववेद (Atharvaveda) मा गहिरो गरी गाडिएको छ। कामसूत्र (Kama Sutra) ले आयुर्वेदका लागि समेत शारीरिक र स्वास्थ्यमा आधारित यौन तथा यौन मनोविज्ञानको शिक्षा प्रदान गर्ने एउटा खाका दिएको छ। समग्र चिकित्सा प्रणालीमा (holistic medical system) विश्वास गर्ने आयुर्वेदमा शरीरका तीन दोषहरू (three doshas) वात (Vata), पित्त (Pitta), र कफ (Kapha) बिचको सन्तुलन स्वस्थको मुख्य जरुरत हो।
आयुर्वेदले व्यक्तिको यौन स्वास्थ्यलाई उसको सम्पूर्ण जीवन शक्ति अर्थात् ओजस् (Ojas) सँग जोडेर हेर्दछ। ओजस् भनेको शरीरमा हुने सबैभन्दा सूक्ष्म र शक्तिशाली ऊर्जा हो, जसले रोग प्रतिरोधात्मक क्षमता, शारीरिक शक्ति र मानसिक स्पष्टता कायम राख्न मद्दत गर्छ। यसैले नारी र पुरुषको यौन रस आदि निर्माण गर्दछ। कामसूत्रले (Kama Sutra) मध्यम यौन गतिविधिलाई जीवनको शक्ति (ओजस्) संरक्षण गर्ने उपायका रूपमा सिफारिस गरेर आयुर्वेदिक सफल यौन कर्मको उपायको गोप्य रहस्य यौन क्रियाकलापमा सहभागी हुने व्यक्तिहरू लाई उपलब्ध गराउने गर्दछ। यौन क्रीडा सन्तुलित र विवेकपूर्ण तरिकाले सम्पन्न हुने गरी उपयोग गर्नुपर्ने कुरा सम्झाउँछ।
जसरी हामीलाई स्वस्थ रहन सन्तुलित आहार र नियमित व्यायाम चाहिन्छ, त्यसरी नै स्वस्थ यौन जीवनका लागि पनि यौन शक्तिको सन्तुलन आवश्यक हुन्छ। अत्यधिक खानाले पाचन प्रणालीमा समस्या ल्याएझैँ, अत्यधिक यौन भोगले शरीरको ऊर्जा (ओजस्) घटाउँछ भन्ने चेतावनी आयुर्वेदले दिन्छ। कामसूत्रले पनि यही कुरालाई समर्थन गर्दै ब्रह्मचर्य (Brahmacharya) पनि भनिने नियन्त्रित यौनिकता व्यक्तिको यौन क्षमताको दीर्घायुका लागि महत्त्वपूर्ण हुन्छ भनी प्रस्ट पार्दछ। यसको अर्थ यौन सम्बन्ध पूर्ण रूपमा त्याग्नु होइन, बरु यसलाई आफ्नो मनको नियन्त्रणमा राखी सही समयमा सही तरिकाले उपयोग गर्नु हो ताकि व्यक्तिको समग्र स्वास्थ्य र ओजस् दुरुस्त तन्दुरुस्त रहन सकोस्।
कामसूत्र (Kama Sutra) ले चरक संहिता (Charaka Samhita) र सुश्रुत संहिता (Sushruta Samhita) जस्ता आयुर्वेदिक ग्रन्थहरूबाट प्रजनन अङ्गहरूको विस्तृत ज्ञान लिएको छ। शरीरका कुन-कुन भागमा छुँदा किन कसरी बढी आनन्द आउँछ (इरोजेनस जोनहरू) र कसरी कुनै पनि हानि नगरी यौन आनन्द बढाउन सम्भव हुन्छ भन्नेबारे विभिन्न तरिकाहरूको कामसूत्रमा भएको वर्णन उल्लेखित संहिताहरूको सरल प्रयोगात्मक व्याख्या हो। वैदिक अनुष्ठानहरूमा (Vedic rituals) देखिने तान्त्रिक प्रभावहरूले (Tantric influences) आयुर्वेदलाई शरीर विज्ञानसँग जोड्छ। त्यसलाई बुझ्न कामसूत्रका कुराहरूले निकै सहज बनाइदिने गरेको छ। जस्तै कामसूत्रको सातौँ पुस्तकमा वात्स्यायनले कामोद्दीपक (Aphrodisiacs) र उत्तेजकहरूको (Stimulants) सदुपयोग माथि जोड दिएको भेटिन्छ। त्यो कुरा आयुर्वेदिक उपचार पद्धति वाट आएको हो । आयुर्वेदमा पुरुषत्व बढाउन र यौन सम्बन्धमा वात, पित्त, कफ दोषहरू (doshas) सन्तुलनमा राख्नका लागि अश्वगन्धा (Ashwagandha) वा शतावरी (Shatavari) जस्ता जडीबुटीहरू मिसाएर बनाइएका ओखतीहरू प्रयोग भएको छ। कामसूत्रले त्यही आयुर्वेदिक ज्ञानलाई यौन जीवनमा कसरी प्रयोग गरी यौन क्षमता बढाउने र स्वस्थ रहने भन्ने उपाय सिकाउने गर्दछ।
आयुर्वेद (Ayurveda) मौसम र व्यक्तिको उमेरअनुसार यौन गतिविधिमा फरक-फरक तरिकाले संलग्न हुन भन्दछ। जस्तै, वात-प्रधान व्यक्तिहरूका लागि जाडोमा बढी यौन सम्बन्ध राख्न सल्लाह दिइन्छ। बुढेसकालमा यौन गतिविधिमा अधिक संयम अपनाउन भनिन्छ। यही कुरा कामसूत्रमा (Kama Sutra) परिस्थिति र सन्दर्भ अले विशेष सम्भोग वाट आनन्द प्राप्त गरे विधिको रूपमा समेटिएको छ। प्राचीन वैदिक कृषि र ऋषि कृषिको अवधारणाले प्रकृति मैत्री कृषिमा आधारित खानाहरू लाई उत्तम सन्तुलित वैदिक खाना भन्दछ। जसले व्यक्तिको यौन स्वास्थ्य, जनसङ्ख्या वृद्धि (Population Growth) क्षमता वृद्धि, बलिष्ठ श्रम शक्तिको निरन्तरता (Labor Force Continuity) आदि सुनिश्चित गर्ने तथ्य उल्लेख छ।
असन्तुलित तमोगुणी खाना यदि यौन स्वास्थ्यमा असन्तुलन दिने, रोगहरू निम्त्याउने, सामाजिक अशान्ति जन्माउने बलियो र स्वस्थ समाज निर्माणको बाधक हुने चर्चा छ। त्यस ज्ञानको व्यवहारिक पक्ष कामसूत्रले (Kama Sutra) उजागर गरेको छ। यसरी कामसूत्रले काम (Kama) लाई केवल शारीरिक आनन्द (Hedonistic Pleasure) को लागि मात्र नभएर एक प्रकारको उपचारात्मक (Therapeutic) साधनको रूपमा समेत लिएको छ। व्यक्ति व्यक्ति बिच भावनात्मक लचकता (Emotional Resilience) र सम्बन्धमा समानता (Relational Equality) बढाउने कामसूत्रलाई केवल यौन आसनको क्याडलक मान्ने आधुनिक बुझाइ गलत छ। यसमा व्यक्तिको यौन जीवन कसरी उसको स्वस्थ जीवन, सामाजिक सद्भाव र भावनात्मक सन्तुष्टिको एक महत्त्वपूर्ण पाटो हो भन्ने प्रस्ट चित्र कोरिएको छ।
कामसूत्र (Kama Sutra) ले जीवनका लागि दिइएका मुख्य सल्लाहहरू वास्तवमा वैदिक र आयुर्वेदिक सिद्धान्तहरूकै सरल र व्यावहारिक व्याख्या हुन्। यी सल्लाहहरूले यौन जीवनलाई कसरी सन्तुलित र सुखमय बनाउने भन्ने कुरा सिकाउँछन्।
कामसूत्रले भन्दछ कि सबैभन्दा पहिले आफ्नो आनन्दलाई सन्तुलनमा राख्न सिक्नुहोस्। जीवनका अन्य महत्त्वपूर्ण लक्ष्यहरू जस्तै धर्म (dharma - कर्तव्य र सही आचरण) र अर्थ (Artha - धन तथा समृद्धि) सँग काम (kama - इच्छा वा आनन्द) लाई सन्तुलनमा राख्न सिक्नुहोस् ताकि यसले तपाईंलाई कुनै हानि पुऱ्याउन नसकोस्। उदाहरणका लागि, जोडीले यौन आनन्द लिँदा आफ्नो काम वा नैतिक जिम्मेवारीहरू बिर्सनु हुँदैन। कामसूत्रको मान्यता अनुसार अनियन्त्रित इच्छाले व्यक्ति र समाज दुवैमा निश्चित समस्या ल्याउने गर्दछ।
कामसूत्रको अनुसार यौन कर्म सफल गर्न सञ्चार (Communication) र फोरप्ले (Foreplay - यौन सम्बन्ध सुरु गर्नुअघिको क्रियाकलाप) अत्यन्त मधुर र स्नेही हुनु पर्दछ। चुम्बन र अङ्गालो जस्ता कुराहरूले जोडीबीचको विश्वास बढाउँछन् र आपसमा सहभागितामूलक हार्दिक यौन क्रियाकलापको निम्तो दिने सन्देश प्रवाह गर्छन्। "थ्रोबिंग किस" (throbbing kiss) भनेको गहिरो, स्पन्दनशील (pulsating) वा लयबद्ध चुम्बन हो जसले यौन उत्तेजनालाई बढाउँदै दुवैलाई आफ्नो पार्टनरको भावनात्मक अवस्थासँग जोड्न मद्दत गर्छ। यौन क्रियाकलापको समयमा "थ्रोबिंग किस" जस्ता कुराहरू प्रयोग गरेर साझेदारको भावना (अवस्था - Avastha) बुझ्न सकिन्छ। वैदिक सत्यअनुसार, यस्ता कार्यहरूले सम्बन्धलाई बलियो बनाउँछन् र बेवफाई (Infidelity) लाई कम गर्छन्।
कामसूत्र अनुसार यौन क्रियाकलापको लागि अनुकूल साझेदार (Compatible Partner) छान्नु जरुरी छ। अनुकूल साझेदार छान्नु आनन्द तथा स्वास्थ्यका लागि शारीरिक प्रकारहरू मिलाउन, पूर्ण स्खलन र सन्तुष्टि दिने ब्राभो डेल्टाको (Good Penetrative Sex) हदमा पुग्न महत्त्वपूर्ण हुन्छ। उदाहरणका लागि, "खरायो (Hare)" जस्तो सानो शरीरको पुरुषले "हरिणी (Doe)" जस्ती महिलासँग जोडी बनाउँदा सन्तुलित शारीरिक सम्बन्ध कायम हुन्छ, जसले मैथुनको समयमा शारीरिक तनाव घटाउँछ। आयुर्वेद (Ayurveda) अनुसार यस्तो जोडीबीचको मैथुनले शरीरका तीन मुख्य ऊर्जा (वात, पित्त, कफ दोष) लाई सन्तुलनमा राखी शारीरिक रोगहरूबाट बचाउँछ। यदि अनुकूल साझेदार उपलब्ध नभएको अवस्थामा, यौन पार्टनरको शारीरिक संरचनामैत्री यौन आसनको विकल्प लिन सल्लाह दिइन्छ।
जस्तै, यदि दुवै पार्टनर मोटो हुनुहुन्छ र मैथुनको समयमा पेट (भुँडी) बीचमा बाधा बन्छ भने, कामसूत्र (Kama Sutra) ले सिफारिस गरेको शारीरिक संरचनामैत्री यौन आसनहरू (Sexual positions suitable for body type) छनोट गर्न सल्लाह दिन्छ। यसको मुख्य उद्देश्य पार्टनरहरूले सहजताका साथ आनन्द लिन सकून् र पेटको अवरोधले समस्या नपरोस् भन्ने हो। उदाहरणका लागि, कामसूत्रमा यसका लागि छेउबाट क्रीडा गरिने आसनहरू (Side-lying positions), महिला माथि र पुरुष तल हुने (Woman on top) आसनहरू प्रयोग गर्न सुझाव दिन्छ। यी आसनहरूले पेटको भागलाई बीचमा आउन दिँदैनन् र दुवैलाई नजिकिन सहज बनाउँछन्। यो सल्लाह आयुर्वेद (Ayurveda) को सिद्धान्तसँग पनि मेल खान्छ, जसमा शारीरिक तनाव कम गरी मैथुनलाई थप आनन्ददायक बनाउने उपाय छ जसले अन्ततः शारीरिक र मानसिक स्वास्थ्य दुवैलाई फाइदा पुऱ्याउँछ।
यदि केटा अधिक मोटा र केटी हरिणी जस्ती पातली छिन् भने, केटाको तौल र आकारले केटीलाई असुविधा नहोस् भन्नका लागि महिला माथि हुने आसन (Woman on top positions), छेउबाट गरिने आसन (Side-lying positions), वा चमच आसन (Spooning position) जस्ता विकल्पहरू सुझाव दिइन्छ। छेउबाट गरिने आसनमा दुवै पार्टनर एकमाथि अर्को नओभरल्याप भई एकअर्काको आमनेसामने सुतेर रतिक्रीडा गर्छन्। यसले केटाको तौलको दबाबलाई कम गर्छ र दुवैलाई सहज रूपमा नजिकिन ब्राभो डेल्टाको (Good Penetrative Sex) हदमा पुग्न मद्दत गर्छ। यसले गहिरो भावनात्मक र शारीरिक निकटता जगाउने अवसरसमेत दिन्छ। चमच आसन पनि छेउबाट सम्भोग गरिने एक प्रकारको आसन हो जहाँ दुवै पार्टनर एकै दिशामा फर्केर पछाडिबाट रतिक्रीडा गर्छन्। यसले दुवैको यौन अंगलाई ब्राभो डेल्टाको (Good Penetrative Sex) हदमा पुग्न मद्दत मिल्ने गरी नजिक्याउन सहज गर्छ र तौलको असमानताको समस्या हटाएर आरामदायी मैथुनको अनुभव उपलब्ध गराउन सहयोग गर्दछ। उल्लिखित आसनहरूले तौलको असमानतालाई कम गरी दुवै पार्टनरलाई सहज र आनन्ददायी मैथुनको अनुभव दिन प्रयास गरेको देखिन्छ। यो प्रयास आयुर्वेद (Ayurveda) दृष्टिकोणबाट आएको अवधारणामा आधारित छ। यस्ता आसनहरूले शरीरमा अनावश्यक तनाव घटाउँछन्, जसले दोषहरू (doshas) सन्तुलित राख्न मद्दत गर्छ र समग्र स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ।
फरक-फरक समयमा गरिने यौन सम्बन्धमा यौन जोशमा विविधता (variety) कायम राख्ने तरिका अपनाउनुपर्छ भन्ने कामसूत्रको सिद्धान्त छ। यसका लागि ६४ प्रकारका यौन आसन (sexual positions) र प्रविधिहरू (techniques) बारे कामसूत्रले चर्चा गरेको छ। यी सबै यौन आसन वा प्रविधिहरू त्यतिबेला मात्र प्रभावकारी हुन्छन् जब सहमतिमा (with consent) त्यसको प्रयोग भएको हुन्छ। उदाहरणका लागि, जब यौन उत्तेजना घट्न थाल्छ, जोडीले "घोडी (mare)" जस्तो आसन परिवर्तन गरेर सम्बन्धमा नयाँपन ल्याउन सक्छन्। वैदिक मान्यता अनुरुप सदैव एकरूपता रहने सम्भोगले असन्तुष्टि ल्याउँछ। आयुर्वेदको प्रमाणित विधि अनुरुप सम्भोगको विधि र आसनमा विविधता ल्याएर यौन कार्यको लागि शरीरको ऊर्जा बढाउन सकिन्छ।
कामसूत्रले सम्बन्धमा सम्मान (respect) र समानता (equality) बढाउन पनि जोड दिन्छ। यौन क्रीडाको समयमा अर्कोलाई हानि पुऱ्याउन उत्प्रेरित गर्ने मात्र नभई आपसमा पूर्ण सहयोगी बन्नु जरुरी छ। उक्त समयमा अर्कोलाई दोष दिने वा उचित विधि पूरा नगरेको भनी सुधार्न खोज्ने व्यवहारले पार्टनरमा यौन आसक्तिप्रति नै नकारात्मक अनिच्छा पैदा गरिदिने गर्दछ। त्यस्ता समस्याहरू यौन क्रियाकलाप भइरहेको समयमा होइन, त्यस्तो अनुभूति भएपछि त्यसको सकारात्मक समाधान खोज्ने नियतमा छलफल गरिनु पर्दछ। त्यस्तै पति-पत्नीले घरका निर्णयहरूमा एकअर्कालाई समावेश गर्नुपर्छ र आफ्ना इच्छाहरू खुला रूपमा बताउनुपर्छ। उदाहरणका लागि, पतिले पत्नीलाई महत्त्वपूर्ण निर्णयहरूमा संलग्न गराउनु, जसले आपसी सम्मान बढाउँछ। आयुर्वेदिक दृष्टिकोणअनुसार, यसले भावनात्मक स्वास्थ्य र हर्मोनल सन्तुलनलाई राम्रो बनाउँछ।
कामसूत्रले यौन कार्यमा संवेदी कलाको (sensory arts) प्रयोग गर्नु अत्यन्त प्रभावकारी हुने सल्लाह दिन्छ। यसले यौन अनुभवलाई अझ राम्रो बनाउन सङ्गीत, सुगन्ध र स्पर्शलाई यौन क्रियाकलापमा समावेश गर्न सकिन्छ। यौन संवेदी कलाको उदाहरणमा यौन क्रियाकलापको बेला बखेडा नगर्ने, पार्टनरको इज्जत गर्ने, यौनको लागि उत्साही हुने वातावरण र व्यवहारिक मधुरता उपलब्ध गराउने, मधुर वाद्ययन्त्र बजाउने र यौन इच्छा बढाउने तरिकाको उपयोग गर्ने जस्ता कुराहरू पर्दछन्। सामाजिक रूपमा, यसले सांस्कृतिक जीवनलाई समेत समृद्ध बनाउन सहयोग गर्दछ।
अन्तमा, कामसूत्रले अत्यधिक भोग (excessive indulgence) र व्यभिचार (adultery) बाट बच्न चेतावनी दिन्छ। स्वास्थ्यका लागि यौन भेटघाटहरू उचित र सीमित राख्नुपर्ने तथा विवाहबाह्य सम्बन्धहरूलाई जोखिमपूर्ण मान्नुपर्ने सल्लाह दिन्छ। त्यस्तै, आयुर्वेदिक सल्लाहअनुसार, अत्यधिक जडीबुटी र उत्तेजक प्रयोग गर्दा शरीरको महत्त्वपूर्ण ऊर्जा ओजस् (Ojas - जीवनशक्ति) निर्माण गर्ने क्षमता घट्छ। त्यसैले, त्यसको सीमित प्रयोग गर्न र शरीर आफैले ओजस् ऊर्जा निर्माणमा सहयोग गर्न वैदिक खाना, आयुर्वेदिक स्वस्थ जीवनशैली र आयुर्वेदिक प्रेम आदि अवलम्बन गर्न भन्दछ। वैदिक सत्य वचन अनुसार व्यभिचारले धर्म (dharma) लाई बिगार्छ र समुदायमा कलह (Conflict) निम्त्याउँछ।
कामसूत्र (Kama Sutra) ले अथर्ववेद (Atharvaveda) को जीवनप्रतिको व्यावहारिक दृष्टिकोण र आयुर्वेद (Ayurveda) को गहिरो स्वास्थ्य विज्ञानबाट निचोड निकालेर यौन जीवनलाई सहज बनाउने ज्ञानको एउटा स्पष्ट खाका तयार गरी सरल ब्लु प्रिन्टमा वेद र विज्ञानमा आधारित यौन विद्या निर्माण गरिदिएको छ। यसका सल्लाहहरू अत्यन्त सन्तुलित, वैदिक र वैज्ञानिक अनुभवले खारिएका र नैतिक रूपमा मानवीयता मैत्री देखिन्छ। यो ग्रन्थ समयको सीमा नाघेर आज पनि उत्तिकै सान्दर्भिक छन्। यसले हामीलाई आनन्दलाई केवल भोगको रूपमा नभई जीवनमा सन्तुलन र सद्भाव प्राप्त गर्ने एउटा माध्यमको रूपमा हेर्न प्रेरित गर्छ। आज विश्वभरका समाजहरू सम्बन्धका विभिन्न चुनौतीहरूसँग जुझिरहेका बेला, वैदिक दृष्टिकोणबाट यस ग्रन्थलाई फेरि अध्ययन गर्दा यसले हामीलाई महत्त्वपूर्ण ऐतिहासिक जानकारी मात्र दिँदैन, बरु सम्बन्धलाई सुमधुर बनाउन व्यावहारिक उपायहरू पनि प्रदान गर्छ। भविष्यमा यसका प्रविधिहरूमा थप वैज्ञानिक अध्ययनहरू भयो भने यस प्राचीन ज्ञानलाई आधुनिक मनोविज्ञानसँग जोड्दै मानव सम्बन्धमा अझ गहिरो अन्तर्दृष्टि प्राप्त गर्न यो सहयोगी हुने छ।