प्रथम क्रियोल नेपाली भाषी अँनलाइन पत्रिका
वैदिक दर्शनमा पञ्च तत्व (Pancha Tatva) र तन्मात्रा (Tanmatra) को अवधारणा अत्यन्तै वैज्ञानिक र अमूर्त सम्भावनाहरु बाट भौतिक सृष्टि (creation) सम्मको परिवर्तनलाई बुझ्नका लागि बलिष्ट आधार दिने गरि स्थापित भएको छ। सांख्य (Samkhya), वेदान्त (Vedanta) र आयुर्वेद (Ayurveda) प्रणाली बुझ्न पञ्च तत्व (Pancha Tatva) र तन्मात्रा (Tanmatra) को अवधारणा बुझ्न अनिवार्य हुन्छ। यो त्यस्तो अबधारणा हो जसले व्यक्तिको चेतना, त्यो संग सम्बन्धित सूक्ष्म इन्द्रिय तत्वहरू (Tanmatras) आदिको सहकार्यमा कसरि व्यक्तिको मनोवैज्ञानिक संरचना तथा भौतिक संरचना निर्माण भएको छ भन्ने दार्शनिक सिद्धान्त दिन्छ। सूक्ष्म इन्द्रिय तत्वहरू (Tanmatras) र व्यक्त भौतिक वास्तविकता (Physical Realities ) बीचको सेतुका रूपमा अव्यक्त चेतना (Conciousness) वा सुचनाले कसरि भूमिका खेल्ने गर्दछ भन्ने प्रष्ट गर्दछ।
सांख्य सिद्दान्तमा पुरुष र प्रकृतिको सम्पर्कबाट सृष्टिको उत्पत्ति हुने कुरा उल्लेख छ। त्यहाँ सृष्टिको उत्पत्ति, संचालन र ध्वंश कसैको इच्छामा आधारित हुने नभएर नियमित रुपमा चल्ने स्वतःस्फूर्त (spontaneous) प्रणाली रहेको समेत प्रष्ट गरिएको छ। सृष्टिको उत्पत्ति प्रक्रियाको पुरुषको प्रकृति संगको सम्पर्कको प्रक्रियालाई "अव्यक्त सृष्टिको व्यक्त हुने चाहना" को रुपमा बुझ्दा यसको व्याख्या सरलीकृत रुपमा सहज हुने गर्दछ।
सूक्ष्म इन्द्रिय तत्वहरू (तन्मात्रा) लाई वैदिक दर्शनमा तन्मात्रा (Tanmatra) भनिन्छ। तन्मात्राको भूमिकाले सृष्टिमा अव्यक्तको व्यक्त हुने चाहना (चेतना) लाई पूर्ण गर्दै अव्यक्त तन्मात्रा गुणलाई व्यक्त भौतिक स्वरूपमा रूपान्तरण गर्ने पूर्ण व्याख्या गरिएको छ। यसअनुसार, सूक्ष्म इन्द्रिय तत्वहरू अर्थात् तन्मात्राहरूले पाँच प्रकारका तन्मात्रा गुणहरू निर्माण गर्न आपसमा अन्तरघुलनको विधि अपनाउँछन्। यो विधि ब्रह्माण्डमा विभिन्न रङहरू मिसिएर फरक रङको प्रकाश निर्माण हुने प्रक्रियासँग सम्बन्धित छ। प्रकाशको सेतो किरणलाई प्रिज्मजस्ता क्रिस्टलले त्यसमा अन्तरघुलित प्रकाशलाई फरक-फरक तरंगदैर्ध्य (Wave Length) अनुसार छुट्याउँछ। यसको विपरीत, फरक-फरक रङका प्रकाशका किरणहरू मिसाएर सेतो प्रकाश पनि निर्माण गर्न सकिन्छ। यसलाई प्रिज्म सिद्धान्त भनिन्छ। वेदान्तअनुसार, सूक्ष्म इन्द्रिय तत्व गुणहरू (तन्मात्राहरू) प्रिज्म सिद्धान्तअनुरूप आपसमा संयोजन भएर पाँच तन्मात्रा गुणहरू निर्माण गर्छन्।
यसरि निर्मित हुने पाँच तन्मात्रा (Five Tanmatras) शब्द (shabda/sound), स्पर्श (sparsha/touch), रूप (rupa/form/color), रस (rasa/taste), र गन्ध (gandha/smell) लाई सूक्ष्म इन्द्रिय तत्वहरूको "सूक्ष्म सार" (subtle essences) वा अनुभूति भनिन्छ। जुन पाँच तन्मात्रा (Five Tanmatras) रुपी अव्यक्त गुण तत्व बाट व्यक्त स्थूल तत्व (Pancha Mahabhutas) निर्माणमा उपयोगमा आउने गर्दछ। यसरि तन्मात्राहरूले अमूर्त गुणहरूलाई (abstract qualities) लाइ भौतिक रूप (tangible forms) मा रूपान्तरण गरेर सृष्टिको निर्माण सम्भव तुल्याएका छन्।
जस अनुसार सूक्ष्म इन्द्रिय तत्व कम्पन वा शब्द (shabda/sound) बाट आकाश (Ether/Akasha) गुण निर्माण हुन्छ। स्पर्श (sparsha/touch) बाट वायु (Air/Vayu) गुण, रूप (rupa/form/color) बाट अग्नि (Fire/Tejas) गुण, रस (rasa/taste) बाट जल (Water/Jala) गुण र गन्ध (gandha/smell) बाट पृथ्वी (Earth/Prithvi) गुण बन्दछ। यो प्रक्रियामा ब्रहमाण्डिय सूचना (Universal information) भौतिक वास्तविकता (physical reality) मा रूपान्तरण हुने प्रक्रिया पुरा हुन्छ। जस्तै उदाहरणको रुपमा उल्लेख गर्दा शब्द (Sound Vibration) बाट आकाशमा तत्व गुण निर्माण हुने गर्दछ जसले आकाश तत्व निर्माणमा मूल भूमिका खेल्दछ। त्यहि आकाश सूक्ष्म इन्द्रिय तत्व स्पर्श (Touch) सँग अन्तरक्रिया गर्दै वायुको निर्माण गर्दछ। आकाश र वायु सूक्ष्म इन्द्रिय तत्वहरु रूप (Rupa/Form/Color) सँग अन्तरक्रिया गर्दै अग्नि गुण निर्माण हुने गर्दछ जसले अग्नि तत्व (Rupa/Form/Color) निर्माणमा मूल भूमिका खेल्दछ। यिनीहरुका कारण नियमित अव्यक्तको व्यक्त हुने चाहना परिपूर्ति हुने गर्दछ।
सांख्य (Samkhya) अन्तर्गत सूक्ष्म इन्द्रिय तत्व गुण मार्फत हुने सृष्टिको विकासक्रमको व्याख्या भेटिन्छ। सांख्य दर्शन (Samkhya Philosophy) अन्तर्गत उल्लेख भएको वर्णन अनुरुप सूक्ष्म इन्द्रिय तत्व गुण अहंकार (Ahamkara/ego-principle) सृष्टिको विकासको क्रममा अव्यक्त गुणको व्यक्त हुने चाहना (चेतना) पुरा गर्न दुई भागमा विभाजित हुन्छ। जसलाई सात्त्विक (sattvic/sensory faculties) गुण र तामसिक (tamasic/Tanmatras) गुण भनिएको छ।
सात्त्विक (sattvic/sensory faculties) भागबाट इन्द्रियहरू (Indriyas/sense organs) उत्पन्न हुन्छन्। इन्द्रियहरू इन्द्रिय विषय (Indriya Vishaya/sense objects) बनाउँछन्। इन्द्रियविषय (Indriya Vishaya/sense objects) को रुपलाइ उदाहरणको रुपमा दिंदा शब्द (Shabda/Sound) श्रवण (सुन्ने) इन्द्रिय (Ear) विषय बन्दछ। त्यस्तै स्पर्श (Sparsha/Touch) छाला इन्द्रिय (Skin) को विषय हुने गर्दछ। रूप (Rupa/Form/Color) नेत्र इन्द्रिय (Eye) विषय, रस (Rasa/Taste) जिव्रोको स्वाद आदि इन्द्रिय (Tongue) विषय तथा गन्ध (Gandha/Smell) नाक संबन्धको गन्ध पहिचान गर्ने इन्द्रिय (Nose) विषय बन्दछ। यसरी हरेक इन्द्रियको (Indriya) इन्द्रियविषय (Indriya Vishaya/Sense Object) निर्माणमा अहंकारको सात्त्विक भागको भूमिका हुन्छ।
इन्द्रियविषय (Indriya Vishaya/sense objects) भन्नाले हाम्रो इन्द्रिय (sense organ) मार्फत जीवले बाह्य वस्तु वारे अनुभूति गर्ने अनुभव रुपी गुणहरू भन्न खोजिएको हो। इन्द्रियहरू जस्तै आँखा, कान, नाक, जिब्रो, छालाको पहिचानको प्रत्यक्ष रूपमा जीवको चेतनाले अनुभुति गर्ने पक्षलाइ शास्त्रले इन्द्रिय विषय भनेको छ। जस्तै हाम्रो आँखा (Eye) ले प्रकाश (Light) लाई ग्रहण गर्छ। प्रकाश (light) नै नेत्र इन्द्रियको विषय (sense object) हो, जसलाई वैज्ञानिक रूपमा "electromagnetic radiation" भनिन्छ, जसको विशेष तरंगदैर्ध्य (wavelength) अनुसार हामी रंग (color) देख्छौं।
प्रकाशको विशेष तरंगदैर्ध्य (wavelength) आफैमा बिशेष प्रकारको कम्पन हो जुन फरक फरक कम्पनको मिश्रण भएर आफ्नो विशेष तरंगदैर्ध्य (Wavelength) को गुण ग्रहण गरेको हुन्छ। हाम्रो कान (Ear) ले ध्वनि तरंग (Sound Waves) ग्रहण गर्छ। ध्वनि तरंग (sound waves) नै श्रवण इन्द्रियको विषय (sense object) हो, जसलाई वैज्ञानिक रूपमा "Air Pressure Vibrations" भनिन्छ। हाम्रो जिब्रो (Tongue) ले विभिन्न स्वाद (Taste) को अणुहरू (Molecules) लाई अनुभव गर्छ। यी स्वादका अणुहरू (taste molecules) नै रस इन्द्रियको विषय (Sense Object) हुन्। हाम्रा टेस्ट बढ (Taste Bud) हरुमा निश्चित तरंगदैर्ध्यको (Wavelength) अनुभूति दिएर हाम्रो चेतनालाइ फरक फरक अनुभूति गराउने गर्दछ।
हाम्रो नाक (Nose) ले गन्धका अणुहरू (Odor molecules) सुँघ्छ। यी गन्धका अणुहरूको कम्पन नै गन्धका इन्द्रियको विषय (sense object) हुन्। त्यस्तै हाम्रो छालाले (Skin) ताप, दबाब, स्पर्श (Temperature, Pressure, Touch) जस्ता भौतिक दबाबमा आधारित विशिष्ट कम्पन गुणहरू अनुभव गर्छ र आफ्नो स्पर्श इन्द्रिय विषयको (sense object) भूमिका पुरा गर्दछ।
अहंकारको तामसिक भागबाट तन्मात्राहरू (Tanmatras) उत्पन्न हुन्छन्। तन्मात्राहरूले स्थूल तत्व (Mahabhutas) निर्माणमा भूमिका खेल्दछ। सांख्य दर्शन अनुसार, प्रकृति-पुरुषको सम्पर्क नभएसम्मको अवस्था सत्त्व, रज, तमको सन्तुलन रहन्छ। प्रकृति (Prakrti) अव्यक्त (unmanifest) वा सुसुप्त अवस्थामा हुन्छ। जहाँ सृष्टिको सम्पूर्ण सम्भावनाहरू बीजरूपमा रहन्छ। प्रकृति-पुरुष को सम्पर्क भएको अवस्थामा पुरुषको (चेतना) उपस्थितिले (अव्यक्तको व्यक्त हुने चाहना) सुसुप्त अवस्थाको सन्तुलनलाई टुटाउँछ। टुटेको सन्तुलनले प्रकृतिको विकासक्रम सुरु गराउँछ। पहिले महत् (Buddhi/Intellect), त्यसपछि अहंकार (Ahamkara/Ego-principle) उत्पन्न हुन्छ।
अहंकार दुई भागमा विभाजित हुदै गर्दा सात्त्विक अहंकारले मन (Manas), ज्ञानेन्द्रिय (आँखा, कान आदि) र कर्मेन्द्रिय (हात, खुट्टा आदि) अनुभूति गुण बनाउँदछ भने तामसिक अहंकारबाट पाँच तन्मात्रा (शब्द, स्पर्श, रूप, रस, गन्ध) उत्पन्न हुन्छन्। यी तन्मात्राहरू पञ्चीकरण (Panchikarana) प्रक्रियाद्वारा मिसिएर पाँच स्थूल तत्व (आकाश, वायु, अग्नि, जल, पृथ्वी) निर्माण गर्दछ।
पञ्चीकरण (Panchikarana) भनेको "पाँचको संयोजन (Combination of Five)" हो। यो प्रक्रियामा प्रत्येक तन्मात्रा (Subtle Element/Tanmatra) आधा भागमा विभाजित हुन्छ र बाँकी आधा भाग अन्य चार तन्मात्राहरू (Tanmatras) बाट समान रूपमा लिएर मिसाइन्छ। यसरी, प्रत्येक स्थूल तत्व (Gross Element/Mahabhuta) मा एउटा प्रमुख तन्मात्रा (Tanmatra) र अन्य चार तन्मात्राहरू (Tanmatras) को अंश समावेश हुन्छ। यस सिद्धान्त (Principle) अनुसार, रूप तन्मात्रा (Form/Color Tanmatra) बाट अग्नि (Fire/Tejas) को निर्माण हुन्छ। अर्थात्, कुनै पनि पदार्थको रूप (Form - रङ्ग र आकार/Color and Shape) को लागि अग्नि (Fire/Tejas गुण अर्थात् ऊर्जा/Energy) ले प्रमुख भूमिका खेल्छ। अग्नि (Fire/Tejas) ले आवाज (Sound - जस्तै आगोको चर्को ध्वनि) उत्पन्न गर्छ। अग्नि (Fire/Tejas) ले ताप (Heat) दिएर स्पर्श (Touch) गुणको निर्माण गर्छ। त्यस्तै, अग्नि (Fire/Tejas) ले पदार्थलाई पचाएर रस (Taste - जस्तै खरानीको कडा स्वाद) बनाउन सक्षम हुन्छ। साथै, अग्नि (Fire/Tejas) ले धुवाँ (Smoke) वा जल्ने गन्ध (Smell) पनि उत्पन्न गर्छ।
गणितीय रूपमा (Mathematically) यसलाई व्याख्या गर्दा, अग्नि (Fire/Tejas) गुण ५०% रूप तन्मात्रा (Form Tanmatra), १२.५% शब्द तन्मात्रा (Sound Tanmatra), १२.५% स्पर्श तन्मात्रा (Touch Tanmatra), १२.५% रस तन्मात्रा (Taste Tanmatra) र १२.५% गन्ध तन्मात्रा (Smell Tanmatra) बाट बनेको हुन्छ। यसले स्थूल तत्व (Gross Element) को गुण निर्माणमा तन्मात्राहरू (Tanmatras) को सहभागिता देखाउँछ।
प्रयोगात्मक रूपमा (Practically) बुझ्दा, आगो (Fire/Agni) सुनौलो, रातो, नीलो वा पहेँलो ज्वालाको रङ्ग र आकार (Form/Color and Shape) मा देखिन्छ। आगो (Fire/Agni) ले पदार्थ जलाउँदा "क्र्याक" जस्तो आवाज (Sound) उत्पन्न गर्छ। आगो (Fire/Agni) को ताप (Heat) ले स्पर्श (Touch) गुण प्रदान गर्छ। आगो (Fire/Agni) ले पकाएको खानामा मिठो वा कडा स्वाद (Taste) अर्थात् रस (Taste) आउँछ। साथै, आगो (Fire/Agni) ले धुवाँ (Smoke) वा कार्बन डाइअक्साइडको गन्ध (Smell) छोड्छ।
यसअनुसार, प्रकृतिमा (In Nature) विविध गुणहरू (Qualities - ध्वनि/Sound, स्पर्श/Touch, रूप/Form, रस/Taste, गन्ध/Smell) पञ्चीकरण प्रक्रिया (Panchikarana Process) मार्फत आपसमा सहकार्यमा रहन्छन्। कुनै पनि तत्व (Element - जस्तै अग्नि/Fire) एक्लै अस्तित्वमा रहन सम्भव हुँदैन, किनभने तिनीहरू एकअर्कामा अन्तर्निर्भर (Interdependent) हुन्छन्। अर्थात्, एउटा तत्व (Element) मा अन्य सबै तत्वका गुणहरू (Qualities) को अंश समावेश हुन्छ। त्यसैले, अग्नि (Fire/Tejas) मा आकाश (Space - शब्द/Sound), वायु (Air - स्पर्श/Touch), जल (Water - रस/Taste) र पृथ्वी (Earth - गन्ध/Smell) को अंश रहेको तथ्य माथिको विवरणले पुष्टि गर्छ।
सूक्ष्म तन्मात्रा (Subtle Tanmatra) बाट स्थूल महाभूत (Gross Mahabhuta) सम्मको निर्माण प्रक्रियामा सृष्टिको जटिलता (Complexity of Creation), अर्थात् ब्रह्माण्डीय चेतना (Cosmic Consciousness) को सक्रियताले व्यवस्थित गरेको हुन्छ। यसका लागि ब्रह्माण्ड (Universe) को निर्माण (Creation), सञ्चालन (Operation) र पुनर्निर्माण (Recreation) को लागि ध्वंस (Destruction) को नियमित प्रक्रिया प्रकृतिको नियम (Law of Nature) अनुसार चल्छ। वेद (Vedas) त्यही ब्रह्माण्डीय निर्माण (Cosmic Creation), सञ्चालन (Operation) र पुनर्निर्माण (Recreation) को संविधान (Constitution) को व्याख्या गर्न समर्पित दस्तावेज हो।
वेदान्त (Vedanta) को दृष्टिकोणअनुसार, यो प्रक्रिया अद्वैत (Non-dual/Advaita) (अविभाज्य एकता/Indivisible Unity) को सिद्धान्तसँग जोडिन्छ, जसअनुसार प्रत्येक तत्व (Element) मा सम्पूर्ण सृष्टिको बीज (Seed of Creation) समाहित हुन्छ। आधुनिक विज्ञान (Modern Science) सँग तुलना गर्दा, यो क्वान्टम फिल्ड सिद्धान्त (Quantum Field Theory) सँग मिल्दोजुल्दो छ, जहाँ फिल्डहरू (Fields - तन्मात्रा/Tanmatras) बाट कणहरू (Particles - महाभूत/Mahabhutas) उत्पन्न हुन्छन्। ती सूक्ष्म कणरूपी तन्मात्राहरू (Subtle Particle-like Tanmatras) रङ्ग (Color) जस्तै गुणमा संयोजन (Combination) र विखण्डन (Dissolution) हुन्छन्, जसले क्रिस्टल (Crystal) को रूपमा काम गरेर एउटा तन्मात्रा (Tanmatra) लाई अर्को तन्मात्रा (Tanmatra) मा रूपान्तरण (Transformation) गर्छ र ब्रह्माण्डीय नियम (Cosmic Law) को पालना गराउँछ।
पञ्चीकरण सिद्धान्त (Panchikarana Principle) अनुसार, सृष्टि (Creation) सूक्ष्म (Subtle) र स्थूल (Gross) तत्वहरूको सहकार्य (Collaboration) को परिणाम हो। जसरी अग्नि (Fire/Tejas) अन्य तत्वहरू (Elements) बिना अधुरो छ, त्यसैगरी वैदिक मान्यता (Vedic Belief) मा "एकं सत् विप्रा बहुधा वदन्ति" अर्थात्, एक सत्य (One Truth) लाई विभिन्न रूपमा (In Many Forms) व्याख्या गर्न सकिन्छ भन्ने सिद्धान्तलाई अनुभव गर्न सकिन्छ।
उदाहरणका लागि, तामसिक अहंकारबाट उत्पन्न शब्द तन्मात्राले आकाश (Ether) बनाउँछ, जबकि सात्त्विक अहंकारबाट कान (श्रवण इन्द्रिय) उत्पन्न हुन्छ। यसरी, भौतिक तत्व र इन्द्रियहरूको उत्पत्ति अहंकारको अलग-अलग पक्षबाट हुन्छ, जसले सृष्टिको जटिलतालाई सूक्ष्म र स्थूल स्तरमा व्यवस्थित गर्दछ।
भौतिक ब्रह्माण्ड (physical universe) दुई मुख्य प्रक्रिया तत्त्वान्तर-परिणाम (tattvantra-parinama / elemental transformation) र धर्मपरिणाम (dharmaparinama / qualitative evolution) बाट उत्पन्न हुन्छ । तत्त्वान्तर-परिणामले आधारभूत तत्त्वहरू (elements) को रूपान्तरण वा परिवर्तनलाई जनाउँछ । धर्मपरिणामले ती तत्त्वहरूको गुण, अवस्था वा स्वभावमा हुने परिवर्तनलाई जनाउँछ। यी दुवै प्रक्रियाले मिलेर सम्पूर्ण ब्रह्माण्डको सिर्जना र विकासलाई सम्भव बनाउँछन्।
उदाहरणका लागि, रूप (form/color) तन्मात्रा (Tanmatra/primordial subtle element) को आधारमा तेजस (Tejas/fire) उत्पन्न हुन्छ। तेजसले प्रकाश (light) र संरचना (structure) दिन्छ। यसरी तन्मात्राबाट (subtle element) तेजस (fire element) बन्नु धर्मपरिणाम (qualitative evolution) हो भने, तत्त्वहरूको आपसी रूपान्तरण तत्त्वान्तर-परिणाम (elemental transformation) को उदाहरण हो। यस अर्थमा, ब्रह्माण्डको विकास तत्त्वहरूको रूपान्तरण (तत्त्वान्तर-परिणाम) र गुण वा स्वभावको परिवर्तन (धर्मपरिणाम) को सहकार्यबाट हुन्छ।
वेदान्त (Vedanta) अनुसार, तन्मात्राहरू (Subtle Elements/Tanmatras) भौतिक पदार्थको "अनिर्णीत अवस्था" (Indeterminate State of Matter) हुन्, जसलाई उन्नत योगीहरूले योग अभ्यासमार्फत प्रत्यक्ष अनुभव (Direct Experience) गर्न सक्छन्।
सृष्टिको (Creation) प्रक्रियामा अमूर्त सम्भावना (Unmanifest Potential) बाट स्पष्ट रूपमा उत्पन्न हुने तन्मात्राहरू (Tanmatras) को महत्त्वपूर्ण भूमिका हुन्छ। आधुनिक विज्ञानले यसलाई क्वान्टम क्षेत्र (Quantum Fields) द्वारा कणहरू (Particles) उत्पन्न गर्ने प्रक्रिया र सूचना सिद्धान्त (Information Theory) मा अमूर्त डेटा (Abstract Data) बाट भौतिक प्रणाली (Physical Systems) को संरचना निर्धारण हुने अवधारणासँग तुलना गरेको छ।
तन्मात्राहरू (Tanmatras) ले "सूचनाको संरचना" (Hierarchical Coding System) को रूपमा काम गरी, इन्द्रिय गुणहरू (Sensory Qualities) मार्फत भौतिक ब्रह्माण्ड (Material Universe) को संरचना निर्माण गर्छन्। वेदान्त (Vedanta) र योग (Yoga) मा भेटिने दार्शनिक ढाँचा (Philosophical Framework) र आधुनिक विज्ञान (Modern Science) को बुझाइअनुसार, वेदका प्राचीन अवधारणाहरू (Ancient Concepts - जस्तै तत्त्वान्तर-परिणाम / Elemental Transformation र धर्मपरिणाम / Qualitative Evolution) र आजका वैज्ञानिक सिद्धान्तहरू (Scientific Theories - जस्तै Quantum Physics, Information Theory) बीच गहिरो समानता देखिन्छ। यसरी, ब्रह्माण्डको उत्पत्ति (Origin of the Universe) र विकास (Evolution) लाई तत्त्वहरूको रूपान्तरण (Elemental Transformation) र गुणात्मक परिवर्तन (Qualitative Evolution) को सङ्गममार्फत हुने गरेको तथ्य वेदान्त (Vedanta) मा स्पष्ट रूपमा व्याख्या भएको छ।