प्रथम क्रियोल नेपाली भाषी अँनलाइन पत्रिका
नेपालमा वैदिक ज्ञान सम्प्रेषणको प्रभावकारी बलियो संयन्त्र मन्दिर रहेको पशुपतिनाथ मन्दिरको प्रभाव बाट पुष्टि हुन्छ। यो मन्दिर शिवको पशुपत रूपलाई समर्पित छ र स्कन्द पुराणमा यसलाई शिवको शिरको रूपमा वर्णन गरिएको छ, जसको शरीर काशी विश्वनाथसम्म फैलिएको छ। पशुपतिनाथ मन्दिर मानव शरीरको प्रतिबिम्ब र जीवनको व्यावहारिक यथार्थको ज्ञान समाजमा गहिरोसँग सम्प्रेषण गर्न समर्पित छ। यसको स्थापना संसारभरका वैदिक समुदायलाई आत्माको दिव्यता र व्यक्तिको समग्र स्वास्थ्यबारे वेदको चुरो ज्ञान वैज्ञानिक रूपमा बुझाउनको लागि भएको देखिन्छ।
पशुपतिनाथमा हुने दैनिक पूजाले वैदिक कर्मकाण्डमार्फत समाजमा जीवनको जीवन्तताबारेको ज्ञानलाई संकेत मार्फत दिइरहेको हुन्छ, जसमा मनोविज्ञानमा शान्ति र आत्माको पर्यवेक्षणको भूमिका झल्काउने दिव्य गुण रहेको छ। नेपालका अन्य धार्मिक स्थलहरू जस्तै स्वयम्भूनाथ र बुढानिलकण्ठ आदि सबैमा पनि वैदिक तत्त्वहरू, पञ्चतत्त्व (पृथ्वी, जल, अग्नि, वायु, आकाश) को सन्तुलनलाई जोड दिने गरी तिनीहरूको संरचना, वस्तु र परम्परागत पूजाआजाको सांस्कृतिक नियोजन गहिरो कारणले स्थापित गरिएको छ।
वेदले व्यक्तिको शरीरलाई जीवित राख्न भूमिका खेल्ने "आत्मा" (soul) लाई "परमात्मा" (divine) को स्वरूप मान्दछ। वेदको ज्ञान बुझाउने उद्देश्यमा, पछि मात्र वैदिक समुदायले निर्माण गरेका सम्पूर्ण मठ, मन्दिरसमेत वेदको मुख्य सन्देश—शरीरका पञ्चतत्त्वबाट बनेको सम्पूर्ण मन्दिर संरचना र त्यसमा अन्तर्निहित जीवनको उद्दारको पक्ष उजागर गर्ने गहिरो अनुभूति दिगो र अटुट रूपमा जनमानसमा रोप्न र धर्म प्रति आस्था र विश्वास टुट्न नदिनुमा केन्द्रित रहेको छ।
मन्दिर र मानव शरीरको बीचमा सम्यक सम्बन्ध रहेको शास्त्रीय प्रमाण छान्दोग्य उपनिषद्को भनाइमार्फत पुष्टि हुन्छ, जहाँ भनिएको छ, "यथा ब्रह्माण्डे तथा पिण्डे" (जस्तो ब्रह्माण्डमा छ, त्यस्तै शरीरमा पनि हुन्छ)। कालान्तरमा "मन्दिर" लाई "ब्रह्माण्ड" को संक्षिप्त स्वरूप मानेर नै बनाइएको धेरै प्रसंग सनातन अभिलेखहरूमा भेटिन्छ, जस्तै शिव पुराणमा। बृहदारण्यक उपनिषद् १.४.१० मा "अहम् ब्रह्मास्मि" (म नै ब्रह्म हुँ) भनिएको छ, जसले मानवलाई ब्रह्माण्डको सूक्ष्म रूप मान्दछ। यसले मन्दिरलाई मानव शरीरको रूपमा हेर्ने आधार दिन्छ, जसले आत्मालाई दिव्य मान्ने वैदिक विचारलाई मजबूत बनाउँछ।
मन्दिरको गर्भगृह शरीरको हृदय जस्तै आत्माको निवासको घोतक हो। अग्नि पुराणले बताउँछ कि मन्दिरको संरचना मानव शरीरको संरचनामा आधारित छ, जस्तै शिखर, मुख्य द्वार, गर्भगृह र "नाडि" (ऊर्जा मार्गहरू) लाई मन्दिरका "पथ" (गलियाराहरू) को रूपमा प्रस्तुत गरिएको छ। शैव मन्दिरहरूमा शिव लिङ्गलाई योनी पीठमा महिला जननाङ्गको प्रतीकको रूपमा राखिन्छ। यिनीहरूलाई गोलाकार आधारमा चित्रित गरिन्छ र यसले जीवन शक्तिलाई प्रतिनिधित्व गर्दछ। पुराणहरू र तन्त्रशास्त्रमा योनीलाई सृष्टिको स्रोत देवीको रूपमा पूजा गरिन्छ। वास्तु पुरुष मण्डलमा वास्तु पुरुषलाई पुरुष रूपमा देखाइए पनि, मन्दिरको समग्र डिजाइनमा यस्ता स्त्री प्रतीकहरूले त्यसको सन्तुलन कायम गर्ने उपाय सुनिश्चित गरिन्छ।
मन्दिर मानव शरीरको "आन्तरिक प्रविधिको व्याख्या गर्ने केन्द्र" र वैदिक काल र त्यसपछिको मनोवैज्ञानिक सवलता दिने स्वस्थ केन्द्रको रूपमा अस्तित्वमा आएको हो। त्यसैले योगशास्त्रले बताउँछ कि जबसम्म शरीर, मस्तिष्क र चित्त शुद्ध हुँदैन, तबसम्म आत्मा प्रकट हुँदैन। वास्तु शास्त्र अनुसार, मन्दिरहरू वास्तु पुरुष मण्डलमा आधारित हुन्छन्, जसले मन्दिरलाई ब्रह्माण्डीय पुरुषको शरीरको रूपमा देखाउँछ।
श्वेताश्वतर उपनिषद ६.११ मा भनिएको छ कि ईश्वर सबैको पर्यवेक्षक र शुद्ध चेतना हो, जसले गुणहरूभन्दा पर रहन्छ। माण्डुक्य उपनिषदमा तुरीय अवस्थालाई आत्माको पर्यवेक्षक रूपमा वर्णन गरिएको छ, जसले जागरण, स्वप्न र सुषुप्तिलाई पर्यवेक्षण गर्दछ। यसले मनोविज्ञानमा वैदिक समझलाई प्रतिबिम्बित गर्छ, जहाँ आत्मा मात्र द्रष्टा हो। वैदिक मनोविज्ञानले शरीर, मन र आत्मालाई एकीकृत गर्दछ, जसले चिन्ता वा अवसाद जस्ता समस्यालाई असन्तुलनको रूपमा हेरिन्छ।
मन्दिरमा गरिने ध्यान, भजन र यज्ञ आत्मा प्रकट हुने हदसम्म शरीर, मस्तिष्क र चित्त शुद्ध गर्ने गरी योजना बनाइन्छ। यसले मनोवैज्ञानिक शान्तिको तहसम्म पुग्ने र मनलाई स्थिर वा शुद्ध गर्न सक्ने उपाय सुनिश्चित गर्दछ। उल्लिखित सबै पक्षहरूलाई समग्र "आन्तरिक इन्जिनियरिङ" (आत्म-परिवर्तन) मार्फत स्वस्थ समाजको विकासमा मन्दिरको स्थापना वैदिक ज्ञानको ज्योति अटुट रूपमा कायम राख्न सक्छ।
पशुपतिनाथ मन्दिरको मूल संरचनामा नदीकूल (जल), ज्योतिर्लिङ्ग (अग्नि/ऊर्जा), चक्र बिचको शिखर (ब्रह्माण्डीय स्तम्भ), वायुमण्डल (वायु), र आकाश-मण्डप (गुम्बज) सबै पञ्चतत्त्व समावेश छन्। स्वयम्भूनाथको गोलो गुम्बजले ब्रह्माण्डको गोलार्ध र मानव मस्तिष्क (सेरेब्रम) बीचको सम्बन्धलाई संकेत गर्छ।
बुढानिलकण्ठको विष्णु शयन मुद्राले मनमा गहिरो शान्ति र सम्पूर्ण शरीरको विश्रामको प्रभावकारिता देखाउँछ। यसलाई आत्मा (पर्यवेक्षक) केवल साक्षीको रूपमा रहने, शिर उच्चतम ध्यानको चिन्ह, हातका कर्मका साधन, पाँखुरा (समर्थन/संरक्षण), र पाउ (पृथ्वीको सम्पर्क) बारे ज्ञान दिने स्थलको रूपमा स्थापित गरिएको छ।
हरेक मन्दिरमा देवता निवास गर्ने मानव शरीरको आधारमा नै शिरलाई मन्दिरको शिखर, हृदयलाई गर्भगृह, नाडिहरूलाई मन्दिरको मार्ग, बाहिरी भागलाई शरीरको छाला/अस्थिको उपमा दिइन्छ। जहाँ शरीरको प्रत्येक अंगलाई एउटा तत्त्वसँग मिलाएर पञ्चतत्त्वको संकेत राखिएको हुन्छ।
विश्वकर्मीय वास्तु शास्त्रका श्लोकहरूमा मन्दिरका भागहरूलाई मानव शरीरसँग तुलना गरिएको छ। यस अनुसार, गर्भगृह महिला अङ्गको प्रमुख प्रतीक हो, जसले सृष्टि र जीवनको पालनलाई प्रतिबिम्बित गर्दछ। मणिपुर चक्रसँग जोडिएको यो भागमा नाभि, गर्भ, र नाभि नालको उल्लेख छ, जुन महिलाको प्रजनन सँग सम्बन्धित हुन्छ।
गर्भगृहलाई मानव शिरसँग समेत तुलना गरिन्छ। शिरले गर्भगृहको भूमिका खेल्दै आत्माको रूपमा निवास गर्ने दिव्य चेतनाको केन्द्रको काम गर्दछ। अन्तराल (प्रवेशमार्ग) संक्रमणको प्रतीक मानिन्छ, र गला शरीर र मनलाई जोड्ने काम गर्दछ।
छाती अर्धमण्डप (आधा-हल) को रूपमा हृदय र श्वाससँग सम्बन्धित हुन्छ, जसले वायु तत्त्वको प्रतिनिधित्व गर्दछ। पेट महा मण्डप (मुख्य हल) हो, र पाचन तथा ऊर्जाको केन्द्रको रूपमा अग्नि तत्त्वसँग जोडिएको हुन्छ।
ध्वजस्तम्भहरू पुरुष अङ्ग र जीवनको वीजको प्रतीक हुन्। गोपुरम (प्रवेशद्वारको टावर) प्रवेश र स्थिरताको प्रतीक हो, र खुट्टा पृथ्वी तत्त्वको आधार मानिन्छ।
सर्पसँग तुलना गरिने कुण्डलिनी शक्तिलाई स्त्री ऊर्जाको रूपमा वर्णन गरिन्छ। मूलाधार चक्रबाट उठेर सहस्रारसम्म पुग्ने विधिले मन्दिरको आधार देखि शिखरसम्म नियमित हुने ऊर्जा प्रवाहको प्रतिबिम्बित गर्दछ। वैकल्पिक रूपमा, व्यक्तिको वैदिक मनोविज्ञानको सबलता संग जोडिएको, व्यक्तिलाई सामान्यतया आफ्नै सुधार गर्न प्रेरित गर्ने आन्तरिक परिवर्तनको प्रवाहलाई कुण्डलिनीमा स्त्री ऊर्जाको रूपमा ग्रहण गरिन्छ।
"तपाईंको शरीर तथा आत्मा नै ईश्वरको मन्दिर हो" भन्ने वेदको मूल विचारलाई मन्दिर संस्कृतिले भौतिक रूप दिएर, समाजको हरेक कुनाकुनासम्म व्यक्तिको आन्तरिक स्वास्थ्यको ज्ञापन र आयुर्वेदको धारणा अनुसार शारीरिक, मानसिक, र आध्यात्मिक सक्षमतालाई आत्मसात गर्न भूमिका खेलेको छ।
परम्परागतबाट आधुनिक समयमा पनि नेपाली समाजमा मन्दिर दर्शन, पूजा, ध्यान आदि जस्ता परम्पराहरू कायम राखिएको छन्, जसमार्फत शरीरको "होलीनेस" (पवित्रता), मनको "प्युरिफिकेशन" (शुद्धिकरण), र आत्माको "विचार अवस्था" (साक्षी चेतना/द्रष्टा स्थिति) को ज्ञान व्यक्तिको जीवनलाई जीवन्त राख्न प्रभावकारी भूमिका खेलिरहेको छ।
वैदिक ज्ञानअनुसार मन्दिरको हरेक भागलाई व्यक्तिको शरीरसँग तुलना गर्दै ऋषिहरूले कसरी मानिसको संरचनासँग मिल्ने गरी मन्दिरको निर्माण गर्ने तरिका उजागर गरे, त्यो पक्ष हाम्रो समाजमा कहिल्यै प्रष्ट रूपमा चर्चा गरिएन। व्यक्ति जब आफ्नो मन, वचन र कर्मले सदैव एकै कुरा गर्ने, सत्य बोल्ने बनेर आफूलाई प्रकृतिमैत्री रूपमा जिउने कलामा निपुण गर्दै कसरी जीवनमा इमानदार भएर आफ्नो आध्यात्मिक, भौतिक र मनोवैज्ञानिक स्वास्थ्यको जगेर्ना गर्न सक्दछ भन्ने वैदिक ज्ञान हाम्रो समाजको भित्री तहसम्म नियमित सञ्चार गर्न किन मठ, मन्दिर, धर्मशाला तथा त्यहाँ नियमित आयोजना हुने योग र सामाजिक परम्पराको चलन स्थापित गरियो, त्यो बारे समेत हाम्रो समाजमा चर्चा हुने गरेको देखिँदैन।
आफ्नो जीवनमा आनन्दित रहेर आफू मानव जीवनमा आउनुको आफ्नो उद्देश्य पूर्ति गर्न व्यक्तिलाई सक्षम र प्रभावकारी बनाउन सफल प्रमाणित भएको वेदको अवधारणा कसरी मन्दिरमार्फत समाजको तल्लो तहसम्म पुर्याउने काम सनातन सम्प्रदायले परम्परागत रूपमा गरिरहेको छ, त्यसको समेत हाम्रोमा लेखाजोखा भएको देखिएन। वेदको अवधारणालाई सनातन कर्मीहरूले किन फेरि फरक हिन्दु धर्म तथा संस्कृतिको नाम दिएर पुरानै परम्परा विभिन्न समुदायको चाहना र जीवनपद्धति मैत्री हुने गरी समाजमा नियमित रूपमा संस्थागत राख्न वैदिक ज्ञानका हस्तीहरूले एकै तथ्यमा विश्वास गर्ने फरक-फरक परम्पराको महसुस गरे र त्यसको स्थापना गरे? उनीहरू सनातन समाजमा धर्म र रीतिरिवाजको आन्तरिक इन्जिनियरिङ गर्दै वेदको ज्ञानलाई विभिन्न धार्मिक उपनिषदका कथा र मठ-मन्दिर निर्माण, त्यसमा गरिने पूजा, आज्ञा, व्रत, ध्यान, योग आदिमार्फत नेपाली समाजको भित्री तहमा पुग्ने गरी वेदको ज्ञान र विज्ञानको व्यावहारिक कथामार्फत निकै पेचिलो र गहन तथ्य उजागर गर्ने गरी समाजको सामाजिक इन्जिनियरिङ गर्न बाध्य भए।
वैदिक ज्ञानअनुसार, मन्दिरलाई मानव शरीरको प्रतिरूप मानिन्छ। त्यही चुरो मर्ममा केन्द्रित हुँदै वास्तुशास्त्र र पुरुष मण्डलको अवधारणामा आधारित गरेर सनातन परम्पराको मन्दिर आदि निर्माण हुने गर्दछ। यो निर्माण प्रक्रिया मानव संरचनासँग पूर्ण रूपमा मिल्दोजुल्दो हुन्छ, जसले दर्शाउँछ कि मन्दिर केवल पूजास्थल होइन, बरु आध्यात्मिक जागरणको प्रतीक हो। वास्तु पुरुष मण्डलले मन्दिरलाई ब्रह्माण्डीय पुरुषको रूपमा चित्रण गर्दछ, जसमा मन्दिरको हरेक भाग मानव शरीरको समकक्षी अंगहरूसँग समान हुने गरी मन्दिरको निर्माण सम्पन्न गरिन्छ।
गर्भगृह: मन्दिरको केन्द्रीय भाग हो, जसलाई मानव शरीरको हृदय वा आत्मासँग तुलना गरिन्छ। जसरी हृदयमा प्राण (जीवन शक्ति) वास गर्दछ, त्यसै गरी गर्भगृहमा देवता (ब्रह्म) को प्रतिमा राखिन्छ, जसले आध्यात्मिक ऊर्जाको केन्द्रबिन्दुको प्रतिनिधित्व गर्दछ। यो भाग अंधकारमय र शान्त हुन्छ, जसले ध्यान र आत्म चिन्तनलाई प्रोत्साहन दिन्छ। चंचल नहुने चित्त जस्तै अवतारमा मात्र अवलोकन कर्ताको रूपमा रहने हाम्रो आत्मा गर्भगृहमा वास हुने गर्दछ।
शिखर: मन्दिरको माथिल्लो भागलाई मानवको शिर (टाउको) सँग तुलना गरिन्छ। कलश वा टावरको रूपमा समेत हेरिने शिखर ब्रह्माण्डीय ऊर्जासँग प्रत्यक्ष जोडिने ऊर्जालाई सहस्रार चक्र (शीर्ष चक्र) को ऊर्जा समेत भन्ने गरिन्छ। जसरी मानिसको टाउको बुद्धि र ज्ञानको केन्द्र हुने विश्वास गरिन्छ त्यसरी नै मन्दिरको माथिल्लो भागले मानवको आध्यात्मिक उन्नतिको यात्राको अवस्थालाई दर्साउँछ।
स्तम्भहरू: मन्दिरका स्तम्भहरूलाई मानवको हात-खुट्टा वा अंगहरूसँग तुलना गरिन्छ। यिनीहरूले मन्दिरको संरचना धारण गर्दछन्, जसरी अंगहरूले शरीरलाई समर्थन दिन्छन्। यिनीहरूले कर्म योगको प्रतीक गर्दछन्, जसले क्रियाशीलताको महत्त्व दर्शाउँछ।
मण्डप: मण्डप (हल वा सभागृह) को भागलाई मानवको पेटसँग तुलना गरिन्छ, जसले पाचन र ऊर्जा वितरणको केन्द्र हुन्छ। मण्डपमा भक्तहरू जम्मा हुन्छन्, जसरी पेटले पोषण ग्रहण गर्दछ। यसलाई स्वाधिष्ठान र मणिपुर चक्रहरूसँग सम्बन्धित ठानिन्छ जुन भावना र इच्छाशक्तिको प्रतीक हो।
भित्ताहरू: मन्दिरका भित्ताहरूलाई छाला वा बाहिरी आवरणसँग तुलना गरिन्छ, जसले भक्तको सुरक्षा गर्दछ। वैदिक बुझाइ अनुसार, यिनीहरूले माया (भ्रम) को प्रतीकको काम गर्दछन् जसलाई पार गरेर मात्र आत्मा ज्ञान प्राप्तिको स्थानसम्म पुग्न सम्भव हुन्छ।
वैदिक ऋषिहरूले मन्दिरको निर्माणकै चरणमा यसको संरचनालाई यसरी डिजाइन गरे कि मन्दिरमा प्रवेश गर्दा भक्तले आफ्नो शरीरलाई नै देवालयको रूपमा अनुभव गर्न सकोस्। त्यहाँ पुगेपछि उसमा आत्म-जागरण मौलाएर जाग्न सकोस्। आफ्नो मानव संरचना रूपी शरीरले ब्रह्मीय ऊर्जासँग जोडिएर जीवनले पवित्रताको चुम्बन गरिरहेको अनुभूति गर्न सकोस्। जसलाई उनीहरूले मन्दिरको वास्तुको नाम दिए।
वैदिक अवधारणामा, व्यक्ति मन, वचन र कर्मको इमानदारीबाट आफूलाई सक्षम र प्रभावकारी बनाउन सक्छ। कर्म सिद्धान्तले विचार (वृत्ति), वचन (वाक्) र क्रियालाई (कर्म) एकीकृत गर्दछ, जसले बलिष्ठ र प्रभावकारी स्नायु (संस्कार) सिर्जना गर्दछ। जसलाई व्यक्तिको मनोविज्ञान र आत्मबल भनिन्छ।
ध्यान र योग अभ्यास जस्ता उपायले मनको विकृति हटाएर मनलाई शुद्ध गरी व्यक्तिले आफ्नो आध्यात्मिक स्वास्थ्य दुरुस्त कायम गर्न सक्दछ। जसले मनोवैज्ञानिक स्थिरताको जन्म दिन्छ। त्यही कारणले उपनिषदहरूमा आत्म चिन्तनमा अधिक जोड दिने गरेको भेटिन्छ। सत्य वचन सामाजिक सद्भाव बढाउन अनिवार्य हुन्छ। जसले भौतिक सफलताको जग निर्माण गर्दछ। गीतामा (१७:१५) सफलता कर्मको रूपले तय गर्ने र धर्म सङ्गत कर्मको उपजले नै व्यक्तिको भौतिक स्वास्थ्य र उसलाई मोक्षतर्फ डोर्याउने आध्यात्मिक सबलता हुने भनिएको छ। जुन व्यक्तिको प्रभावकारी क्षमता निर्माणको जग हुने गर्दछ। व्यक्ति गुण केन्द्रित यो अवधारणाले त्रिगुण (सत्व, रज, तम) को सन्तुलनबाट व्यक्तिको समग्र स्वास्थ्य अवस्थाको सुनिश्चित हुने विश्वास लिने गर्दछ।
सनातन सम्प्रदायले वैदिक ज्ञान समाजको तल्लो तहसम्म नियमित पुग्ने सुनिश्चितता गर्न विविध वैदिक चाडवाड, यज्ञ, कर्मकाण्ड, पूजा-आजा, ध्यान, योग, व्रत आदि जस्ता विषय हाम्रो परम्परामा सामाजिक इन्जिनियरिङमार्फत एकीकरण गरी व्यावहारिक ज्ञान सहज हाम्रो समाजमा पुग्ने विकल्पको निर्माण गरेको छ। उदाहरण दिएर चर्चा गर्दा मन्दिरहरूमा देखिने चक्रहरूको प्रतीकले व्यक्तिलाई जीवनको चुरो जरुरतको पक्ष सम्झाउने गर्दछ, जसको ग्रामीण स्तरसम्म गहिरो प्रभाव छोडेको भेटिन्छ।
ऋषिहरूले महसुस गरे कि शुद्ध दर्शन लेखेर त्यसलाई आवाज वा किताबमा कैद गरी समाजमा छोडिदिएर मात्र समाज सुमार्गमा चल्न सक्दैन रहेछ। त्यसका लागि उपनिषदमा रहेका कथाहरू जस्तै नचिकेता कथा आदि समेत व्यक्तिको कान कानसम्म पुग्न जरुरी हुन्छ। जसले गर्दा व्यक्तिले सरल र सहज भाषामा आफूले आफ्नो जीवनको पहिचान गर्न सक्दछ। आफूलाई चिनेको व्यक्तिले मात्र आफ्नो जीवन अस्तित्वमा आउनुको कारण र उद्देश्य बुझ्दछ। जसले उसलाई आफ्नो जीवन यापन गर्ने आदर्श मार्ग छनोट गर्न सहयोग गर्दछ।
त्यही अनुभूतिले मन्दिर निर्माण, पूजा-आराधना, व्रत, ध्यान, योगलाई सनातन संस्कृतिको पक्ष र जीवन पद्धतिसँग उनीहरूले इन्जिनियरिङ गर्नुपर्ने जरुरतको महसुस गरे। त्यही कारण सनातन वैदिक ज्ञानले ओतप्रोत भएको रीति रिवाजको नेपाली समाजको संस्कृतिसँग एकीकृत गर्ने शुभ कर्म सम्पन्न हुन पुग्यो। जस्तै दसैँ-तिहार कर्मको महत्त्व बुझ्ने अवसरको रूपमा मनाउने चलन चलाइयो। आत्म जागरणको लागि पशुपतिनाथ मन्दिर जस्ता स्थानमा मार्मिक कथा समेतको खटनसहित चक्रको स्थापना गरियो। यसले वेदमा रहेको दिव्य ज्ञानलाई समाजको भित्री तहसम्म नियमित रूपमा सुचारु रहेर पुर्याउन ठूलो भूमिका खेल्यो। जसले सनातनी समाजमा सामाजिक स्थिरता र आध्यात्मिक उन्नतिको मात्र नभएर आर्थिक र वैज्ञानिक उन्नतिको अवसरको समेत सुनिश्चित गरिदियो।
कठोपनिषदमा रहेको मृत्युको रहस्य र आत्मज्ञानको महत्त्व समाजमा पुर्याउन ऋषिहरूले सरल रूपको नाचिकेताको कथा संलग्न गरे। एक समयमा वाजश्रवा नामका ऋषिले आयोजना गरेको यज्ञमा आफ्ना पुराना र कम उपयोगी वस्तुहरू दान दिन थाले। यो देखेर उनका छोरा नाचिकेतालाई दुःख लाग्यो र उनले बुबालाई दान दिने वस्तु उपयोगी हुनुपर्ने बताए। बुबा सहमत नभएपछि नाचिकेताले आफूलाई यमलाई दान दिन आग्रह गरे। क्रोधित बुबाले "हुन्छ! ठीकै छ, तिमीलाई पनि मृत्युलाई दान दिन्छु" भनी संकल्प गरे।
नाचिकेता यमको घर गए र तीन दिनसम्म यमलाई पर्खे। यम फर्किएपछि आफ्नो अतिथि तीन दिनसम्म भोकै रहेकोमा दुःखी भई उनलाई तीन वरदान माग्न भने। नाचिकेताले पहिलो वरदानमा आफ्नो बाबुसँग क्रोध नराख्न र मिलन गराइदिन अनुरोध गरे, जुन यमले स्वीकारे। दोस्रो वरदानमा "स्वर्गमा पुग्ने अग्नि विद्या सिक्ने" इच्छा जाहेर गरे र यमले उनलाई अग्नि विद्या सिकाए, जसपछि उनी नाचिकेत अग्नि नामले चिनिए। तेस्रो वरदान माग्दै नाचिकेताले भने, "मृत्युपछि के हुन्छ? आत्मा के हो? त्यो मलाई सारमा मैले बुझ्ने गरी बताउनुहोस्।" यमले पहिले टार्न खोजे पनि नाचिकेताको जोडले त्यो सम्भव भएन। अन्तमा यमले अत्यन्त सरल भाषामा उनलाई सम्झाए: "शरीर मर्छ, तर आत्मा अमर रहन्छ। अमर प्रकृतिको शुद्ध आत्मा ब्रह्मसँग एक हुन्छ। भौतिक सुखहरू जीवनका भ्रम हुन्। तिनीहरूले मानिसलाई सत्य ज्ञान प्राप्त गर्नबाट वञ्चित गर्न भ्रम पैदा गर्दछन्, जब त्यो भ्रमबाट व्यक्ति मुक्त हुन्छ तब ऊ सत्य ज्ञानसँग परिचित हुन्छ जसले उसलाई आफ्नो जीवनमा मुक्ति दिलाउने गर्दछ। योग र ध्यानलाई व्यक्तिले आत्मा चिन्नका लागि सहयोगी उपायको रूपमा उपयोग गर्न सक्दछ।" नाचिकेताले यो ज्ञान लिएर आफ्नो घर फर्किए र आफ्नो घर र समाजमा फैलाए। त्यसैबाट आफू पनि अमर बने, मुक्त भए।
यसरी एक पात्रको जीवनीको कथामार्फत जीवन र मृत्युको रहस्य तथा आत्मज्ञानको महत्त्व मन्दिरहरूमा चर्चा हुने कथाको रूपमा संस्थागत गरी समाजमा दिव्य ज्ञान सम्प्रेषण गर्ने उपायको रूपमा ऋषिहरूले सनातन संस्कृति सनातन समाजमा स्थापना गरे।
हाम्रो परम्परामा वैदिक ऋषिमुनिहरूको प्रयासमा वैदिक ज्ञानको भएको सामाजिक इन्जिनियरिङको पक्ष निकै जटिल र गहन छ। यसले हरेक व्यक्तिसम्म जीवनको भ्रम (माया) लाई पार गरेर परम सत्य (ब्रह्म) सम्म पुग्ने बाटोबारेको विकल्प पुर्याउन सफल बनेको छ। नेपाली संस्कृतिको हरेक पक्षमा वैदिक ज्ञानको गहनता जोडी दिएर वैदिक जीवनलाई प्रकृतिमैत्री जीवन जिउने कलाको रूपमा विकसित गरिदिएको छ। केवल किताब वा ग्रन्थमा सीमित होइन, बरु जीवन्त समाजको इन्जिनमा वैदिक ज्ञानको रस मिलाई दिएर सरल भाषामा जीवनको मूल्य आफ्नै जन्मस्थानमा सीमित रहेर प्राप्त गर्न सकिने विकल्पको उपलब्धता गराई दिएका छन्।
हाम्रो समाजमा रहेको एक साधारण व्यक्ति जसलाई मन्दिरहरू किन बनेका छन् वा तिनीहरू किन प्राचीन सम्पदा जस्ता लाग्छन् भन्ने थाहा छैन, तिनीहरू जब हाम्रा पूर्वजहरूको लागि अमूल्य खजानाको रूपमा हाम्रो समाजले प्राप्त गरेको परम्परागत मन्दिर र धर्मालयहरूमा जब पुग्दछन् तब उनीहरूलाई आफ्नो दैनिक जीवनमा मिसिएर रहेको वैदिक ज्ञानको उपहाररूपी चेतनालाई भ्रमबाट मुक्ति लिने र आफ्नो आध्यात्मिक उन्नति गराउने विकल्प रहेको सन्देश प्राप्त हुन्छ। यसलाई स्पष्ट पार्नका लागि हाम्रा मठ-मन्दिरहरूमा मुख्यतः पाँचवटा मुख्य जीवन्त र उपयोगी दिव्य पक्ष हुने गर्दछन्:
दैनिक पूजाको माध्यमबाट अनुशासन: एक किसान वा मजदुर जो किताब पढ्न सक्दैन, ऊ मन्दिरमा गएर दैनिक पूजा गर्छ। पूजाले उसलाई मन, वचन र कर्मबाट नै व्यक्ति इमानदार हुन पर्ने गहिरो ज्ञान सिकाउँछ। सहज रूपमा प्रस्तुत गरिने वैदिक ज्ञान सुनेर उसले भ्रम (माया) लाई पार गर्न नियमित अभ्यासलाई पहिचान मात्र गर्दैन त्यो आफ्नो जीवनमा कसरी लागु गर्ने भन्ने समेत सिक्न सक्दछ। यसलाई सरल रूपमा पहिचान गर्न सक्ने ऊर्जा र शान्ति मन्दिरको संरचना हेरेर, बुझेर, अनुभूति गरेर प्राप्त गर्न सक्दछ। जसले उसको दैनिक जीवनलाई गहिरो अनुभूतिको प्रभाव दिन्छ। हिजो दुःखको कारण खोज्न भौतारिएको त्यो भक्त आज आफूभित्र नै रहेको सुखको पहिचान गर्न सक्दा अन्य दुःखी र दर्दमा रहेकाहरूका लागि आफ्नो अज्ञानबाट मुक्त हुने उपाय सिक्ने प्रेरणाको स्रोत बन्दछ।
चाडपर्वबाट पारिवारिक एकता र सामाजिक सद्भाव: दशैं जस्ता चाडपर्वहरूमा मन्दिरमा गएर टीका लगाउने र आशीर्वाद लिने परम्परा वैदिक कर्म सिद्धान्तबाट आएको हो जुन एक साधारण गाउँलेलाई थाहा नहुन सक्छ। तर पनि मन्दिरले, नव रात्रिको पूजा आराधनाको मर्म बुझ्न पाउँदा त्यो व्यक्तिमा भ्रम (अहंकार) लाई पार गरेर ब्रह्म (एकता) तर्फ पुग्ने मार्गबारे ज्ञान हुन पुग्दछ। परिवार जम्मा भएर पूजा गर्दा बढ्ने सामाजिक सद्भावले नेपाली संस्कृतिको हरेक पक्षमा जेलिएर रहेको वैदिक गहनताको उसमा उजागर गरिदिन्छ।
मन्दिर संरचनाबाट आत्म-हेरचाहको ज्ञान: मन्दिरको संरचनाको जसरी हेरचाहको जरुरत हुन्छ त्यसरी नै व्यक्तिले आफ्नो शरीर र मनको हेरचाह अनिवार्य रहेको ज्ञान मन्दिरमार्फत पाउने गर्दछ। मन्दिरको गर्भगृह हृदय जस्तो र शिखर टाउको जस्तो हुन्छ भन्ने सुन्दै गर्दा वैदिक मान्यता अनुसार शरीर नै देवालय भएको र आफ्नो पुर्खालाई त्यो सहज रूपमा सम्झाउन उनीहरूले मन्दिरको परम्परा चलाएको सूचनाले उनीहरूलाई आफूलाई आफ्नो भौतिक, आध्यात्मिक र मनोवैज्ञानिक स्वास्थ्य केन्द्रित रहनु पर्ने तर्फ समेत सचेत गरिदिन्छ।
कथा र कथनबाट जीवन जिउने कला: मन्दिरमा उपनिषदका कथाहरू जस्तै 'नाचिकेतास' को कथा सुनाइने गरिन्छ। जसले ब्रह्म के हो, आत्मा के हो, नारी किन पूज्य हुन्छिन्, पुरुष र चेतना किन व्यक्तिको जीवनको महत्त्वपूर्ण पक्ष हुन गयो आदि जस्ता गहिरा विषय निकै सरल भाषामा मानिसहरूले बुझ्न सक्दछन्। एक साधारण श्रमिकसँग किताब पढ्ने अवसर नहुन सक्दछ, तर मन्दिरको तौर तरिका, वैदिक ज्ञान आफ्नै जीवन ज्ञानको वृत्तान्त दिने स्थान हो भन्ने बुझ्ने बित्तिकै त्यहाँको गतिविधि हेरेर मात्र पनि उसले आफ्नो जीवनलाई कसरी जीवन्त बनाउने भन्नेबारे उसलाई जरुरत पर्ने जति ज्ञान प्राप्त गर्न सक्दछ।
योग र ध्यानबाट मनोवैज्ञानिक स्वास्थ्य: व्यक्ति मन्दिर परिसरमा योगा वा ध्यान गर्न जाने गर्दछ। योगमा व्यक्तिले कुनै कुरा प्राप्त गर्ने होइन कि आफूमा भएको खराब फोहोर आफूबाट फालेर आफूलाई साफसुथ्रो राख्ने विधि हो। ध्यान र प्रार्थना समेत कसैसँग केही माग्ने वा प्राप्त गर्ने कर्म होइन। केवल आफ्नो जीवनलाई चिन्ने र आफूलाई जीवन दिएर आफूले संसारको अनुभूति गर्न पाएको अवसरमा प्रकृतिप्रति धन्य रहने र मौन रहेर विगतको खराब अनुभवले दिने डिप्रेसन वा चिन्ता र भोलिको जीवनको असुरक्षाले दिने एन्जाइटी वा डर मुक्त भएर तत्कालमा जिउन सिक्ने कला हो। यस्तो समय जहाँ कसैसँग केही गुनासो छैन, कसैलाई केही सुनाउनु छैन, कसैबाट कुनै कुरा प्राप्तिको आकांक्षा समेत छैन छ त मात्र आफूलाई जे मिलेको छ त्यसैमा सन्तुष्ट बनी जीवन जिउन पाएकोमा भगवान्सँग धन्य बन्ने, प्रसन्न रहने अवस्था।
नेपालका प्राचीन मन्दिरहरूमा काठका टुँडालहरू (struts) र अन्य स्थापत्य कलामा कुँदिएका कामुक नक्काशीहरूले (काष्ठकला, मूर्ति कला, उत्कीर्ण कला, खोपिएको बुट्टा - engraving, sculpture, relief, etching or carving) हाम्रो सांस्कृतिक र धार्मिक इतिहासको एक रोचक पक्षलाई उजागर गर्दछन्। यी नक्काशीहरूले यौन क्रियाकलाप, मैथुनका दृश्यहरू र विभिन्न यौन आसनहरूलाई स्पष्ट रूपमा चित्रण गरेका हुन्छन्। वैदिक ज्ञानको सन्दर्भमा, यी चित्रहरूले जीवनको निरन्तरता, सृष्टिको चक्र र मानव अस्तित्वको समग्रतालाई प्रतिबिम्बित गर्दछन्। यी नक्काशीहरू मुख्य रूपमा काठका टुँडालहरूमा कुँदिएका हुन्छन् र मन्दिरको छानालाई अड्याउने काम गर्दछन्। ऐतिहासिक रूपमा, यी १६औँ शताब्दीमा फस्टाएका थिए, जसमा जोडीहरू विभिन्न आसनमा संलग्न भएका दृश्यहरू चित्रित छन्।
पशुपतिनाथ मन्दिर (काठमाडौँ) परिसरमा विभिन्न साना मन्दिरहरू र पाटी-पौवाहरूका टुँडालहरूमा कामुक नक्काशीहरू प्रशस्त छन्। उदाहरणका लागि, विश्वरूप मन्दिर र मुख्य मन्दिर वरिपरिका संरचनाहरूमा सामान्य मैथुन देखि पशु-मानव संभोगका काल्पनिक दृश्यहरू र सामूहिक यौन क्रियाकलापहरू समेत चित्रित छन्। यो ५औँ शताब्दीको मन्दिर हो र युनेस्को विश्व सम्पदा स्थलमा सूचीकृत छ। भक्तपुर जिल्लामा अवस्थित चाँगुनारायण मन्दिरमा पनि टुँडालहरूमा यौन र प्रजननसम्बन्धी नक्काशीहरू छन्। यो नेपालको सबैभन्दा पुरानो मन्दिरमध्ये एक हो र यसमा काठका कलाकृतिहरूले सृष्टिको महत्त्वलाई झल्काउँछन्। भक्तपुर दरबार स्क्वायरमा पशुपतिनाथ मन्दिर, दत्तात्रय मन्दिर, भैरवनाथ मन्दिर र भद्रकाली मन्दिर जस्ता संरचनाहरूमा कामुक नक्काशीहरू छन्।
पशुपतिनाथ मन्दिरको छानाका टुँडालहरूमा रहेका यौन दृश्यहरूले हाम्रो परम्परागत वैदिक समाजको यौनसम्बन्धी खुलापनलाई देखाउँछन्। भक्तपुरमा पाँचवटा मन्दिरहरूमा यस्ता नक्काशीहरू छन्। काठमाडौँ उपत्यकाका इन्द्रचोकमा रहेको आकाश भैरव मन्दिर र जगन्नाथ मन्दिरमा पनि यस्ता नक्काशीहरू पाइन्छन्। यी चित्रहरूले कलात्मक प्रदर्शन मात्र नभई दार्शनिक अर्थ बोकेका छन्, जसले यौनलाई सृष्टिको प्रतीकका रूपमा हेर्छन्। यी नक्काशीहरूले तत्कालीन समाजमा यौनलाई सार्वजनिक रूपमा स्वीकार गरेको प्रमाणित गर्दछन्। जसलाई युनेस्कोले पनि सांस्कृतिक सम्पदाका रूपमा मान्यता दिएको छ।
वैदिक ज्ञानअनुसार, यी नक्काशीहरूले सृष्टिको चक्र, प्रजनन र मानव जीवनको समग्रतालाई झल्काउँछन्। प्राचीन ऋषिहरूले मन्दिर डिजाइनमा यस्ता चित्रहरू समावेश गर्नुका विभिन्न कारणहरू छन्। वेदले पुरुष र प्रकृतिको मिलनलाई सृष्टिको आधार मान्दछ, र यौन क्रियाकलाप यसको अपरिहार्य अंश हो। मन्दिरहरूमा यस्ता नक्काशीहरूले जीवनको निरन्तरतालाई प्रोत्साहन गर्दछन्। वैदिक समाजमा यौनलाई स्वाभाविक पक्षका रूपमा स्वीकार गरिन्थ्यो।
मन्दिरहरू सबै मानिस जाने ठाउँ भएकोले, त्यहाँ कुँदिएका यी नक्काशीहरूले यौनबारे सङ्कोचले लुकाइने पक्षबारे समाजमा निःसङ्कोच कुराकानी हुन नसक्दा उत्पन्न हुन जाने अफवाह र गलत दृष्टिकोण चिर्न सबैलाई यसको सही जानकारी दिने काम गर्थे। यौन शक्तिलाई शरीरभित्रको एउटा विशेष ऊर्जा (कुण्डलिनी शक्ति) को रूपमा हेर्ने प्राचीन तन्त्र विद्या (Tantra Vidhya) मानिसलाई आध्यात्मिक रूपमा अगाडि बढ्न मद्दत गर्दछ। यौन ऊर्जा कि सन्तान उत्पादन जस्तो पवित्र उद्देश्य पुरा गर्न सक्ने सम्भोगको अवसरको सदुपयोगमा लगाउन वा त्यसलाई योग-ध्यान मार्फत आध्यात्मिक विकासमा रूपान्तरण गरी आध्यात्मिक जागरणको उत्पादनमा खर्च गर्ने सन्देश मन्दिरहरुले दिने गर्दथ्यो। कुँदिएका चित्रहरूले भक्तहरूलाई कि त आफ्नो यौन इच्छालाई पूर्ति कि आध्यात्मिक विकासमा प्रयोग गर्न सिकाउँथे। उक्त नक्काशीहरूले आफ्नो वंश निरन्तर कायम गर्नु पर्ने मानव धर्म पुरा गर्न सन्तान जन्माउनु भनेको हाम्रा पुर्खाहरूले हामीलाई दिएको जीवनको ऋण तिर्नु हो भन्ने कुरा पनि सम्झाउँने गर्दछ।
वेदहरूमा यौन र प्रजननलाई धार्मिक कर्तव्यका रूपमा वर्णन गरिएको छ। यी श्लोकहरूले जीवनको सन्तुलित दृष्टिकोण प्रस्तुत गर्दछन्। ऋग्वेद १०.८५.३८ (सूर्या-सूक्त) भन्छ: "प्रजापते न त्वदेतान्यन्यो विश्वा जातानि परि ता बभूव। यत्कामास्ते जुहुमस्तन्नो अस्तु वयं स्याम पतयो रयीणाम्॥" यो श्लोकले प्रजनन सृष्टिको अनिवार्य आवश्यकता रहेको दृष्टिकोण दिँदै प्रजनन कामनालाई सृष्टिको निरन्तरताका लागि चाहिने कुराका रूपमा स्वीकार गर्दछ। अथर्ववेद १४.२.७१ (विवाह सूक्त) ले भन्छ: "इमं त्वमिन्द्र मीढ्वः सुपुत्रां सुभगां कृणु। दश पुत्राना धेहि पतिमेकादशं कृधि॥" यसले विवाह (र अविवाहित) यौन क्रिडा आदिको मुख्य उद्देश्य सन्तानोत्पत्ति हो भन्दछ। बृहदारण्यक उपनिषद् ६.४.४ ले भन्छ: "स्त्रियै यत्काममाकामयते पुमान्, तद्रेतः सिञ्चति।" यो श्लोकले यौन इच्छा स्वाभाविक प्राकृतिक प्रक्रिया रहेकोले यसलाई स्वीकार्न भन्दछ। यी वैदिक श्लोकहरूले यौनलाई धर्म, काम र मोक्ष (Moksha) को एक अभिन्न अंगका रूपमा हेरेर, व्यावहारिक भई, संकीर्ण नबनेर, उत्ताउलो समेत नभई यौन कर्मको अवसरलाई ईश्वरले दिएको उत्कृष्ट उपहारको रूपमा स्वीकारेर दृढतापूर्वक सहभागी हुँदै सन्तुलित जीवनको यात्रामा अघि बढ्न समाजका उत्पादनशील उमेरका युवा युवतीहरूलाई प्रेरित गर्दछन्।
वैदिक परम्परामा वंश चलाउन 'नियोग' (Niyoga) चलन थियो। यसअनुसार सन्तान नभएकी महिलाले आफ्नो सन्तान उत्पादन गर्ने धर्मको निर्वाह पूरा गर्न चाहेमा अर्को पुरुषबाट सन्तान जन्माउने अनुमति प्राप्त थियो। यदि कुनै महिलाले अर्को पुरुषलाई यस्तो अनुरोध गर्छिन् भने, त्यसलाई अस्वीकार गर्नु पाप मानिन्थ्यो। मनुस्मृति ९.५९ मा भनिएको छ "अनपत्यस्य भार्यैषा पुत्रार्थं संप्रयच्छति। क्षेत्रजं पुत्रमन्विच्छेत्ततोऽस्योपदिशेद्ध्वजम्॥" यसको अर्थ हो, सन्तान नभएकी पत्नीले पुत्र (छोरा/छोरी) पाउनका लागि अर्को पुरुषसँग सम्बन्ध राख्न सक्छिन्। यदि उनलाई पुत्र (छोरा/छोरी) चाहिएको छ भने, उनले अर्को पुरुषबाट सन्तान प्राप्त गर्न सक्छिन्।
गौतम धर्मसूत्रको १८औँ अध्यायको ४-६ श्लोकहरूले यस विषयलाई थप स्पष्ट पार्दछ। १८.४: अपतिरपत्यलिप्सुर्देवरात्। यसको अर्थ हो, पति गुमाएकी (विधवा) र सन्तानको चाहना भएकी स्त्रीले आफूले मनले खाएको पुरुषबाट सन्तान प्राप्त गर्न सक्छे। १८.५: गुरुप्रसूता नर्तुमतीयात्। यसको अर्थ हो, महिलाले आफ्ना गुरुजन (ठूला-बडा वा अभिभावक) को अनुमति लिएर मात्र सन्तान प्राप्तिको प्रक्रिया अघि बढाउनु उत्तम हुन्छ। यस्तो सन्तान प्राप्तिका लागि उसले आफ्नो मनको भित्री आवाजलाई सुन्नु पर्दछ। प्रजननयोग्य उत्पादनशील अवधिमा पिण्ड, गोत्र र ऋषि-सम्बन्ध बाहिरको मनले खाएको व्यक्तिसँग आफ्नो उद्देश्य पूर्तिको लागि सहवास गर्ने चाँजोपाँजो मिलाउन सक्रिय रहनुपर्दछ। १८.६: पिण्डगोत्रर्षिसम्बन्धेभ्यो योनिमात्राद् वा। यसको अर्थ हो, ठ्याक्कै मनले खाएको त्यस्तो व्यक्ति उपलब्ध नभएमा वा त्यस्तो प्रयास सफल नभएमा अन्य पुरुषलाई विकल्पमा उपयोग गर्नु उत्तम हुन्छ। यस्तो सम्भोगका लागि समेत पिण्ड, गोत्र र ऋषि-सम्बन्ध बाहिरको पुरुष हुनु जरुरी हुने भनिएको छ।
त्यस्तो अवस्थामा परपुरुषबाट जन्मेको पुत्र (सन्तान) को वंश चिन्ह (ध्वजा) लाई मान्नुपर्छ भन्ने नियोगको मान्यता थियो। यसको अर्थ जुन पुरुषको वीर्यबाट सन्तान उत्पन्न भएको हो, त्यसले सोही पुरुषको वंशको पहिचान वा नामलाई अगाडि बढाउँनु पर्दछ। त्यसैले विवाहित परम्पराको सम्मानका लागि विवाहित पुरुषको नभएर अन्यको वीर्यबाट उत्पन्न भएको सन्तानलाई राज्यको झन्डाजस्तै राष्ट्रको प्रतीकको रूपमा शास्त्रले स्वीकारेको अवस्था हो।
सार्वजनिक रूपमा आफू अत्यन्त नैतिकवान् र इमानदार रहेको भनी खोक्ने तर आँखा छल्न पायो भने नैतिक, अनैतिक जे पनि अपराध गर्न तम्सिने वृति बोकेको पात्रहरू आजको हाम्रो समाजमा उल्लेखनीय सङ्ख्यामा भेटिने गर्दछ। गोप्य रूपमा पोर्नोग्राफी हेर्ने र अनैतिक यौन शोषणमा संलग्न हुने प्रवृत्ति बोकेको आजको हाम्रो समाज हिजोको हाम्रो परम्पराको विपरीत गएर नारी र पुरुष दुवैको समान यौन अधिकार र यौन अनुशासनको विषयमा निकै सङ्कीर्ण बनिरहेको छ। नेपालमा, २०२५ को एक अध्ययनअनुसार काठमाडौँका स्नातक विद्यार्थीहरूमा १७.२% ले जोखिमपूर्ण वा उच्च पोर्नोग्राफी उपभोग (pmc.ncbi.nlm.nih.gov) गरिरहेको तथ्य सार्बजनिक गर्यो। । अर्को २०२४ गरिरहेको तथ्य सार्बजनिक गर्यो। अध्ययनमा ५६.७% ले (medrxiv.org) पोर्न हेर्ने गरेको एकिन रिपोर्ट दियो।
जीवन जिउने क्रममा व्यक्तिले आफूले आफूलाई अर्काको अघि आफ्नो चरित्र विपरीत आफूलाई प्रस्तुत गर्न लिएको दोहोरोपनको लागि उसले खर्चने मनोवैज्ञानिक ऊर्जा उसमा सञ्ज्ञानात्मक असामञ्जस्य (Cognitive Dissonance) जस्ता आत्मागत मनोगत विकृति अर्थात् मनोवैज्ञानिक विकार (psychological disorder) निम्त्याउने कारक बनिरहेको छ। ती पात्रहरूको अन्तर्मनको अपराध बोध र आत्म-घृणा (self-loathing) को कारण समाजमा मनोवैज्ञानिक विकार फैलिएर समाजलाई भयावह बनाइ रहेको छ। वेदको ज्ञान र मान्यता विपरीत यौन शिक्षालाई समाजको स्वतन्त्र चर्चाको विषय हुन वाट जति रोक्यो, त्यसमा जति धेरै अवैज्ञानिक प्रतिबन्ध थोपर्यो त्यसले त्यति धेरै यौन हिंसा र असुरक्षित यौन अभ्यास समाजमा बढाउँदै लगिरहेको छ।
आधुनिक समाजको देखावटी यौन नैतिकता वैदिक कालको खुला दृष्टिकोणको यौन नैतिकता भन्दा अत्यन्त घटिया बनेको छ। वैदिक समाजमा यौनलाई सृष्टिको आधार मानिन्थ्यो। वैज्ञानिक दृष्टिकोणमा यौन विकासवादी जीवविज्ञानको (evolutionary biology) र जीवनको अस्तित्वको अनिवार्य पक्ष मान्दछ। मनोविज्ञानको (psychology) दमनले व्यक्तिमा डिप्रेसन (depression) निम्त्याउने बताउँछ।
आयुर्वेदका अनुसार, यौन तृप्ति नहुनु वा असन्तुष्टि (sexual dissatisfaction) ले व्यक्तिमा विभिन्न मनोवैज्ञानिक विकार (psychological disorders) निम्त्याउन सक्छ। जब कामेच्छा (libido) र यौन ऊर्जालाई दबाएर राखिन्छ वा असन्तुलित रूपमा व्यवस्थापन गरिन्छ, तब यसले शरीरका धातुहरू (ऊतकहरू) मा नकारात्मक प्रभाव पार्छ। यसको परिणाम स्वरूप व्यक्तिमा चिन्ता (anxiety), तनाव (stress), डिप्रेसन (depression), अनिद्रा (insomnia), चिडचिडापन (irritability) जस्ता समस्याहरू देखिन सक्छन्। आयुर्वेदले मन र शरीरबीचको गहिरो सम्बन्धलाई स्वीकार गर्छ, त्यसैले यौन असन्तुष्टिले शारीरिक र मानसिक दुवै स्वास्थ्यमा असर गर्छ भन्दछ। उदाहरणका लागि, क्रोनिक (chronic) यौन असन्तुष्टिले 'अपस्मार' (epilepsy जस्तो अवस्था) वा 'उन्माद' (mental instability) जस्ता अवस्थामा समेत योगदान पुर्याउन सक्ने आयुर्वेदको मत छ।
आयुर्वेदमा, यौन रस वा वीर्यलाई शरीरको सात धातुमध्ये एक 'शुक्र धातु' को रूपमा लिइन्छ। पुरुषमा वीर्य र महिलामा 'आर्तव' (प्रजनन तरल पदार्थ) शरीरको सबैभन्दा परिष्कृत र शक्तिशाली ऊर्जा शुक्र धातु हो। रस, रक्त, मांस, मेद, अस्थि, मज्जा धातुको पोषणबाट अन्तमा शुक्र धातु बन्ने हुनाले शुक्र धातुलाई सम्पूर्ण शारीरिक र मानसिक शक्तिको सार हो। शुक्र धातुले प्रजनन रस मात्र नभई रोग प्रतिरोधात्मक शक्ति र जीवनशक्ति ओजस् (Ojas) को समेत उत्पादन गर्दछ। यौन धातुको उचित व्यवस्थापनबाट प्राप्त हुने उच्चतम ऊर्जाले व्यक्तिको शारीरिक शक्ति, मानसिक स्पष्टता र आध्यात्मिक कल्याणलाई बढाउँने हुँदा त्यसले व्यक्तिको ओजस् स्वस्थ निर्माण गर्दछ भनिन्छ। आयुर्वेदिक दृष्टिकोणले यौन क्रिडाको सन्तुलित उपभोग मार्फत यौनिक सन्तुष्टिमा आफुलाई राख्न सल्लाह दिन्छ।
यौनको सन्तुलित उपभोग भन्नाले कामेच्छालाई दबाउने वा अत्यधिक उपभोग गर्ने दुवै अवस्थाबाट बच्नु हो। यसको अर्थ व्यक्तिको शारीरिक अवस्था, उमेर, प्रकृति (Prakriti) र ऋतुअनुसार यौन सम्बन्ध कायम गर्नु हो। आयुर्वेदले ऋतुअनुसार जस्तै, जाडोमा बढी र गर्मीमा कम क्रिडा गर्ने गरि यौन सम्बन्धका लागि निश्चित नियमहरू तोकेको छ। जव यौन ऊर्जालाई स्वाभाविक र स्वस्थ तरिकाले उपभोग गरिन्छ, यसले शरीरमा सुखद हर्मोनहरू (hormones) उत्पादन गर्छ, जसले तनाव कम गर्न, मुड सुधार गर्न र भावनात्मक सन्तुलन कायम राख्न मद्दत गर्दछ। यसले व्यक्तिमा सन्तुष्टि, आनन्द र सम्बन्धमा गहिराइ ल्याउँछ। आयुर्वेदले यौनलाई जीवनको एक पवित्र र आवश्यक आयामको रूपमा हेर्छ, जसको सन्तुलित व्यवस्थापनले मात्र व्यक्तिले पूर्ण शारीरिक, मानसिक र आध्यात्मिक कल्याण प्राप्त गर्न सक्छ।
अत्यधिक यौन गतिविधिले शुक्र धातुको क्षय गर्छ, जसले शारीरिक कमजोरी, थकान र मानसिक अशान्ति निम्त्याउँछ। यसको विपरीत, पूर्ण दमनले पनि यौन ऊर्जाको अवरोध सिर्जना गरी मानसिक तनाव र बेचैनी बढाउँछ। त्यसैले, आयुर्वेदले यौनलाई शारीरिक र मानसिक स्वस्थताका लागि आवश्यक एक सन्तुलित अभ्यासको रूपमा हेर्छ। युवावस्थामा (२०-३० वर्ष) कम्तिमा हप्तामा २-३ पटक, मध्यम उमेरमा (३०-५० वर्ष) महिनामा कम्तिमा १-२ पटक र शारीरिक अवस्था तथा इच्छा जागे अनुरूप सन्तुलन र संयमित सम्भोगको आवृत्ति (frequency) नियमित राख्न सल्लाह दिन्छ। आयुर्वेदले प्रत्येक व्यक्ति अद्वितीय भएकोले सम्भोगको अवधिको निश्चयका लागि आफ्नै शरीरको संकेत (body's signals) सुन्न, आफ्नो ऊर्जाको स्तर बुझ्न र पार्टनरसँगको पारस्परिक सन्तुष्टि तथा सन्तुलनमा ध्यान केन्द्रित गर्न सल्लाह दिन्छ।
आयुर्वेदिक दिशानिर्देशहरूमा आधारित रहेर मूल्याङ्कन गर्दा उत्तम सम्भोगका लागि व्यक्तिले सम्भोग सुरु गर्नुअघि ७-१३ मिनेटको इच्छित (desirable) यौन सम्बन्ध प्रवेश (thrusting phase) अवधि लिएर विश्राम, चिन्ता निवारण र पर्याप्त आनन्दको माहौल निर्माण गर्नुपर्दछ। त्यसपछि मूल कार्यसम्पादन अर्थात् ब्राभो डेल्टाका लागि परिस्थिति र क्षमता अनुरूप ३-७ मिनेटको अवधि 'पर्याप्त' (adequate) मानिन्छ। १-२ मिनेट मात्रको मूल कार्यसम्पादन 'धेरै छोटो' (too short), ७–१३ मिनेट सन्तुष्टिका दृष्टिले आदर्श यौनलाप मानिन्छ। १३-३० मिनेटभन्दा बढी समय असहजता वा आनन्दमा कमी ल्याउन सक्ने 'धेरै लामो' (too long) समय ठानिन्छ।
सम्भोगको दौरानमा क्रिडाको वास्तविक धक्काको (स्ट्रोक) सङ्ख्या मिठो यौन सन्तुष्टिका लागि महत्वपूर्ण हुन्छ। हरेक सम्भोग कार्यमा कम्तिमा ४०-५० स्ट्रोकहरू लिङ्गको योनिमा पूर्ण प्रवेश कायम गरी ब्राभो डेल्टाको स्वादको (Good Penetrative Sex) लागि जरुरी ठानिन्छ। पर्याप्त (Adequate) ब्राभो डेल्टाको स्वादका लागि ३-७ मिनेटको १४४ देखि ३३६ थ्रस्टहरू कार्यात्मक रूपमा पूर्ण सन्तुष्टि प्रदान गर्ने हुन सक्छन्। कामुक जोडीको सन्दर्भमा ७-१३ मिनेटको २५० देखि ४५० थ्रस्टहरू जोडीबीचको चरम सुखको राम्रो इच्छित (Desired) इष्टतम सम्भोगमा हुने गर्दछ। १० मिनेटभन्दा बढी लम्ब्याइएको ५०० भन्दा बढी थ्रस्टहरू हुने समय लम्ब्याइएको खराब (Too Many/Worse) क्रिडालाई जलन, ऊर्जा ह्रास निम्त्याउने असन्तुलित सम्भोग मानिन्छ।यौन क्रियाकलापले व्यक्तिलाई थकित वा कमजोर बनाउनुको सट्टा ऊर्जावान्, सन्तुष्ट र शान्त महसुस गराउन धेरै संयमित र सुक्ष्म (subtle) तथा भावनात्मक स्तरमा बढी केन्द्रित आत्मीयता, स्नेह र मानसिक सन्तुष्टिको आनन्ददायी सम्भोग को सल्लाह दिन्छ।
उदाहरणका लागि, यदि कुनै व्यक्तिले आफ्नो शारीरिक क्षमताभन्दा बढी यौन गतिविधि गर्छ भने, आयुर्वेदअनुसार उसको शुक्र धातु क्षय हुन्छ, जसले गर्दा उसमा थकान, कमजोरी, ध्यान केन्द्रित गर्न नसक्ने समस्या र मानसिक अशान्ति बढ्छ। अर्कोतर्फ, यदि व्यक्तिले आफ्नो स्वाभाविक यौन इच्छालाई दमन गर्छ भने, यसले 'वात' (Vata) दोषको वृद्धि गराउँछ, जसले चिन्ता, बेचैनी र निद्रामा समस्या निम्त्याउने गर्दछ।
वाजीकरण (Vajikarana) आयुर्वेदको एक विशेष शाखा हो, जसले युवक र नारीको प्रजनन क्षमता बढाउन (fertility enhancement), यौन शक्ति सुधार गर्न (sexual potency improvement), र यौन स्वास्थ्य कायम राख्न (sexual health maintenance) मद्दत गर्दछ। 'वाजी' को अर्थ घोडा हो, जुन शक्ति, स्फूर्ति र यौन क्षमताको प्रतीक हो। वाजीकरण थेरापीले व्यक्तिलाई घोडाजस्तै शक्तिशाली बनाउने लक्ष्य राख्छ।
आयुर्वेदमा वाजीकरणका लागि विभिन्न जडीबुटी र योगहरू प्रयोग गरिन्छ। उदाहरणका लागि, अश्वगन्धा (Ashwagandha) र शतावरी (Shatavari) जस्ता जडीबुटीहरू वाजीकरणका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छन्। अश्वगन्धाले पुरुषमा वीर्यको गुणस्तर बढाउन र यौन शक्ति वृद्धि गर्न मद्दत गर्छ, साथै यसले तनाव कम गरेर मानसिक शान्ति पनि दिन्छ। शतावरीले महिलाको प्रजनन स्वास्थ्यलाई टेवा दिन्छ र यौन उत्तेजना बढाउन सहयोगी हुन्छ। यी जडीबुटीहरूले धातुहरूलाई पोषण दिई शुक्र धातुलाई बलियो बनाउँछन्, जसले व्यक्तिलाई शारीरिक र मानसिक रूपमा शक्तिशाली र सन्तुष्ट बनाउँछ।
शरीरलाई कायाकल्प (rejuvenate) गर्ने र दीर्घायु बढाउने पदार्थको रुपमा अयुर्वेदले रस रसायन (Rasayana) को श्रेणीमा राखेको शिलाजीत (Shilajit) वाजीकरणका लागि प्रयोग हुने आयुर्वेदको शक्तिशाली एडाप्टोजेनिक (adaptogenic) गुण भएको रसायन हो। शिलाजीतले पुरुषहरूमा टेस्टोस्टेरोन (testosterone) को स्तर बढाउछ। यौन इच्छा (libido) जगाउने र क्रिडा शक्तिमा सुधार ल्याउँने, इरेक्टाइल डिसफंक्शन (erectile dysfunction) र शीघ्रपतन (premature ejaculation) जस्ता समस्याहरूमा सुधार गर्ने, वीर्यको गुणस्तर (sperm quality), वीर्यमा शुक्राणुको संख्या (sperm count) र गतिशीलता (motility) बढाउने जस्ता गुणहरु विकास गर्दछ। शरीरको सर्वोच्च ऊर्जा 'ओजस्' को उत्पादनमा सहयोग गर्ने शिलाजीतले नारि पुरुष दुबैमा रोग प्रतिरोधात्मक क्षमता, शारीरिक बल र समग्र जीवनशक्ति बढाउँन र स्वस्थ यौन जीवन जिउन शक्ति प्रदान गर्दछ।
हिन्दू मन्दिरहरूको स्थापत्य कलामा कुँदिएका कामुक नक्काशीहरू केवल कलात्मक अभिव्यक्ति मात्र नभई यौन र यौन स्वास्थ्यबारे खुला संवाद आरम्भ गर्ने एक गम्भीर वैदिक शिक्षणका रूपमा रहेका छन्। यी नक्काशीहरूले समाजलाई यौनलाई जीवनको एक स्वाभाविक, पवित्र तथा अविभाज्य अंगका रूपमा स्वीकार गर्न प्रेरित गर्दछन्। यसले प्राचीन ऋषिहरूको दूरदृष्टिलाई प्रतिबिम्बित गर्दछ, जसअनुसार यौनलाई सृष्टिको चक्र, प्रजननको माध्यम र आध्यात्मिक ऊर्जाको रूपान्तरणका रूपमा हेरिनुपर्छ।
वैदिक र आयुर्वेदिक दृष्टिकोणले यौन ऊर्जाको सन्तुलित व्यवस्थापनमा विशेष जोड दिन्छ। यस दर्शनअनुसार, अत्यधिक यौन गतिविधिले शुक्र धातु (शरीरको सारभूत जीवन शक्ति) को क्षय गराउँछ, जसले शारीरिक कमजोरी, थकान र मानसिक अशान्ति निम्त्याउन सक्छ। त्यसैगरी, यौन ऊर्जाको पूर्ण दमनले पनि अवरोध सिर्जना गरी मानसिक तनाव र बेचैनी बढाउँछ। यसरी, आयुर्वेदले यौनलाई एउटा आवश्यक अभ्यासका रूपमा स्वीकार गर्दै यसको सन्तुलित उपभोगमा जोड दिन्छ। मन्दिरका नक्काशीहरूले शारीरिक अवस्थाअनुसार यौन आवृत्तिको सल्लाह दिन्छन्: युवावस्थामा स्वाभाविक आवृत्ति, मध्यम उमेरमा संयमित आवृत्ति, र वृद्धावस्थामा थप संयमको आवश्यकता। यसले व्यक्तिलाई आफ्नो शरीरको संकेत सुन्न, ऊर्जा स्तर बुझ्न र पार्टनरसँगको सन्तुष्टिमा केन्द्रित हुनका लागि चासो उजागर गरिदिन्छ।
हिन्दू मन्दिरहरूमा रहेका यी नक्काशीहरूले यौनमा रुचि राख्नेहरूका लागि कामसूत्र जस्ता विशेष शास्त्रहरू उपलब्ध छन् भन्ने सन्देश पनि दिन्छन्, जसलाई जीवनको समुचित व्यवस्थापनका लागि अध्ययन गर्न सकिन्छ। यी शास्त्रहरूले उत्तम सम्भोगका लागि इच्छित प्रवेश अवधि, पर्याप्त मूल कार्यसम्पादन अवधि, विविध आसनहरू, र पर्याप्त सम्भोग स्ट्रोकहरू बुझ्ने अवसर प्रदान गर्दछन्। अन्यत्र यस्ता विषयमा खुला छलफल र ज्ञानको उपलब्धता न्यून रहेकाले, मन्दिरहरू यस दृष्टिकोणबाट समेत दिव्य स्थान हुन गएका छन्, जहाँ जीवनका सबै पक्षलाई समग्र रूपमा स्वीकार गरिन्छ। यसले यौनलाई लुकाउने वा घृणा गर्ने आधुनिक संकीर्णताको विपरीत, एक खुला, स्वस्थ र दार्शनिक दृष्टिकोण प्रदान गर्दछ।