प्रथम क्रियोल नेपाली भाषी अँनलाइन पत्रिका
जैन दर्शन।
जैन दर्शन एक पवित्र मार्गहो जसले अहिंसा परम धर्म को मार्गलाई आत्मसाथ गर्दछ। आफूलाई जित्नु नै मोक्ष (मुक्ति) प्राप्त गर्नका लागि पार गर्नुपर्ने चरणहरू हो भन्नेमा विस्वास गर्दछ। प्रत्येक जीवमा अनेकान्तमा सत्यको प्रकाशले बास गरेको हुन्छ त्यसैले हरेक जीवमा करुणा भाव हुने गर्दछ। हरेक जीवप्रति निवारी रुपमा करुणा भाव राख्न जरुरि ठानिन्छ।
वेदको अबधारणामा आधारित जैन दर्शनका मूलभूत सिद्धान्तहरूले हामीलाई आत्म-साधनाको मार्ग प्रशस्त गर्दै जीवन जिउने नयाँ दृष्टि दिन्छ। त्यसैले जैन दर्शनमा केवल दर्शनको सैद्धान्तिक ज्ञान होइन, मात्र भेटिदैन वैदिक परम्परामा उत्तम ठानिएको आफ्नो कर्मको आवरण हटाएर आफुलाई शुद्ध पार्ने जिवन्त यात्रामा जान मार्गदर्शन समेत दिने गर्दछ। जैन दर्शन वेदको बिचारमा आधारित तपस्वी र आत्मसाधना गर्नेहरूको परम्परामा आधारित छ।
जैन दर्शन आफैमा यसका अनुयायीहरुको जीवित यात्रा अत्यन्त अशान्त र वेचैन प्रतित हुने आजको दुनियामा जैन दर्शनले हिंसाबाट अहिंसा तर्फ, भ्रमबाट सत्य ज्ञान तर्फ लागेर कसरि हामी हाम्रो भित्री शुद्धि गर्दै आत्म-संयम बन्दै सबै जीवप्रति मैत्री र करुणा भाव विकास गर्दै बन्धनबाट मुक्ति तर्फ उन्मुख हुन सकिन्छ भन्ने अहिंसा परमो धर्मः को व्यवहारिक वैदिक ज्ञान दिन्छ। जैन दर्शन आत्मसाधना गर्नेहरूको परम्परामा आधारित जीवन जिउने एक विज्ञान हो जसले हामीलाई आफैँलाई र यो संसारलाई बुझ्ने नयाँ दृष्टि दिन्छ।
जैन परम्पराको पहिलो तीर्थंकर भगवान ऋषभनाथ (आदिनाथ) ले यस ज्ञानको धारा सुरु गर्नुभएको थियो। संसार रूपी सागरबाट हामीलाई पार लगाउने ज्ञान धाराको श्रोत लाइ ‘तीर्थ’ भनिन्छ। संसार रूपी सागरबाट पार लगाउने ज्ञानको धारा उपलब्ध गराउने ज्ञानीलाइ तीर्थंकर भनिन्छ। तीर्थंकरहरू ती महापुरुष हुन् जसले आफैँ साधना गरेर सर्वज्ञता (Sarvagyata) प्राप्त गर्छन् र अरूलाई पनि मोक्षको मार्ग देखाउँन सफल बन्दछन। भगवान महावीर जैन परम्पराका २४ औं र अन्तिम तीर्थंकर थिए। उहाँभन्दा पहिले पनि २३ तीर्थंकर भइसकेका थिए। समय-समयमा हरेक तीर्थंकरले समाजमा जैन परम्पराका सत्यको उपदेश फैलाउने जिम्मेवारी पुरा गरे।
भगवान महावीरको बाल्यकालको नाम वर्धमान थियो। आजभन्दा लगभग २५०० वर्ष पहिले नेपाल आसपासको बिहारको एक राजपरिवारमा जन्मिएका बालक वर्धमान ३० वर्षको उमेरमा संसारको दुःख देखेर जीवनको साँचो अर्थ जान्ने तीव्र इच्छा आफु भित्र जागृत भएका कारण सबै सुख-सुविधा त्यागेर सत्यको खोजीमा हिड्ने क्रममा एक तपस्वी वने। १२ वर्षसम्म कठोर मौन तपस्या विचको घोर कष्ट सहन, आफ्नो इच्छा र आकांक्षामा नियन्त्रण आदि पश्चात आफ्नो मन र इन्द्रियहरूमा पूर्ण विजय प्राप्त गर्न सफल बने। कठिन साधनापछि प्राप्त भएको केवलज्ञान (सर्वज्ञता) प्राप्तिका कारण तपस्वी वर्धमान 'जिन' को रुपमा समाजमा चर्चित वने। 'जिन' को अर्थहो “त्यस्तो व्यक्ति जसले आफ्नो मन, इच्छाहरू, र कर्महरूमा पूर्ण विजय पाएको छ“।तिनै जिनका अनुयायीहरूलाई 'जैन' भनियो। ज्ञान प्राप्तिपछि समाजले उनलाई भगवान महावीर भनि सम्बोधन गर्न थाले। भगवान महावीरको रुपमा वहाँले लगभग ३० वर्षसम्म मानिसहरूलाई उपदेश दिनुभयो र मुक्ति मार्ग देखाउनुभयो।
वेद लाइ आफ्नो दर्शनको श्रोत मान्ने जैन दर्शनको केहि यस्ता अत्यन्त सराहनीय आधारभूत मुख्य सिद्धान्तहरू छन् जसले जैन परम्परा लाई अन्य परम्पराको दर्शनहरूभन्दा फरक र विशेष बनाएको छ। जसको सबैभन्दा पहिलो र महत्वपूर्ण सिद्धान्त अहिंसा हो। जैन धर्मको आत्मा नै अहिंसा हो।
यहाँ अहिंसाको अर्थ केवल कसैलाई मार्नु या शारीरिक चोट पुर्याउनु मात्र होइन, मन, वचन, र कर्म जस्तै सोच, बोलाइ र कार्य जस्ता तीनै तरिकाबाट कुनै पनि जीवलाई कुनै दुःख नपु¥याउनु हो। जैन साधुहरू त यति सजग हुन्छन् कि उनीहरू पानी समेत छानेर पिउँछन् । जमिनमा अलक्क हल्का रुपमा सचेत रहेर हिँड्छन् ताकि जमिनमा रहेका सानो किरा आदि समेत नमारियोस्। मुखमा पट्टी बाँध्छन् ताकि सास फेर्दा हावामा भएका सूक्ष्म जीवहरुले मर्न नपरोस्।
जैन साधुहरूको यो जीवन पद्दति अहिंसाको चरम अवस्था हो, जसले हामीलाई सिकाउँछ कि यो संसार सबै जीवको अस्तित्वको लागि शृजना भएको हो। हरेक जीवलाई बाँच्ने अधिकार छ। सबैप्रति दया र करुणा राख्नु मानवको अनिवार्य कर्तब्य हो।
जैन दर्शनको अर्को अनौठो र महत्वपूर्ण सिद्धान्त अनेकान्तवाद हो। अनेकान्तवादको अर्थ हो “सत्यका धेरै पाटा हुने तथ्य प्रति सचेत रहनु”। कुनै पनि कुराको पूर्ण सत्य एक दृष्टिकोणबाट मात्र हेर्दा पूर्ण रुपमा उजागर हुन सक्दैन। जैन परम्परामा यसको व्याख्या गर्न एउटा प्रख्यात हात्तीको बारेको ज्ञानको कथालाई उदाहरणको रूपमा चर्चा गरिन्छ। जसलाई अन्धा मानिसहरू र हात्तीको कथा भनिन्छ। कथामा केही अन्धाहरूले हात्ती छामेर आफ्नो प्रतक्ष अनुभवको आधारमा हात्ती कस्तो हुन्छ भनेर चर्चा गर्दछन। जसले खुट्टा छाम्छ, उसले भन्छ कि हात्ती खम्बा जस्तो छ। जसले पुच्छर छाम्छ, उसले भन्छ हात्ती डोरी जस्तो छ। जसले सूँढ छाम्छ, उ भन्छ हात्ती सर्पजस्तो छ। जसले कान छाम्छ, उसले भन्छ हात्ती पंखाजस्तो छ। सबै आ-आफ्नो ठाउँमा केही हदसम्म सही छन् । तर सबै अपूर्ण सत्य मात्र उजागर गर्न सफल भएका छन्।
पूर्ण सत्यको नजिक कसैको पनि अनुभूति पुग्न सकेको छैन। किनकि हात्ती यी सबै र अन्य संरचनाको बिशाल गठजोड युक्त संरचनाको छ। हरेक पक्ष सम्पूर्ण आफ्नो अनुभूतिको दायरामा नआएको अन्य पक्षको ज्ञान प्राप्ति गर्नु पूर्व अल्प ज्ञानको आधारमा निकै छिटो नतिजामा पुगेर आफ्नो अनुभूति लाई सम्पूर्ण यथार्थ रुपी सत्य ठान्ने हतारोमा रहेको देखिन्छ। जुन सत्य संग परिचित हुन वाट व्यक्तिलाई रोक्ने गम्भीर त्रुटिको रूपमा देखा परेको छ।
अनेकान्तवादले अरूका विचार र दृष्टिकोणको लाइ पनि उच्च सम्मान गर्नुपर्छ भन्ने हामीलाई सिकाउँछ। किनकि तिनमा आफुले नजर अन्दाज गरेका सत्यको अन्य अंश हुन सक्छ। यसप्रकारको अनुभूतिले व्यक्तिलाई कट्टरता र हठ जस्ता स्वभावगत रोगको सिकार बन्न बाट बचाउँछ।
सहिष्णुता र खुलापनको भावना युक्त मनोवृति आफ्नो संस्कारमा लिन सकेको व्यक्ति मात्र पूर्ण ज्ञान प्राप्त गर्न सक्ने क्षमतामा रहने हुँदा व्यक्तिलाई सत्यका सबै पाटा बारे बुझ्न अनेकान्तवादले लायक बनाउने गर्दछ।
जैन परम्पराको अर्को उल्लेख गर्न लायक सिद्धान्त स्याद्वाद ( The Doctrine of Syadvada) हो। स्याद्वादको अर्थ "शायद यस्तो पनि हुन सक्छ - The Doctrine of "May Be (Syad) " भन्ने लाग्दछ। कुनै पनि कुरा पूर्ण दाबीका साथ भन्नुको सट्टा, त्यसमा अरू कोण पनि अन्तरनिहित हुन सक्छन् (The Theory of Conditional Predication) भन्ने स्वीकार गर्नु हो। जुन यो सोच वैज्ञानिक र लोकतान्त्रिक छ।
जैन परम्पराको तेस्रो महत्वपूर्ण सिद्धान्त अपरिग्रह हो। कुनै पनि वस्तुप्रति अत्यधिक आसक्ति नराख्नु, आफुलाई जरुरत नहुने वस्तुहरू जम्मा गर्ने होड नगर्नु र आफ्ना आवश्यकताहरू अनुरुप जरुरत हुने भन्दा अधिक वस्तुहरू जम्मा गरेर नराख्ने नीतिमा आफुलाई सीमित राख्नु अपरिग्रह हो । यो केवल बाह्य वस्तुहरू (जस्तै धन, जमिन, कपडा आदि) मा मात्र सीमित छैन । मन भित्रका आसक्तिहरू (जस्तै परिवार, साथी, पहिचान) आदि संग समेत सम्बन्धित छ। त्यस्ता मन भित्रका आसक्तिहरू र सम्बन्धहरु समेत जरुरत भन्दा अधिक निकटता विकास हुन दिन बाट पनि टाढा रहनु समेत अपरिग्रह हो।
वस्तु र व्यक्तिप्रति हामी जति बढी आसक्त हुन्छौं उति नै बढी दुःखी र बेचैन हुन्छौं। कर्मको बन्धनमा फस्छौं। अपरिग्रहले मन हलुका राख्छ। शान्ति दिन्छ र मोक्ष मार्गमा अघि बढ्न मद्दत गर्छ।
वेदको गहिरो मर्म अनुरुपको जीव र अजीवको अवधारणा जैन दर्शनको सिद्धान्तमा समाहित भएको छ। जैन दर्शन अनुसार संसारमा मुख्यतः जीव (चेतना भएको) र अजीव (चेतना नभएको) दुई तत्त्व छन् । मानिस, जनावर, बोटबिरुवा, पानीमा बस्ने सानो जीव हरेक प्राणीमा जीव (आत्मा) हुन्छ। यिनीहरु चेतना भएको जीव तत्व हुन्। पदार्थ (पुद्गल - अणु र अणुको समुह), धर्म (गतिको सहायक), अधर्म (स्थिरता वा जडको सहायक), आकाश (रहने स्थान) र काल (समय) आदि सबै जड तत्त्व हुन्। यिनीहरु चेतना नभएको अजीव तत्व हुन्।
आत्मा चेतनाको रुपमा जीव संग रहन्छ। जसले आफुमा सुचना रहेको ज्ञान प्राप्त गर्दछ। शुद्ध, अनन्त ज्ञान, अनन्त दर्शन, अनन्त सुख, र अनन्त शक्तिको श्रोत आत्मा हो। त्यसैले आत्मा ज्ञान मार्फत मात्र अनन्त आनन्द सम्भव हुन्छ। चेतना रुपको आत्मा जव कर्मको बन्धन फस्न पुग्दछ तव त्यो अशुद्ध आत्माको रुपमा जीव संग आशाक्तिको रुपमा टाँसिएर रहन्छ। त्यसको हद जति अधिक हुन्छ आत्मा त्यति अशुद्ध बन्दछ। यसरि आफ्नो शुद्ध स्वरूपमा रहन नसकी अशुद्ध बन्न गएको आत्मा कर्मको बन्धनमा फस्ने नियतिको आत्मा वृति ग्रहण गर्न पुग्दछ। जसले बारम्बार जन्म र दुःख भोग्न जीवको चेतनालाई बाध्य बनाउँछ। शुद्ध, अनन्त ज्ञान, अनन्त दर्शन, अनन्त सुख र अनन्त शक्तिको श्रोत वाट व्यक्तिलाई बिमुख गरि भोग र विलासको नारकीय जीवन तर्फ व्यक्तिलाई धकेलिदिन्छ।
आत्मामा टाँसिने सूक्ष्म निर्जीव (जड) भौतिक कण (पार्टिकल) लाई जैन दर्शनले "कर्म पुद्गल" भन्ने गर्दछ। जैन दर्शनमा यसलाई कर्मबन्धनको मूल कारण मानिन्छ। क्रोध, घमण्ड (मान), छल/कपट (माया), लोभ—यी चारवटा "कषाय" (आत्माका अशुद्ध भाव) हुन्, जुन व्यक्तिको आत्मामा विकृत भावना विकसित गर्दछन्। यी कषायहरू उत्पन्न हुँदा आत्माले कर्म पुद्गलहरू आकर्षित गर्छ र ती आत्मासँग टाँसिन्छन्।
मूलतः यी "चार कषाय" ले आत्मामा विभिन्न प्रकारको दूषित प्रभाव पार्दै, शुद्धिकरण र मुक्तिको सट्टा आत्मालाई जन्म-मरणको असीमित चक्रमा गुज्रन बाध्य पार्छन् र सांसारिक मोहमा बाँध्छन्। यथार्थमा यस्ता कर्मले आत्माको चमक र शक्ति ढाकिन पुग्ने हुँदा त्यो चेतनामा रहेको अशुद्दिको तह नहटे सम्म आत्मा मुक्ति प्राप्त हुने हदमा सुद्ध हुन (मोक्ष) नसक्ने हुँदा उक्त चेतानाले कर्म अनुरुप बारम्बार जन्म लिन र दुःखको चक्रमा गुज्रनु पर्ने अबस्था पैदा गराउने गर्दछ।
वैज्ञानिक रूपमा हेर्दा समेत वैदिक अवधारणाको कर्म त्यति बेला हुन्छ जब कुनै अव्यक्त तत्वमा व्यक्त हुने इच्छा जागृत हुन्छ। व्यक्त हुने इच्छा चेतना कै एक रूप हो। सुषुप्त चेतनाको व्यक्तता वाट मात्र अव्यक्तता व्यक्त हुन सम्भव हुन्छ। कर्म अव्यक्तताको व्यक्त हुनुको परिणाम हो। अव्यक्तताको व्यक्त हुने स्वाभाविक चोखो नियतको श्रोत प्रकृति वा आत्मा हो। अप्राकृतिक स्वार्थ मिश्रित नियतको श्रोत कर्म पुद्गल हो। चेतना नभएको अजीव अणु र अणुको समूह रुपी भौतिक कण तथा "कषाय" रुपी कर्म पुद्गल टाँसिन पुगेको आत्माका कारण व्यक्तिको नियतमा अप्राकृतिक स्वार्थ विकसित हुन पुग्दछ। जसका कारण बारम्बार जन्म लिन र दुःखको चक्रमा गुज्रनु पर्ने नियतिमा आत्मा लाई पुर्याइदिन्छ।
जैन दर्शनलेमा व्यक्तिले कसरि मोक्ष पाउन सम्भव हुन्छ भन्ने वैदिक अवधारणा निकै स्पष्ट र व्यवस्थित रुपमा प्रस्तुत भएको छ। जसलाई त्रिरत्न (तीन रत्न) भन्ने गरिन्छ। त्रिरत्न अन्तर्गत सम्यक् दर्शन (सही दृष्टिकोण), सम्यक् ज्ञान (सही ज्ञान) र सम्यक् चारित्र (सही आचरण) गरि तिन गहन पक्ष समावेस भएको छ।
तीर्थंकरहरूले बताएको सत्य, आत्माको अस्तित्व, कर्मको सिद्धान्त र मोक्षमा विश्वास गर्नु भन्ने पक्षलाई सम्यक् दर्शन भनिन्छ। जीव, अजीव र अन्य तत्त्वहरूको वास्तविक स्वरूप पहिचान गर्नु भन्ने पक्षलाई सम्यक् ज्ञान भनिएको छ। जीवन पद्धति लाई सही आचरण र जैन अवधारणा मैत्री नैतिक नियमहरूको पालन गर्ने गरी जिउनु लाई सम्यक् चरित्र भनिएको छ। साधुहरूका लागि महाव्रत (अहिंसा, सत्य, चोरी नगर्नु, ब्रह्मचर्य, अपरिग्रह) तथा गृहस्थका लागि अनुव्रत पद्धति उचित हुने जैन तीर्थंकरहरूको सन्देश भेटिन्छ।
जैन परम्परा अनुरूप मोक्षका लागि उल्लेखित तीन रत्न मात्र पर्याप्त हुने गर्दैन। त्यसमा व्यक्तिले नियमित थप दुई काम समेत गर्नुपर्ने हुन्छ। त्यो हो नयाँ कर्म (नयाँ कर्म पुद्गल) आत्मातर्फ आउन नदिनु (संवर) र पुराना कर्म (हाल आत्मा सँगै टाँसिएर रहेका कर्म पुद्गल) आत्माबाट हटाउनु वा मुक्ति लिनु (निर्जरा)। संवर आत्म-संयम, अनुशासन र व्रतको पालन मार्फत सम्भव हुन्छ। निर्जरा तपस्या (बाह्य कारक जस्तै उपवास, कम खानु, शरीरलाई कष्ट दिनु तथा आन्तरिक कारक जस्तै प्रायश्चित, विनय, स्वाध्याय, ध्यान) आदि मार्फत सम्भव हुने गर्दछ। जब नयाँ कर्म आउन बन्द हुन्छ र साथ साथै पुराना कर्महरू समेत हट्छन् तव आत्मा शुद्ध हुने प्रक्रिया सुरुवात हुँदै बुद्ध र मुक्त स्वरूपमा पुग्न सम्भव हुन्छ। त्यसैलाई मोक्ष भनिएको हो। मोक्ष अवस्थामा आत्मा अनन्त ज्ञान, दर्शन, चीर सुख, सकारात्मक शक्ति आदिको प्राप्ति हुन्छ। जसले फेरि जन्म लिनु पर्ने, दुःख-सुखको जीवन चक्र वाट मुक्ति लिन लायक अवस्थामा आत्मालाई पुर्याउने गर्दछ। फेरि जन्म लिनु पर्दैन र फेरी दुःखले चेतना लाई छुँदैन।
जैन जीवनशैलीमा उल्लेखित सिद्धान्तलाई दैनिक जीवनमा उतार्नका लागि शुद्ध शाकाहारी भोजन लिने, पानी छानेर पिउने, सूर्यास्तअघि मात्र भोजन गर्ने, सामयिक (ध्यान) गर्ने, तीर्थंकरको सन्देश मनन गर्ने र प्रकृतिमा रहेका सबै जीवप्रति दया र करुणा भाव देखाउने अभ्यास लागु गर्ने नियमहरू समावेश गरिन्छ। जैन अनुयायीहरू जब जीवन पूरा भएको, शरीरले साथ नदिएको, मृत्यु विकल्प विहीन निश्चित भएको महसुस गर्दछन् त्यो समयमा साधकले शान्तिपूर्वक अन्न-जल त्यागेर, मोह र दुःख बिना समाधिसहित संसारबाट बिदा लिने सल्लेखना वा संथाराको (voluntary fasting unto death" or "voluntary religious fast to death) चलन समेत छ। यसरी जैन दर्शनले हामीलाई यस्तो वैदिक मैत्री जीवनको मार्ग देखाउँछ, जसले केवल आफैँलाई होइन, समाज र संसारलाई शान्ति, सद्भाव र खुसीयाली दिन्छ।
Jain philosophy
Jain philosophy is a sacred path that embraces the principle of nonviolence (ahimsa) as the highest virtue. It believes that conquering oneself is the essential step toward attaining liberation (moksha). Every living being is illuminated by the light of truth in manifold ways, which is why compassion is inherent in all beings. It is considered necessary to maintain a compassionate attitude towards every living creature.
Based on Vedic concepts, the fundamental principles of Jain philosophy pave the way for self-discipline and provide a new perspective on living life. Thus, Jain philosophy is not just theoretical knowledge; it also guides individuals on a living journey to purify themselves by removing the layers of their own karma, a practice esteemed in the Vedic tradition. Jain philosophy is rooted in the tradition of ascetics and self-discipline, as conceived in the Vedas.
In today’s restless and troubled world, the living journey of Jain followers may seem challenging, but Jain philosophy offers practical Vedic wisdom on how to move from violence to nonviolence, from confusion to true knowledge, and how to purify oneself internally, exercise self-restraint, and develop friendship and compassion for all beings, ultimately moving toward liberation from bondage. Jain philosophy is a science of living based on the tradition of self-discipline, offering a new way to understand ourselves and the world.
The first Tirthankara of the Jain tradition, Lord Rishabhanath (Adinath), initiated this stream of knowledge. The source that helps us cross the ocean of worldly existence is called a ‘tirtha’. The wise ones who provide this stream of knowledge for crossing the worldly ocean are called Tirthankaras. Tirthankaras are those great individuals who, through their own spiritual practice, attain omniscience (Sarvagyata) and successfully show others the path to liberation. Lord Mahavira was the 24th and last Tirthankara of the Jain tradition. Before him, there were 23 Tirthankaras. Each Tirthankara, in their time, fulfilled the responsibility of spreading the truth of Jain tradition in society.
Lord Mahavira’s childhood name was Vardhaman. About 2,500 years ago, Vardhaman was born into a royal family in the region near present-day Bihar, Nepal. At the age of 30, after witnessing the suffering of the world and feeling a deep desire to understand the true meaning of life, he renounced all comforts and set out in search of truth, becoming an ascetic. After enduring 12 years of intense silent meditation and severe hardship, and gaining control over his desires and senses, he achieved complete victory over his mind and senses. Through this rigorous practice, he attained omniscience (Kevalgyan) and became known in society as ‘Jin’—meaning one who has achieved complete victory over their mind, desires, and actions. Followers of Jin are called ‘Jain’. After attaining knowledge, society began to address him as Lord Mahavira. As Lord Mahavira, he preached to people for about 30 years and showed them the path to liberation.
Jain philosophy, which regards the Vedas as its source, has several highly admirable fundamental principles that distinguish the Jain tradition from other philosophies. The first and most important principle is nonviolence (ahimsa), which is the very soul of Jainism.
Here, nonviolence does not merely mean not killing or physically harming others, but also refraining from causing any suffering to any living being through mind, speech, or action. Jain monks are so vigilant that they even filter water before drinking it, walk carefully to avoid harming tiny creatures on the ground, and wear cloth over their mouths to prevent killing microscopic beings in the air while breathing.
This lifestyle of Jain monks represents the extreme form of nonviolence, teaching us that the world is created for the existence of all living beings, and every being has the right to live. Showing kindness and compassion to all is considered a fundamental duty of humans.
Another unique and important principle of Jain philosophy is anekantavada, or the doctrine of many-sidedness. It means being aware that truth has many facets. The complete truth cannot be revealed from a single perspective. Jain tradition often explains this with the famous story of the blind men and the elephant, where each blind man touches a different part of the elephant and describes it differently—each is partly right, but none have the complete truth.
No one’s experience can fully reach the complete truth, as the elephant is a vast combination of all these parts and more. People often hastily consider their partial experience as the whole truth, which is a serious error that prevents them from knowing the real truth.
Anekantavada teaches us to respect the views and perspectives of others, as they may contain aspects of truth that we have overlooked. This attitude helps prevent dogmatism and stubbornness. Only those who cultivate tolerance and openness in their character can attain complete knowledge, and anekantavada enables individuals to understand all aspects of truth.
Another notable principle of the Jain tradition is syadvada (the doctrine of conditional predication). It means “maybe it is so”—accepting that any statement may have other inherent perspectives (theory of conditional predication). This approach is scientific and democratic.
The third important principle is aparigraha, or non-attachment. It means not being excessively attached to anything, not hoarding unnecessary possessions, and limiting oneself to only what is needed. This does not apply only to external objects (like wealth, land, clothes) but also to internal attachments (like family, friends, identity). Avoiding excessive closeness to such mental attachments is also aparigraha. The more we are attached to objects and people, the more we suffer and become restless, and the more we are trapped in the bondage of karma. Aparigraha lightens the mind, brings peace, and helps progress on the path to liberation.
In line with the deep essence of the Vedas, Jain philosophy incorporates the concept of living (jiva) and non-living (ajiva). According to Jainism, the world consists mainly of two elements: jiva (conscious beings) and ajiva (non-conscious entities). Humans, animals, plants, and even tiny aquatic creatures all possess jiva (soul). These are conscious living entities. Matter (pudgala—atoms and their combinations), dharma (principle of motion), adharma (principle of rest), space (akasha), and time (kala) are all non-living entities.
The soul, as consciousness, resides in living beings and is the source of pure, infinite knowledge, infinite perception, infinite happiness, and infinite power. Only through knowledge can the soul experience infinite bliss. When the soul is bound by karma, it becomes impure and attached to worldly desires. The greater this attachment, the more impure the soul becomes, leading to repeated birth and suffering.
The subtle, non-living physical particles that attach to the soul are called “karma pudgala” in Jain philosophy and are considered the root cause of karmic bondage. Anger, pride, deceit, and greed—these four “kashayas” (impure emotions of the soul)—distort the soul and attract karmic particles, which then attach to the soul. These four kashayas cause various types of impurities, forcing the soul into the endless cycle of birth and death instead of purification and liberation.
Scientifically, karma occurs when an unmanifest element desires to manifest. This desire is a form of consciousness. Only when latent consciousness becomes manifest can the unmanifest become manifest. Karma is the result of manifestation. The natural, pure source of manifestation is nature or the soul, while the source of impure, self-interested manifestation is karma pudgala. When the soul is tainted by these non-conscious particles and kashaya, unnatural self-interest develops, causing the soul to be trapped in the cycle of birth and suffering.
Jain philosophy presents a clear and systematic Vedic concept of how an individual can attain liberation (moksha), known as the “three jewels” (triratna): right faith (samyak darshan), right knowledge (samyak jnana), and right conduct (samyak charitra). Right faith involves belief in the truths taught by the Tirthankaras, the existence of the soul, the law of karma, and liberation. Right knowledge means understanding the true nature of living and non-living entities. Right conduct means living according to Jain ethical rules, such as the five great vows (ahimsa, truth, non-stealing, celibacy, non-attachment) for monks and lesser vows for householders.
According to Jain tradition, the three jewels alone are not enough for liberation. Two more practices are needed: preventing new karmas from attaching to the soul (samvara) and removing old karmas already attached to the soul (nirjara). Samvara is achieved through self-restraint, discipline, and observance of vows. Nirjara is achieved through austerities, such as fasting, eating less, mortification, repentance, humility, study, and meditation. When new karmas stop coming and old karmas are removed, the process of purification begins, and the soul progresses toward enlightenment and liberation (moksha). In the state of moksha, the soul attains infinite knowledge, perception, eternal happiness, and positive power, and is freed from the cycle of birth and suffering.
To incorporate these principles into daily life, Jains follow rules such as eating pure vegetarian food, filtering water, eating before sunset, practising meditation (samayika), reflecting on the teachings of the Tirthankaras, and showing kindness and compassion to all beings. When Jain followers feel that life is complete, the body is failing, and death is inevitable, they may peacefully renounce food and water, departing the world through the practice of sallekhana or santhara (voluntary religious fasting unto death).