प्रथम क्रियोल नेपाली भाषी अँनलाइन पत्रिका
अक्षरं परमं ब्रह्म ज्योतीरूपं सनातनम्।
गुणातीतं निराकारं स्वेच्छामयमनन्तजम्॥ श्रीकृष्णस्तोत्रम् (इन्द्रकृतम्)॥
अनुवाद: अक्षर (अक्षुण्ण) परम ब्रह्म, ज्योतिको स्वरूपमा सनातन छ।
यो गुणभन्दा पर, निराकार, आफ्नै इच्छाले चल्ने, अनि अनन्त छ।
The five elements पन्च महाभूतहरू (पाँच स्थूल तत्त्व) | क Earth पृथ्वी | ख Water जल | ग Fire अग्नि | घ Air वायु | ङ Space आकाश |
The five impressions तन्मात्राहरू (पाँच सूक्ष्म तत्त्व) | च Odor गन्ध | छ Flavor/Taste रस | ज Appearance रूप | झ Touch स्पर्श | ञ Hearing श्रवण / शब्द |
The instruments of action कर्मेन्द्रियहरू (पाँच क्रियाशील इन्द्रिय) | ट Excreting उत्सर्जन | ठ Sexing (Pleasure) प्रजनन | ड Locomotion (Feet) गमन/पाद | ढ Grasping (Hand) ग्रहण /पाणि | ण Speech (Voice) वाक् / वक्तृत्व |
The instruments of sensing ज्ञानेन्द्रियहरू (पाँच इन्द्रिय) | त Smelling गन्ध वा नाक | थ Tasting स्वाद वा जिब्रो | द Seeing दृष्टि वा आँखा | ध Touching स्पर्श वा छाला | न Hearing श्रवण वा कान |
The empirical individual आत्म तत्त्वहरू | प Manas मन | फ Ahankara अहंकार | ब Buddhi बुद्धि | भ Prakriti प्रकृति | म Purusha पुरुष |
Limitation of Maya माया र पञ्च कञ्चुक | य Raga / Desire राग वा चाहना | र Vidya / Knowing विद्या वा ज्ञान वा भगवान | ल Kala / Time काल वा समय | व Maya माया / आशक्ति | त्र / ज्ञ Fate नियति / भाग्य वा भविष्य |
The five verities शुद्ध तत्त्वहरू (पञ्चकृत्य) | श Mahamaya क्रिया / कार्य | ष Jnana / Sudda Vidya शुद्ध विद्या वा आत्म ज्ञान | स Iccha / Isvara इच्छा वा इश्वर | ह Sadasiva सदाशिव | क्ष Sakti शक्ति |
उल्लेखित दर्शनमा ब्रह्म अर्थात् परम सत्यको स्वरूप बारे वर्णन भएको छ। यहाँ अक्षरं (अक्षुण्ण): शब्दले ब्रह्म तत्व लाई सङ्केत गर्दछ जुन कहिल्यै नष्ट नहुने, सधैँ रहने तत्व हो। परमं ब्रह्म: को अर्थ यो नै अन्तिम परम सत्य हो। ज्योतीरूपं: अर्थात् चेतनाको स्वरूपको उज्यालो प्रकाशको श्रोत हो। सनातनम्: अर्थात् त्यो सधैँ अस्तित्वमा रहने नित्य रूपको छ। गुणातीतं: अर्थात् कुनै गुणमा (सत्व, रज, तम) बाँधिएको छैन। कारण यो ती सबै गुणहरु निर्माण गर्ने तत्त्वहरूको उत्पत्तिको श्रोत हो। त्यसैले त्यो निराकारं: अर्थात् कुनै रूप, आकारको छैन। अमूर्त (Abstract) रूपमा अस्तित्वमा रहेको छ। यो स्वेच्छामयम्: अर्थात् आफ्नै इच्छाले चल्ने, स्वतन्त्र प्रकृतिको छ। अनन्तजम्: अर्थात् कुनै सीमामा सीमित नरहेको अनन्त प्रकृतिको छ।
यो ऋचाले ब्रह्म आफैमा साकार रूपको नभएर निराकार, भौतिक गुण विहीन अनन्त चेतना रुपी ज्योति स्वरूपको एक स्वतन्त्र र सनातन सत्यको रूपमा रहने कुरा बताउने गर्दछ। यही ब्रह्म नै अस्तित्व र अस्तित्व विहीनता अस्तित्वमा रहनुको मूल कारण हो, जसबाट सारा सृष्टि उत्पन्न भएको छ। ब्रह्म आफैँमा परिवर्तन रहित, अजर–अमर र सर्वव्यापी छ। कसैले ईश्वर र कसैले प्रकृति शक्तिको रूपको अन्तिम सत्य बुझ्ने परम-सत्य ब्रह्म कुनै रूप, गुण वा सीमामा बाँधिएको हुँदैन। जसलाई उज्यालो (ज्ञान) अनन्त स्वतन्त्रता रुपी चेतना समेत भनेर चिनिन्छ।
शब्दहरूमा अपार शक्ति हुन्छ। यही कारणले सनातन संस्कृतिले लेखन, बोली र व्यवहारमा सत्यता, प्रेम र करुणालाई विशेष महत्व दिएको छ। अक्षरमार्फत गरिने असत्य, घृणा वा कटुता केवल शब्दमै सीमित हुँदैन; यसले अरूको मनमा चोट पुर्याउँछ, समाजमा विष घोल्छ।
हाम्रो एक शब्दले कसैको जीवनमा उज्यालो ल्याउन सक्छ भने, त्यही शब्दले अन्धकार पनि छर्न सक्छ। त्यसैले सनातन विचारधारामा यस्तो लेखाइ, बोली वा व्यवहारलाई अपराधपूर्ण मानिन्छ, जसले हिंसा, पीडा र घृणा फैलाउँछ।
हामीले हाम्रा शब्दहरूमा मिठास, सहानुभूति र सत्यता मिसाउन सक्यौं भने, समाजमा प्रेम, शान्ति र सद्भावना फैलाउन सक्छौं। शब्दहरू सधैं सजीव रहन्छन्-त्यसैले त, सनातन संस्कृतिमा भनिन्छ:
"शब्दहरू फूल जस्तै फुलून्, काँडा जस्तो नचुभून्।"
यहि कारणले सनातन संस्कृतिमा अक्षरमार्फत हुने (असत्य, घृणा युक्त लेखाइ, कटु बोली वा शब्द) हिंसालाई अपराधपूर्ण पाप र कर्म हिंसालाई पापपूर्ण अपराध मानिन्छ।
व्यञ्जन (Consonant) | मान (Value) | स्वर (Vowel) | मान (Value) |
क | १ | अ | १ |
ख | २ | इ | १०० |
ग | ३ | उ | १०,००० |
घ | ४ | ऋ | १०,००,००० |
ङ | ५ | लृ | १,००,००,००० |
च | ६ | ए | १०,००,००,००० |
छ | ७ | ऐ | १,००,००,००,००० |
ज | ८ | ओ | १०,००,००,००,००० |
झ | ९ | औ | १,००,००,००,००,००० |
ट | १० | ||
ठ | ११ | ||
ड | १२ | ||
ढ | १३ | ||
ण | १४ | ||
त | १५ | ||
थ | १६ | ||
द | १७ | ||
ध | १८ | ||
न | १९ | ||
प | २० | ||
फ | २१ | ||
ब | २२ | ||
भ | २३ | ||
म | २४ | ||
य | ३० | ||
र | ४० | ||
ल | ५० | ||
व | ६० | ||
श | ७० | ||
ष | ८० | ||
स | ९० | ||
ह | १०० |
अक्षरको मानको सम्बन्धमा संस्कृतका केही मूल सिद्धान्त छन्। यसलाई संक्षेपमा यसरी बुझ्न सकिन्छ।
१. क देखि म वर्ग अक्षरहरु हुन्।
क, ख, ग, घ, ङ, च, छ, ज, झ, ञ, ट, ठ, ड, ढ, ण, त, थ, द, ध, न, प, फ, ब, भ, म
यी अक्षरहरूलाई १ देखि २५ सम्म क्रमशः मान दिइन्छ।
उदाहरण: क = १, ख = २, ग = ३ ... म = २५।
२. य देखि ह अवर्ग अक्षरहरु हुन्।
य, र, ल, व, श, ष, स, ह
यी अक्षरहरूलाई ३०, ४०, ५०, ६०, ७०, ८०, ९०, १०० यसरी १०–१० को फरकमा मान दिइन्छ।
उदाहरण: य = ३०, र = ४०, ल = ५० ... ह = १००
३. अ, इ, उ जस्ता अक्षरहरू स्वरहरू हुन्।
यी अक्षरहरूलाई अ = १, इ = १००, उ = १०,०००, ऋ = १०,००,००० को फरकमा मान दिइन्छ।
मानको आधारमा अक्षरहरूको प्रयोग गरी संस्कृतमा ठुलो सङ्ख्या निर्माण गर्ने गरिन्छ।
जस्तै: "कम" (क + म) = १ + २५ = २६ । यदि शब्दमा स्वर छ भने, स्वरको मान पनि जोड्न सकिन्छ। क = १, म = २५, स्वर (अ) = १ । क (१) + अ (१) + म (२५) = १ + १ + २५ = २७ । किम = क = १, इ (स्वर) = १००, म = २५ ।
गणना: क (१) + इ (१००) + म (२५) = १ + १०० + २५ = १२६ । कुम = क (१) + उ (१०,०००) + म (२५) = १०,०२६ । कृम = क (१) + ऋ (१०,००,०००) + म (२५) = १०,००,०२६।
यसरी, यसरी, कुनै पनि संस्कृत (वा नेपाली) शब्दलाई आर्यभट्टको प्रणाली अनुसार अंकमा सजिलै रूपान्तरण गर्न सकिन्छ।
उल्लेखित आर्य भट्टको प्रणाली मार्फत अङ्कलाई शब्दमा सजिलै बदल्न सकिने भएकाले, प्राचीन समयमा ज्ञान सुरक्षित राख्न, सम्झन सजिलो बनाउन र गोप्य रूपमा सन्देश पठाउन धेरै उपयोग हुने गर्दथ्यो। जस्तै "किम" भन्ने शब्दमा क=१, इ=१००, म=२५ गरी १२६ अङ्क हुन्छ। यो अङ्कलाई सिधै लेख्नुभन्दा "किम" शब्द लेख्दा अरूलाई थाहा नहुने, तर आफूलाई चाहिँ थाहा हुने गरी गोप्य सन्देश सम्प्रेषण गर्न सकिन्थ्यो। अङ्क सम्झन समेत गाह्रो हुन्छ। शब्द सम्झन सजिलो हुने कारण अङ्कलाई शब्दमा रूपान्तरण गरेर संस्कृतको ऋचा बनाएर सजिलै सम्झिन सकिने गरी संस्कृत भाषाको विकास गरियो।
प्राचीन खगोल शास्त्र, गणित, ज्योतिष आदि जस्ता विद्वानहरूलाई जरुरी हुने तथ्यहरू लिपिबद्ध गर्न र शब्दमा गहिरा सन्देश छिपाएर ऋचा मार्फत पुस्ता–पुस्ता सम्म श्लोकको रूपमा ज्ञान हस्तान्तरणमा समेत यसको भूमिका रहो। त्यो भन्दा पनि निकै महत्त्वपूर्ण अधिक ठुलो सन्देश समेत सहज सङ्केत युक्त साङ्केतिक भाषा प्रयोग गरी कोड निर्माण गर्न यसको प्रयोग संस्कृत साहित्यले गर्यो। जस मार्फत अत्यन्त गहिरा ज्ञानको पक्ष पुस्तौँ पुस्ता हस्तान्तरण हुन सक्यो। यही कोड़ आजको आधुनिक विज्ञानको सन्दर्भमा समेत उपयोग हुने हदको रहेकोले टेस्ला आदि जस्ता विद्वानहरूले उपयोग गरी आधुनिक विज्ञानमा समेत त्यसको अवधारणा उपयोग गर्न सहज गराए।
ASCII कोड (American Standard Code for Information Interchange) कम्प्युटरमा अङ्ग्रेजी अक्षर, अङ्क र चिन्हहरूलाई सङ्ख्यामा बदल्ने अन्तर्राष्ट्रिय प्रणाली हो। यसमा प्रत्येक अक्षर, अङ्क तथा चिन्हलाई एक निश्चित नम्बर (कोड) दिइन्छ। ASCII मा कुल १२८ वटा सङ्केत (characters) छन्, जसलाई ० देखि १२७ सम्मको नम्बर दिइन्छ। उदाहरणका लागि A = ६५, B = ६६, C = ६७, a = ९७, १ (१ अङ्क) = ४९, Space (खाली स्थान) = ३२। कम्प्युटरले अक्षर, अङ्क वा चिन्ह बुझ्न ASCII कोड प्रयोग गर्छ।
जस्तै, तपाईँले ‘A’ टाइप गर्नुभयो भने कम्प्युटरले यसलाई ६५ नम्बरको रूपमा कम्प्युटरमा स्टोर हुन्छ र कम्प्युटरले बुझ्ने बाइनरी (० र १) मा परिणत हुन्छन्। जस्तै, ‘A’ = ६५ = 01000001 (बाइनरीमा)। जब कम्प्युटरले फाइल वा सन्देश पढ्छ, उसले ती नम्बरलाई फेरी अक्षर, अङ्क वा चिन्हमा बदल्छ। जसले गर्दा ६५ को इनपुट लाई कम्प्युटरले त्यसलाई ‘A’ भनेर देखाउँछ। कम्प्युटर, सफ्टवेयर वा इन्टरनेटमा डाटा आदानप्रदान गर्दा एउटै ASCII कोड प्रयोग गरिन्छ जसका कारण संसारभरका कम्प्युटरले सजिलै सन्देश बुझ्न र पठाउन सक्छन्। यसरी ASCII कोडले हरेक अक्षर, अङ्क र चिन्हलाई निश्चित नम्बरमा रूपान्तरण गर्छ, जसले गर्दा कम्प्युटरले सबै कुरा सजिलै बुझ्न सक्छ। सूचना आदानप्रदान गर्न सक्छ।
हाम्रो परम्परामा संस्कृत कोडिंग वैदिक कालको ज्ञानको डिएनए बनेर अमूर्त विज्ञानलाई "भाषाको जीन" मा बदल्न सकेको छ। संस्कृत भाषा भित्रको अक्षरको अवधारणा अनुरूप आधुनिक विज्ञानको सङ्ख्या प्रणाली र ASCII कोड (A=65, B=66...) समेत निर्माण भएको देखिन्छ। अक्षरलाई सङ्ख्यामा बदल्ने प्राचीन तकनीक टेस्लाको "प्राचीन ज्ञानमा आधुनिक विज्ञानको कुञ्जी छ" भन्ने दृष्टिकोण अनुरूप आजको कम्प्युटर प्रोग्रामिंगको बाइनरी लजिकको बीउ रोपिदिन सफल बनेको हो। २००० वर्षसम्म कविताको रूपमा सुरक्षित रहेको π को मान बारे बोलिएको ऋचा “गोपीभाग्य मधुव्रातः श्रुंगशोदधि संधिगः। खलजीवितखाताव गलहाला रसंधरः॥“ लाइ कटपयादी प्रणाली प्रयोग गरी प्रत्येक अक्षरलाई सङ्ख्यामा बदल्दा ग=३, ष=५, ङ=५ आदि ३१ दशमलवको ३.१४१५९२६५३५८९७९३२३८४६२६४३३८३२७९५ मान बन्दथ्यो। जुन आधुनिक गणितको मानको हाराहारीको छ।
निकोला टेस्लाले संस्कृत श्लोक र वेदको गहिरो अध्ययनपछि ब्रह्माण्डका नियमहरूमा संख्यात्मक (साङ्केतिक) कोडको गहिरो महत्त्व छ भन्ने कुरा बुझे। उनले वेदमा जस्तै अक्षरलाई सङ्ख्यामा रूपान्तरण गर्ने र त्यसको आधारमा ब्रह्माण्डीय ऊर्जा, कम्पन र संरचनाको ज्ञान लुकेको छ भन्ने अवधारणा आत्मसात गरे।
टेस्लाले विशेषगरी ३, ६, ९ अंकलाई "ब्रह्माण्डको चाबी" भनेका थिए। उनका अनुसार, ब्रह्माण्डका सबै संरचना, ऊर्जा र कम्पनको मूलभूत ढाँचा यी अंकमा छिपेको छ। उनले भनेका थिए, “यदि तिमीले ३, ६, ९ को महिमा थाहा पायौ भने, ब्रह्माण्डको चाबी तिमीले पाउँछौ।”
टेस्लाले यी अंकहरूलाई आफ्नो ऊर्जा समीकरण, आवृत्ति (frequency), र अनुनाद (resonance) को अनुसन्धानमा प्रयोग गरे, जसले उनलाई प्रकृतिका गहिरा नियमहरू बुझ्न सहयोग गर्यो। टेस्लाले वेदमा वर्ण–संख्या कोड जस्तै, प्रकृतिमा पनि सबै कुरा संख्यात्मक ढाँचामा रहेको महसुस गरे। उनले संस्कृतका "आकाश" (Akasha), "प्राण" (Prana) जस्ता शब्दहरूलाई ऊर्जा र पदार्थको व्याख्यामा प्रयोग गरे।
टेस्लाले ३, ६, ९ को कोडलाई ब्रह्माण्डीय ऊर्जा, कम्पन र प्राकृतिक नियम बुझ्नका लागि आधार बनाए। उक्त कार्यले ठूलो वैज्ञानिक समुदायसम्म वैदिक ज्ञान र आधुनिक विज्ञानको ज्ञान कहाँ निर पुगेर जोडिएको छ भन्ने सूचना पुग्न सक्यो। जसले गर्दा पुस्तौँ पुस्तामा हस्तान्तरण हुँदै आएको वैदिक ज्ञान र आधुनिक विज्ञानको सेतु निर्माण हुन सक्यो र आधुनिक विज्ञानमा वैदिक ज्ञानको आधारभूत मौलिक पक्ष बुझ्न योगदान पुर्याउन सक्यो।
टेस्लाका विचारहरू, विशेषगरी "इथर" (ether) को अवधारणा र कम्पन/आवृत्ति मा आधारित ब्रह्माण्ड दृष्टिकोण, क्वान्टम फिल्ड थियरी (QFT) सँग जोडिएका छन् । टेस्लाले इथर लाई सबै ऊर्जा र पदार्थको माध्यम मानेका थिए। आधुनिक QFT मा यसको समानान्तर क्वान्टम भ्याकुम (शून्य-बिन्दु ऊर्जा) को अवधारणा छ, जुन "खाली" स्पेस पनि ऊर्जाको उतारचढाव सहितको सक्रिय माध्यम हो। टेस्लाको "ब्रह्माण्ड कम्पन र आवृत्तिमा आधारित छ" भन्ने विचार QFT मा फिल्ड क्वान्टा (जस्तै फोटन, इलेक्ट्रन) सँग मिल्छ। टेस्लाले गुरुत्वाकर्षण लाई इथरको प्रवाह माने, जुन QFT मा ग्राभिटन फिल्ड भनिएको छ।टेस्लाको मोडेलमा गुरुत्व इथरको हाइड्रोडायनामिक प्रवाह हो भन्ने मानिएको छ। QFT मा गुरुत्व पनि क्वान्टम फिल्डको अभिव्यक्ति हो भन्ने मानिएको त छ तर यसलाई स्ट्यान्डर्ड मोडेलमा एकीकृत गर्न भने सकिएको छैन। टेस्लाको "इथरबाट ऊर्जा निकाल्न सकिन्छ" भन्ने विचारलाई QFT ले शून्य-बिन्दु ऊर्जा (भ्याकुममा न्यूनतम ऊर्जा) क्वान्टम फ्लक्टुएसनबाट उत्पन्न हुन्छ भनी भन्दछ। टेस्लाको रेजोनेन्ट फ्रिक्वेन्सीको अध्ययनले आधुनिक क्वान्टम टेक्नोलोजी (जस्तै क्वान्टम कम्प्युटिङ्ग) अन्तर्गत सुपरकन्डक्टिङ्ग क्वान्टम इन्टरफेरेन्समा अवधारणात्मक सेतुको रूपमा काम गरेका छन्। यद्यपि उनको "इथर" को यान्त्रिक व्याख्या हाल अमान्य ठानिन्छ, तर उनको सक्रिय स्पेस, ऊर्जा-पदार्थ रूपान्तरण र क्वान्टम अनुनादको अवधारणाहरू जस्ता दूरदर्शितालाई आधुनिक QFT ले प्रमाणित गर्दछ।
टेस्लाले वेदमा वर्णित "आकाश" (अन्तरिक्षको सूक्ष्म तत्त्व) र "प्राण" (जीवन शक्ति) लाई ऊर्जा र पदार्थको आधारभूत स्रोतको रूपमा लिएका थिए। जस अनुरूप आकाश लाई उनले "लुमिनिफेरस इथर" (प्रकाश वाहक माध्यम) भनेर परिभाषित गरे। जुन सबै ऊर्जा र पदार्थको आधार हो। आकाशलाई सक्रिय बनाएर त्यस वाट पदार्थ र ऊर्जाको सृष्टि गर्ने तत्व लाई उनले प्राण शक्ति भनिएको पहिचान गरे। त्यसैले गर्दा टेस्लाको वायरलेस पावर ट्रान्समिसन प्रणालीमा आकाश (इथर) मार्फत ऊर्जा प्रवाहित गर्ने सिद्धान्तमा आधारित छ। टेस्लाको ३, ६, ९ लाई ब्रह्माण्डको साङ्केतिक कोड किन माने भने उनले बुझेको सिद्धान्त अनुरूप ३, ६, र ९ तिन अङ्कले प्रकृतिका नियमहरूको नियन्त्रण गर्छ। ३ लाई डबल गर्दा ६ हुन्छ। ६ लाई डबल गर्दा आउने १२ को डिजिटल रुट (१+२=३) पुन: ३ नै हुन्छ। जबकि ९ लाई डबल गर्दा आउने १८ को १+८ = ९ हुने हुँदा डिजिटल रुट ९ नै रहन्छ। क्वान्टम सुपरपोजिसनमा ऊर्जाको अवस्था स्थिर हुन्छ। जुन ९ मा केन्द्रित हुन्छ भन्ने कुरा ३-६-९ को प्रभावले पुष्टि गरेको छ। यो प्याटर्नले दिने अङ्कहरू ब्रह्माण्डको सिमेट्री (symmetry) र अनुनाद (resonance) सँग जोडिएको रहस्य यसै वाट टेस्लाले अनुभूति गर्न सकेको देखिन्छ। त्यसैले वैदिक ज्ञानको आकाशको अवधारणा अहिलेको क्वान्टम फिल्डको शून्य-बिन्दु ऊर्जा सँग मिल्ने गर्दछ र त्यसले पदार्थ-ऊर्जाको अन्तर रूपान्तरणलाई व्याख्या गर्दछ भन्ने निचोडमा पुग्न टेस्लालाइ सहयोग पुर्याएको देखिन्छ।
python
# ३-६-९ प्याटर्नमा आधारित क्वान्टम सुपरपोजिसन
qubits = [3, 6, 9]
superposition = sum(qubits) % 9
# नतिजा: ९ (ब्रह्माण्डीय स्थिरता)
# मोडुलो ९ ले १८ लाई ० बनाउँछ, तर डिजिटल रुट ९ हुन्छ
result = 9 if superposition == 0 else superposition
print ("ब्रह्माण्डीय कोड:", result) # Output: 9
जहाँ कोडको काम गर्ने तरिका यस प्रकारको देखिन्छ:
१. ३-६-९ को समूह: qubits =
२. योगफल: ३+६+९ = १८
३. मोडुलो ९: १८ % ९ = ०
४. डिजिटल रुट सुधार: ० लाई ९ मा बदलिन्छ (किनभने डिजिटल रुटमा १८ = १+८=९ हुन्छ)
यस प्रकारको कोडिङले क्वान्टम एल्गोरिदम जस्ता आधुनिक प्रयोग ऊर्जा वितरण, रेजोनेन्ट सर्किट डिजाइन, वा क्वान्टम एन्क्रिप्सनमा मद्दत गर्न सक्छ। ३-६-९ को प्याटर्न प्रयोग गरेर VR/AR मा समेत ब्रह्माण्डीय सिमुलेशनमा यथार्थवादी ऊर्जा मोडेल गर्न सकिन्छ। यसरी, टेस्लाको ३-६-९ कोड र वैदिक अवधारणाहरूले आधुनिक टेक्नोलोजीमा नयाँ सम्भावनाहरू खोलिदिएको छ।
समग्रमा वैदिक अवधारणाको अक्षर केवल भाषाको इकाईमा सीमित विषय होइन। यो गणित, दर्शन र ब्रह्माण्ड विज्ञानको सेतु हो। यसले टेस्लाको "ब्रह्माण्डीय कोड" देखि क्वान्टम फिल्ड सम्मका आधुनिक अवधारणाहरूलाई पूर्वभासित गरेको छ। अक्षरको यो बहु आयामिक भूमिकाले वैदिक ऋषिहरूको अन्तर्दृष्टिको आधुनिक विज्ञानमा पुग्न गएको गहिरो पहुँचको अनुभूति दिन सफल छ। कुनै सीमामा सीमित नरहेको अनन्त प्रकृतिको अमूर्त अक्षर अन्तिम परम सत्य ब्रह्म: रुपी चेतना नै हो।