प्रथम क्रियोल नेपाली भाषी अँनलाइन पत्रिका

Updated at:- 2024-10-28

झिलिमिली तिहार

तिहार मान्ने परम्परा !!

मन्त्र एक संस्कृत शब्द हो।  जसमा "मन" को अर्थ "मन" र "त्र" को अर्थ "मुक्ति" हुन्छ। मनले अनुभूति गर्ने दुःख र सु:ख वाट मुक्त प्राप्त गर्ने उपाय लाई मन्त्र भनिन्छ। जुन मानिसले आफ्नो चेतना प्राप्ति गर्नुको मुख्य कारण थियो।

जसरी हामीले हाम्रो जीवनको उद्देश्य बुझ्न नसकेर जीवनलाई जता पाप उता फलिफाप हुने मार्गको प्यादा बनाउने गल्ती गरेको छौ त्यस्तै हामीले हाम्रो चेतना समेत जङ्गली जनवारमा समेत भेटिने प्रकृतिको हाम्रो रेप्टेलियन बुद्धिको मात्र उपयोग गरी काम, दाम र मस्तीमा मात्र खर्चिने संस्कार विकास गर्न पुगेको छौ।

त्यही सन्दर्भमा त्यसको उपचारको लागि तिहार जस्तो चाडबाड मान्ने परम्परा वैदिक संस्कृतिमा भित्रिएको देखिन्छ।

संस्कृत शब्द त्योहारको नेपाली अर्थ "महोत्सव" भन्ने हुन्छ। साहित्यमा त्योहार शब्दलाई कुनै निश्चित धार्मिक या सामाजिक सम्प्रदायका हरेक परिवारले आफ्नो मङ्गल अर्थात् शुभ कार्यको अवसरमा धूम-धाम संग  मनाउने ठुलो सांस्कृतिक रीतिरिवाज भनी व्याख्या गरेको भेटिन्छ।

संस्कृत शब्द तिथि-वार वाट  हिन्दीमा आयातित शब्द त्यौहारको अर्थ हिन्दी साहित्यमा उत्सव, मेला जस्ता शब्दार्थ दिने गरी उपयोग गरेको भेटिन्छ।

नेपालीमा भने संस्कृतको त्योहार लाई जीवनलाई मुक्ति मार्ग तर्फ लैजाने प्रण गर्ने साधनाको अवसरको रूपमा तिहार भनी लेखिएको छ।

आफ्नो जीवन कालमा प्राकृतिक नियमको सिद्धान्तको परिपूर्ति गर्न अनिवार्य भनी तोकिएको यौन वासनाको तृप्ति, अर्थ प्राप्तिको तृप्ति, धर्म प्राप्तिको तृप्ति र मोक्ष प्राप्तिको तृप्तिको क्रममा हिंसा, अनैतिकता र अधर्म जस्ता तिन मुख्य कुकर्म (ति) को सहारा कहिल्यै नलिने (हार) प्रण गर्ने उत्सवको रूपमा यो वैदिक महोत्सवलाई नेपाली वैदिक गुरुहरुले "तिहार" नामाकरण गर्न रुचाएको देखिन्छ।

"शुभ दीपावली"  VS "शुभ दिवाली" !!

"शुभ दीपावली" vs "शुभ दिवाली"!

 

कन्नड र तमिल भाषामा "दिवाली" को अर्थ दिवालिया हुनु, अर्थात् दिवालियापन वा कङ्काल बन्नु हो। नेपाली जस्तै, कन्नड र तमिलले पनि दीपावली मनाउने गर्छन्। "दिवाली" भन्ने शब्दले नेपाली भाषामा पनि दिवालियापन, अर्थात् जीवन कङ्गाल बन्ने यात्रा सुरु भएको अर्थ दिन्छ।

 

तिहार हजारौँ दीपहरूको वली दिएर (दीपावली, जसको अर्थ "दियोहरूको पंक्ति") मानिने यज्ञ वा चाड हो। यो चाडलाई आध्यात्मिक रूपमा "प्रकाशको अन्धकारमाथि विजय", "असत्यमाथि सत्यको विजय", र "अज्ञानतामाथि ज्ञानको विजय" का रूपमा पनि मानिन्छ।

 

यस यज्ञबाट वैदिक समुदायले आफ्नो मेहनतबाट जायज र नैतिक कर्मद्वारा प्राप्त हुने धनसम्पत्ति र आम्दानीबाट जीविका चलाउनुपर्ने विश्वासलाई प्रोत्साहन दिइन्छ, जसले वैदिक समुदायलाई उन्नतिको आशीर्वाद प्राप्त हुन्छ।

 

यो जीवनमा जसरी हुन्छ मोज गर्नुपर्छ भन्ने चार्वाक प्रियहरूका लागि यो यज्ञले सन्देश दिन्छ कि "तिम्रो दिवालियापनयुक्त विचार तिम्रै दुस्मन बनेर तिमीलाई पूर्ण रूपमा नष्ट गरिरहेको छ।"

 

तसर्थ, दीपावलीको शुभकामना दिँदा, समाजमा र तपाईंले शुभकामना दिने सामाजिक सञ्जालमा देखिने चार्वाक विचारधारा राख्नेहरूलाई ध्यानमा राख्दै "शुभ दिवाली" भन्न सकिन्छ। तिहार मनोवैज्ञानिक पक्षसँग सम्बन्धित भएकाले, मनोविज्ञानमा मति बिगार्ने नियत बोकेको चार्वाक बुद्धिले व्यक्तिलाई पुर्‍याउने नरकको संज्ञा बिच नरक नपर्ने कि भन्ने सम्झाउन, यसको उपयोग गर्नु अन्योक्ति नहोला।

 

त्यही समयमा, थोरै संख्यामा भेटिने स्वावलम्बी, इमानदार, र ज्ञानी व्यक्तिहरूलाई लक्षित गरेर "शुभ दीपावली" भन्न सकिन्छ।

=================================

दिवाली शब्दको उत्पत्ति "दिवालिया" बाट भएको होइन भन्ने मान्यता अब भने लगभग मुलुकमा स्थापित भएको छ। दिवाली, जसलाई दीपावली पनि भनिन्छ, जुन संस्कृत शब्दहरू "दीप" (दियो) र "आवली" (पंक्ति) बाट आएको हो भन्ने नयाँ व्याख्या आजको दिनमा प्रस्तुत गरिएको छ। यसलाई मिलाएर दीपावली भनेको "दियोहरूको पंक्ति" भन्ने अर्थमा लिइन्छ। यो विश्वभर मनाइने प्रकाशको पर्व हो।

 

दिवाली संस्कृत शब्द होइन, हिन्दी "दिवालिया" बाट आएको हो। "दिवालिया" शब्द "दिवाल" (पर्खाल) बाट आएको हो। यसको अर्थ वित्तीय असफलता वा दिवालियापनको सन्दर्भमा प्रयोग गरिन्छ। यो व्यापारिक र कानुनी सन्दर्भमा दिवालियापनको अवस्था जनाउन प्रयोग गरिन्छ।

 

दिवालियापनको अर्थमा दिवालीलाई लिने हो भने, यो चार्वाकहरूको लुटिएको धनले मनाइने चाड मान्न सकिन्छ, जुन आजको मुलुकको यथार्थ हो। दीपबाट आएको मान्ने हो भने, यसलाई सनातनी संस्कृतिको प्रकाशको पर्व मान्न सकिन्छ। जसरी हाम्रोमा क्रिश्चियन धर्मलाई हाम्रा चार्वाकहरूले "क्रिश्चियन माइथोलोजी" भन्दैनन्, न त मुस्लिम वा अन्य धर्मको कुरा हाम्रा बिकेका प्रगतिवादीहरूले ती धर्मको कुरा "माइथोलोजी" भनी लेख्ने गर्छन्। तिनीहरूलाई मात्र हिन्दु धर्मको कुरा "हिन्दु माइथोलोजी" लेखेर जसरी हुन्छ यसलाई कमजोर देखाउने गर्छन्। दिवाली पनि त्यस्तै सन्दर्भमा आएको देखिन्छ।

 

तिनै चार्वाकहरूको लगानीमा। सोरसको दाम पचाउने नियतमा। दीपावली र दिवाली शब्दहरू मिल्दाजुल्दा सुनिए पनि, तिनीहरूको अर्थ र उत्पत्ति पूर्ण रूपमा फरक छन्। यसलाई गहिरिएर नबुझ्दा आफ्नै मानिसहरूलाई पनि पचाउन गाह्रो बनेको छ। भोलि पनि हुनेछ। के गर्ने, समय र परिस्थितिको उपज हो यो। चार्वाकको राज जो छ।

 

झिलिमिली दियो बालेर गरिने लक्ष्मीपूजा !!

 

झिलिमिली दियो बालेर गरिने लक्ष्मीपूजा !!

तिहार - फेस्टिभल आफ लाइट

ॐ श्रीं ह्रीं क्लीं त्रिभुवन महालक्ष्म्यै

अस्मांक दारिद्र्य नाशय

प्रचुर धन देहि देहि क्लीं ह्रीं श्रीं ॐ।

धन, समृद्धि, प्रकाश, बुद्धि, सौभाग्य, उर्वरता, उदारता र साहस जस्ता सकारात्मक शक्ति लाई माता लक्ष्मीको नामले पुकारिन्छ। आफ्ना सबै प्रकारका भौतिक दुःख, धन सम्बन्धका दुःख, नाता सम्बन्ध र समाजमा आफ्नो पहिचान प्राप्ति संग सम्बन्धित दुख, रोग व्याधि र प्राकृतिक प्रकोपले दिने सम्बन्धका दुख, मानसिक दुख, आध्यात्मिक र मुक्तिको प्राप्ति सम्बन्धको दुख आदि वाट मुक्ति प्राप्त गर्नको लागि माता लक्ष्मीको एक विशिष्ट पहिचानले मात्र सम्भव छ।

जसलाई समृद्धिको पाठ वा सिक्का भन्ने गरिन्छ।

ईश्वरत्वको माध्यमको रूपमा चिनिने लक्ष्मी आफूमा परिरहेको नकारात्मक प्रभावहरू बिच आफूलाई हिजोको आफू भन्दा सुधारिएको आफूमा परिवर्तन गर्ने तागतको प्रतीक हो। भौतिक संसारको भोगको दुख र सुख भन्दा माथि उठेर नैतिक संसार हुँदै मानवीयताको स्तरमा आफूलाई पुर्‍याउन तपाईँलाई उपलब्ध एउटा मात्र दैविक शक्ति माता लक्ष्मी शक्तिको पहिचान हो।  

कमलको फुलको रस मानव मनोवैज्ञानिक सबलता सुधार गर्ने सोम रस भित्र पर्ने एक अलौकिक रस हो। कमलले दिने मनोवैज्ञानिक समृद्धिको प्रतिनिधित्व गर्ने देवी लक्ष्मीले हामीलाई आध्यात्मिक प्रगतिको लागि आफ्नो भौतिक धन, शारीरिक तागत र मानसिक क्षमतालाई कसरी उपयोग गर्ने भन्ने पथ प्रदर्शन गरिदिने गर्दछिन्।

 कमलको रस शुद्धता, प्रजनन सुख र सौन्दर्ययताको समेत प्रतीक हो। वैदिक संस्कारमा शारीरिक र मानसिक सबलतालाई व्यक्तिको सौन्दर्य मानिन्छ। उनका चार हात  जीवनका चार लक्ष्यहरू काम (यौन वासना) तृप्ति , अर्थ तृप्ति, धर्म तृप्ति   र मोक्ष तृप्तिको प्रतिनिधित्व गर्दछ। जसलाई चार वेदको प्रतीक पनि मानिन्छ।

उनी सुनको धागो लागेको रातो सारीमा देखिन्छिन्। जसले जीवनको मुक्ति वारेको विद्याको ज्ञान लिन अविद्या रुपी धन, सौन्दर्य (शारीरिक र मानसिक सबलता) र सुदृढ प्रजनन क्षमता निर्माण पूर्वाधारको रूपमा जरुरी हुने भन्दछ। समग्र समृद्धि दर्साउने रातो सारीमा बेरिएकी लक्ष्मीको सौन्दर्यता बिच सारीको सुनको धागोले समग्र समृद्धि प्राप्तिको लागि  विज्ञानको अविद्या अनिवार्य पूर्वाधारको रूपको जरुरत रहेको यथार्थता सम्झाउने गर्दछ।

उनको हत्केलालाई तपाइको कर्मको प्रति रूपमा देखाउँदै उक्त हत्केलाबाट हुने नियमित सिक्काको वर्षालाई तपाइको सुबुद्धि र सत्कर्मको फलले तपाइले नियमित रूपमा प्राप्त गर्ने आफ्नो जीवन पद्धति र जीविकाको सुधार लाई सङ्केत गर्दछ।

नैतिक आम्दानी भन्दा अनैतिक आम्दानीमा गर्न निकै ठुलो दुःख र प्रयासको जरुरत हुन्छ।  अनैतिक आम्दानी र सम्बन्ध प्राप्ति पश्चात् प्राप्तिको भन्दा ठुलो प्रयत्न अनैतिक धन वा सम्बन्धलाई लुकाउन जरुरत पर्दछ। लुकाएको छिपाएको अनैतिक धन, लोभी पापीको कर्म निकै छिटो समाजमा प्राय: भण्डाफोर हुन्छ।

त्यति ठुलो मेहनत मार्फतको जोगाड भएको,  छिपाएको,  भण्डाफोर नभएको पाप कर्मले दिने कर्मको प्रतिफल रुपी स्व-मानसिक पिडा र पाप कर्मको प्रतिफलको नतिजाले प्राकृतिक रूपमै लोभी पापीहरूको जीवन खण्डित र दानवीय पारिदिने प्रकृतिको बनिदिन्छ।  जति ठुलो प्रयास गरे पनि कर्मको प्रतिफल भने  छोप्न र रोक्न सम्भव रहँदैन। 

प्रायः कडा परिश्रमको प्रतिनिधित्व गर्ने हात्तीहरू बिच आनन्दित मुद्रामा मुस्कुराएकी माता लक्ष्मीको औँराले तामसी खानपान, यौन र दुराचारमा लिप्त हुने पशु मस्तिष्क लिएर कडा परिश्रम गरेको पाप कर्मको भरमा उनलाई लड्डु र पैसा चढाएर उनको प्राप्ति हुने र जीवनमा सुखी हुने लोभ बोकेका पापीहरू प्रति भइरहेको व्यङ्ग मानिन्छ।

जसले गर्दा पापी र दुराचारीहरू एकान्तमा समेत उनको तस्बिर समेत आनन्द संग हेर्न सक्दैनन्। उनीहरूको पाप कर्म उनीहरूको यसै जीवनमा उनीहरूलाई दण्डित गर्न प्राकृतिक रूपमा नै प्रकट हुने सन्देश माता लक्ष्मीले दिने गर्दछिन्।  

माता लक्ष्मीको समग्र सन्देशमा मानवीयता, सत्कर्म र आध्यात्मिक ज्ञान प्राप्ति मार्फत आफूले आफूलाई हिजोको आफू भन्दा सुधारिएको आफू बनाउने (सबै भन्दा उत्तम धनको) प्राप्तिको यात्रा सम्भव हुने यथार्थता रहेको छ। 

हिजोको भन्दा झन् नैतिकता युक्त वनेको, हिजोको भन्दा झन् मानवीयता युक्त बनेको, अनि हिजोको भन्दा समग्रमा धेरै सुधारिएको पथमा आफूलाई लैजान चाहने मानिसले आफूलाई अँध्यारो वाट उज्यालो तर्फ लैजान सक्ने प्रकाशको रूपमा भूमिका खेल्ने विद्याको ज्ञान लिन अनिवार्य रहेको सन्देश दिन्छ। 

उक्त शक्ति शाली विद्याको ज्ञान अर्थात् अँध्यारो हटाउने प्रकाशको किरणको सन्देश दाता लक्ष्मीलाई  ज्ञानको प्रकाश प्रदायक शक्तिको रूपमा मान्दै तिहार लाई फेस्टिभल आफ लाइटको रूपमा मनाउने गरिन्छ। झिलिमिली दियो बालेर लक्ष्मी पूजा गरिन्छ।

 

स्वस्तिक चिन्ह VS शुभ लाभ !!

 

सु  + अस्ति + क = स्वस्तिक

मा

सु -  को अर्थ शुभ  अर्थात् शुभ वा कल्याण (लाभ) हो।

अस्ति -  को अर्थ हुनु अर्थात् अवस्थित रहनु भन्ने लाग्दछ। जुन शक्तिको अस्तित्व रहनु भन्ने अर्थमा उल्लेख हुने गर्दछ।

क - भनेर कर्ता अर्थात् कर्म  गर्ने वाला भनिएको हो।

हाम्रो परापूर्व कालदेखि शुभ र कल्याणको प्रतीक मानिने  स्वस्तिक चिन्ह लाई देख्ने बित्तिकै शुभ लाभको सङ्केतको कल्पना गरिन्छ। शुभ लाभको आशीर्वाद प्राप्त गरेको अनुभूति गरिन्छ। अन्तरात्माको समेत अर्थ दिने स्वस्तिकको वैदिक परम्परामा अन्य गहिरा अर्थहरू समेत दिन  प्रयोग गरिने गरिन्छ।

 

त्यसैले अन्तरात्माको सन्दर्भमा स्वस्तिकले  शुद्धता (Purity), सत्यता (Truth), र आत्मा (Aatma) को स्थिरता (नियन्त्रित चित्त - Stability of Chitta) को प्रतिनिधित्व गर्दछ। चित्त वृत्ति (Movement of Chitta) को नियन्त्रणले दिने शुद्धता र सत्यताको सङ्केत गर्दछ।

स्वस्तिक चिन्ह कोर्ने क्रममा बिच वाट ब्रह्माको चार हात बनाइन्छ। जसले धर्म (Dharma or Duty),अर्थ (Artha or Resourced), काम (Kama or Attachments)  र मोक्ष (Moksha or Freewill) को प्रतिनिधित्व गर्दछ।

चार हातको झुकाव पछिको सीधा चार रेखाले सारूप्य (एकरूपता), सालोक्य (ब्रह्मा लिन हुनु - being in), सामीप्य (निकटता) र सायुज्य (fused  into - उसै संग मिसिएर एक हुने) लाई जनाउने गर्दछ।

चार सिधा रेखाको अन्तिमको चार भुजाले मानिसको अहङ्कार (EGO), मन (MIND), चित्त (Chitta - Experienced Memory) र बुद्धि (Intellect & WIsdom) लाई सङ्केत गर्दछ।

समग्र निर्माणको स्वस्तिकको चार जोडिएको भुजाको बिचको खाली ठाउँ अर्थात् आकाशले आत्मसमर्पण (Surrender), माया (Love), आस्था (Faoth) र श्रद्धा (Reverence) लाई जनाउने गर्दछ।

प्रकाशको किरणको उत्सवको समय अर्थात् तपाइ भित्रको तपाइ आफ्नै ज्ञानको भर्गो ज्योतिको चमक निरन्तर चम्किलो पार्ने अमूल्य अवसरको रूपमा आएको तिहारको उपलक्षमा तपाईँलाई समेत स्वस्तिक चिन्न ले दिने शुभ लाभको कामना  गरेँ।

जति जरुरत छ त्यति सम्म ग्रहण गर्न अनुरोध समेत गरेँ।

 तमसो मा ज्योतिर्गमय

 

तमसो मा ज्योतिर्गमय’

अर्थात् अन्धकारबाट उज्यालोमा लैजाने

ज्योतिको पर्व हो, दीपावली ।

दुष्टता र नकारात्मक व्यवहारको प्रतीकरूपी अन्धकारलाई छोडेर सत्यको प्रतीकरूपी प्रकाशको मार्ग अपनाउन सबैलाई प्रेरित गर्ने बृहदारण्यक उपनिषद १/३/८ मा उल्लेख भएको ऋचा भन्दछः

ॐ असतो मा सद्गमय

तमसो मा ज्योतिर्गमय

मृत्योर्मा अमृतं गमय

ॐ शान्तिः शान्तिः शान्तिः

जसको भावार्थ हुन्छ, मेरो आफ्नै सबैभन्दा नजिकको मित्रको रूपमा रहेको मेरो आफ्नै बुद्धि र विवेक (हे प्रभु !) मलाई पलपलमा असत्यबाट सत्यमा पु¥याउनु ।

अन्धकारबाट उज्यालोमा लैजानु ।

अज्ञानताले दिने क्षण क्षणको दुःख अर्थात् मृत्युको सम्भावनालाई ज्ञानप्राप्तिमार्फत् नियमित अमरता अर्थात् मानवताले भरिपूर्ण जीवनपथमा डो¥याउनु ।

तिहारको वेलाको झिलिमिली प्रकाशको अर्थ आफ्नै कुकर्म र बिग्रिएको बुद्धिको पहिचान गरी आफैलाई सत विचार मार्फत सत कर्ममा लगाउनु हो।

  दीपावलीको मिठाइ

पूजामा बाँडिने मिठाइ आफ्नै मनको अर्को प्रतिको ईर्ष्या, तुस, रिस र असन्तुष्टि वाट आफूलाई मुक्त गरी आफ्नो र आफ्नो जीवनमा आफूसँग ठोकिन आइपुग्ने सबैको कल्याण भाव लिने र जीवनमा मिठास थप्ने प्रतिज्ञा बापत सेवन गरिने प्रसाद हो।

प्रसाद सेवनको अर्थ त्यस कुरालाई कदर गर्नु, स्विकार्नु र त्यस प्रकृतिको कर्म आफूबाट यस पछि कदापि पुनः दोहरिने छैन भनी आफूले आफै संग गर्ने बाचा हो।

मेडिकल विज्ञानको पछिल्लो समयको बुझाइ अनुरूप मानिसमा हुने डिप्रेसन, एञ्जाइटि र चिडचिडेपन जस्ता समस्याहरूले मानिसको आफ्नो अनुभूति (सोच), प्रभाव (भावनाहरू) र सामान्य व्यवहारमा अवरोधहरू जन्माउने मनोवैज्ञानिक स्वास्थ्य सम्बन्धका समस्या भएता पनि तिनीहरू मूलतः सामाजिक कारकहरू जस्तै तनावपूर्ण जीवन घटनाहरू, सामाजिक सुरक्षा र समर्थनको अभाव आदि संग जोडिएको सामाजिक प्रभाव हो। 

त्यस्तै जब कुनै  मानिसको मन आफूले चिने जानेको व्यक्तिको प्रगति देख्दा कुँडिन्छ, आफ्नो अवनतिको अनुभूति गर्न थाल्दछ, आफ्नो अहङ्कार बारे अधिक सचेत बन्दछ, आफ्नो मनमा अन्य प्रति ईर्ष्या, तुस, रिस र असन्तुष्टि पाल्दछ, तव त्यो मानिस समेत मनोवैज्ञानिक असन्तुलनको सिकार बन्दछ। सामाजिक प्रभावले दुखी बन्दछ।

माथि उल्लेखित दुवै प्रकारका व्यक्तिको लागि मेडिकल ओखती अल्पकालीन नियन्त्रणको तर अन्य साइड इफेक्ट जन्माउने उपाय हुने गर्दछ। उनीहरूको सबैभन्दा उत्तम उपचार योग, ध्यान र अध्यात्म नै हो।

 

हाम्रो परम्परागत तिहार चाडपर्वको प्रसादको रूपमा बाँडिने मिठाइले हामीलाई त्यही सन्देश परम्परागत रूपमा हामीलाई दिँदै आएको छ।

जब तिमि कुनै कुरामा असफल हुन्छौ वा कुनै कुरो तिम्रो अनुकूल बन्दैन तव तिमीले अर्कालाई दोष दिएर आफ्नो वरपरको समाज र आफैलाई समेत त्यसमा अर्काको हात रहेकोले पुष्टिकरण दिँदै आफू अल्प कालको लागि सन्तुष्ट बन्दछौ।त्यस बापत तिमीलाई रिस उठ्ने गर्दछ। तिमीमा कुण्ठा जन्मन्छ। तिमीमा अहङ्कार जाग्दछ।

तिम्रो रिस, कुण्ठा र अहङ्कार सबै अर्का प्रति लक्षित हुने गर्दछ। आफू प्रति लक्षित हुँदैन।

दीपावलीको मिठाइ त्यो तिम्रो मनको अमिलो र तितो सफा गर्न त्यसको विरुद्ध बाँडिने प्रसाद हो।

त्यसले भन्दछ तिमीमा जे भयो यो तिम्रो सोच र कर्मको प्रतिफल हो। ती कुराहरू हुनुमा तिम्रो आफ्नै अत्यन्त ठुलो भूमिका छ। अन्य त सहायक मात्र हुन्।

जुन कुरा तिमीले आफ्नो असफलता मानेका छौ त्यो वास्तवमै तिम्रो असफलता हो वा अर्को ठुलो सफलताको लागि तिम्रो लागि जरुरतको अनुभवको लागि आएको हो, त्यो तिमीले बुझ्न सकेनौ।

हरेक मानिस तिम्रो जीवनमा कुनै कारणले मात्र ठोक्किन आइ पुग्दछन्।

कसैले धोका छल कपट दिएर तिमीलाई अत्यन्त बलिष्ठ तिमि बन्ने पाठ अत्यन्त सस्तोमा सिकाएर तिम्रो गुरु बनेर जान्छन्। कसैले मिठो अनुभूति गराएर संसारमा ईश्वरीय अलौकिक शक्ति पनि  रहेको अनुभूति गराएर जाने गर्दछन्। पराएले तिमीलाई जीवन के हो भन्ने सिक्न सहयोग गर्दछन्। आफन्तले त्यो जीवन भित्रको रसपूर्ण जिन्दगीको स्वाद चाख्ने अवसर तिमीलाई दिन्छन्।

तिम्रो सम्पूर्ण असफलता वा असन्तुष्टिको कारण तिम्रो अहङ्कार नै हुने गर्दछ। त्यो कुरा बुझ। 

औँसीको रातलाई तिम्रो त्यो कालो अहङ्कार वा अज्ञानताको प्रतीकको रूपमा लिने गरिन्छ। पहिला त्यो कालो रातलाई चिन।

त्यसपछि  अज्ञान वा अहङ्कारलाई नष्ट गर्न लक्ष्मी शक्ति रुपी प्रकाश वा झिलिमिली दियोको औँसीको अँधेरो चिर्ने तागत पहिचान गर।

झिलिमिली दियोको औँसीको अँधेरो चिरे जस्तै आफ्नो भित्रको तितो, आफ्नो भित्रको अमिलो वाट आफूलाई सफा गर।

आत्मा ज्ञानले आफैलाई चिन।

बाहिर हजार सूर्य लागेका होलान् तर तिमि भित्रको अँधेरो चिर्न र तिम्रो लागि काम चल्ने वातावरण बनाउन सानो टुकी बत्ती नै तिम्रो लागि लाखौँ सूर्य बरावर हुने यथार्थ सम्झ।

तिम्रो जीवनमा तिमि आफै भित्र आशा र विश्वासको भर्गोज्योति रुपी आत्मा रहेको अनुभूति गर।

कहिल्यै नमर्ने त्यो तिम्रो आशा र विश्वासको भर्गोज्योति रुपी आत्मा तिम्रो हालको अस्थायी जीवितताको सम्पूर्ण रूपमा व्यवस्थापन गर्न सक्षम रहेको यथार्थ महसुस गर।

तिम्रो मनको सबै प्रकारको सु:ख र दुःखको अनुभूति वाट त्यसले तिमीलाई पार लगाउन सक्ने यथार्थ अनुभूति गर।

जब तिमि यो कुरा बुझ्दछौ तब तिम्रो सबै दुःख र असन्तुष्टि हटेर जान्छ।

अर्को प्रतिको रिस राग हराएर जान्छ।

तब तिम्रो आफ्नो मन त मिठो हुन्छ नै ।  तिमीले भेट्ने, तिम्रो व्यवहारले असर गर्ने अन्य लाई समेत तिम्रो कारण मिठो अनुभूति र निन्द्रा दिन्छ।

माता लक्ष्मीको गुलियो, मिठो प्रसाद यिनै सन्देश दिने प्रयोजनमा वैदिक यज्ञ र अनुष्ठानहरूमा लक्ष्मी पूजामा जस्तै बाँडिने गरिन्छ।