प्रथम क्रियोल नेपाली भाषी अँनलाइन पत्रिका

Updated at:- 2025-01-08

रवि थुनामा जाँदै ? बन्ने छन् आस्थाका वन्दी।

एसिया अन्तर्गत रहेको प्रजातन्त्र रहेको भनिएको मुलुक नेपालका चर्चित नेता रवि लामिछानेको राज्य द्वारा निर्माण गरिएको काल्पनिक मुद्दामा पुर्पक्षको लागि थुनामा लगिने प्रस्ट सङ्केत मिलेको देखिन्छ। संसारकै पहिलो बहुदलीय तानासाही राज्यमा रुपान्तरण भएको नेपाल सरकारको नियोजित प्रतिसोध बापत प्रजातन्त्रका हिमायती नेता रवि लामिछाने अकारण जेल बस्नु पर्ने प्रपञ्च गरिएको आभास अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले पाएका छन्। निकट भविष्यमै  आस्थाको बन्दीको न्यायको लागि आवाज उठाउन अन्तर्राष्ट्रिय दबाबको जरुरत पर्ने प्रवल सम्भावना देखिएको छ।

वेद र विज्ञानका जानकारहरू सदैव एक कुरा भन्ने गर्छन् - त्यो हो:

"हे मेरो आफ्नो बौद्धिकता र भाग्य, कृपया मलाई मेरा आफन्तहरू बाट बचाई दिनु। मेरो सबै विरोधी संग एकै चोटी भिड्ने र तिनीहरुलाई पराजय गर्ने क्षमता र तागत तिमीले नै मलाई प्रशस्त दिएका छौ।"

रवि आज त्यही हालतमा छन्।

आज रास्वपाका रविका भनिएकाहरूले कान्छा न्यायाधीश नितिज राईबाट आफूलाई न्याय हुने भनेर जस्तो किसिमको बेतुकको केटौले तर्क गर्दै पार्टी र जनताको अपेक्षा शिथिल गरिरहेका छन्, सायद उनीहरूले जमिनको यथार्थको नजरअन्दाज गरेका छन्। गरिरहेका छन्। यो कुरा त्यति सहज र नियोजित भूमिका विहीन छैन। यो हेर्दा लाग्दछ यो पार्टी भित्र आज पनि मुकुल ढकाल आदि जस्तै बच्चा मानसिकता हाबी छ।

प्राप्त खबरहरु अनुसार जब नेपाली काँग्रेस र नेकपा (एमाले) को सहमतिअनुसार नयाँ समीकरण बन्ने कुरा भइरहेको थियो, त्यसको मात्र दुई वटा मुख्य सर्त थिए। त्यति बेला आफ्नै गृहमन्त्री र सचिवको दुरुपयोग गरी नेपालीलाई भुटानी बनाएर कमाउने मञ्जु-आरजुको धन्दामा आफ्नो मात्र अधिक बेइज्जती भएपछि मञ्जु खाँणले आरजू तान्ने परिस्थिति बन्यो। त्यसलाई रोक्न मञ्जुको ठाउँमा बालकृष्ण खाँड जेल जानुपर्ने भयो। नेता प्रति इमानदार बनेर खाँण जानी जानी विष पिउन राजी भए। त्यसले हाइ कमान्ड लाई केही समय राहत दिए पनि त्यो लामो समय चलेन। बेतन झा नेपाललाई बुझाउने र थुनिने सम्मको अवस्था आयो। त्यसले आरजू तान्ने परिस्थिति लगभग निश्चित जस्तै बन्यो।

आरजूको जीवनको कठिन घडी जसरी पनि टार्ने सारथि बनेर केपी ओली प्रधानमन्त्री बन्न तयार भए।

त्यसलाई जारी राख्न रविलाई उठ्न नसक्ने गरी कसरी डाम्ने भन्ने समेत सरकार बन्नुअघि नै सहमति बन्यो।

अब केही नयाँ कुरा भए। देउवाले अचानक आफ्नो हालको अन्तिम पटकको सभापति पछिको पद गगनको हुने ग्यारेन्टी गरिदिए। ठिक त्यहि समय देउबा संगै रवि नसकिँदा आफू अधिक धरै असुरक्षित बन्ने महसुस गगनले गरिदिए। ओलीको काँधमा बन्दुक राखेर रविलाई प्रहर गर्ने कला विहीन नाटकको मञ्चन भयो। केही अदृश्य गृहकार्य त्यसपछि अघि बढ्यो।

अर्को तर्फ न्याय परिषद्का सदस्यहरूले त्यो समयमा ३५ जनाको न्यायाधीशमा नियुक्तिको सिफारिस गरेको अवस्था थियो। प्रचण्डको सरकार एमालेले छाड्ने निश्चित भएपछि पर्वतका एमालेका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले आफूले प्राविधिक रूपमा सरकार छाडेजस्तै अवस्था भइसकेकाले बाँकीको जिम्मा अब आउने नयाँ मन्त्रीलाई छाडेको भन्दै अन्यलाई रोकेर लोकसेवा आयोगले सिफारिस गरेका ८ जनालाई मात्र जिल्ला न्यायाधीश तोक्ने निश्चय गरे। त्यो नियुक्तिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उपसचिव नितिज राई समेत परे।

ललितपुर जिल्ला अदालत न्यायाधीश पछि नितिज राईको कास्की जिल्ला अदालतका ८ न्यायाधीश मध्येको एकमा पोस्टिङ्ग भयो। न्याय प्रशासनबाट जिल्ला न्यायाधीशमा आएकोले 'करियर जज' भनिएको हो। नितिज राईको अरू पक्ष नजरअन्दाज गरिएको जस्तो त्यति सहज छैन।

रवि निकटका हरुको करियर जज, कान्छा न्यायाधीश आदि जस्ता बाह्य प्रचारबाजी र आग्रह-अनुग्रह व्यर्थ रहेको र जमिनको भित्री यथार्थ निकै छिटो सार्वजनिक हुनेछ। न्यायाधीश राईले गण्डकी विश्वविद्यालयमा बी.ए.एल.एल.बी. पढिरहेका विद्यार्थीसँग आफ्नो अनुभव साटेका समयमा आफू ६ वर्ष न्याय समूहको अधिकृत बनेर सेवा गरेको, कानुन समूहमा मेहनत गरी लोकसेवा आयोगको कठिन परीक्षामा १ नम्बरमा नाम निकालेको, त्यसपछिको ६ वर्षे अनुभव र अर्कै मेहनतको कारण कानुन समूहको उपसचिव बन्न पनि सफल भएको भन्दै गर्दा उनको टोनमा हालको सरकार प्रति त्यसको नेतृत्व प्रति अस्वाभाविक सहानुभूति बुझ्न सकिन्थ्यो।

न्यायाधीश नितिज राईको इजलासमा पेशी तोकिएको रवि लामिछानेप्रति यी न्यायाधीश त्यति सकारात्मक नभएको तथ्य पहिलो दिनमै देखिएको छ। यो यसलाई रास्वपाका एक्टिभिस्टहरूले नबुझ्नु अत्यन्त दयनीय अवस्था हो। हाल नेपालमा रविको लागि चालिएको गैर-न्यायिक रूपको न्यायको नाटक मञ्चन गहिरो गरी निहालेर हेर्दा यसले अन्ततः रविलाई व्यक्तिगत रूपमा नेपालमा चुनावमा लड्न र पार्टी सभापति हुन समेत कानुनी रूपमा अयोग्य रहने हदमा डाम्ने दुर्नियत देखिएको छ। अवस्था होइन व्यवस्था परिवर्तन नहुँदा सम्म त्यो अवस्था कायम हुने निकै ठुलो सम्भावना देखिन्छ।

दूर दराजमा रहेको नेपालमा मिले कास्कीकै नमिले बागमतीको अदालत वाट रविलाइ पुर्पक्षको लागि थुनामा पठाईएको आदेश आउने अत्याधिक प्रवल सम्भावना देखिन्छ। त्यसको पुनराबेदनले पनि सोहि निर्णय सदर गर्दैन भनी विश्वास गर्ने आधार न्यून बनेको छ।  

अदालत मार्फत रविको भाग्य ८४ सम्म नै जेलमा रहने गरी रहनु पर्ने तोकिने हुन सक्दछ।

त्यसपछि जनताको आस्थाका बन्दीको रूपमा जेलबाट पार्टी चलाउने पहिलो नेता बन्ने भूमिकामा रवि पुग्ने छन्।

त्यहाँको परिस्थिति हेर्दा राता रात कुनै आन्तरिक नाटकीय परिवर्तन भएछ भने मात्र रवि छुट्ने छन्।

त्यसो हुँदा, रवि छुटेमा तेस्रो ठुलो पार्टी हैसियतमा आगामी ८४ को चुनावमा रवि संसद्मा पुग्ने देखिन्छ।

यदि त्यसो भएन भने आस्थाको बन्दीको रूपमा रहेको रविको पार्टी नेपालको दुई ठुला मध्ये एक बन्ने देखिन्छ।

तर त्यो बेला नेपाली काँग्रेस शेखर आदिको कब्जामा तेस्रो ठुलो पार्टी हुने छ।

रविको नै सहयोग लिएर पहिलो ठुलो पार्टी एमालेको तर्फ वाट विद्या भण्डारी प्रधानमन्त्री र केपी ओली राष्ट्रपतिको पदमा देखिने छन्।

त्यसपछि रवि छुट्ने त छन्। तर कानुनी रुपमा चुनाब लड्न नपाउने पार्टी सभापति बन्न पनि नसक्ने गरि।

त्यो समयमा गगनहरूको छायाहरूले रास्वपाको नेतृत्व चलाएको हुने अनुमान गर्न सकिन्छ।

रास्वपा जित्ने तर रवि हार्ने प्रस्ट देखिन्छ।

६० बर्स कै जस्तो नियमित हारको नियति नेपाली जनताले नियमित भोग्ने क्रममा कुनै ब्रेक लाग्ने छैन।