प्रथम क्रियोल नेपाली भाषी अँनलाइन पत्रिका
नेपाली परम्परागत थुप्रै फरमेन्टेड खानेकुराहरू छन्, जसले पेटमा लाभकारी प्रोबायोटिक्स हुर्कन, बढ्न, बीज दिन र सहयोग गर्ने काम गर्छन्। यसले आन्द्रा र मस्तिष्कबीच सहज सञ्चार गराउँदै गट-ब्रेन मजबुत बनाउँछ। परिणामस्वरूप, एकातिर पाचन क्रिया अत्यन्त सहज हुन्छ भने अर्कोतर्फ मनोविज्ञानसँग सम्बन्धित विभिन्न विकृतिहरूलाई शरीर आफैंले उपचार गर्न सहज बनाउँछ। पेटभित्रको आन्तरिक सूक्ष्मजीवहरूको सन्तुलनले दिने बलियो पाचन शक्ति समग्र स्वास्थ्य सुधारमा अत्यन्त प्रभावकारी हुन्छ।
नेपाली संस्कृतिको अभिन्न अङ्गका रूपमा रहेका यी परम्परागत खानपान र स्वस्थ जीवनशैलीका लागि महत्त्वपूर्ण खानेकुराहरूको सूची लामो छ। केही उदाहरणहरू हुन्: गुन्द्रुक (Gundruk), सिन्की (Sinki), तामा (Tamaa), मोही (Mohi), दही (Dahi), फरमेन्टेड चटनी (Chutney), फरमेन्टेड अचार (Achaar), किनेमा (Kinema), मसौरा (Masaura), छुर्पी (Chhurpi), जाँड, छ्याङ, तोङ्बा (Jaan/Chyaang/Tongba), फरमेन्टेड भाङको पात (Fermented Bhang), फरमेन्टेड पिठोबाट बनेको सेल रोटी (Sel Roti), भक्का (Bhakkaa), ताडी (Tadi) आदि।
समग्रमा, दही, मोही र किनेमा (भटमासबाट बनेको) जस्ता नेपाली परम्परागत खाद्यहरू प्रोबायोटिक्सका सबैभन्दा धनी स्रोत हुन्। यी खाद्य पदार्थको औसत सेवन प्रति ग्लास अरबौँ लाभदायक सूक्ष्मजीवहरू पेटमा थप्ने गर्दछ। गुन्द्रुक, सिन्की र तामा जस्ता खाद्य पदार्थहरूको नियमित सेवनले लाखौँदेखि अरबौँ सूक्ष्मजीवहरू शरीरमा प्रविष्ट गराउँछ।
जाँड, तोङ्बा, छ्याङ र ताडी जस्ता अल्कोहलिक पेयहरूले पनि लाखौँ सूक्ष्मजीवहरू थप्छन्, तर त्यसमा भएको अल्कोहलका कारण प्रोबायोटिक प्रभाव अन्य खाद्यहरूजस्तो प्रभावकारी हुँदैन। कतिपय मानिसहरू गुन्द्रुक भुट्दा ल्याक्टोबेसिलस ब्याक्टेरिया मर्छ भन्ने विश्वास गर्छन्। हो, पकाउने क्रममा यी सूक्ष्मजीवहरू भङ्ग हुने वा टुक्रने गर्छन्, तर वैज्ञानिक अनुसन्धानहरूले देखाएको छ कि तिनीहरू पेटमा पुगिसकेपछि शरीरभित्र पुनः सक्रिय हुन सक्छन्। वेदमा उल्लिखित यो तथ्यलाई हाल विज्ञानले प्रमाणित गरिसकेको छ। यस्तो अद्भुत पुनरुत्थान शक्ति सामान्यतः स्वास्थ्यलाई सहयोग गर्ने दैवी गुण भएका प्रोबायोटिक्सहरूमा पाइन्छ।
फरमेन्टेड खाद्य पदार्थहरूमा पाइने सूक्ष्मजीवहरूको विवरण:
१. गुन्द्रुक (Gundruk)
सूक्ष्मजीव प्रमाण: ~ १०⁷–१०⁹ CFU/g (प्रति ग्राम कोलोनी निर्माण गर्ने इकाई)।
प्रमुख सूक्ष्मजीवहरू: Lactobacillus spp., Leuconostoc, र इष्ट।
योगदान: ५०–१०० ग्राम सेवन गर्दा लाखौँदेखि अरबौँ प्रोबायोटिक्स थपिन्छ।
२. सिन्की (Sinki)
सूक्ष्मजीव प्रमाण: ~ १०⁶–१०⁸ CFU/g।
प्रमुख सूक्ष्मजीवहरू: Lactobacillus plantarum, Pediococcus, र अन्य ब्याक्टेरिया।
योगदान: ५० ग्राम सेवन गर्दा दसौँ लाखदेखि करोडौँ प्रोबायोटिक्स थपिन्छ।
३. तामा (Tamaa)
सूक्ष्मजीव प्रमाण: ~ १०⁵–१०⁷ CFU/g।
प्रमुख सूक्ष्मजीवहरू: Lactobacillus प्रजातिहरू।
योगदान: ५०–१०० ग्राम सेवन गर्दा लाखौँ लाभदायक सूक्ष्मजीवहरू थपिन्छ।
४. मोही (Mohi)
सूक्ष्मजीव प्रमाण: ~ १०⁸–१०⁹ CFU/ml।
प्रमुख सूक्ष्मजीवहरू: Lactobacillus acidophilus, Streptococcus thermophilus।
योगदान: २०० ml सेवन गर्दा अरबौँ प्रोबायोटिक्स थपिन्छ।
५. दही (Dahi)
सूक्ष्मजीव प्रमाण: ~ १०⁸–१०¹⁰ CFU/g।
प्रमुख सूक्ष्मजीवहरू: Lactobacillus, Streptococcus, Bifidobacteria।
योगदान: १००–२०० ग्राम सेवन गर्दा अरबौँ लाभदायक सूक्ष्मजीवहरू थपिन्छ।
६. फरमेन्टेड चटनी (Chutney)
सूक्ष्मजीव प्रमाण: ~ १०⁶–१०⁸ CFU/g।
प्रमुख सूक्ष्मजीवहरू: Lactobacillus, Streptococcus, Bifidobacteria, इष्ट।
योगदान: ३०–५० ग्राम सेवन गर्दा लाखौँदेखि दसौँ लाख प्रोबायोटिक्स थपिन्छ।
७. फरमेन्टेड अचार (Achaar)
सूक्ष्म जीव प्रमाण : ~ १०⁵–१०⁷ CFU/g ।
प्रमुख सूक्ष्म जीवहरू : तोङ्गबा
योगदान : ३०–५० ग्रामको सेवनले लाखौँ फाइदाजनक सूक्ष्म जीवहरू थप्छ।
८. किनेमा (Kinema)
सूक्ष्म जीव प्रमाण : ~ १०⁸–१०⁹ CFU/g ।
प्रमुख सूक्ष्म जीवहरू : Bacillus subtilis , Lactobacillus ।
योगदान : ५०–१०० ग्राम किनेमा खानाले सयौँ लाख देखि अरबौँ प्रोबायोटिकहरू थप्छ।
९. मसौरा (Masaura)
सूक्ष्म जीव प्रमाण : ~ १०⁶–१०⁸ CFU/g ।
प्रमुख सूक्ष्म जीवहरू : दही जस्ता ब्याक्टेरिया।
योगदान : ३०–५० ग्रामको सेवनले लाखौँ देखि दसौँ लाख सूक्ष्म जीवहरू थप्छ।
१०. छुर्पी (Chhurpi)
सूक्ष्म जीव प्रमाण : ~ १०⁴–१०⁶ CFU/g ।
प्रमुख सूक्ष्म जीवहरू : फरमेन्टेशनको शुरुआती चरणमा Lactobacillus , Streptococcus , बिफिडोब्याक्टेरिया र fungus ।
योगदान : कडा छुर्पीमा जीवन्त सूक्ष्म जीवहरू कम हुन्छन्, तर नरम छुर्पीले लाखौँ सूक्ष्म जीवहरू थप्छ।
११. जाँड/ तोङ्गबा/छ्याङ (Jaand/Tongba/Chhyang)
सूक्ष्म जीव प्रमाण : ~ १०⁵–१०⁷ CFU/ml (ढाक्नु भन्दा पहिले)।
प्रमुख सूक्ष्म जीवहरू : इष्ट (Saccharomyces cerevisiae ), Lactobacillus , Streptococcus , बिफिडोब्याक्टेरिया ।
योगदान : २००–३०० ml पिउनाले लाखौँ देखि दसौँ लाख सूक्ष्म जीवहरू थप्छ, तर अल्कोहलले जीवन्त सूक्ष्म जीवहरूको बाँच्ने क्षमता कम गर्दछ।
१२. फरमेन्टेड भाँगको पात (भाँग)
सूक्ष्म जीव प्रमाण : ~ १०⁴–१०⁶ CFU/g ।
प्रमुख सूक्ष्म जीवहरू : जङ्गली इष्ट (Saccharomyces cerevisiae), Lactobacillus , Streptococcus , बिफिडोब्याक्टेरिया ।
योगदान : सानो सेवनले लाखौँ सूक्ष्म जीवहरू थप्छ, तर यसको प्रमुख प्रयोग औषधीय हो, प्रोबायोटिकको रूपमा खाने गरिँदैन।
१३. फरमेन्टेड सेल रोटी (Sel Roti) / भक्का (Bhakkaa)
सूक्ष्म जीव प्रमाण : ~ १०⁵–१०⁶ CFU/g फरमेन्टेशनको समयमा।
प्रमुख सूक्ष्म जीवहरू : इष्ट (Saccharomyces cerevisiae ), Lactobacillus , Streptococcus , बिफिडोब्याक्टेरिया ।
योगदान : एउटा टुक्रा (~५० ग्राम)ले लाखौँ सूक्ष्म जीवहरू थप्छ।
१४. ताडी (Tadi)
सूक्ष्म जीव प्रमाण : ~ १०⁶–१०⁷ CFU/ml फरमेन्टेशनको समयमा।
प्रमुख सूक्ष्म जीवहरू : जङ्गली इष्ट (Saccharomyces cerevisiae), Lactobacillus , Streptococcus , बिफिडोब्याक्टेरिया (Bifidobacteria) ।
योगदान : १००–२०० ml पिउनाले लाखौँ देखि दसौँ लाख सूक्ष्म जीवहरू थप्छ, तर अल्कोहलको कारण जीवन्त सूक्ष्म जीवहरूको बाँच्ने क्षमता कम हुन्छ।
महत्वपूर्ण विचारणीय पक्ष:
वेदिक जीवनशैलीको विश्लेषण गर्दा हामीले एक महत्वपूर्ण कुरा ख्याल गर्नुपर्छ— हाम्रो बजारलाई विदेशी कम्पनीहरूको एकाधिकारले कब्जा गरिरहेको छ। आयुर्वेदको प्रभाव घटाउन स्वास्थ्य मन्त्रालयजस्ता निकायको सहयोगमा बजारमा छ्यापछ्याप्ती माइक्रोबायोम सप्लिमेन्टहरू बेच्न थालिएको छ। ती सप्लिमेन्टहरूमा अरबौँ लाभदायक प्रोबायोटिक्स (जस्तै: Lactobacillus, Bifidobacterium) र केही प्रकारका इष्टहरू (Saccharomyces boulardii) पाइन्छन्। तर, अनुसन्धानअनुसार ती मध्ये मात्र ३०% मात्र शरीरले उपयोग गर्न सक्छ, किनकि ती हाम्रो आन्द्राको वातावरणअनुकूल हुँदैनन्।
अर्को तर्फ, मात्र एक चम्चा पञ्चामृत (दूध, दही, मह, घिउ र पाका केरा) सेवन गर्दा आन्द्रामा सामान्यतया लाखौँदेखि करोडौँ (१०⁷–१०⁸ CFU) फाइदाजनक माइक्रोबायोम ब्याक्टेरिया पुग्छन्, जुन शरीरले सजिलै उपयोग गर्न सक्छ। पञ्चामृतमा मुख्यत: दहीको उचित सन्तुलन हुने भएकाले यसले अति प्रभावकारी काम गर्छ।
~ वेदमा विज्ञान, देवघाट।