प्रथम क्रियोल नेपाली भाषी अँनलाइन पत्रिका
वेदको ऋचाको हरेक शब्दको फरक फरक सन्दर्भमा फरक फरक अर्थ लाग्ने गर्दछ। सन्दर्भ अनुसार त्यो शब्दको फरक फरक साङ्केतिक अर्थ आउने हुँदा फरक फरक साङ्केतिक अर्थमा नै त्यसको सन्देशको ग्रहण गर्नु पर्ने हुन्छ। जस्तै ऋग्वेद १.१.१ मा लेखिएको छ:
अग्निमीळे पुरोहितं यज्ञस्य देवमृत्विजम्।
होतारं रत्नधातमम्॥
शब्दार्थ र सन्दर्भ
१) अग्निम् (Agnim): अग्नि = आगो (Fire)
दिव्य प्रकाश (Divine Light)
ऊर्जा र शक्ति (Energy and Power)
यज्ञको मूल तत्त्व (The essence of sacrifice)
ज्ञानको प्रतीक (Symbol of knowledge)
यो ऋचाको सन्दर्भमा यसको अर्थ भने यस्तो लाग्दछ:
अग्निम् (Agnim) – प्राकृतिक दिव्य उर्जा
२) ईळे (Īḷe): म स्तुति गर्छु (I praise/worship)
म पूजा गर्छु (I worship)
म समर्पण गर्छु (I offer/surrender)
म आवाहन गर्छु (I invoke)
यो ऋचाको सन्दर्भमा यसको अर्थ भने यस्तो लाग्दछ:
ईळे - म मेरो अन्तर आत्मा वाट यो कुरा मनन गर्दछु कि
३) पुरोहितम् (Purohitam): प्रधान पुजारी (Chief Priest)
यज्ञको प्रथम पुजारी (The first priest of the sacrifice)
देवताको प्रतिनिधि (Representative of the divine)
मध्यस्थकर्ता (Mediator between humans and gods)
यो ऋचाको सन्दर्भमा यसको अर्थ भने यस्तो लाग्दछ:
पुरोहितम् : यो दिव्य ऊर्जा नै मेरो लागि देवता (सम्पूर्ण ज्ञान प्राप्तिको कारक) हो।
४) यज्ञस्य (Yajñasya): यज्ञको (Of the sacrifice)
पवित्र कार्यको (Of sacred work)
धार्मिक अनुष्ठानको (Of religious rituals)
आत्मिक उद्घोषणाको (Of spiritual invocation)
यो ऋचाको सन्दर्भमा यसको अर्थ भने यस्तो लाग्दछ:
यज्ञस्य : मैले गर्ने कर्मको हरेक गतिविधिको
५) देवम् (Devam): देवता (Deity/God)
दिव्य शक्ति (Divine power)
आध्यात्मिक प्रेरणाको स्रोत (Source of spiritual inspiration)
आलोकदाता (Giver of light)
यो ऋचाको सन्दर्भमा यसको अर्थ भने यस्तो लाग्दछ:
देवम् - जरुरी हुने ज्ञान र प्रेरणाको स्रोत
६) ऋत्विजम् (Ṛtvijam): ऋतुपुरुष = यज्ञको पुजारी (Priest performing the sacrifice)
यज्ञको संचालन बिधि (Conductor of the sacrifice)
देवताको सहयोगी (Helper of the deity)
धार्मिक क्रियाकलापको प्रधान (Leader of religious activities)
यो ऋचाको सन्दर्भमा यसको अर्थ भने यस्तो लाग्दछ:
ऋत्विजम् : कर्म सम्पन्न गर्ने विधि
७) होतारम् (Hotāram): हवन स्वीकार गर्ने (One who accepts oblations)
यज्ञको प्रधान पाद्री (Chief priest of the sacrifice)
देवतालाई हवन समर्पित गर्ने (One who offers oblations to the deity)
आध्यात्मिक याचक (Spiritual seeker)
यो ऋचाको सन्दर्भमा यसको अर्थ भने यस्तो लाग्दछ:
होतारम् : कर्मको फलको ग्रहण कर्ता
८) रत्नधातमम् (Ratnadhātamam): रत्न र धनका दाता (Giver of wealth and jewels)
ऐश्वर्य र आशीर्वादको दाता (Giver of prosperity and blessings)
आध्यात्मिक धनको प्रदाता (Bestower of spiritual wealth)
दिव्य उपहारहरूको वितरक (Distributor of divine gifts)
यो ऋचाको सन्दर्भमा यसको अर्थ भने यस्तो लाग्दछ:
रत्नधातमम् - कर्मको फलले दिने परिणामको लागि जिम्मेवार।
यसको समग्र भावार्थ हुन्छ:
म मेरो अन्तर आत्मा वाट यो कुराको मनन गर्दछु कि मेरो सम्पूर्ण ज्ञान प्राप्तिको कारक प्राकृतिक दिव्य ऊर्जा हो। मैले गर्ने कर्मको हरेक गतिविधि र त्यसलाई सम्पन्न गर्ने विधिको प्रेरणाको स्रोत मैले प्राप्त गरेको ज्ञान हो। म वाट सम्पन्न हुने हरेक कर्मको फलको ग्रहण कर्ता र कर्मको फलले दिने परिणामको जिम्मेवार समेत मेरो आफ्नै कर्म हो।