मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

वैज्ञानिकताको कसीमा गुरु पूर्णिमा ।

डा.नारायण घिमिरे, टोरन्टो, क्यानडा।

 

वैदिक परम्पराको गुरु पूर्णिमा व्यक्तिको व्यक्तिगत जीवनमा विभिन्न वैज्ञानिक महत्त्व राख्दछ। गुरु पूर्णिमा आफैमा व्यवहारिक, नैतिक, धार्मिक तथा आध्यात्मिक ज्ञानको नियमित  प्रवाहमा गुरु र चेलाको बिचको सम्बन्धको महत्त्वलाई पुनर्ताजकी गराउने दिन हो। गुरु एक प्रबोधित व्यक्ति हुन् जसले आध्यात्मिक र बौद्धिक ज्ञान आफ्ना चेलाहरूलाई दिन्छन् । अनुभवी गुरुबाट उनको चेलाले गहिरो तर चुरो ज्ञान प्रभावकारी रूपमा ग्रहण गर्न सक्दछन्। गुरुको आराधना गरिने गुरु पूर्णिमा हरेक व्यक्तिको समग्र विकासलाई अधिक जोड दिने गरिन्छ। गुरु मात्र एक सैद्धान्तिक ज्ञान दिने शिक्षकमा सीमित हुँदैन। प्राप्त ज्ञानको सहयोगले थप ज्ञान प्राप्तिको  नियमितता जीवन भर कायम राखिदिने भूमिकामा समेत गुरु देखिन्छन्। सीमित  शिक्षकको भन्दा अधिक व्यक्तिगत विकास, उत्तम चरित्र निर्माण र नैतिक विकासमा सहायता गर्ने एक मार्गदर्शकको रूपमा गुरुको भूमिका रहन्छ। जस अन्तर्गत चेलाको भावनात्मक बुद्धिमत्ता, अन्तर व्यक्तिगत कौशल र सर्वाङ्गीण सुख प्राप्ति तर्फको यात्राको मार्गदर्शकको भूमिकामा गुरु भेटिनछन्।

 

कुनै कुराको पूजा गर्दै गर्दा आफ्नो अभाव र असन्तुष्टि निवारणको माग मनमा मनमा आउने गर्दछ। आफ्नो भन्नु पर्ने, सुनाउनु पर्ने वा सुन्नु पर्ने केही हुन सक्दछ। आराधना गर्दै गर्दा भने उक्त पात्रले आफूलाई लगाएको गुणको लागि धन्य बनिन्छ। आफ्नो भन्नु पर्ने, सुनाउनु पर्ने वा सुन्नु पर्ने समेत केही हुँदैन। केवल भौतिक वा मनोवैज्ञानिक सान्निध्य मात्र खोजिन्छ।   त्यसैले गुरु पूर्णिमामा गुरुको पूजा हैन आराधना  गर्ने गरिन्छ। ज्ञात अज्ञात गुरुहरू संग धन्य बनिन्छ। उहाँहरूसँग मनोवैज्ञानिक सान्निध्य कायम गरिन्छ।

 

गुरु पूर्णिमामा हरेक व्यक्ति लाई आफूलाई आफ्नो जीवन भरी शिक्षा, आत्म-सुधार जस्ता विषय नियमित जरुरत हुने यथार्थको बोध दिलाउने गर्दछ। नयाँ कुरा सिक्न र समय अनुकूल आफूलाई पुनर्ताजकी गर्न मनोवैज्ञानिक रूपमा तैयारी अवस्थामा राखिदिन्छ। परिवर्तित समय अनुरूप हरेक व्यक्ति ज्ञान वान रहन, नयाँ ज्ञान खोज्न र आफ्नो वृत्ति विकासमा समर्पित रहन आवश्यकता रहेको सङ्केत गर्दछ। हरेक व्यक्ति र प्रक्रियामा नियमित संज्ञानात्मक, भावनात्मक बुद्धि, पारस्परिक कौशल र समग्र कल्याण वृद्धिको जरुरत हुने वैज्ञानिक  निचोड गुरु पूर्णिमाको मार्गदर्शन संग हुबहु मिल्दछ। हरेक व्यक्तिलाई आध्यात्मिक यात्रा संग सम्बन्ध जोडी दिन समेत गुरु पूर्णिमाले प्रमुख भूमिका खेलिदिन्छ।

 

नियमित आध्यात्मिक अभ्यासहरू जस्तै पूर्ण एकाग्रता युक्त ध्यान आदि मानसिक स्वास्थ्य प्रवर्धन गर्न, तनाव घटाउन र समग्र सुखको अनुभूति गर्न सकारात्मक हुने  वैज्ञानिक यकिनको जग समेत गुरु पूर्णिमाको देन हो।

 

ब्रह्मा निर्माणकार देव हुन् ।ब्रह्मा ज्ञान र सृजनात्मक बुद्धिको स्रोत गुरु हुन्छन्। सृजनाको, विज्ञानको, कलाको र सांसारिक व्यवहारिक ज्ञान दिने हरेक व्यक्ति वा सन्दर्भ वा परिस्थिति लाई गुरु मानिन्छ। ब्रह्माले बुद्धिको शक्ति, सृजनात्मकता, नवीनताको लाई प्रेरणा र संवेदनशीलताको क्षमता आदि लाई सङ्केत  गर्दछन्। विष्णुलाई संरक्षक र सुरक्षाकर्ताको देव मानिन्छ।

 

गुरुको रूपमा ज्ञानको संरक्षण गर्न धर्म मार्गमा लाग्न जरुरी हुने मानवतामा कायम रहन गुरुले गर्ने मार्ग निर्देशनको लागि गुरु  विष्णुको भूमिकामा हुने ठानिन्छ। विष्णुले करुणा, समन्वय र सन्तुलनको गुणहरू विकास गर्ने गर्दछन्। आफ्ना चेलाले आफूबाट प्राप्त गरेको स्पिरिटुअल ज्ञान र व्यवहारिक शिक्षाले उनीहरू आफूले आफूलाई बदलिँदो परिस्थिति अनुकूल ढाल्न सक्ने र आध्यात्मिक ज्ञानको नियमित संरक्षक बन्ने तथा उचित प्रचार प्रसार समेत गर्न योग्य हुने बनाउने  गर्छन्।

 

शिव कै अर्को नाम रहेको महेश्वर नयाँ निर्माणको नियतले पुरानो मक्किएको संरचना वा प्रक्रियाको नष्ट कर्ता र परिवर्तनको देव मानिन्छ  शिवको रूपमा गुरुले परम ज्ञान र आध्यात्मिक बोधको वीज रोपण गर्दछन्। जसले अज्ञानता को अँध्यारो नष्ट गरी आफ्नो चेला लाई ज्ञान मार्ग उन्मुख गराउने गर्दछन्। आत्म-साक्षात्कारका नियमित थप खोजीमा तल्लीन हुने संस्कृतिको निर्माण गरिदिन्छन्। त्यसले देखिएका सांसारिक सीमाहरू लाई त्याग गर्न र सीमित घेरा बाहिरको  ज्ञान लिएर नयाँ वैज्ञानिक आविष्कार देखि मानव जीवन सहज हुने तरिका र सामग्रीको निर्माण गर्न सक्षम बनाउने गर्दछन्। साथ साथै आध्यात्मिकता र दुख वात मुक्ति प्राप्त गर्ने बाटो देखाउने गर्दछन्। शिव सूत्रको ध्यान, योग अभ्यासहरू र अस्तित्वका सबैभन्दा गम्भीर सत्यहरू संग समेत आफ्नो चेला लाई परिचित गराउने गर्दछन्।

 

वैदिक मान्यता अनुरूप गुरुको भूमिका र स्थान के हो भन्ने कुरा तलका श्लोक हरूले केही पुष्टि गरिदिन्छ। 

 

गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः। गुरुरेव परं ब्रह्म तस्मै श्री गुरवे नमः॥ 

The guru is Brahma, the guru is Vishnu, the guru is Lord Shiva. The guru is indeed the supreme Brahman. Salutations to that revered guru.

गुरु ब्रह्मा हुन्, गुरु विष्णु हुन्, गुरु भगवान् शिव हुन्। गुरुले सर्वोच्च ब्रह्म हुन्। त्यस्तो पवित्र गुरुलाई हार्दिक नमन।

 

गुरुं वन्दे जगद्गुरुं भवावेशं स्मराम्यहम्। 

I bow to the divine Guru, I remember the state of being.

म आफ्नो वास्तविक अस्तित्व बोध गर्दै जगत गुरुलाई नमन गर्दछु।

 

गुरोः परतरं नास्ति तदत्वं गुरुतल्पगम्। 

There is nothing higher than the guru; the essence of the guru is incomparable.

गुरुभन्दा माथि केही छैन; गुरुको सार अतुलनीय छ।

 

वेद र विज्ञानको हिसाबमा हाम्रो समाजमा सचेत व्यक्ति दुई किसिमको भेटिन्छ।

 

पहिलो हाइलि-क्वालीफाईड (Highly Qualified) अर्थात् विद्वान। त्यसको उदाहरण रावण हुन्। उनी सैद्धान्तिक ज्ञानमा पारङ्गत थिए। उनी संग आफू निकै धेरै पढेको जानेको व्यक्ति भएको अहङ्कार थियो। उच्च ज्ञानको अहङ्कारले उनी आफूले जे ठिक माने त्यसैलाई संसारले ठिक ठान्नु पर्ने सैद्धान्तिक उच्च ज्ञानले दिने रोगको सिकार बने। उनले सीताको हरणको बाटो रोजे।

 

सैद्धान्तिक उच्च ज्ञान भएका विद्वानको डिएनए नै आफ्नो अन्तर मनमा उब्जिएको भयको कारणले मात्र अर्को मानिसलाई हात जोड्ने नत्र कसै लाई मान्छे नै नगन्ने गरी प्रोग्राम भएको हुन्छ। रावण त्यस्तै थिए। त्यस्ता व्यक्ति लाई प्राय: शिक्षक अर्थात् आफ्नो भविष्यको ख्याल नगरी अर्काको भविष्य बनाउँछु भन्ने भ्रममा बाँचेको कलम जीवी र बुद्धि विलासी विद्वान मानिन्छ।

 

अर्को हुन्छ ओइल-क्वालीफाईड (Well Qualified) अर्थात् विद्यावान् अर्थात् व्यवहारिक ज्ञानको सिद्ध हस्त। त्यसको उदाहरण हनुमान हुन्।

ऊ विनम्र हुन्छ। अधार्मिक र अनैतिक रूपमा खोसिएको वा लुटिएको धन, सम्पत्ति, वैभव वा मान – सम्मान फिर्ता गर्न पहिला याचना गर्दछ। हात जोड्दछ। शान्ति पूर्ण कुनै उपायले काम नगरे पछि मात्र आफ्नो शक्तिको समयोचित प्रयोग गर्दै समाजमा न्याय दिलाउनको लागि खर्च गर्दछ।

विद्यावान् व्यक्ति हरेको हृदयमा परमात्माले बास गरेको देख्छ। पहिला अधर्म अँगालेको व्यक्तिले आफ्नै विवेकको प्रयोग गरी न्यायोचित कर्म गरोस्, हिंसाको बाटो छोडोस् भन्ने चाहन्छ।

 

विद्यावान् व्यक्ति स्वयम अहिंसा र नैतिक पथ अर्थात् धार्मिक – परमात्माको प्राप्तिको बाटोमा हिँडिरहेको हुन्छ। उसलाई भगवान् संग भएका चिजको होइन स्वयम भगवान् को प्राप्तिको इच्छा हुन्छ।

 

अर्को तर्फ विद्वान आफ्नो ज्ञानमा घमन्ड गर्छ। परमात्मा संग भएको चिज, धन, दौलत, शक्ति, वैभव, शक्ति, रति राग, मान, सम्मान प्राप्तिको पछाडि दौडन्छ। सबैले आफूलाई मानोस् र आफ्नो गुण-गान गावश भन्ने इरादा राख्दछ।

 

विद्वान अर्थात् शिक्षकले तपाइलाई तपाइको स्कुल र विश्व विद्यालयका मानव द्वारा रचित काल्पनिक सैद्धान्तिक परीक्षामा (Mock Examination and thus Called Graduation) उत्तीर्ण गराउन सक्लान् । धेरै राम्रो अङ्क लिने पनि बनाउन सक्ला। तर तपाइको जीवनका हरेक क्षणमा नियमित हुने परीक्षामा पास हुन तपाईँ लाई चाहिने व्यवहारिक ज्ञान दिन सक्ने अत्यन्त न्यून सम्भावना रहन्छ।

 

तपाईँलाई तपाइको जीवनमा अँध्यारो वाट उज्यालो तर्फ जान जरुरी हुने ज्ञान, नैतिकता, धर्म, मनोवृत्ति र मानवीयता आदि दिन सक्ने व्यक्तिलाई विद्यावान् व्यक्ति वा गुरु भनिन्छ। जुन एक भन्दा धेरै पनि हुन सक्दछन्। कतिपय विद्वान अर्थात् शिक्षकले पनि तपाइको जीवनमा विद्यावान् वा गुरुको भूमिका खेलेको हुन सक्दछ।

 

आज गुरु पूर्णिमाको अवसरमा ती तमाम गुरुहरूलाई सम्झिने चेष्टा गरौँ। हार्दिक नमन गरौँ। कृतज्ञता धन्यता व्यक्त गरौँ।

 

विद्यावान् वा गुरुको ज्ञानको महत्त्व तलको ऋचाले प्रस्ट गर्दछ।

 

न चौरहार्यं न च राजहार्यं न भ्रातृभाज्यं न च भारकारी ।

व्यये कृते वर्धते एव नित्यं विद्याधनं सर्वधन प्रधानम् ॥

 

Thieves cannot steal knowledge, nor can the state’s ruler take it away. It cannot be divided among brothers, nor does it burden one’s shoulders. The more you give it, the more you receive in return. In this way, the wealth of knowledge is the greatest.

ज्ञान न त चोरले चोर्न सक्छ। न त राज्यको शासकले नै हर्न सक्छ । न दाजु भाइ बिचमा अंश लाग्दछ न यो कसैको काँधको भारको रूपमा रहन्छ । तपाई आफ्नो ज्ञान अरूलाई जति धेरै बाँड्नु हुन्छ यो त्यति नै बढ्दै जान्छ। त्यसैले ज्ञान लाई सबै धन मध्येको उत्कृष्ट धन भनिएको हो।

 

रामायण र रथ:

आफूले आदर्श जीवन जिएर समाजको नमुना आफै बनेर समाजमा शिक्षा दिने व्यक्तिलाई भने गुरु भन्दा पनि माथि आदर्श पुरुष वा भगवान् जस्तै आदिपुरुष राम आदिको दर्जामा राखिन्छ।

In the Ramayana, you can find descriptions of ten chariots that symbolize five sense organs called “gnanendriya” and five organs of action called “karmendriya.” Kousalya, the mother’s name, literally means “skill,” she gave birth to the skillful rider of the chariots, Ram. Once Ram skillfully rides those ten chariots, humanity can experience the cheerful brightness within.

रामायणमा दश वटा रथहरूको वर्णन पाउन सक्नुहुन्छ। ज्ञानेन्द्रियको रूपमा चिनिने पाँच इन्द्रियहरू र कर्मेन्द्रिय भनिने पाँच कर्मका अङ्गहरू गरी मानव जीविकाका दश पक्षलाई दश वटा रथले सङ्केत गर्दछ। कौसल्याको शाब्दिक अर्थ “कुशल” भन्ने हुन्छ ।

 

कौसल्याको कोख वाट दश रथको कुशल चालक राम जन्मिए। जब रामले ती दश रथहरू (पाँच इन्द्रियहरू र पाँच कर्मेन्द्रियहरू) व्यवहारिक रूपमा कुशलता पूर्वक सञ्चालन कसरी गर्नु पर्दछ भनी आफैले सबैलाई देखाएर महसुस गराउन सके तब सम्पूर्ण मानव जातिको अन्तर्मनमा मानवता नामको चमकले गहिरो रूपमा वास गर्न सम्भव तुल्यायो।

 

Rato Machindranath ( Bungha-Dyo or Karunamaya) is known as the god of rain and grain. The 60-foot tall Rato Machindranath Chariot has four big wheels, each engraved, painted, and supported by two long pulling ropes. It is pulled as a symbol of humanity for fifteen days across Patan.

 

रातो मच्छिन्द्रनाथ (बुङ्गा-द्यो वा करुणामय) लाई वर्षा र अन्नको देवताको रूपमा चिनिन्छन्। ६० फिट अग्लो रातो मच्छिन्द्रनाथ रथमा चार वटा रङ्गिएको र बुट्टा कुँदिएको ठुला पाङ्ग्राहरू हुन्छन्। रथमा बाँधिएको दुई वटा लामो तान्ने डोरीहरू रथलाई मानवताको प्रतीकका रूपमा पन्ध्र दिनसम्म पाटन भर तानेर घुमाइन्छ।

The chariot maker is mentioned as Bhoumana Vishvakarma (Rigveda 10:81- 82). Vedic Vishvakarman is identified as Prajapati. They are great sculptors. As desired by Indra, Vishvakarma created a unique flagstaff for this chariot, which is documented in Bhishmaparva. Vishvakarma was the personification of ultimate reality, the abstract creative power inherent in this universe’s deities, living and non-living beings. Surya, the Sun God, covers the entire earth within 24 hours in his high-speed chariot, which is yoked with seven horses and one wheel traverses, emitting light and life.

रथको निर्मातालाई शिल्प शास्त्री विश्वकर्मा (ऋग्वेद १०:८१-८२) भनिन्छ। प्रजापतिको नाम वाट चिनिने तिनीहरू महान् मूर्तिकार हुन्। विश्वकर्माले परम वास्तविकता लाई अवतारको रूपमा प्रस्तुत गर्न महान् मूर्तिकार प्रजापतिको भूमिका खेले। जसले गर्दा ब्रह्माण्डका अमूर्त शक्ति तथा देवताहरू निर्जीव रचनात्मकतामा प्रस्तुत गर्न सम्भव बन्यो। इन्द्रको (मस्तिष्क) चाहत अनुरूप विश्वकर्माले रथको अद्वितीय झन्डाको डिजाइन गरे भन्ने यथार्थ भीष्म पर्वमा उल्लेख भएको छ।

सूर्य सिद्धान्तको व्याख्या गर्न प्रजापतिले सात वटा घोडा (सप्त रङ्गी प्रकाशको किरण) र पाङ्‌ग्राले जोडिएको (सप्त रङ्ग मिलेर बन्ने सेतो प्रकाशको किरण) एक उच्च गतिको रथमा (सूर्यको किरणको गति) घुम्ने र सूर्य देवताले २४ घण्टाभित्र सम्पूर्ण पृथ्वीलाई ढाक्नु हुने तथा त्यही सूर्यको किरणले दुनियाँमा प्रकाश दिन र जीवनको उत्पत्ति र नियम अस्तित्व कायमको चक्र सम्भव हुने ज्ञान सम्प्रेषण सम्भव बन्यो।

सबैमा गुरु पूर्णिमाको नमन।

[खाद्य तथा औषधि विज्ञको रूपमा क्यानडामा कार्यरत डा. नारायण घिमिरेले अथर्ववेदमा आधारित क्वान्टम मेटाफिजिक्स विधा अन्तर्गत आयुर्वेदिक द्रुत उपचार विधि हिलिङ्ग विषयमा विद्यावारिधि गरेका छन्।]
2Shares

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE

%d bloggers like this: