मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

आखिर मन त हाम्रो नेपाली -क्यानेडियन नै हो। संस्कार हाम्रो लिबरल।

क्यानडामा हाल सत्तामा रहेको पार्टी हो लिबरल पार्टी अफ क्यानडा। छोटकरीमा लिबरल पार्टी भनेर चिनिने उक्त पार्टीमा सन् १९७१ मा जन्मिएका अत्यन्त दूरदर्शी नीति, कार्यक्रम र मुलुकको कायापलट गर्न सक्ने दर्शन बोकेका वर्तमान प्रधानमन्त्री जस्टिन ट्रूडोले नेतृत्व गरिरहेका छन्। लिबरल पार्टी क्यानडाको सबै भन्दा पुरानो राजनीतिक पार्टी हो।

 

ऐतिहासिक रूपमै क्यानडाका जनताहरुको विश्वास र भरोसा जित्न सबैभन्दा सफल पार्टीको रूपमा लिबरल पार्टीले आफ्नो इतिहास बनाएको छ । क्यानडामा लिबरल पार्टीमा सक्रिय रहेका हरेक पार्टी कार्यकर्ताहरू आफू “क्यानडाको प्राकृतिक शासकीय पार्टी” को गौरवशाली कार्यकर्ताको रूपमा लिने गर्छन। हुन पनि क्यानडाको इतिहासमा लामो समयसम्म सत्तामा रहेर क्यानेडियन नागरिकको सेवा गर्ने जुन अवसर यो पार्टीले पाएका छ अन्य ले न त हाल नत भविष्यमा नै गर्न पाउने छ।

 

जस्टिन ट्रूडोका पिता पियरे इलियट ट्रूडोले सन् १९१९ देखि २००० सम्म क्यानडाको लिबरल पार्टीलाई नेतृत्व दिएका थिए भने १९६८ देखि १९७९ सम्म र फेरी १९८० देखि १९८४ सम्म क्यानडाको प्रधानमन्त्रीको रूपमा काम गरे। स्वतन्त्र बजारका प्रणाली भित्र कसरि क्यानेडियन नागरिकको संबृदी निश्चय गर्ने र त्यसले निम्ताउन सक्ने सामाजिक विभाजन बारे मुलुकलाई कसरि बचाउने भन्ने मुद्दामा अत्यन्त चनाखो बस्ने पियरे इलियट ट्रूडो अलि ठुलो आकारको धेरै सक्रिय क्यानेडियाली सरकार बनाएर देशको सामाजिक र आर्थिक समस्याहरू निदान गर्न महत्त्वपूर्ण भूमिका खेल्न सकिन्छ भन्ने विश्वास राख्थे।

 

उदार तथा सहृदयी अनुकम्पा र समानतामा आधारित “ सामाजिक न्याय उपलब्ध हुने विवेक पूर्ण समाज” सिर्जना गर्न उनको अत्यन्त ठुलो भूमिका रहयो। जुन आज क्यानेडियन मूल्यका रूपमा क्यानडामा स्थापित छ। बिग्रिएको आर्थिक अर्थ व्यवस्था बिच सन् १९९० मा पियरे ट्रूडोका प्रिय पात्र पूर्व क्याबिनेट मन्त्री जिन क्रिएटिन (जन्म-साल १९३४), लिबरल पार्टीको नेता चुनिए लगतै १९९३ देखि २००३ सम्म दुई कार्यकाल लिबरल प्रधानमन्त्रीको रूपमा क्यानेडियन जनताको सेवा गरे।

 

क्यानडाको लिबरल पार्टीको नेतृत्व लाई समाजको आवश्यकता पूर्ति गर्ने दिशा उन्मुख गर्दै लिबरल मूल्य र मान्यताको परिभाषित गरी लिबरल पार्टीलाई जन-उत्तरदायी बनाउन पियरे ट्रूडोको अहम भूमिका रहन गयो। २०१३ पछि झन्डै एक दशक लिबरल पार्टी सत्ता बाट पछि हट्न पुग्यो। जब लिबरल पार्टीले पियरे ट्रूडोको छोरा जस्टिन ट्रूडो (जन्म-साल १९७१) पार्टी नेता को रूपमा छाने २०१५ मा उनी क्यानडाको प्रधानमन्त्रीको रूपमा चुनिए।

 

तत्कालीन नेपालको प्रजातान्त्रिक आन्दोलनमा समर्थन गर्ने र नेपालमा प्रजातन्त्रको स्थापना हुनुपर्छ भन्ने सहानुभूति राख्ने पियर ट्रूडोको छोरा, जस्टिन ट्रूडो दोस्रो कार्यकाल क्यानडाको लिबरल प्रधान मन्त्रीको रूपमा प्रजातान्त्रिक सरकारको नेतृत्व गरिरहेका छन्। क्यानडाको लिबरल पार्टी मात्र यस्तो पार्टी हो जुन क्यानडामा आप्रवासी क्यानेडियनहरू को समाजमा एकीकरण र स्थापनामा जरुरी हुने व्यवस्थापन प्रक्रियाको लागि राज्यको तर्फ वाट पुरा हुनु पर्ने हरेक मुद्दामा सक्रिय भएर लाग्ने गर्छ।

 

आर्थिक रूपमा जिम्बेबार तर सामाजिक रूपमा प्रगतिशील विचार धारा बोकेको लिबरल पार्टीको उदार अप्रतिबन्धित गर्भपतन, एलजीबीटीक्यु वा तेस्रो लिङ्गीको अधिकार, उच्च दरको आप्रवासको व्यवस्थाको खुलेर समर्थन गर्दछ। स्वतन्त्र बजार अर्थतन्त्रलाई क्यानेडियन नागरिकको सर्बोत्तरी हितलाई मध्य नजर राख्दै समर्थन गर्ने लिबरल पार्टी ठिक्क आकारको प्रभावकारी सरकारमा विश्वास गर्छ।

 

एक प्रवासी नेपालीको रूपमा नेपाली मूलको क्यानेडियन नागरिकको रूपमा क्यानडामा आफ्नो ज्ञान अनुरूपको इलाममा व्यस्त भएर काम गरिरहँदा क्यानडालाई हामी जस्तो नयाँ क्यानेडियन नागरिक लाई क्यानडा मेरो आफ्नै घर हो र यहाँ म र मेरो सन्ततिको भविष्य सुरक्षित छ भन्ने वातावरण पैदा गर्न अहम भूमिका खेल्ने लिबरल पार्टीलाई मनै देखि धन्यवाद दिन मन लाग्छ।

 

नेपाली क्यानेडियन नयाँ क्यानेडियन नागरिकको रूपमा क्यानेडियन लिबरल पार्टीको गौरव शाली सदस्य र सहयोगी हुन पाउनु झन् गर्वको कुरा हुने गर्छ। आखिर मन त हाम्रो नेपाली -क्यानेडियन नै हो। संस्कार हाम्रो लिबरल।

Source: Nepalese Canadian Liberal Support Group

Home

16Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: