मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

सके रोक्ने नसके कन्फुज गर्ने मिसनमा छन् नवप्रवर्तन नबुझेका नेपाली भ्रष्टहरू !!

महावीर पुन लाई सके रोक्ने नसके कन्फुज गर्ने मिसनमा छन् नवप्रवर्तन नबुझेका नेपाली भ्रष्टहरू !!

नारायण नारायण नारायण

 

नेपालमा हाल भइरहेको इनोभेसनको संस्कृति बनाउने बारेको महावीर पुनको सक्रियता अनुरूप इनोभेसनमा एक प्रतिशत रकम छुट्टाएर मुलुकमा स्वरोजगार कल्चर विकास गर्ने अभियान अन्तर्गत कतिपय निकै विद्वान भनिएकाहरूबाट राष्ट्रिय दैनिकहरूमै एलोन मस्कको स्पेसएक्स, एप्पल वा माइक्रोसफ्ट जस्ता कम्पनीले कहाँ इनोभेसनको लागि सरकारी पैसा लिएको छ भनी प्रश्न गरेको देखियो।

त्यो ती विद्वानहरूमा वास्तविकता थाहा पाउने बिन्दु सम्म पुग्ने पहुँचको अभावमा हुन गएको अज्ञानताको रूपमा लिन म मेरा मित्रहरूलाई अनुरोध गर्दछु।

वास्तविकता थाहा पाउने बिन्दु सम्म पुग्न नसकेको तर अनुमानको भरमा गरिने त्यस्तो कार्य बुद्धि विलासी कार्य भन्ने गरिन्छ। विगतको २०० वर्ष यस्तै बुद्धि विलास युक्त भ्रम हामीलाई सबै क्षेत्रमा पछि पार्ने मूल कारक बन्यो। अब फेरी तिनै पुराना र नतिजा दिन नसकेका  कुराहरू सुनेर हामी हाम्रो सन्ततिको भविष्यमा खेलबाड गर्ने हक हामीमा छैन भनेरै सायद महावीर पुनले आफ्नो कठिन यात्रा तय गरे जस्तो देखिन्छ। हामीले त्यो भावनाको कदर गर्न चुक्नु हाम्रो सन्ततिकै भविष्य दाउमा लगाउनु हुने छ।

अब माथिको प्रश्नको उत्तर खोज्ने प्रयास गरौँ।  सामान्यतया माथि भनिएका कम्पनीहरूले अमेरिकी सरकारले प्रदान गर्ने गरेको अनुसन्धानको  कोषहरू प्रत्यक्ष रूपमा प्रयोग गर्दैनन्। उनीहरू त आफ्नै छुट्टै अनुसन्धानको कोषहरू भएको घोषणा समेत गर्ने गरेको देखिन्छ। यद्यपि यथार्थ त्यो होइन।

अब त्यसको समेत भित्री कथा हेरौँ।

उल्लेखित ठुला कम्पनीहरूले अप्रत्यक्ष रूपमा साना व्यवसाय नवप्रवर्तन अनुसन्धान ( Small Business Innovation Research – SBIR) र साना व्यवसाय प्रविधि हस्तान्तरण (Small Business Technology Transfer – STTR) जस्ता कार्यक्रमहरू मार्फत सरकारी कोषबाट ठुलो लाभ उठाउने गर्दछन्।

त्यही कोष वाट उनीहरूले आफ्नै सहभागितामा खडा गरिएको वा कार्यरत रहेको  अनुसन्धान र विकास गतिविधिहरूको लागि साना व्यवसायहरू बनाएर कोष प्राप्त गर्दछन।

हरेक अनुसन्धान सुरुमा सानो स्तरमा हुने हुँदा यो यति उत्तम विकल्प हो कि त्यस्तो विकल्प प्रयोग गर्दा मात्र एक लाख डलर  नवप्रवर्तन अनुसन्धान खर्च हुने  नवप्रवर्तन मात्र एक लाख मै व्यावसायिक उत्पादन सम्भव गर्न ९०% भन्दा अधिक समयमा सहयोगी हुने गरेको छ।

यो को क्रिएसन मोडल लागु हुन पूर्व   एक लाख डलर नवप्रवर्तन अनुसन्धान खर्च हुने  नवप्रवर्तन कम्तीमा दस लाख खर्च नहुँदा सम्म व्यावसायिक उत्पादन सम्भव नहुने र त्यो पनि ९०% भन्दा अधिक असफल हुने गोल चक्करमा  नवप्रवर्तन अनुसन्धान फस्ने गरेको थियो।

अनुसन्धानमा पल्टिएको यस प्रकारको पासाले सन् २००५ देखि नै संसारले नवप्रवर्तन अनुसन्धान जस्ता विषय पब्लिक प्राइभेट पार्टनर सिप वाट हैन को-क्रिएसन मोडल वाट मात्र प्रभावकारी बन्दछ भन्ने यकिन गर्‍यो। फलतः सन् २००५ वाट नवप्रवर्तन अनुसन्धानको लागि पब्लिक प्राइभेट पार्टनर सिप मोडल लाई अब्सोलेट अर्थात् वर्जित उपाय भनी घोषणा गरियो।

त्यसको अर्को पक्ष समेत रहेको छ । जस अन्तर्गत अमेरिकी सरकारले अनुदान वा सम्झौताहरू मार्फत समेत अमेरिकाका माथि उल्लेख गरिएका भनिएको जल्दा बल्दा इनोभेटीब कम्पनीहरूसँगको सहकार्यमा ठुला अनुसन्धान परियोजनाहरू सञ्चालन गर्ने फरक कोष हरू निर्माण गर्दछ। तिनीहरू भने निश्चित उद्देश्यको परिधिमा बाँधिएका हुन्छन्।  उदाहरणका लागि नासा NASA र स्पेसएक्स  SpaceX आपसी रूपमा अन्तरिक्ष यान विकास गर्न र अन्तरिक्ष अन्वेषणका लागि सवारी साधनहरू प्रक्षेपण गर्न साझेदारी गरेका छन्। अमेरिकी सरकारको पैसा नासा मार्फत  स्पेसएक्सले उपयोग गरेको छ।  त्यो एलोन मस्कले इनोभेसनको लागि लिएको पैसा नै हो। किनकि उसको सर्भिसको लागि उनले छुट्टै बिलिङ गर्दछन् जुन व्यवसाय हो।

त्यस्तै, एप्पल र माइक्रोसफ्टले साइबर सुरक्षा, स्वास्थ्य सेवा र अन्य क्षेत्रहरूसँग सम्बन्धित अनुसन्धान र विकास परियोजनाहरूमा विभिन्न सरकारी निकायहरूसँग सहकार्य गरेका छन्।

हातमा २-४ अक्षर पढेको एकेडेमिक पिएचडी आदि सम्मको सैद्धान्तिक कागती डिग्री लिएको र कुनै बिदेसी संस्थाको स्वस्थ, खाने पानी, वन्य जन्तु वा वातावरण सुधारको बारे केही काम गर्न ५० – ६० हजार वा त्यस्तैको काइते प्रोजेक्ट गरेको भरमा  केही सीमित बुद्धि विलास युक्त भ्रम बोकेको सो कल्ड वैज्ञानिक र विद्वान भनिएका र गनिएकाहरूको राष्ट्रिय दैनिकमा आएको कुराहरू लेख्ने मानिसहरू महावीर लाई केही नबुझेको झ्यासको रूपमा लिएर मान मर्दन गर्न हात धोएर लाएको कुरा मनन गर्दै यथार्थमा वास्तविकता त्यो नभएको बुझी दिन मा यसै अनुरूप अनुरोध गर्दछु।

महावीर पुनले गर्न खोजेको यथार्थ स्थानीय स्तरमा नेपालमा साना व्यवसाय नवप्रवर्तन अनुसन्धान ( Small Business Innovation Research – SBIR) र साना व्यवसाय प्रविधि हस्तान्तरण (Small Business Technology Transfer – STTR) जस्ता कार्यक्रमहरू चलाउन पुन आफैले चलाएको राष्ट्रिय आविष्कार केन्द्र जस्ता लाखौँ केन्द्र हुन् भन्ने हो।  केन्द्रमा हालको सार्वजनिक खरिद नियमावलीले असर नहुने प्रकृतिले काम गर्न सक्ने गरी सरकारले अनुदान वा सम्झौताहरू मार्फत ठुला ठुला नवप्रवर्तन अनुसन्धान गर्न सक्ने गरी नवप्रवर्तन अनुसन्धान रकमको व्यवस्था गर्न सकियोस् भन्ने हो।

ताकि नेपालको आफ्नै प्रतिभाले आफ्नै नेपाली साधन र श्रोतको उपयोग गरी नेपालमै नवप्रवर्तन अनुसन्धान गरी उद्यम शीलता विकास गर्न सकुन् र पहिलो चरणमा नेपालकै आफ्नो स्थानीय आयात लाई प्रभावकारी रूपमा घटाउन भूमिका खेल्न सकियोस् भन्ने नै हो। आशा छ मेरा मित्रहरूले यो गहिरो कुरा बुझी दिनु हुनेछ।

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: