मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

नेपाल सरकार डाएसपोराहरुसंग जे मागी रहेछ त्यो उसको अबस्सेकता हैन !!

नेपाल सरकार डाएसपोराहरुसंग जे मागी रहेछ त्यो उसको अबस्सेकता हैन !! नेपाल सरकार जे मागी रहेछ र डाएस्पोरेस्पोराहरुले जे प्रस्तावित गरेका छन् दुवै काल्पनिक वास्तविकता ! किन एस्तो हुदैछ त ? एक निजि विचार !!

साथीहरु भन्ने गर्थे नेपालमा जे पनि हुन्छ र जसो गरेपनि चल्छ ! कुरो बिज्ञ भेला को हो ! बिज्ञ भनेको के हो ? प्राज्ञ भनेको के हो ? सायद हामीले अलि राम्ररी विचार गरेनौ कि ? इस्मरण रहोस एपेक्ष सर्भे २००५ लाई पब्लिक – प्राइभेट विकास मोडलले संसारलाई इनोभेटिव बनाउन सहयोग हैन बरु इनोभेटिव बाताबरण मार्न सहयोगी हुने प्रमाणित गरि बिगत १० बर्षमा को-क्रिएसन मोडल भित्राएर संसार लाई निजि क्षेत्रकॊ सह-भागिता बाट उल्लेखनीय इनो भेसन दिन सम्भब बनाएको मानिन्छ !

एपेक्ष सर्भे २००५ ले संसारलाई बताएको कुरो केहो भने प्राज्ञ हरुले दिएको लगभग १००० डलर बराबरको इनोभेसन लाई कमसिएलाइजेसन गर्न कम्तिमा १ मिलियन बाट १० मिलियन सम्म खर्च हुने छ ! तै पनि प्रतिफलको कुनै निश्चितता हुने छैन ! प्रतिफलको निश्चितताको लागि बिज्ञहरुको जरुरि हुने छ ! तेसैले तपाईले हेर्नु भयो भने पीएचडि धारी हैन उच्च सीच्छा को मुख समेत नहेरेका इस्टिव जब, बिल गेट, मार्क जगम्बर्ग हरु होस् वा हिन्दि फिल्मका अमिर खान हुन उनीहरुले संसारका मानिसलाई आफ्नो जिबिका सरल बनाउन सक्ने प्रबिधि दिए ! आफ्नो देश लाई धनि बनाउन सके ! मैले बिगतमा नेपाल संधर्बको विज्ञ भेला र प्रबिधि हस्तान्तरण बिसयमा लगभग २ महिना समय खर्चे हुला ! मैले अमेरिकाको बिज्ञ भेला नाम दिईएको प्राज्ञ भेला र आर्को क्यानडाको प्राज्ञ भेला नाम दिईएको प्राज्ञ भेलामा सहभागि हुन धेरै मेहेनेत पछि समय मिलाएर भाग लिए! मेरो बुजाईमा बिज्ञ भेला नाम दिईएको अमेरिकाको भेला र प्राज्ञ भेला नाम दिईएको क्यानडाको भेला दुवै “प्राज्ञ भेला” नै थिए !

नर्थअमेरिकि क्षेत्रमा रहेका कलेज र यूनिभरसिटीमा कामगर्ने प्राज्ञहरूको योजना तर्जुमा, कार्यक्रम संचालन र निष्कर्स लेखनमा सम्पूर्ण दबदवारहेको थियो! दुबै सम्मेलनले वैज्ञानिक क्षेत्रका सैधान्तिक कुराहरुबारे त निकै बोल्ने छ ! बोले पनि ! कार्यक्रममा समस्याका त भारिनै विसाईए ! तर नेपालका विकासकालागि हाताहाती तत्कालै समाधान गर्नुपर्ने जरुरि कुराहरु के के र तिनको दएस्पोरा तर्फबाट उपलब्ध ईनोभेटिब समाधान के त ? केहि बोल्न सकिएन ? किन ? किनकि तत्कालै गर्नपर्ने ईनोभेटिब कुराहरु के के छन् र कसरि गर्ने भन्ने ठुलो खाडल पुर्ने तेस्का लागि बिज्ञहरु चाहिने जसको न त पहिचान गरियो नत आबस्सेकता नै ठानियो! प्राज्ञ बिज्ञ बने पछि समाधान को त कुरै छोडौ रतअन्धो भए जस्तो आखै अगाडीको बिशाल अभाबको खाल्टो समेत देख्न नसक्ने भैदो रैछ! मलाई लाग्छ हामी विदेशमा आएर पनि सावोंनमा आखा फुटेको गोरु जस्तॊ बनि रहेछौ !

हामी भुली रहेछौ नेपालले प्राज्ञ हरुले दिएको लगभग १००० डलर बराबरको इनोभेसनलाई कमसिएलाइजेसन गर्न कम्तिमा १ मिलियन बाट १० मिलियन खर्च हुने प्रबिधि नेपालका लागि फाईदाकारी हुने छैन ! बरु विज्ञताको नाममा लादिएको मात्र पिडादाई इमोसनल उपहार हुने छ ! यस्ता पीडक सल्लाह जति राम्रो भनि आफ्ना नजिकका भिडलाई भन्न लगाए पनि अन्तत यसले मात्र १ -२ जनालाई नेपालमा २ महिना रशेन्द्र भट्टराई जस्तै सेलिब्रिटी बनाउने छ ! तर देश हार्ने छ ! अनि डिलबाट फेरी लाल बाबुहरुलाई कुर्लने अवसर मिल्ने छ !! उनिहरु फेरी ठुला ठुला स्वोर ले बोल्ने छन् … देख्नु भो अमेरिका, अस्ट्रेलिया र क्यानाडा बस्ने एन आर एन ए ले के गरे …. मैले त पहिले भने कै थिए ?

तेसैले समय हुदै प्रभाबकारी कार्यक्रम दिउ !! प्राज्ञ हैन बिज्ञहरु पहिचान गरु ! नेपालले थेग्ने, नेपालको लागि बस्ताबमै मुल्य रहेको हताहाती इनोभेसन मा सहयोगी हुनसक्ने प्रबिधि हस्तान्तरणतिर सोचौ !!

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: