मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

नेपालमा रसियन ओलिगार्कहरू (Russian Oligarchs)?

अन्यत्र पतन नजिक पुग्दै गर्दा  नेपालमा झन् सशक्त बन्दै गरेका त छैनन् रसियन ओलिगार्कहरू (Russian Oligarchs) ?

१९९०  को प्रारम्भमा रुसको भ्रष्ट नेता हरूको सुरक्षा र दूषित नियतको सुरक्षाको लागि विश्व व्यापी वातावरण बनाउन  एक सङ्गठित अपराध सञ्चालन गर्ने नियत र भूमिकामा संसार भर  रुसी एलागारड्स (Oligarchs) हरूको संरचनाको  परिकल्पना गरी  रुसका नेताहरूसँग सम्बन्ध भएको मुट्ठीभर व्यक्तिहरूलाई रुसको  राज्यको ढुकुटी बाट कल्पनै गर्न नसकिने मात्रामा धन हस्तान्तरण गरियो।

 

तिनीहरू रुसी भन्दा पनि रुस बाहिर उक्त धन लान सक्ने, ती मुलुकमा आफूले रुसमा धन कमाएको नाममा सङ्गठित अपराध गराउन सक्ने र पुटिन लगायतका मानिसहरूको लुकेको नियत पुरा गर्ने अनि आफू पनि सम्भ्रान्त वर्गको रूपमा स्थापित हुने थियो।

 

तिनीहरूले रुस बाहिर तेल, प्राकृतिक ग्यास, स्टिल, निकल, टिभी अन्य आधारभूत उद्योगहरूको प्रमुख स्वामित्व लिने र लुटको धन वाट फुपूको श्राद्ध गर्ने भने जस्तै रुसी कुलीन वर्गहरूले सम्पत्ति आफ्नो नाममा राख्ने र तिनीहरूको दैनिक जीवनका सबै पक्षहरूमा भित्री सहयोग गर्ने भूमिकामा प्रभुत्व जमाए। तिनीहरू मिडिया, टेलिकम, हस्पिटल, खेलकुद जस्ता अन्य क्षेत्रहरूमा समेत आफ्नो लगानी विस्तार गरे। अन्तमा करोडमा हैन अरबमा पैसाको अपचलन गरी जुन देशमा सक्रिय छन् त्यही देशको कर र पैसा अपचलन गरी मुलुक चुस्ने र रुसी कुलीन वर्गहरूको लगानी भएको पैसाले छल उद्योग र आर्थिक अपचलन वाट चुस्त कमाए।

 

विगत २० वर्षमा जुन जुन देशमा विखण्डन हुँदै गरेको रुस वाट आश्चर्य जनक रूपमा भित्रिएर कुलीन वर्गहरू रूपमा देखिए तिनीहरू प्राय तिनै आलागार्ड (ओलिगार्कहरू – Pro-Russian Oligarchs) को भूमिकामा  थिए। त्यो बेलायत, अमेरिका र क्यानडा जस्ता मुलुकमा पनि आइ पुगे। भारत र नेपालमा समेत देखिए। तिनीहरूको संसारभरको नेटवर्कको सङ्ख्या हरेक दस वर्षमा उल्लेखनीय रूपमा बढेको देखियो।  तिनीहरूको मुख्य शक्तिको आधार रुसको राष्ट्रपतिसँगको निकट सम्बन्ध भएको व्यक्ति हरूको निजी आर्थिक लाभ सँगै जोडिएको थियो र छ।

जव रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसै वर्षको सुरुमा फाइनान्सियल टाइम्सलाई ओलिगार्कहरू को उच्च नाफा प्राप्ति गर्नुमा रुसको हैन उनीहरू कार्यरत देशका अधिकारीहरूसँग आफ्नो निकटता प्रयोग गर्ने भन्दै आफ्नो बचाऊ गरे तब यो बारे खोजी गरियो र तिनीहरू बारे धेरै तथ्य बाहिर आयो। कतिपय फरक बाटो वाट सार्वजनिक समेत गरियो।

आज पुटिन अमेरिका बेलायत र युरोपियन युनियन हरूसँग आमने सामने युद्ध मोर्चामा पुग्दै गर्दा पुटिनको निजी सम्पत्ति र विश्वभर उनको लागि निजी सुराकी गर्ने ओलिगार्कहरूको सम्पत्ति अमेरिका, बेलायत र युरोपियन युनियनले सिज गरिसकेको छ। क्यानडाले आज बिहान सिज गरेको घोषणा गरेको छ। चीनमा त्यस्ता ओलिगार्कहरू भित्रन नै दिइएको छैन। भारतमा नियन्त्रित तर पहिचान सहित रहेका ओलिगार्कहरू विरुद्ध भारत रुस विरुद्ध मोर्चामा पुगी नसकेकाले अलर्ट अवस्थामा छ।

नेपालमा त्यहाँको राजनैतिक व्यक्तिहरूले कल्पना पनि गर्न नसक्ने हैसियतमा ओलिगार्कहरू रहेको सूचनाहरू चुहिन थालेका छन्। देउवा सरकारले भारत र चीन दुवै भन्दा फरक लाइनमा गएर युक्रेनको पक्षमा मत हालेको छ।

के देउवा सरकार सँग अब उ जुन सरकारको पछि लागेर रुसको विरुद्ध हिँडेको छ तिनीहरूकै नीति अनुरूप नेपालमा ओलिगार्कहरूको सम्पत्ति सिज गर्न सक्छ?

नेपालमा भइरहेको ब्रह्मलुट रोक्न सक्छ ?

यसको उत्तर कसले दिने ?

9Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: