मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

वेद, ज्योतिष विद्या र आधुनिक चिकित्साको नेक्सस !

नारायण घिमिरे

मानव मस्तिष्कलाई इलेकट्रिकल इञ्जिनियरिंग अन्तर्गतको कम्प्युटरको विभिन्न पार्ट-पुर्जाहरू सँग तुलना गर्ने हो भने मेरुदण्डमा रहेका स्नायुहरूले हाम्रो दिमागको केन्द्रीय सूचना प्रशोधन निकाय वा सिपियुको भूमिका खेल्ने गर्दछ। मानिसको सोच उसको टाउकोमा रहेको दिमाग नियन्त्रित हुन्छ भन्ने मान्यता झन्डै दशक अघि गलत प्रमाणित भएको हो। मेरुदण्ड र दिमागले शरीर भित्र फरक फरक इकाईको रूपमा नभई एकल इकाईको रूपमा मनोबैज्ञानिक काम गर्ने अवधारणा स्थापित भए पछि मनोवैज्ञानिक क्षेत्रमा निकै ठुला उपलब्धिहरू हासिल हुन सम्भव बन्यो। कालान्तरमा साइको-सोमाटिक सिस्टमको अभिन्न अङ्गको रूपमा रहेर शरीर र दिमागले संयुक्त रूपमा काम गर्ने तथ्य उजागर बने । जसले गर्दा साइको-बायोलोजी र साइको-न्युरो-इम्यूनोलोजी जस्ता नयाँ विषयहरूले मनोवैज्ञानिक क्षेत्रको नेतृत्व लिन सम्भव बन्यो। प्रतिफलमा वैदिक अवधारणाहरू बारे समेत गहिरिएर बुझ्ने अवसर विज्ञानलाई प्राप्त भयो।

 

मस्तिष्कको एउटा क्षेत्रले दिमागले गर्ने धेरै कार्यहरू गर्न सक्ने हुँदा यसको एउटा भागको क्षतिको भरपाई अर्को भागले सजिलै गर्न सक्ने यथार्थ आधुनिक चिकित्साले अनुसन्धान र भौतिक प्रयोग मार्फत प्रमाणित गरिदियो। जसले गर्दा शल्यक्रियाको माध्यमबाट मस्तिष्कको पर्याप्त भाग हटाइदिँदा समेत एक व्यक्ति उचित मानसिक क्षमतामा सक्रिय रहेर आफ्नो सामान्य जीवन बिताउन सम्भव बन्यो। सो सम्भव हुनुमा मस्तिष्क-मेरुदण्ड प्रणालीले आपसमा मिलेर गर्न सहकार्यको मूल भूमिका भेटियो।

 

यसको विपरीत, शल्य चिकित्साको मध्यम वाट महिलाको गर्भबाट महिलाको सामान्य जीवन यापनको दृष्टि वाट सुरक्षित देखिने केही भागहरू हटाउँदा भने महिलामा  डिमेन्सिया जस्ता दिमागी समस्याहरूले गाँजेको भेटिएको छ। आधुनिक शल्य चिकित्साको यस्ता धेरै अनुभव वाट मानव शरीरमा साइको-सोमाटिक सिस्टमले उसको मस्तिष्कको अभिन्न अङ्गको रूपमा रहेर शरीर भित्र सक्रिय रहने तथ्यहरू उजागर गर्न सक्यो।

 

मस्तिष्क-मेरुदण्ड प्रणाली एकल एकाइको रूपमा कार्यरत हुने यकिन भएता पनि मेरुदण्डको कुनै पनि भागमा सोच्ने कार्यहरू भने सम्पन्न नहुने आधुनिक चिकित्साको आज सम्मको बुझाइ छ। वैदिक परम्परामा तर्क सङ्गत सचेत दिमाग लाई मन भनिन्छ भने अनुभूतिको आधारमा निर्मित अचेत दिमाग लाई चित्त।

 

पुरातन वैदिक अवधारणा अनुरूप दिमागका विभिन्न घटकहरू मद्धे अहङ्कार एक हो। म भन्ने आत्म-भाव वा पहिचान बोकेको अहङ्कार मस्तिष्कमा मैले म आफैले सैधान्तिक रुपमा तय गरेको मेरो हैसियतमा बाँच्नै पर्छ भन्ने भावनाको बीजारोपण गर्ने गर्दछ। मानिस बाँच्ने क्रममा भोग्नु पर्ने कथित खतराहरू बाट जोगाउनु अहङ्कारको मुख्य भूमिका हो। जसमा मूलतः भौतिक सुरक्षा र सुरक्षित भविष्यको प्रत्याभूति दिलाउने गतिबिधिहरु पर्दछन।

 

मानिसले नाक मार्फत प्राप्त गर्न गन्धको अनुभूति दिमागको अहङ्कारको भाग सँग जोडिएको हुन्छ। दिमागको विभिन्न भागहरुले प्राप्त गर्न ऊर्जा मद्धे गन्धको रूपमा अहङ्कारको  केन्द्रले प्राप्त गर्न कम्पन सबै भन्दा न्यून हुन्छ। ज्योतिष शास्त्र अनुसार मस्तिष्कमा अहङ्कार विकास गर्न लक्षणहरू बुध ग्रहले ब्रह्माण्डमा दिने प्रभाव जस्तै हुने गर्छ। बुधवार मानिसको अहङ्कारको केन्द्र धेरै प्रभावशाली वा शक्तिशाली रहने विश्वास गरिन्छ।

 

चित्त वा भावनाले दिमागमा प्राप्त सूचनाहरूको अनुभूति गर्दछ। भोक लागेको, तिर्खा लागेको, निन्द्रा लागेको विषय होस् वा रति-रागमा लाडिने इच्छा सबै नै चित्तले अनुभूति गर्छ। मूलतः बाह्य चेतना सँग सम्भंधित नरहेको, आन्तरिक तर आफ्नो पूर्ण नियन्त्रणमा समेत नरहेको अवचेतन (अचेतन) प्रवृत्तिको अनुभूति गर्ने मस्तिष्कको भाग हो चित्त। चित्त केन्द्रमा भावनात्मक विचारहरू जस्तै कल्पनाहरू, कलात्मक प्रेरणाहरू,  जैविक आवश्यकता सँग जोडिएका विषय बस्तुहरूको सम्पर्क रहन्छ।

 

जिब्रो मार्फत दिमागमा प्राप्त हुने स्वादका सूचनाहरू चित्त केन्द्रमा जोडिएको हुन्छ। स्वादको सूचना बोक्ने ऊर्जाको कम्पन अहङ्कार केन्द्रमा प्राप्त हुने गन्धको कम्पन भन्दा अधिक हुने गर्दछ। ज्योतिष मान्यता अनुसार चित्त केन्द्रका लक्षणहरू शुक्र ग्रहका प्रभावहरू सँग मिल्दोजुल्दो रहन्छ। मानिसको चित्त केन्द्र शुक्रवार धेरै प्रभावशाली वा शक्तिशाली रहने विश्वास गरिन्छ।

 

विभिन्न तर्क सङ्गत कारणहरुका आधारमा मैले यो गर्नुपर्दछ वा म यो गर्न चाहन्न वा म यो सहन गर्न सक्दिन जस्ता आफ्ना सचेत शक्ति वा सचेत विचारको स्रोतको रूपमा मनलाई लिइन्छ। उपलब्ध तर्क सङ्गत सोचहरु लाई आन्तरिक मानसिक अन्तरक्रिया सँग जोडिएर दिमागले लिने निर्णयमा मनको भूमिका रहन्छ। मस्तिष्कको एक भागको रुपमा रहने मन-केन्द्र परम्परा र सामाजिक आवश्यकताहरू सँग गहिरो संग जोडिएको हुन्छ।

 

विचाराधीन अवस्थामा रहेका विषय बस्तुहरू वारेको सकारात्मक र नकारात्मक पक्षहरूको पहिचान गरी व्यावहारिक सम्भावनाहरू बारे मनले मूर्त सुझावहरू उपलब्ध गराउँदछ। छाला मार्फत दिमागमा प्राप्त हुने स्पर्शको सूचनाहरू मनको केन्द्र सँग जोडिएको हुन्छ। स्पर्शको सूचना बोक्ने ऊर्जाको कम्पन चित्त केन्द्रमा प्राप्त हुने स्वादको कम्पन भन्दा अधिक रहने गर्दछ। ज्योतिष मान्यता अनुसार मन केन्द्रका लक्षणहरू बुध ग्रहका प्रभावहरू सँग मिल्दो जुल्दो रहन्छ। मानिसमा बुधवार मन केन्द्र धेरै प्रभावशाली वा शक्तिशाली रहने विश्वास गरिन्छ।

 

बुद्धि मानिसको मस्तिष्कको बौद्धिकताको केन्द्र हो। बुद्धिले हरेक विषयलाई विभिन्न मापदण्डका आधारमा बिश्लेष्ण गरी त्यस बारे आलोचनात्मकता अवधारणा निर्माण गर्दछ। कुन कुन कुराहरू भावनात्मक पक्ष हो र कुन कुन विषयहरू तर्क, न्याय र व्यवहार सङ्गत छ भन्ने तर्क सङ्गत निर्णय लिने काम बुद्धिले गर्दछ। बुद्धिले व्यक्तिको वैचारिक क्षमताहरूको पहिचान दिलाउँदछ।

 

यस परिस्थितिलाई सामना गर्न मसँग पर्याप्त स्रोत र अनुकूलता उपलब्ध छैन, यो यो कुरा मलाई राम्ररी थाहा छैन, म यो यो विषयमा निर्णय लिन सक्षम छु, म यो सजिलै प्रबन्ध मिलाउन सक्दछु या यो कुरा गर्न मैले अझै पर्ख र हेरको नीति लिनु पर्छ जस्ता विचारहरू सोच्ने र निर्णय लिने काम बुद्धिको हो।

 

बुद्धि केन्द्रले दिमागको अन्य भागहरू लाई समेत सन्तुलित र नियन्त्रण गर्न क्षमता राख्दछ। आँखा मार्फत दिमागमा प्राप्त हुने दृष्टि सम्बन्धका सूचनाहरू बुद्धि केन्द्र सँग जोडिएको हुन्छ। दृष्टिको सूचना बुद्धि केन्द्र सम्म ल्याउने ऊर्जाको कम्पन मन केन्द्रमा प्राप्त हुने स्पर्शको सूचनाको कम्पन भन्दा अधिक रहने गर्दछ। ज्योतिष मान्यता अनुसार बुद्धि केन्द्रका लक्षणहरू बृहस्पति ग्रहका प्रभावहरू सँग मिल्दो जुल्दो रहन्छ। मानिसमा बृहस्पति वार (बिहिवार) बुद्धि केन्द्र धेरै प्रभावशाली वा शक्तिशाली रहने विश्वास गरिन्छ।

 

मस्तिष्कको मानसिक जागरूकताको केन्द्रलाई व्यक्तिको एक अतिरिक्त असाधारण क्षमताको रूपमा लिइन्छ। शरीर भित्रको वा यसको पहुँचको कुनै पनि क्षेत्र भित्र के भइरहेको छ भन्ने बारे जानकारी राख्ने काम मानसिक जागरूकताको केन्द्रको हो। मानसिक जागरूकता केन्द्रको हरेक क्षण अस्थिर र बेचैनी रहेर आफ्नो सम्पर्कको क्षेत्र भित्र के के भइरहेको छ भन्ने जानकारी लिने विशेषता रहन्छ। शारीरिक सचेत कार्यहरू गर्नको लागि जरुरत अनुरूपको आदेशहरू मानसिक जागरूकता केन्द्रले दिने गर्दछ।

 

कान मार्फत दिमागमा प्राप्त हुने ध्वोनी वा सुनाई भावहरू मानसिक जागरूकता केन्द्रमा पुग्ने गर्दछ। बुद्धि केन्द्रमा प्राप्त हुने दृष्टिको ऊर्जाको कम्पन भन्दा  जागरूकता केन्द्रमा पुग्ने ऊर्जा ध्वोनीको बढी कम्पन हुने गर्दछ। ज्योतिष मान्यता अनुसार जागरूकता केन्द्रको विशेषताहरू मङ्गल ग्रहको प्रभावहरू सँग मिल्दो जुल्दो रहन्छ। मानिसमा मङ्गलवार जागरूकता केन्द्र धेरै प्रभावशाली वा शक्तिशाली रहने विश्वास गरिन्छ। अन्य दिनहरूमा भन्दा हरेक हप्ताको मङ्गलवार घर झगडाहरू अलि धेरै हुने कारण यसैलाई मानिन्छ।

 

मस्तिष्कको मुख्य सूचना केन्द्रको रूपमा यसको ज्ञान केन्द्र रहने गर्दछ। सर्जरीको क्रममा अपरेटिंग टेबलमा पूर्ण सचेत रूपमा बसिरहेको बिरामीको दिमागको सतह (कर्टेक्स) लाई सिधै उत्तेजित गर्न क्रममा उसले आफूले बिर्सेका पुराना अनुभवहरू पुनः सम्झने गरेको भेटिन्छ। मस्तिष्कको स्मरण रहेका खास अंशहरू अप्रेसन मार्फत जब हटाइन्छ त्यो भागमा रहेका उसका विशिष्ट स्मृतिका अनुभवहरू समेत हराउने गरेको गर्दछ।

 

मस्तिष्कमा रहने पिनियल ग्रन्थिलाई दिमागको ज्ञान सक्रिय गराउने केन्द्र वा थर्ड आइ (तेस्रो आँखा) भन्ने गरिन्छ।पिनियल ग्रन्थिले मानिसको स्मरण तथा ज्ञानको संयोजन गरी दिमागलाई शान्त र धन्य राख्न सहयोग पुर्याउदछ। हरेक व्यक्तित्वको व्यक्तित्वको आसन ठानिने पिनियल गल्याण्ड छैटौँ इन्द्रिय सँग जोडिएको विश्वास गरिन्छ।

 

छैटौँ इन्द्रिय मार्फत प्राप्त सूचना समेतको आधारमा मस्तिष्कको सूचना केन्द्रलाई सक्रिय तुल्याउने पिनियल ग्रन्थिले प्राप्त गर्न ऊर्जाको कम्पन मानसिक जागरूकता केन्द्रमा पुग्ने ध्वोनीको कम्पन भन्दा उच्च रहन्छ। ज्योतिष मान्यता अनुसार मस्तिष्कको सूचना केन्द्रको विशेषताहरू चन्द्रमाको प्रभावहरू सँग मिल्दो जुल्दो रहन्छ। मानिसमा सोमबार (चन्द्रवार) मस्तिष्कको सूचना केन्द्र धेरै प्रभावशाली वा शक्तिशाली रहने विश्वास गरिन्छ।

 

मस्तिष्कमा भण्डारण भएको स्मरण, ज्ञान जस्ता सूचनाहरूमा जरुरतको बेला प्रशोधन मार्फत दिमागले आफ्नो पहुँचमा स्थापना गर्दछ। आधुनिक चिकित्सा अनुसन्धानको बुझाई अनुरूप सूचनाहरू प्रशोधन टाउकोमा रहेको दिमागको भाग भन्दा मेरुदण्डमा अवस्थित दिमागका भागहरूको मूल भूमिका रहने गर्दछ। सूचनाहरू प्रशोधनमा मेरुदण्डका विभिन्न भागहरूमा फरक फरक प्रकृतिका सूचनाहरू जागरूक गराउने भर्चुअल विन्दुहरू अवस्थित रहेको देखिन्छ।

 

 

अहङ्कार-केन्द्र मेरुदण्डको आधार भागमा अवस्थित देखिन्छ भने चित्त-केन्द्र निजी गुप्ताङ्गको पछाडिको भागको मेरुदण्ड भित्र अवस्थित रहन्छ। मन-केन्द्र घाँटी र मुटुको बिचमा रहेको थाइमस ग्रन्थिको पछाडिको भागको मेरुदण्ड भित्र अवस्थित देखिन्छ भने बुद्धि-केन्द्र नाइटो पछाडिको भागको मेरुदण्ड भित्र केन्द्रित रहेर कार्य सञ्चालन गरिरहेको बुझिन्छ। जागरूकताको केन्द्र घाँटीको पछाडिको भागमा रहेको मेरुदण्ड भित्र हुन्छ भने पिनियल ग्रन्थिको केन्द्र भने टाउकोमा बिच निधारको काल्पनिक थर्ड आइको भित्री भागमा रहन्छ। मस्तिष्कको मुख्य सूचना केन्द्र भने जसरी सूर्यको परावर्तित प्रकाशले जसरी चन्द्रमा चम्कन्छ त्यस्तै  पिनियल ग्रन्थिको केन्द्र मार्फत सञ्चालित रहन्छ।

 

 

उदाहरणको लागि चित्त-केन्द्र निजी गुप्ताङ्ग को पछाडिको भागको मेरुदण्ड भित्र भागमा अवस्थित रहने हुँदा यसको प्रभावको चक्र भित्र मानिसको यौन-अङ्ग सहजै अटाउने गर्दछ। फलतः हरेक पुरुषमा दिनमा औसत उन्नाइस पटक र महिलामा दिनमा दस पटक मैथुन बारे सोचविचार आउने कुरा ओहियो स्टेट युनिभर्सिटीको टेरी फिशरको अनुसन्धानको टिमले वैज्ञानिक रूपमै प्रमाणित गर्न सफल बने।

 

 

प्राचीन मान्यता अनुरूप चन्द्रमा र यसले लिने विभिन्न स्थानले हाम्रो शरीर, स्वास्थ्य र प्रकृति सँगको हाम्रो सम्बन्धमा गहिरो प्रभाव पार्दछ। चन्द्रमा र लुनर फेज भनिने औँसी-पूर्णेको चक्र अन्तर्गत चन्द्रमा फरक फरक स्थानमा रहदा मानिसको शारीरिक र मानसिक स्वास्थ्यमा पर्ने असर वारे गरिएका फरक-फरक आधुनिक वैज्ञानिक अनुसन्धानहरूले औँसी-पूर्णेको चक्रले मानिसको शारीरिक र मनोबैज्ञानिक स्वस्थ र सबलतामा असर पुर्‍याउने धेरै वैज्ञानिक प्रमाणहरू फेला पारेको छ।

 

 

जर्मनीको अग्सबर्गको सेन्ट्रल अस्पतालका अन्वेषकहरूले सोह्रहजार हार्ट-अट्याक पीडितहरूको सम्बन्धमा गरेको अध्ययनले औँसी र औँसी पछिको तिन दिन सबै भन्दा कम हृदयाघात हुने गरेको तथ्य उजागर गर्‍यो। डाक्टरहरू लाई लक्षित गरी प्रकाशित हुने अखबार पल्समा चिकित्सक डा. पिटर पेर्किंसले उनानअस्सी जना सामान्य चिकित्सकहरूको अन्तर्वार्ता लिएर गरेको अर्को एक महत्त्वपूर्ण बृस्तित अनुसन्धानमा अस्पतालहरूले इमर्जेन्सी सर्भिसको लागि प्राप्त गर्ने कल सामान्य दिनको तुलनामा पूर्णिमाको दिनमा तिन प्रतिशतले बढ्ने तर औँसीको दिनमा भने छ  प्रतिशतले गिरावट आउने गरेको तथ्य भेटिएको समाचार प्रकाशित भयो।

 

सन् २००८ मा रोयल लिभरपुल युनिभर्सिटी अस्पतालले गरेको अनुसन्धानले यूरोलॉजि वार्डमा हुने इमर्जेन्सी एडमिसन पूर्णिमाको दिनमा अधिक र औँसीको दिनमा न्यून रहने गरेको निष्कर्ष निकाल्यो। युरोलोजी जर्नलले सन् २०११ मा अर्को फरक अनुसन्धान बारे प्रकाशित गरेको अध्ययनको रिपोर्टले मिर्गौलाको पत्थरीका कारण पिडामा रहेका लगभग पन्ध्र सय बिरामीहरूको दुखाइ बारेको अध्ययनमा अन्वेषकहरूले पूर्णिमाको दिनमा दुखाइ वृद्धि भएको बिरामीले अनुभव गरेको भेटिएको उल्लेख गरेको छ।

 

सन् २०११ मा निजमेगेन स्थित रडबोन्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले पाँच हजार चार सय भन्दा धेरै बिरामीहरूमा गरेको अध्ययनले पूर्णिमाको अवधिमा मनोवैज्ञानिक बिरामीहरूको आपत्कालीन भर्ना बढेको रिपोर्ट सार्वजनिक गर्‍यो। रिपोर्टमा उल्लेखित सुझावमा चन्द्रमाको गुरुत्वाकर्षणले मस्तिष्क कोषहरूमा रहेको दिमागको तरलताको प्रवाहलाई असर गर्ने र त्यसले मानिसको मुड र व्यवहारमा बदलाव ल्याउने तर्फ सङ्केत गरेको छ।

 

ज्योतिष शास्त्रको मान्यतामा सूर्यले ताप र प्रकाश दिन्छ। हाम्रो सरिरमा परेको  सूर्यको परावर्तित प्रकाशका कारण हामीलाई  अरूले देख्न सक्छन। सूर्यवाट प्राप्त ध्वनी,  ताप र प्रकाश हाम्रो शरीरको प्राण धान्ने जीवन्त शक्तिको प्रमुख श्रोत हो। समग्रमा सूर्यले ताप र प्रकाश हाम्रो आफ्नो भौतिक शारीरको व्यक्तित्वको निर्माणमा प्रमुख भूमिका खेल्ने गर्दछ। चन्द्रमाको चमक मार्फत हामीले प्राप्त गर्ने सूर्यको परावर्तित प्रकाशले भने हाम्रो भित्रीरुप जस्तै व्यक्तित्व, सोच, भावना र स्मरणहरूको निर्माणमा प्रमुख भूमिका खेल्ने गर्दछ। चन्द्रमा जस्तै पृथ्वीमा आफ्नो प्रभाव राख्ने अन्य ग्रहहरूको समेत हाम्रो भित्रीरूप निर्माणमा प्रत्यक्ष-अप्रतक्ष भूमिका खेलिरहेका हुन्छन्।

 

चन्द्रमा र अन्य ग्रहमा ठोकिएर पृथ्वीतिर फर्किएको सूर्यको प्रकाशले हाम्रो निजी आन्तरिक विचारहरू र भावनाहरूलाई त्यसमा रहने ऊर्जाको कम्पनको आधारमा फरक फरक तरिका वाट महसुस गर्न उत्प्रेरित गर्ने गर्दछ। हाम्रो आफ्नै भित्री भावनाहरू समेत हामीले गर्ने अनुभूति अनुरूप अभिव्यक्तिको रूपमा फरक फरक टोन वा कम्पन युक्त ऊर्जाको रूपमा (जस्तै: बोली, ह्याऊ-भाऊ र नियत) व्यक्त हुने गर्दछ। हाम्रो शरीरले आफ्नो ऊर्जा नियमित रेडिएसनको रूपमा समेत फालेर बाह्य वातावरणमा आफ्नो नियमित प्रभाव जमाई रहेको हुन्छ।

 

जब हामीले प्राप्त गर्ने शक्ति शान्त वा गाढा अभिव्यक्ति युक्त रहन्छ यसले हामी आफैलाई नकारात्मक प्रभावहरू वाट सम्पर्क विच्छेद गरी आनन्द र धन्यको  भावनाहरूमा विकास गराउँदछ।

 

सूर्यको अलावा चन्द्रमा तथा अन्तरिक्षमा रहेर हाम्रो जीवनमा प्रभाव पार्ने दुरीमा रहेका ग्रह र अन्य वस्तुहरू (जस्तै: प्रकृति) मार्फत आउने प्रकाश, विकिरण, ध्वनि र अन्य ऊर्जाको (जस्तै:चेतना) हामीमा पर्ने प्रभाव जस्तो किसिमको रहन्छ त्यसै अनुरूप हामीले दिने सचेत तथा अचेत प्रतिक्रियाहरू निर्माण हुन पुग्दछ। हाम्रो जीवनमा आउने परिवर्तन, शारीरिक र मनोबैज्ञानिक स्वस्थ तथा सबलता आदि समेत हामीले हाम्रो वातावरण वाट प्राप्त गर्ने ऊर्जाको प्रकृतिले निर्धारण गरिदिन्छ।

 

ज्योतिष शास्त्रको मान्यता यिनै यथार्थको जगमा उभिएको देखिन्छ।उल्लेखित र त्यसै अनुरूपका विषय बस्तुहरूको कुराहरूको बहु-आयामिक लेखा-जोखा मार्फत ज्योतिष विद्याको विकास गरिएको छ। जस अन्तर्गत शरीरका विभिन्न शक्ति केन्द्रहरू, उक्त शक्ति केन्द्र वरपर रहने चक्र  र चक्रको गतिलाई हेरफेर गरी शरीरमा गरिने शक्तिको  प्रवाह गर्ने कुशलता आदिमा समेत ध्यान दिएर विभिन्न ध्यान, मेडिटेसन, योग,  तपस्या विधि आदिको विकास भएको छ।

 

(खाद्य तथा औषधि विज्ञ, क्यानडा)

53Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: