मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

कोभिड नियन्त्रणमा नागरिक लाग्नु पर्ने। उच्च सचेतनाको जरुरी देखियो।

नारायण घिमिरे

मात्र एक महिना महामारीको सबैभन्दा नराम्रो असर भोगेको भारतले अब कोरोना नियन्त्रण उन्मुख हुँदै गरेको सोच विकास गर्दै गर्दा कसरी यति बिघ्न महामारीको अवस्थामा पुग्यो भन्ने बारे हामीले गहिरिएर मूल्याङ्कन गरी पाठ सिक्न खोजे जस्तो देखिँदैन। लाग-छाड बेथा जस्तो पटक पटक कोरोना कहर अधिक हुने र फेरी घटेको के हुन्छ उच्च भई हाल्ने भारतले भोगेको हालको नियतिको पछाडिको सहायक कारकमा भारतले आफ्ना  नयाँ र अवस्थित कोरोना भेरियन्टहरूको अवस्था कस्तो छ भनी जीनोमिक अनुक्रमको (सिक़्वोइन्सिङ्ग) शक्तिशाली र प्रभावशाली ट्र्याक गर्न सफल नहुनु हो।

 

त्यो भन्दा प्रमुख चुरो कारकमा नजिकिँदै गरेको वा सम्पन्न भैसकेको चुनावमा आफ्नो पक्षमा पल्ला भारी पार्ने राजनीतिक उद्देश्यका पुरा गर्ने नियोजित अभिलाषाका बिचमा लक्ष्मण रेखा नाघेर गरिएका भव्य राजनीतिक जुलुस र धार्मिक जमघटमा निरन्तरता दिनु रहेको छ। आफ्नो निहित राजनीतिक स्वार्थमा जनतालाई कोरोनाको आँधीमा होम्न तयार भारतको स्थानीय, प्रादेशिक र केन्द्रीय सरकारको बहुलट्टीपन बिच स्थानीय, प्रादेशिक र केन्द्रीय सरकार सामाजिक दूरी कायम गर्ने, मास्क बिना सार्वजनिक स्थानहरूमा उपस्थित नहुने र अनावश्यक गतिविधिहरुमा नियन्त्रण गर्न भने नियमित रूपमा चुके।

 

भारतका स्थानीय मिडिया र सञ्चारकर्मीहरूको भूमिका समेत कोरोना कहरमा कसरि जनतामा अनुशासित भएर यसका विरुद्धको नियन्त्रण अभियानमा सघाउने भन्ने पेशागत नैतिक जिम्मेवारी उठाउन तैयार देखिएन। उल्टो जनतामा सङ्कट र सरकार अप्ठ्यारोमा परेको बेला सरकारको उछितो काटी जनस्तरमा सरकार विरुद्ध गहिरो छाप छोड्न सकिन्छ भन्ने दुराशायुक्त गतिविधिमा संलग्न रहेको अनुभूति हुन्छ। मिडिया मार्फत आफ्ना नजिक रहेको राजनीतिक पार्टीको सेवा पुर्‍याउन सकिने उत्तम समय यस्तै हुन्छ भन्ने मनोविज्ञानले ग्रसित रहेर अमुक पार्टीका अमुक नेताको चाकरीमा तल्लीन रहेको देखिन्छ।

 

प्रतिपक्ष वा सत्ताकै बागी पक्ष यसको नतिजा आफ्नो पक्षमा पार्न मात्रै एकोहोरो लागेको देखिन्छ। बिहान देखि सुत्दासुत्दै सम्म सरकारको आलोचना गर्ने, आफूलाई न्याय नभएको भनी फलाक्ने विपक्षी राजनीति दल र सत्ता पक्ष सँगै असन्तुष्ट समूह जनताको जरुरतको कुरा पुरा होस भन्ने हैन आफ्नो मनमा जमेको तुष ओकल्न मात्र चाख राखिरहेको भेटिन्छ। किसान उचालेर आन्दोलन गर्न सकिएला वा डाक्टर वा नगरपालिकाका कर्मचारीहरूलाई सडकमा उतार्न सकिएला भन्ने ध्याउन्नमा उ लागेको देखिन्छ। अप्ठ्यारो परिस्थितिमा मोदी सरकारलाई जसरी पनि अक्करमा फसाएर शक्ति आफ्नो हातमा पार्ने एक मात्र राजनैतिक इरादामा सरकार विरोध समूह लँगौटी फुकालेर सडकमा उत्रिएको छ।

 

सम्पूर्ण समाज कोभिडको मारमा पिल्सिरहँदा त्यही समाजका सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने जिम्मेवारी रहेका कतिपय बेपारी, नागरिक समाज, अधिकारवादी र सामाजिक अभियन्ता लगायत जिम्बेबार निकायमा रहेका व्यक्ति तथा पदाधिकारीहरुमा देखिएको कर्तव्य च्युत मनोवृत्ति तथा नैतिक स्खलनको सग्लो परिणाम आज भारतमा देख्न परेको परिस्थितिको कारक रहेको बुझ्न र महसुस गर्न सकिन्छ।

 

जिम्मेवार निकाय र राजनीतिक सङ्गठनका मुखियाहरूको कोभिड सुरु भएको महिना वाटै सुरु भएको आसुरी नृत्य देखेर आजित हुने भारतीय जनताको सङ्ख्या दैनिक बढ्दो छ। आजको दिन सम्म पुग्दै गर्दा प्राय सबै स्थानीय र केन्द्रीय पार्टीका नेता माथि जनताको विश्वास स्खलन हुँदै गएको सहजै महसुस हुन्छ। नरेन्द्र मोदीको गहिरो प्रभावमा रहेको निकै ठुलो हिस्साले भने अझै मन हारिसकेको भने देखिँदैन। यी र यस्तै कारणहरू वाट सरकारको जुनसुकै निकाय वाट उर्दी भएको सूचना र आदेश गरिएको होस् त्यसको बेवास्ता गर्दै सार्वजनिक स्थानमा आफ्नो मनलागी गतिविधि गर्न उत्शहित बन्ने आम पब्लिकको सङ्ख्या निकै धेरै देखिने गर्दछ। जसले कोभिडको सङ्क्रमण झन् उच्च पार्न क्याटलिष्टको भूमिका खेलिदिएको छ।

 

माथिका कथाहरू हाम्रो मित्रराष्ट्र भारतको हो। तर यसलाई पढ्दै र सुन्दै गर्दा यो त मेरै मुलुकको कथा सँग झन्डै मिल्दछ भन्ने महसुस तपाईँ लाई भयो होला। माथिको अव्यवस्थाको परिणामको मूल्य आज भारत लाई कति महँगो साबित भई रहेको छ त्यो हृदय विदारक घटना उल्लेख गर्न निकै कठोर मुटुको जरुरत पर्दछ। तर झन्डै त्यही दिशामा हिँडिरहेको नेपालले भारतको दुर्भाग्यपूर्ण घटना वाट सचेत भएर अघि बढ्न निकै ढिला भईसकेको सहजै बुझ्न सकिन्छ।

 

नेपालमा उक्त प्रकारको घटना आउन नदिन जरुरी पर्ने तैयारी गर्न समेत यति ढिला भइसकेको छ ।  सरकारी वा कुनै सेवा दायक सङ्घ संस्थाको प्रयासले अब यसलाई थेग्न सक्ने सम्भावना लगभग शून्य बनेको महसुस हुन्छ। आजको नेपालमा कोभिड नियन्त्रणको बल सरकारको हातवाट समेत बाहिरी सकेको यथार्थ सबैले बेलामै बुझ्नु जरुरी छ। अब यो काम सरकार वा पार्टी विशेष वा सङ्घ संस्थाको बुताले भ्याउने अवस्थामा नरहेर हरेक नागरिकको निजी जिम्मेवारीको विषय बनिसकेको छ।

 

सार्स कोभिड -२  भाइरसको दुष्ट शक्ति चरम हुँदै गरेको हालको १५ वैशाख देखि १५ असार सम्मको दुई महिनाको हरेक दिनलाई नेपालको कालो दिनको रूपमा लिनु उपयुक्त हुनेछ। यो दुई महिनाभर मन्दिरमा घण्ट बजाएर हुन्छ वा मुजुरामा नाचेर वा नभए थाल नै ठोकेर भने पनि बेलुकी पखको केही घण्टा सामाजिक दुरी कायम गरेर आफ्नो घरमै परिवारमा मात्र सीमित रहेर रमाइलो गरौँ। ऋग्वेदको हरफ २८ अध्याय ५६ को पद-११२ अनुसार यस प्रकारले उत्पन्न कम्पनहरूले भाइरसलाई कमजोर तुल्याउने गर्दछ। साँझ को समयमा चन्द्रमा समेत देखिएको हुन्छ। भाइरसको समस्या नै रहेनछ भने पनि ताली बजाउने, शङ्ख फुक्ने, भाँडाकुँडा बजाउने गतिविधि हरुले शरीरमा रगतको सञ्चार सुधार ल्याउने, पाचन प्रक्रिया बलिष्ठ बनाउन र तपाइको शरीरमा चमकको औरा थप्न सहयोग गर्दछ। यसले तपाइको शरीरको रोग प्रतिरोधी क्षमता बढाउन र आत्मबल उच्च राख्न समेत मद्दत पुर्‍याउने छ।

 

तपाईँ विश्वको निकै थोरै कम्तीमा बोल्न, विरोध आलोचना गर्न पाउने सही अर्थमा प्रजातन्त्र जीवित रहेको मुलुक नेपालमा स्वतन्त्र रूपमा बाँचिरहनु भएको । त्यसको अर्थ नेता वा व्यापारी लाई मनपरि गाली गर्ने वा पत्रकार लाई गिज्याउन सायद यो  स्वतन्त्रताको प्रयोगको महत्त्व रहने छैन। बरु हरेक नागरिकको एउटा गहन नागरिक जिम्मेवारी मध्ये एक जिम्मेवारी तपाइको पनि छ। तपाइका हालका नेताहरूको छवि रक्षा गर्नु तपाइको यो समयको जिम्मेवारी हो भनेर बुझ्न सक्नु भयो भने तपाइले प्राप्त गरेको प्रजातन्त्रको मूल्यको वास्तविक अर्थ रहने छ। तपाइका हालका नेताहरू जसलाई तपाई आफैले मतदान गरेर जानाजानी सत्तामा पुर्‍याउनु भयो उनीहरू नकाम बन्नु उनीहरुको हैन तपाइको उचित समयमा सही निर्णय गर्न नसक्ने क्षमताको उजागर हुने छ।

 

तपाईँले नै निर्णय गरेर कुर्चीमा बसाउनु भएका भोट हाल्ने दिनका तपाईँका प्यारा नेता विगत तिन वर्ष देखि पटक पटक बोलिरहेका छन्। विगत एकबर्ष देखि राष्ट्रिय टेलिभिजनहरू वाट कोरोनाको बारे चिन्ता प्रकट गरिरहेका छन्। उनीहरूले काम के गरे, ठिक गरे गरेनन त्यो तपाइलाई नै थाहा होला। केही गरेका छैनन् भने तपाइको निर्णय क्षमता माथि प्रश्न गर्नुस। जुन तपाइको निजी नियन्त्रणमा छ। उनीहरूले ठिक गरिरहेको महसुस नभए अर्को पटक सच्चाउनुस्। यी सबै नेताहरू तपाइको समाज नामको उद्योगको उत्पादन हुन्। तपाइको उत्पादन गुणस्तरीय छैन भने तपाई उत्पादकले यसको जिम्मा लिनु पर्छ। उत्पादनलाई दोष दिएर उत्पादक उम्किन खोज्नु तपाईँ उत्पादक आफैको गम्भीर बदमासी हुनेछ। तपाईँ बदमास बन्नु हुन्छ भने तपाईँलाई समेत बदमासी हाता लाग्ने छ। यो प्रकृतिको नियम हो। जस्ता लाई त्यस्तै हुनु न्याय सङ्गत समेत ठानिन्छ। ठानिनु पनि पर्दछ।

 

तर यो आपतको बेला नेता लाई औलो तेर्साएर दस-हजार प्रश्न सोध्नुको सट्टा, फेसबुक, टुईटरमा गएर गाली गरी आफ्नै बदनामी गर्नु भन्दा आफ्नो स्वस्थ परीक्षण गरी आफ्नै स्थिति बुझ्नुस्। भेटे सम्म सुई लगाएर समाजमा रोगको सङ्क्रमण घटाउन सहयोग गर्नुस। मुखेउटो लगाएर र भौतिक दुरी कायम गरेर अरूलाई रोग सर्न वाट सहयोग गर्नुहोस्। बन्द कोठा वा सभा हाल वा गाडीमा १५ मिनेट भन्दा बडी रहेर एकै हावाको श्वास लिने कार्यले एक वाट अर्कोमा धेरै कोभिड सर्ने जोखिम देखिन्छ। त्यस्तो बसाइँबाट बच्नुहोस्।

 

स्वस्थ कर्मी, नर्स, डाक्टरहरूको लागि सुरक्षा कवच बन्नुस्  । एक गरिब नागरिकले कोरोनाको सामना कसरि गरिरहेछ त्यो पहिल्याएर उनीहरूको दर्दमा मलम पट्टि गर्न सकिन्छ की त्यसमा समय लगाउनुस्। नेता के गरिरहेका छन् हैन तपाई के गर्दै हुनुहुन्छ त्यो ख्याल गर्नुस। कोरोना विरुद्धको सामूहिक लडाइमा तपाईँको सम्पूर्ण  शक्ति लगाएर योद्धा बन्ने पागलपन देखाउनुस्। प्रतिपक्ष वा सरकार पक्ष के गर्दै छ हैन कसरि कम्तिमा एक जना लाई कम कोरोना सङ्क्रमित बन्ने नतिजा दिन सहयोगी बन्न सकिन्छ त्यसमा ध्यान पुर्‍याउन कोसिस गर्नुहोस्।

 

१७ औँ शताब्दीका फ्रान्सेली गणितज्ञ ब्लेज पास्कलले विश्वमा महामारी र मानवताको स्खलन जस्ता समस्या देखिन सक्ने अनुमान गर्दै जरुरत पर्दा आफू एक्लै कोठामा चुपचाप बस्न नसक्ने मानिसको नालायकीपनले भविष्यमा विश्वभर महामारी र मानवताको स्खलन जस्ता समस्या निम्तन सक्ने टिप्पणी गरेका थिए। गणितज्ञ पास्कलको उक्त समयको सिद्धान्त आज हामीले कोरोनाको महामारीको मुखमा पुग्दै गर्दा सहि रहेको महसुस गरिरहेका छौ। हाम्रा आज हुँदै गरेका गतिविधि र अभ्यासहरू त्यसको प्रमाण स्वोरुप तपाई हाम्रो सामुन्ने खडा छ।

 

आज एक पटक हरेक नेपालीले कम्तीमा एक महिना एक परिवारमा सीमित रहेर आफ्नै निवासमा चुपचाप ध्यानमा बसेर महामारीको युद्ध जित्ने परीक्षा दिने समय आएको छ । इतिहासकै अत्यन्त विरल परीक्षामा सहभागी बनेर मानव प्रजातिकै चिरस्थायीत्वको लागि  योगदान दिने मौका हरेक नेपालीलाई प्राप्त भएको छ। घरमै सूती सूती तथा स्व-विवेकले आफ्नै चार किल्लामा सीमित रहेर आफूलाई देशभक्त प्रमाणित गर्दै  उच्च मानवता प्रदर्शन गर्न सक्ने समय तपाइलाई उपलब्ध भएको छ। एक निस्स्वार्थ नागरिक भएर दिनभर आफू सुरक्षित बनेर अरूलाई समेत सुरक्षित गर्ने अवसर मिलेको छ।

 

प्लेटोले बारम्बार भन्ने गर्दथे। आफैँलाई चिन्नुहोस्। तपाइलाइ आज आफैसँग केही गुणस्तरीय समय व्यतीत गर्ने सुवर्ण अवसर मिलिरहेको छ। यो लकडाउनलाई तपाइले आफूले आफू स्वयंको खोज गर्ने साहसी अन्तर मनको यात्राको लागि प्राप्त समयको रूपमा समेत उपयोग गर्न सक्नु हुन्छ। कम्तीमा नेपालको माटोमा सगौरव जन्मने अवसर मिलेको तपाईँ हामीलाई कोरोना कहर मानवताको गतिशील अभ्यासमा अभ्यस्त रहन पर्याप्त तागत उपलब्ध गराउने ल्याकत राख्ने ध्यानको अभ्यास गर्न प्रेरित गर्न आएको ठान्न सक्दा दुखलाई शक्तिका रूपमा सञ्चय गर्न हामी सफल बन्ने छौ।

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE